অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

गरिबका लागि आर्थिक सहायतार्थ

प्रधानमन्त्रीको राष्ट्रिय राहत कोष (PMNRF)

प्रधानमन्त्री राष्ट्रिय राहत कोष ( PMNRF) बाढी,चक्रवात,भूकम्प आदि जस्ता प्राकृतिक प्रकोपबाट मृत्यु हुने परिवारलाई तत्काल राहत प्रदान गर्नमा मुख्यतया उपयोग गरिन्छ। र ठुलो दुर्घटना र दङ्गा पिडितहरूलाई दिइन्छ।

यसका अतिरिक्त, PMNRF ले प्रमुख रोगको उपचारका लागि गरिब बिमारीहरूलाई आर्थिक आंशिक सहायता सरकारी/PMNRF संगठित अस्पतालहरूले खर्चको भुक्तान गर्छ। भुक्तानी प्रधानमन्त्रीको स्वीकृतिमा गरिन्छ।

आवेदकहरूले आर्थिक सहायताको अनुप्रयोगका लागि प्रधानमन्त्रीलाई एउटा आवेदन फर्म मार्फत् पत्राचार गर्न सक्छन्।आवेदकहरूले, चिकित्सा उपचारका लागि आर्थिक सहायता सुनिश्चित गर्नका लागि, रोगीको दुई प्रति फोटो(एउटा आवेदन फर्ममा टाँसेको र अर्को आवेदनसित स्टिच गरेको),बसोबासको प्रमाण, सक्कल चिकित्सा प्रमाणपत्र जसमा रोगको प्रकार र अनुमानीत खर्च र रागीको आयको प्रमाणपत्र समावेश भएको हुनु पर्छ। आवेदनको रसिद पछि, प्रधानमन्त्रीको विवेकमा भुक्तानी रकम पूर्व प्रतिबद्धताकासाथ उपलब्ध गराइने छ।

स्वास्थ्य मन्त्रीको स्वनिर्णयगत अनुदान (HMDG)

आर्थिक सहायता HMDG अन्तर्गत गरिब रोगीहरू जसको पारिवारीक आय वार्षिक 1,00,000/- भन्दा कम छ र जटिल बिमारीबाट पिडित छ र सरकारी अस्पताल/संस्थानमा उपचार भइरहेको छ,खर्चको एक भाग भुक्तान गर्न जहाँ निशुल्क चिकित्सा सुविधा उपलब्ध छैन।

अनुदान सेन्सिङका लागि राखिएको मापदण्ड

यस्तो अनुदान सेन्सिङका लागि सुनिश्तित गरी राख्ने व्यापक मापदण्ड हो:

  • पहिले नै गरेको व्ययको खर्चलाई पुन भुक्तान गरिने छैन।
  • लामो समय सम्म दोहोरिने बिमारीको उपचारको खर्च समावेश छैन्।
  • सामान्य स्वरूपको बिमारीहरू जसको उपचार महँगो छैन आर्थिक सहायताका लागि योग्य हुने छैन।
  • T.B. का लागि आर्थिक सहायता उपल्बध छैन, यसका लागि राष्ट्रिय T.B.नियन्त्रण कार्यक्रम अन्तर्गत निशुल्क उपचार उपलब्ध छ।
  • निजी अस्पतालका उपचारहरूलाई यो सुविधा छैन्।
  • केन्द्र साथै राज्य सरकारका कर्मचारीहरू यो सुविधा पाउन योग्य छैनन्।
  • मात्र त्यस्ता परिवार जसको वार्षिक आय़ 1,00,000/- भन्दा कम छ, स्वास्थ्य मन्त्रीले गरेको स्वनिर्णयगत अनुदान (HMDG) पाउन योग्य छ।

आर्थिक सहायता सीमाहरू निम्न प्रकार छन:

  • यदि उपचारका लागि अनुमानित रू.50, 000/-भन्दा माथि छ भने रू.1,00,000/- सम्म
  • यदि उपचारका लागि अनिमानित रू.75,000/- भन्दा माथि रू.1,00,000/- र 1,50,000/-छ भने
  • यदि उपचारका लागि अनुमानित रू.1,00,000/- भन्दा माथि छ भने रू.1,50,000/-

आवेदन प्रक्रिया

HMDGअन्तर्गत वितिय सहयोग प्राप्त गर्न, रोगीले पेश गर्नु आवश्यक छ :

  1. 1. निर्धारित प्रोफोर्मा विधिवत भरिएको आवेदन प्रतिलिपि उपचार गरिरहेको चिकित्सक र अस्पतालको चिकित्सा अधीक्षकको संयुक्त काउन्टर हस्ताक्षर सहित रोगीले उपचार पाइरहेको जानकारी स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयमा समावेश गर्नु पर्छ।
  2. भिडियो/तहसीलदार/कलेक्टर/एसडियम( पूरै नाम,पद,टेलिफोन नम्बर र प्रमाणपत्र दर्ता गर्ने संस्थान) को प्रमाणपत्र सक्कल हुनुपर्छ, जसमा आवेदकको सबै परिवारको सङ्ख्याको पेशा र मासिक/वार्षिक आय स्रोतहरू उल्लेख हुन्छ।
  3. 3. रासनकार्डको प्रतिलिपि।

थप जानकारीका लागि, सम्पर्क डायरेक्टर (अनुमती), स्वास्थ्य र परिवार कल्याण मन्त्रालय निर्माण भवन, नयाँ दिल्ली - 110 011 फोन: 23063481/23061731

राष्ट्रिय आरोग्य नीधि (RAN)

RAN को स्थापना 1997 मा बिमारी, गरिबी रेखा तल रहेकालाई समय समयमा वित्तिय सहयोग त्यसका लागि जो जटिल खतरनाक जीवन सम्बन्धि ठुला बिमारीहरू हृदय,कलेजो,मृगौला र क्यान्सरबाट पिडित छन्। कुनै पनि उत्कृष्ट अस्पताल / संस्थानहरू वा सरकारी अस्पतालहरूमा मेडिकल सेवा पाउनका लागि त्यस्ता बिमारीहरूका लागि आर्थिक सहयोग निकास गर्नका लागि मेडिकल सुपरिटेनडेन्टल जहाँ रोगीले उपचार प्राप्त गर्न ‘एक समय सुनिश्चित’ फर्मको रूपमा भरिन्छ।

सञ्चालित कोषको स्थापना 12 केन्द्रीय सरकारी अस्पताल/ संस्थाहरू सहायता प्रदान गर्नका लागि रू 50 लाखसम्म स्थापना गरिएको छ। रू.5 लाखभन्दा माथिको आर्थिक सहायताको मामलाका लागि भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई अनुमोदन गरिन्छ। खतरनाक रोगबाट जीवन भोगिरहेका बिमारीहरू,जहाँ समय प्रिमियम छ, यसले गरिबमा भेटिएको प्राइमाफेसिया बिमारीहरूको उपचार प्रारम्भ अस्पताल/संस्थानको योजना अन्तर्गत गर्छ। यसले प्रक्रियागत उपचार गर्दा हुने ढिलाईलाई कटौती गर्छ,जसले हजारौं बिमारीहरूलाई सालाना राहत दिन्छ।

RAN – स्वास्थ्य मन्त्रीको क्यान्सर रोगी कोष (HMCPF)

स्वास्थ्य मन्त्रीले गरेको क्यान्सर रोगी कोष (HMCPF) अन्तर्गत :

  • 27 क्षेत्रीय क्यान्सर केन्द्रहरू मार्फत गरिबी रेखाभन्दा तल रहेका उपचार भइरहेका क्यान्सर पिडित बिमारीहरूलाई वितिय सहेयता प्रदान गरिन्छ।
  • क्यान्सर रोगीलाई रू.100,000(रू.1.00 लाख मात्र)को आर्थिक सहायता गर्न आफ्नो निपटारामा राखिएको भए पनि सामाधान कोष मार्फत् सम्बन्धित संस्थान/ अस्पतालमा प्रशोधन छ। यो सीमाभन्दा माथि वित्तीय सहायताको अवस्थामा केन्द्रीय कोषका साथ सहायताका लागि अस्पतालद्वारा उल्लेख गर्न सकिन्छ।

निम्न मापदण्डहरू गरिब बिमारीहरूको वित्तीय सहायता प्रदान गर्न तय गरिएको छ:

  • आवेदनलाई विधिवत: प्रोफोर्मामा पेश गर्नु पर्छ जसलाई उपचार गरिरहेको डाक्टर/ HOD र चिकित्सा (सरकारी अस्पताल) अधीक्षक द्वारा हस्ताक्षर गरिएको हुनुपर्छ जहाँ रोगीहरूले उपचार प्राप्त गर्छन्, आयको सक्कल प्रमाणपत्र बिडियो/तहसीलदार/कलेक्टर/यएसडियम बाट बनाउनु पर्छ। गरिबी रेखा मुनीका आवेदकहरूको हकमा राशन कार्डको प्रमाणित प्रतिलिपि दिँदा हुन्छ।
  • सामान्य स्वास्थ्य सेवाको निर्देशनालय (Dte.GHS) ले प्राविधिक प्रस्तावको अनुमान,त्यसपछि अख्तियार स्वीकृत योग्य रोगीलाई आर्थिक सहयोग गर्न लक्षित छ। तोकिएको रकमको चेक हस्पिटललाई जारी गरिन्छ,जसलाई मन्त्रालयमा अस्पतालको प्रमाणपत्र सहित पेश गर्न जरूरी छ।

HMCPF अन्तर्गत वितिय सहायता लाभ उठाउन,रोगी पेश गर्न आवश्यक छ :

  • आवेदन फर्ममा विधिवत प्रोफोर्मा निर्धारित छ उपचार गरिरहेको डाक्टर र अस्पतालको चिकित्सा अधीक्षक जो सरकारी अस्पताल/संस्थान/क्षेत्रीय क्यान्सर केन्द्रद्वारा हस्ताक्षरित हुन्छन्।
  • आय प्रमाणपत्रको प्रतिलिपि।
  • राशनकार्डको प्रतिलिपि।
  • सञ्चालन रकम 27 RCC हरूमा सेट गरिएको छ, प्रत्येक मामलामा रू. 5 लाख देखि रू.50 लाख सम्म उपचार प्रदान गर्नका लागि आफ्नो निपटानमा राखिएको छ।
  • 5 लाख भन्दा माथिको उपचारको अवस्थामा रकम प्रदानका लागि भारत सरकारको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयलाई भनिन्छ।

स्रोत:स्वास्थ्य र परिवार कल्याण मन्त्रालय

सम्बन्धित स्रोतहरू

  • राष्ट्रिय आरोग्य निधी र स्वास्थ्य मन्त्रीले गरेको स्वनिर्णयगत अनुदान अन्तर्गत वितिय सहायताका लागि आवेदन फर्म
  • FAQs को RAN

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate