महिला तथा बालबच्चाहरूको स्वास्थ्यमा सुधार गर्ने काममा लागेका स्वास्थ्यकर्मीले अरूलाई आदर गरेमा आफुलाई पनि समुदायबाट आदर मिल्छ । साथै आफ्नो ज्ञान अरूलाई बाँडेर सिक्नुपर्ने, मिलेर काम गर्ने बानी पनि राख्नुपर्छ ।
अरूको सहयोगी बन्नका लागि आफूले अरूलाई सिकाउने र अरूबाट पनि सिक्ने बानीले काममा धेरै मद्दत गर्छ। अनुभवी मातृशिशु स्वास्थ्य सहयोगीहरू पनि आफ्नो जीवनकालभरि सिकिरहन्छन् र नयाँनयाँ कुरा अरूलाई पनि सिकाइरहन्छन् ।
मातृशिशु स्वास्थ्य सहयोगीहरूले अनुभवबाट, किताब पढेर र व्यावहारिक ज्ञानबाट सिक्छन्। सबै मातृशिशु स्वास्थ्य सहयोगीहरूले सकेसम्म अध्ययन गर्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नुपर्छ।
स्वास्थ्यबारेमा जान्नु पर्ने कुराहरू धेरै ठाउँबाट सिकिन्छ किनभने समयसँगै औषधोपचारसम्बन्धी नयाँ सूचनाहरू थाहा हुन्छ र नयाँ नयाँ सीपहरू पनि हासिल गर्नुपर्ने हुन्छ । आफूले काम गरुन्जेल मातृशिशु स्वास्थ्य सहयोगीले निम्न कार्य गरिरहनुपर्छ : अरू मातृशिशु स्वास्थ्य सहयोगी, स्वास्थ्यकर्मी र चिकित्सक कुनै पनि काम कसरी सम्पन्न गर्छन्, ध्यान दिने ।
आफूले प्रदान गरेका सेवाहरूमध्ये, सेवा प्रदान गरेका महिला वा तिनको परिवारलाई, के मनपर्छ, के मनपर्दैन, त्यो सोध्ने । किताब वा अन्य लिखित सामग्री पढ्ने । सहयोग सामग्रीहरू र किताबहरू आफ्ना साथमा राखिराख्ने ताकि बिर्सियो भने हेरेर पढेर बुझन सकियोस्। तालिम र उपकरण उपलब्ध छन् भने नयाँ सीप सिक्न पछि हट्नु हुँदैन । यसले आफ्नो समुदायका अझ बढी महिलाहरूलाई सहयोग पुयाउन सक्षम बनाउँछ । नयाँ कुरा थाहा पाएपछि अभ्यासमा ल्याउनु पर्छ । आफूले प्रयोग गरिरहेको तौरतरिकामा ढुक्क हुन आफूभन्दा जान्ने स्वास्थ्यकर्मीसँग सरसल्लाह लिइरहनु पर्छ ।
मातृशिशु कार्यकर्ताले किन भनेर प्रश्न सोध्नु महत्त्वपूर्ण छ। यसरी प्रश्न गरेमा कसैले भनेका वा पढेका कुरा सम्झन सहयोग पुग्छ । अरूले प्रयोग नगरेका तरिका र उपकरणहरू पनि प्रयोग गर्न सकिन्छ । अझ, किन भनेर प्रश्न गर्ने गर्दा समस्याहरूका कारण बुझन, समस्याहरूका प्रभावकारी उपचार गर्न र अर्को पटक त्यस्ता समस्या उत्पन्न नहोस् भन्ने उपाय अपनाउन सकिन्छ ।
महिला र उनका परिवारसँग स्वास्थ्यका बारेमा जानकारी लिन आफन्तजस्तो भावले सोध्ने गर्नुपर्छ । कतिपय महिलाहरू आफ्नो कुरा सीधै राख्न सक्दैनन्, उनीहरूलाई किन यस्तो भयो' कहिले भयो' भनेर सोधेमा जवाफ पाउन सजिलो हुन्छ ।
मातृशिशु स्वास्थ्य सहयोगीहरूले किताब र शिक्षकहरूबाट सिक्नुका साथै उनीहरू एक-आपसबाट र उनीहरूले सेवा पुय सुधार ल्याउन सक्छ ।
मातृशिशु स्वास्थ्य सहयोगीहरू एक अर्कालाई सहयोग पुयाउन मिलेर काम गर्न सक्छन्। यदि कुनै एक जना तृशिशु स्वास्थ्य सहयोगी बिरामी भइन् एका परिवारबाट पनि धेरै कुरा सिक्छन्। यसरी आफूले जानेका कुराहरूले सम्पूर्ण समुदायकै स्वास्थ्यमा वा काम गर्न सकिनन् भने उनले सेवा पुयाइरहेकी महिलालाई अर्की तृशिशु स्वास्थ्य सहयोगीले सहयोग गर्न सक्दछिन्। मातृशिशु स्वास्थ्य सहयोगीहरूका बैठकमा आफूले गर्न सकिने कामहरूबारे छलफल गर्न सकिन्छ। खासगरी निम्न हुन सक्छन् :
सबैले सबैलाई बताउने- सुत्केरी हुन साह्रो पछि काम गर्न सजिलो हुन्छ । नयाँ कुरा पनि सिक्न सकिन्छ ।
उदाहरणका लागि, कुनै स्थानीय जर्ड जान्ने व्यक्तिले (वैद्य, धामी, झोक्री) स्था नाटकहरू, गीतहरू गाएर पनि छलफल गर्न सकिन्छ । जस्तो कुपोषित आमालाई स्थानीय खानेकुराको बारेमा जानकारी दिएको नाटक देखाउने वा पखाला लाग्दा के गर्ने भनेर नाटक देखाउने वा गीत गाउने, नाटक हेरेपछि के के कुरा थप्न सकिन्छ भनेर सहभागीहरूले भन्न सक्दछन् वा कुनै कुरा ठीक भएन भने त्यो पनि भन्न सक्दछन्।
एकै जनाले सबै पुस्तक किन्न साध्य हुँदैन, त्यसैले एक-आपसमा पैसा उठाएर किताब किनेर तथा आलोपालो पढ्न
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 3/4/2020