অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसन (NRHM)

NRHM को बारेमा

राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसनको(NRHM) शुरूवात 12औ अप्रिल 2005 मा,विशेष गरी कमजोर समूह पहुँचयोग्य,किफायती र गुणस्तरीय हेरविचार गर्न भएको थियो।

NRHMले विशेष गरी ग्रामीण जनसङ्ख्याका कमजोर समूहलाई उचित,किफायती र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न खोज्छ। NRHM अन्तर्गत, विशेष कार्य समूहले (EAG) उतर पूर्वका राज्यहरू जम्मु–कश्मीर र हिमालचल प्रदेशलाई विशेष ध्यान दिएको छ। मिसनको सत्यता पानी,सरसफाई,शिक्षा,पोषण स्वास्थ्यको निर्धारण एक विस्तृत श्रृंखलामा एक साथ कार्य सुनिश्चित गर्न, सबै तहमा एक पूर्ण कार्यात्मक,सामुदायिक स्वामित्व,विकेन्द्रिकृत स्वास्थ्य वितरण परस्पर विचार खण्ड,समाजिक र लैङ्गिक समानताको आधारमा प्रदान गर्छ।

NRHM ले प्रजनन,मातृतव,नवजात शिशु,शिशु स्वास्थ्य र किशोर (RMNCH+A) सेवाहरूमा ध्यान दिन्छ। यहाँ एक समान जीवन चक्र दृष्टिकोणको मार्फत् मातृ र बाल स्वास्थ्य सुधार हेरबिचारको रणनीति छ। यसले किशोर स्वास्थ्य,मातृ स्वास्थ्य र बच्चाको अधोषित लिङ्केज पहिचान गर्छ। यसबाहेक, समुदाय र सुविधामा अधारित हेरविचार र निरन्तर हेरविचारको बाटो सिर्जना गर्न स्वास्थ्य प्रणालीको विभिन्न स्तर बिच बलियो सिफारिशको लिङ्क पनि केन्द्रित गर्छ।

कार्यान्वयन रूपरेखा

मिसनको लक्ष्य हासिल गर्न प्रमुख सुविधाहरूलाई सार्वजनिक स्वास्थ्य वितरण प्रणाली बनाउन पूरै समुदाय,मानव संसाधन व्यवस्थापन,सामुदायिक संलग्नता,विकेन्द्रिकरण,स्तर विरूद्ध कठोर अनुगमन तथा मूल्याङ्कन,स्वास्थ्य र सम्बन्धित कार्यक्रमको विचार देखि कार्यात्मक र जवावदेही गाउँ स्तरमा नवीनता र लचिलो वित्त र स्वास्थ्य सङ्केत सुधारका उपायहरू हासिल गर्ने उदेश्य हो।

संस्थागत स्थापना

राष्ट्रिय स्तरमा, NHM सित एक मिसन सञ्चालन समूह (MSG) युनियन मन्त्रीको स्वास्थ्य र परिवार कल्याण र एक शक्ति प्रतिबद्ध कार्क्रम (EPC) स्वास्थ्य र परिवार कल्याणका लागि युनियम सचिवबाट स्वास्थ्य र हस्तान्तरित छ। यो EPC को सन्देश र तमाम निर्देशनहरू MSG अन्तर्गत मिसनमा लागु हुन्छ। राज्य स्तरमा,मिसनको प्रक्रिया राज्यको मुख्यमन्त्रीमा स्वास्थ्य मिसनको समग्र प्रक्रियागत कार्य समाहित हुने छ। मिसन अन्तर्गत स्वास्थ्य र परिवार कल्याणको कार्य राज्यको मातहतमा सञ्चालित हुनेछ।

रणनीतिहरू

मुख्य रणनीतिहरू

  • पञ्चायत राज्य संस्थाहरू(PRIS)को आफ्नो क्षमता,नियन्त्रण र सार्वजनिक स्वास्थ्य सेवाहरू विस्तार गर्न तालिम दिने।
  • महिला स्वास्थ्य कार्यकर्ता (ASHA) मार्फत् घरेलु स्तरका पहुँचहरूमा सुघार र प्रचार गर्ने
  • पञ्चायतको गाउँ स्वास्थ्य समिति मार्फत् प्रत्येक गाउँका लागि स्वास्थ्य योजना।
  • स्थानीय योजनाका कार्यहरूलाई थप-बहुउदेशीय कार्यकर्ता(MPWs) मार्फत् उप-केन्द्रलाई बलियो बनाउने।
  • वर्तमानमा अवस्थित PHCहरू रCHCहरूलाई 30- 50 शैयाको बनाउने प्रावधान गर्ने।
  • प्रति लाख जनसङ्ख्याका लागि CHC एक मानक गुणस्तरीय उपचारात्मक हेरविचार गर्न सुधार गर्ने। (भारतीय सार्वजनिक स्वास्थ्य स्तरहरू परिभाषित व्यक्तिगत,उपकरण र व्यवस्थापन स्तरहरू)।
  • एउटा अन्तर- क्षेत्रीय जिल्ला स्वास्थ्य योजना र जिल्ला स्वास्थ्य मिसनद्वारा गरिएको खानेपानी, सरसफाई र स्वच्छता र पोषण सहित कार्यन्वयनको तयारी गर्ने।
  • राष्ट्रिय,राज्य,ब्लक र जिल्ला स्तरमा सिधा स्वास्थ्य तथा परिवार कल्याण कार्यक्रम एकीकृत गर्ने।
  • सार्वजनिक स्वास्थ्य व्यवस्थापनका लागि राष्ट्रिय राज्य र जिल्ला स्वास्थ्य मिसनलाई प्राविधिक सहयोग गर्ने।
  • प्रमाण आधारित योजना,अनुगमन र पर्यवेक्षणका लागि डाटा संग्रह,मूल्यांकन र समीक्षाका लागि क्षमता बलियो बनाउने।
  • स्वास्थ्यका लागि मानव संसाधनको प्रयोग र क्यारियर विकासका लागि पारदर्शी नीति बनाउने।
  • सुर्ती र रक्सी आदिको खपतमा स्वास्थ्य जीवन शैली, कमी प्रवर्धनका लागि विकासको सबै स्तरमा निवारक स्वास्थ्य क्षमता विस्तार गर्ने।
  • विशेष गरी गैर-लाभ क्षेत्र अन्तर्गतका क्षेत्रहरूलाई प्रचार गर्ने।

अतिरिक्त रणनीतिहरू

  • नागरिकहरूमा अनौपचारिक निजी ग्रामीण चिकित्सकहरू सहित उचित मूल्य सहित गुणस्तरीय सेवा उपलब्ध गर्ने नियम बनाउने।
  • सार्वजनिक स्वास्थ्य लक्ष्य प्राप्त गर्नका लागि सार्वजनिक सार्वजनिक निजी साझेदारी प्रचार गर्ने।
  • AYUSH विचारधारा–स्थानिय स्वास्थ्य परम्पराहरूलाई सुधार गर्ने।
  • चिकित्सा र चिकित्सा नैतिकताको विनियमन सहित ग्रामीण स्वास्थ्य समस्याको समर्थन गर्दै चिकित्सा शिक्षाको अभिमुखीकरण गर्ने।
  • प्रभावकारी र कारगर जोखिम एकत्र र सामाजिक स्वास्थ्य बीमा,सुलभ किफायती,जवाफदेही र राम्रो गुणस्तरीय अस्पतालमा हेरविचार सुनिश्चित् गरेर गरिबलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने।

संस्थागत संयन्त्रहरू

  • ग्रामीण स्वास्थ्य र सरसफाई समिति (ग्रामीण स्तरमा पञ्चायत प्रतिनिधि ANM/MPW,आँगनबाडी कार्यकर्ता,शिक्षक,आशा,स्वास्थ्य स्वयंमसेवक सहित)
  • रोगी कल्याण समिति (वा समतुल्य) को सार्वजनिक अस्पतालहरूको सामुदायिक व्यवस्थापन
  • जिल्ला स्वास्थ्य मिसन,यसमा संयोजकको रूपमा जिल्ला स्वास्थ्य प्रमुख र सबै सान्दर्भिक विभाग, NGO हरू,निजी पेशागत व्यक्तिहरू अन्तर्गत जिल्ला परिषद्‍को नेतृत्वमा
  • राज्य स्वास्थ्य मिसन,मुख्य मन्त्री प्रमुख र राज्य स्वास्थ्य सचिव उपप्रमुख र सम्बन्धित विभाग,NGOहरू,निजी पेशागत व्यक्तिहरू प्रतिनिधिको रूपमा संयोजक हुन्।
  • राष्ट्रिय, राज्य स्तरमा स्वास्थ्य तथा परिवार कल्याण विभागको एकीकरण।
  • राष्ट्रिय मिसन सञ्चालन समूहमा स्वास्थ्य र परिवार कल्याण युनियन मन्त्री कार्यवाहक अध्यक्ष, पञ्चायत राजका मन्त्रीहरू,ग्रामीण विकास र मानव संसाधन विकास र सार्वजनिक पेशागत व्यक्तिहरू मिसनको निती,नियोग,समर्थन र निर्देशन प्रदान गर्न बनिएका हुन्।
  • HFW सचिवको अध्यक्षतामा सञ्चालित कार्यक्रम समिति, मिसनको कार्यकारी शरीर हो।
  • कार्यरत पर्यवेक्षण समूहले ASHA लाई मार्गदर्शन र कार्यान्वयन निरीक्षण गर्ने छ।
  • चयन कार्यका लागि कार्य समूह (समय-सीमा)

स्रोत :राष्ट्रिय स्वास्थ्य मिसन पोर्टल

सम्बन्धित स्रोतहरू

  • राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसन - नियमहरू

Last Modified : 8/11/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate