वटा सन्तान जन्माउने कहिले जन्माउने भनेर दम्पतिहरूले गर्ने योजनालाई परिवार नियोजन भनिन्छ । यदि बच्चा जन्माउनका लागि पर्खिन चाहनुहुन्छ भने तपाईं गर्भाधान रोक्ने विभिन्न उपायहरूमध्ये एउटा उपायलाई छनोट गर्न सक्नुहुन्छ । यी उपायहरूलाई परिवार नियोजन, बाल जन्मान्तर वा गर्भनिरोधक भनिन्छ ।
नेपालमा बर्सेनि ४ हजार जति महिला गर्भवती हुँदा वा बच्चा जन्माउँदा वा सुत्केरी अवस्थामा मर्ने गर्दछन्। यस्तो मृत्यु हुनबाट धेरै जसोलाई परिवार नियोजनको प्रयोग गर्नाले बचाउन सकिन्छ । परिवार नियोजनले यी अवस्थाहरूमा मर्ने खतरा टाल्न सक्छ :
कलिलै उमेरमा बच्चा पाउनु : १८ वर्षभन्दा मुनिका धेरैजसो महिलाहरू बच्चा जन्माउनु पर्ने कारणले मर्ने सम्भावना बढी हुन्छ किनकि उनीहरूको शरीर त्यसबेलासम्म पूर्ण विकसित भएको हुँदैन । त्यस्ता आमाहरूबाट जन्मने बच्चाहरू पनि पहिलो वर्षमै मर्ने सम्भावना बढी हुन्छ।
उमेर ढल्केपछि बच्चा जन्माउनु : उमेर नाघिसकेपछि सन्तान जन्माउँदा पनि महिलाले बढी खतराको सामना गर्नुपर्छ। मुख्यतः यस्तो अवस्थामा उनीहरूका अन्य स्वास्थ्यसम्बन्धी समस्याहरू भएमा वा बढी सन्तान जन्माइसकेको अवस्था छ भने झन् बढी खतरा हुन्छ।
बर्सेनि जन्मनु : सुत्केरीलाई कम्तिमा दुई वर्ष तङ्ग्रन समय लाग्छ।
धेरै बच्चा पाउनु : चारभन्दा बढी बच्चा जन्माइसकेका महिलाहरूलाई बच्चा जन्माउँदाको अवस्थामा रक्तस्राव र अन्य कारणहरूबाट मृत्यु हुनसक्ने ठूलो खतरा हुन्छ ।
परिवार नियोजनले अनिच्छित गर्भ रोक्ने हुनाले यौन जोडीलाई यौनक्रियामा बढी आनन्द लिनका लागि पनि मद्दत गर्छ । यसका साथै यी साधनहरूले अन्य फाइदाहरू पनि गर्दछन्। उदाहरणका लागि कन्डमले यौन प्रसारित संक्रमण लगायत एच.आई.भी.बाट सुरक्षित राख्न मद्दत गर्नसक्छ । हर्मोनयुक्त खाने चक्की या पाखुरामा राख्ने नरप्लान्टले महिलाहरूको मासिक रक्तस्रावका समयमा हुने अनियमित रक्तस्राव हुने अनियमित रक्तस्राव तथा पीडालाई रोक्न मद्दत गर्न सक्छ ।
यस अध्यायमा उल्लेख गरिएका परिवार नियोजनका विधिहरु लाखौ महिलाहरूले सुरक्षितसाथ प्रयोग गरेका छन्।
यस अध्यायको २०१ पृष्ठमा भएको तालिकामा दिइएका विधि तथा साधनहरूले के कति मात्रामा गर्भ रोक्न सक्छन् तथा यौन संक्रमण हुन दिँदैनन् भन्ने जानकारी दिन्छ । यस तालिकामा हरेक वधि साधनका सम्भावित अनावश्यक असरहरू र अन्य महत्वपूर्ण सूचना दिइएका छन् । हरेक वधि साधनमा दिइएको तारा चिह्नले कति मात्रामा छन् गर्भ रोक्न सक्छ भन्ने कुरा बुझाउँछ । केही विधिहरूमा थोरै तारा चिह्न दइएका छन् किनकी ती विधिहरू प्रायजसो सही तरिकाले प्रयोग गरिँदैन । यदि महिला र पुरुषले हरेक पटक यौन सम्पर्क राख्दा ती विधिको उचित र सही तरिकाले प्रयोग गरेमा ती प्रभावकारी छन् ।
हाम्रो गाउँ घरमा अज्ञानता र गरिवीका कारणले महिलाहरू धेरै बालबच्चा जन्माउछन् । उनीहरू धेरै बालबच्चा भएपछि आफ्नो काममा सहयोग हुन्छ र बुढेसकालमा पनि हेरचाह हुन्छ भन्ने नै सोच्छन्। गाउँ घरमा पनि धनी व्यक्तिहरू चाहि कम सन्तान जन्माउने र उनीहरूको राम्रो स्याहारसम्भार तथा आहार पुयाउने गर्छन्।
केही महिलाहरू उनीहरूका थोरै बालबच्चाहरू होऊन् भन्ने चाहना राख्छन्। यस्तो चाहना प्रायः गरी पढेका र अर्थोपार्जनमा लागेका महिलाहरूले मात्र राख्छन्। लिन्छन्। महिलाहरू जहाँ बसेका भएपनि कहिले कतिवटासम्म बच्चा पाउने भन्नेबारेमा आफैले निर्णय गर्न सक्ने भएभने उनीहरू स्वस्थ्य रहन सक्छन् । परिवार नियोजनका साधन प्रयोग गर्ने या नगर्ने भन्ने नर्णय गर्ने कुरा पनि महिलाले निर्णय गर्न पाउनुपर्छ ।
अवरोधक विधिहरू- यसले वीर्यलाई डिम्बसम्म पुग्न रोक्छ र गर्भाधान हुनबाट बचाउछ ।
हर्मोनयुक्त औषधिहरू- यी औषधिहरूले महिलाको डिम्बाशयमा डिम्बलाई बाहिर ट गर्नुपर्छ । आफूलाई उपयुक्त साधन/विधि जनका विभिन्न साधन/विधिहरू, यसका फाइदा निस्कनबाट रोक्छ, योनीस्रावलाई कडा बनाएर वीर्यलाई डिम्बसम्म आइपुग्न कठिन बनाउँछ र गर्भाशयको भित्री तहलाई ढाकेर गर्भाधन हुनबाट रोक्छ।
आइ.यू.डी.– यसले पुरुषको वीर्यलाई महिलाको डिम्बसँग भेट्न नदिएर गर्भाधान हुन रोक्छ।
प्राकृतिक विधिहरू– महिलाहरूले कुन समयमा गर्भ रहनस क्छ भन्ने कुरा थाहा पाएर त्यस समयमा यौनसम्पर्क नर खे गर्भ रहने संभावन कम हुन्छ । तर यसक लागि महिलालाई आफ्नो शरीरको बारेमा राम्रो ज्ञ न हुनु जरुरी छ ।
स्थायी विधि- यो विधि अपनाउँदा शल्यक्रिया गर्नुपर्दछ। यो विधि अपनाएका रसयकडा ९९ महिला तथा पुरुषबाट बच्चा जन्मन सक्दैन ।
परिवार नियोजनका यी विधिहरूबारे पछिल्ला पानाहरूमा वर्णन गरिएको छ । तपाईंहरू ती विधिहरू पढ्दा हरेक पटक यहाँ उल्लेख गरिएका केही प्रश्नहरूमा विचार गर्नुहोस्।
यी विधिहरूका बारेमा पढिसकेपछि पाना नं. २२६ मा बताइएका विधिहरू मध्येबाट कुनै एउटा विधिको छनोट गर्न मद्दत पुग्न सक्नेछ । यसले यौन जोडी बीच अन्य महिलासँग वा स्वास्थ्य कार्यकर्तासँग विभिन्न विधिहरूबारेमा विचारविमर्श गने पनि मद्दत गर्नेछ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका।
Last Modified : 8/5/2020