महिलालाई दैनिक काम गर्न, रोगबाट बच्न तथा सुरक्षित हामीले पर्याप्त खाना खान तरिकाले निरोगी बच्चा जन्माउन पौष्टिक भोजन चाहिन्छ । तै पनि विश्वका पायौं भने धेरै रोगहरू धेरै महिलाहरू अन्य स्वास्थ्य समस्याभन्दा कुपोषणबाट बढी पीडित छन्। लाग्नबाट बच्न सक्छौं । कुपोषणले महिलालाई थकित, कमजोर, शक्तिहीन र अस्वस्थ्य बनाउँछ ।
भोको हुनु र पेटभरि खान नपाउनुका धेरै कारणहरू छन्। एउटा मुख्य कारण गरिबी हो । विश्वका धेरै भागहरूमा थोरै मानिसहरूसँग मात्र धेरै धन र भूमिको स्वामित्व रहेको छ । त्यस्ता धनी मानिसहरू आफ्ना खेतमा खाद्यान्नको सट्टा अरू नै बाली उब्जाउँछन् किनकि उनीहरू त्यस्तै बालीहरूबाट धेरै आम्दानी गर्न सक्दछन् तर गरिब मानिसहरू भने सानो टुक्रा जमिन ठेक्कामा लिएर बाली लगाउँछन्। त्यसमा पनि उब्जिएको अन्नको ठूलो अंश भने जग्गाधनीले नै लान्छ ।
गरिबीले महिलाहरूमाथि अझ थप समस्या उत्पन्न गर्दछ किनभने धेरैजसो परिवारमा प्राय महिलाहरूले पुरुषका भन्दा कम खाना खान पाउँछन्। यसकारण जबसम्म जमिन र अरू स्रोतको निष्पक्ष ढङ्गले वितरण हुँदैन तबसम्म महिला र पुरुषबीचको भेद पनि अन्त्य हुँदैन, भोकमरी र कुपोषणको समस्या पनि रहीनै रहनेछ ।
हुन त थोरै खर्च गरेर पौष्टिक भोजन गर्न सकिने धेरै उपायहरू छन् ।आफ्नो गच्छेअनुसारका खानाले पनि महिलाहरूले शक्ति प्राप्त गर्न सक्छन्। जब मानिसहरूलाई भोकको चिन्ता हुँदैन, तब मात्र उनीहरूले परिवार र समुदायका आवश्यकताहरूका बारेमा विचार गर्न र परिवर्तनका लागि काममा सक्रिय हुनसक्नेछन् ।
संसारका धेरै भागमा धेरैजसो मानिसहरूको भोजनमा सस्तो खालको एउटा मुख्य खाद्यपदार्थ हुनेगर्दछ । ठाउँअनुसार यो मुख्य खाना धान, मकै, कोदो, गहुँ, आलु वा केरा हुनसक्छ । यो मुख्य खानाले नै पेट भर्छ तथा शरीरको धेरैजसो दैनिक खाद्य आवश्यकता पूरा गर्छ ।
तर यतिले मात्र कुनै व्यक्तिको शरीरलाई स्वस्थ राख्न सक्दैन । त्यसैले मुख्य खानाका साथै सहयोगी खानाहरूको पनि आवश्यकता पर्न जान्छ । यी सहयोगी खानाहरूबाट शरीरलाई चाहिने प्रोटिन (जसले शारीरिक वृद्धि गर्छ), भिटामिन, खनिज (जसले शरीरमा रोग लाग्न रोक्छ र पुननिर्माण गर्छ) र चिल्लो पदार्थ तथा चिनी (जसले शरीरलाई शक्ति प्रदान गर्छ) प्राप्त हुन्छ ।
स्वस्थकर भोजनमा प्रोटिन, भिटामिन र खनिज पदार्थ पाईन्छ । प्रोटिन दूध, घिउ, दालमा पाइन्छ भने भिटामिन र खनिज पदार्थहरू फलफूल र सागपातमा पाइन्छन्। मानिसलाई चिल्लो पदार्थ र चिनी थोरै भए पनि पुग्छ तर आफूलाई चाहिँदो खाना पाउन सकिएन भने ज्यादै थोरै खानेकुरा खानुभन्दा चिनी र चिल्लो अलि बढी भएको खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
एउटी महिलाले स्वस्थ रहनका लागि सूचीमा उल्लिखित सबै खाना खानु जरुरी छैन । आफूलाई बानी परेको मुख्य खाना खाएपछि आफ्नो गाउँ ठाउँमा पाइने सहयोगी खाना अलिकति खाए पुग्छ ।
महत्त्वपूर्ण भिटामिन र खनिज पदार्थहरू
खास गरेर गर्भिणी र स्तनपान गराउने महिलाहरूका लागि भिटामिन र खनिज पदार्थहरू समेत पाँच किसिमका तत्वहरु महत्त्वपूर्ण हुन्छन्। ती हुन्–लौह, फेलीक एसिड, क्याल्सियम, आयोडिन र भिटामिन- ए ।
लौह तत्त्व
यसले शरीरको रगतलाई स्वस्थकर बनाउँनुका साथै शरीरलाई रक्त अल्पताबाट बचाउँछ । महिलाहरूलाई जीवनभरि यसको अवश्यकता पर्छ । खास गरेर मासिक रक्तस्राव हुँदा र गर्भवती भएको बेलामा यो बढी चाहिन्छ ।
शरीरलाई चाहिने लौह प्राप्त गर्ने अन्य सजिला तरिका पनि छन् :फलामे कराई वा भाँडामा खाना पकाउनुहोस्। खाना पकाउँदा टमाटर, कागती वा निबुवाको रस (जसमा प्रशस्त मात्रामा भिटामिन-सी पाइन्छ) हाल्नाले पनि भाँडाबाट प्रशस्त लौह तत्त्व खानामा जान्छ ।
फलामे भाँडोमा राखेको पानीमा कागती वा अमिला सर्वत बनाएर पिउनाले पनि लौह तत्त्व पाइन्छ ।
खाना पकाउने भाँडामा शुद्ध फलामले बनेको बस्तु जस्तै फलामे किला/कॉटी राख्दा पनि भोजनमा फलाम तत्त्व पाइन्छ ।
फोलिक एसिड (फोलेट)
रातो रक्तकोष (Red Blood Cells) बन्नका लागि शरीरलाई फोलिक एसिड चाहिन्छ। यसको कमीले महिलालाई रक्तअल्पता हुने भएको उसवाट जन्मने बच्चाहरूमा गम्भीर समस्या पर्नसक्छ । त्यसकारण फोलिक एसिडको आवश्यकता खास गरेर गर्भावस्थामा धेरै पर्छ ।
बाल्यावस्थामा क्याल्सियमले बालिकाहरूको नितम्ब विकास गर्न सहयोग गर्छ । चौडा र विकसत नितम्ब भएका बालिकाहरूले वयस्क अवस्थामा सुरक्षित रूपमा बच्चा जन्माउन सक्छन्।
गर्भावस्थामा बच्चाको हड्डीको विकास गर्न र आमाको आफ्नै हड्डी र दाँतलाई मजबुत रख्न क्याल्सियम चाहिन्छ ।
स्तनपान गराइरहेको अवस्थामा क्याल्सियम स्तनमा दूध बनाउन आवश्यक पछ ।
अधबैँसे तथा वृद्धावस्थामा क्याल्सियम हाड खिइनबाट रोक्न आवश्यक पर्दछ ।
आयोडिन
आयोडिनयुक्त खानेकुरा खानाले गलगाँड हुँदैन र अरू समस्याबाट पनि बच्न मद्दत गर्छ । गर्भवतीलाई आयोडिन कम भएमा उनको बच्चा मानसिक रूपमा सुस्त हुन्छ। माटो, खाना र पानीमा प्राकृतिक आयोडिन कम भएका क्षेत्रमा गलगाँड र मानसिक रुपमा सुस्त भएका व्यक्तिहरु प्रायः देखिएका छन्।
आयोडिन प्राप्त गर्ने सजिलो उपाय सामान्य वा कच्चा नुनको साटो आयोडिनमिश्रित नुन खानु नै हो । त्यसबाहेक तलका ताजा वा सुकाएका खाद्यपदार्थहरूबाट पनि आयोडिन लिन सकिन्छ ।
यदि गाउँमा आयोडिनयुक्त नुन वा खाना नपुगेर गॉड वा सुस्त मानसिकताको समस्या देखापरेमा नजिकको स्वास्थ्य केन्द्रमा तुरुन्तै सम्पर्क राख्नुपर्छ । त्यहाँ उनीहरूले आयोडिन सुईको व्यवस्था गरिदिन सक्छन्। त्यस्तो व्यवस्था हुन नसकेमा औषधि पसलमा पोलिभिडोन आयोडिन पाइयो भने त्यसबाट पनि उपचारको कोसिस गर्न सकिन्छ । यसको प्रत्येक थोपामा ६ मिलिलिटर आयोडिन हुन्छ । आयोडिन उपचारका लागि तल देखाएअनुसार घोल नाएर पिउनुपर्छ :
भिटामिन 'ए'
भिटामिन 'ए' ले रतन्धो र अरू संक्रमणका विरुद्ध लड्न सहयोग गर्दछ। केही सागसब्जी, युतूला जातक गर्भवती महिलाहरू रतन्धो रोगबाट पीडित हुन सक्छन्। यसबाट उनीहरूको भोजनमा फूलहरूमा भिटामिन 'ए' भिटामिन ए को कमी थियो भन्ने थाहा हुन्छ। यसकारण महिला गर्भवती हुनासाथ प्रशस्त पाइन्छ। शरीरलाई थप भिटामिन 'ए' युक्त खानाको आवश्यकता पर्दछ।
भिटामिन ए को कमीबाट केटाकेटीहरूमा अन्धोपन हुन सक्छ। गर्भवती महिलाले भिटामिन ए युक्त खानाहरू खाएर भिटामिन ए को मात्रा शरीरमा जम्मा भएमा यस्ती आमाको दूधबाट बच्चाले पनि भिटामिन 'ए' प्राप्त गर्न सक्छ । '
हामीसंग थोरै पैसा छ भने यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ। यहाँ थोरै रकममा भिटामिन, खनिज र प्रोटिनयुक्त खानाहरू प्राप्त गर्ने सुझावहरू दिइएका छन्
प्रोटिनयुक्त भोजन : सिमी, केराउ, दाल र अरू गेडागुडी प्रोटिनका राम्रा र सस्त। स्रोत हुन्। पकाउनु अघि भन्दा उमार्ने हो भने यिनीहरूमा अरू थप भिटामिन पनि पाइन्छ । जीवजन्तुबाट प्राप्त हुने प्रोटिनको सबैभन्दा सस्तो स्रोत अन्डा हो (यसको बोक्रा प्रयोस गर्ने तरिका पेज १६८ मा हेर्नुहोस् ।'सस्तोमा पाइने मुटु, कलेजो, मृगौल पोषण तत्त्व हुन्छ ।
अन्नहरू : नफलेको चामल, पिठो र , रक्ती र माछाहरूमा पनि उत्तिकै मिहिन नपारी पिनेका अन्नमा बढी भिटामिन पाइन्छ र धेरै पोषिला पनि हुन्छन्।
फलफूल र सागसब्जी : ताजा फलफूल र सागसब्जीहरूमा धेरै पोषण हुने ताजा नै खानु राम्रो हुन्छ । त्यसमा रहेको भिटामिन जोगाउन चिसो र अँध्यारो कोठामा भण्डार गर्नुपर्छ । तरकारी पकाउँदा केही बेर मात्र पकाउनुपर्छ । सागसब्जी पकाउँदा निस्केको पानीमा भिटामिन हुन्छ ।यसलाई रसको रूपमा प्रयोग गर्नुहोस्।
काउली, मुलाजस्ता सागसब्जीका खम्रा पातहरूमा प्रशस्त मात्रामा भिटामिनहरू हुन्छन् र यिनीहरूबाट तागत दिने सुप बनाउन सकिन्छ। उदाहरणकै लागि मुलाको सागमा मुलामा भन्दा बढी भिटामिनहरू पाइन्छन्।
अमला, ऐसेलुजस्ता जङ्गली फलहरूमा प्रशस्त भिटामिन 'सी' पाइन्छ र यिनीहरूले थप भिटामिन र शक्ति दिन्छन् ।
दूध र दुधबाट बनेको उत्पादन : यस्ता पदार्थहरूलाई चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ । यिनीहरूबाट शारीरिक वृद्धि गर्ने प्रोटिन र क्याल्सियम पाइन्छ ।
पुरियाबन्द खानेकुरा र भिटामिन टोनिक हरूमा पैसा खेर नफालौं- कोहीकोही बाबुआमा पोषणयुक्त बच्चाहरूका लागि मिठाइ र रसायनमिश्रित जुस वा सोडापानीमा अनावश्यक खर्च गर्छन्। यस्तो खर्च खानामा गर्दा उनीहरूका बच्चा झन् स्वस्थ हुनेछन्।
प्रायः सबैले आफूलाई आवश्यक पर्ने भिटामिनहरू आफूले खाने गरेका खानाबाट प्राप्त गर्न सक्दछन्। यसकारण भिटामिन चक्की वा सुई किन्ने रकमले पोषणयुक्त खानेकुराहरू किन्नु बढी उपयुक्त हुन्छ ।यदि शरीरमा भिटामिन कम भएमा किन्नै पर्ने भएमा भिटामिन चक्की किन्नुहोस्। भिटामिन चक्कीले सुईजतिकै काम गर्छ र यो हुन्छ ।
केटालाई भन्दा केटीलाई कम आहारा आवश्यक पर्छ भन्ने सोचाइ : कतिपय मान्छेहरूमा केटाहरूलाई बढी खाना चाहिन्छ भन्ने गलत सोचाइ रहेको छ । धेरै समुदायहरूमा महिलाहरू पुरुषजत्तिकै कठिन काम गर्छन् र उनीहरूलाई पनि पुरुषलाई जत्तिकै स्वस्थ रहन आवश्यक हुन्छ । बाल्यकालमा पोषणयुक्त खाना खाएर हुर्केकी किशोरी स्वस्थ हुन्छिन्। यसले गर्दा भविष्यमा उनीहरूलाई पर्ने शारीरिक समस्याहरूमा कमी आउँछ
गर्भवती र स्तनपान गराउने महिलाले कम आहारा लिनुपर्छ भन्ने धारणा :महिलाहरूले जीवनका खासखास समयमा गेडागुडी, अन्डा, दूधका परिकार, माछामासु, फलफूल अथवा तरकारीजस्ता खाद्यपदार्थहरू खानु हुँदैन भन्ने कसैकसैको धारणा छ । कुनै ठाउँमा यस्ता खानेकुराहरू खासगरी महिनावारी, गर्भिणी, सुत्केरी, दूध खुवाउने अवस्था खान दिइँदैन तर महिलाहरूलाई यस्तै अवस्थामा खास गरेर गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा यस्ता पौष्टिक आहाराहरूको विशेष आवश्यकता पर्छ । यस्ता खाना बार्न लगाउँदा त उनीहरू कमजोर र बिरामी हुने र अझ मृत्युको मुखमा समेत पर्ने हुनसक्छ ।
महिलाले आफ्नो परिवारलाई खुवाइसकेपछि मात्र खानुपर्छ भन्ने चलन : महिलाहरूलाई सबैभन्दा पछि खानुपर्छ भन्ने शिक्षा दिइन्छ । उनीहरूले बाँकी रहेको खाना मात्र खान्छन् र कुनै बेला त भोकै पनि बस्छन् जुन ठीक होइन । गर्भवती र सुत्केरी अवस्थामा यो चलन खतनकि समस्याको कारण बन्नसक्छ ।
विरामी व्यक्तिलाई स्वस्थ व्यक्तिको भन्दा कम मात्र होइन, यसले रोगविरुद्ध लड्न र स्वस्थ हुनसमेत मद्दत गर्छ । विषेश रोग लाग्दा बाहेक सामान्यतः बिरामी हुँदाँ खानेकुराहरु बार्नु पर्दैन् ।
रक्तअल्पता रक्तकोष कम बन्दा वा बनेको भन्दा बढी रक्तकोष शरीरबाट नष्ट हुँदा वा रगतमा हुने आवश्यक तत्व कम हुँदा रक्तअल्पता हुने गर्दछ । पोषणयुक्त भोजन पाउने महिलाहरूमा महिनावारी रगत गएकै कारणले रक्त अल्पता हुदैन ।
विश्वका लगभग आधाजसो गर्भवती महिलाहरू रक्तअल्पताबाट ग्रसित छन् किनकि उनीहरूले पेटमा रहेको बच्चालाई समेत थप रगत बनाउनुपर्ने हुन्छ । तर यसको लागि उनीहरूले थप भोजन प्राप्त गरेका हुँदैनन्। नेपालमा पनि धेरै महिलाहरू गर्भावस्थामा रक्तअल्पताबाट पीडित भएका छन्।
रक्तअल्पता एउटा गम्भीर समस्या हो । यसले महिलाहरूलाई अरू रोगहरू लाग्न सक्ने सम्भावना बढाउँछ र उनीहरूको काम गर्ने वा अध्ययन गर्ने क्षमतामा समेत असर गर्छ । रक्तअल्पताबाट पीडित महिलाहरूको सुत्केरी हुँदा धेरै रगत बग्ने र ज्यान जाने सम्भावना हुन्छ ।
रक्तअल्पताका चिह्नहरू
रक्तअल्पता हुने कारणहरू
यसको मुख्य कारण भोजनमा लौहतत्त्वको कमी हुनु हो । अरू कारणहरू निम्नअनुसार छन् :
यो रोग थाएमिन नामक भिटामिन बीको कमीले हुने रोग हो । थाएमिनले खानालाई ऊर्जामा परिणत गर्न मद्दत गर्छ । रक्तअल्पता जस्तै यो रोग पनि धेरैजसो महिलाहरूको यौवनावस्थादेखि महिनावारी रोकिने उमेरबीचको अवधिमा देखापर्छ र तिनीहरूका बच्चा ाई पनि हुन सक्छ ।
यो रोग प्रायजसो फलेको चामल र अन्नलाई मात्र मुख्य भोजनको रूपमा खानेलाई लाग्छ । (उदाहरणका लागि मिलमा पालिस गरिएको चामल) वा आलु,सकरखण्ड खाएर मात्र जीविकोपार्जन गर्नेलाई हुनेगर्छ ।
उपचार र रोकथाम
प्रशस्त मात्रामा थाएमिन पाइने खखानुहोस्। जस्तै : सबै खाले गेडागुडी अन्नहरू, फुल र दूध, मासु, माछा, कलेजो यी तथा पदार्थहरू खान नसक्ने व्यक्तिलाई चक्कीको आवश्यकता पर्नसक्छ ।
ज्यादै बढी वा गलत प्रकारका खाना खानेलाई हुने समस्याहरू
महिलाको तौल धेरै नै बढी छ वा उनी धेरै चिल्लो पदार्थ खान्छिन् भने उनलाई उच्च रक्तचाप, मुटुको रोग, मस्तिष्क पक्षघात, पित्त थैलीमा पत्थरी, मधुमेह र कुनै-कुनै खाले क्यान्सरहरू लाग्ने धेरै सम्भावना हुन्छ। तौल धेरै बढी हुनुका कारणले हातखुट्टाको जोर्नीको रोग पनि गराउन सक्छ ।
मधुमेह
मधुमेह भएका मानिसको रगतमा अत्यधिक मात्रामा चिनी हुन्छ । यो खासगरेर युवावस्थामा नै सुरु भयो भने ज्यादै गम्भीर हुन्छ । तर प्रायजसो यो रोग तौल बढी भएका ४० वर्षमाथिका मानिसहरूमा बढी देखिएको छ ।
सुरुका लक्षणहरू
पछिका गम्भीर लक्षणहरू
यी लक्षणहरू अरू रोगहरूका कारण पनि देखिएका हुन सक्छन्। यसकारण मधुमेह भए/नभएको बारे परीक्षण गर्नुपर्छ । यस्तो परीक्षण आफैले पनि गर्न सकिन्छ । यसका लागि एउटा विशेष खालको कागजको छेस्का बजारमा किन्न पाइन्छ, जस्तो युरिस्लिस । यो छेस्कालाई पिसाबमा डुबाउनु पर्छ । त्यसको रङ परिवर्तन भयो भने मधुमेह भएको ठहरिन्छ । गाउँघरमा यस्तो पिसाब जाँच्ने छेस्का पाइँदैन । यसकारण स्वास्थ्य कार्यकर्तालाई पिसाब परीक्षण गर्न लगाउनुपर्छ।
४० वर्षभन्दा कम उमेरमा मधुमेह भएका विरामीले सम्भव भएसम्म स्वास्थ्य कार्यकर्ताकै रेखदेखमा रहेर उपचार गराउनु पर्छ तर ४० वर्ष पुगेपछि मधुमेह रोग लागेका व्यक्तिले भने खाना पथपरहेज गरेर पनि यस रोगलाई नियन्त्रण गर्न सक्छन्। तल लेखिए जस्तै पथरहेज गर्नुपर्छ ।
आफ्नो रोगको स्थितिबारे जानकारी लिन र रोग बढ्न नदिन स्वास्थ्य कार्यकर्तासँग नियमित जंचाउनुपर्छ ।
छालामा संक्रमण वा चोटपटक हुन नदिन खाना खाएपछि दाँत माझनुपर्छ, छालालाई सफा राख्नुपर्छ र खुट्टाको सुरक्षाका लागि जुत्ता लगाउनुपर्छ । प्रत्येक दिन हात-खुट्टामा घाउ छ/छैन राम्रोसँग हेनपर्छ । यदि घाउ छ भने संक्रमणका लक्षणहरू जस्तै- रातोपन, सुन्निएको वा तातोपन बढेको छ भने स्वास्थ्य हुन्छ
कुपोषणले हुने वा बढी भोजनको कारणले अझ सिकिस्त पार्ने अरू स्वास्थ्य समस्याहरू
पेटको अल्सर, अपच हुने वा आँतको जलनजस्ता रोगहरूबारे बढी जानकारी लिन डाक्टर नभएमा’ भन्ने पुस्तक वा कुनै स्वास्थ्यसम्बन्धी अरू पुस्तक हेर्नुहोस्।
नयाँ उपाय लागू गर्ने प्रयत्न
यस अध्यायमा दिइएका सबै सुझावहरू तपाईं-हाम्रो गाउँमा काम लाग्छन् भन्ने छैन । तथापि समुदाय र गाउँमा पाइने स्रोतको प्रभावकारी परिवर्तन गर्ने हो भने कुनै-कुनै सुझावहरूले काम गर्नसक्छन्। कुनै पनि सुझाव वा उपायहरू काम लाग्छन् वा लाग्दैनन् भन्ने कुरा त्यसको प्रयोग गरेर मात्र थाहा पाउन सकिन्छ ।
नयाँ उपाय लागू गर्ने प्रयत्न गर्दा सानो स्तरबाट सुरु गर्नुहोस्। यसो गर्दा प्रयोग असफल भयो वा अर्कै ढङ्गले पुनः थाल्नुपथ्र्यो भने ठूलो नोक्सानी हुँदैन तर प्रयोग सफल भयो भने यसलाई सबैले देख्छन् र व्यापक स्तरमा काम थाल्न सकिन्छ ।
नयाँ उपायको प्रयोगसम्बन्धी एउटा उदाहरण :
मानिलिऊँ, एउटा खास किसिमको भटमास शारीरिक वृद्धिका लागि अति प्रभावकारी हुन्छ भन्ने थाहा भयो तर के यो तपाईंका क्षेत्रमा पनि फल्ला त ? ल मानौ फल्छ, तर के मानिसहरूले खालान् त ?
सुरुमा सानो टुक्रा जमिनमा यो बाली लगाउनुहोस्। २-३ वटा डयाङमा विभिन्न तरिकाले जस्तै- फरक किसिमको माटो, पानी कम पटाएर यसको खेती थाल्नुहोस्। मानौं अब भटमासको उब्जनी ज्यादै नै भयो । त्यसपछि यसलाई फरक-फरक ढङ्गले पकाउनुहोस्। यसको पकवान मानिसहरूले रुचि गरे भने कुन तरिकाले बाली सप्रेको थियो त्यसरी नै यसको व्यापक स्तरमा खेती गर्नुहोस्।
यस प्रयोगलाई अरू भिन्न-भिन्न अवस्थाहरू सिर्जना गरेर गर्न सकिन्छ । जस्तै– रासायनिक मल वा विभिन्न फरक-फरक किसिमका बिउको प्रयोग अथवा भिन्नाभिन्नै जग्गामा भिन्नाभिन्नै मल प्रयोग गरेर हेर्न सकिन्छ र जुन अवस्थामा सप्रन्छ त्यहीअनुसार खेती गर्न सकिन्छ तर कुनले राम्रो गयो भनेर जाँच गर्दा एक पटकमा एउटै चिजको मात्रै परिवर्तन गर्नुपर्छ। जस्तो– मल र पानीको मात्राको प्रयोगको जांच एकपटक गयो भने मलको कारणले होकि : : पानीको कारणले हो, छुटयाउन सकिन्न।
प्रयोगका लागि अरू विचारहरू
वातावरणीय स्वास्थ्यको जानकारी लिन हेस्पेरियनले प्रकाशित गरेको नेपालीमा पनि छ। अ कम्युनिटि गाइड टु इन्भाइरनमेन्टल हेल्थ हेर्नुहोस्। सो पुस्तकमा निम्न जानकारी छन् :
Last Modified : 3/5/2020