অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मधुमेहमा आहार चिकित्सा

मधुमेहमा आहार चिकित्सा

आहार नियन्त्रण

मधुमेह भएकारोगीहरूले आफ्नो भोजनमानियन्त्रणगर्नुअत्यन्त आवश्यक हुन्छ। धेरैपल्ट इन्सुलिन लिने मधुमेहकारोगीहरूकोजुन भोजन तालिका चिकित्साद्वारा बताइन्छत्यसमा चियार कफिकोपनि उल्लेख हुन्छ। उनीहरूलाई केवल क्रीम र शर्करा नखानु भनिन्छ। चियार कफिको प्रयोग मधुमेहबाट ग्रस्त भएका कुनै पनि व्यक्तिका लागि श्रेयकर होइन, चाहे तो इन्सुलिनमा निर्भर होस् अथवा नहोस्। यस्ता पदार्थ राम्रो स्वास्थको निर्माणमा सहायक हुँदैन। कहिलेकाहिँयस्तारोगीहरूलाईचिकित्सकद्वारा डबलरोटी, अचार, अण्डा आदि खाने सल्लाह पनि दिइन्छ तरहामीले यो ध्यानमाराख्नु पर्छ कि यी पदार्थ मधुमेह भएकारोगीका लागि आवश्यक खाद्य पदार्थहरूको श्रेणीमा पर्छन् कि पर्दैनन्।

मधुमेहले ग्रस्त रोगीहरूलाईसबै चीजभन्दाधेरै ताजा, हरियो सब्जीहरूको आवश्यकता पर्दछ। प्रत्येक भोजनसँगै सलाद प्रचुर मात्रामाखानु पर्छ। जब हामीधेरै मात्रमा फल तथा सब्जीहरूखाने गर्छौँ तब शरीरमाधेरै पानी पुग्दछ। योमिर्गौँला र मूत्र उत्सर्जन तन्त्रका लागि आवश्यक हुन्छ। मधुमेह भएको स्थितिमाहामीले आफ्नो मिर्गौँलार मुत्र उत्सर्जन तन्त्रलाईराम्रो हालतमाराख्नु पर्छकिनकि यो रोगलेमिर्गौँलामा एकखाले तनाव पैदा गर्दछ। मधुमेह भएकारोगीहरूले मिठाई, चिया, कफि, मादकद्रव्यहरू तथा ध्रूमपान आदि तुरून्तैबन्दगर्ने प्रयास गर्नु पर्छ। बोसोर शर्करा दुवैमा कमी आउँदा छक्कपर्दोर उत्साहवर्धक परिणाम देख्न पाइन्छ।

मधुमेहले ग्रस्त भएका व्यक्तिले योभलीभाँति जान्नु पर्छ कि यदि उसले असमानताले खाना खानसुरू गऱ्यो भने शरीर त्यस भोजनका अनुकूल जान्छ। प्राय: देखिन्छ कि धेरैजसो व्यक्तिलेआफ्नो वजन र शरीरको आकार-प्रकार परिवर्तिनगर्न खोज्दैनन्। मधुमेहले ग्रस्त धेरै व्यक्तिले भोजन गर्नेआफ्नो बानीकाकारण भुडीकोदुखाइ, कब्ज तथा यकृत विकारबाट पीड़ित हुन्छन्।

आहार नियन्त्रणगर्ने आवश्यकता

सामान्य जीवन व्यतित गर्नका लागि मधुमेह भएका रोगीहरूले आहार नियन्त्रणगर्ने नियमहरूको पालन गर्नु पर्छ। यहाँ यस कुराको पनि ध्यान राख्नु पर्छ कि मधुमेह भएका रोगीको आयु र रोगकोस्थितिमा नै उनीहरूको आहार निर्भर गर्दछ। त्यसैले एउटै आहार मधुमेह भएका सबैरोगीहरूलाईदिन सकिँदैन।

आहार नियन्त्रणमा उपयोगी कुरा

मधुमेह भएकारोगीहरूलेआफ्नो आहार निर्धारण गर्दा के कुरा ध्यानमा राख्नु पर्छ-

मधुमेहले ग्रस्तप्रत्येक रोगीको उद्येश्य यही हुनु पर्छ कि उसले आफ्नो रक्त शर्कराको स्तरलाई यथासम्भव नियन्त्रणमा राखोस्। आहारलेयस उद्येश्यको पूर्ति गर्नमाअत्यन्त महत्वपूर्ण भूमिका ग्रहण गर्छत्यसैले मधुमेह भएका रोगीलेआफ्नो आहार निर्धारण गर्दा निम्नलिखित सिद्धान्तहरूलाई आवश्यक रूपमा ध्यानमा राख्नु पर्छ।आहार सन्तुलित मात्रामा होस्जसमाप्रोटिन, कार्बोहाइड्रेट तथा बोसो आदि प्रदान गर्ने तत्वहरू आवश्यक मात्रामाहुन्।शरीरका लागि आवश्यक भिटामिन, खनिज लवण तथा फाइबर आदि पर्याप्त मात्रामाहुनु,शरीरलाईचाहिँदोवजन राख्नका लागि उपयुक्त केलरी भएको आहार खाने गर्नु पर्छ।मधुमेहका जटिलताहरू उत्पन्न भए भनेत्यसलाईनियमका साथ पालन गर्नसम्भव होस्।रोगीको आहार विविधतापूर्ण होस्जबकि त्योराम्ररीखान सकियोस्। आहार नियन्त्रणका नाममातितो चीजहरू खाँदा-खाँदैकहिलेकाहिँरोगीहरूलाईयसबाट आरूचि हुन थाल्छ। अत: आहार निर्धारणमारोगीहरूको रुचिलाई ध्यानमाराख्नु अत्यन्त आवश्यक हुन्छ।

आहारको रूपरेखा

मधुमेह भएका रोगीहरूकाआहारको रूपरेखा बनाउँदा चिकित्सकलेसम्बन्धित निम्नोक्त कुराको ध्यान अवश्यराख्नु पर्छ–

  1. रहन-सहनको स्तर
  2. आजीविका
  3. आर्थिक स्थिति
  4. भोज्य पदार्थोको उपलब्धता
  5. भोज्य पदार्थहरूको मूल्य
  6. सामाजिक प्रतिबन्ध
  7. सामाजिक परम्पराहरू
  8. धर्म
  9. पारिवारिक स्थिति
  10. रोगीकोउमेर
  11. लिङ्ग
  12. ऊँचाई
  13. शरीरको वजन
  14. रोगको तीव्रता
  15. रोगीको अभिरूचि

रोगीका आहारको महत्वपूर्ण जानकारीहरू

प्रसिद्ध चिकित्सक डा. हीरालाललेआफ्नो पुस्तक “स्वस्थ आहार एवं रोगहरूको चिकित्सा” मायसको विस्तृत वर्णन गरेका छन्। उनका अनुसार मधुमेह समृद्धताको रोग हो। अति भोजन तथा मोटोपनका कारण मधुमेहका प्रत्येक चारमध्ये तीनजनारोगीहरूको वजन धेरै हुन्छ। त्यसैलेयस्तारोगीहरूले केवल चीनी र परिष्कृत कार्बोहाइड्रेट मात्र होइन जबकि अति प्रोटिन तथाचिल्लो पदार्थ भएको खाना खानबाटपनि बच्नु पर्छ।

मधुमेह भएका रोगीको सर्वोत्तम आहार हुन् प्राकृतिक खाद्य, अङ्कुरित, अन्नकण, फल तथा हरिया सब्जीहरू। यी क्षारीय आहार हुन्। पूर्ण अन्न, कुटुतथा हरिया सोया, मेथी अत्यन्त लाभप्रद हुन्छन्। फलहरूमासुन्तला, जामुन, भुँइकटर, अमला,सेव तथा मेवा आदि खान सकिन्छ। मट्ठा विशेष रूपले उपयोगी हो।

आहारहरूमध्ये थोरैमा90 प्रतिशत आगोमा नपकाउने आहार नै खानु पर्छ। आगोमा नपकाउने आहारले अग्नाशय ग्रन्थि उद्दीप्त पार्दछ रइन्सुलिन उत्पन्न गर्दछ। अति आहार बन्दगरी एकपल्टमाधेरै भोजन खानु भन्दा चारपल्ट गरी अलि-अलि खानु निरापद हुन्छ। मधुमेहमा प्रोटिनर चिल्लोपन धेर हुँदा पाचनशक्ति मन्द हुनाले अम्ल बढदछ। अत: क्षारीय भोजन उपयुर्क्त हुन्छ। लसुनले रगतमा शर्करा घटाउने गर्दछ। जैविय उपचारहरूमा पर्याप्त व्यायाम एवं संयमित आहार, खुला हावामा खेल्ने, कुद्ने, घुम्ने र  पौरिने गर्दा पाचन क्रिया दरो हुन्छ।

निम्नलिखित बिन्हरूमा ध्यान दिनु पर्छ :-

  1. लामो होइन जबकि दुई वा तीन दिनको रसोपवास सर्वोत्तम हुन्छ।
  2. शारीरिक तथा मानसिक तनाउबाट सधैँ बच्नु पर्छ।
  3. कब्ज नहोस्यसको ध्यान राख्नु पर्छ।
  4. हलुको घर्षण अवश्य गर्नु पर्छ। यसले पाचन क्रियाउन्नत हुन्छ।
  5. मैगानिज भएका खाद्य खानु पर्छ।

मधुमेहकारोगीहरूलाई ज्वानो, सोया, मेथी तथा गाजरका पातको रसखान दिनसकिन्छ। अमिलो फल, लौका, काँक्रो र काकरीले अग्नाशय ग्रन्थिलाई राम्रो पार्छ। प्याज र लसुनको रस उपयोगी हो अत: यसको रस अरू सब्जीहरूको रसमा मिलाउनुपर्छ।

फ्रेंचबीन, मकैकाजमरा, बेलका पात, करेला, अल्फाल्फा, सोया, मेथी, जामुनका पात आदि खानु पर्छ। सुन्तलाका बोक्रा धेरै उपयोगी हुन्छन्। बिहान,दिउँसो र बेलुका दिनमा तीनपल्टयसको बाक्लो रस  बनाएर खानु पर्छ। अपरिष्कृत र प्रक्रियागत खाद्यहरूको प्रयोग गर्नु हुँदैन। सधैँ एक घन्टाको शारीरिक श्रम मधुमेह रोगीहरूका लागि अनिवार्य हो।

सधैँ बेलका पातको रस 25 देखि50 मि. ली. खानु पर्छ। करेला रखुन्द्रीका पातहरूको रस पनि20 मि. ली. सम्म खान सकिन्छ। मधुमेह भएका मानिसको आँखाको ज्योति घटतै जान्छ अत: भिटामिन ए, बी. कम्प्लेक्स तथा भिटामिन सी पर्याप्त मात्रामा खानु पर्छ।

तरल पदार्थसँगसम्बन्धितजानकारीहरू

मधुमेह भएका एकजना रोगीले कति मात्रामा स्टर्च तथा शर्करायुक्त चीजहरू खान सक्छन्-

ग्लुकोजको अक्सिकारणका लागि इन्सुलिनको आवश्यकता पर्दछ।अक्सिकरणको यो प्रकियाले शरीरका लागि ऊर्जा उत्पन्न गर्दछ। जब शरीरमा धेरै मात्रामाइन्सुलिनउत्पदन हुँदैन तबत्यसको परिणाम मधुमेहको रूपमा देखा पर्दछत्यसैले स्टर्चयुक्त खाद्यपदार्थ अरू साधारण मान्छेको अपेक्षा मधुमेहले पीड़ित व्यक्तिहरूलाईधेरै आवश्यक हुन्छ।

शहद तथा धेरै फलहरू जस्तै अंजीर आदि तथा कतिपयसब्जीहरू जस्तै गाजर तथा चुकन्दर आदिमा फ्रक्टोज शर्करा हुन्छजसलाई फल शर्कराका नामले पनि जानिन्छ। फ्रक्टोज शर्करा मधुमेहले ग्रस्त मान्छेका लागिविशेष रूपमा उपयोगी हुन्छ। मधुमेहले ग्रस्त रोगीका बारेमाहामीले यो जान्ने प्रयास गर्नु पर्छ कि शर्करा तथा स्टर्चको मात्रा कुन स्तरसम्म शरीरले ग्रहण गर्न सक्छ। कहिलेकाँहिँ स्टर्चको मात्रा कुनै स्तरसम्म शरीरले ग्रहण गर्न सक्छ,तर कहिलेकाहिँस्टर्चको मात्रा एकदम घटेर जान्छरधेरै मीठो खाद्य पदार्थ, मिठाई तथा स्टर्च जुनचाहिँ एकजना सामान्य मान्छेले खान्छन्, त्यो घटाउनु पर्ने हुन्छ। स्टर्चयुक्त खाद्य पदार्थहरू कति मात्रा खान सकिन्छ यसले मधुमेहको तीव्रता र ग्रहण गरिने इन्सुलिनको मात्रामा निर्भर गर्दछ। हामीयसलाई रक्त शर्करा तथा मूत्र परीक्षणद्वारानियन्त्रणगर्न सक्छौँ।

ग्लाइसिमिक इन्डेक्स,ग्लाइसिमिक लोड र ग्लाइमिक रेस्पन्स

मधुमेह रोगीका आहारका बारेमा चर्चा गर्दा ग्लाइसिमिक इन्डेक्स, ग्लाइसिमिक लोड र ग्लाइमिक रेस्पन्सकोचर्चा आउछ। योके हो?

यो मधुमेहसँगसम्बन्धित सूचायाकङ्क होजसको प्रयोग चिकित्सकद्वारा गरिन्छ। ग्लाइसिमिक इन्डेक्सत्यो हो जसले खाद्य पदार्थहरूमा रहेका कार्बोहाइड्रेटलाई ग्लुकोजमा बदल्ने आधारमाती खाद्य पदार्थहरूको0 देखि 100 का बीच स्थान दिन्छ। एउटाअनुसन्धानका अनुसार प्रत्येक खानामारहेको शर्कराका कारण रगतमा शर्कराको स्तर बढदैन। ग्लाइसिमिक लोड ( जी. एल.): जी. आई. र खानाको कुल मात्रा मिलेर जी. एल. को पत्तो लगाउन सकिन्छ। जी.एल.ले रक्त शर्करामा बढोत्तरीको मात्रा निर्धारित गर्दछ।

ग्लाइसिमिक रेस्पोन्स (जी.आर.) यो एउटा महत्वपूर्ण सूचकाङ्क हो। यो शरीरकोत्यो रफ्तार हो जसलेयो खाद्य पदार्थमा रहेकोग्लुकोजलाई रक्त शर्करामा बदल्ने गर्दछ।

दैनिक आहारको नमूना चार्ट

तपाइँले मधुमेहका एकजना रोगीलाईदिने दैनिक आहारको नमूना चार्ट बनाउन सक्नु हुनेछ।

मधुमेह भएका प्रत्येक रोगीलाई दिइने आहार त्यस रोगीका व्यक्तिगत आवश्यकताहरू तथा जीवनशैलीका हिसाबमा निश्चित गर्नु पर्छ। आहार चार्ट बनाउँदा रोगीकोउमेर, उसको वजन, उसको कार्य गर्ने प्रकृति, दिनचर्या तथा आवश्यक केलोरीहरूको मात्रा आदिलाई ध्यानमा राख्नु पर्छ।

लगभग 1500 केलरी उपलब्ध गराउने आहारक नमूना तालिका स प्रकार बनाउन सकिन्छ:-

बिहान- एक गिलास तातो पानीमा आधा कागती निचोरेर खानुवा मेथी आथवा अमलाको पानी खानु पर्छ।

खाजा (8 बजे ) – एक कटौरी दही वा अङ्कुरित मुँग तथा मेथी वाएक गिलास मोही।

भोजन (11 देखि12 बजे) – गहुँ, जौ, चना तथा मेथी मिसेरत्यस आटाका रोटीहरू, दुईटाउसिनेको तरकारी, सलाद, अङ्कुरित मुँगको दाल वा एक कटौरी दही, अमलाको चटनी आदि।

बेलुका (4 बजे) – (बिहानका जस्तै) – तरकारीको झोलवा भुटेकोचनारकागती मिसेको पानी

भोजन (7 बजे) – रोटी. तरकारी र सलाद (दिउँसो जस्तै) यो एउटा नमूना चार्ट हो। रोगीको रगतमा शर्कराको स्थितिलाई हेरेर तथा चिकित्सकका निर्देशानुसार यसमा आवश्यक परिवर्तन गर्न सकिन्छ।

आहार नियन्त्रणगर्नु उचित हुन्छ?

मधुमेहनियन्त्रणका लागि केवल आहारनियन्त्रणगर्नुउपयुक्तहुन्छ?

धेरैजसोमधुमेहका रोगी इन्सुलिनमा निर्भर नगर्नेश्रेणीकाहुन्छन्। यीमध्ये धेरैजसोले रोग नियन्त्रणगर्नका लागि आहार नियन्त्रणगर्नु शायद उचित हुन्छ। तर यस्तारोगीहरूको आहार नियन्त्रणहुनुका  साथै पोषणका दृष्टिलेसन्तुलितपनि हुनु पर्छ। यति मात्र होइन आहारको निर्धारण गर्दा रोगीको उमेर, व्यवसाय, शारीरिक वजन तथा रोगको स्थिति आदिलाई पनि ध्यानमा राख्नु पर्छ।

खानपानमा नियन्त्रणगर्नु आवश्यकहुन्छ।

मधुमेह नियन्त्रितभए पछि पनि खानपानमानियन्त्रणगर्नु आवश्यक हुन्छ-

चिकित्सकले मधुमेहलाई जीवन भरिको रोगको संज्ञा दिन्छन्। त्यसैले मधुमेह नियन्त्रणगर्नमा सधैँ आहारसम्बन्धीसन्तुलनराख्नु पर्छ। आहारमागरिएको गड़बड़ीलेरगतमा शर्कराको स्थिति लाई पुन: अनियन्त्रितपार्दछ। त्यसैले आहार निर्धारण गर्दागहिरो सोच–विचार गरेर तथा विविधतापूर्ण ढङ्गलेगर्नु पर्दछ। जबकिनिरन्तरनियन्त्रित आहार खानाले रोगीमा भोजन प्रति अरूचि उत्पन्न हुन्छ। धनियाँ, जीरो, मरिच, कागती तथा अमलाजस्तापदार्थको उपयोगले भोजनलाई स्वादिष्ट तथा रूचिकर बनाउछ। मधुमेहकारोगीहरूले आफ्नो खान-पानको समय निश्चित गरी सधैँत्यसको पालन गर्ने प्रयास गर्नु पर्छ किनकि यसको अभावमारगतमा शर्कराको मात्रालाई सामान्य स्तरमाराख्न सम्भव हुँदैन।

आहारमा‘फाइबर’को उपयोगिता

मधुमेहका रोगीको आहारमा‘फाइबर’ कोके उपयोगिता हुन्छ?

फाइबरको अर्थ हो– मोटो रेशा भएकोपदार्थ। मधुमेहका रोगीको आहारमा‘फाइबर’ को मात्रा धेरै हुनु पर्छ। यसलेखाना खाए पछिरगतमा शर्कराको स्तर बढ़न दिँदैन। यसले कब्ज हटाउछ तथा रगतमा ट्राईग्लिसराइड्स तथा कलेस्ट्रोलको स्तर पनि घटाउछ। यसले वजन घटाउनमा पनि सहायगर्छ। हरियो पातभएकासब्जीहरू, मेथी तथा चोकर आदिबाटफाइबरको पूर्ति गर्न सकिन्छ। आधुनिक अध्ययनहरूले पनि यस कुरालाई दर्शाएको छ।

चोकर नियमित प्रयोग गर्नु मधुमेहका साथै मुटुकारोगीहरूका लागिपनि लाभदायक हुन्छ। “हिन्दुस्तान” समाचार पत्रमा प्रकाशित एउटा शोध रिपोर्टका अनुसार “मात्र 10 ग्राम चोकरले तपाईँकोमुटुको रक्षा गर्न सक्छ। यदि तपाईँ आफ्नोखाद्यमासधैँ10 ग्राम फाइबर जस्तै– चोकर आदिलाईअलिक धेरै बढाउनु हुन्छ भनेमुटुको बिमारी हुने सम्भावना 27 प्रतिशत कम हुन्छ।” अमेरिकाका डाक्टर मेकयोनले यो शोध गरेका छन्।

यस शोधका अनुसार प्रत्येक व्यक्तिलेसधैँ कम्तिमा37 ग्राम फाइबर आफ्नो भोजनमाअवश्यसामेल गर्नु पर्छ। त्यसै त साधारण मान्छेको खानामा15 देखि20 ग्राम फाइबर सामेल हुन्छ।यसलाई10 ग्राम अरू बढाउँदा मुटुको बिमारीबाटबाँच्न सकिन्छ। डा.मेकयोनलेआफ्नो शोधमाके भेटाए भनेयस्ता चीजहरू जसबाट स्टर्च बन्दछ, थोरै खानु पर्छ वा एकदम खानै हुँदैन, किनकियसको भूमिका मानव शरीरमाचीनीको जस्तै हुन्छ। स्टर्चयुक्त चीजहरू रगतमापुगेरबिस्तारै चीनी बनिन्छ। अत: आलु, सुठुनी आदि थोरै खानु पर्छ। यदि तपाईँ आलु खान खोज्नु हुन्छ भनेतपाईँले मटर आलु कहिल्यै नखानु होला, किनकि यसलेस्टर्चउत्पादन गर्दछ। आलु खानु परेमाआलु मेथी, आलु पालक आदि खान सकिन्छ। स्टर्च मानव शरीरमा प्रवेश गरेर पहिले मेटाबलिक सिन्ड्रोम बनाउछ जसलेमुटुलाई दरो बनाउनजरूरी हुन्छ।तपाईँसधैँ तीनवटा फल खानुहोस्। उनको भनाई छ कि फलकोरस राम्रो हुन्छ, जबकि यसमा रेशा हुन्छन्। फल, सलादभन्दा राम्रो हो यी तीनै फलहरू रङ्गी-बिरङ्गीरभिन्नाभिन्नै हुनु पर्छ। यो होइन कितपाईँ तीनवटा स्याउ  खानुहोस् अथवा तीनवटा केरा। यी तीनवटा फल भिन्ना-भिन्नै हुनु पर्छ। एउटा स्याउमा3 ग्राम, आरूमा5 ग्राम, केरामा3 ग्राम फाइबर हुन्छ। 10 ग्राम चोकर तथा यी तीनवटा रङ्गी-बिरङ्गी फललेतपाईँलाई मुटुको बिमारीबाट मुक्त राख्नमा समर्थ हुन्छ।

यस शोधमाअघि भनिएको छ के भने- जब तपाईँकुनै खाने सामानहरू किन्नु हुन्छतबत्यसमा‘होल’ लेखेको छ कि छैन हेर्नुहोस्जसको अर्थ हो यो फाइबर युक्त हो। जस्तै डबलरोटी वा आटा त्यसमा‘होल’ लेखेको हुनु पर्छ। जसमा‘एनरिच’ लेखेको छत्यसको अर्थ हो-त्योस्टर्च युक्त होरत्यो खानबाट बच्नु पर्छ। धेरैजसो खाद्यान्नहरूमा‘एनरिच’लेखेको हुन्छ जसलाई मुटुका लागि सुरक्षित होइन भनिन्छ। शोधमा अघि भनिएको छ कि चीनीभन्दा गुड़ धेरै राम्रो हो। ब्राउन आटा सेतो आटाको तुलनामाधेरै राम्रो हो। डा. मेकायोनलेमान्छेलाई मैदा कल्चरबाटबच्ने सल्लाह दिएका छन्।उपर्युक्त स्पष्टीकरणबाट यो स्पष्ट हुन्छ कि फाइबरका रूपमा चोकरको प्रयोग केवल मधुमेहकारोगीहरूकालागि मात्र होइनअरू सबैका लागिपनि अत्यन्त लाभदायक हो।

मधुमेह र मेथी

मेथीले मधुमेह नियन्त्रितगर्दछ।

नयाँ नयाँ अनुसन्धानहरूले मधुमेहनियन्त्रणमा मेथीको भूमिका महत्वपूर्ण रहेको कुरा बताएका छन्। प्राचीन समय देखि नैहाम्रा भान्साघरमा मेथीको प्रयोग विभिन्न रूपमा भइरहेको छ। मेथीकाबीउमा धेरै मात्रामा फाइबर हुन्छ। यसमा ट्राइगोनेलीन नामको एउटा एल्केलाएन्ड पनि पाइएको छ। जसकोकामहो रगतमा शर्कराको स्तर घटाउनु। मेथीको प्रयोग मधुमेहका दुवै वर्गहरू, इन्सुलिनमा निर्भर तथाइन्सुलिनमाअनिर्भर रहेकाहरूले गर्न सक्छन्। यसलेरगतमा कलेस्ट्रोल तथा ट्राइग्लिसराइड्को स्तरलाई पनि घटाउन सहाय गर्दछ।

मधुमेहकोनियन्त्रणमा मेथीको महत्वलाई हेर्दै प्राय: सबै प्राकृतिक चिकित्सालयहरू तथा योग केन्द्रहरूमा मधुमेहकारोगीहरूको आहारमाअङ्कुरितमेथीको प्रयोग तथा मेथी पानीको रूपमा धेरैलामो समयदेखिगरिरहेको छ।

दाना मेथीमाके-के चीजहरू पाइन्छ?

मधुमेहकारोगीहरूकालागि गुणकारी दाना मेथीको100 ग्राम मात्रा भएको खाद्य मूल्य निम्नलिखित छ–

कार्बोहाइड्रेट

10 ग्राम

प्रोटिन

4 ग्राम

बोसो

1 ग्राम

केल्शियम

455 मिली ग्राम

फस्फोरस

49 मिली ग्राम

लोहा

17  मिली ग्राम

भिटामिन ए

6450 आई. यू.

भिटामिन बि  1

49 एम. सी. ग्राम

भिटामिन बी 2

165 एम्. सी. ग्राम

नियासिन

0.7 मिली ग्राम

पाचन समय

2 घन्टा

केलरी

48

 

औषधीय गुणहरूले भरपूर मेथीकापातमाट्राइगोथीन हुन्छ। यसकोतरकारीमृगौँलो,मुटुर मस्तिष्कसम्बन्धी विकारहरूका लागि एउटा उत्तम औषधि मानिएको छ। मधुमेहको प्रारम्भिक आवस्थामामेथीका ताजापातहरूको रसबिहान नियमित रूपले तीन महिनासम्मखान सकिन्छ।

मधुमेहका रोगीली दाना मेथीको सेवन कसरीगर्नु पर्छ?

मधुमेहका रोगीले दाना मेथीलाई विभिन्न प्रकारलेखानका लागिके गर्नु पर्छ?

  1. दाना मेथी उसिनेर त्यसको क्वाथ बनाएर
  2. दाना मेथी भिजाएर त्यसको पानी खाएर
  3. दाना मेथीलाई उमारेर
  4. दाना मेथी पिसेर त्यसको पाउडर बनाएर

प्रकृतिक चिकित्सा केन्द्रहरूमा मेथी उमारेर प्रयोग गरिन्छ। योअत्यन्त सुगम तथा सुविधाजनक छ। मेथीका जमरा अत्यन्त पोष्टिकतथा आकर्षक हुन्छन्। यतिमात्र होइनउम्रिएपछि मेथीकोतितोपनधेरै मात्रामा घटेर जान्छ।

अन्य उपयोगी फलहरूकोप्रयोग

मधुमेहकारोगीहरूलाई जामुन, करेला, नीम तथा बेलका पात आदिको प्रयोग गर्ने सल्लाह पनि दिइन्छ। यसले मधुमेह नियन्त्रणगर्नमासहाय गर्दछ।

यस्तो मानिन्छ कि यी चीजहरूलेरगतमा शर्कराको स्तर घटाउन सहाय गर्दछ।  त्यसैले प्राय: मधुमेहकारोगीहरूद्वारा यिनको प्रयोग गरिन्छ। कागतीको रस ताजा पानीमा निचोरेर दिनमा एक, दुईपल्टखानु पर्छ। ताजाअमलाको रस सधैँ खानुयस रोगमा अत्यन्त लाभकारी पाइएको छ। जामुनको थोरै-थोरै रस दिनमा चारपल्टखानु पनियस रोगमा हितकारी मानिएको छ। बेलकाताजा पातहरूलाई पीसेर त्यसको10 मिली रस वा करेलाको आधा कप रस बिहान उठेरखानु पर्छ। रगतमा शर्कराको स्तरलाई ध्यानमाराख्तै तथा चिकित्सकको निर्देशानुसर यी सबैको प्रयोग आवश्यक्तानुसार गर्न सकिन्छ।

करेला मधुमेहमा कसरी लाभकारी हुन्छ?

प्राचीन कालदेखि नै करेलाको प्रयोग मधुमेहको चिकित्साका लागिगरिरहिएको छ। पुस्तकको लेखक डा. अमनले मधुमेह रोगमा करेला, दाना मेथी र धनियाँको प्रयोगद्वारा गरिएको एउटा अनुसन्धानको सन्दर्भ दिएका छन्। योअनुसन्धान कार्य 1957 देखि1967 का बीच गरिएको थियोजसमा कुल 210 रोगीहरूलाई चिकित्सा गरियो। त्यसमध्ये190 पुरूष तथा 20 महिलाहरू थिए। रोगीहरूलाई तीनवटा समूहमाभाग गरिएको छ–

-प्रथम समूहकारोगीहरूलेएक औंस ताजा करेलाको रस दिनमा एकपल्ट खाली पेट 3 महिनासम्मखानु पर्छ। साथै निम्न कार्बोहाइड्रेट भएको आहार खान दिएरपेसाबमा शर्कराको नियमित जाँच गरिन्छ।

-दोस्रो समूहकारोगीहरूलाईएक औंस करेलाको रस, दाना मेथीको क्वाथ तीन महिनाका लागिदिइन्छ।

-तेस्रो समूहकारोगीहरूलाईकरेलाको रस, दाना मेथीको क्वाथ तथा सप्तरङ्गीकोबोक्राको क्वाथ तीन महिनासम्मका लागिदिइन्छ।

लेखकको निष्कर्ष थियो कि करेलाको रसलाईहेपोग्लेसिमिक क्रियालेयस्तारोगीहरूलाई लाभ हुन्छ तथाजसले नियमित रूपमा इन्सुलिनको प्रयोगगर्दैनन्। यहाँसम्म कि  जब अरू मधुमेहरोधी औषिधीहरूलाई लाभ दिलाउनमा असफल हुन्छ। यसले स्पष्ट सङ्केत गर्दछ कि करेलाकोप्रभाव अरू मौखिक एन्टिबायोटिक औषिधीहरू भन्दा भिन्न छ तथा यसले अग्नाशयका बीटा कोशिकाहरूलाई उत्तेजित पार्दछ चाहेउनले इन्सुलिनको स्राव बन्दगरिसकेको होस्।

करेलाकेके चीजहरूपाइन्छ?

100 ग्राम करेलाको अनुमानित खाद्य मूल्य यस प्रकार छ–

कार्बोहाइड्रेट

9 ग्राम

प्रोटिन

9 ग्राम

बोसो

1 ग्राम

केल्शियम

35 मिली ग्राम

फस्फोरस

140 मिली ग्राम

लोहा

5.4 मिली ग्राम

भिटामिन ए

210 आई.यू.

भिटामिन बी-1

70 एम्. सी. जी.

भिटामिन बी- 2

95 एम्. सी. जी.

नियासिन

0. 4 मिली ग्राम

भिटामिन सी

87 मिली ग्राम

पाचन समय

2 घन्टा

केलरी

60

 

औषधिय गुणहरूले भरपूर करेलाको प्रयोग मधुमेहकारोगीहरूकालागिअत्यन्त लाभदायक मानिन्छ। ‘ रस खानुहोस्र कायाकल्प गर्नुहोस्’ पुस्तकको लेखक कान्ति भट्ट र मनोहर डी.शाहले मधुमेहकारोगीहरूलाई गाजर, पालक, बन्दा, नारियल, सेलेरी तथा करेलाको रस खाने परामर्श दिएका छन्।

मधुमेहकोनियन्त्रणगर्नमा सहयोगी कतिपय अन्य प्राकृतिक खाद्य पदार्थहरूका बारेमाभनिएका निम्नलिखित खाद्य पदार्थ वयस्कहरूमा डायबिटीज ( टाइप – 2) मारगतमा चीनीको मात्रा घटाउन सहायक हुन्छ।

  1. मेथी – मेथीका जमराले रगतमा चीनीको मात्रा घटाउछ, इन्सुलिनको स्तर घटाउनेनराम्रो कोलेस्ट्रोल कम गर्दछरराम्रो बढुने गर्दछ।
  2. घृतकुमारी– घृकुमारीका पातका भित्रको रस प्रभावशाली हुन्छ।
  3. प्रिकली पियर – यसमा यस्तो फाइबर हुन्छ जुन चीचीका अणुहरूलाई झटका दिन्छरगतमात्यो जानदिँदैन।
  4. ग्रीन टी – यसमा केही तत्व बुनियादी र इन्सुलिन आधारित छ जसले ग्लुकोजको उपयोग बढाउछ।
  5. लसुन – ग्लुकोजको स्तर घटाउछ, फ्री इन्सुलिनको मात्रा बढाउछ।
  6. दालचीनी-  इन्सुलिनको प्रभाव तिनगुनाबढाउछ।
  7. कोको – यसमा फ्लेवेनाएडस हुन्छ जसले शरीरमा चीनीको उपापचय बढाउछ।
  8. करेला – शरीरमा ग्लुकोजको उपयोग बढाउछ, रगतमा ग्लुकोज बनाउन कम गर्दछ, करेलाको रस वा यसको बीज उपयोगी हुन्छ।
  9. स्टिङ्गीग्ङ नेटल – यसका जरारपातहरूले रगतमा चीनीको स्तर घटाउछ।

निषेधहरूको पालन गर्नु

मधुमेहकारोगीहरूले आफ्नो आहारमा के-के सम्मिलित गर्नु हुँदैन।

प्रसिद्ध प्राकृतिक चिकित्सा डा. हीरालाललेआफ्नो पुस्तक “स्वस्थ आहार तथा रोगहरूको चिकित्सा’ मा स्वास्थ बिगारने निम्नलिखित खाद्यहरूको एउटा सूची दिएका छन्। मधुमेहकारोगीहरूले पनियसबाट बच्नु पर्छ।

  1. तम्बाकु (जर्दा, खैनी, गुटका, बीड़ी, सिगरेट तथा सिगारका रूपमा)
  2. कफि, चिया, चकलेट, कोकाकोला आदि।
  3. नुनकोधेरै प्रयोगतरनुन नखानु सर्वोत्तम हो।
  4. मद्यसारको उपयोग।
  5. हानिकारक गरम मसला।
  6. परिष्कृत सेतो चीनी, सेतो मैदा तथा वनस्पति घिउरयसबाट बनाइएका सबै खाद्य, पाउरोटी, बिस्कुट, पुरी, मिठाई, नुनिलोवा आइसक्रीम आदि।
  7. सबै प्रक्रियागत परिष्कृत, डिब्बा बन्द, परिरक्षित तथा फेक्ट्रीमा बनाइएको खाद्य।
  8. सबै बासी तथा दुर्गंधित खाद्य।
  9. सबै रासायनिक औषधीहरू (सम्भवभयो भनेएकदम होइननभए केवल एकदम आपातकालमामात्र लिनु पर्छ।)
  10. घर, बग़ैँचा, तथा खेतका सबैविषाक्त छिडकाउ युक्त खाद्य। यसका अतिरिक्त अण्डा, मासु, माछा आदिकोपनि प्रयोग गर्नु हुँदैन।

Last Modified : 3/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate