स्तनपान गर्ने, गराउने चलन संसारमा स्तनधारीहरूको विकास जहिलेदेखि भयो उहिलेदेखि नै हुँदै आएको हो । यो ज्यादै पुरानो प्रचलन हुनुका सथै प्राकृतिक र स्वस्थकर पनि छ तर विश्वमा आएका अनेक परिर्वतनहरूका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ । यही कारण स्तनपान गराउने प्रचलनलाई निरन्तरता दिन बेलाबेलामा महिलाहरूका लागि सूचनाको पनि आवश्यकता अनुभव गरिएको छ ।
स्तनपान अति आवश्यक छ किनभने :
पाउडर दूध बनाउने कम्पनीहरू सबै आमाले पाउडारलाई स्तनपानको सट्टा पाउडर दूध खुवाउन् भन्ने चाहन्छन् तर बोतल र कृत्रिम दूधको प्रयोग ज्यादै हानिकारक हुन्छ । पाउडर दूध खुवाउँदा लाखौ बच्चाहरू कुपोषित वा बिरामी परेका छन् वा मृत्यु / भएको छ । /
एचआईभी र स्तनपान
एचआईभी जीवाणुबाट संक्रमित आमाले आफ्नो बच्चालाई स्तनपान गराउनेबारे निर्णय गर्नुपर्छ । उनीले एचआइभी संक्रमणको जोखिम र अरु स्वास्थ्य जोखिमहरुबीच तुलना गर्नु पर्छ । यसबारे निर्णय लिन सहयोग हुने जानकारीका लागि पृष्ठ २९३ हेर्नुहोस्।
नवजातं शिशुलाई
आमाले बच्चा जन्मनेबित्तिकै दूध खुवाउनुपर्छ । त्यसले पाठेघरको मुख खुम्चन्छ र रक्तस्राव रोकेर सामान्य स्थितिमा ल्याउन मद्दत गर्छ। दूध चुसाइले दूधको प्रवाहलाई बढाउँछ ।
सुत्केरी भएपछि पहिलो २ वा ३ दिनसम्म बिगौती दूध (कोलोस्ट्रम) आउँछ जुन बच्चाको लागि अति पौष्टिक हुन्छ । कोलोस्ट्रममा नवजात शिशुलाई चाहिने सबै प्रकारको पौष्टिक तत्त्व रहेको हुन्छ । यसले बच्चालाई रोगहरूबाट बचाउँछ र शिशुको पेट पनि सफा गर्छ । बच्चाको आँत सफा गर्नका लागि जडीबुटी, चिया वा पानी खुवाउन आवश्यक छैन ।
कुनै पनि बच्चालाई बच्चालाई
दुवै स्तन चुसाउनुपर्छ तर एउटा स्तनमा दुध सकिएपछि मात्र अर्को स्तनबाट खुवाउनुपर्छ । बच्चाले चुस्न थालेको केही मिनेटपछि आउने दूधमा बढि चिलो हुन्छ । एक पटकमा एउटा स्तनको दूधले बच्चा अघाउँछ भने अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ ।
बच्चा भोकाएपछि (राति, दिउँसो जुनसुकै बेला) स्तनपान गराउनुपर्छ । नवजात शिशुले खास गरेर पहिलो १ देखि ३ घण्टा बिराएर दूध खान खोज्छ । नानीले जति चुस्छ उति नै दूध बढी बन्दै जान्छ ।
गर्मीयाम भए पनि बच्चालाई चिनी, पानी, अरू किसिमको दूध वा तयारी आहारहरू दिनुपर्दैन । यस्ता आहारहरू बच्चाले खाएपछि भनेजति आमाको दूध खान सक्दैन । यस्तो आहार ४ देखि ६ महिनासम्मका बच्चालाई हानिकारक हुनसक्दछ ।
बच्चालाई ढच्याउ गराउने
कुनै-कुनै बेला बच्चाले दूध खाँदा हावा पनि निल्छ, यसले उसलाई असुविधा हुनेगर्छ । बच्चालाई उचालेर पाखुरा वा छातीमा राखी ढाड मसारेर त्यो हावा फाली ढयाउ गर्न मद्दत गर्नुपर्छ । काखमा बसेको वा सुतेको बेला पनि त्यसो गर्न सकिन्छ ।
चित्रमा देखाइएको जसरी बच्चालाई राखेर थमथमाउँदा असजिलो भएको वा सधैं रोइरहने बच्चालाई पनि आराम मिल्छ ।
बच्चालाई स्तनपान गराउँदा चुस्न सजिलो बनाई दिनुपर्छ । आमा पनि सजिलो गरी बस्नुपर्छ जसले गर्दा दूध राम्ररी बग्न सकोस ।
बच्चाको टाउको र शरीर सिधा राख्नको लागि बच्चाको मुख पूरै खुल्न दिनुपर्छ र बच्चाको तल्लो ओठले स्तनको मुन्टोलाई राम्ररी समात्न सक्नेगरी बच्चालाई नजिक राख्नुपर्छ । बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको हुनुपर्छ र मुन्टो मुखको भित्री भागसम्म पुग्नुपर्छ ।
यस बच्चाको मुखले आमाको स्तन यस बच्चाको मुखले आमाको स्तन राम्ररी च्यापेको छ । राम्ररी च्याप्न सकोको छैन ।
नवजात शिशुको पछिल्लो भागलाई आमाको यो अकॉ राम्रो तरिका हो । कुनै सिरानी वा हातले थाम्नुपर्छ । बाक्लो कपडामाथि बच्चालाई राख्नुपर्छ ।
स्तनपान गराउँदा समस्या पथ्र्यो भने अन्य अनुभवी महिलाको सहयोग लिनुहोस्। उनले कतिपय स्वास्थ्यकर्मीले भन्दा राम्रो सल्लाह दिन सक्छिन्। जस्तै समस्या परे पनि दुधदानीको प्रयोग नगर्नुहोस्, यसले बच्चालाई अर्के प्रकारको दुध चुस्ने बानी पार्छ । स्तनपान गराउने नै प्रयास गर्नुहोस्। कुनै बेला राम्रो विधि सिक्न आमालाई समय लाग्छ भने कुनै बेला राम्ररी दूध चुस्न सिक्न बच्चालाई समय लाग्छ ।
बच्चालाई दुध चुस्न असजिलो भएको कुरा थाहा पाउने तरिका :
स्तनपान गराउने आमाको आहारा
आमाले सुत्केरीबाट उठ्न, बच्चाको राम्रो हेरचार गर्न र तिनले गर्नुपर्ने कामहरू गर्नका लागि राम्ररी खानुपर्छ । उनीहरूलाई प्रोटिन तथा चिल्लो पदार्थयुक्त खानाका साथै प्रशस्त सागसब्जी र फलफूलको आवश्यकता पर्छ ।उनीहरूलाई सफा पानी, दूध, ज्वानोको झोल, सुप र जुसजस्ता तरल पदार्थ पनि प्रशस्त चाहिन्छ । यी विभिन्न आहारले आमाको शरी बनाइरहेको हुन्छ ।
स्तनपान गराउन पैसा खर्च हुँदैन । यदि सम्भव हुन्छ भने त्यो बचेको पैसाले आमाले आफ्नो आहारमा सुधार गर्नुपर्छ । अतिरिक्त प्रोटिनका लागि सिमी, बीउ हुने फल, अन्डा, दूध, दही, चीज, माछामासु आदि खानुपर्छ ।
केही मान्छेहरू सुत्केरीले खास-खास प्रकारका खानाहरू खानु रले अमृतसमान दूध असल स्वास्थ्यका लागि खाना हुँदैन भन्छन् तर उनीहरूले सन्तुलित खाना ख न पाएनन् भने पेज नं १६६ हेर्नुहोस्। उनीहरू कुपोषण, रक्तअल्पता र अन्य रोगका हुन्छन् ।
सकार कुनैकुनै बेला स्तनपान गराउने आमालाई विशेष भोजन दइन्छ । खास पोषणयुक्त छ भने यस चलनलाई राम्रो मान्नुपर्छ । असल आहारले सुत्केरी भएपछिको शरीरलाई चाँडै तङ्गग्राउँछ । निम्न अवस्थामा अरू थप आहारा चाहिन्छ :
स्तनपान र जन्मान्तर
जन्मान्तर भनेको एउटा सन्तान जन्मिएर पछि अर्को गर्भ रहने समयको अवधि हो । कम्तीमा २ वा ३ वर्षको फरकमा बच्चा जन्माउने आमाको शरीरलाई राम्रो हुन्छ । यसो भएमा महिलाको शरीरलाई दोस्रोपटक सुत्केरी हुँदा तन्दुरुस्त हुने मौका मिल्छ । स्तनपान गराइरहँदा कतिपय महिलाहरूको गर्भ रहँदैन बढी जानकारीका लागि पेज २१८ मा हेर्नुहोस्।
थप आहारा दिने
यदि ४-५ महिना पुगिसकेको कुनै बच्चाले दुध चुस्न खोजे जस्तो गयो भने दूध चुसाइदिनुपर्छ । यसो गर्दा पनि ऊ खुसी देखिएन वा अघाए जस्तो लाग्यो भने अब अरू थप आहाराको बन्दोबस्त गर्ने बेला भयो भनेर जान्नुपर्छ ।बच्चालाई थप आहारा चाहिने अवस्थाहरू :
खानेकुरा खान थालेको भए पनि उसलाई अझै आमाको दूध चाहिन्छ । सुरुमा स्तनपान गराउनुका साथै २ देखि ३ पटकसम्म अन्य आहार खुवाउनुपर्छ । सुरुमा लिटोजस्तो नरम खाना दिनुपर्छ । कतिपय आमाहरूले लिटोमा आफ्नै दूध मिसाएर पनि खुवाउँछन्। बच्चालाई महँगो आहारा चाहिँदैन ।
४-५ महिनाका बच्चा वा खुसी नदेखिने वा स्तनपान राम्ररी नगराएका बच्चालाई साधारणतया बढी पटक दुध चुसाउन लगाउँदा स्तनबाट बढी दुध आउन थाल्छ । यस्तो प्रयास ५ दिन जति गर्दा पनि दूध राम्ररी आएन भने अरु आहार थप गर्नु पर्ने हुन्छ ।
बच्चाहरूलाई दिनमा ५ पटकजति खान दिनुपर्छ । उनीहरूलाई मुख्य आहाराका रूपमा प्रत्येक दिन मकै, गहुँ, चामल, आलु र कोदोको लिटो दिनुपर्छ । त्यस्तै शरीर वृद्धि र विकासका लागि गेडागुडी, बदाम, अन्डा, चीज र माछामासुजस्ता खाना पनि दिनुपर्छ । यसैगरी सागसब्जी, फलफूल र अन्य शक्तिबर्द्धक खानेकुरा पनि दिनुपर्छ । शिशु आहारा ताजा हुनुपर्छ । बासी र फिंगा भन्केको खानेकुरा दिनु हुँदैन ।
रै महिलाहरूले घरबाहिरको काम गर्न मेलापात जानुपर्छ । आजभोलि कारखाना र कार्यालयमा जानेहरूको संख्या पनि बढ्न थालेको छ । यसैले धेरै घरबाहिर काम आमाले बच्चालाई पहिलो ६ महिनासम्म मात्र स्तनपान गराउँछन्।
घरबाहिर काम गर्न जाने आमाहरूलाई गर्ने अाहरूले सहयोग र सहयोगीको आवश्यकता पर्दछ । गनपर्ने कतिपय काममा साना बच्चाका कुराहरू आमाहरूलाई नानी साथमा लानसक्ने बिरामी पर्छ ।वातावरण हुन्छ, यसो भएमा स्तनपान गराउन अति नै सजिलो हुन्छ । काम गर्ने ठाउँ र शिशु स्याहार केन्द्र नजिक छ भने आमाले दूध खुवाउन भ्याउँछिन्। कतिपय रोजगारदाताले शिशु स्याहार केन्द्र पनि खोलेका हुन्छन् जसले गर्दा फुर्सदमा आमाले दूध खुवाउन भ्याउँछिन् ।
बच्चा आफ्नो साथमा हुँदा उसलाई स्तनपान मात्रै गराउनुहोस्। राति बच्चालाई आफूनजिकै सुताउँदा तपाईंले धेरै पटक दूध खुवाउन सक्नुहुनेछ ।
कतिपय महिलाले आफ्नो नातेदार वा साथीहरूलाई आफ्नो बच्चालाई पनि दूध चुसाइदिने आग्रह गर्छन्। त्यस्तो अवस्थामा त्यो व्यक्तिको एच.आई.भी. परीक्षण गराएको हुनुपर्छ र उनीबाट अन्य संक्रमण सर्दैनन् भनेर निश्चित हुनुपर्छ।
काममा जाने आमाले आफ्नो दूध निकालेर पनि बच्चालाई खुवाउन दूध सक्छन्। फुर्सदको समयमा हातले निचोरेर राखेको त्यो दूध अरू कसैले पनि बच्चालाई खुवाउन सक्छन्।
तपाईंको स्तन दूधले गानिएको छ अथवा कुनै कारणले बच्चालाई दूध चुसाउन सकिएन भने स्तनमा दूध सुक्न नदिन तपाईंले हातैले दूध निकाल्ने गर्नुपर्छ ।
हातले दूध कसरी निकाल्ने ?
दूध कसरी राख्ने
राख्नुपर्छ (पेज ११२ को नं. १ र २ मा हेर्नुहोस्)। दूध निकालेकै भाँडामा त्यसलाई x- आमाको दूधको रङ्ग फरक फरक राख्न सकिन्छ। दूध राख्दा घाम नपर्ने चिसो हुन सक्छ । आफूले खाएको ठाउँमा राख्नुपर्छ । निकालेको दूध बढीमा ८ खानाअनुसार रङ्ग हुन्छ । रङ्ग भाँडालाई चिसो पानीमा डुबाएर वा चिसो बच्चालाई उत्तम हुन्छ ।कपडाले बेरेर राखेको खण्डमा १२ घण्टासम्म चिसो पानी भएको माटाको बग्रदैन । भाडामा राखेको दूध अझ धेरै बेरसम्म बिग्रदैन ।
आमाको दूधलाई सिसाको बोतलमा हालेर रेफ्रिजेरेटरमा राख्ने हो भने २/३ दिनसम्म रहन्छ । यसरी राखेको दूधमा नौनी चिल्लो पदार्थ) छुट्टिने हुनाले बच्चालाई खुवाउनुअगाडि दुधलाई हल्लाउनुपर्छ । तातो पानीले मनतातो पार्न पनि सकिन्छ । धेरै तातो छ कि भन्ने लागेमा केही थोपा हातमा राखेर जाच्न सकिन्छ ।
तातो बोतलले दूध निकाल्ने तरिका
स्तन धेरै गान्निएर असाध्यै दुखेमा यो तरिका अपनाउनुपर्छ । बच्चा जन्मनेबित्तिकै मुन्टामा घाउ वा संक्रमण भयो भने पनि यस्तो हुन्छ (पेज ११५ र ११७ हेर्नुहोस् )।
महत्त्वपूर्ण कुरा : दूध चिसो राख्न नसकिएको बिग्रिएको हुनसक्छ। यस्तो दूध खुवाउनु हुँदैन । यदि दूध अमिलो वा बेग्लै प्रकारले गन्हायो भने यस्तो दूध खुवाउनु हुँदैन स बिग्रिएको दूध खुवायो भने बच्चा नराम्ररी बिमार पर्न सक्छ
पर्याप्त दूध नआउने वा दूध नपुग्ने चिन्ता
धेरै महिलाहरू आफ्नो दूध पर्याप्त आउँदैन भन्ने सोच्दछन्। यो प्रायः सत्य होइन्। प्रशस्त खान नपाउने महिलाहरूमा पनि आफ्नो बच्चालाई प्रशस्त पुग्ने गरी दूध तयार हुन्छ ।
बच्चाले जति धेरै चुस्छ त्यति नै धेरै दूध बन्ने गर्छ । राति दूध चुसाउँदा दूध झन् धेरै आउँछ । कसैले तपाईंको दूध पुग्दैन भन्छ भने नपत्याउनुहोस्।
स्तनमा दुध धेरै जम्मा भएर स्तन गानिएको जस्तो हुने होइन्। बच्चालाई स्तनपान राम्ररी नगराउने गर्दा स्तन गानिएको जस्तो लाग्छ । अर्को कुरा, सानो स्तनमा पनि ठूलो आकारको स्तनमा जतिकै दूध आउँछ ।
बच्चाले प्रशस्त दूध खान पाइरहेको छ भने :
आमाको दूध अरू दूध भन्दा फरक हुने हुनाले धेरै महिलाहरू यो राम्रो छैन कि भन्ने शङ्का गर्छन् तर आमाको दूधमा बच्चालाई चाहिने सम्पूर्ण तत्वहरू हुन्छन् ।
समतल र भित्र पसेको मुन्टो
तर समतल र भित्र पसेको मुन्टो भएका महिलाहरूले मुन्टो ठूलो वा सानो भएर दुध चुसाउन केही फरक पर्दैन । यसको लागि गर्भावस्थामै स्वास्थ्यकर्मीसँग सरसल्लाह गर्नुपर्छ ।
स्तनपान गराउन सजिलो पार्ने केही सुझावहरू
मुन्टो चिरिनु वा घाउ हुनु
स्तनपान गराउँदा दुखेको अनुभव हुन्छ भने त्यस्तो चुसेको हुन्छ । बच्चाको मुखमा मुन्टो मात्र पथ्र्यो भने त्यसमा चाँडै नै घाउ लाग्नसक्छ र दुख्छ । चोट परेपछि संक्रमण हुनसक्छ । बच्चालाई स्तनको धेरै भाग मुखमा च्याप्न सिकाउनुपर्छ । यसका लागि केही सुझाबहरू :
रोकथाम र उपचार
स्तनमा धेरै मात्रामा दूध जम्मा भएमा
पहिलोपटक दूध आउन थाल्दा सुन्निएको र कडाजस्तो अनुभव हुन्छ । बच्चाले चुस्दा पनि दूध आउँदैन र मुन्टामा घाउ हुनसक्छ तर यसो भन्दैमा स्तनपान गराइएन भने दूधको प्रवाह बढ्दैन ।
रोकथाम र उपचार :
दुधनली टालिनु वा स्तनको सुज
स्तनभित्र पीडादायी गान्टा (लोला) पर्छ कुनै दुधनलीलाई बाक्लो दूधले टालिदियो भने स्तनको कुनै भागमा दूधको प्रवाह भएन भने पनि स्तनको सुज (Mastatis) हुन्छ । आमालाई ज्वरो आएको छ र उनको स्तनको कुनै भाग सुन्निएको छ भने पनि सुज हुन्छ । यस्तो बेलामा स्तनपान गराउन झनै जरुरी हुन्छ । किनभने स्तनपानले दुधनलीहरू खुल्छन् र संक्रमण हुन पाउँदैन । यस्तो बेलामा पनि दूध बच्चाका लागि राम्रो हुन्छ।
स्तन संक्रमणा (संक्रमणायुक्त स्तन सुज)
यदि २४ घण्टाभन्दा बढी ज्वरो आएर स्तनमा सुजको लक्षण देखियो वा धेरै - दुख्यो वा छालामा घाउ भयो भने तत्कालै स्तन संक्रमणको उपचार थाल्नुपर्छ ।
उपचार
सबभन्दा राम्रो उपचार भनेको लगातार स्तनपान गराउनु नै हो । यस बेला पनि आमाको दूध बच्चाका लागि अझै पनि राम्रो हुन्छ । औषधि र आराम पनि जरुरी हुनाले अन्य कामबाट बिदा लिनुपर्छ । टालिएका नलीहरू र सुजको उपचार थाल्नुपर्छ । दूधको प्रवाह जारी राख्न हातैले निकाल्ने वा तातो बोतलले दूध निकाल्ने तरिका' गर्नुहोस्।
काइपर्नु
स्तनपान गराउँदा बच्चालाई सजिलो गरी समात्दा पनि स्तन हप्ता दिनदेखि दुखिरहेको छ भने तपाईंको बच्चाको मुखमा जमेको | जेसियन भायलेटलाई सफा पानीमा कसरी काइको कारणले दुखेको हुनसक्छ। यसले तपाईंको स्तनमा तिखो मिसाउने 2 चिजले घोचेजस्तो रापिलो पीडा दिन्छ । यस्तो अवस्थामा तपाईंको मुन्टो र नानीको मुखमा सेतो दाग वा रातोपन देखिन सक्छ ।
विशेष अवस्थाका नानीहरूलाई स्तनपान
ज्यादै साना अथवा कम तौल भएका शिशु : शिशुले राम्रोसँग दूध चुस्न सकेन भने दूधलाई हातैले निचोरेर चम्चा वा कपले खुवाउनुपर्छ । बच्चा जन्मनेबित्तिकै देखि यो क्रम सुरु गर्नुपर्छ र आफै चुस्नसक्ने नहुन्जेलसम्म यस्तो गरिरहनुपर्छ । यसो गर्दा स्तनमा अरू बढी दूध उत्पादन हुन्छ । बच्चा जन्मदा उसको वजन १.५ (डेढ) किलो ग्राम (३.५ (साढे तीन) पाउन्ड) भन्दा कम छ भने उसलाई नाकदेखि पेटसम्मको एउटा पाइप राखेर अरू विभिन्न विशेष उपचार गर्नु आवश्यक पर्छ । आमाको दूध त्यो पाइपद्वारा दिइन्छ । यसबारे स्वास्थ्य कार्यकर्तासँग कुरा गर्नुहोस्।
महिना नपुगी जन्मेको बच्चा : बच्चा बच्चालाई धेरै न्यानो चाहिन्छ । उसलाई न्यानो कपडाले बेरेर तपाईंको स्तनसँगै छातीमा राख्नुहोस्। कतिपय ठाउँमा यस तरिकालाई कङ्गारु हेरचाह' पनि भनिन्छ । कपडाभित्र आमा र बच्चाको छालाको स्पर्श हुनुपर्छ र दूध चुसाइरहनु पर्छ। राम्ररी दुध चुस्न नसके हातले निकालेको दूध खुवाउनु पर्छ ।
ओठ र तालु खुँडे भएको बच्चा : यस्ता बच्चाहरूलाई दुध चुस्नका लागि विशेष सहयोग चाहिन्छ । ओठभित्र मात्र धाजा फाटेको छ भने त उसले राम्रैसँग चुस्न सक्छ । (दुध खुवाउँदा ओठ फाटेको ठाउँमा आफ्नो हातको औंला राखिदिनुहोस्। तर तालु नै खुला छ भने दूध खुवाउँदा उसलाई सिधा पारेर राख्नुहोस्। यतिखेर तपाईंलाई विशेष सहयोग चाहिन सक्छ । बच्चाले स्तन च्यापेपछि आमाले हातैले दूध निचोरेर मुखमा झारिदिनुपर्छ ।
कमलपित्त भएको शिशु : कमलपित्त भएको बच्चालाई आमाको दूध र घामको किरण पर्याप्त चाहिन्छ । यो रोग लागेमा कुनै-कुनै बच्चाहरू धेरै निदाउने गर्छन्। धेरै निदाउने बच्चालाई हातैले निकालेको दूध २४ घण्टामा कम्तीमा १० पटक खुवाउनुपर्छ । नागो पारेर बच्चालाई विहान र डुब्नु अघिको घाममा राख्नुपर्छ अथवा धेरै उज्यालो कोठामा राख्नुपर्छ ।
जुम्ल्याहा बच्चा : जुम्ल्याहाहरूमा एउटा चाहिं कमजोर भएर जन्मेको हुनसक्छ । यस्तोमा दुवै बच्चाले आमाको दूध प्रशस्त खान पाउनुपर्छ । जुम्ल्याहा बच्चाको आमाले दुवैलाई पुग्ने प्रशस्त दूध बनाउन सक्छिन्।
बच्चा बिरामी हुँदा
बच्चालाई चम्चा वा कपले कसरी खुवाउने
आमा बिरामी हुँदा
बिरामी आमाले पनि सकेसम्म बच्चालाई अन्य आहाराको सट्टा स्तनपान नै गराउनुपर्छ । आमालाई यदि धेरै ज्वरो र पसिना आएमा दूध कम बन्छ ।
यसो हुनबाट जोगिनका लागि :
बच्चालाई संक्रमणबाट बचाउन स्तन वा बच्चालाई छुनुअगाडि साबुन पानीले राम्रोसँग आफ्नो हात धुनुहोस्।
अामाले औषधि प्रयोग गदा
धेरैजसो औषधिहरू ज्यादै कम मात्रामा मात्र दूधमा जाने हुनाले यिनीहरूले बच्चालाई असर गर्दैनन्। बरु स्तनपान रोकियो भने बच्चालाई नोक्सान हुन्छ । तर कुनै-कुनै औषधिहरूका खराब असर हुन्छन्। यस पुस्तकमा त्यस्ता औषधिहरूका चेतावनीको सङ्केतका साथै सुरक्षित औषधिहरूको सुझाव दिइएको छ । ग
राइरहेको कुरा उनलाई बताउनुहोस्। यसबाट नराम्रो औषधिको प्रयोग गर्नबाट बचिन्छ ।
आमा पुनः गर्भवती हुँदा वा अकों बच्चा जन्मदा बच्चा भएकी आमा गर्भवती भइन् भने पनि उनले स्तनपान गराइरहन सक्छिन् तर यो बेलामा उनले धेरै पोषणयुक्त खाना खानु पर्छ ।
महिलाहरूलाई सूचना मात्र होइन सहयोग पनि चाहिन्छ । महिलाहरूलाई पहिलो ६ महिनासम्म आफ्नो बच्चालाई दूधबाहेक केही पनि दिनुहुन्न भन्ने कुरा गर्न सकिने बताउनुपर्छ । अन्य आहाराहरूले बच्चालाई हानि गर्नसक्छ भन्ने कुरा उनी र उनका परिवारलाई पनि बुझाउनुपर्छ ।
समस्या आउनुभन्दा अगाडि महिलाहरूलाई स्तनपानका लागि सहयोग गर्नुपर्छ । दूध पर्याप्त छ भन्ने कुरा बुझन उनीहरूलाई सहयोग गर्नुपर्छ । सधैं आइपर्ने समस्याका बारेमा आमा-आमाबीच भएको छलफल बढी प्रभावकारी हुन्छ । जसले बढी दूध खुवाएको छ वा जसको बच्चा बढी सप्रेको छ त्यस्ता आमाको नेतृत्वमा दूध खुवाउने आमाहरूको समूह खोल्नुपर्छ ।
स्वास्थ्य केन्द्रलाई स्तनपान गराउने आमाहरूका लागि बढी मित्रवत बनाउने प्रयास गर्नुपर्छ । बच्चा जन्मनेबित्तिकै दूध चुसाउन आमाहरूलाई सहायता गर्नुपर्छ । आमालाई बच्चासँग सुत्न प्रोत्साहित गर्नुपर्छ । आमा बिरामी पर्दा पनि बच्चा साथैमा रहोस्।
तपाईं स्वयं आमा हुनुहुन्छ भने आफ्नो बच्चालाई स्तनपान गराएर कसरी स्तनपान गराउँदै पनि काम गर्न सकिन्छ भनेर सिकाउनुहोस्।
स्वास्थ्य केन्द्रमा कृत्रिम दूधका पोस्टर र अन्य प्रचार सामग्री टाँस्न प्रतिबन्ध लगाउनुहोस् । पाउडर दूध बनाउने कम्पनीका नमुना वा उपहारहरू नलिनुहोस्। र तिनका प्रतिनिधिहरूलाई स्वास्थ्य केन्द्रमा छिनै नदिनुहोस्।
कामदारहरुलाई स्तनपानको महत्वबारे शिक्षा दिनुहोस् । महिलाहरुलाई उनीहरुका नानीलाई स्तनपान गराउने वा दूध निकाल्न सक्ने स्थान उपलव्ध
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका।
Last Modified : 8/5/2020