অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

स्वास्थ्य समस्याहरूको समाधान कसरी गर्ने ?

स्वास्थ्य समस्याहरूको समाधान कसरी गर्ने ?

स्वास्थ्य समस्याहरूको समाधान कसरी गर्ने ?

महिलामा कुनै पिन स्वास्थ्य समस्याका लक्षणहरू देखापरे भने तिनबाट छुटकारा पाउनका लागि सबैभन्दा पहिले उनीहरूलाई सूचनाको आवश्यकता पर्दछ । उनीहरूले आफूलाई परेको समस्या के हो, के कारणले गर्दा समस्या आई लागेको हो, त्यसको उपचारका निमित्त के गर्न सकिन्छ र यो समस्या फेरि बल्झन नदिन के गर्नुपर्दछ भन्ने कुराहरू जान्नु आवश्यक हुन्छ । .

यस अध्यायमा हामी जुनता नाम गरेकी एउटी महिलाको कथा सुनाउँछौ । यस कथामा उनले आफ्नो स्वास्थ्य समस्या कसरी समाधान गरिन् भनेर बताउनेछौ । यो कथा जुनताके समस्याको नालिबेली भए पनि उनले आफ्नो समस्याकाबारेमा कसरी सोचिन् र त्यसको समाधानका निमित्त कस्तो कदम चालियो भन्ने कुरा सबै किसिमका स्वास्थ्य समस्याहरूमा लागू हुनसक्छ । यस तरिकालाई स्वास्थ्य समस्या समाधान गर्न वा राम्रो उपचार सेवा पाउनका निमित्त तपाईंले पनि प्रयोग गर्न सक्नुहुन्छ ।

जुनताले आफ्नो स्वास्थ्य समस्याको अन्तिम समाधानका निमित्त आफ्नो बसमा भएका कुराहरू मात्र हेरेर नपुग्ने रहेछ भन्ने पतो पाइन्। उनलाई आफ्नो समुदाय र देशभित्रका समस्याका मूल कारणहरू पहचान पनि गर्नुथयो र तिनीहरूलाई परिवर्तन पनि गर्नुथयो । जुनताले प्रयोग गरेका उपायलाई तपाईं र तपाईंको समुदायमा महिलाहरूको कमजोर स्वास्थ्यका कारणहरू पहचान गर्न र समुदायमा स्वस्थ महिलाहरूको स्थान बनाउने योजना तर्जुमा गर्न प्रयोग गर्न सक्नुहुन्छ ।

जुनिताको कथा

जुनिताको कथा जुनता भीमबहादुरकी श्रीमती हुन्। उनी सुदूर पहाडको एउटा सानो गाउँमा आफ्ना श्रीमान्सँग बस्छन्। उनीहरूको खेत छैन र बारीमा २-३ मुरी कोदो र फापर मात्र फल्दछ । यति अन्नले ५ जनाको परिवारको जीवन धान्न कठिन पर्छ । त्यसैले हरेक वर्ष उनका श्रीमान् भीमबहादुर गाउँका अरू मान्छेका साथ लागेर राडीपाखी बेच्न सहर जाने गर्छन्।

यसपटक भीमबहादुर सहरबाट फिरेको करिब ३ हप्ता बितेपछि जुनताले योनीबाट सामान्य भन्दा बढी स्राव निस्केको पतो पाइन्। उनलाई पिसाब गर्दा पोल्न पनि थाल्यो । जुनताले | केही खराबी भयो भन्ने त बुझिन् तर के हो भनेर खुटयाउन सकिनन्।

जुनताले यो कुरा तल्ला घरकी रमालाई भनिन् रमाले उनलाई | तुलसीको पात उमालेर पिउने सल्लाह दिइन् किनभने उनको पिसाब पोल्दा यसले फइदा गरेको थियो । जुनताले पज त्यसैगरी पिइन् तर त्यसले पिसाब पोल्न र स्राव निस्कन रोकेन । त्यसपछि रमाले जुनतालाई खलङ्गाकी धनकुमारीलाई बेथा लाग्दा दुखाइ कम ध्र गर्न प्रयोग गरेको उपाय गर्ने सल्लाह दिइन्। त्यो उपाय त्यहींकी एउटी महिलाले धनकुमारीलाई बताएकी थिइन्– जसअनुसार एउटा बुटी भुँडीमा झुन्डयाउनु पथ्र्यो । यस उपायले पनि जुनतालाई फाइदा भएन । त्यसपछि आफैं जान्ने भएर बुटीलाई योनीभित्रै राख्दा फाइदा होला कि भनेर विचार गरिन्। तर यसले पनि व्यथा बसेक भएन र रोगका लक्षणहरू बढेर उनलाई झन् दुख हुनथाल्यो ।

अन्त्यमा जुनताले स्वास्थ्यचौकीमा गएर जंचाउने निधो गरिन्। स्वास्थ्यचौकीमा रामशरण शाही भर्खरै अर्को जिल्लाबाट सरुवा भएर आएका थिए । जुनतालाई स्वास्थ्यचौकीमा नर्स दिदी नहुँदा नजंचाऊँ कि जस्तो लाग्यो तर अन्त्यमा रोगले झन्झन् च्याप्दै ल्याएको र कुनै कडा रोग नै लागेको हो। उनलाई ज्यादै सरम लागे पनि उनले रामशरणलाई नै जँचाउने निधो गरिन्।

एउटै जस्तो लक्षण भएका धेरै रोगहरू हुन सक्छन्

लक्षणहरूका आधारमा हुनसक्ने रामशरणले जुनताको पीडा र प्रावबारे ध्यानपूर्वक सुने । सबै रोगहरूबारे सोच्नुहोस्। यसपछि उनले लक्षणहरूको आधारमा हुनसक्ने रोगहरूको बारेमा बताए । विभिन्न रोगहरूमा एकेखाले लक्षणहरु देखा पर्न सक्छन्। उदाहरणका निमित्त महिलाहरूको योनीम्रावको मात्रामा कमबेसी हुने, फरक-फरक रङ्गको हुने र अल बेग्लाबेग्ले गन्धको हुने लक्षणहरू निम्न रोगहरूमा पनि देखिन सक्छन्:

  • यौनरोग प्रसारित संक्रमणहरू
  • यौनरोगहरूबाहेकका योनीमा हुने संक्रमणहरू
  • प्रजनन अङ्गहरूमा संक्रमण जुन खासगरी यौनरोगहरूका कारण पाठेघर र नलीहरूमा हुने संक्रमणहरू
  • पाठेघरको मुखमा हुने क्यान्सर

यीमध्ये कुनचाँह रोगले जुनतालाई त्यस्ता लक्षणहरू देखापरे भनेर बुझन रामशरणले जुनतालाई दुईवटा प्रश्नहरू गरे। पहिलो प्रश्न थियो– तपाईको श्रीमान्ले कन्डम प्रयोग गर्छन् कि गर्दैनन् ? दोस्रो प्रश्न थियो-तपाईका श्रीमान् अरू चौथो - ई व्यक्तिहरूसँग योन सम्पर्क राख्छन् कि राख्दैनन् ? जुनताले आफ्नो श्रीमान्ले केही ಣ್ಣೆ ई सम्भा महिना सहरमा बस्दा अन्य आइमाईसँग योन सम्पर्क राखेको शङ्का गरिन्। | इलाई पोल्न थालेको कुरा गरेका थिए। यसो हुनुमा उनी चाँही सहरको पानी र तेललाई दोष दिन्थे ।

यी थप सूचनाका आधारमा रामशरणले जुनतालाई गोनोरिया (धातु रोग) वा क्लामिडियामध्ये एउटा योन रोगभएको शङ्क गरे। यी दुई रोगहरूमध्ये यही हो भनेर पाँचों : निर्णय गर्नर्हे छुट्टयाउन कठिन हुने हुनाले दुबैको उपचार गर्नु वेस हुन्छ भनेर पनि बताए।

यो समस्या के कारणले भएको हो ?

सरुवा रोग त्यस्ता रोगहरू हुन् जुन एक मानिसबाट अर्कोमा सर्छन्। यी रोगहरू बिरामी व्यक्ति वा वस्तुको संपर्कबाट अथवा हावा र पानीका माध्यमबाट पनि सर्न सक्छन्। रामशरणले सोचेको जुनताको रोगका किटाणुहरू भने योन सम्पर्कबाट मात्र फेलिने गर्दछन्।

सक्रमण नहुने रोगहरू(एकअर्कामा नसर्ने रोगहरू) निम्न कारणहरूले हुन सक्छन्:-

  • शरीरभित्र हुने कुनै खराबी, जस्तै बुढ्यौलीका कारण हाड कमजोर हुने
  • कुनै चिजले बाहिरबाटै शरीरलाई हानी पुयाउनाले, जस्तै भारी सामान बोक्ने गर्दा उत्पन्न हुने ढाडको समस्या ।
  • शरीरलाई आवश्यक पर्ने तत्त्वको कमी हुदाँ, जस्तै पोषण । भोजन खाँदा ज्यादै कम वा गलत प्रकारका खानाले मानिस कुपोषित हुनसक्छ ।

तर रोगहरु एउटे मात्र कारणले नभएर बेग्ला बेग्लै कारणहरु मिलेर लाग्न सक्छन्। रोग लाग्ने अन्य कारणहरूबारे जान्न पृष्ठ २६ हेर्नुहोस् । मानिसका रीतिरिवाज संस्कार चाल-चलनले पनि अहिले रोग लाग्ने कारण बन्न मद्दत पुयाउँछन्। रोग लाग्नमा वरिपरिको वातावरण र जमिन, सम्पत्ति र शक्तिको वितरण प्रणाली पनि जिम्मेवार हुन्छ।

सर्वोत्तम उपचार कुन हो ?

अपनाएको उपचार उपयोगी छ कि हानीकारक ?

स्वास्थ्य कार्यकर्ता जुनताको रोग औषधिले निको हुन्छ भन्नेमा ढुक्क थिए । चाहन्थिन्। उनले आफ्नी आमा र हजुरआमा बिरामी हुँदा बेलाबखत घरेलु उपचारले आराम पुयाएको देखेकी थिइन्। त्यसो भए किन ती उपायहरूले मद्दत पुयाउन सकेनन् त ? यस प्रश्नलाई रामशरण यसरी जवाफ दिन्छन् :

हरंक समुदायलं स्वास्थ्य समस्या समाधानक उपायहरूको विकास गरेका छन् । होसियारीपूर्वक बिधि तथा आधुनिक औषधिहरू दुबैले फाइदा गर्न सक्छन् तर के कुरा बुझ्नुपर्छ भने यी दुबै प्रकारका अोषधिहरू फाइदाजनक या हानी रहित हानीकारक पनि हुन सक्छन् ।

जुनताले तीन प्रकारका उपचार विधि अपनाएकी थिइन्। यदि जुनताको मूत्रथैलीको संक्रमण भएको भए तुलसीको पात उमालेर पिउँदा चिया फाइदा हुन्थ्यो उनलाई केही फाइदा पुयाउन सक्थ्यो किनभने . त्यस्तो तुलसी पानीले बढी पिसाब लगाउँछ र पिसाबसँगै किटाणुहरू बगेर शरीर बाहिर निस्कन्छन् तर उनलाई मूत्रथेलीको संक्रमण थिएन ।

कम्मरमा बुटी बाँध्नु हानीरहित विधि हो । यसले रोगलाई बढाउँदैन किनभने यस अवस्थामा जडीबुटी शरीरबाहिरै रहन्छ तर यसले स्वास्थ्यलाई फाइदा पनि गर्दैन ।

बुटीलाई योनीभित्र छिराउनु अति नै हानिकारक हुन्छ र कहिल्ये पनि यसो गर्नु हुँदैन । बुटीभित्रको तत्त्वले गर्दा योनी चिलाउन र पोल्न सक्छ तथा डरलाग्दो संक्रमण पनि हुनसक्छ ।

कुनै पनि उपचार विधि र त्यसले राम्रो वा नराम्रो असर गर्छ भनी जान्न त्यो विधि अपनाएका व्यक्तिहरूबाट सिक्न सकिन्छ तर त्यस्ता विधि अपनाउनुअघि तलका केही प्रश्नहरूको उत्तर राम्ररी खोज्नैपर्छ –

  • तिमी किन यो उपचारविधिको प्रयोग गछौँ ?
  • तिमी के हुँदा यसको प्रयोग गछौ ?
  • यसको प्रयोग कसरी गछौँ ?
  • यो प्रयोग गरेपछि तिमीलाई के हुन्छ ?
  • तिम्रो समस्यालाई यसले कांतको मद्दत पुयाउने गर्छ ?
  • के यसको प्रयोगले कहिलेकाहीं खराबी पनि हुनसक्छ ?

अरू मानिसले अपनाएका उपचारहरूबारे उनीहरूका अनुभवलाई सावधानीपूर्वक सोच्नुहोस्। ती उपचारहरू प्रयोग गरेपछि त्यसले फाइदा पुयाएको/नपुयाएको किटान गर्न कस्तो असर गरिरहेको छ भनेर रोगका लक्षणहरूमाथि ध्यान दिनुहोस्। धेरै उपचारविधिहरू एकैचोटि प्रयोग गर्ने कुरामा होसियार हुनुहोस्।

कुनै पनि उपचार विधि फाइदाजनक हानीरहित अथवा हानीकारक छ भनेर किटान गर्न सबभन्दा पहिला त्यसका बारेमा सक्दो जानकारी लिनुहोस्। यति गर्दा पनि सो उपचार हानीर्राहत वा हानिकारक के हो भन्नेमा तपाईं टुङ्गोमा पुग्न सक्नुभएन भने तल लेखिएका कुराहरूमा विचार पुयाउनुहोस् -

  • कुनै पनि एउटा रोगका धेरेखाले उपचार विधिहरू छन्- थोरबहुत सबै विधिले काम गर्न सक्छन्।
  • गलत किसिमको उपचारले कुनै पनि मद्दत पुयाउँदैन बरु उल्टो नोक्सान गर्छ ।
  • उपचार भनेर मानिस अथवा जनावरको मलमूत्र प्रयोग गर्नाले कहिल्ये फाइदा गर्दैन, बरु यसले खतरापूर्ण संक्रमणहरू निम्त्याउँछ । यसको प्रयोग कहिल्यै गर्नु हुँदैन ।
  • कहिलेकाहीं मनोवैज्ञानिक कारणले पनि कुनै कुनै समस्या समाधान भएको हुन सक्छ ।
  • रोगीलाई मुख बार्न लगाउने, आराम गर्न वा व्यायाम गर्न नदिने चलनले उनीहरूलाई बलियो होइन, कमजोर बनाउछ |
  • आफैले गर्दा तिमीलाई यो रोग लागेको हो भनेर रोगीलाई नै दोष दिँदा रोगीको पीडा र दुखलाई झन् बढ़ाउछ ।

उपचारका जोखिम र फाइदाहरू

जुनिता घर फर्केपछि अब के गर्ने ?’ भनेर सोच्न थालिन्। सहर जाने हो भने आते-जाते भाडा र औषधि गर्दा धेरै खर्च हुन्छ । उनका श्रीमान् घरमा छैनन्। घर कुरीदिने पनि कोही छैनन्। आफू सहरबाट नफर्किउन्जेलसम्म केटाकेटी हेरिदिने मानिसको बन्दोबस्त गर्नुपथ्र्यो ।

जुनितालाई डर पनि थियो । एकातिर डाक्टरलाई देखाउन धेरै पैसा खर्च गरेकोमा सहरबाट फर्केपछि उनका श्रीमान् रिसाउन सक्थे । अर्कोतिर औषधि नगरेमा आफ्नो रोग धेरै बढ्ला भन्ने पिर पनि थियो । देवीले जन्मने नयाँ बच्चालाई पनि यो रोग सर्नसक्छ भन्ने कुरा उनलाई राम्ररी सम्झाएकी थिइन्। रोग बढ्दै गए पछि अर्को बच्चा नहुने, तल्लो पेटमा सहनै नसकिने दुखाइ भोग्नुपर्ने र उनको मुत्रप्रणालीमा र महिनावारीमा पनि समस्या देखापर्ने जस्ता समस्याहरू आइलाग्ने कुरा स्पष्ट गराएकी थिइन्। यतिमात्र होइन, उनका श्रीमान्लाई पनि गम्भीर स्वास्थ्य समस्याहरू आउनसक्ने सम्भावना बताएकी थिइन् ।

यसै गर्ने भनेर जुनिताले निर्णय लिन सकिनन्। त्यसैले उनी फेरि देवीलाई भेट्न गइन्। जुनिताले उनका मनमा लागेका डरहरू बताइन्। देवीले आफ्नो समस्यालाई निम्नतरिकाले सोच्नु भनेर सल्लाह दिइन्

हरेक उपचारहरूका जोखिम र फाइदाहरू हुन्छन्। जोखिम भनेको केही कुराले हानी पुयाउने सम्भावना हो भने फाइदा भनेको राम्रो हुनु हो । उपचारको तरिका छन्दा बढीभन्दा बढी फाइदा र सकेसम्म थोरै जोखिम हुने खालको छान्नु पर्दछ ।

यो कुरा बुझन सामान जोख्ने तराजुले मद्दत गर्दछ । तराजुमा जुन पल्लामा धेरै सामान हुन्छ, त्यो भारी हुन्छ । त्यस्तै उपचारको तराजु जोख्दा पनि जोखिमको पल्लामा भन्दा फाइदाको पल्ला भारी हुनुपर्छ । यदि फाइदाभन्दा जोखिमको पल्ला भारी भए त्यस्तो उपचार गर्न हुँदैन ।

स्वास्थ्य समस्याहरूको समाधान कसरी गर्ने ?

परिवर्तनका लागि औषधि खान थालेपछि जुनितालाई आराम महसुस भयो । उनमा आफ्नो समस्याको समाधान हुने कुरामा विश्वास पलायो । तर समस्या पूर्ण गर्न सकिने रुपमा समाधान हुन बाँकी नै थियो । उनका श्रीमान्ले सहरबाट घर कामहरू गरेनन् भने रोग फेरि बल्झने खतरा थियो । उनले यस समस्याका सम्बन्धमा धनकुमारी र आफ्नो श्रीमान्सँगै काम गर्न गएकाहरूका श्रीमतीहरूसँग छलफल गरिन्। यस छलफलपछि उनीहरू सबैले देवीसँग सल्लाह लिने निधो गरे ।

स्वास्थ्य समस्याहरूका मूल कारणहरू पत्तो लगाउने

जुनिताको स्वास्थ्य समस्या अझै समाप्त नभएको कुरामा देवी पनि कारण पत्तो लू उने कोसिस | सहमत भइन् किनभने जुन कारणले जुनितालाई यो रोग लागेको थियो, ती गर्नुहोस् । कारणहरू अझै ज्यूँका त्यूँ थिए । ती कारणहरू के के हुन् भनेर बुझाउन देवीले एउटा खेल खेलाइन्। त्यस खेलको नाम 'तर किन .? भन्ने थियो ।

देवीले महिलाहरूलाई वृत्ताकार समूहमा बस्न लगाइन् र सबैलाई उनका प्रश्नहरूको जवाफ दिने कोसिस गर्न अनुरोध गरिन्।

यसरी महिलाहरूले कारणहरूको लामो सूची तयार गरेपछि देवीले ती नवौं खुदकिलो : र ! कारणहरूलाई समूहमा बाड्ने सल्लाह दिइन्। यसो गर्नाले स्वास्थ्य कारणहरूलाइ समूह वभाज् समस्याहरू गराउनै विभिन्ने प्रकारका अवस्थाहरूलाई बुझन सजिलो भयो।

वातावरणीय कारणहरू : चुलोबाट निस्कने धुवाँ, सफा पानीको अभाव, भिडभाडमा बस्नुपर्ने अवस्था जस्ता शरीरलाई नोक्सान पुयाउने भौतिक वातावरणका अवस्थाहरू ।

सामाजिक कारणहरू : जनताका आपसी सम्बन्ध तथा एक-आपसमा गरिने व्यवहारलगायत उनीहरूको मनोवृत्ति, रीति-रिवाज, र विश्वासहरू । राजनीतिक र आर्थिक

राजनीतिक र आर्थिक कारणहरू : सत्ता कसको हातमा छ र कसको स्वार्थका लागि काम गर्छ भन्ने कुराले पैसा, जमिन र स्रोतहरू कोसँग छन् र कोसँग छैनन् भन्ने कुराहरूले।

समुदायका स्वास्थ्य समस्याहरूको समाधानका लागि तालमेल मिलाउने

"अर्को खुट्कलो भनेको समस्याका विभिन्न कारणहरूलाई पहिचान कारणहरूलाई तपाईं र तपाईंको | गर्ने र कुन-कुनचाहिँ कारणलाई आफैले र अरू कुन-कुन कारणहरूलाई समुदायले परिवर्तन गर्न सक्दछन्, | समुदायबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुराको निर्णय गर्नु हो"– देवीले निधो गर्नुहोस्। महिलाहरूलाई बताइन्। त्यसपछि कुन-कुन कामहरू गर्दा परिवर्तन ल्याउन सकिन्छ भनेर सोच्नुपर्छ ।

जुनता र धनकुमारीले विचार गरे यदि श्रीमानहरूले यौन संक्रमण यस्ता परिवर्तनहरू ल्याउन सक्छन् | सम्बन्धमा बुझेका भए र कन्डम सजिलै पाइने भए उनीहरू आफ्ना भनेर निधो गर्नुहोस्। श्रीमानहरूलाई कन्डम प्रयोग गर्न भन्न सक्थे ।” उनीहरूले निर्णय गर्नुपर्ने कामहरू यी थिए –

समूहका अरू सदस्यहरूले यस्ता कामहरू गर्नुपर्ने सुझाव राखे -

  • यौनरोगलगायत अरू स्वास्थ्य समस्याहरूबारे छलफल गर्न एउटा समूह बनाउने ।
  • पानीपँधेरा गर्ने महिलाहरूसँग यौनरोगहरू र तिनको रोकथामका उपायहरूबारे कुराकानी गर्ने ।
  • काम गर्न सहर जाने आफ्ना लोग्ने र छोराहरूसित यौनरोगका बारेमा योजना बनाउनुहोस् । कुराकानी गर्ने ।

देवीले भनिन्– अन्तम खुट्कलो भनेको यी विचारअनुरूप काम गर्नका लागि योजना बनाउनु हो । योजना बनाउँदा तल लेखिएका प्रश्नहरूको उत्तर दिन सक्नुपर्छ

  • हामीहरू के गर्न गइरहेका छौ ? हामीहरू के गर्न गइरहेका छौ ?
  • हामी कहिलेबाट यी कामहरू गर्नेछौ ?
  • हामी को-कोसँग मिलेर यी कामहरू गर्नेछौ ?
  • हामीहरूले कस्ता कदम चाल्नेछौ ?

स्वास्थ्य समस्याहरूको समाधान आफैले गर्नसक्ने यस पद्धतिलाई अपनाउन मद्दत पुयाउने सबै खुट्कलाहरूको तालिका तल दिइएको छ । तालिकाको देब्रेपट्टि गर्नुपर्ने कामका खुट्कलाहरू उल्लेख छन् र दाहिनेपट्टि ती खुट्कलाहरूसँग मिल्ने जुनिताको कथाको अंश छ । कुनै पनि बेला स्वास्थ्य समस्या देखापर्नेबित्तिकै यो तालिका प्रयोग गर्न सकिन्छ । यस तालिकाले समस्याको समाधान गर्ने उपायबारे सोच्न र काम गर्नका लागि सजिलो गराउनेछ

महिलाहरूलाई स्वावलम्बी हुन सहयोग गर्ने

यस अध्यायबाट हामीले थाहा पायौं कि रामशरण र देवीले स्वास्थ्य समस्या समाधान गर्न जुनिताको समुदायका महिलाहरूलाई सहयोग पुयाएर राम्रो भूमिका निभाए । उनीहरूले जुनिता र उनका साथीहरूलाई यसो गर र उसो गर। भनेर आज्ञा दिनुको सट्टा उनीहरूले सँगसँगै सल्लाह गरेर काम गरे तिनीहरूले एक आपसमा सहयोग गर्नु पर्ने कुरा सिके सिकाए पनि । उनीहरूको काम प्रभावकारी भयो ।

तपाईंले पनि रामशरण र देवीको उदाहरण लिएर आफ्ना समुदायका महिलाहरूलाई सघाउन सक्नुहुन्छ। यसका लागि तपाई यसो गर्न सक्नु हुन्छ

ज्ञानको आदान-प्रदान गर्नुहोस् : महिलाहरूलाई सहयोग पुयाउने हो भने उनीहरूलाई सूचनाको आवश्यकता हुन्छ। धेरै स्वास्थ्य समस्यालाई सही सूचनाले रोकथाम गर्न सक्दछ । यो कुरा हेक्का राख्नुहोस् कि केही छैन । आफूलाई थाहा नभएको कुरा अरूसंग सोधेर वा समुदायलाई सोध्न लगाएर पनि समस्या समाधान गर्न सकिन्छ ।

स्वास्थ्य समस्याहरूलाई गोप्य राख्नुहोस् : स्वास्थ्य समस्याहरू अरूले सुन्ने ठाउँमा नलिईकन उनका स्वास्थ्य समस्याबारे कसैलाई पनि नभन्नु होस्।

सम्झनुहोस्- सल्लाह दिनुभन्दा अर्काको कुरा सुन्नु धेरै महत्त्वपूर्ण कुरा हो :महिलालाई सल्लाह दिनेभन्दा उनका कुरा सुनिदिने मानिसको खाँचो हुन्छ । उनको कुरा सुनिदिनु भयो भने उनलाई मेरा पनि कोही रहेछन् भन्ने र म पनि महत्त्वपूर्ण मानिस नै रहेछु भन्ने अनुभूत हुनेछ । र जब उनीले कुरा गर्ने मौका पाउछिन्, तब उनले आफ्ना समस्याहरूका केही समाधानहरू आफै थाहा पाउन थाल्छिन्।

महिलाका समस्याहरू ज्यादै ठूला र जटिल छन् र पूर्णरूपमा समाधान गर्न गयी डूनीहरूबूट सिक्यौ सम्भव छैनन् भने पनि उनले रोज्नसक्ने केही न केही उपायहरू हुनसक्छन्। बाट स्वास्थ्य कार्यकर्ताको हैसियतले तपाईंले उनलाई रोज्न सकिने उपायहरू छन्। भनेर महसुस गराउनुपर्छ र उनलाई आत्मनिर्णय गर्न आवश्यक सूचनाहरू उपलब्ध गराई तपाईंले मद्दत गर्नुपर्छ ।

तपाईंले जसलाई सहयोग पुयाइरहनुभएको छ उनीहरूबाटै पनि । सिक्नुहोस् : अरूले आफ्ना समस्याहरू कसरी समाधान गर्दा – राम्ररी सहयोग पुयाउन सक्नुहुन्छ । यसले तपाईलाई पनि मद्दत गर्छ ।

जनताका परम्परा र विचारहरूलाई आदर गर्नुहोस् : आधुनिक विज्ञानसँग पनि सबै प्रश्नहरूका उत्तर छैनन् र आधुनिक पद्धतिको अध्ययनबाट नै विकसित भएको हो । त्यस कारण दुबै तरिकाहरूलाई आदर गर्नु र आवश्यक परेमा प्रयोग गर्नुपर्छ । तर गलत ढङ्गमा प्रयोग गरेका खण्डमा दुबैबाट हानी हुनसक्छ भनेर बुझनु जरुरी छ।परिन्छ । यस्तो गल्ती प्राय: त्यस्ता स्वास्थ्य कार्यकर्ताले गर्छन् जो प्रायजसो भाषण र कुराहरू मात्र गर्छन् । वास्तवमा जनताहरू केका बारेमा ज्ञान नीहरूले ज्ञान प्राप्त गर्नेछन्। यसले उनीहरूको आफ्नै नभण्डार निर्माण गर्न सहयोग पुयाउँछ ।

योजना बनाउनु होस् : तपाईंले आफ्नो समुदायका महिला र पुरुषसँग छलफल गर्नुहोस्। तपाईंले समाधान गर्न कोसिस गरिरहेको समस्याप्रति उनीहरूको के विचार छ ? पत्ता लगाउनुहोस्। समस्याका कारणहरूबारे उनीहरूको सोचाइ कस्तो छ ? र उनीहरू कसरी समाधान गर्न चाहन्छन् ? भन्ने कुरा सँगै बसेर छलफल गर्नुहोस्।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।

Last Modified : 6/15/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate