অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

महिलाहरू किन गर्भपतन गराउँछन् ?

महिलाहरू किन गर्भपतन गराउँछन् ?

कुनै मिहलाले स्वेच्छाले आफ्नो गर्म तुहाउनुलाई गर्भपतन भनिन्छ।स्वेच्छाले गर्भको अन्त्य गर्नुलाई गर्भपतन र गर्भावस्थाको अनिच्छित अन्त्य हुनुलाई गर्भ तुहिनु भन्ने गरिन्छ । यस पुस्तकमा स्वेच्छाले गर्भको अन्त्य गर्ने कुरामा बारेमा छलफल गरिएको छ ।

गर्भपतन गर्ने निर्णय गर्नु महिलाका लागि सुखद् कुरा होइन तापनि निम्न कारणले गर्दा महिलाले गर्भपतन गर्छन् :

  • बच्चाको संख्या पुगिसकेको छ भने
  • बच्चा जन्म उने इच्छा नै छैन भने
  • बलात्कारको कारण गर्भ रहन गएको छ भने
  • गर्भधारण गरिरहनु स्वास्थ्यका लागि खतराजनक छ भने
  • बच्चाको ललन-पालन गर्ने जिम्मेवारी लिने वा सघाउने लोग्ने नै छैन वा भए पनि इच्छुक छैन भने
  • महिलले अफ्नो पढाइ सक्न चाहिन् भने
  • अरु कसैले गर्भपतन गराउने दबाब दिएको छ भने
  • जन्मने बच्चा शारीरिक र मानसिक रूपमा विकलाङ्ग हुने सम्भावना भएमा ।

सुरक्षित तथा असुरक्षित गर्भपतन

सुरिक्षत तरिकाले गरिने गर्भपतनबाट हुने खतरा सामान्य रूपमा सुत्केरी हुने बेलोको खतरा भन्दा पनि कम हुन्छ ।

निम्न लिखित किसिमबाट गरिएको गर्भपतन निकै सुरक्षित हुन्छ :

  • तालिम प्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीबाट गराइएको छ भने
  • उपयुक्त औजार र साधनको प्रयोग गरिएको छ भने
  • सफासँग गरिएको छ भने, (जसले गर्दा योनी तथा पाठेघरमा संक्रणम गर्ने जीवाणुको प्रवेश हुँदैन)
  • गर्भरहेका तीन महिनाभित्र (१२ हप्ता) गर्भपतन गराइएको छ भने ।

गर्भरहेका तीन महिनाभित्र (१२ हप्ता) गर्भपतन गराइएको छ भने ।

  • ज्ञान र सीप नभएको व्यक्तिबाट गराएमा
  • उपयुक्त औषधि र औजारको प्रयोग नगरी अरू नै गलत वस्तुको पृयोग गरेमा
  • फोहर ठाउँमा फोहोर तरिकाले गर्भपतन गराएमा,
  • तीन महिनाको गर्भपतन सुविधायुक्त अस्पतालमा नगराई अन्यत्र गई गर्भपतन गराएमा ।

असुरक्षित गर्भपतनका कारणबाट हुने मृत्यु

संसारभरि एक वर्षमा करिब साढे पाँच करोडगर्भपतन गराइने अनुमान गरिएको छ । गैरकानुनी किसिमले गर्भपतन गराउँदा धेरै महिलाहरू मर्न सक्छन्, मृत्यु भएन भने पनि संक्रमण हुने, पीडा भइरहने तथा बाँझोपन हुनेजस्ता समस्या आइलाग्ने सम्भावना रहन्छ ।

अनिच्छित रूपमा गर्भ रहन गएमा जुनसुकै उपाय अपनाएर भए पनि गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने महिलालाई लागेको हुन्छ । जुनसुकै तरिकाले भए पनि गर्भ पतन गराउँछु भनी तल दिइएका तरिका अपनाउनु हुँदैन । यी एकदमै खतराजनक हुन्छन्।

  • कुनै पनि किसिमका धारिला वा तिखा वस्तु, जस्तै, लठ्ठी, तार, प्लास्टिक टद्युब आदि योनी तथा पाठेघरमा पसाउनु हुँदैन । पसाइयो भने पाठेघर छेडिएर अत्यधिक रगत बग्ने, संक्रमण हुनेजस्ता समस्या आइपर्न सक्छन्।
  • कुनै पनि किसिमको जडिबुटी वा बिरुवा योनी वा पाठेघरमा पसाउनु हुँदैन । यसो गर्दा पोल्ने, घाउ हुने, संक्रमण हुने, रगत बग्ने जस्ता समस्या आउन सक्छन्।
  • कुनै पनि किसिमका रंगाउने, सफा गर्ने वस्तु साबुन, खरानी, मट्टीतेलजस्ता वस्तु योनी वा पाठेघरमा राख्नु वा खानु हुँदैन ।
  • कुनै पनि किसिमका आधुनिक वा परम्परागत औषधि धेरै मात्रामा सेवन गर्नु हुँदैन वा योनीमा लगाउनु र राख्नु हुँदैन । जस्तै, औलोको औषधि क्लोरोक्विन, बच्चा जन्मेपछि हुने अत्यधिक रक्तस्राव रोक्न प्रयोग गरिने अर्गोमेट्रिन, अक्सिटोसिनजस्ता औषधिले गर्भ खसाउनुअघि नै आमाको मृत्यु गराउन सक्छ
  • पेटमा आफैले वा अरूले हान्ने, आफैं भयाङबाट लड्नेजस्ता कार्य गर्नु हुँदैन । गरियो भने गर्भपतन हुनुको सट्टा आन्तरिक चोट लाग्ने, रक्तस्राव हुनेजस्ता नराम्रा परिणाम भोग्नुपर्ने हुन सक्छ ।

सुरक्षित गर्भपतनमा पहुँच ?

नचाहँदा-नचाहँदै पनि गर्भ रहन गएमा गर्भपतन गर्ने कानुनी अधिकार र सुविधा प्रत्येक महिलाले पाउनुपर्छ तर विश्वका विभिन्न मुलुकमा गर्भपतनसम्बन्धी कानुनी प्रावधानहरू फरक-फरक छन्।

कानुनी रूपमा गर्भपतनलाई मान्यता दिइएमा : त्यस्ता मुलुकका महिलाले अस्पताल, स्वास्थ्य केन्द्र, प्राइभेट अस्पतालजस्ता स्वास्थ्य संस्थाहरूमा गएर नियमानुसारको दस्तुर तिरेर गर्भपतन गराउन सक्छन्। यस्तो अवस्थाको गर्भपतनबाट जटिलता तथा मृत्यु हुने सम्भावना कम हुन्छ ।

गर्भपतनलाई केही रूपमा मात्र कानुनी मान्यता प्राप्त भएमा : कुनै-कुनै मुलुकमा खास-खास अवस्थामा गर्भपतन गराउने कुरालाई कानुनी मानिन्छ, जस्तै :

  • बलात्कार वा हाडनाता करणीको कारणले गर्भ रहन गएमा
  • आमाको स्वास्थ्यका लागि गर्भ खतराजनक छ भनी डाक्टरले भनेमा

गर्भपतन गराउन पाइने सीमित प्रावधान भए पनि यो सुविधा उपयोग गर्न सजिलो छैन । धेरैजसो चिकित्सकहरूलाई कानुनी प्रावधानबारे थाहा हुँदैन । त्यसैले गर्भपतन गराउन डाक्टरहरूले आनाकानी गर्छन् र धेरै पैसा लिएर महिलाले गर्भपतनपछिको अनौपचारिक रूपमा गर्भपतन गराउँछन्। अनि गर्भपतन गराउनुपर्ने महिला उपचार सुविधा स्वास्थ्य संस्थाबाट पाउनुपर्छ । आफैलाई पनि कस्तो अवस्थामा गर्भपतन कानुनी रूपमा गराउन सकिन्छ भनी थाहा नै हुँदैन ।

गर्भपतन पूर्ण रूपमा अवैधानिक भएमा : यस किसिमको कानुनी व्यवस्था भएको देशमा कुनै पनि अवस्थामा गर्भपतन गराउने कार्य भएको छ भने चिकित्सक तथा पीडित दुवैलाई सजायं हुन्छ तर व्यवहारमा भने पीडित महिलाहरुलाई मात्रै सजाय भएको पाइन्छ । गर्भपतनका कारण धेरै महिलाहरूको मृत्यु भने हुने गर्दछ। यस्तो बेलामा महिलाको स्वास्थ्यका लागि खर्च गरिने पैसा असुरक्षित गर्भपतनको उपचारमा खर्च हुन्छ।

गर्भपतन पूर्णतः अवैध छ भने पनि कुनै न कुनै रूपमा यो भैरहेको पाइन्छ । तसर्थ गर्भपतनलाई वैध बनाउने दीर्घकालीन प्रयास गर्दै जानु त पर्छ नै तत्कालको समस्या टार्न सुरक्षित गर्भपतन कहाँ, कसरी गर्न सकिन्छ भन्ने कुराको खोजी गर्नुपर्छ । सुरक्षित गर्भपतन गराउनु भनेको मृत्युबाट जोगिनु हो ।

सुरक्षित गर्भपतनका अन्य बाधाहरू

गर्भपतन वैध वा अवैध जे भए पनि महँगो भएमा, सुविधा लिन टाढा जानुपरेमा, कानुन अस्पष्ट भएमा वा कागजी प्रक्रिया जटिल भएमा सुरक्षित गर्भपतनको सेवा उपलब्ध हुन सक्दैन । यस्तो अवस्थामा गरिब तथा स्वास्थ्य सेवाका बारेमा नजानेका महिलाहरूले सुरक्षित गर्भपतनको सेवा लिन सक्दैनन्। दुर्भाग्यवश हाम्रो देशमा डाक्टरको चर्को शुल्क तिर्न सक्ने महिलाले मात्र सुरक्षित रूपमा गर्भपतन गराउन सक्छन्।

गर्भपतनका बारेमा निर्णय

गर्भपतन गराउने निर्णय सुरक्षित रूपमा गर्भपतन गराउने सुविधा उपलब्ध हुनसक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्दछ । साथै बच्चा जन्माउँदा या गर्भपतन गराउँदा आफ्नो जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई ख्याल राखेर पनि यस्तो निर्णय लिनुपर्छ ।

माथिका कुरामा विचार पुयाउन निम्न प्रश्नहरूको उत्तर आफैले नै खोज्नुपर्ने हुन्छ

  • बच्चाको लालन-पालन गर्न सक्छु ।
  • गर्भावस्थाले स्वास्थ्यमा नराम्रो असर पारेको
  • यौनप्रसारित संक्रमण वा एचआइभी भएको त छैन ? (यसबारे जान्न यौनप्रसारित संक्रमण नामक अध्याय हेर्नुहोस्) । संक्रमण छ भने गर्भपतन गराउनुअघि नै उपचार गराउनुपर्छ ।
  • गर्भपतन गर्दा के-के जटिलताहरू आउन सक्दछन् ? (यसबारे पृष्ठ नं. २५१ देखि २५८ मा हेर्नुहोस् । एचआइभी वा एड्स छ भने असुरक्षित गर्भपतनका खतराहरु बढ्ने सम्भावना हुन्छ ।
  • गर्भपतन गर्दा जटिलता आइलागेमा कहाँ जानुपर्छ र त्यहाँ कसरी उपचार गराउन पाइन्छ ?

यसपछिका पृष्ठहरूमा गर्भपतनका सुरक्षात्मक उपायहरू के हुन् भन्नेबारे जानकारी दिइएको छ । तपाईंका ठाउँमा यस किसिमका सुविधा पाउन सक्नु हुन्छ

गर्भपतनका सुरक्षित उपायहरू

तालिम प्राप्त र अनुभवी स्वास्थ्य कार्यकर्ताले निम्न उपाय अपनाएर गर्भपतन गराउन सक्छन् :

यो तरिका अपनाएर गरिने गर्भपतनका लागि योनी तथा पाठेघरको मुखतर्फबाट एक नली (क्यानुला) पाठेघरमा पठाइन्छ र यसैबाट भ्रूणलाई तानेर बाहिर निकालिन्छ । यसो गर्दा महिलालाई बेहोस् पार्नु पर्दैन तर कहिलेकाहीं नदुख्ने सुई दिनुपर्ने हुनसक्छ । तान्ने प्रविधि अपनाएर गर्भपतन गराउँदा भ्रूणलाई सिरिन्जद्वारा तानिन्छ वा मेसिनद्वारा तानिन्छ ।

यस विधिद्वारा गर्भपतन गराउनु अत्यन्त सजिलो र सुरक्षित पनि छ र गर्भपतन गराउँदा ५ देखि १० मिनेट मात्र लाग्छ । यो क्लिनिक, हेल्थपोस्ट वा अस्पतालमा गर्न सकिन्छ । यो तरिकाबाट तीन महिनासम्मको गर्भपतन गराउनु सुरक्षित हुन्छ । तीन महिनापछि भने यदि महिला गम्भीर खतरामा छिन् वा अरु कुनै सहयोगी तरिकाहरु छैनन् भनेमात्र यो तरिका अपनाउनु पर्छ । यो तरिका खुर्केर सफा गर्ने तरिकाभन्दा कम खतरा हुन्छ ।

महिलाको महिनावारी ढिलो भएमा त्यसलाई नियमित गराउन पनि यो तरिका अपनाउन सकिन्छ किनकि धेरैजसो महिलाहरू महिनावारी रोकिएको बेला आफू गर्भवती भए/नभएको थाहा पाउँदैनन्। यस्तो बेलामा गरिने प्रक्रियालाई

महिलाको महिनावारी ढिलो भएमा त्यसलाई नियमित गराउन पनि यो तरिका अपनाउन सकिन्छ किनकि धेरैजसो महिलाहरू महिनावारी रोकिएको बेला आफू गर्भवती भए/नभएको थाहा पाउँदैनन्। यस्तो बेलामा गरिने प्रक्रियालाई महिनावारी नियमित(Menstrual regulation)

(Curette)

यो तरिका अपनाउँदा चम्चाजस्तो क्युरेटर भन्ने औजार पाठेघरभित्र पठाएर भ्रूणलाई निकालिन्छ । क्युरेटर क्यानुलाभन्दा ठूलो र तिखो हुने हुँदा पाठेघरको मुख ठूलो पार्नुपर्छ । यसरी ठूलो पार्दा दुख्न सक्छ, त्यसैले नदुख्ने उपाय गर्नुपर्छ । यो उपाय अपनाएर गर्भपतन गराउँदा अलि बढी समय (१५-२० मिनेट) लाग्छ । खर्च पनि बढी लाग्ने हुन्छ ।

औषधि प्रयोग गरेर

हाल स्वास्थ्यकर्मी तथा चिकित्सकले औषधि प्रयोग गरेर पनि गर्भपतन गराउँछन्। यसलाई औषधिजन्य गर्भपतन भनिन्छ । यी औषधिहरूले पाठेघरलाई खुम्च्याउने हुँदा भ्रूणलाई निचोरेर बाहिर निकाल्न मद्दत गर्छ । यी औषधिहरूमध्ये कुनै सिंगै निल्नु पर्ने वा कुनै मुखमा पगालेर निल्नु पर्ने हुन्छ । उपयुक्त औषधिको प्रयोग गरिएमा औषधिजन्य गर्भपतन धेरै प्रभाकारी र सुरक्षित छ । यस विधिमा पाठेघरभित्र कुनै कुरा पसाएर गर्भपतन गराउनु नपर्ने भएकाले असुरक्षित गर्भपतन गराउँदा हुने संक्रमणको खतरा कम हुन्छ । यसकारण औषधि प्रयोग गरेर गर्भपतन गराउने विधिको प्रचलन बढ्दै गइरहेछ ।

  • आफूले प्रयोग गर्न लागेको औषधिको नाम र ठीक मात्रा । राम्रोसँग थाहा नपाएको प्रयोग गर्नु हुँदैन । गर्भपतनका लागि के यो सुरक्षित छ ? यसबारे स्वास्थ्यकर्मीसँग राम्ररी छलफल गरी ढुक्क हुनुपर्छ ।
  • गर्भपतनका लागि प्रयोग गरिने औषधिहरु गर्भ रहेको ९ हप्ता (६३) जटिलाताहरुको तत्काल दिनसम्म ज्यादै प्रभावकारी छन् । दिन गन्ति गर्दा अघिल्लो पटकको व्यवस्थापन गर्न सहयोग पुग्छ । महिनावारी भएको पहलोि दिनदेखि गन्नुहोस् । गर्भपतनका लागि प्रोग गरिने औषधिहरु १२ हप्ताका लागि प्रयोग गर्न सकिने भएपनि ९ हप्तापछि भने कम प्रभावकारी हुनसक्छन् र अलिक बढी अनावश्यक असरहरु गर्न सक्छन्, जस्तै अत्याधिक रक्तस्राव, तल्लो पेट करक्क बटारिई दुख्नु वा वाकवाकी लाग्नु ।

गर्भपतनका लागि प्रयोग गरिने केही औषधिहरू

मिफेप्रिस्टोन (Mifepristone) : यो औषधि गर्भपतन वैध भएका मुलुकहरुमा उपलव्ध छन्। यो चक्कीको बनावटमा हुन्छ र निल्ने हो ।

मिसोप्रोस्टोल (Misoprostol): पेटमा हुने अल्सरको उपच रम प्रयोग रन्छ । यो धेरै देशहरुमा उपलव्ध छ । गर्भपतनका लाि मात्रै प्रयोग यसको प्रयोग गरिन्छ । यो औषधि मात्र प्रयोग गर्दा कम गरिने चलन भएपनि मिफेप्रिस्टोनसँग दिइयो भने ज्यादै प्रभावकारी हुन्छ । प्रभाव गर्नुका साथै धेरै अनावश्यक असरहरु हुन्छन्, खासगरी ९ हप्ता पछिको गरिएको गर्भपतनमा ।

औषधि(हरु) खाएपछि के हुन्छ ?

मिफेप्रिस्टोन र मिसोप्रोस्टोल सगै खाएमा : गर्भ ४ देखि ६ घण्टामा बाहिर निकाली सक्छ । मिफेप्रिस्टोन खाएको ३० मिनट पछि पीडादायी (कहिलेकाँही अति नै) तल्लो पेट बटारिने हुन्छ वा धेरै नै रगतका फाल्सा निस्कन थाल्छ ।मिसोप्रोस्टोल खाएको ४ देखि ६ घण्टमामा रक्तस्राव धेरै हुन्छ । रक्तस्राव रोकिन दुई हप्ता लाग्छ तर एक हप्तादेखी कम हुन्छ ।

साधारणतया २ दिन (४८ घण्टा) पछि गर्भ रहेका चिह्नहरु (पृष्ठ ६७ हेर्नुहोस्) हराउँछन्। हराएनन् जस्तो लागेमा स्वास्थ्य चकी वा अस्पतालमा जानुपर्छ । यदि यसपछि पनि बच्चा पाइयो भने बच्चा जन्मखोट हुने अलिकति सम्भावना हन्छ ।

औषधिजन्य गर्भपतनपछिका खतराजनक चिह्नहरु

  • अत्याधिक रक्तस्राव भएमा तुरुन्तै अस्पताल जाने ।
  • मसोप्रोस्टोल औषधिको अन्तिम मात्रा खाएको एक दिनपछि ज्वरो आउनुको कारण संक्रमण (औषधिजन्य गर्भपतनको कारणले कहिंलेकाँही मात्र हुन्छ) को चिह्न हो । यस्तो भए तालिमप्राप्त स्वास्थ्यकर्मीलाई देखाउनु होस् ।

के गरेमा गर्भपतन सुरक्षित हुन्छ ?

कसरी र कहाँ गराएको गर्भपतन सुरक्षित हुन्छ भनी सजिलैसँग भन्न सकिँदैन । यसका लागि जहाँ गर्भपतन गराइन्छ, त्यसै ठाउँमा जानुपर्छ र त्यहाँबाट तलका प्रश्नहरूको उत्तर पाउने प्रयास गर्नुपर्छ ।

पहिले पनि यहाँ गर्भपतन गराउँदा कुनै महिला झन् बढी विरामी भएकी थिइन् वा उनी मरेकी थिइन् कि ? यदि यस्तो हो भने अन्यत्र जानु वेस हुन्छ ।

कसले गर्भपतन गराउँछ ? के ऊ तालिमप्राप्त छ ? गर्भपतन त डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक जसले पनि गराउन सक्छन् तर ऊ राम्रोसँग तालिम प्राप्त छैन वा कुनै जटिलता (Complication) आइपरेमा सुल्झाउन सक्दैन भने उसले गराएको गर्भपतन असुरक्षित हुनसक्छ ।

के गर्भपतन गराउने कोठा सफासुग्घर छ ? यदि छैन भने खतरा हुन्छ ।

के गर्भपतन गराउने व्यक्तिलाई हात धुने पानीको व्यवस्था छ ? यदि छैन भने उसले राम्रोसँग हात नधोई नै गर्भपतन गराउन खोज्छ, त्यसो गर्दा संक्रमणको सम्भावना हुन्छ ।

गर्भपतनका लागि प्रयोगमा ल्याइने औजार, उपकरण यसै भागको पृष्ठ २४४ मा उल्लेख गरिएका खालका छन् छैनन् भने असुरक्षित हुन्छ ।

उपकरणलाई प्रयोग गर्नुअघि कुन किसिमले किटाणुरहित पारिन्छ ? किटाणु मार्ने रसायनमा नडुबाई वा राम्रोसँग नउमाली उपकरणलाई प्रयोग गरिएको छ भने संक्रमण हुनसक्छ ।

कुनै जटिलता आइपरेमा त्यसको उपचारका लागि के गर्ने व्यवस्था छ ? यदि जटिलता आइपरेमा सुविधायुक्त अस्पताल पुयाउने व्यवस्था वा सुविधा छ भने त्यसलाई सुरक्षित मान्न सकिन्छ ।

के स्वास्थ्य केन्द्रले गर्भपतन गराउने अतिरिक्त अरू सेवा पनि दिने गरेको छ ? यदि परिवार नियोजन, यौन प्रसारित संक्रमणहरूको उपचार र एचआइभीको रोकथाम गर्छ भने त्यो स्वास्थ्य केन्द्र बढी सुरक्षित मानिन्छ ।

कतिको खर्चालु छ ? यदि अत्यन्त खर्चालु तरिका अपनाएर गर्भपतन गराइन्छ भने स्वास्थ्यकर्मीको ध्यान तपाईंको स्वास्थ्यमा भन्दा पैसामा बढी छ भन्ने बझिन्छ ।

सुरक्षित गर्भपतन गराउँदा के हुनुपर्छ ?

गर्भपतनका विभिन्न उपायहरूमध्ये तानेर गरिने गर्भपतन क्लिनिक वा अस्पतालमा गराउन सकिन्छ भने खुर्केर गराइने (Dilatation and curette) गर्भपतन अस्पतालमा गराउनुपर्छ । औषधि प्रयोग गर्ने हो भने तानेर वा खुर्केर गर्भपतन गराउन सक्ने सुविधा भएको ठाउँ पनि हुनुपर्छ अन्यथा गराउनु हुँदैन किनकि ती कहिलेकहीं औषधी प्रयोग गरेपछि पनि विशेष उपायहरू अपनाउनुपर्ने अवस्था आउनसक्छ । गर्भपतनका विभिन्न उपायहरूबारे जान्न पृष्ठ नं. २४४

  • गर्भपतन गराउने प्राविधिक (व्यक्ति) ले पछिल्लो पटकको महिनावारी कहिले भएको थियो साथै कुनै संक्रामक यौनरोग छ/छैन भनी नसोधेमा ।
  • स्वास्थ्यकर्मीले परीक्षणका सन्दर्भमा पेटमा भ्रूणको आकार थाहा पाउन पेट तथा योनी परीक्षण नगरेमा ।
  • मेसिनले तान्ने वा खुर्कने जुनसुकै तरिका अपनाए पनि गर्भपतन गर्दा पहिले एकदम दुख्छ तर एकछिनपछि नै दुखाइ कम नभएमा ।
  • गर्भपतनको कार्य सकिएपछि गुप्ताङ्ग राम्ररी सफा गरिएको छैन भने साथै कुनै समस्या आइपर्छ कि भनी हेर्न एक घण्टा त्यहीं आराम गर्न नलगाएमा ।

यसका अतिरिक्त परिवार नियोजनको कुन तरिका अपनाउनु उपयुक्त हुने हो भन्नेबारे तपाईंलाई बताइनुपर्छ र तपाईंले पनि लगत्तैदेखि यसको पालना गर्नुपर्छ । साथै १-२ हप्तापछि तपाईं आफ्नो स्वास्थ्य परीक्षण गराउन स्वास्थ्य केन्द्र वा अस्पताल जानुपर्ने हुन्छ ।

सुरक्षित गर्भपतन गराउँदा के हुनुपर्छ ?

गर्भपतन गराइसकेपछि गर्भवती हुँदा देखिने चिह्नहरू जस्तै वाकवाकी सुरक्षित गर्भपतन लाग्ने, स्तनमा असजिलो महसुस हुनेजस्ता कुराहरू एक-दुई दिनभित्र हट्छन्। क्षत गा यदि हराएन भने गर्भ राम्रोसँग नखसेको हुनसक्छ । यस्तो हुनु खतराजनक कुरा हो । तसर्थ, तुरुन्त सिपालु स्वास्थ्यकर्मी कहाँ जानुपर्छ ।

गर्भपतन गराइसकेपछि थाकेको जस्तो तथा पेट दुखेको महसुस हुनसक्छ । हुनुपर्छ ? साथै करिब दुई हप्तासम्म रगत बगिरहने हुन पनि सक्छ तर दोस्रो दिनदेखि बगेको रगत महिनावारी हुँदा सामान्यतया बग्ने भन्दा बढी हुँदैन । ४–६ महिना पुगिसकेको गर्भको पतन गराएको हो भने रगत धेरै दिनसम्म बग्न सक्छ ।

    गर्भपतनपछि आफ्नो स्याहार कसरी गर्ने ?

  • कुनै संक्रमण नहोस् भनी गर्भपतन गराएकै दिनदेखि १ सय लिन्पर्छ ।मिलिग्रामको डोक्सिसाइक्लिन (Doxycycline) औषधि दिनमा दुईपटक पाँच दिनसम्म खानुपर्छ । यदि दूध चुसाउने आमाले यो खानु हुँदैन त्यसको सट्टा ५ सय मिलिग्राम एमोक्सिसिलिन (Amoxicillin) औषधि दिनमा तीन पटकका दरले पाँच दिनसम्म खानुपर्छ ।
  • रगत बग्न बन्द भएको दुई दिनसम्म यौन सम्पर्क गर्नु हुँदैन साथै अन्य कुनै कुरा पनि योनीभित्र राख्नु हुँदैन।
  • यदि पेट दुख्ने, सूल हुनेजस्ता समस्या देखापरेमा आराम गर्नुपर्छ साथै तातोपानीको बोतलले पेट सेकाउनुपर्छ । साथै प्यारासिटामोल वा आइबुप्रोफेनजस्ता औषधि खानुपर्छ ।
  • दुखाइ तथा रगत बग्न रोक्न पेटको तल्लो भाग मालिस गर्नु फाइदाजनक हुन्छ । यसो गर्दा पाठेघर खुम्चिन्छ र रगत बग्न कम हुन्छ ।
  • झोल कुरा प्रशस्त पिएमा चाँडो तङ्ग्रइन्छ ।
  • सामान्य अवस्थामा फर्केको महसुस भएपछि नियमित कामकाज गर्नु हुन्छ । प्रायः एक दुई दिनभित्र नै सामान्य अवस्थामा फर्केको महसुस गर्नुहुन्छ ।

केही खतरनाक चिह्नहरू

यदि तलका कुनै पनि चिह्न देखिएमा डाक्टरसँग सम्पर्क राख्नुपर्छ :

  • योनीबाट धेरै रगत बगेमा (हेर्नुहोस्। पेज २५१)
  • ज्वरो आएमा (हेर्नुहोस् संक्रमण पेज २५५)
  • बेस्सरी पेट दुखेमा (हेर्नुहोस्, आन्तरिक चोट पेज नं. २५८ र संक्रमण पेज २५५)
  • मूछ परेमा तथा होस हराउने भएमा २५४
  • योनीबाट नराम्रो गन्ध भएको पानी बगेमा (संक्रमण पेज २५५)

गर्भपतनका जटिलताहरू

गर्भपतन गराएकी महिलालाई कुनै पनि खतराका लक्षणहरू (पृष्ठ २४९ गर्भपतनका हेर्नुहोस्) देखापरेमा तुरुन्त चिकित्सकको सहयोगको आवश्यकता पर्छ । त्यसैले उनलाई आवश्यक सेवा उपलब्ध पर्नसक्ने हुन्छ । उनलाई तुरुन्तै स्वास्थ्य केन्द्र जटिलताहरू वा अस्पतालमा पुयाइनुपर्छ । यस्तो अवस्थामा उनको पाठेघरमा रहेका कुरालाई तान्ने वा खुर्किने प्रविधि प्रयोग गरेर सफा गर्नुपर्ने हुन्छ । यस पाठको यसपछिका पृष्ठहरूमा चिकित्सकको सेवा उपलब्ध हुन नसक्दा के गर्नु वेस हुन्छ भनी जानकारी दिन खोजिएको छ ।

योनीबाट धेरै रगत बगेमा

गर्भपतनपछि देखापर्न सक्ने एक प्रमुख समस्या हो- यदि गर्भपतनपछि कनै समस्या अत्यधिक रूपमा रगत बग्नु । यसरी वा समस्याका लक्षण देखिएमा अडेकर रहनु हो । पाठेघर बन्द हुनका लागि गरिहाल्नपर्छ आफै खुम्चन सक्दैन र रक्तस्राव हुँदैन । । ढिलो गर्नु भइरहन्छ । यस्ता अवस्थालाइ अपूण गर्भपतन भनिन्छ । यदि गर्भका टुक्रहरु निकालेमा रगत बग्न रोकिन्छ । कहिलेकहीं पाठेघरको मुख च्यातिएर घाउ भएमा पनि रगत बग्ने समस्या देखापर्छ, यस्तो भएमा च्यातिएको घाउ सिलाएर उपचार गर्नुपर्ने हुन्छ।

यदि लगाएको प्याड वा अन्य कपडालाई आधा घण्टाभित्र एकै पटक रगतले ल्याफ्राक्कै भिजायो भने धेरै रगत बगेको मान्नुपर्छ । थोरै मात्रामा तर निरन्तर रूपमा लामो समयसम्म रगत बगेमा पनि खतरा नै मान्नुपर्छ । यसो भएमा महिलाको शरीरबाट ज्यानलाई नै खतरा हुने गरी धेरै रगत बग्दछ । यदि चिकित्सकको सहयोग तुरुन्त उपलब्ध हुन सकेन भने रगत बग्न रोक्ने उपाय गरिहाल्नुपर्छ ।

रगत रोक्नका लागि

यदि महिलाको धेरै रगत बगिरहेको छ भने रोक्ने उपायका रूपमा पाठेघरलाई खुम्च्याउनुपर्छ । सोका लागि पेटमा मालिस गर्नुहोस्

भ्रूणका टुक्रा राम्रोसँग निखेको छैन भने दसा गर्दा वा बच्चा पाउँदाझै गरेर कन्ने गरेमा पनि निस्कन सक्छ । यसो गर्दा रगत बग्न कम भए पनि सकेसम्म चाँडो चिकित्सकसँग सम्पर्क राख्नुपर्छ कनकि पाठेघर पुन: राम्रोसँग सफा गर्नुपर्ने हुन्छ ।

धेरै रगत बगेमा आवश्यक पर्ने आपतकालीन सहयोग

स्वास्थ्यकर्मी वा अन्य तालिम प्राप्त व्यक्तिले अत्यधिक रगत बग्दा सो रोक्नका लागि निम्नलिखित काम गर्नुपर्ने हुन्छ ।

बेसनै नहुने कुरा : यतिखेर पाठेघरको मुख खुलेको हुने हुँदा कुनै पनि वस्तु योनीभित्र राख्नु खतराजनक हुन्छ किनकि यसले संक्रमण गराउन सक्छ । ज्यान नै खतरामा पर्नसक्ने गरेर रगत बगेको छ भने मात्र यसो गर्नुपर्छ । कति रगत बरोमा ज्यानलाई नै खतरा हुन्छ भनी थाहा पाउन यो भन्दाअघिको पृष्ठ हेर्नुहोस् ।

  • आफ्नो हात र महिलाको यौनाङ्गको बाहिरी भाग साबुन पानीले धुनुहोस्।
  • यसो गर्नुअघि महिलालाई उत्तानो o परेर सुत्न र खुट्टा फट्टाउन लगाउनुहोस्।
  • यदि तपाईसँग स्पेकुलम (Speculum) भन्ने औजार छ भने देखिएमा फोरसेप (forcep) वा अरू त्यस्तै औजारले त्यसलाई हटाउनुपर्छ ।
  • यदि स्पेकुलम (Speculum) छैन भने बिस्तारै पहिले एउटा अनि पछि दुई वटा औंला योनीभित्र छिराउनुहोस्।
  • औलाले पाठेघरको मुख छाम्नुहोस्। पाठेघरको मुख यसको वरिपरिको भागभन्दा अलि नरम र चिप्लो हुन्छ । हेर्दाखेरि यस चित्रमा देखाएजस्तै र यत्रै आकारको हुन्छ ।
  • औंलालाई पाठेघरको मुखभित्र बिस्तारै घुमाउनुहोस् र छाम्नुहोस्। यी टुक्राहरू छाम्दा डल्लाजस्तै लाग्छन्। तिनीहरूलाई बिस्तारै निकाल्नुहोस्। यो चिप्लो भएको कारणले निकाल्न नसकिएमा औंलामा किटाणुरहित कपडा बाँधेर निकाल्ने कोसिस गर्नुपर्छ ।
  • यसरी पाठेघरमा रहेका टुक्राहरू निकालिसकेपछि पुनः दुईवटा औंला भित्र राख्ने र अर्को हातले तल्लो पेटलाई बाहिरपट्टि माड ने गनं पर्छ । यसले गदाँ रगत बग्न रोकिन जान्छ । याद हातका बीचमा हुनुपर्छ ।
  • त्यसपछि महिलालाई इगोमेट्रिन (०.२ मिलिग्राम) को सुई दिनुपर्छ । यो सुई नितम्ब वा साँप्रामा दिनुपर्छ । त्यसपछि इगॉमेट्रिनको ०.२ मिलिग्रामको चक्की वा ०.१ मिलिग्रामको सुई प्रत्येक ४ घण्टाको दरमा २४ घण्टासम्म दिँदै रहनुपर्छ ।
  • बिरामी महिलालाई संक्रमणबाट जोगाउन एन्टिबायोटिक्स औषधि पनि दिनुपर्छ (हेर्नुहोस् पृष्ठ २५५) किनकि यसबेला किटाणुको संक्रमण हुने सम्भावना अत्यन्तै धेरै हुन्छ ।
  • यसबेला महिला जागा छिन् भने उनलाई झोल कुरा पियाइरहनुपर्छ । बेहोस छिन् भने पछाडिको पृष्ठमा उल्लेख भएझै गर्नुपर्छ ।
  • यति गरिसकेपछि पनि बिरामीलाई अस्पताल लानुपर्छ । रगत रोकिए पनि अझै राम्रोसँग पाठेघर सफा गर्नुपर्छ । अझै पनि रगत बग्दैछ भने तल्लो पेट माड्दै नै गर्नुपर्छ ।

यदि कुनै स्वास्थ्यकर्मीको सेवा पाउन सक्नुभएन भने

यदि गर्भपतन गराइसकेपछि रगत बगिरहेको छ र तपाईले पेज २५१ मा भनेजस्तै रगत रोक्ने उपाय गरिसक्नुभएको छ भने आफैले भए पनि पाठेघरको मुखमा टाँसिएका कुरा बाहिर निकाल्नुपर्छ । यसो गर्नुपर्दा पहिले हात र यौनाङ्गको बाहिरी भाग साबुनपानीले सफा गर्नुपर्छ । अनि बसेर बच्चा जन्माउने बेलामा वा दिसा बस्ताझै कन्नुपर्छ । अनि माथि बुँदा नं. ६ र ७ मा उल्लेख भएझै गर्नुपर्छ । अनि पेट माड्नुपर्छ । यति गरिसकेपछि पनि अनुभवी डाक्टरको सहयोग भने आवश्यक पर्छ ।

क्षोभ

क्षोभ (Shock) भनेको धेरै रगत बगेका कारण ज्यानलाई नै खतरा हुने अवस्था हो । बाहिर रगत बगेको नदेखिने गरी भित्री रक्तस्रावको कारणले पनि क्षोभको अवस्था देखापर्न सक्छ ।

लक्षणहरू :

  • यस अवस्थामा नाडी छिटो छिटो चल्छ । नाडी प्रति मिनेट १ सय १० पटकभन्दा पनि बढी चल्छ ।
  • छाला फुस्रो हुनुका साथै चिसो चिटचिट पसिना आउँछ ।
  • आँखाको भित्री भागका साथै मुख तथा हत्केला पनि फुस्रो (रक्तबिहीन) देखिन्छ ।
  • सास बढ्छ, यो प्रतिमिनेट ३० पटकभन्दा बढी पुग्छ ।
  • भ्रम हुने वा बेहोस हुने हुन्छ ।

बिरामी होसमै रहेको भए निम्नअनुसार उपचार गर्नुपर्छ :

  • बिरामीलाई कम्बल वा अरू कपडा ओढाउनुपर्छ ।
  • पिउन सक्ने अवस्थामा बिरामी भएमा पानी वा झोलिलो कुरा पियाउनु पर्छ ।
  • शान्तसँग बसाउनुपर्छ ।
  • यदि जान्नुहुन्छ भने बिरामीलाई रगतको नसामा सलाइन दिनुपर्छ । जान्ने मान्छे कोही नभए गुदद्वारबाट भए पनि तरल पदार्थ दिनुपर्छ ।

बिरामी होसमै रहेको भए निम्नअनुसार उपचार गर्नुपर्छ :

  • बिरामीलाई खुट्टाभन्दा शिर तलतिर पारी कोल्टो पारेर सुताउनुपर्छ।
  • यदि सास फेर्न कठिन परेको छ भन्ने लागेमा बिरामीलाई जिब्रो औंलाले अगाडितिर ल्याइदिएर सास फेर्न सजिलो पार्नुपर्छ।
  • बान्ता भएमा तुरुन्तै मुख सफा गरिदिनुपर्छ अनि शिर पनि एकातिर कोल्टो पारेको नै हुनुपर्छ। यसो गर्दा फोक्सोतिर कुनै अवाञ्छित कुरा जान पाउँदैन ।
  • बिरामी होसमा आएर केही खान सक्ने नहुँदासम्म मुखबाट केही दिनु हुँदैन ।
  • यदि जान्ने मान्छे कोही छ भने नसामा सिधा सलाइन दिनुपर्छ। जान्ने मान्छे कोही नभए मलद्वारबाट राखिने ल्फुड दिनुपर्छ।

स्वास्थ्यकर्मी आउला र उपचार गराउँला भनेर पर्खनु हुँदैन । बिरामीलाई अस्पताल लगिहाल्नुपर्छ । उनलाई तत्कालै उपचारको आवश्यकता पर्छ।

संक्रमण

गर्भ पतन गराउँदा संक्रमण भएमा त्यो निकै खतरापूर्ण पनि हुनसक्छ । यदि संक्रमण गराउने जीवाणु पूरै रगतमा फैलिएमा संक्रमण ज्यादै गंभीर बन्न जान्छ । यस्तो संक्रमण तीन महिना पछिको गर्भको पतन गराएमा वा पाठेघरमा चोट पुग्न गएमा हुन्छ । रगतमा संक्रमण फैलिनु निकै खतराजनक हुन्छ र यसले क्षोभ (Shock) पनि गराउन सक्छ ।

संक्रमणका कारणहरू :

  • राम्रोसँग सफा नगरिएका हात तथा निर्मलीकृत (Sterile) नगरिएका पन्जा प्रयोग गरेमा वा अन्य वस्तु पाठेघरभित्र पसाइएको छ भने
  • गर्भ रहेका कुनै कुरा राम्रोसँग ननिखी संक्रमण भएमा
  • गर्भपतन गराउनेबेलामा महिलालाई संक्रमण भैरहेको थियो भने
  • गर्भपतन गराउने क्रममा पाठेघरमा चोट पुग्नगएको छ भने

सामान्य संक्रमणाका चिह्नहरू :

  • सामान्य ज्वरो आउनु ।
  • पेटमा सामान्य दुखाइ हुनु ।

यसको उपचार

सामान्य संक्रमणलाई तुरुन्त नै उपचार गराइहाल्नुपर्छ । यसका लागि चाहिने औषधि तल लेखिएअनुसारका हुन्। विभिन्न किसिमका जीवाणुबाट संक्रमण हुनसक्ने हुँदा एकभन्दा बढी औषधि आवश्यक पर्ने हुन्छ । यदि तल लेखिएका औषधि उपलब्ध हुन नसकेमा वैकल्पिक औषधिका लागि यसै पुस्तकको हरिय पृष्ठ हेर्नुहोस्। पाठेघर संक्रमण भएकी दूध चुसाउने आमालाई बेफाइदा नगर्ने औषधिबारे पृष्ठ नं. ९७ हनुहास् ।

कडा संक्रमणका चिह्नहरू

  • धेरै ज्वरो आउनु र जाडो महसुस हुनु
  • कमजोर भएको वा थाकेको महसुस हुनु एवं मांसपेशीमा

उपचार

  • बिरामीलाई तुरुन्तै अस्पताल वा स्वास्थ्य केन्द्र लगिहाल्नुपर्छ ।
  • बिरामीलाई अस्पताल लैजाँदै हुनुहुन्छ भने पनि तलको औषधि ख्वाइहाल्नुपर्छ । बिरामी होसमा भएमा) । औषधिसँग प्रशस्त पानी पनि पिउन दिनुपर्छ ।

यदि बिरामीले मुखबाट औषधि खान नसक्ने अवस्था छ र कसैले मासुमा वा रगतको नसामा सुई दिन जानेको छ भने यसपछिको पृष्ठमा उल्लेख भएको औषधि दिनुपर्छ । बिरामीलाई औषधि दिए पनि चिकित्सकको सल्लाहका लागि जतिसक्दो छिटो अस्पताल वा स्वास्थ्य केन्द्रमा लानुपर्छ ।

धनुष्टङ्कारमहिलालाई गर्भपतनपछि संक्रमण भएको वा चोट लागेर रगत बगेको अवस्थामा फोहोर औजार पाठेघरभित्र लगाएमा त्यसले धनुष्टङ्कार हुनसक्छ । त्यसैले गर्भपतन गराउनेबित्तिकै टिटानस टक्स्वाइडको खोप (TT) दिनुपर्छ

सुई औषधिहरू

तल दिइएका औषधिहरु सबैजसो नशा वा मांशपेशीबाट दिइन्छन् । तल ३ वटा बाकसमा औषधिहरु उल्लेख गरिएका छन्। यदि सुई औषधि प्रयोग गर्नु परेका ती मध्ये कुनै एउटा बाकसमा उल्लेख गरिएका सबै औषधिहरु प्रयोग गर्नु पर्छ । कुन बाकसका औषधिहरु छान्ने भन्ने कुरा आफ्नो स्थानमा कुन औषधिहरु सो छान्नु पर्छ तर यसको प्रयोग प्रभावकारी रुपमा गर्नु पर्छ ।

महत्वपूर्ण : ज्वरो निको भएको ४८ घण्टापछिसम्म नसामा वा मासुमा सुईबाट यी औषधिहरु दिइराख्नुपर्छ । त्यसपछि १४ दिनसम्म खाने औषधिहरु दिनु पर्छ ( पृष्ठ २५६ हेर्नुहोस्) । यदि औषधि प्रयोग गरिएको २४ घण्टाभित्रमा स्वास्थ्य सुधार भएन भने तत्कालै अस्पताल लग्नुहोस् ।

मूच्छ पर्नु

गर्भपतनपछि महिला मूच्छ परिन् भने त्यसको कारण अत्यधिक रगत बग्नु, भित्री अङ्गमा चोट पुग्नु वा कडा संक्रमण लाग्नुजस्ता कुरा हुन सक्छन् । क्षोभ भएको (Shock) कारणले यसो भएको भए माथि उल्लेख गरेका उपाय अपनाउनुपर्छ । यदि महिला बेहोस भइन् तर केही छिनपछि ब्युँझिन् र क्षोभ भएको लक्षण छैन भने प्रशस्त तरल पदार्थ खुवाउनुपर्छ साथै चनाखो भई उनको अवस्थामा निगरानी राख्नुपर्छ ।

जिउको भित्री अङ्गमा चोट पुग्नु (आन्तरिक चोट)

गर्भपतन गराउन प्रयोग गरिने तिखो वा धारिलो हतियारले पाठेघरका साथै डिम्बनली, डिम्बाशय, आन्द्रा तथा मूत्राशयजस्ता अङ्गमा छेड्न, घोच्न गएमा ती अङ्गमा चोट पुग्न जान्छ । यस किसिमको चोट पुगेमा बाहिर रगत नबगे पनि भित्रभित्रै गम्भीर किसिमले रक्तस्राव भएको हुनसक्छ ।

लक्षणहरू :

तल लेखिएका मध्ये कुनै एक वा सोभन्दा बढी लक्षण देखिन सक्छन् :

  • पेट असाध्य दुख्छ, सुल हुन्छ ।
  • ज्वरो आउँछ ।
  • वाकवाकी लाग्ने, वान्ता आउने हुन्छ ।
  • एक वा दुवै कुममा पीडा हुन्छ ।

उपचार :

  • बिरामी महिलालाई तुरुन्त अस्पताल वा सिपालु शल्य चिकित्सककहाँ पुयाउनुपर्छ । चिकित्सकले घाउलाई तुरुन्त सन्चो नपारेमा कडा संक्रमण हुने, क्षोभ हुने तथा मृत्यु हुने सम्भावना हुन्छ ।
  • बिरामीलाई यस्तो भएमा १२ घण्टासम्म मुखबाट पानीसमेत पनि दिनु हुँदैन । १२ घण्टापछि पनि दिनुपर्ने भएमा चम्चाबाट पिउन दिने वा कपडालाई पानीले भिजाइ चुस्न दिनुपर्छ ।
  • क्षोभका लक्षणहरू देखापरेका छन् भने त्यहीअनुसार उपचार गर्नुपर्छ (पृष्ठ २५४) ।
  • बिरामीलाई कडा संक्रमणको उपचार तथा रोकथाम गर्न सुईबाट औषधि दिनुपर्छ । उपलब्ध हुनसक्छ भने टिटानस टक्स्वाइडको सुई पनि दिनुपर्छ ।

असुरक्षित गर्भपतनबाट बच्ने उपाय

गर्भपतनका कारणले हुने समस्या तथा मृत्युबाट महिलालाई बचाउन असरक्षित कुनै पनि महिला वा महिलाको समूहले निम्न कार्यहरू गर्न सक्छन् :

  • गर्भपतन रोक्न पुरुष, महिला तथा समुदयालाई परिवार नियोजनका साधनबारे जानकारी दिनुपर्छ । तपाईं त्यसै समुदायको हुनुहुन्छ र सहयोग सिकाउन सक्नु हुन्छ ।
  • महिला तथा किशोरीहरूलाई असुरक्षित गर्भपतनबाट हुने खतराबारे जानकारी दिनुपर्छ ।
  • गाउँमै बसेर गर्भपतन गराउँदै आइरहेका व्यक्तिलाई भेटेर तिनले सुरक्षित तबरले यो काम गराइरहेका छन्/छैनन् जानकारी लिई यदि कमी-कमजोरी छ भने सुधार्न लगाउनुपर्छ ।
  • गर्भपतनका जटिलताहरूबारे जानकारी लिई कुन अवस्थामा कस्तो उपाय अवलम्बन गर्ने भन्नेबारे जानकारी लिनुपर्छ । जटिलता देखिएमा उपचारका लागि कहाँ सम्पर्क राख्ने भन्ने सम्बन्धमा थाहा पाउनु निकै लाभप्रद हुन्छ ।
  • आकस्मिक रूपमा कसैलाई अस्पताल वा क्लिनिक स्ट्रेचर वा इमर्जेन्सी मोटर तयारी राख्नु राम्रो हुन्छ । आपत्कालका लागि स्वयंसेवक तयार गरी तथा बहानका लागि इन्धन सुरक्षित गरेर राख्नु मौकामा ज्यान बचाउन निकै सहयोगी हुनसक्छ ।
  • गाउँको क्लिनिक वा औषधि पसलमा गर्भपतनपछि आउन सक्ने जटिलताको उपचार गर्न आवश्यक पर्ने औषधि राख्नु पनि निकै उपयोगी हुन्छ ।

तपाईं स्वास्थ्यकर्मी हुनुहुन्छ भने निम्न सुझावउपर पनि ध्यान दिनुहोस् :

  • तानेर गर्भपतन गराउने तरिका (aspiratious) जान्नुभएको छैन भने सिक्ने प्रयास गर्नुहोस् ताकि समस्या प्रयोग आइपर्दा गर्न सकियोस्। जानेको मानिसले तपाईंलाई सिकाउन सक्छन्। राम्रोसँग जान्ने नहुँदासम्म र उपयुक्त औजार नपाउँदासम्म गर्भपतन गराउने तथा समस्या समाधानका लागि गरिने उपाय गर्न तत्पर नहुनुहोस्।
  • समुदायमा रहका अन्य स्वास्थ्य कायकता तथा सवसाधारण मानसहरूलाइ गर्भपतनको समस्याबारे जानकारी दिनुहोस् र छलफल गर्नुहोस्। कुनै ठाउँमा गर्भपतन अवैध मानिएपनि गर्भपतन गराइसकेपछि सिर्जना हुने जटिलताको उपचार गराउनु पर्छ किनकि उपचार नपाएमा बिरामी महिलाको ज्यान नै जान सक्छ । प्रेरित गर्नुपर्छ ।

सहयोगको आवश्यक परेको व्यक्तिलाई सहानुभूतपूर्वक व्यवहार गर्नुहोस्

धेरैजसो महिलाहरूले गर्भपतन गराइसकेपछि पाउनुपर्ने उपचार पाउँदैनन् वा पाए पनि उनीहरूप्रति राम्रो व्यवहार गरिँदैन । उनीहरूले लाज मान्नुपर्ने वा सजायको भागी हुनुपर्ने जस्तो व्यवहार गरिन्छ । यस्तो गर्नु उचित होइन किनकि अनिच्छापूर्वक गर्भपतन गराउनुपर्ने स्थिति जोसुकैलाई पनि आउन सक्छ, तपाईंलाई नै यस्तो स्थितिको सामना गर्नुपर्ने अवस्था आउँदैन भन्न सकिन्न । यसैले गर्भपतन गराएकी महिलाले ठीक गरिनन् भन्ने दृष्टिकोणबाट होइन, सहानुभूति राखेर व्यवहार गर्नुपर्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका।

Last Modified : 6/26/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate