অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

गर्भवती र सुत्केरी अवस्था

गर्भवती र सुत्केरी अवस्था

  1. गर्भवती भएको कसरी थाहा पाउने ?
  2. गर्भवती अवस्थामा स्वस्थ रहने तरिका
  3. गर्भवती अवस्थामा प्रायजसो हुनसक्ने समस्याहरू
  4. योनीस्राव हुनु
  5. कब्जियत
  6. बढी जोखिमपूर्ण अवस्थाका महिलाहरू
  7. गर्भवती अवस्थामा हुने खतराका चिह्नहरू
  8. थकाइ धेरै लाग्नु (रक्तअल्पता)
  9. यस्तो भएमा के गर्ने
  10. योनीबाट रक्तस्राव हुनु
  11. गर्भवती सेवा (गर्भवती अवस्थाको जौंच)
  12. बच्चा जन्मदा महिलालाई सहयोग गर्ने तरिका
  13. बच्चा जन्मिने अवस्था
    1. टाउको बाहिर निस्कनु
  14. नवजात शिशुको हेरचाह
  15. लामो बेथा लाग्नु
  16. बच्चाको कर्णेध अड्कनु
  17. भर्खरै जन्मेको बच्चामा देखिने खतराका चिह्नहरू
  18. बच्चा जन्मेपछि आमा र बच्चालाई गर्नुपर्ने हेरचाह
  19. विशेष ध्यान दिनुपर्ने महिलाहरू
  20. परिवर्तनका लागि गर्न सकिने कामहरू

प्रत्येक गर्भवती महिलाको स्वास्थ्य राम्रो हुनु जरुरी छ । उनले राम्रो वा पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह र सहयोग पाउनु पर्छ ।स्वस्थ महिलाहरू गर्भावस्थामा तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस गर्दैनन् र त्यस्ता महिलाबाट जन्मिएका बालबच्चा पनि स्वस्थ हुन्छन्।

तर खतरापूर्ण परिस्थिति पनि बन्न जान्छ । विश्वभरिमा बर्सेनि करिब पाँच लाख कतिपय महिलाहरूका लागि गर्भवती अवस्था उनीहरूको जीवनमा ज्यादै महिलाहरू यही गर्भवती र सुत्केरीकै कारणले मर्ने गर्छन्, जसलाई मातृमृत्यु पनि भनिन्छ ।

प्रायःयस किसिमका मृत्युलाई आधारभूत रूपमा हेरचाह गरेकै भरमा रोक्न सकिन्छ । यस भागमा गर्भवती महिलाहरूद्वारा आफ्नो हेरचाह आफै गर्न तथा अरूको हेरचाहमा सहयोग गर्नसक्ने जानकारीहरू उल्लेख गरिएका छन्।

गर्भवती भएको कसरी थाहा पाउने ?

  • महिनावारी (नछुने) रोकिन्छ ।
  • स्तन केही दुख्ने तथा ठूला हुन थाल्छन् ।
  • कहिलेकाहीं वाकवाकी र वान्तासमेत हुन थाल्छ।
  • पहिलेभन्दा बढी पिसाब लाग्छ ।
  • थकाइ लाग्न थाल्छ ।

बच्चा जन्मने तिथि जान्ने तरिका

अन्तिम पटकको महिनावारी भएको दिनदेखि नौ महिना र ७ दिन जोडेर निस्केको दिन नै

गर्भवती अवस्थामा स्वस्थ रहने तरिका

यथेष्ट पोषिलो खाना खान प्रयास गर्नुहोस्। पोषिलो खानाले शक्ति दिन्छ शरीरमा रोग लाग्न र संक्रमण हुनबाट रोक्छ, बच्चा स्वस्थ बनाउँछ र सुत्केरी हुँदा रगत धेरै जान नदिनसमेत मद्दत पुयाउँछ । याद राख्नुहोस् तपाईंको खान्की दुई ज्यानका लागि हो । तपाईंको बच्चालाई सुस्त मनस्थिति हुन नदिन आयोडिनयुक्त नुन प्रयोग गर्नुहोस्। सकेसम्म बढी आराम गर्ने तथा थकाइ मार्ने प्रयास गर्नुहोस्। उभिएर काम गरि रहनु पर्ने भने महिलाले बेला-बेलामा बस्ने तथा पल्टेर आराम गर्ने गर्नुहोस्।

  • सफा रहनुहोस्, नियमित नुहाउने, सफा रहने र दैनिक दाँत माभने गर्नुहोस्। जन्मिएपछि बलियो हुन मद्दत पुग्छ । (यसबारे बुझन पृष्ठ ३७१ हेर्नुहोस्।)
  • दिनदिनै हिड्ने वा केही व्यायाम गर्नुहोस्, यदि तपाईं बसेर काम गर्नुहुन्छ भने
  • यौनरोग तथा अन्य खाले संक्रामक रोगहरू लागेका छन् भने बेलैमा उपचार गराइहाल्नुहोस् । अनावश्यक औषधि तथा जडीबुटी नखानुहोस्। कुनै पनि औषधि स्वास्थ्य मादक पदार्थ (रक्सी) खाने, सुर्ती चपाउने वा धुम्रपान नगर्नुहोस्। यी चिजहरूले आमा र गर्भको बच्चालाई समेत हानी पुयाउँछन्।
  • किटनाशक विषादी र औद्योगिक क्षेत्रका रसायनहरूबाट टाढा रहनुहोस्। यी चिजहरूले गर्भको बच्चाको विकास हुन दिँदैनन्। यी चिजहरूलाई नछुनुहोस् र यीनको वरिपरि पनि भरसक नबस्नुहोस्। यस्ता चिज राखेका भाँडाहरूमा पानी वा खानेकुरा केही नराख्नुहोस्।
  • ठेउला वा छालामा बिबिरा आएका बच्चाको छेउछाउ नबस्नोस्। यो दादुरा पनि हुनसक्छ, जसले गर्भको बच्चालाई हानी पुयाउँछ ।

गर्भवती अवस्थामा प्रायजसो हुनसक्ने समस्याहरू

गर्भवती भएका बेला तपाईका जिउमा परिवर्तन आउँछ। कहिलेकांहि भने गर्भवती अवस्थामा तल लेखिएका समस्याहरू पनि देखापर्न सक्छन् तर याद गर्नुहोस् गर्भावस्थामा धेरैजसो यस्ता समस्याहरू सामान्य मानिन्छन ।

वाकवाकी लाग्नु

त्यो बेला गर्भ रहँदा वाकवाकी लागेको महसुस हुने गर्दछ । यस्तो समस्याहरू कहिलेकाहीं दिनभरि नै पनि हुन सक्छ । हुन त यसलाई प्रायः औछन लागेको' पनि भनिन्छ । सामान्यतः यो समस्या गर्भ रहेको तीन वा चार महिनापछि स्वतः समाप्त हुन्छ ।

  • खाना खानुअगाडि दिनको दुई-तीनपटक एक गिलास अदुवा पानी वा दालचिनी पानी पिउने
  • थोरै-थोरै गरेर खानुहोस्। पचाउन कठिन पर्ने वा बढी तेल भएका खानेकुरा नखानुहोस्।
  • कागती चाट्ने गर्नुहोस्।
  • आफ्नो स्वास्थ्य कार्यकर्ता वा सुँडेनीसँग कुनै घरेलु औषधि वा उपाय छन् कि भन्ने जानकारी लिनुहोस्।

अमिलो पानी आउने वा अजीर्ण हुने

यस्तो बेलामा घाँटीमा अमिलो पानी आउने वा छाती पोल्ने गर्छ । गर्भ रहेको ७-८ महिना पुगेपछि प्रायजसो पल्टंदा वा केही खाँदा यस्तो हुनेगर्छ ।

के गर्ने ?

  • एकैपटक धेरै खाना खानुको सट्टा थोरैथोरै धेरैपटक खानुहोस्।
  • मसला वा तेलयुक्त खानेकुरा नखानुहोस्।
  • पानी र अन्य झोल पदार्थ प्रशस्त पिउनुहोस् ।
  • खाना खानेबित्तिकै नपल्टनुहोस्।
  • पेटभन्दा टाउको माथि हुने गरी अग्लो तकिया राखेर सुत्ने गर्नुहोस् ।
  • दूध वा दही खानुहोस्। पाइएमा सोडापानी वा एन्टासिड लिनुहोस्।

योनीस्राव हुनु

गर्भवती भएका बेला योनीबाट सेतो पानी बग्नु सामान्य कुरा हो तर यदि सेतो पानी बग्दा चिलाउन, पोल्न र गहनाउन थाल्यो भने तपाईंको योनीमा संक्रमण भएको हुनसक्ने हुँदा तुरुन्त उपचार गर्नुपर्छ । यदि योनीस्रावमा रगत वा म्युकस (याल पानी) आउन थाल्यो भने महिनै नपुगी बेथा लागेको हुनसक्छ । यस्तो अवस्थामा पनि स्वास्थ्य कार्यकर्तालाई देखाउनुपर्छ ।

पिँडौला र योनीको वरिपरि नीला नसाहरू फुलेको देखिनुलाई भेरिकोस भेन (Varicose vein) भनिन्छ । गर्भमा बढिरहेको बच्चाको तौलको थिचाइले गर्दा यस्तो हुन्छ । त्यस्तो बेलामा नसा फुल्ने र दुख्ने गर्छ ।

पिँडौला र योनीको वरिपरि नीला नसाहरू फुलेको देखिनुलाई भेरिकोस भेन (Varicose vein) भनिन्छ । गर्भमा बढिरहेको बच्चाको तौलको थिचाइले गर्दा यस्तो हुन्छ । त्यस्तो बेलामा नसा फुल्ने र दुख्ने गर्छ ।

  • धेरैबेरसम्म उभिने गर्नु हुँदैन । यदि तपाई उभिइरहनु पर्नेछ भने पनि त्यसबेला गोडा चलाउने वा यताउता हिँड्ने गर्नुहोस् र यदि तपाईं बस्नुभएको छ भने पनि तपाईंका गोडा उचा ठाउँमा अथवा आड दिएर राख्नुहोस्।
  • नियमित हिँड्ने गर्नुहोस्। यदि तपाईं हिँड्न, डुल्न नसक्ने भए परिवारका अन्य सदस्यहरूलाई हिँड्डुल गराउन अथवा गोडा चलाउन सहयोग लिनुहोस्।
  • ज्यादै फुल्न थाल्यो भने पिँडौलालाई कपडा वा पट्टीले बाँध्नुहोस्। यसरी बाँध्दा घुँडामुनिदेखि गोली गाँठोसम्म लैजानुहोस्। मास्तिर खुकुलो बाध्दै गोली गाँठातिर बलियो पारेर कस्नुपर्छ । राती सुत्दा भने पट्टी फुकालेर मात्र सुत्नुहोस् ।

कब्जियत

गर्भवती भएका बेला पेटले अलि ढिलो काम गर्छ । यस कारण दिसा कडा (साह्रो) हुन्छ र दिसा गर्न कठिनाइ हुन्छ ।

के गर्ने त ?

निम्नलिखित तरिकाले कब्जियत हुन दिदैन :

  • प्रत्येक दिन आठ ग्लासजति पानी पिउनुहोस्।
  • नियमित रूपमा व्यायाम गर्नुहोस्।
  • आइरन चक्की खाइरहनुभएको छ भने दिनमा एकपटक फलफूल वा सब्जीको रससित खाने गर्नुहोस्। सम्भव नभए केही दिन बिराएर खानुहोस् ।
  • फलफूल, सब्जी र मकैका च्याख्ला, आर्टा, नफलेको चामल खस्रा खानाहरू खाने गर्नुहोस्।
  • दिसा लगाउने जुलाफ नखानुहोस्। त्यसले केही समय मात्र काम गर्छ, त्यसपछि बेफाइदा गर्छ ।

कम्मर दुख्नु गर्भको बच्चाको तौल बढ्न थालेपछि कम्मर दुख्ने हुन्छ ।

यस्तो भएमा के गर्ने

  • कसैलाई ढाड माड्न लगाउनुहोस्।
  • गह्रौं बोझ उठाउनुपर्दा अरूको सहयोग लिनुहोस्।
  • उभिँदा र बस्दा ढाड सिधा पार्ने गर्नुहोस्।
  • कोल्टे फिरेर सुत्दा घुँडामा सिरानी वा कपडाको गोलो डल्लो बनाएर सुत्नुहास् ।
  • दिनमा दुईपटक 'ढाडको व्यायाम गर्नुहोस्।

खासगरी दिनभरि उभिएर काम गर्ने गर्भवती महिलाका हात गोडाहरू अलि अलि सुन्निने कुरा साधारण समस्या हो ।

यस्तो भएमा के गर्ने

  • दिनमा जति समय सकिन्छ गोडा नझन्डयाई बस्ने ।
  • थकाइ मार्दा देब्रे कोल्टो परेर ढल्कने
  • तपाईंका गोडा अत्यधिक मात्रामा फुलेका छन् वा अनुहार र हातसमेत बिहान उठ्दा पनि फुलेका देखिन्छन् भने यो खतराको चिह्न हो । यसबारेमा बुझन पेज नं. ७४ हेर्नुहोस्।

बढी जोखिमपूर्ण अवस्थाका महिलाहरू

तल लेखिएका समस्या भएका महिलाहरूले गर्भवती व सुत्केरी हुँदा बढी खतरा मोल्नुपर्ने हुन्छ । यी महिलाहरूले बच्चा जन्माउन स्वास्थ्य केन्द्र वा अस्पताल जाने योजना बनाउनुपर्छ । गर्भवती अवस्थामा नै उनीहरूले धेरै पटक गर्भवति सेवा लिनु पर्छ ।

रगत कम हुनु (रक्तअल्पता) : रक्तअल्पता भएका महिलाहरूलाई बच्चा जन्मदा बढी रगत बगेका कारण वा जन्मिएपछि बढी रगत जाने कारणले गर्दा मर्ने सम्भावना हुन सक्छ । अत्यधिक रक्तअल्पता भएका महिलाहरूले अर्को पेजमा उल्लेख भएका कुरा हेर्नु जरुरी छ ।

चिनी रोग लाग्नु : कुनै-कुनै गर्भवती महिलालाई चिनी रोग ल गम्भीर समस्या आइपर्छ । चिनी रोगका कारण आमा र बच्चा नराम्रो असर पर्छ । कहिले कहीं बच्चाको बृद्धिले बच्च पर्ने हुनसक्छ ।

उच्च रक्तचाप : उच्च रक्तचाप हुने महिलाहरू गर्भवती हुँदा बढी टाउको दुख्ने र मूच्छ पर्ने तथा मृत्युसम्म हुने सम्भावना हुन्छ ।

बुढेसकालमा बच्चा जन्माउने वा धेरै बच्चा जन्माउने आमाहरू : यस्ता गर्भवती महिलाहरूलाई लामो बेथा लाग्ने र बच्चा जन्मिएपछि अत्यधिक रगत बग्ने सम्भावना रहन्छ ।

सत्र वर्षमुनिका आमाहरू : कलिला गर्भवती महिलाहरूलाई इक्ल्याम्पसिया (eclampsia) हुने वा कामेर मूच्छ पर्ने हुन्छ । धेरैबेर बेथा लाग्ने, बच्चा पाउन मुस्किल पर्ने र बच्चा महिना नपुगी जन्मने हुन्छ । पिसाबथैली, पाठेघर र योनी नै बिग्रने सम्भावना पनि हुन्छ ।

अघिल्लो बेतमा बच्चा पाउँदा समस्या झेलेका महिलाहरू : जस्तै मूच्छ पर्ने, बच्चा शल्यक्रियाद्वारा निकाल्नु परेको अवस्थाका, अत्यधिक रक्तस्राव भएका, महिना नपुगी वा ज्यादै सानो बच्चा जन्मिएका अथवा मरेका बच्चा जन्मिएका आदि अवस्था भोगेका महिलाहरूलाई अर्को बच्चा जन्माउँदा वा गर्भवती हुँदा बढी खतरा हुने सम्भावना रहन्छ ।

अपाङ्ग आमाहरू : खासगरी हिँड्नडुल्न नसक्ने वा शरीरको कुनै भाग लाटो भएका महिलाहरूलाई गर्भवती हुँदा र बच्चा जन्माउने बेलामा समस्या उत्पन्न हुनसक्छ। पेज १४५ हेर्नुहोस्) ।

स्वास्थ्य चौकी वा अस्पतालमा नै बच्चा पाउन जानुपर्ने महिलाहरू

केही महिलाहरू माथि उल्लेख गरिएका जोखिमपूर्ण अवस्थाभित्र नपरे पनि बच्चा जन्माउन उनीहरू अस्पताल वा स्वास्थ्य केन्द्रमा नै जानुपर्ने हुन्छ ।

जन्मने बेलामा गर्भको बच्चा गलत तरिकाले बसेको छ भने : (७५ पेज पनि हेर्नुहोस्। लामो र ज्यादै कडा बेथा लागी आमा वा बच्चा वा दुबैजना मर्ने सम्भावना पनि रहन्छ ।

गर्भमा जुम्ल्याहा बच्चा भएमा : दुईवटा मध्ये एउटा बच्चा गलत तरिकाले गर्भमा बसेको छ भने यस्ता सुत्केरीको बढी रगत बग्ने सम्भावना हुन्छ ।

मुख सानो भएको खण्डमा पनि बच्चा जन्मदा बढी च्यातिन सक्छ : यसले असाध्यै दुख्ने, पीडा हुने, धेरै रक्तस्राव हुने तथा संक्रमण हुने सम्भावना पनि बढी रहन्छ।

गर्भवती अवस्थामा हुने खतराका चिह्नहरू

गर्भवती अवस्थामा माथि उल्लेख गरिएका बाहेक अरू थप खतराका चिह्नहरू देखिन सक्छन्। निम्नलिखित लक्षणहरू भएमा महिलाले तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाउनुपर्छ ।

  • धेरै कमजोर अनुभव
  • पेट दुखी रहनु
  • ज्वरो आउनु हुनु अथवा थकाइ बढी
  • योनीबाट रगत बग्नु
  • अनुहार र हातगोडा सुन्निनु, टाउको लाग्न दुख्नु तथा आँखा तिरमिराउनु ।

थकाइ धेरै लाग्नु (रक्तअल्पता)

ज्यादै थाक्नु वा कमजोर भएको महसुस हुनुको कारण रक्तअल्पताले (पृष्ठ १७२ हेर्नुहोस् भएको हुनसक्छ । रक्तअल्पता भएका महिलाहरूमा सुत्केरी भएका बेला धेरै रगत बग्ने सम्भावना रहन्छ ।

यस्तो भएमा के गर्ने

  • फलाम बढी भएको खानेकुरा- गेडागुडी र हरिया सागपातहरू माछा, मासु, अन्डा प्रशस्तै खानुपर्छ ।

तल्लो पेट दुख्नु

गर्भ रहेको तीन महिनाभित्र असाध्यै र लगातार तल्लो पेट दुख्ने कारण पाठेघरको नलीमा गर्भ बसेको पाठेघरमा गर्भ नरही पाठेघरको नलीमा बसेकोले हुनसक्छ । यस / बेला जति नली तन्कन्छ त्यति नै दुखाइ बढ्ने गर्छ । गर्भमा बच्चा बढ्न थालेपछि नली फुट्छ र रगत आउन थाल्छ । यो ज्यादै खतरापूर्ण अवस्था हो । त्यो बेला तल्लो पेटमा रक्तस्राव भई अत्यधिक रगत बगेर मर्ने सम्भावना पनि रहन्छ ।

पाठेघरको नलीमा बच्चा हुर्कदा देखिने चिह्नहरू :

  • महिनावारी रोकिन्छ अनि
  • तल्लो पेटको एकापट्टि दुख्न थाल्छ वा
  • योनीबाट थोरथोरै रक्तस्राव हुन्छ वा रिंगटा लागेको जस्तो हुन्छ, कमजोर महसुस हुन्छ र बेहोस हुनसक्छ ।

यस्तो भएमा के गर्ने ?

गर्भ रहेको छ महिनामा एकदम पेट दुख्दै छाड्दै गर्छ भने गर्भपात भएको हुनसक्छ । (हेर्नुहोस् २३४ मा) । गर्भवती भएको अन्तिम चरणमा पीडायुक्त र लगातार तल्लो पेट दुख्छ भने बच्चा जन्मनु अघि नै पाठेघरबाट साल छुट्टिन थालेको छ भन्ने बुझनुपर्छ । यो ज्यादै डरलाग्दो स्थिति हो । त्यसबेला कुनै सहायता नपाएमा आमा र पेटको बच्चा दुवै मर्ने सम्भावना रहन्छ । त्यसैले तत्काल नजिकको अस्पताल जानुपर्छ ।

सातौं र आठौं महिनामा पेट दुख्दै छाड्दै गर्छ भने दिन नपुगी सुत्केरी बेथा लागेको छ भन्ने बुझनुपर्छ । पेज ७५ मा हेर्नुहोस्।

योनीबाट रक्तस्राव हुनु

गर्भवती भएको तीन महिनाभित्र हुने रक्तस्राव : यस्तो बेला अलि–अलि कहिलेकाहीं रगत बग्यो भने त्यसलाई सामान्य मानिन्छ तर रक्तस्रावका साथै पेट पनि दुख्न थाल्यो भने त्यो ज्यादै खतरापूर्ण अवस्था हो । यस्तोबेला भ्रूण पाठेघरबाहिर नै बढ्न थालेको हुनसक्छ । यदि नछुने हुँदाको बेलामा भन्दा बढी मात्रामा रगत बग्न थाल्यो भने गलत तरिकाले गर्भमा भ्रूण बसेका कारण हो । त्यो गर्भ खेर जाने सम्भावना पनि रहन्छ ।

गर्भवती भएको तीन महिनापछि हुने रक्तस्राव : गर्भ रहेको तीन महिनापछि रगत बग्न थाल्यो भने साल (प्लासेन्टा) मा नै केही खराबी छ भन्ने जान्नुपर्छ, यो आमा र

यस्तो भएमा के गर्ने ?

  • नजिकैको अस्पतालमा तुरुन्तै जानुहोस्।
  • अस्पताल लग्दा खुट्टालाई टाउको भन्दा माथि राखेर लैजानुहोस्। यसको लागि खुट्टामा चकटी वा सिरानी राख्नुहोस्।
  • योनीभित्र केही नघुसाउनुहोस्

ज्वरो धेरै ज्वरो आएमा खासगरी जिउ थर-थर काम्ने, जिउ करकर खाने र टाउको धेरै दुख्ने लक्षण औलो ज्वरोको हो । यस्तो अवस्थामा औलो रोगको उपचार गर्नुपर्छ । थप जानकारीका लागि डाक्टर नभएमा’ वा अरू स्वास्थ्य सम्बन्धी किताब हेर्नुहोस्।

हात र अनुहार सुन्निनु वा ज्यादै टाउको दुख्नु तथा आँखा तिरमिराउनु (इक्लाम्पसिया) गर्भवतीहरूको गोडा, पिँडौला, गोलीगाँठा अलि–अलि सुन्निनु सामान्य कुरा हो तर हात र अनुहार पनि सुन्निन, आँखा तिरमिराउनु, खासगरी टाउको दुख्न र पेट दुख्न थाल्यो भने इक्लाम्पसिया (eclampsia) को चिह्न हुनसक्छ । इक्लाम्पसिया हुँदा कम्प छुट्छ, जसले गर्दा आमा र बच्चा दुबैको जीवन खतरामा पर्दछ ।

के गर्ने ?

  • रक्तचाप नाप्न जान्ने मानिसलाई रक्तचाप नाप्न लगाउनुहोस् । आवश्यक परेमा स्वास्थ्य केन्द्र र अस्पताल पनि जानुहोस्।
  • सम्भव भएसम्म देब्रेतिर कोल्टो परेर आरामका लागि पल्टनुहोस्।
  • प्रोटिनयुक्त खाना खाने प्रयास गर्नुहोस्। ।
  • बच्चा पाउन स्वास्थ्य केन्द्र वा अस्पताल जाने प्रबन्ध मिलाई राख्नुहोस्

बच्चा गलत तरिकाले बसेको गर्भवतीलाई बेथा लाग्दा

बच्चाको मलद्वार गर्भवतीको योनीको मुखतिर छ भने बच्चा पाउन कठिन x- बच्चाको टाउको योनीको पर्छ । यस्तै, बच्चा तेर्सिएर सुतेको छ भने त बच्चा जन्मन नै सक्तैन । त्यस्तो सुखतिर छ र त्यो बेला बेथा लागेमा अवस्थामा सल्यक्रिया गरेर नै बच्चा निकाल्नु पर्दछ ।

सुत्केरी हुने महिना लागेपछि प्रत्येक दिनमा दुई पटक १०/१० मिनेट उत्तानो परेर पल्टने गर्नाले गर्भको बच्चाको बसाई फेर्न सकिन्छ ।

बच्चा ठीक बसाइमा नआएसम्म यस्तो व्यायाम प्रत्येक दिन खाली पेटमा र्ने गर्नुपर्दछ । बच्चा कसरी बसेको छ भन्ने थाहा पाउन प्रत्येक हप्ता जाँच गर्नुपर्छ ।

  • त्यहाँ स्वास्थ्यकर्मीले आवश्यक प्रबन्ध मिलाई बच्चा जन्माउन सहयोग गर्दछन् । बेथा लाग्न थालेपछि उल्टो तेस्रो बसाई भएका बच्चा भएका आमालाई अस्पताल लग्नैपर्छ । स्वास्थ्यकर्मीको सहयोग लिएन भने बच्चा र आमा दुबैको ज्यान जानसक्छ ।

विशेष ध्यान दिनुपर्ने कुरा : यस्तो अवस्थामा तालीम नलिएका व्यक्तिले बच्चालाई फकाउने प्रयत्न गर्नु हुँदैन । जवरजस्ती गर्दा नत्र पाठेघर च्यात्तिन गई आमा र बच्चा दुबैलाई खतरा हुन्छ ।

गर्भवती सेवा (गर्भवती अवस्थाको जौंच)

  • आफू गर्भवती भएको थाहा पाउनासाथ
  • छ महिना पुग्ने बेलामा र
  • बच्चा जन्मने महिनाभन्दा एक महिनाअगाडि ।

यसरी परीक्षण गर्दा नर्स, वा स्वास्थ्यकर्मीहरूले अघिल्लो पटकको प्रसूति विवरण सोध्छन्। जस्तो बच्चा जन्मने बेलामा वा जन्मनुअगाडि रक्तस्राव भए/नभएको वा मरेको बच्चा जन्मिएको आदि । यस जानकारीले गर्दा फेरि तपाईंलाई त्यस्तै प्रकारको समस्या समाधान गर्न मद्दत गर्छ । यसका लागि स्वास्थ्यकर्मीले निम्न कुराहरू गर्छन्

  • गर्भवती महिला स्वस्थ भएको र गर्भको बच्चा राम्ररी बढिरहेको कुरामा ढुक्क हुन आमाको स्वास्थ्य जाँच्छन्।
  • रक्तअल्पता हुन नदिन आइरन चक्की र फोलिक एसिड चक्की खान दिन्छन्।
  • गर्भवती महिला स्वस्थ भएको र गर्भको बच्चा राम्ररी बढिरहेको कुरामा ढुक्क हुन आमाको स्वास्थ्य जाँच्छन्।
  • आमा र बच्चा दुबैको ज्यान लिने धनुष्टङ्कारबाट बच्न खोप दिन्छन्।
  • औलो ज्वरोको प्रकोप फैलिने क्षेत्रमा त्यसबाट बच्ने सल्लाह दिन्छन्। (पृष्ठ १६१ हेर्नुहोस् ।
  • एच.आई.भी. (पृष्ठ २०८ हेर्नुहोस्, हेपाटाइटिस 'बी' अथवा सिफिलिस जस्ता यौन प्रसारित संक्रमणहरु (पृष्ठ २६१ हेर्नुहोस्) को परीक्षण गराउँछन्।
  • महिलाको एचआइभी उनको शिशुमा सर्न नदिन औषधिहरु दिन सल्लाह दिन्छन्।

गर्भवती सेवा लिंदा के के गरिन्छ ?

गर्भिणीको परीक्षण गर्दा सुँडेनी तथा नर्सहरूले निम्न कुराहरू गर्नुपर्छ :

  • गर्भाशयको बच्चाको वृद्धि जाँच गर्ने । सामान्य रूपमा बढिरहेको हुन्छ । साढेचार महिना पुग्दा यो वृद्धि नाइटोको तहसम्म पुग्छ । यदि पाठेघर ज्यादै सानो वा ज्यादै ठूलो देखिन्छ वा चाँडोचौंडो बढिरहेको छ भने

बच्चा स्वस्थ छ/छैन भन्ने जाँच गर्न नर्सले बच्चाको मुटुको धड्कन सुन्न सक्छन्। यो काम एउटा कान आमाको पेटमाथि राखेर पनि गर्न सकिन्छ तर त्यसरी सुन्दा कहिलेकहीं आमाको र बच्चाको मुटुको धड्कन छुट्टयाउन सकिदैन । भ्रूणको धडकन सुन्ने यन्त्रबाट बच्चाको मुटुको धड्कन राम्ररी सुन्न सकिन्छ । अर्को कुरा बच्चा स्वस्थ छ भने गर्भमा प्रत्येक दिन हलचल भएको आमालाई थाहा हुन्छ र बच्चा पेटमा नचले जस्तो

गर्भवती अवस्थाभरि बच्चाले पाठेघरमा आफ्नो बस्ने अवस्था धेरैपटक परिवर्तन गरिरहन्छ तर सुत्केरी हुने बेलामा उसले टाउको तल पारेर बसेको हुनुपर्छ । यो बच्चा जन्मनका लागि सबैभन्दा सजिलो अवस्था हो । बच्चा गर्भमा कसरी बसेको छ भन्ने थाहा पाउन निम्न विधि अपनाउनुपर्छ ।

बच्चा जन्मदा महिलालाई सहयोग गर्ने तरिका

तपाईं गर्भवती हुनुहुन्छ भने आफूलाई बेथा लागेका बेला र बच्चा जन्मिएपछि अरूबाट कस्तो सहयोग लिन सकिन्छ भन्ने थाहा पाउन यो जानकारी पढनुहोस्। यसले अरू महिलाहरूलाई समेत बच्चा जन्माउने बेलामा सघाउन सक्ने बनाउँछ । .

तपाईं गर्भवती हुनुहुन्छ भने आफूलाई बेथा लागेका बेला र बच्चा जन्मिएपछि अरूबाट कस्तो सहयोग लिन सकिन्छ भन्ने थाहा पाउन यो जानकारी पढनुहोस्। यसले अरू महिलाहरूलाई समेत बच्चा जन्माउने बेलामा सघाउन सक्ने बनाउँछ । .
कुनै महिलालाई सुत्केरी हुने समयमा सहयोग गरिरहेको बेला तपाईंले उनलाई कुनै किसिमको डर नमान्न सल्लाह दिनुपर्छ । यस सम्बन्धमा के थाहा पाउनु पनि जरुरी छ भने धेरैजसो बच्चाहरू कुनै पनि समस्या नपरी जन्मन्छन्। तपाईले शान्त र प्रशन्न मुद्रामा बसेर बच्चा जन्माउन सकिने कुराको विश्वास दिलाउनुपर्छ, जसले गर्दा उनी निश्चिन्त हुन्छिन्।

बच्चा जन्माउन सहयोग गर्न जाँदा सहयोगी महिलाले गर्नुपर्ने

  • हातका नङ छोटा पारेर काट्नुहोस्।
  • हात राम्रोसित साबुन पानीले धोई सुक्खा बनाउनुहोस्।
  • कस्ता महिलालाई बच्चा जन्माउन बढी कठिन पर्छ भन्ने थाहा पाइ राख्नुहोस् (पृष्ठ ७३ हेर्नुहोस्) । त्यस्ता महिलालाई स्वास्थ्य केन्द्र वा अस्पतालमा लैजान प्रबन्ध गर्नुहोस्। .
  • बेथा लागेका बखत खतराका लक्षणहरू के-के हुन्छन् थाहा पाइराख्नुहोस् (हेर्नुहोस् पृष्ठ ८५) । त्यस्ता कुनै पनि लक्षणहरू देखापर्नासाथ ती महिलालाई स्वास्थ्य केन्द्र वा अस्पताल लगिहाल्नुहोस्।
  • गर्भवती महिलाप्रति मायालु र सम्मानजनक व्यवहार गर्नुहोस्।

विशेष ध्यान दिनुपर्ने कुरा : सुत्केरी गराउँदा सफा पन्जा प्रयोग गर्नुहोस्। पन्जा नभएमा \ प्लास्टिकको भोला धोएर लगाउन पनि सकिन्छ । यसो गर्दा आफू एच.आई.भी., हेपाटाइटिस जस्ता संक्रमण हुनबाट जोगिइन्छ । गर्न नहुने काम

पाठेघरको मुख कति खुलेको छ भनी जाँच्न गर्भवती महिलाको योनीमा औंला वा अन्य केही चिज पनि नराख्नुहोस् किनकि यसले बच्चा जन्मन सजिलो हुँदैन बरु अन्य संक्रमण हुने खतरा बढ्छ ।

बेथा छिटोछिटो लगाउन वा बच्चा चाँडै जन्माउन भनी कुनै पनि औषधिहरू प्रयोग नगर्नुहोस्। ती औषधिहरूले आमा र बच्चा दुबैको ज्यान लिन पनि सक्छ । बच्चा जन्मेपछि रक्तस्राव रोक्नका लागि औषधि प्रयोग गर्नचाहिँ सकिन्छ ।

बच्चा जन्मने बेला नभई महिलालाई कन्न नलगाउनुहोस्। जब बच्चा जन्मिन तयार भैसकेको हुन्छ, त्यस बेला उनलाई दिसा लागेको जस्तो लाग्छ र उनी आफै कन्न थाल्छिन् ।

बच्चा जन्मिने अवस्था

तल लेखिएका तीनवटा लक्षणहरूले बेथा लागेको वा लाग्न आँटेको थाहा हुन्छ तर ती सबै लक्षणहरू एकैसाथ देखापर्छन् भन्ने छैन । तीमध्ये एउटा मात्र लक्षण पनि देखिन सक्छ ।

सफा सेतो वा गुलाबी रङ्गको याल योनीबाट बग्नु : गर्भवती अवस्थामा पाठेघरको मुखमा बाक्लो याल जम्मा हुन्छ । यसले पाठेघर र बच्चा दुबैलाई संक्रमण हुनबाट बचाउँछ । जब बच्चा जन्मनका लागि पाठेघरको मुख खुल्नथाल्छ, त्यो बेला याल र थोरै रगत योनीबाट बग्न थाल्छ ।

सङ्लो पानी योनीबाट बग्नु : बेथा लाग्ने बेलामा वा बेथा लागेपछि पानीको थैली फुटी पानी बग्न सक्छ।

दुख्न सुरु गर्नु : सुरुमा दस वा बीस मिनेटको फरकमा दुख्दै छाड्दै गर्न थाल्छ । जब यस्तो हुन छाड्छ र लगातार दुख्न थाल्छ तब साँच्चीकै बेथा सुरु हुन्छ ।

कुनै एक लक्षण देखापर्नासाथ बच्चा जन्माउने तयारी थाल्नुपर्छ । त्यस बेला सुत्केरी महिलाले गर्नुपर्ने कामको सूची तल लेखिएको छ :

बच्चा जन्मने प्रक्रिया तीन चरणमा पूरा हुन्छ ।

पहिलो चरण- बेथा लाग्दै, छाड्दै गर्ने क्रम पाठेघरको मुख पूरै नखुलुन्जेलसम्म भइरहन्छ । पहिलोपटक सुत्केरी हुने महिलालाई १० देखि २० घण्टासम्म बेथा लाग्न सक्छ भने अरूका हकमा ७ देखि १० घण्टासम्म लाग्छ ।

दोस्रो चरण- पाठेघरको मुख पूरै खुल्छ र बच्चा जन्मिएपछि मात्र बन्द हुन्छ । यो चरण पहिलोभन्दा सजिलो हुन्छ र केवल दुई घण्टाजति मात्र रहन्छ ।

पहिलो चरण- पाठेघरको मुख खुल्नु

बेथा राम्ररी लागिरहेको छ/छैन जाँच गर्नुहोस्।

बेथा सुरु भएको कतिबेर भयो र कति समयको फरकमा पाठेघर तन्कने र खुम्चने गर्छ ? सुरुमा, पाठेघर खुम्चने र तन्कने वा बेथा लाग्ने क्रम १० देखि २० मिनटको अन्तरालमा हुनेगर्छ र १ मिनट वा कम समयमै रोकिन्छ। त्यसपछि हरेक २ देखि ५ मिनटमा बेथा लाग्छ र १ मिनेटसम्म वा त्योभन्दा बढी समयसम्म रहन्छ र यो क्रम बच्चा निस्केपछि रोकिन्छ । यदि १०-१० मिनेटमा वा अझ चाँडो दुख्ने क्रम २४ घण्टाभन्दा बढी समयसम्म भए पनि बच्चा जन्मन तयार छैन भने ज्यादै लामो व्यथा' अन्तरगत पृष्ठ ८६ हेर्नुहोस्।

कै उनको पानीको ली फुटिसकेको छ ? यदि फुटेको रहेछ भने कतिबेर भयो | """" सोध्नुहोस्, अरू जानकारीका लागि पानीको थैली फुटेको केही घण्टामा पनि बेथा नलागेमा पृष्ठ ८५ हेर्नुहोस्। साथै यदि पानी हरियो वा खैरो देखिएम को थैली फुटेर पनि बेथा पृष्ठ ८६ हेर्नुहोस्। लाग्न सुरु नभएमा पृष्ठ ८५

के बच्चा तल मुन्टो फर्काएर बसेको छ ? आमाको तल्लो पेटलाई बिस्तारै हरियो, खैरो पानी बगेमा छमेर बच्चा बसेको अवस्था पत्ता लगाउनुहोस् (पृष्ठ ७७) । बच्चा गलत पृष्ठ ८६ तरिकाले बसेको भएमा अस्पताल वा स्वास्थ्य केन्द्रमा लगिहाल्नुपर्छ । बच्चाको बसाइ जान्ने तरिका तपाईले आमालाई स्वस्थ बच्चा सजिलै जन्मन सक्छ भनी निश्चिन्त गराउनुपर्छ र आमाले एकदम राम्रोसित बच्चा जन्माउन प्रयत्न गरिरहेकी छन् भनी उत्साहित गराउनुपर्छ । जस्तो

  • ठीक र फुर्तीलो छुन लगाउने,
  • एकदम हलुका खाना खाइरहने भन्ने तर गह्रौं र तेलयुक्त खाना सल्लाह दिने,
  • तातो चिया, गुलियो भोल पदार्थ जे खान यताउत् मन लाग्छ खान भन्न,सख
  • बेला-बेलामा पिसाब फेरिरहन लगाउने, खल्न सजिलों
  • बेथाले चापेको बेला बिस्तारै लामो-लामो पर्छ। यसले सास लिन र अरू बेला सामान्य रूपमा दुखाइ कस सास लिन लगाउने
  • एकदम कन्न आवश्यक नभइ कन्न आमाको मन नलगाउने (पृष्ठ ८२ हेर्नुहोस्।)

दोस्रो चरण- बच्चालाई बाहिर निकाल्न कन्ने अवस्था

अब कन्ने बेला भयो भनी चिन्ने बेलाका लक्षणहरू (यसको मतलब पाठेघरको मुख पूरै खुलेको छ) ।

  • दिसा लाग्न आँटेको जस्तो हुने हुनाले यो बेला आमाले पनि बल गरेर कन्न मन गर्छिन्।
  • बेथाले च्यापेको बेला आमाको योनीवरिपरि भुक्क डल्लो परेको देखिन्छ र खुलेको योनीद्वारमा हेर्दा बच्चाको टाउको देख्न सकिन्छ । सुरु-सुरुमा योनी तन्कंदा र खुम्चँदा बच्चाको टाउको घरि वहिर निस्कने र घरि भित्र पस्ने गर्छ ।

यस चरणमा को गर्ने ?

  • नजिकै बसिरहनुहोस् र बच्चा निस्कनै लाग्यो वा बच्चा ठीक छ जस्ता कुराहरू गर्दै हौसला दिँदै गर्नुहोस्।
  • प्रत्येक पटक बेथाले च्याप्दा बच्चा बाहिर निकाल्न बल गर्न मन लाग्छ । जब आमा बच्चा निकाल्न बल गर्ने प्रयास गर्न थाल्छिन्, त्यो बेला उनलाई बिस्तारै लामो सास तानेर दिसा गर्दा कन्ने जस्तै गरी कन्न लगाउनुपर्छ । धेरै महिलाहरूलाई यो बेला अं. अं. गरी कन्दा निकै सजिलो हुनसक्छ ।
  • बच्चा जन्मन सक्ने स्थिति छ/छैन निश्चित गर्नुहोस्। यदि महिलाले बच्चा पाउनका लागि दुई घण्टादेखि एकोहोरो बल गरिरहेकी छिन् भने त्यो अति लामो प्रसव' हुनसक्छ । यसका लागि पृष्ठ ८६ हेर्नुहोस् ।

टाउको बाहिर निस्कनु

बालकको टाउको बेथाले नच्यापेका बेला पनि योनीबाट बाहिर निस्किएको देखिन्छ भने बच्चा जन्मने बेला भइसकेको छ भनी थाहा पाउनुपर्छ।

  • बच्चा जन्मन सक्ने स्थिति छ/छैन निश्चित गर्नुहोस्। यदि महिलाले बच्चा पाउनका लागि दुई घण्टादेखि`
  • . त्यो बेला आमालाई बेस्सरी बल नगरी बिस्तारै अँ ... अँ. गर्दै हल्कासँग कन्न लगानुहोस्।
  • 2. बेथा कम भएका बेला टाउकोलाई बिस्तारै बाहिर निस्कन दिनुहोस्। यसले ती आमाको योनीको छाला च्यातिनबाट जोगाउन मद्दत गर्छ।
  • बच्चाको टाउको निस्किसकेपछि बच्चाको नाक, मुख सफा ا कपडाले पुछिदिनुहोस्

काँध बाहिर निस्कने अवस्था

कांधलाई बाहिर निकाल्नका लागि :

बच्चाको टाउको बिस्तारै समाउनुहोस् र यसलाई आमाको पेटबाट अघिल्तिर धकेल्दिनुहोस्, अलिकति उठाउनुहोस्। यसले अगाडिको काँध बिस्तारै पहिले बाहिर निस्कन्छ,( तर कहिल्यै पनि टाउको समाएर तान्ने वा टाउकोलाई यताउता हल्लाउने गर्नु हुँदैन) ।

त्यसपछि बच्चाको बाँकी भाग सजिलै बाहिर आउँछ । बच्चालाई भुइँमा झर्न नदिन उसलाई समाउन तयारी भएर बस्नुहोस्।

नवजात शिशुको हेरचाह

स्वस्थ बच्चा जन्मनेबित्तिकै हातगोडा चलाउन, सास फेर्न र च्याँ.च्याँ. गरी रुन सुरु गर्छ । त्यस अवस्थामा नवजात शिशुको हेरचाह यसरी गर्नु पर्दछ ।

  • बच्चाको नाक र मुख सफा कपडाले पुछिदिनुहोस्। याल काढ्न सजिलो बनाइदिन बच्चाको टाउको शरीरभन्दा तल पार्नुहोस्। यदि याल, सिँगान धेरै नै जमेको रहेछ भने सक्सन बल्ब' द्वारा त्यसलाई तानीदिनुहोस् (पेज ८६ हेर्नुहोस् ।
  • बच्चालाई तुरुन्तै आमाको दूध चुसाउनुहोस्, बच्चाले दूध चुस्न थालेपछि आमाको पाठेघर खुम्चन्छ र रगत बग्न कम हुन थाल्छ । यसले सालनाल छिटो झर्न पनि मद्दत पुग्छ ।
  • धनुस्टङ्गार रोगबाट बच्न नाल सेतो भई चल्न (Pulsing) छाडेपछि काट्नुहोस् र बाँध्नुहोस्। नाल काट्दा बच्चाको नाइटोको छेवैबाट काट्नुपर्छ । बच्चाहरूको नाल फोहोर हतियारले काटेमा धनुष्टङ्कार रोग लागेर ज्यान जान सक्छ ।

नाल काट्ने प्रक्रिया

  • नालको धड्कन बन्द भएपछि दुई ठाउँमा धागोले बलियोसित नाभी बाँधी गोलो गाँठो बनाउनुहोस्। एउटा गाँठो बच्चाको पेटभन्दा दुई अमल टाढा र अर्को त्यसभन्दा दुई अमल पर पारी नाललाई बाँध्नुहोस्।

तेस्रो अवस्था : साल भर्नु

बच्चालाई सफासुग्घर पारेर दूध चुसाउन्जेलसम्ममा साल बाहिर निस्कने बेला भइसकेको हुन्छ ।

योनीबाट साल झर्न थालेको कुरा अड्केको नालको लम्बाइ बढ्न थालेपछि थाहा पाइन्छ । यसबेला धेरै रक्तस्राव नभएको कुरामा निश्चित गर्नुपर्छ । अड्केको नाल निकै बाहिर आइसकेपछि आमालाई अलि बढी कन्न लगाउनुपर्छ तर नाल बाहिर निकाल्न कहिल्यै तान्नु हुँदैन । यदि साल बाहिर पनि आएको छैन र रगत पनि बगेको छैन भने एक घण्टासम्म पर्खनुपर्छ ।

सालनाल बाहिर ल्याउन सहयोग गर्ने उपाय :

  • आमालाई टुक्रुक्क बसाएर बल गर्न लगाउनुहोस्। उनी बल गर्न सक्तिनन् भने ठूलो आवाजमा हाच्छयुँ गर्न वा खोक्न लगाउनुहोस्।
  • बच्चालाई हेरचाह गर्न उनलाई प्रोत्साहित गर्नुपर्छ र कसैले उनको दूधको मुन्टो चलाई दिनुपर्छ । यसो गर्दा पाठेघर खुम्चन मद्दत पुग्छ ।
  • आमालाई पिसाब गर्न लगाउनुहोस्।
  • यति गर्दा पनि सालनाल खसेन भने फिलामा अक्सिटोसिन १० मि.ग्रा. को इन्जेक्सन दिनुपर्छ ।
  • यदि योनीबाट बढी रक्तस्राव हुन थालेमा पृष्ठ ९२ हेर्नुहोस्।

सालनालको परीक्षण : सामान्यतः सालनाल सबै एकैसाथ झर्छ तर कुनै-कुनै बेला सानो टुक्रा पाठेघरभित्रै बाँकी रहन पनि सक्छ । त्यसैको कारणले पछि x- साल बाहिर निस्किएपछि यसलाई रक्तस्राव हुने र पाठेघरको संक्रमण हुने डर कुनै भाडोमा राखेर सबै आएको रहन्छ । सालनाल बाहिर आउँदा सबै आएको ( छ छैन हेर्नुहोस् । हो, होइन राम्ररी हेर्ने र त्यसमा पानीको थैलो भएको झिल्ली पनि आएको छ, छैन जाँच गनुपर्छ ।

यदि आमालाई रक्तस्राव भइरहेको छ वा भित्रपट्टि सालको टुक्रा अड्कएको छ वा पानीको झिल्ली भेटिएन भने पेज ९२ को बढी रगत बगेमा' शीर्षक हेर्नुहोस्।

  • पानी बाहिर निस्कनु तर बेथा
  • बच्चा जन्मनुअगाडि नै
  • हरियो तथा खैरो पानी बग्नु । नलाग्नु । रक्तस्राव हुनु ।
  • ज्वरो आउनु ।
  • बच्चा तेसों परेर बस्नु ।
  • लामो बेथा लाग्नु ।
  • काम्नु वा बेहोस हुनु ।

पानी बाहिर निस्के पनि बेथा नलाग्नु

सामान्यतः गर्भवती महिलाहरूलाई पानी बगेको २४ घण्टापछि बेथा लाग्न सुरु हुन्छ । यदि पानी बगेको १२ घण्टासम्म पनि बेथा लागेन भने आमा र बच्चा दुबैलाई गम्भीर संक्रमण हुनसक्छ ।

यस्तो भएमा के गर्ने ?

  • यस्तोबेला आफ्नो योनीमा केही पनि नराख्ने । यसले गर्दा संक्रमण हुनसक्छ ।
  • ज्वरो आएको छ वा योनीबाट दुर्गन्ध आउँछ भने संक्रमण सुरु भएको हुनसक्छ। यसपछि बेथा नै लाग्यो भने पनि आमा र बच्चा दुबैको जीवन खतरामा हुने भएकाले उनलाई नसाबाट एन्टिबायोटिक्स सुई दिनु जरुरी हुन्छ त्यसैले स्वास्थ्य केन्द्र वा अस्पतालमा जाने वा लैजाने ।
  • संक्रमण भएको छैन भने बेथा लगाउने प्रयास गर्ने । यसका लागि पाइन्छ भने अडिर दुई चम्चा खान दिने, दूधका मुन्टा चलाइदिने वा कसैलाई चुस्न लगाउने । यति गर्दा पनि बेथा सुरु नभए अस्पताल वा स्वास्थ्य केन्द्र लैजानुपर्छ ।

बच्चा ठीकसँग बसेको छैन भने

बेथा लागेर बच्चाको हात बाहिर पहिला नै निस्कियो भने बच्चा तेर्सिएर बसेको छ भन्ने थाहा हुन्छ । बच्चा कसरी बसेको छ त्यसको जाँच गर्न पृष्ठ ७५ र ७७ मा हेर्नुहोस्। यदि बच्चा तेर्सिएर बसेको छ भने शल्यक्रिया नगरी कुनै हालतमा जन्मन सक्दैन । एक पटक बेथा सुरु भइसकेपछि बच्चाको बसाइको अवस्था परिवर्तन गर्न खोज्नु हुँदैन । त्यसो गर्नाले पाठेघर च्यातिन सक्छ वा सालनाल पाठेघरको घेराबाट बाहिर छुट्टिएर जान सक्छ ।

के गर्ने त ?
यस्तो अवस्था भएमा तत्काल आमालाई अस्पताल लैजानुपर्छ।

बच्चा जन्मनुअगाडि हुने रक्तस्राव

बेथा लागेका बेला केही फिक्का रातो वा खैरो रङ्गको याल र रगत बाहिर निस्कनु सामान्य मानिन्छ तर त्यो बेला गाढा रातो रगत बग्न थाल्यो भने सालनाल पाठेघरको घेराबाट छुट्टिएको वा यसले पाठेघरको मुख ढाकेको छ भन्ने बुझनुपर्छ। यो ज्यादै खतराको लक्षण हो।

यस्तो भएमा के गर्ने ?

यस अवस्थामा आमालाई तुरुन्त अस्पताल पुयाउनुपर्छ र सम्भव हुन्छ भने सेलाइन वा ग्लुकोज पानी चढाउनुपर्छ ।

लामो बेथा लाग्नु

आमालाई १२ घण्टाभन्दा बढी समयदेखि बेथाले चापेको छ वा दुई घण्टादेखि बल गर्दा पनि बच्चा जन्मने छॉटकॉट छैन भने कुनै समस्या हुनसक्छ।

यस्तो भएमा के गर्ने ?

यदि आमालाई प्रत्येक २-३ मिनेटमा र एक मिनेटसम्म बेथाले च्याप्न थाल्यो भने राम्ररी बेथा लागेको छ भनी ठान्नुपर्छ । यदि यस्तो नभए बेथा लगाउने प्रयास गर्नुपर्छ । यस्तो अवस्थामा उनलाई निदाउन सल्लाह दिनुपर्छ । यदि उनी सुत्न सकिनन् भने उनका दूधका मुन्टा चलाइदिने र बेथा लाग्न रोकिएका बेला यताउति घुम्न लगाउँदा बेथा राम्ररी लाग्न सक्छ । त्यसबेला उनलाई हलुका खाना र झोल पदार्थ पिउन दिनुपर्छ । फलफूलको रस, चिनी राखेको चिया र उखुजस्ता पदार्थहरुले शक्ति दिन्छन्।

बेथा लागेर आमा ज्यादै नै थकित भइन् वा बेथा लागेको १२ घन्टासम्म वा बच्चा निकाल्न बल गर्न थालेको १ घण्टासम्ममा पनि बच्चा जन्मन सकेन भने उनलाई तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा लैजानुपर्छ। त्यो बेला उनलाई औषधि दिने वा चाँडै अपरेसन गर्नुपर्ने हुनसक्छ।

हरियो वा खैरो पानी

योनीबाट हरियो वा खैरो पानी बग्यो भने पनि बच्चालाई समस्या परेको छ। भन्न थाहा पाउनुपछ ।

यस्तो भएमा के गर्ने ?

बेथा लाग्न सुरु मात्र भएको वा बच्चा निकाल्न आमाले बल गर्न थालेकी छैनन् भने बच्चा जन्माउन उनलाई अस्पताल लैजानु नै उपयुक्त हुन्छ। यदि दोस्रो चरणको बेथा लागेको छ वा बच्चा छिट्टै जन्मन लागेको छ भने आमालाई सक्दो बल गर्न लगाएर बच्चा पाउन लगाउने प्रयत्न गर्नुपर्छ। बच्चाको टाउको निस्किनासाथ उसको मुख र नाकलाई सफा कपडाले पुछिदिनु पर्छ वा सक्सन' लगाएर राल, ! सिँगान निकालिदिनुपर्छ। बच्चाको टाउको शरीरभन्दा तल पारिदिनुपर्छ जसले गर्दा नाक, मुखभित्र भएको याल, खकार बाहिर निस्कन सक्छ। बच्चामा सास फेर्न कठिनाई छ भने उनलाई अस्पताल लग्नु पर्छ।

ज्वरो

सामान्यतः ज्वरो आउनु संक्रमणको लक्षण हो । यस्तो भएमा के गर्ने :

एउटा हत्केलाको पछाडिको भागले महिलाको निधारमा छाम्ने र अर्कोले आफ्नो निधार छाम्ने । (आफूसित थर्मामिटर भए नाप्ने तरिका पेज ५२६ मा हेर्नुहोस् ।) यदि तपाईंभन्दा उनी केही बढी ताती छिन् भने उनलाई तरल पदार्थ आवश्यक पर्छ । उनलाई प्रशस्तै पानी, फिक्का चिया, फलफूलको रस खुवाउनुहोस् र घण्टाघण्टामा पिसाब फेर्न लगाउनुहोस्।

यदि उनीलाई ज्यादै ज्वरो आएको जस्तो छ वा बढी जाडो भएको महसुस हुन्छ भने उनलाई अस्पताल वा स्वास्थ्य केन्द्रमा लैजानु जरुरी हुन्छ । तत्कालै अस्पताल लग्न नसके अस्पताल नपुगुन्जेल उनलाई एन्टिबायोटिक खुवाउनु जरुरी हुन्छ । प्रत्येक ६-६ घण्टामा एम्पिसिलिन खुवाउनुपर्छ अथवा १.२ मिलियन युनिटको प्रोकेन पेनसिलिन सुई उनको फिलाबाट प्रत्येक १२ घण्टामा दिनुपर्छ र चाँडै अस्पताल लैजानुपर्छ ।

बेहोस हुनु वा अनुहार र हातगोडा सुन्निनु (इक्ल्याम्पसिया)

  • टाउकोमा चोट पटक लाग्न नदिन उनको टाउकामुनि केही कपडा राखिदिनुपर्छ । सम्भव भएसम्म उनलाई देब्रे कोल्टो फिराउनुपर्छ तर उठाउन खोज्नु हुँदैन । जिब्रो टोकिनबाट जोगाउन मुखमा बाक्लो कपडा राखिदिने ।
  • उनलाई सितल ठाउँमा राख्नुपर्छ ।
  • त्यस्तो बेलामा स्थानीय रूपमा पाइने जनसकै -

यदि सम्भव हुन्छ भने निम्न औषधि प्रयोग गर्नुपर्छ :

  • म्याग्नेसियम सल्फेट ५० प्रतिशत सोलुसन ५ ग्राम को सुई फिलामा एकपटक लगाउनुपर्छ र आवश्यक पथ्र्यो भने प्रत्येक ४ घण्टामा अर्को पनि सुई लगाउनुपर्छ ।
  • डाइजिपाम प्रयोग गर्न सकिन्छ

डाइजिपाम कसरी दिने ?

महिलाले मूच्छ परेका बेला डाइजिपाम चक्की निल्न सक्दैनन् र यस्तो बेला सुई लगाउँदा त्यति राम्ररी काम गर्न सक्दैन । यस्तो बेलामा झोल डाइजिपाम वा चक्कीलाई पानीमा घोली गुदद्वारभित्र हाल्नु राम्रो हुन्छ।

डाइजिपाम भोल :

पहिलो पटकको कम्पनमा २० मिली ग्राम डाइजिपाम झोल दिनुपर्छ । यदि फेरि पनि त्यस्तो कम्पन छुटे १५ मि.ग्रा. प्रत्येक कम्पनपिच्छे दिँदै जानुपर्छ ।

डाइजिपाम भोल दिंदा पहिले सिरिन्जमा भर्ने अनि छ छैन निश्चित सिरिन्जबाट सुई नलीले मात्र औषधि गुदद्वारमा राख्ने ।

सिरिन्जको नली २ इन्चजति बिस्तारै गुदद्वारभित्र छिराउने र बिस्तारै औषधि भित्र पठाउने । औषधि राखिसकेपछि ५ मिनेटसम्म सिरिन्ज त्यहीं राख्नुपर्छ । यसरी राख्नाले भित्रबाट औषधि बाहिर निस्कनलाई रोक्छ। यदि केही भोल गुदद्वारबाट बाहिर निस्किएमा र ५ मि.ग्रा. डाइजिपाम थप्दा ठीकै हुन्छ ।

डाइजिपाम चक्की : यदि आफूसित डाइजिपाम चक्की मात्रै छ भने त्यसलाई धूलो पारी उमालेर चिसो पारिएको सफा पानीमा घोल्नुपर्छ । जम्मा २० मि.ग्रा घोल्नुहोस् । धूलो पानीमा पूरै नबिलाउन पनि सक्छ ।

यसलाई प्रयोग गर्न घोललाई सुईले तानेर सिरिन्जमा राख्ने र सुई फाल्ने, त्यसपछि माथि बताए जस्तै गरी गुदद्वारबाट भित्र पठाउने गर्नुपर्छ ।

बच्चाको कर्णेध अड्कनु

बच्चा धेरै ठूलो छ भने कुनै-कुनै बेला बच्चाको टाउको निस्किएपछि काँध निस्कन सक्दैन । यस्तो बेला बच्चा छिटो निस्केन भने मर्ने वा अन्य खतरा हुने सम्भावना रहन्छ ।

यस्तो भएमा के गर्ने :

  • आमाले घुँडा र हातले भुइँमा थिचेर बल गर्नुपर्छ । यसो गर्दा प्रायशः अड्कएको कांध बाहिर निस्कन्छ र बच्चा जन्मन सक्छ ।"
  • माथि भनेजस्तो तरिकाबाट भएन भने ओछयानको छेउमा ल्याएर उनलाई र अर्को सहयोगीले उनको तिघ्रालाई पेटतिर ठेलिदिनुपर्छ । जब आमालाई फेरि बेथा सुरु हुन्छ, त्यो बेला बेस्सरी बल गर्न लगाउनुपर्छ ।
  • यति गर्दा पनि बच्चा बाहिर निस्कन सकेन मछ ।भने आफ्नो हात बिस्तारै बच्चाको घाँटीबाट भित्र लगी ढाडसम्म पुयाउनुपर्छ । आफूले पनि बच्चाकी आमाले कनेको बेला बिस्तारै माथिल्लो काँधलाई अघिल्तिर ठेलिदिनुपर्छ ।

जुम्ल्याहा बच्चा हुनु

आमाका गर्भमा एउटाभन्दा बढी बच्चाहरू छन्। भने त्यो बेला अस्पताल लगेर मात्र बच्चा जन्माउनु राम्रो हुन्छ । जुम्ल्याहामध्ये एउटा बच्चा गलत तरिकाले बस्नसक्ने बढी सम्भावना र बच्चा जन्मिएपछि बढी रक्तस्राव हुने सम्भावना हुन्छ तर घरमा नै बच्चा जन्माउनै पर्ने अवस्था छ भने

बच्चाको घाँटीमा नाल बेरिनु

कहिलेकाहीं बच्चाको घाँटीमा नाल बेरिन सक्छ । यस्तो भएमा सामान्यतःनाललाई बिस्तारै खुकुलो पारेर बच्चाको टाउको वा काँधबाट छिराउनुपर्छ ।

यदि नाल एकदम कसिएको छ र यसले बच्चाको घाँटी अँठयाएको छ भने त्यो बाध्नुहोस् र बाँधेको बीचमा काट्नुहोस् तर काट्ने पत्ती, बाँध्ने धागो सफा हुनुपर्छ साथै आमा र बच्चालाई चोट लाग्नु हुँदैन ।

उल्टो बसेको बच्चा जन्मदा

जन्मन थाल्दा पहिला उसको मलद्वार योनीबाट बाहिर निस्कन्छ । (बच्चाको बसाइबारे जाँच गर्न पृष्ठ ७७ हेर्नुहोस्। यदि यो पहिलो बेत हो भने बच्चा जन्माउन अस्पताल लानुपर्छ । अस्पताल लानै नसक्ने स्थितिमा पनि अनुभवी सुँडेनी वा चिकित्सकको सहयोग लिनुपर्छ ।

ज्यादै रगत बग्नु (रक्तस्राव)

बच्चा जन्मिएपछि अलि–अलि रगत बग्नु सामान्य मानिन्छ तर बच्चा जन्मिएको एक घण्टाभित्र रक्तस्राव रोकिएन भने अथवा दुई कपभन्दा बढी रगत बगिसकेको छ भने अथवा एकै घण्टामा बिछयौना रगताम्मे भयो भने ज्यादै नै ठूलो समस्या हो भन्ने बुझ्नुपर्छ ।

यस्तो भएमा के गर्ने ?

  • अस्पताल लग्नुहोस्।
  • यसको प्रबन्ध नहुन्जेलसम्म निम्नबमोजिम कामहरू गर्नुहोस्।

सालनाल ननिस्कोर्दै बढी रगत बगेको छ भने :

  • आमालाई टुक्रुक्क बसेर सालनाल निकाल्न बल गर्न लगाउनुहोस्।
  • उनलाई पिसाब फेर्न लगाउनुहोस्।
  • बच्चालाई दूध चुसाउन लगाउनुहोस्। यदि बच्चाले दूध चुसेन भने आमालाई दूधको मुन्टो माड्न लगाउनुहोस्। यसो गर्दा पाठेघर खुम्चने गर्छ र सालनाल बाहिर निस्कन मद्दत पुग्छ ।
  • यदि आफूसित अक्सिटोसिन सुई छ भने फिलाबाट १० एम.एल. को सुई दिनुहोस्। वा मिसोप्रोस्टोल दुई चक्की एकपटकमात्र खुवाउनुहोस् । हाल नेपालका केही जिल्लाहरुमा मातृशिशु सुरक्षा चक्कीको नाममा निशुल्क उपलव्ध गराइन थालिएको छ ।

यदि आमा सालनाल निकाल्नका लागि बल गर्न नसक्ने गरी कमजोर भएमा वा अत्याधिक रक्तस्राव भएकाले आमा बेहोस भएमा उनीलाई नजिकको अस्पतालमा लग्नुहोस् । बाटोको समयमा उनको सालनाल निकाल्ने सहयोग गर्नुहोस्। यो काम महिलाको ज्यान खतरामा परेको जस्तो लागेमा मात्र थाल्नुहोस्। सर्वप्रथम सालनाल उनको पाठेघरबाट छुट्टिएको छ छैन, त्यसका चिह्नहरू बुझनुहोस्।

  • योनीको मुखदेखि करिब एक हात पर नाललाई सफा कपडा धागोले बाँधेर चिनो लगाउनुहोस्।
  • आफ्नो हात महिलाको पेटको नाइटोमुनि राख्नुहोस् र पाठेघर खुम्चिएर कडा भएको महसुस भएपछि माथिपट्ट वा उनको टाउकोतिर ठेल्नुहोस्।
  • छैन भन्ने थाहा पाउनुपर्छ । यस्तो छ भने सालनाल बाहिर ल्याउन प्रयत्न नगर्नुहोस्।
  • नाल काटेर बाँधेका ठाउँमा सफा, सुक्खा कपडाले बेरेर हातले समाई बिस्तारै तान्नुहोस् तर धेरै बल गरेर तान्नु हुँदैन । यदि नाल तलतिर सरेको जस्तो लागेन भने तत्काल तान्न छाडनुहोस्।
  • सालनाल बाहिर आइसकेपछि पाठेघर कडा नहुन्जेलसम्म एउटा हातले पाठेघर माड्नुहोस्। अर्को हातले पाठेघरको तल्लो भागलाई माथितिर ठेल्नुहोस्।
  • नसाबाट वा गुदद्वारबाट सलाइन पानी वा ग्लुकोज पानी चढाउनुहोस्।

सालनाल बाहिर निस्किएपछि रक्तस्राव हुन सुरु गरेमा

  • आमालाई पिसाब फेर्न लगाउने ।
  • आमालाई उत्तानो पारेर सुताई बच्चालाई दूध चुसाउने । यदि बच्चाले दूध चुसेन भने आमालाई दूधको मुन्टो माड्न लगाउने । यसो गर्दा पाठेघर खुम्चन्छ र रक्तस्राव रोकिन्छ ।
  • नाइटोदेखि तलको पेटवरिपरि पाठेघर कडा नहुन्जेल माड्नुहोस्। यो काम रगत नरोकिउन्जेल गर्नुपर्छ
  • यसो गरेर पनि केही समयपछि पाठेघर कडा भएन वा रगत लगातार बगिरह्यो भने रगत रोक्ने औषधिहरु दिनुहोस्।

भर्खरै जन्मेको बच्चामा देखिने खतराका चिह्नहरू

महिना नपुगेका र कम तौल भएका बच्चाको जननमा

गर्भ रहेको नौ महिना नपुगी जन्मेका बच्चा वा साढे दुई किलो (२५०० ग्राम) भन्दा कम तौल भएका बच्चाहरूलाई विशेष स्याहारको आवश्यकता पर्दछ ।

  • बच्चा जन्मनासाथ त्यसलाई सफा र न्यानो कपडाले तत्कालै ओभानो पारेर
  • बच्चालाई आमाको दूध चुसाइरहनुहोस्। सानो बच्चालाई २-२ घण्टामा दूध चुसाउनु आवश्यक हुन्छ ।
  • बच्चालाई नुहाउनु हुँदैन, केवल न्यानो र सफा बनाएर मात्र राख्नुपर्छ।

बच्चाले सास नपकेरेमा

बच्चाको नाल सेतो भएको २-३ मिनेटपछि वा सालनालले पाठेघरको भित्ताबाट छुट्टिएपछि बच्चाले आफै सास फेर्न थाल्छ। यदि सास फेर्न सुरु गरेन भने त्यस बच्चाको दिमागमा गम्भीर असर पर्न सक्छ वा मृत्यु हुनसक्छ ।

यस्तो भएमा के गर्ने ?

बच्चाको नाक, मुख सफा पारिदिनुहोस् र ढाड र खुट्टामा मालिस गरिदिनुहोस्। यति गर्दा पनि बच्चाले सास फेर्न सुरु नगरे आपतकालीन श्वासप्रश्वास विधि अपनाउनुहोस्।

  • बच्चालाई भुइँ वा टेबुल जस्तो कडा ठाउँमा सुताउनुहोस्।
  • बच्चाको पछाडिको भागलाई थोरै कोल्टयाएर गला खोलिदिनुहोस्।
  • आफ्नो मुख बच्चाको नाक र मुखमा राखेर बिस्तारै सास भरिदिनुहोस्। यो काम एक मिनेटमा ४० पटक गर्नुपर्छ र सास दिने क्रममा बच्चालाई पनि सास बाहिर फाल्न दिनुपर्छ ।
  • प्रत्येक पटक श्वासप्रश्वास गर्दा बच्चाको पेट र छाती घट्ने र बढ्ने गर्छ । त्यस बेलामा पेट मात्र फुल्यो भने त्यो पेटतिर गएको छ भन्ने थाहा पाउनुपर्छ । त्यस बेलामा टाउकोको स्थानलाई बदल्नुहोस् र घाँटीमा केही अड्कएको छैन भनी निश्चित गर्नुहोस्।

विशेष ध्यान दिनुपर्ने कुरा: नवजात शिशुको फोक्सो ज्यादै कमजोर हुन्छ । यदि यो बेला जोडसँग फुक्यो भने फोक्सो बिग्रने ज्यादै डर रहन्छ। त्यो बेला सास दिँदा छातीबाट तानेर होइन मुखभित्र जम्मा भएको हावा मात्र बिस्तारै दिनुपर्छ ।

बच्चा जन्मेपछि आमा र बच्चालाई गर्नुपर्ने हेरचाह

बच्चा जन्माउनासाथ आमालाई गर्नुपर्ने हेरचाह

सुत्केरीलाई जतिसक्दो छिटो दूध चुसाउन लगाउनुहोस्। यसो गर्दा उनका शरीरबाट रगत बग्न पनि रोकिन्छ ।

  • आमाको पटेमा हात राखेर माथिल्लो भागलाई छाम्नुहोस्। यो गोलो र कडा हुन्छ र उनको नाइटोसम्म फैलिन्छ । छाम्दा पाठेघर नरमजस्तो लाग्यो भने आमालाई पिसाब फेर्न लगाउनुपर्छ । त्यसपछि त्यसलाई कडा नहुन्जेलसम्म मालिस गरि दिनुपर्छ । फेरि पाठेघर नरम भएको छ कि भनी छमिरहनुपर्छ । रगत बगेको छ। छैन त्यो पनि जाँच्नुपर्छ । आमालाई पाठेघर छामेर थाहा पाउने र नरम भएमा माड्ने तरिकाहरू सिकाउनुहोस्।
  • आमाको योनीमा हेर्नुहोस्, बढी च्यातिएको वा बढी रगत बगिरहेको रहेछ भने सिउन जान्नेलाई च्यातिएको भाग सिउन लगाउनुहोस्।
  • उनी भोकाएकी छिन् भने प्रशस्तै झोल पदार्थ र खाना खान दिनुहोस्।

बच्चाको हेरचाह

स्तनपान बच्चाका लागि सर्वोत्तम खाना हो भन्ने आमाले थाहा पाएकी छन्। छैनन्। यसबारेमा निश्चित गर्नुहोस्। बच्चालाई आमासितै राख्नुपर्छ जसले गर्दा उसले दूध चुस्न पनि खोज्छ र न्यानो पनि हुन्छ । बच्चालाई सफा र न्यानो पारेर राख्न आमालाई प्रोत्साहित गर्नुहोस् र बच्चाले जतिखेर दूध चुस्न खोज्छ त्यतिखेर चुसाउनुपर्छ ।

प्राय: बच्चा जन्मेको पहिलो हप्तासम्म आँखामा कचेरा आउने गर्छ । त्यस्तो बेला आमाको दूधले वा उमालेर चिसो पारेको पानीमा सफा कपडा भिजाएर आँखा पुछिदिनुपर्छ । यदि बच्चाको आँखा रातो, सुन्निएको र आँखाबाट पिपजस्तो समेत बग्छ भने बच्चालाई स्वास्थ्यकर्मी कहाँ जँचाउन लैजानुपर्छ ।

नालको हेरचाह

बच्चाको नाइटोमा रहेको नालको ठुटोलाई सफा र सुक्खा राख्नुपर्छ । सम्भव भएसम्म प्रत्येकपल्ट थाङ्ना फेर्नासाथ नाललाई रक्सी वा स्प्रिट सफा कपासमा राखेर सफा गर्ने गर्नुपर्छ । यो पहिलो हप्ताभित्रै सुकेर भुइँमा झर्छ । फिंगा बस्ने वा धूलो पर्ने सम्भावना छैन भने यसलाई कुनै चिजले ढाकिरहनु पर्दैन । ढाक्नु परेमा सफा पट्टी वा कपडाको टुक्राले ढाक्नुहोस्।

यदि त्यो नालको वरिपरि रातो भएमा वा पिप देखिएमा बच्चालाई संक्रमण भएको हुनसक्छ । त्यो बेला बच्चालाई स्वास्थ्यकर्मीसित जंचाउन लैजाने र तुरुन्तै एन्टिबायोटिक दिनुपर्ने हुनसक्छ ।

नवजात शिशुमा धनुष्टङ्गारका खतराका लक्षणहरू :

  • ज्वरो आउनु ।
  • बच्चा रोइ मात्र रहनु
  • बच्चाले दूध चुस्न नसक्नु ।
  • छिटो छिटो सास फेर्नु ।

यस्तो भएमा के गर्ने

तुरुन्तै बच्चालाई अस्पताल वा स्वास्थ्य केन्द्र लैजाने । यदि टाढा छ र २ घण्टाभित्र त्यहाँ पुयाउन सकिँदैन भने १ लाख युनिटको बेन्जायल पेन्सिलिन सुई लगाइदिनुपर्छ ।

जन्मिएको एक हप्ताभित्र सुत्केरी आमाको हेरचाह

  • संक्रमण रोक्न योनीमा केही चिज राख्नु वा सम्भोग गर्नु हुँदैन ।
  • उनले त्यो बेला प्रशस्तै झोल पदार्थ पिउनुपर्छ ।
  • बच्चालाई अरू खाना नख्वाई स्तनपान मात्र गराउने महिला तुरुन्तै गर्भ रहनबाट सुरक्षित हुनसक्छिन्। पूर्ण सुरक्षित हुने कुरा जान्नका लागि पृष्ठ २१८ हेर्नुहोस्।
  • यदि बच्चा जन्माउँदा योनीमा घाउ भएको छ भने यसलाई सफा राख्नुपर्छ। तातो पानीले कपडा भिजाएर सेक्ने र मह लगाउने गर्नाले त्यो घाउ छिट्टै निको हुन मद्दत पुग्छ । यदि त्यो घाउ ज्यादै पोल्छ भने पिसाब फेर्ने बेलामा योनीलाई पानीले चिसो पार्दा आराम हुन्छ ।

यौनाङ्गमा घाउ निको पार्न गाउँघरमा कुनै जडीबुटी प्रयोग गर्ने चलन छ भने त्यो पनि सफा र सकभर उमालेको हुनुपर्छ । तर कुनै पनि जडीबुटी योनीभित्र छिराउनु हुँदैन ।

  • भने उनले सकभर चाँडो परिवार नियोजनको साधन प्रयोग गर्न थाल्नुपर्छ । उनले त्यो बेला आफ्नो सुरक्षाका लागि यौन सम्पर्क राख्नुअगाडिदेखि नै परिवार नियोजनका साधन प्रयोग नगरे चाँडै पुनः गर्भवती हुन सक्छिन्।

सुत्केरी भएको केही दिनसम्म हुने खतराका लक्षणहरू रक्तस्राव

बच्चा जन्मिएको एक दिनपछिबाट पुन: रक्तस्राव हुन थाल्यो भने सामान्यतः पाठेघरभित्र सालको टुक्रा अड्कएका कारण त्यस्तो भएको हुनसक्छ।

अत्यधिक रक्तस्राव कुन बेला भएको मान्न सकिन्छ?

  • बच्चा जन्मिएको पहिलो दिन प्रतिघण्टामा दुईवटा प्याड अथवा टालो भिज्ने गरी रक्तस्राव भयो भने
  • बच्चा जन्मेको १ दिनपछि प्रतिघण्टामा एउटा प्याड वा टालोभन्दा बढी भिज्ने गरी रक्तस्राव भयो भने
  • अलि–अलि लगातार रगत बगिरह्यो भने ।

यस्तो भएमा के गर्ने ?

  • पाठेघरमाथि कडा नहुन्जेलसम्म माडिरहनुहोस्। बच्चालाई दूध चुसाउन वा कसैलाई x- बच्चाकी आमाले आफूलाई सन्चो
  • रगत रोक्ने औषधिहरु दिनुहोस्। ( पृष्ठ ९३ को तालिका हेर्नुहोस्) । लक्षणहरू छन् कि ध्यान दिनुहोस् ।
  • यति गर्दा पनि रगत बग्न नरोकिएमा चिकित्सकको सहयोग लिनुपर्छ । उनलाई अस्पताल नपुयाउँदासम्म लगातार पाठेघर माडिरहनुहोस् ।
  • यदि उनलाई संक्रमण भएका कुनै लक्षण देखापरेमा पाठेघर संक्रमण शीर्षकमा बताइएको एन्टिबायोटिक औषधि दिनुहोस्।

पाठेघर संक्रमण

पाठेघर संक्रमण धेरै गंभीर समस्या हो । यसको उपचार गर्नुपर्छ नत्र यसले महिलालाई बॉभो बनाउँछ वा ज्यान नै लिन पनि सक्छ ।

पाठेघर संक्रमणका चिह्नहरू

  • ज्वरो आउनु र कम्प हुनु ।
  • पेटमा त्यतिकै वा छाम्दाखेरि पीडा हुनु ।
  • योनीबाट दुगंधित पानी बग्नु ।

उपचार

१.तल दिइएका औषधिहरुको दुईखाले संयुक्त मात्रा मध्ये एकथरि औषधि खान दिनुहोस्।.

  • सेफिक्सीम चक्की (४०० मि.ग्रा.का) एकएकवटा दिनमा २ पटक, र डक्सिसाइक्लीन चक्की (१०० मि.ग्रा.का) एकएकवटा दिनमा २ पटक र मेट्रोनिडाजोल ४०० देखि ५०० मि.ग्रा. चक्की दिनको ३ पटक खुवाउने । स्तनपान गराउने महिलालाई डक्सिसाइक्लीन नदिनु होस् ।
  • एम्पिसिलिन सुई पहिलो मात्रा २ ग्रामक नशा वा मांशपेशीमा दिने र त्यसपछि १ ग्रामका दरले दिनमा चार पटक दिने र जेन्टामाइसिन ८० मि.ग्राम पहिलो मात्रा, त्यसपछि अरू मात्रामा ६० मि.ग्रामका दरले दिनको ३ पटक सूई दिने र मेट्रोनिडाजोल ४०० देखि ५०० मि.ग्रा. का दरले दिनको ३ पटक चक्की भए खुवाउने वा सूई भए सूई दिने । जुन थरिका औषधिहरुको संयुक्त मात्रा दिएपनि ज्वरो रोकिएको ४८ घण्टासम्म नियमित गर्नु पर्छ ।
  • यसो गर्दा पनि उनलाई सन्चो भएन भने नजिकैको अस्पताल लैजानुहोस्। उनलाई प्रशस्तै झोल पदार्थ पिउन लगाउनुहोस्।

    विशेष ध्यान दिनुपर्ने महिलाहरू

    गर्भपतन

    गर्भपतन भनेको भ्रूणको पूरा विकास नहुदै गर्भबाट खस्नु हो । कहिलेकहीं गर्भवती आमाका प्रजनन अङ्गहरूले गर्नुपर्ने काम राम्ररी सञ्चालन नगर्नाले पनि गर्भमा बन्दै गरेको भ्रूण गम्भीर समस्यामा पर्छ र गर्भमा राम्रोसित बढ्न पाउँदैन । गर्भपतन खासगरी गर्भ रहेको ३ महिनाभित्रमा बढी हुनेगर्छ तर एकपटक गर्भपतन भए पनि पट्क गर्भधारण गर्न सक्छिन् र गर्भवती खतरा नआई बच्चा जन्माउन सक्छिन् ।

    गर्भपतनका लक्षणहरू तल्लो पेट दुख्नु र रक्तस्राव हुनु नै हो । (सम्भावित अरू परिणामहरूबारे बढी जानकारीका महिलाले अकाँ अवस्थामा केही लागि पृष्ठ २३४ हेर्नुहोस्) । सामन्यतः त्यो बेला पेट दुखाइ र रगत बग्नेक्रम सुरुमा महिनावारी भएको बेलामा जस्तै हुन्छ । त्यसपछि क्रमशः बढ्दै गएर अत्यधिक र सुरु हुन्छ । त्यो बेला रगतका स-साना जालो जस्तो टुक्रा पनि आउन सक्छ ।

    यदि गर्भपतन भएको केही दिनदेखि छ भने वा मैनावारी हुने बेलामा भन्दा त बग्न फाल्सा र केही पेट दुख्ने र रगत बग्ने लगातार भैरहेको ज्यादै धेरै रगत बगिरहेकेा छ भने अथवा ती महिलालाई ज्वरो आइरहने साथै गन्हाउछ योनीस्राव भने गर्भ वा भ्रूणको टुक्रा अझै पाठेघरभित्र बाँकी हुनसक्छ ।यस्तो अवस्थालाई अपूर्ण गर्भपतन भनिन्छ । यस्तो भएमा अत्यधिक रक्तस्र व भई खतरनाक वा ज्यानै पनि जाने हुन्छ । यस्तो अवस्थामा महिलाले अनुभ वी स्वास्थ्य कार्यकर्ता भएको स्वास्थ्य कन्द्रमा वा अस्पताल गएर पाठघर सफ गर्न लगाउनुपर्छ ।

    यदि तल्लो पेट लगातार ज्यादै दुखिरह्यो भने गर्भ पाठेघरको नलीमा बसेको हुनसक्ने भएकाले ज्यादै खतरा हुन्छ (हेर्नुहोस् पृष्ठ ७३ ।)

    गर्भपतन भएपछि महिलाले घटीमा १५ दिनजति गह्रौं भारी नबोक्ने र पूर्ण विश्राम लिनुपर्छ । त्यस बेलामा योनीभित्र पानीले पखाल्नु वा डुस दिनु हुँदैन । साथै महिलाले रगत बग्न पूरै नरोकिउन्जेल यौनसम्पर्क गर्नु हुँदैन किनकि त्यो बेला पाठेघर बन्द भइसकेक गर्छन्। यस्तो हुँदैन र संक्रमण हुनसक्छ ।

    गर्भपतनको कारण धेरैजसो महिलाहरू उदास हुने बेला एकपटक गर्भपतन भइसकेकी महिलासँग बातचित गर्दा मन चङ्गा हुनसक्छ ।

    आफू र आफ्ना बच्चा स्याहार गर्न नसक्ने महिलाहरूका लागि सहयोग

    कुनै महिलालाई बच्चा जन्माउन र बच्चाको हेरचाह गर्न ज्यादै मुस्किल पर्छ । साथै उनका बच्चाहरू ज्यादै अस्वस्थ हुने सम्भावना पनि रहन्छ । आफै कुपोषित वा बिरामी रहेकी, उमेर नपुगेकी, ज्यादै गरिब र कुपोषित बच्चाहरूसमेत भएकी आमालाई आफ्नो बच्चा तथा आफूलाई हेरचाह गर्न ज्यादै मुस्किल पर्छ ।

    यस्तो अवस्थामा परेका आमाहरूलाई ध्यानमा राखेर कसैले उनलाई खाना र उपलब्ध हुनसक्ने सहयोग तथा उनको सुखदुखको साथी बनिदिने हो भने स्वास्थ्यमा निकै परिवर्तन ल्याउन सक्छ ।

    बच्चा मरेमा

    अधिकांश महिलाहरू गर्भवती अवस्थामा पनि स्वस्थ हुने र बच्चा पनि स्वस्थ जन्माउने गर्छन् तर कहिलेकहीं कुनै कारणवश अचानक बच्चा मर्न सक्छ ।

    यो आमाका लागि ज्यादै पीडादायी समय हो । त्यस्तो बेला उनी आफूलाई बढी उदास र सबथोक गुमाएको अनुभव गर्छिन्। उनी गर्भवती अवस्थादेखि सुत्केरी हुँदासम्ममा थकित र कमजोर भइसकेकी हुन्छिन्। यसकारण यसबेला उनलाई बच्चा भएकी आमालाई जस्तै आराम र तङ्ग्रनुपर्ने आवश्यकता पर्दछ ।

    निम्नबमोजिमको सल्लाहले पनि उनलाई सहयोग गर्न सक्छ :

    • बच्चा जन्मिएको ३ दिनपछाडि जब उनका स्तनमा दूध भरिन्छ त्यसबेला उनका स्तन गानिन सक्छन्, त्यस बेला चिसो पानीमा कपडा भिजाएर गानिएका ठाउँमा राख्नाले केही सुबिस्ता हुन्छ ।

    आमाले गर्नुपर्ने कुराहरू

    • कोलोस्ट्रोम वा बिगौती दूध होस् अथवा त्यसपछि आउने दूध होस् दैनिक रूपमा निचोरेर फाल्नु हुँदैन । दूध निचोरेर फ्याँक्ने प्रक्रियाले शरीरले अरू दूध बनाउन थाल्छ ।
    • स्तनको संक्रमणका लक्षणहरूबारे ध्यान दिनुपर्छ, आवश्यक परेमा उपचार गर्नुपर्छ (पृष्ठ ११७ हेर्नुहोस्) ।
    • अर्कोपटक गर्भवती हुनका लागि घटीमा ३ महिना पर्खनुपर्छ । महिलाको शरीर पूरै ठीक हुन पनि समय लाग्छ ।
    • यथासम्भव छिटो परिवार नियोजनका साधन प्रयोग गर्न थाल्नुपर्छ । नत्र फेरि छिट्टै गर्भ रहने सम्भावना रहन्छ ।

    महिलाहरूका लागि बच्चाको मत्य आफ्नो घनिष्टजर्नको मृत्यु भएजस्तै हो । यस कारण उनलाई आफ्नो पीडामा साथ दिने नजिकको मानिसको आवश्यकता पर्छ । उनलाई विशेष हेरचाह र सहयोगको आवश्यकता पर्छ ।

    गर्भवती अवस्थामा जिम्मेवारी

    आफ्नी पत्नीको अवस्था हेरेर तपाईंले उनलाई शारीरिक र मानसिक दुबै खाले सहयोग गर्नुपर्छ । उनलाई काममा सहयोग चाहिएको छ कि विचार गर्नुहोस्। काममा सहयोग गर्न नसक्ने आफ्नो अवस्था छ भने सहयोग गर्न अरू व्यक्ति खोजिदिनुहोस्। उनलाई स्वस्थकर खाना र गर्भवती सेवा लिने व्यवस्था मिलाउनुहोस् (पृष्ठ ६८ हेर्नुहोस्) । यौन प्रसारित संक्रमणहरु त्यसमा एचआइभी समेतको जाँच गर्नुहोस् र उपचार गर्नुहोस्। यदि एचआइभी पोजेटिभ हुनुहुन्छ भने यौन सम्पर्कका बखत कण्डम प्रयोग गर्नु होस्।

    बच्चा जन्माउने अवस्थामा जिम्मेवारी

    प्रशव र बच्चा जन्माउने अवस्था सुरक्षित गराउनका लागि निम्न कुराहरुको प्रबन्ध गर्नु पर्छ :

    • घरमा प्रशस्त खानेकुरा र पानीको व्यवस्था ।
    • घरमा सुँडेनी वा स्वास्थ्य कार्यकर्ता ल्याई बच्चा जन्माउन मद्दत । आकस्मिक - अवस्थाका लागि यातायातको साधन तयारी हालतमा हुनु पर्छ।
    • घरका अरू बालबच्चाको राम्रो स्याहार ।

    बेथा लाग्दासँगै बसिदिनुभयो भने उनलाई मानसिक ढाडस तथा शारीरिक सहयोग मिल्छ । नआत्तिन प्रोत्साहित गर्ने र पानी पिउन दिनुहोस् । पीडा भइरहेको बेला हिँड्न वा टुक्रुक्क बसाउन सहयोग गर्नुहोस् वा ढाड सुमसुम्याइ दिनुहोस्।

    बच्चा जन्मिइसकेपछिको जिम्मेवारी

    सुत्केरी भएको छ हप्ताको अवधि सुत्केरीबाट तङ्ग्रने र पुनः स्वास्थ्यलाभ गर्ने महत्त्वपूर्ण समय हो । त्यो बेला उनलाई प्रशस्तै मात्रामा स्वस्थबर्द्धक खाना र आरामको जरुरत पर्छ । तपाईले उनले गर्ने गरेका काम गरिदिनुभयो भने मात्र उनले आराम लिन पाउँछिन्, जस्तै– पानी ल्याउने, दाउरा ओसार्ने, अरू बच्चाको हेरविचार गर्ने वा खानेकुरा तयार पार्ने । यी सबै काम गर्ने तपाईंलाई फुर्सद नभए अरू सहयोग गर्ने मानिस खोजेर पनि उनलाई आराम गर्ने मौका दिनुहोस्।

    बेलाबेलामा बच्चालाई बोक्ने र स्याहार गर्ने गरिदिनुभयो भने उनले आरामसित सुत्न पाउँछिन् र त्यही कारणले तपाईंको पनि नयाँ बच्चासित आत्मीयता बढ्न थाल्नेछ ।

    पाठेघर संक्रमण रोगको रोकथामका लागि पूर्णरूपले रगत बग्न बन्द नभएसम्म र सुत्केरी नतग्रिएसम्म यौनसम्पर्क नराख्नुहोस्।

    परिवार नियोजन

    आमा र बच्चा स्वस्थ रहन अकॉ बच्चा कम्तीमा २ वर्षभन्दा अगाडि जन्माउनु हुँदैन । यस कामका लागि सबैभन्दा राम्रो उपाय आफूले परिवार नियोजनका साधन प्रयोग गर्नु नै हो । तपाईंहरु श्रीमान्-श्रीमती परिवार नियोजन क्लिनिकमा सँगै जानुहोस् र दुबैको सल्लाहले दुबैलाई उपयुक्त हुने साधन प्रयोग गर्नुहोस्। यसरी साधन प्रयोग गरेर दुबैले समान जिम्मेवारी निभाउनुहोस्।

    परिवर्तनका लागि गर्न सकिने कामहरू

    मरिरहेका छन्। तीमध्ये धेरै महिलाहरूको मृत्युको मुख्य कारण महिलाको परिवारले बेथालाग्न थालेको कयौं घण्टा पछि मात्र आकस्मिक सेवा लिन खोज्ने गर्न सकिने प्रयत्न गर्नु हो ।

    तल एउटा कथा प्रस्तुत गरिएको छ । यस कथामा समुदायमा काम गर्ने कामहरू महिला समूहले यस्ता समस्याहरूमध्ये कुनै-कुनै समस्या बुझन र समाधान गर्न गरेका प्रयासहरूबारे वर्णन गरिएको छ ।

    पोहोरको वर्षायाममा मेरी साथी रिता गर्भवती थिइन्। उनलाई बेथा सुरु भएको बेला उनका पति बाहिर काममा गएका थिए । त्यसो भए पनि उनलाई सहयोग गर्नेको खाँचो थिएन तर उनलाई ज्यादै लामो बेथा लाग्यो र अन्त्यमा रगत बग्न पनि थाल्यो । त्यतिखेर मैले सबैसित रितालाई अस्पताल लैजानुपर्ने सुझाव राखें । उनका पति घरमा नभएकाले कसैले पनि यसै गर्ने भनी निर्णय गर्न सकेनन्। हेर्दाहेदौ हाम्रै आँखाअगाडि रिता र उनको गर्भको बच्चासमेतको मृत्यु भयो ।

    सो कुराले मलाई ज्यादै दुखी बनायो । रिता मेरी साथी थिइन् तर पनि हामीले उनलाई सहयोग गर्न सकेनौं । त्यसपछि मैले गाउँका अरू महिलासित छलफल गर्न सुरु गरेँ– यस्तो समस्याबारे हामीले केही गर्नुपथ्र्यो भनेर । हाम्रो गाउँमा बच्चा जन्माउन नसकेर मर्नेहरूमा रिता पहिली महिला थिइनन्। त्यस्तै धेरै महिलाहरूले सुत्केरी हुँदै बच्चा गुमाएका छन्। केही महिलाहरूले यो सानो गाउँमा हामी के गर्न सक्छौं र ? त्यसैले हामीले सहनुपर्छ भने तर हामीले त्यसो होइन, यस्ता समस्याहरू समाधान गर्न केही न केही त गर्न सकिन्छ भनी छलफल गर्यो ।

    त्यसपछि हामीले सुत्केरी अवस्थामा महिला मर्ने कारणहरूबारे अझ थाहा पाउन एउटा बैठक बोलायौं । हामीले हाम्रो बैठकमा यस्ता समस्या भोग्ने परिवारका सदस्यहरूसित कुरा गर्ने निधो गर्यो । यसका लागि ६ जना महिलाहरूले गाउँ डुलेर दुई वर्षअगाडिदेखि त्यस्तो समस्याबाट मर्ने महिलाका बारेमा । बच्चा मरेर पनि बाँचेका महिलाको विवरण लिने जिम्मेवारी लिए ।

    यसबाट हामीले धेरै महत्त्वपूर्ण कुराहरू थाहा पायौं । सबभन्दा ठूलो समस्या भनेको बेथा लागेको घण्टौंपछि मात्र स्वास्थ्य कार्यकर्ताको सहयोग लिन खोजिने वा अस्पताल लाने कुरा उठ्दोरहेछ, जुनबेला महिला र बच्चाको स्थिति नाजुक भइसकेको हुन्छ । त्यसमाथि कुनै-कुनै बेला महिलाले श्रीमान्को अनुमतिबेगर सहयोग लिन स्वीकार गर्दैनन्। जस्तो– मेरी आफ्नै साथी रिताले लोग्ने बाहिर डराए किनकि रितालाई केही भइहाल्यो भने उनका श्रीमान्ले के भन्ने र गर्ने हुन् भनेर गाउँलेहरू डराए । अर्को कुरा यस अध्ययनले अधिकांश लोग्ने आइपर्ने खतराहरूका बारेमा केही थाहा हुँदो रहेनछ भनी हामीले थाहा पायौं ।

    कोष टाढा स्वास्थ्य केन्द्रमा गयौं र यो समस्या समाधान र्ने उपाय जान्न र पत्ता लगाउन सहयोग गर्न अनुरोध गथ्र्यौं । नर्स दिदी हामीलाई सहयोग गर्न खुसीसाथ राजी भइन् । त्यसको केही दिनपछि उनले हाम्रो गाउँका अध्यक्षलाई भेटेर बुढापाकाहरूको भेला डाक्न लगाइन । त्यो भेलामा उनले लामो बेथालाग्द हुनसक्ने खतराहरूका बारेमा प्रष्ट पारिन् ।त्यसबेला उनले हाम्रो अध्ययनबाट थाहा / मर्ने कारणहरूबारे पनि उनीहरूलाई सुनाइन्। "हो भन्ने कुरामा सहमत भए । यसपछि उनीहरूले नर्स दिदीलाई यो समस्याबाट कसरी पार पाउने ?’ भनेर सोधे । नर्स दिदीले यो समस्या यस गाउँमा मात्र होइन, हाम्रो देशकै सबैजसो गाउँमा रहेको बताइन् । त्यसपछि उनले हाम्रो गाउँबाट १२ जना महिला र १२ जना पुरुषले पाँचदिने प्रजनन स्वास्थ्य र परिवार नियोजन तालिम सिकाउन सक्छन् भन्ने धारणा उनको थियो ।

    तालिमपछि पुरुषहरूले यस्ता गम्भीर समस्याहरूको समाधानका लागि सक्रियतापूर्वक लाग्ने निर्णय गरे ।उनीहरूले बेथालाग्दा कस्ता समस्याहरू आइपर्छन् र कसरी सहयोग गर्न सकिन्छ भनी सबै गाउँलेहरूलाई बताउने निर्णय गरे अनि उनीहरूले गाउँमा महिलाहरूलाई बेथालागेका बेला कुनै समस्या आयो भने तत्काल स्वास्थ्य केन्द्र लैजानका लागि बोक्ने डोलीको प्रबन्ध गर्न एउटा समिति खडा गरे ।

    हामी सबैले मिलेर त्यस गाउँमा त्यस किसिमको समस्या समाधान गर्नका लागि ठूलो मेहनत गथ्र्यौं । सुरु-सुरुमा हामीहरूलाई गाउँलेले सुत्केरी हुँदा कुनै महिला र बच्चा मर्नु सामान्य कुरा हो, हामी के गर्न सक्छौं र ? भनेका थिए तर हामी त्यस्ता कुराहरूले हतोत्साहित भएनौ । महिला, स्वास्थ्य कार्यकर्ता, गाउँका बुढापाका र पुरुषहरू सबै मिलेर गाउँमा कामलाग्ने खालका उपायहरूले समस्या समाधान गर्न थाल्यौं । अनि हाम्रो समस्याको समाधानका लागि न त धेरै पैसा खर्च भयो न त नयाँ प्रविधिके आवश्यकता पर्यो । यसका लागि केवल हामीले समय र लगानी (परिश्रम) भने बढी नै गथ्र्यौं । अन्त्यमा, हामीले हाम्रा गाउँलेका तर्फबाट आफ्नो समुदायका मानिसको जीवनलाई स्वस्थ र समृद्ध पार्न सयौं गाउँलेहरू मिलेर काम गर्नका लागि अनुरोध गर्दछौं ।

    गर्भवती महिलाको जीवन बचाउन कसरी सहयोग गर्ने ?

    मूल रूपमा पोषणयुक्त खाना, परिवार नियोजनका साधन प्रयोग गरी जन्मान्तर गरेर, सुरक्षित रूपमा गर्भपतन गर्नसक्ने प्रबन्ध गरेर तथा गर्भवती र सुत्केरी अवस्थामा राम्रो स्याहार, यातायातको राम्रो व्यवस्था, रक्तसञ्चार सेवाको व्यवस्था गरेर गर्भवती र सुत्केरीका कारणले हुने धेरै मृत्युको रोकथाम गर्न सकिन्छ । यस्तो मृत्यु रोक्नका लागि :

    • गर्भवती, सुत्केरी हुँदा र सुत्केरीपछि हुनसक्ने खतराका चिह्नहरू थाहा पाउनुहोस्।
    • आवश्यकता पर्नुअगावै सहयोग पाउने प्रबन्ध मिलाउनुहोस्।
    • समस्याहरू पर्नासाथ तुरुन्तै सहयोग लिनुहोस्।
    • आपत परेको बेला यातायात, पैसा तथा रक्तदान गर्नेको व्यवस्था मिलाउन समुदायलाई सङ्गठित गर्नुहोस्।
    • अस्पताल वा स्वास्थ्य केन्द्रमा दुर्गम क्षेत्रबाट बिरामी लिएर जाँदा बस्ने घरनिर्माण गर्न स्थानीय नेताहरूसँग काम गर्नुहोस्।

    महिलाको जीवन रक्षा गर्न स्वास्थ्यकर्मीहरू के गर्न सक्छन् ?

    • ज्यादै छिटो-छिटो गर्भ रहनेक्रम रोक्न र असुरक्षित रूपमा गर्भपतन रोक्नका लागि परिवार नियोजन सेवा लिन आग्रह गर्ने ।
    • उमेर छिप्पिएपछि वा कलिलै उमेरमा बच्चा नजन्माउन सल्लाह दिनुका साथै यौन प्रसारित संक्रमणको रोकथाम र उपचारको व्यवस्था गर्ने
    • कण्डमको प्रयोग तथा अन्य तरिका अपनाई यौन व्यवहार सुरक्षित गरिने तरिकाहरुको प्रबर्द्धन गर्ने ।
    • एचआइभीको परीक्षण तथा उपचार उपलव्ध गराउने जसमा औषधिहरु र आमाबाट गर्भावस्था, प्रशव अवस्था वा स्तनपानका बेलामा एचआइभी सर्नसक्ने रोकथामलाई सहयोग गर्ने कुराहरु पर्छन्।
    • गर्भवती नभए पनि महिलालाई धनुष्टङ्कारको सुईको व्यवस्था गर्ने ।
    • गर्भिणी, सुत्केरी र सुत्केरीपछिका समस्या पत्ता लगाउन अध्ययन गर्ने ।
    • यातायातको बन्दोबस्त छ भने आकस्मिक सेवाको जरुरत पर्ने गर्भवतीलाई स्वास्थ्य केन्द्र वा अस्पताल लैजान सिफारिस गर्ने ।
    • सुँडेनी वा स्वास्थ्य स्वयंसेविकालाई गर्भवती र सुत्केरी हुँदा हुनसक्ने संक्रमणको रोकथाम गर्न र त्यसबेलादेखि नै खतराका चिह्नहरू थाहा पाउन सिकाउने ।
    • सबै आमाहरूलाई कम्तीमा पनि दुई वर्ष सम्म बच्चालाई दूध खुवाउनका लागि प्रोत्साहित गर्ने ।
    • साथमा निम्न सामान तथा औषधिहरू भएका उपचार बाकस राख्ने :
      • अक्सिटोसिन, इर्गोमेट्रिन, मिसोप्रोस्टोल र गाउँघरमा रगत रोक्न प्रयोग गरिने जडीबुटी ।
      • संक्रमण उपचार गर्न एन्टिबायोटिकहरू तथा औषधि र ग्लुकोज तथा सलाइन चढाउन सुइ र सटहरू ।
      • इक्लाम्पसियाको उपचारका लागि औषधिहरू पेज ८७ हेर्नुहोस् ।
      • रबरका पन्जा वा प्लास्टिकका थैलाहरू तथा नयाँ दाही काट्ने पत्ती तथा सुत्केरी सामग्री । – गुद्द्वारबाट तरल पदार्थ दिनका लागि त्यसका सामानहरू ।

    स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।



    © 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
    English to Hindi Transliterate