অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

महिलाको स्वास्थ्यलाई असर पार्ने खाजासम्बन्धी गलत धारणाहरू

महिलाको स्वास्थ्यलाई असर पार्ने खाजासम्बन्धी गलत धारणाहरू

समाजमा रहेका खानासम्बन्धी कुनैकुनै धारणा हानिकारक हुन्छन्, जस्तै पुरुषले खाने जति महिलाले खानु पर्दैन वा विभिन्न प्रकारका खाद्य पदार्थहरू खानु हुँदैन आदि ।

छोराभन्दा छोरीलाई कम भोजज दिए हुन्छ भन्जे गलत धारणा

शरीर बृद्धि हुन र काम गर्नका लागि छोरीलाई पनि छोराजतिकै खाना आवश्यक छ। अनि यदि छोरीले पर्याप्त खाना पाइनन् भने उनका हाडहरू राम्ररी बढ्न र विकसित हुन सक्दैनन्। यसको कारण उनी गर्भवती भई बच्चा पाउने प्रसव अवस्थामा उनीलाई र उनको बच्चालाई समेत गम्भीर समस्या - आउन सक्छ ।

महिलाले परिवारका अरू सदस्यलाई खुवाएर मात्र खाले गर्नुपर्छ र उजले उब्रेको खाजा मात्र खाज पाउँछिन्

महिलालाई अरूलाई खुवाएर मात्र आफूले खानु पर्छ भनेर सिकाइएको छ भने उनी प्रायजसो भोकै पर्छिन्, यस्तो हुनु कहिल्यै पनि स्वस्थकर हुन सक्दैन । महिला यदि गर्भवती छिन् वा उनको काखमा सानो बच्चा पनि छ भने यस्ता अवस्थाहरूमा यो प्रचलन ज्यादै खतरनाक हुन सक्छ । यदि परिवारले महिलालाई पर्याप्त खान सहयोग गर्दैनन् भने उनले आफ्नो लागि पकाउने बेला वा परिवारमा श्रीमान् र मूली नभएको मौका पारेर पनि खानुपर्छ।

पुरियाबन्दी तथा प्रशोधित खाद्य सामग्रीले स्वास्थ्यमा राम्रो प्रभाव पार्दैज

आजभोलि पुरियाबन्दी तथा प्रशोधित खाद्य सामग्री खाने प्रचलन बढ्दो छ । कसैले स्वाद मन पराउँछन्, कसैले पुरियाबन्दी खाद्य सामग्री बढी स्वस्थकर हुन्छन् भन्ने सोच्छन्। पुरियाबन्दी खाद्य सामग्री पोषणयुक्त खाना हुन्। भनेर विज्ञापन गरिएका हुन्छन् तर यो झुटो हो । त्यसैले सकेसम्म चाउचाउ, बिस्कुट र प्याकेटमा आएका अरुखानेकुरा आदिको प्रयोग नगरेकै बेस हुन्छ । कतिपय पुरियाबन्दी सामग्रीहरूमा भिटामिनहरू र खनिज तत्वहरू राखेको भनेर विज्ञापनमा भनिन्छ। त्सरी कृतिम तरिकाले थप गरिएका भिटामिन र खनिज तत्त्वहरूलाई हाम्रो शरीरले राम्ररी प्रयोग गर्न सक्दैन । हाम्रो शरीरले प्राकृतिक ताजा खाद्य सामग्रीबाट प्राप्त भएका भिटामिनलाई राम्ररी प्रयोग गर्छ। धेरैजसो पुरियाबन्दी खाद्यसामग्रीमा शरीरलाई चाहिनेभन्दा बढी चिनी, नुन र चिल्लो पदार्थ हुन्छन्। यस्ता खानेकुरामा थप स्वादिलो पार्न भनेर रासायनिक पदार्थहरू मिसाइएका हुन्छन्। ती रासायनिक पदार्थहरूमध्ये कतिपय त स्वास्थ्यका लागि कति सुरक्षित छन् भनेर सावधानीपूर्वक जाँचिएको पनि हुँदैन ।

खाजा बार्ने बानी राम्रो होइल

गर्भिणी हुँदा वा अरूबेला पनि स्वस्थ रहनका लागि महिलाले विभिन्न प्रकारका खाद्य पदार्थ खानै पर्छ जसमा मुख्य खाद्य पदार्थ, वृद्धिबर्द्धक खाद्य पदार्थ, स्फूर्तिदायक खाद्य पदार्थ वा शक्तिवर्द्धक खाद्य पदार्थ हुनुपर्छ । कसै कसैलाई गर्भावस्थाम कुनै खानेकुरा खान मन लाग्दैन भने उनलाई अरू खानेकुरा दिएर पनि पोषण दिलाउनु पर्छ । जस्तो कसैले गर्भावस्थाम भात वा रोटी खान मन लागेन भने फापर, कोदो, मकै पनि दिन सकिन्छ ।

विभिन्ज गलत धारणा हटाउनु पर्छ

खानासम्बन्धी समाजमा बनेको धारणा हटाउन कठिन हुन्छ । महिलालाई असल खाना खुवाउने थप तरिकाहरू भने पत्ता लाउन पनि सकिन्छ । एउटा सत्य घटनामा आधारित कथाको रुपमा तल छ । मारिया ग्वाटेमाला नामक एउटा देशकी मातृशिशु स्वास्थ्यकर्मी हुन्। उनी र उनका गाउँबस्ती कुनै खाना गर्मी गर्ने र कुनै खाना सर्दी गर्ने हुन्छन् भन्नेमा विश्वास गर्छन्। तिनीहरू गर्भिणी महिलाले सर्दी' गर्ने खाना खानु हुँदैन भन्ने विश्वास गर्छन्। गेडागुडीले सर्दी गर्छ भने विश्वास समुदायमा छ, तर मारियालाई गर्भिणीलाई प्रोटिन र लौहतत्व प्राप्त गर्न सजिलो र सस्तो उपाय भनेको अण्डा र गेडागुडी नै हुन् भन्ने थाहा छ । मारिया गर्भिणी महिलाले राम्ररी खाउन् तर सर्दी गर्ने खाना नखाउन् भन्ने चाहन्छिन्। सर्दी गर्ने खाना गर्भिणी महिलाले खानु ठीक हुँदैनन् भन्ने धेरै सोच्छिन्। त्यसपछि | उनले सजिलो र चलाखी खालको समाधान निकालिन्। उनले गर्भिणी महिलालाई गेडागुडी र अण्डामा केही मरिच/खोर्सानी वा अन्य गर्मी गर्ने खाना राखेर खान हुन्छ भन्ने गर्छिन्। यसरी, खानाको सर्दीपना बाँकी रहँदैन भनेर सिकाउँछिन्। मारियाले एउटा समस्याको एउटा सिर्जनात्मक उत्तर पत्ता लगाइन्। उनले पहिलो कुरा गर्भिणी महिलाका लागि राम्ररी खान सक्ने तरिका पत्ता लगाइन् भने दोस्रो कुरा उनले खानासम्बन्धी समुदायको धारणालाई पनि आदर गरिन ।

कम दाममा राम्ररी खाले काइदा

महिलाहरूको कुपोषणको कारण गरिबी पनि हो । कतिपय ठाउँमा भने सस्तोमा पोषणयुक्त खान खान सकिन्छ भन्ने नजानेर पनि कुपोषण हुन्छ। कतिपय ठाउँमा चाहिँ लोग्नेमानिसले जाँड र चुरोट रक्सीमा पैसा खर्च गर्छन् अनि घरमा खान पैस हुँदैन । गरिबीको मुख्य कारण पहिचान गर्न र त्यसक परिवर्तन लागि गर्न सकिने कुराबारे थप जानकारी लर्ज" नामक पुस्तकहरू हेर्नुहोस्। एउटा गरिब परिवारले पनि बुद्धिमानीपूर्वक पैसाको सदुपयोग गरेमा राम्ररी खान सक्छ । एकजना बाबुले रक्सी र चुरोटमा पैसा खर्च गरेन भने भोक र कम पोषणसम्बन्धी समस्याहरू समाधान गर्न समुदायले काम गर्नुपर्छ । पोषणयुक्त खाद्य पदार्थहरू किन्न सक्छ वा अण्डा पार्ने पोथी पनि किन्न सक्छ । बरफ, मिठाइ, चकलेट बिस्कुट, चाउचाउ आदिका घरका सबैको स्वास्थ्य राम्रो हुन्छ ।

आमाको दूध

आमाको दूधमा बच्चालाई आवश्यक पर्ने सबै प्रकारका पोषण तत्वहरू हुन्छन्। साना बालकलाई प्रशोधित बट्टे-दूध आवश्यक पर्दैन, झन् त्यसमाथि स्तनपान गरिरहेका वा अरू प्रकारका खाद्य सामग्रीहरू खाइरहेको छ भने पर्दै-पर्दैन । तर दूध खुवाउने

गेडागुडी, चजा र दलहज

गेडागुडी र दलहनमा प्रोटिन र भिटामिन प्रशस्त हुन्छन्। अरुका तुलनामा महँगा पनि हुँदैनन्। यदि तिनीहरूलाई टुसा उमारेर खाना बनाइयो भने त त्यसमा अरू बढी भिटामिन हुन्छन्। टुसा उमारेर खान धेरै सजिलो हुन्छ । हामीले दशैंमा जमरा रोप्छौं र त्यो जमरामा पनि धेरै पोषण पाइन्छ । त्यसैगरी चना, भटमास, क्वाँटी सबै टुसा उमारेर खाए पोषण हुन्छ।

कम दाममा मासु र अण्डाहरू

रक्ती र भित्र्यांस जस्तै कलेजो मुटु र मृगौलामा प्रशस्त मात्रामा लौह तत्व हुन्छ र अन्य अङ्गका मासुभन्दा सस्तो हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटिन, लौह तत्त्व र भिटामिन ए हुन्छ । अण्डाबाट अन्य खाद्य पदार्थहरूबाट भन्दा बढी र सस्तो दाममा प्रोटिन पाइन्छ ।

अल्लहरू

गहुँ, चामल र मकैभन्दा कोदो, फापरमा धेरै पोषण हुन्छ, तर यी अन्नहरूलाई प्रशोधित गरिए भने पोषक तत्व घट्छ। चामल मिलमा कुटी फल्दा वा गहुँको मैदा बनाउँदा अन्नमा भएका पोषक तत्व खेरा जान्छन्। मैदा र फलेको चामलमाभन्दा आँटा र नफलेको चामलमा बढी भिटामिन, खनिज पदार्थ र प्रोटिन हुन्छन्।

सागसब्जी तथा फलफुलहरू

तरकारी धेरै पकायो भने भिटामिन नस्ट हुन सक्छ। त्यसकारण सफा पानीले पखालेर सागसब्जीलाई एकैछिन मात्र पकाउनु पर्छ । कतिपय सागसब्जीका बोक्रा छोडाएर फाल्नु पर्छ । कुनै कुनै भने बोक्रासमेत सागसब्जी पकाउँदा सकेसम्म थोरै खान सकिन्छ । मूलाको सागमा पानी राखेर पकाउने गर्नुपर्छ । मूलामाभन्दा धेरै लौह तत्व वा भिटामिन हुन्छ । जङ्गली कन्दमूल फलफूल र ऐसेलु भिटामिन युक्त हुन्छ र तिनीहरूमा शक्ति दिने चिनी पनि हुन्छ। आलु सफा गरेर उसिनेर खायो भने धेरै पोषणतत्त्व पाइन्छ ।

तयारी भिटामित्व प्रयोग जगर्ने

धेरैजसो अवस्थामा मानिसले विभिन्न प्रकारका खाद्य पदार्थहरू खाँदा नै प्रशस्त भिटामिन तथा खनिज तत्त्व प्राप्त गर्न सक्छन्। गर्भिणी र स्तनपान गराइरहेका अवस्थाका महिलालाई पनि पर्याप्त खाना दिइयो भने भिटामिन पुग्छ। बाहिरको भिटामिन किनेर खानु भनेको पैसा खेर फाल्नु मात्र हो ।

असल स्वास्थ्यका

लागि शरीरको हेरचाह गर्ने तरिका गर्भिणी वा जुनसुकै बेला स्वस्थ रहनका लागि महिलाले सफा रहने, व्यायाम र पर्याप्त आराम गर्ने गर्नु ज्यादै महत्त्वपूर्ण छ। शरीर सफा राख्नुपर्छ

शरीर सफा राख्नाले

सङ्क्रमणहरूबाट रोकथाम हुन्छ। यदि सम्भव भएमा, आमाले नियमितरूपमा सफा पानीले नुहाउनु पर्छ, साथै जननेन्द्रिय पनि सधैं सफा गरिरहनु पर्छ ।

मुख र दाँतको स्याहार

स्वस्थ दाँतले व्यक्तिको पूरै शरीरलाई स्वस्थ हुन सहयोग गर्दछ र दाँतको स्याहार गर्नु खास गरी गर्भवतीका लागि ज्यादै महत्त्वपूर्ण छ। यस्तो नभए अस्वस्थ दाँतले गिजा सङ्क्रमणहरू हुने अवस्थामा पुयाउँछ। यस्तो भयो भने बच्चा समय नै नपुगी जन्मने अवस्था बन्न सक्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate