অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

बॉभोपन

बॉभोपन (सन्तान जन्माउन अवस्था)

सामन्यतः वयस्क नारी र पुरुषको यौन सम्पर्क भएमा सन्तान पैदा हुन्छ । तर सयकडा दस दम्पतीहरुमा भने बाँझोपन पाइन्छ। कुनैकुनै दम्पतीहरू सन्तानको चाहना नै राख्दैनन्, सन्तानको चाहना नै नराखी गर्भनिरोध गर्नु बाँझोपन होइन । सन्तानको इच्छा राख्दाराख्दै पनि सन्तान प्राप्त नहुनु बाँझोपनको कारण हुन सक्छ। यसले दुख, चिन्ता तथा निराशा जगाइदिने गर्दछ। नेपालमा पनि सन्तानको इच्छा राख्दाराख्दै पनि सन्तान नहुने धेरै दम्पतीहरु छन्।

हाम्रो देशमा जस्तै अरू धेरै देशहरूमा पनि निःसन्तान हुनुको दोष प्रायः महिलामाथि थोपर्ने गरिन्छ तर पुरुषको कारणले सन्तान नभएको संख्या र महिलाको संख्या बराबर नै पाइएको छ । हाम्रो गाउँसमाजमा पुरुषका कारणले दम्पती निःसन्तान हुन्छन् भनेर सोच्दा पनि सोचिंदैन । त्यसैले उनीहरू परीक्षणका लागिसमेत तयार हुँदैनन् किनकि उनीहरू सन्तान जन्माउने कुरालाई नै पुरुषत्व ठान्दछन्।

बाँझोपन हुनुमा विभिन्न कारणहरू हुन्छन्। केही कारणको उपचार हुनसक्छ, केहीको हुँदैन । यस पाठमा बाँझोपन के हो तथा यस्तो अवस्था छ भने के गर्नुपर्छ भन्नेबारे चर्चा गरिनेछ ।

बोझोपन हुने कारणहरू

परिवार नियोजनका साधन प्रयोग नगरी पतिपत्नीबीच यौन सम्पर्क हुँदाहुँदै पनि एक वर्षसम्ममा पत्नी गर्भवती हुन सकिनन् भने ती दम्पतीमा बाँझोपन हुनसक्छ ।लगातार तीन पटकसम्म वा सोभन्दा बढी गर्भ तुहेको छ भने पनि प्रजनन क्षमतामा समस्या भएको हुनसक्छ ।

कुनै पुरुष वा नारी एक पटक सन्तान प्राप्त गरिसकेपछि पनि बाँझो हुन सक्छन्। एक सन्तान जन्मेपछि केही वर्षपछि पुनः सन्तान जन्माउने इच्छा हुँदा ८-१० वर्षसम्म पनि बच्चा भएन भने यो Secondary infertility भनिन्छ ।

एकको कारणले मात्र नभई दुवैको संयुक्त कारणले पनि हुन सक्छ । केही दम्पतीहरूमा त बाँझोपनको कारणसमेत पत्ता लाग्दैन । अर्थात् उनीहरू पूर्णरूपमा निरोगी र सन्तान जन्माउन योग्य हुँदाहुँदै पनि बाँझोपन रहिरहन्छ ।

कतिपय अवस्थामा बढी मादक पदार्थ, लागू औषधि तथा चुरोट, सुर्ती सेवन गर्ने बानीले पनि महिला तथा पुरुषमा बाँझोपनको समस्या सिर्जना गर्न सक्दछ ।

पुरुषमा हुने बॉभोपन

पुरुषमा बाँझोपन हुने प्रमुख कारणहरू निम्न छन् :

  • आवश्यक संख्यामा शुक्रकीट नबन्नु- वा शुक्रकीटले महिलाको डिम्बनली हुँदै डिम्बसँग सेचन गर्न नसक्नु ।
  • तरुण भएपछि गलफुलो (हाडे) आएर अण्डकोषलाई हानि पुग्यो भने यसले शुक्रक सक्दैन ट बनाउन सक्दैन र उसको वीर्यमा शुक्रकीट नहुँदा गर्भ रहन |
  • पुरुष जननेद्रियबाट शुक्रकीट नै बाहिर आउन नसक्नु- यौनरोगका कारणले शुक्रक ट आउने नलीमा असर परी शुक्रकीट निस्कन नसक्दा ।
  • अण्डकोषको नसा सुन्निदा ।
  • सम्भोग कार्यमा निम्न लिखित समस्या आउँदा :
    • लिङ्ग कडा नहुँदा
    • कडा त हुने तर सम्भोग अवधिमा शिथिल भैदिदा,
    • महिलाको योनीको भित्रसम्म लिङ्ग नपुग्दै वीर्य स्खलन हुदा ।
  • रोगका कारण– मधुमेह, क्षयरोग तथा औलो रोगजस्ता कारणले पनि बाँझोपन सिर्जना हुनसक्छ ।

महिलामा हुने बॉभोपन

महिलामा बाँझोपन हुने प्रमुख कारणहरू निम्न छन् :

डिम्बनली वा पाठेघरमा घाउका खतहरू हुनु-डिम्बनलीमा घाउ वा घाउका खतहरू भएमा डिम्बाशयबाट डिम्ब पाठेघरतिर आउन वा पुरुषको शुक्रकीट डिम्बसेचनका लागि नलीबाट भित्र पस्न सक्दैन । यसै गरी पाठेघरमा घाउका खतहरू भएमा सेचित (Fertilized) डिम्ब यसको भित्तामा अडिन सक्दैन । यस्तो घाउका खत भएको कुरा महिलाले थाहा नै नपाउन सक्छन् किनकि कहिलेकाहीं उनीहरुलाई आफू बिरामी भएको पतो नै हुँदैन । केही वर्षपछि मात्र आफू बाँझो भएको थाहा हुन्छ ।

निम्न कारणले गर्दा घाउका खत हुन सक्छन् :

  • यौन रोग (कोखको संक्रमण) को उपचार समयमै नगदां पाठेघर तथा डिम्बवाहिनी नलीसम्म संक्रमण फैलिन गएमा
  • असुरक्षित तरिकाले सुत्केरी गराउँदा पाठेघरमा चोट लाग्न गएमा वा
  • गर्भनिरोधक साधन आई.यू.डी.निर्मलीकरण नभई पाठेघर संक्रमण भएमा
  • योनी, पाठेघर, डिम्बनली तथा डिम्बाशयजस्ता अङ्गहरूको शल्यक्रिया गर्दा कुनै समस्या उब्जेमा ।

डिम्ब नै नबन्नु- डिम्ब बन्ने प्रक्रिया सञ्चालन गर्नमा हर्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । हर्मोनले महिलाको महिनावारीमा असर पारी महिनावारी २५ दिनभन्दा कम अवधिमा वा ३५ दिनभन्दा बढी अवधिमा भएमा डिम्ब बन्ने प्रक्रियामा नकारात्मक असर पर्न जाने हुन्छ ।

धेरै मोटी वा धेरै दुब्ली महिलामा पनि डिम्ब उत्पादन हुन सक्दैन ।

पाठेघरमा मासु बढ्नु– पाठेघरमा मासु बढेको छ भने पनि गर्भाधान हुन वा गर्भ अडिन कठिनाइ पर्दछ ।

अन्य रोगहरू–। मधुमेह, क्षयरोग तथा औलोजस्ता रोगले पनि महिलामा बाँभोपन ल्याउन सक्छ

उर्वरता तथा प्रजनन क्षमतामा असर पार्ने घरभित्र तथा घर बाहिरका कामहरू

बढी तापक्रम भएमा- अण्डकोषमा तापक्रम बढेमा स्वस्थ शुक्रकीट बन्न सक्दैन । शुक्रकीट बन्नलाई अण्डकोष। थैली झोलिएको हुनुपर्छ यो थैली भोलिन चिसो हुनुपर्छ । पुरुषले तातो पानीले लामो समयसम्म नुहाउने वा तातो हुने ठाउँमा काम र र्ने जस्तै लामो दूरीको ट्रक,बस चलाउने, आरन वा हिटर छेउमा काम गर्नेहरूको अण्डकोष थैली खुम्चिन्छ । कस्सिएको कट्टु वा लंगौटी लगाउँदा पनि अण्डकोष खुम्चिन्छ । यी अवस्थामा शुक्रकीट बन्न कठिनाइ पर्दछ तर अण्डकोष चिसो भएपछि पुनः शुक्रकीट पैदा गर्न थाल्छ ।

औषधिहरू- कुनै-कुनै औषधिको सेवनले प्रजनन क्षमतामा असर पार्ने हुँदा गर्भवती हुन चाहाने महिलाले आफू र आफ्नो पुरुषले पनि औषधि सेवन गर्नुपरेमा चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

उर्वरता तथा प्रजनन क्षमतामा शङ्का लागेमा के गर्ने ?

दम्पतीले प्रजननसम्बन्धी समस्या महसुस गरेपछि निम्न कुरामा ध्यान पुयाउनु पर्छ :

गर्भकालभित्र यौन सम्पर्क राख्ने- पुरुषको अण्डकोषले दिनमा लाखौं शुक्रकीट तथा पैदा गर्छ तर महिलाको डिम्बाशयबाट एक महिनामा एउटा मात्र डिम्ब खास प्रजनन ताम समयमा पैदा हुन्छ। त्यसैले डिम्ब निस्कने बेलामा यौन सम्पर्क हुनु जरुरी क्षम T अवधि महिनावारी सुरु भएको दिनको दसौं दिनमा सुरु हुन्छ र ६ दिनसम्म

आफू उर्वर भएको गर्भकाल थाहा पाउन सकिने केही लक्षण र उपाय छन्। तीमध्ये योनीरसको परीक्षण गर्नु सजिलो उपाय हो ।

गर्भकाल थाहा पाउन योनीरस परीक्षण गर्ने तरिका

गर्भकालमा पाठेघरको मुखले च्यापच्यापे सेतो रस निकाल्छ क ख राको अण्डाको से ती भोलिली पदार्थजस्तो यो रस (म्युकस)दुई औंलाले च्याप्दा तन्किने हुन्छ । यो रसले शुक्रकीटलाई पाठेघरभित्र पुग्न मद्दत पुयाउँछ। यो रस निस्केको अवधिभर यौन सम्पर्क राखेमा गर्भाधान हुने सम्भावना रहन्छ । गर्भकाल सकिएपछि योनी सुक्खा हुनुका साथै योनीरस टाँसिने खालको हुन्छ। यस्तो रसले शुक्रकीटलाई पाठेघर प्रवेश गर्नबाट रोक्छ ।

योनीरस (म्युकस) परीक्षण गर्ने तरिका जान्न पृष्ठ २२० हेर्नुहोस्। कसरी योनीरसको च्यापच्यापेपनमा फरक आइरहेको छ- तालिकामा लेख्दै जानुहोस्। जहिलेदेखि योनीरस सफा, चम्किलो, औंलाका बीचमा तन्किने हुन्छ त्यही दिनबाट गर्भकाल सुरु हुन्छ । त्यसपछि गर्भधारण गर्न ७ दिनसम्म यौनसम्पर्क राख्नुहोस्।

यौन सम्पर्क पाठेघरको मुखनजिकै शुक्रकीट पुग्न सक्ने स्थिति (Positions) मा सुतेर गर्नुपर्छ । जस्तो :

  • सम्भोगको बेला महिला तलपट्टि रहने ।
  • त्यसपछि उत्तानो परेर सुत्ने ।
  • समागम समाप्तिपछि २० मिनेटसम्म उत्तानो सुतिरहने । यसो गर्दा शुक्रकीटलाई पाठेघरभित्र छिर्न सजिलो हुन्छ र डिम्बसँग भेट हुन्छ ।

    यौन सम्पर्क राख्ने बेलामा निम्न कुराहरू गर्नु हुँदैन :

  • यौन सम्पर्क गर्ने बेलामा कुनै पनि प्रकारको तेल तथा क्रिमहरूको प्रयोग हुदैन । प्रयोग गरेमा शुक्रकीट मर्छ या डिम्बसँग भेट गर्न गाह्रो हुन्छ ।
  • यौन सम्पर्कको लगत्तै अघि वा पछि योनीलाई धुने काम गर्नु हुँदैन । यसो गरेमा पनि शुक्रकीटहरू मर्न सक्छन्।
  • यौन सम्पर्क गर्नुभन्दा अघि पुरुषले तातो पानीले नुहाउनु हुँदैन । अण्डकोष तातिएमा शुक्रकीट मर्न सक्छन्।

स्वास्थ्य समस्याहरूको उपचार गर्ने :यौनजोडि मध्ये कसैलाई पनि यौन - प्रसारित संक्रमणहरु वा अन्य विमारी भएको शङ्का छ भने दुवै -पर्छ । यदि दुवै वा यौनजोडि मध्ये कुनै एकलाई यौन प्रसारित संक्रमणहरु छ भने स्वास्थ्यकर्मीको सल्लाहमुताविक दुवै जनाले पूरा मात्रा औषधि सेवन गर्नपर्छ ।

स्वास्थ्यकर बानी बसाल्ने :

  • स्वस्थ र सन्तुलित खाना खाने बानी बसाल्नुपर्छ । बढी मोटो भए वजन घटाउने वा दुब्लो भए तौल बढाउने प्रयत्न गर्नुपर्छ ।
  • धुम्रपान गर्ने, सूर्ती खाने, लागू पदार्थ र मादक पदार्थ सेवन गर्ने बानी राम्रो स्वास्थ्यका लागि खाने १६५ हटाउनु पर्छ ।
  • क्याफिन मिसिएको पेय जस्तै कफी, कालो चिया तथा कोकाकोला धेरै पिउनु हुदैन ।
  • उचित व्यायाम गर्ने साथै आराम लिने गर्नु पर्छ ।

विवाह भएको एक वर्षभित्र पनि गर्भ रहेन भने स्वास्थ्यकर्मीसँग सल्लाह लिने : विवाह गरेको एक वर्षसम्म परिवार नियोजनको कुनै साधन प्रयोग नगरी नियमित यौन सम्पर्क राख्दा पनि गर्भ नरहेमा पतिपत्नी दुवैले स्वास्थ्यकर्मीसँग सम्पर्क राखी स्वास्थ्य परीक्षण गराउनुपर्छ । पुरुषको वीर्य परीक्षण र महिलाको प्रजनन अङ्गको जाच गरेर प्रजनन क्षमता र उर्बरता ठम्याउन सकिन्छ । यसैगरी प्रत्येक बिहान महिलाको तापक्रम लिई डिम्ब निष्काशन भए, नभएको थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा स्वास्थ्यकर्मीले यस किसिमको परीक्षणबाट बाँझोपन के कारणले भएको हो। भनी बताउन सक्छन् ।

तर जहिले पनि समस्या समाधान गर्न सक्छिन् नै भन्ने छैन । कतिपय अवस्थामा महँगा औषधि तथा शल्यक्रियाले पनि बाँझोपनको समस्या समाधान हुन सक्दैन ।

कुनै-कुनै महिलाको गर्भ त रहन्छ तर तुहिहाल्छ । एक-दुईवटा गर्भ तुहिनु (गर्भपतन) त सार्मोन्य नै हो तर लगातार तीनवटा गर्भ तुहिनुलाई भने सामान्य मान्न सकिँदैन । यसका पछाडि तल लेखिएका कुनै एक कारण रहेको हुन सक्छ ।

  • डिम्ब वा शुक्रकीट अस्वस्थ हुनु
  • पाठेघरको आकार गर्भको भ्रूण बढ्नका लागि सानो हुनु
  • पाठेघरमा मासु बढ्नु
  • शरीरमा हर्मोनको कम वा बेसी उत्पादन हुनु
  • पाठेघर वा योनीमा संक्रमण हुनु
  • अन्य रोग लाग्नु जस्तै औलो

गर्भपतन हुनुअघि देखिने चेतावनीका चिह्नहरू

  • योनीबाट खैरो, रातो वा गुलाफी रङ्गको रगत बग्नु
  • तल्लो पेट दुख्नु ।

लक्षण देखिन सुरु गरेमा के गर्ने ?

गर्भ तुहिनलागेका लक्षण देखिइसकेपछि गर्भ जोगाउन मुस्किल नै हुन्छ । अलिअलि मात्र रगत बगेको छ र पेट दुखेको छैन भने निम्न हुन्छ

  • दुई-तीन दिनसम्म पूर्ण आराम गर्ने,
  • यौन सम्पर्क नराख्ने ।

यति गर्दा पनि रगत बग्न रोकिएन, धेरै बग्यो वा चार महिना पुगिसकेको गर्भ छ भने अस्पतालमा उपचारका लागि जानु पर्दछ।

गर्भ रहेको पहिलो त्रैमासिकभित्र अत्यधिक पेट दुख्ने, मूर्छा हुने, रगत बग्नेजस्ता लक्षणहरू डिम्बवाहिनी नलीमा नै भ्रूण अड्कएको कारणले पनि हुनसक्छन्। यस्तो भएमा तुरुन्त अस्पताल जानुपर्छ । चिकित्सकलाई आफू गर्भवती भएको कुरा बताउनुपर्छ ।

र्भपतनपछि पुनः गर्भवती हुन चाहेमा :

  • माथि पृष्ठ २३४ मा उल्लेख गरिएका "सबै स्वास्थ्य समस्याको उपचार गर्ने र स्वस्थकर बानी बसाल्ने” सम्बन्धी निर्देशनहरूको अनुसरण गर्नुपर्छ । औषधि तथा मादक पदार्थ सेवन गर्ने बानी त्याग्नुपर्छ अन्यथा पुनः गर्भ तुहिन सक्छ।
  • गर्भरहेको पहिलो तीन महिनाभित्र गर्भपतन हुने कारण पाठेघरको मुख कमजोर भएर खुल्ने खालको हुनसक्छ । यस्तो बेला अनुभवी चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ । यस्तो समस्याको समाधान गर्न चिकित्सकले गर्भ रहेपछि पाठेघरको मुख सिइ दिन्छन्। पाठेघरको मुख यसरी सिइएको छ भने बच्चा जन्मने बेलामा अस्पतालमा गएर खोल्नुपर्छ ।

गर्भवती हुनुभयो भने :

  • गह्रौं कुरा नउचाल्नुहोस्
  • गर्भ रहेको ६ देखि ८ हप्तासम्म यौन सम्पर्क नराख्नुहोस्
  • सकेसम्म बढी आराम लिनुहोस्।

उत्तरबहादुर र मिनादेवीले बिनासन्तान नै बाँच्न सिके

उत्तरबहादुर र मिनादेवीको विवाह भएको धेरै वर्ष भैसक्दा पनि र उनीहरूले चाहँदा-चाहँदै पनि सन्तान भएन । पहिला-पहिला त यस कुराले उनीहरूलाई दुखी बनाउँथ्यो, सन्तानबेगर सुखी जीवन बाँच्न सकिंदैन भनी सोच्दथे । उनीहरूले आफ्नो सोचाइमा पछि गएर परिवर्तन गरे, बिनासन्तान पनि खुसीसँग बाँच्न सकिन्छ भन्ने टुङ्गोमा उनीहरू पुगे ।

उनीहरू कहिले चारधाम जान्छन् त कहिले देवघाट । बच्चा भएको भए यस किसिमले तीर्थ धाम घुम्न मिल्दैनथ्यो । उनीहरूले आफ्ना छिमेक र समुदायका गरिब बालबालिकालाई पढाउन मद्दत पनि गरेका छन्।

छ कि मानिसहरू भन्न थालेका छन्– उनीहरूको दृष्टिकोण मात्र होइन,अनुहारसमेत मिल्न थालेको छ । केटाकेटीलाई हजुर बुबा, आमाले सुनाएझै रोचक कथाहरू छन् । समाजले उनीहरूलाई राम्रो प्रतिष्ठा दिएको छ । गाउँमा कुनै रोगव्याधी लागे उनीहरूकै खोजी हुन्छ र कुनै निर्माणकार्य भए पनि उनीहरूले नै उद्घाटन गर्छन्।

निसन्तान दम्पतीको सहयोगी हुनुहोस् :

  • यसका लागि उनीहरूप्रति संवेदनशील भै सदाशयता राख्नुहोस् । गर्न सकिने निसन्तान हुनु परेकाले नै दुःखी भइरहेकालाई अझ अनेक दोष थोपरेर भक्तन् दुःखी नबनाउनुहोस ।
  • दम्पतीबीच समझदारी बढाउने कार्यमा सघाउ पुयाउनुहोस्।
  • निसन्तान दम्पतीलाई धर्म सन्तान राख्ने सल्लाह र उपाय बताइदिनुहोस्।

स्वास्थ्यकर्मीहरूले यसरी सहयोग गर्न सक्छन् :

  • युवायुवतीहरूलाई यौनरोग र यसबाट बच्ने उपायबारे जानकारी दिएर,
  • स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रलाई यौनप्रसारित संक्रमण तथा स्त्री रोगको निदान र उपचार गर्न सक्षम बनाएर । (कहिलेकहीं महिलालाई प्रजनन अङ्गको समस्या र दुखाइ हुँदाहुँदै पनि रोग पत्ता लगाउन नसकेर फिर्ता पठाउने गरेको पाइन्छ) ।
  • महिलाहरूलाई प्रजनन अङ्गको संक्रमणका लक्षण तथा त्यसको पूर्ण उपचार गर्नुपर्ने आवश्यकताबारे बताएर
  • महिला तथा पुरुषहरूलाई यौनप्रसारित संक्रमणको उपचार गर्ने सही उपाय बताएर ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका।



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate