आधा भन्दा अधिक शिशुहरूको मृत्युहरू कुपोषणबाट जोडिएको हुन्छ जसले बिरामीको प्रति शरीरको प्रतिरोधक क्षमतालाई कम गर्छ। खराब भोजन, छिटो-छिटो बिरामी हुनु र अपर्याप्त या हेरचाह नगर्दा शिशुमा कुपोषण बढाउन सक्छ। यदि कुनै महिला गर्भावस्थाको समय कुपोषित छ या उसको शिशु शुरुवाती दुई वर्षको समय कुपोषित छ, भने शिशुको शारीरिक र मानसिक बृद्धि र विकास कम हुन सक्छ। जब शिशु ठुलो हुन्छ तब यसको पूर्ति हुन सक्दैन- यसले शिशुलाई जिन्दगीभरि प्रभावित गर्छ। शिशुहरूलाई हेरचाह, संरक्षणात्मक वातावरण र पौष्टिक भोजन तथा बिरामीबाट बच्नका लागि, बृद्धि तथा विकासका लागि मूलभूत स्वास्थ्य हेरचाहको अधिकार छ।
एउटा सानो शिशुको बृद्धि राम्रो हुनु पर्छ र उसको वजन तेजीले बढ्नु पर्छ। जन्मदेखि दुई वर्षसम्म शिशुको वजन प्रत्येक महिना बढ्नु पर्छ। यदि कुनै शिशुको वजन दुई महिनासम्म बढेन भने केही न केही अवश्य समस्या भएको हुनुपर्छ। नियमित वजन बढ्दै रहनु शिशुको बृद्धि र विकास राम्रो भएको महत्त्वपूर्ण सङ्केत हो। प्रत्येकपल्ट जब स्वास्थ्य केन्द्र गइन्छ तब शिशुको वजन अवश्य हेर्नु पर्छ।
एउटा शिशु जसलाई छ महिना मात्र आमाको दुध खुवाइएको छ भने मात्र पनि सामान्यतौरमा उसको बृद्धि राम्रो हुन्छ। स्तनपानले शिशुलाई सामान्य बिरामीहरूबाट रक्षा गर्छ र राम्रो शारीरिक र मानसिक बृद्धि र विकासलाई सुनिश्चित गर्छ। स्तनपान गराइएका शिशु, स्तनपान नगराइएका शिशुहरूको अपेक्षा सजिलै सिक्दछन्। कुनै शिशुको दुई महिनासम्म वजन बढ्दैन भने उसलाई अधिक पौष्टिक भोजन या अधिक खानाको आवश्यकता हुन सक्छ, ऊ बिरामी हुन सक्छ वा उसलाई अधिक हेरचाहको आवश्यकता हुन सक्छ। आमा-पिता र स्वास्थ्य कार्यकर्ताहरूलाई समस्याको कारण खोज्नका लागि छिटो कार्रवाई गर्न आवश्यक हुन्छ।
प्रत्येक सानो शिशुको बृद्धिको एउटा चार्ट बनाएको हुनु पर्छ। जब शिशुको वजन जोखिन्छ तब उसको बृद्धि चार्टमा एक बिन्दुले निशान लगाउनु पर्छ र बिन्दु हरेकपल्ट जोखिएको वजनबाट सम्बन्धित हुनु पर्छ। यसले एउटा रेखा बनाउँछ जसले शिशु कसरी विकास गरिरहेको छ भन्ने कुरा देखाउँछ । यदि रेखा माथि गयो भने शिशुको राम्रो बृद्धि गरिरहेको छ। यदि रेखा उस्तै रहेको देखिन्छ भने या तल गयो भने यो चिन्ताको विषय हुन सक्छ।
मात्र आमाको दुध नै यस्तो खाद्य र पेय हो जुन शिशुका लागि शुरुवाती छ महिनामा आवश्यक हुन्छ। छ महिनापछि शिशुलाई आमाको दुधका साथै विभिन्न खाद्य पदार्थहरूको पनि आवश्यकता हुन्छ।
शुरुवाती महिनाहरूमा जब शिशुलाई सबैभन्दा अधिक खतरा हुन्छ, स्तनपान, झाला-पखाला र अन्य सामान्य संक्रमणसित लड्नमा शिशुलाई मदत गर्छ। छ महिनापछि शिशुलाई अन्य प्रकारको भोजन र पेयको पनि आवश्यक हुन्छ। स्तनपान दोस्रो वर्षसम्म निरन्तर जारी रहनु पर्छ। छ महिनाभन्दा सानो एक नवजातको वजन बढिरहेको छैन भने उसलाई छिटो-छिटो स्तनपान गराउन आवश्यकता हुन्छ। छ महिनाभन्दा सानो शिशुलाई स्तनपानको बाहेक अन्य कुनै फ्लुयड, कहाँ सम्म भने पानीको पनि आवश्यकता हुँदैन। स्तनपान गर्ने शिशु जसको वजन बढिरहेको छैन बिरामी हुन सक्छ या सम्भव छ भने उसलाई पर्याप्त आमाको दुध नखाइरहेको होस् । एक स्वास्थ्य कार्यकर्ताले शिशुको स्वास्थ्यलाई जाँच गर्न सक्छन् र आमाको साथै शिशुलाई अधिक दुध खाने र खुवाउने तरिकाका बारेमा कुरा गर्न सक्छ।
छ महिनादेखि शिशुलाई आमाको दुधको साथै अन्य भोजन जसलाई पूरक भोजन भनिन्छ अनि यसको आवश्यकता हुन्छ। शिशुको भोजनमा भिटामिन र खनिजको आपूर्तिका लागि टुप्पा भएको, पाकेको र थिचेको सब्जीहरू, अनाज, दालहरू र फल, केही तेल, माछा, अण्डा, कुखुरा मासु या दुध उत्पादन सामेल गर्नुपर्छ। भोजनमा जति विभिन्नता हुन्छ, त्यति राम्रो हुन्छ। 6 देखि 12 महिनाको शिशुलाई स्तनपान छोटो-छोटो अन्तरालमा र अन्य भोजन दिनुभन्दा पहिले गराउनु पर्छ। छ महिनापछि शिशु जसरी अन्य चिजहरू खान र चबाउन सुरु गर्छन् उसका लागि संक्रमणको खतरा पनि बढ्छ। शिशुको हात र भोजन दुवै नै सफा हुनु पर्छ। 12 देखि 24 महिनाको शिशुहरूलाई खानापछि र जब पनि ऊ चाहन्छ तब निरन्तर स्तनपान गराइराख्नु पर्छ।
छ महिनादेखि दुई वर्षको आयुसम्म शिशुहरूलाई स्तनपानको अतिरिक्त एक दिनमा पाँचपल्ट खुवाउनु पर्छ। शुरुवाती दुई वर्षमा खराब पोषणले शिशुको बाँकी जीवनमा शारीरिक र मानसिक विकासलाई कम गर्न सक्छ। सानो शिशुको बृद्धि र स्वस्थ रहनका लागि पौष्टिक भोजन जस्तै मासु, माछा, दालहरू, अनाज, अण्डा, फल र सब्जीहरूको साथ-साथै आमाको दुध पनि जरूरी हुन्छ। एउटा शिशुको पेट ठुलाको अपेक्षा सानो हुन्छ किनकि ऊ एक पल्टमा अधिक खान सक्दैन, तर शिशुलाई ऊर्जा र शरीर-निर्माणको आवश्यकता धेरै हुन्छ। यसकारण के महत्त्वपूर्ण छ भने शिशुलाई छिटो उसको खानाको आवश्यकता पूरा होस्। जतिखेर सम्भव हुन्छ, त्यतिखेर शिशुको भोजनमा किचेको सब्जीहरू, थोरै मासु, अण्डा या माछा सामेल गर्नुपर्छ। थोरै तेल हाक्न सकिन्छ, खासगरी रातो तारेको तेल या अन्य भिटामिनयुक्त तेल।
भोजन सामान्य तरिकाले बनाइएको छ भने के सम्भव हुन सक्छ भने बालाखाले पर्याप्त भोजन नकान सक्छ। बालाखालाई उनीहरूको आफ्नो प्लेट या बाउलमा खाना दिनु पर्छ जसबाट आमा-पिता वा हेरचाह गर्नेलाई के थाहा हुन सक्छ भने उसले आफ्नो आवश्यकता अनुसार कति खायो भन्ने। बालाखालाई खानका लागि प्रोत्साहन र खान वा भाँडालाई समात्नमा मदतको आवश्यकता हुन सक्छ। अक्षम शिशुलाई खान र पिउनमा अतिरिक्त मदतको आवश्यकता हुन्छ।
शिशुहरूलाई बिरामीप्रति प्रतिरोधक क्षमता बढाउन र आँखाको दोषलाई रोक्नका लागि भिटामिन ए-को आवश्यकता हुन्छ। भिटामिन ए धेरै फल र सब्जी, तेल, अण्डा, दुध उत्पादन, फोर्टिफाइड भोजन, आमाको दुध, या भिटामिन ए पूरकमा पाउन सकिन्छ। जबसम्म शिशु छ महिनाको हुँदैन, आमाको दुधले उसको आवश्यकता अनुसार भिटामिन ए उपलब्ध गराउँछ, तर आमाको भोजनमा पर्याप्त भिटामिन ए या पूरक भएको हुनु पर्छ। छ महिनाभन्दा अधिक आयुको शिशुहरूलाई अन्य खाद्य या पूरकहरूबाट पनि भिटामिनको आवश्यकता हुन्छ। भिटामिन ए लिभर, अण्डा, दुध उत्पाद, बोसोवाला माछा, पाकेको आँपहरू र पहेँलो मेवा मिठो हरियो पातका सब्जी र गाजरमा हुन्छ। जब शिशुले पर्याप्त भिटामिन ए खाँदैन, तब उसलाई रतन्धो हुने खतरा हुन्छ। यदि शिशु साँझ या राति मुश्किलले हेर्न सक्छ, तब उसलाई संभवत: अधिक भिटामिन ए-को आवश्यकता हुन्छ। शिशुलाई भिटामिन ए-को गोलीहरूको लागि स्वास्थ्य कार्यकर्ताकहाँ लैजानु पर्छ। केही देशहरूमा भिटामिन-ए तेल र अन्य भोजनमा दिइन्छ। भिटामिन ए गोली र द्रव्य दुवै रूपहरूमा उपलब्ध हुन्छन्। धेरै देशहरूमा छ महिनादेखि लिएर पाँच वर्षसम्मको शिशुलाई वर्षमा दुईपल्ट भिटामिन ए-को गोलीहरू बाढिन्छ।
झाला-पखाला आदिले शिशुको शरीरमा भिटामिन ए-को मात्रालाई घटाउँछ। भिटामिन ए-को पूर्ति छोटो-छोटो अन्तरालमा धेरैपल्ट स्तनपान गराउनाले र छ महिनाभन्दा अधिक उमेरको शिशुलाई अधिक फल र सब्जी, अण्डा, लिवर र दुधबाट बनिएको खाद्य दिएर पूरा गर्न सकिन्छ। 14 दिनभन्दा ज्यादा चल्ने झाला-पखाला र खसराबाट पीडित शिशुलाई स्वास्थ्य कार्यकर्ताबाट भिटामिन ए दिलाउनु पर्छ।
शिशुहरूलाई उसको शारीरिक र मानसिक क्षमताहरूको रक्षाका लागि लौह पदार्थ युक्त भोजनको आवश्यकता हुन्छ। लौह पदार्थको सर्वोत्तम स्रोत लिभर बिना बोसोको मासु माछा अण्डा र आयरन फोर्टिफाइड भोजन हो।
एनिमिया आयरनको कमी शारीरिक र मानसिक विकासलाई नोक्सान पुर्याउन सक्छ। एनिमियाको लक्ष्णहरूमा जिब्रो र हातको हतकेलाहरू र ओठको भित्रबाटै सेतो हुनु र थकावट तथा सास फेर्न समस्या हुनु सामेल छ। विश्वमा एनिमिया सबैभन्दा आम पोषणसित जोडिएको मुद्दा हो।
एनिमिया गर्भावस्थामा रगत बग्ने र जन्मको समय संक्रमणको खतरालाई तेज गतिले बढाउन सक्छ र यो मातृ मृत्युको महत्त्वपूर्ण कारण हुन सक्छ। एनिमिया पीडित आमाबाट जन्म लिने शिशु प्राय एनिमियाबाट ग्रस्त र जन्मको समय कम वजनको हुन्छन्। गर्भवती महिलाहरूलाई आयरन पूरकले महिला र उनको शिशुहरू दुवैको रक्षा गर्छ। आयरन लिभरबिना बोसोको मासुअण्डा र दालहरूमा पाइन्छ। आयरन युक्त फोर्टिफाइङ खाद्यले पनि एनिमियालाई रोक्न सक्छ। मलेरिया र हुकवर्म यसको कारण हुन सक्छ र एनिमियालाई बिगार्न सक्छ।
मच्छरदानीझुलभित्र सुत्नाले मलेरियालाई रोक्न सकिन्छयसले कीटनाशकको जस्तै काम गर्छ।
जुन शिशु अधिक कीरा भएका इलाकाहरूमा बस्छन् उनीहरूलाई वर्षमा दुई या तीनपल्ट दवाई दिनु पर्छ। सर सफाईले किराहरूलाई रोक्न सक्छ। शिशुहरूलाई शौचालयको नजिक खेल्न हुँदैन आफ्नो हात धुनु पर्छ र किराहरूको सम्पर्कमा आउनबाट बच्नका लागि जुत्ता लगाउनु पर्छ।
शिशुहरूमा ढिलो गरी हुने विकास र अक्षमताहरूलाई रोक्नका लागि आयोडिनयुक्त नुन धेरै जरूरी हुन्छ। आयोडिनको थोरै मात्रा शिशुहरूलाई बृद्धि र विकासका लागि आवश्यक हुन्छ। एउटा शिशु पर्याप्त आयोडिन खाँदैन भने या यदि गर्भावस्थाको समयमा उसको आमामा आयोडिनको कमी थियो भने शिशु मानसिक, सुन्ने या बोल्ने अक्षमताको साथ जन्म लिन सक्छ, या उसको शारीरिक या मानसिक विकास ढिलो हुन सक्छ। खानामा आयोडिनको कमीले घाँटी सुन्निने सङ्केतको रूपमा देखिन्छ जसलाई गलगाड पनि भनिन्छ। गर्भवती महिला यदि यसबाट पीडित छिन् भने जन्मसम्म गर्भपातको गम्भीर खतरा रहन्छ या जन्मको समय शिशुको ब्रेन डेमेज हुन सक्छ। सामान्य नुनको साटो आयोडिनयुक्त नुनले गर्भवती महिला र नानीहरूलाई जति आवश्यक छ त्यति आयोडिन दिइन्छ।
बिरामीका बेला शिशुलाई नियमित खान खुवाउनु आवश्यक हुन्छ। बिरामी भएपछि शिशुहरूलाई कमसे कम एक हफ्ताका लागि प्रत्यके दिन एक बेला अतिरिक्त भोजनको आवश्यकता हुन्छ। जब शिशु बिरामी हुन्छ, खासगरी जब ऊ झाला-पखाला या खसराबाट पीडित हुन्छ उसलाई भोक कम्ती लाग्छ र उसको शरीरले त्यही भोजन उपभोग गर्छ जुन खान चाहन्छ। यदि वर्षमा यस प्रकारको बिमार धेरैपल्ट हुन्छ भने शिशुको हुर्काइमा कम हुन्छ। बिमारी शिशुलाई खान प्रोत्साहित गर्नै पर्छ । जुन शिशु बिरामी छ र जसलाई भोक पनि लाग्दैन, उसका लागि मुश्किल हुन सक्छ। यसकारण सक्दो शिशुलाई उसको मनपर्ने भोजन दिई राख्नु पर्छ। अतिरिक्त स्तनपान पनि महत्त्वपूर्ण हुन्छ। सक्दो बिरामी शिशुलाई कान लागि प्रोत्साहित गर्नु जरूरी हुन्छ। शिशुहरूका लागि झाला-पखालाका साथै डिहाइड्रेसन अत्यन्त गम्भीर समस्या हो। पर्याप्त मात्रामा तरल पदार्थले डिहाइड्रेसनलाई रोक्नमा मदत गर्नेछ। बिरामी र कम भोक धेरै दिनसम्म जारी रह्यो भने शिशुलाई स्वास्थ्य कार्यकर्ताकहाँ लैजानु पर्छ। जब सम्म शिशुले फेरि वजन फिर्ता गर्दैन जति बीमार हुनुभन्दा पहिले उसको वजन थियो, अर्थात् ऊ पूरै तरिकाले ठिक नहुन्जेलसम्म।
स्त्रोत : यूनीसेफ
Last Modified : 10/23/2019