यदि कुनै मातृशिशु स्वास्थ्य सहयोगी पढ्न सिपालु छन् भने उनले पुस्तक पढेर अरू सहयो गीलाई सुनाउन सक्छिन । उपकरणहरू निर्मलीकरण गर्न जान्ने मातृशिशु स्वास्थ्य सहयोगीले समूहका अरूलाई त्यो विधि सिकाउन सक्छिन्।
मातृशिशु स्वास्थ्य कार्यकर्ताले एक अन्तरङ्ग सहयोगीका रूपमा, सल्लाह दिन्छिन्, समस्याको उपचार गर्छिन् र बिरामीको ज्यानसमेत बचाउँछिन्। तर छलफल गर्दा विभिन्न किसिमका गीत गाएर पनि छलफल गर्न सकिन्छ । समुदायका मानिसलाई सिकाउँदै र उनीहरूबाट जानकारी लिँदै/दिँदै मातृशिशु स्वास्थ्य सहयोगीहरूले ज्ञान बाँड्न सक्छन्।
सिकाउने काम जुनसुकै समयमा जुनसुकै ठाउँमा गर्न सकिन्छ। बिरामी जाँचिरहेका अवस्थामा तपाईंले बिरामी महिलालाई प्रश्न किन सोधिरहेको सोको कारण व्याख्या गरिदिनुभयो भने, तपाईंले उसलाई सिकाइरहनु भएको हुन्छ। कुनै महिलाको श्रीमानलाई परिवार नियोजन गर्नु उसको पनि दायित्व हो भनेर सम्झाउँदा उसलाई परिवार नियोजनबारे सिकाइरहनु भएको हुन्छ । हाट बजार जाँदा होस् वा सामुदायिक भेला बैठकमा होस् वा कसैलाई कहीं भेट्दा होस्, तपाईंलाई सिकाउने अवसर प्राप्त हुन्छ ।
समुदायका धेरै व्यक्तिहरूलाई फाइदा पुग्न सक्ने सम्भवतः धेरै विषयहरू छन्। संभव भए, गर्भवती महिला, परिवारहरू वा समुदायका अन्य सदस्यको बैठक बसाएर स्वास्थ्य र जायजन्मका वारेमा सिकाउनु होस्। जहाँ तपाईंले निम्न कुराहरू सिकाउन सक्नु हुन्छ :
- शरीरले कसरी काम गर्दछ,
-परिवार नियोजनका सुविधा कसरी छान्ने र प्रयोग गर्ने,
- गर्भवती हुँदा के कस्तो खाने र आफैले आफ्नो हेरचाह कसरी गर्ने,
- सुत्केरी भएपछिको आफ्नो स्याहार कसरी गर्ने र शिशुलाई स्तनपान कसरी गराउने ।
पढाउने काम पनि एउटा सीप हो र यस सीपका लागि अभ्यास गर्नुपर्छ । सुरुआत गर्ने राम्रो तरिका हो कुरा सुन्नु । कसले कति जानेको छ सोको अरूको कुरा ध्यान दिएर आधारमा तपाईंले उनीहरूको ज्ञान बढाउन सहयोग पुयाउन सक्नु हुनेछ । सुन्ने बानी गर्नुपर्छ । सिक्न हनेछ । उदाहरणका निम्ति- यदि महिलाहरूको एउटा समूह यौनप्रसारित सङ्क्रमणहरू (एसटीआई)का बारेमा जान्न इच्छुक छ भने, तपाईंले समूहका हरेकलाई एसटीआईका बारेमा उनीहरू के जान्दछन् त्यो बताउन लगाउन सक्नु हुन्छ । महिलाहरूले एसटीआईका बारेमा किताब पढेर वा कक्षामा सिकेर, अन्य महिलाहरूसँग कुराकानी गरेर वा आफू सङ्क्रमण भएका कारणले पनि थाहा पाएका हुन सक्छन्।
सबैले आफूसँग भएका जानकारी आदान-प्रदान गरिसकेपछि अब उनीहरूको थप जिज्ञासा के छ, त्यो पत्ता लगाउनु होस्। समूहका व्यक्तिहरूलाई कतिपय प्रश्नको उत्तर पनि थाहा हुन्छ। कति जनालाई केही कुराको भ्रम वा गलत धारणा छन् भने त्यो पनि समूहमा छलफल गरेर निर्धारण गर्न सकिन्छ । आफूले पढाए-सिकाएका कुराहरू व्यावहारिक रूपमा लागू गर्न सहयोग पनि गर्नुपर्छ।
आफूले पढाए-सिकाएका कुराहरू व्यावहारिक रूपमा लागू गर्न सहयोग पनि गर्नुपर्छ।
यसो गरेमा समूहका सबैको हैसियत बराबर छ भन्ने जनाउँछ। यसो गर्दा कुराकानी गर्न गाउँका महिला पुरुषलाई सजिलो हुन्छ। उनीहरूलाई धक लाग्दैन
अरूलाई सिकाउनुअघि तपाईंले कुन कुरा बताउन चाहनु भएको हो त्यसका बारेमा राम्ररी सोच्नुहोस्।
हरेक मानिसहरूसँग छलफल गर्दा फरकफरक तरिका अपनाउन सकिन्छ र एउटै कुरा फरकफरक तरिकाले सिक्दा व्यक्तिहरूले राम्ररी सिक्छन्। जस्तो पोषणको बारेमा एउटा छलफल तल दिइएको छ ।
कोही महिलाहरू बोल्दा डराउने वा लाज मान्ने हुन्छन्। कोही थाहा भएर पनि बोल्यो भने गलत हुन्छ कि भनेर धक मान्ने हुँदा उनीहरू सबैलाई बोल्न प्रोत्साहित गर्नुपर्छ । सबैले वास्तवमै सिक्न सक्ने गरी कसरी शिक्षा दिने भन्ने बारेमा थप जानकारीका लागि हेर्नुहोस्- हेस्पेरियन फाउन्डेशनबाट प्रकाशित Helping Health Workers Learn
उचित जानकारी पाउँदा, हरेक महिलामा आफ्नो शरीरका बारेमा बुझने र आफ्नो स्वास्थ्यका बारेमा राम्रोसंग निर्णय लिने क्षमता बढ्छ। कुनै पनि महिलालाई गर्भवती वा अन्य कुनै सेवा दिँदा तपाईंले के र किन गर्दै हुनुहुन्छ त्यसको व्याख्या गर्नुहोस्। ती महिलाले आफ्ना शरीर वा स्वास्थ्यका बारेमा कुनै पनि प्रश्न सोधे भने त्यसको उत्तर प्रस्ट दिनुहोस्।
सबै व्यक्तिलाई सबै कुरा थाहा हुँदैन । आफूलाई थाहा नभएको कुरा थाहा छैन भन्नुहोस्, तर आफूभन्दा जान्नेसँग सल्लाह गरेर पनि जवाफ दिने गर्नुहोस्। हरेक व्यक्तिलाई आदरपूर्वक व्यवहार गर्नुपर्छ। मातृशिशु स्वास्थ्य सहयोगीका रूपमा, तपाईंले कुनै पनि महिलासँग व्यवहार गर्ने तरिका एकदम महत्त्वपूर्ण हुन्छ। नम्न बोलीवचनले कुनै पनि महिलालाई आफ्नो हेरचाह आफैं गर्न सक्षम बनाउन सक्ने गरी दीर्घकालीन प्रभाव पार्न सक्छ । विचारै नगरी बोलिएको वा रुखो वचन महिलाहरूको मनमा धेरै कालसम्म बिझिरहन्छ र उनीहरू तपाईंका नजिक आउन चाहँदैनन्।
उमेर, पेसा, जातीय वा धर्म, सम्पत्ति, शारीरिक अपाङ्गता वा अन्य कुनै पनि कारणहरूका आधारमा बारम्बार अपमानित भएकी कुनै पनि महिला, स्वास्थ्यकर्मीले नराम्रो व्यवहार गर्दा पनि यस्तै हो भनेर चुप लागेर बस्छन्। यसकारण यस्ता महिलाहरूसँग काम थाल्दा, उनीहरूको आलोचना नगरी आदरपूर्वक व्यवहार गरेर काम सुरु गर्नुपर्छ ।
भनेका कुराहरूले भन्दा गरेका कुराहरूको प्रभाव बढी पर्दछ । मातृशिशु स्वास्थ्य सहयोगीहरू आफ्नो समुदायमा इज्जतदार मानिने भएकाले, तपाईंले जे जसो गर्नु हुन्छ त्यसले अरूलाई पनि आफ्नो हेरचाह गर्न प्रोत्साहित गर्दछ । तपाईंले आफ्ना बच्चाहरूलाई स्तनपान गराउनु हुन्छ भने, समुदायमा भएका अरू महिलाहरूले पनि त्यस्तै गर्ने संभावना बढेर जान्छ। तपाईंले चुरोट-बिंडी पिउनु भएन भने अरूले पनि वा चुरोट-बिंडी पिउन छाड्लान्। तपाईंले अरूलाई जस्तो सल्लाह दिने गर्नुहुन्छ, आफ्नो आनीबानी र जीवन पनि त्यस्तै बनाउनु पर्दछ।
महिलाहरूलाई आफू बारे आफै निर्णय लिज प्रेरणा दिनुपर्छ हरेकलाई आफ्ना शरीरको रक्षा गर्ने सम्बन्धी आपैत निर्णय गर्ने अधिकार हुन्छ । त्यसकारण व्यक्तिहरूले आफ्नो हेरचाह गर्न आफॅ अघि सर्न सक्छन् र त्यसो गर्नु पनि पर्छ । यसमा तपाईले व्यावहारिक ज्ञान दिएर देखाएर मद्दत गर्नुपर्छ।
कुनै पनि महिला, आफ्ना कुरा सुन्ने व्यक्तिसँग मात्र प्रायः खुलेर कुरा गर्छन्। कुराकानीकै क्रममा, उनले आफ्ना समस्याका समाधानका उपायहरूमध्ये केही आफैंले गर्नसक्ने कुरा थाहा पाउन सक्छिन्।
केही महिला आफ्ना समस्या भन्न लाज मान्ने हुन्छन्। पारिवारिक समस्या र यौनका सम्बन्धमा महिलाहरूसँग परिवार, यौनिकता र यौन स्वास्थ्यका बारेमा नलुकाई र सहजरूपले कुराकानी गरेर तपाईंले उनीहरूको समस्या समाधान गर्न मद्दत गर्न सक्नुहुन्छ । उनीहरूले अरू महिलालाई पनि यी विषय भन्न सक्छन् र अरू पनि तपाईं सित धक नमानी कुरा गर्नेछन्। अरुका बारे जान्न चाहनेले आफै बोल्नु उचित हुँदैन । कम्ती बोलेर अरुका कुरा सुन्नुपर्छ ।
सम्बन्धित व्यक्तिको अनुमति नलिइकन कसैको स्वास्थ्य वा उपचारका बारेमा अर्को व्यक्तिलाई थाहा नदिनु महिलाहरूसँग उनीहरूको स्वास्थ्यका बारेमा कुराकानी गर्दा अरूले सुन्न नसक्ने गरी एकान्तमा गर्नुहोस्
__ गर्न सक्छु । भङ्ग नहोस् भनी विशेष ध्यान राख्नुपर्दछ, जस्तोकि, गर्भ तुहिने र गर्भपतन र पारिवारिक समस्याहरू आदि । आपत्कालीन अवस्थामा कुनै महिलालाई सुरक्षित र प्रभावकारी सेवा दिनु पर्दा भने यस्तो कुरा स्वास्थ्यकर्मीलाई भन्नै पर्ने हुन्छ। किनभने ती सूचनाका आधारमा स्वास्थ्यकर्मीले उनको ज्यान बचाउन पनि सक्छन् ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका