पुस्तकमा धेरैजसो स्वास्थ्य समस्याहरू के हुन् र तिनका बारेमा के गर्न सकिन्छ भनी छलफल गरिएको छ । पोषिलो खानेकुरा, सरसफाइ, शरीरलाई आराम राखेर र महिला स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताहरू पूरा गरेर यी स्वस्थ समुदायले महिलालाई स्वस्थ रहन मद्दत पुयाउँछ । स्वस्थ महिलाले परिवारको राम्रो हेरविचार समस्या कम गर्न सकिन्छ । यस अध्यायमा एउटी महिला, उनको परिवार र सिङ्गो समुदायले रोग लाग्नबाट जोगिन के-के गर्न सकिन्छ भनी वर्णन गरिएको छ । हुन त महिलाहरूको लागि स्वस्थ रहन त्यति सजिलो छैन । महिलाहरू परिवार र समुदायको स्वास्थ्यका निम्ति मरिमेटेर काम गर्छन् तर उनीहरू आफ्नै स्वास्थ्यका निमित्त भने समय, पैसा र शक्तिको अभावको सामना गर्छन् । सुरुदेखि धेरैजसो महिलाहरूलाई अरुको लागि काम गर्नुपर्छ भनेर सिकाएको हुनाले नै उनीहरू परिवारको सेवामा ध्यान दिँदादिँदै आफ्ना लागि समय नै पाउँदैनन्। परिवारको सीमित स्रोत पनि प्रायगरी केटाकेटी र लोग्नेमान्छेमाथि नै खर्च हुन्छ । यति हुँदाहुँदै पनि रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नु अगाडि नै तिनको रोकथाम गरेमा धेरै दुख र झन्झटबाट बच्न सकिन्छ। यस्तो रोकथाम गर्नमा गरेमा धेरै समय र पैसा पनि लाग्दैन । यस किसिमको स्वास्थ्य समस्याहरूको रोकथामले महिला र उनको परिवारको स्वास्थ्य राम्रो बन्ने हुनाले पछि गएर जीवन बाँच्न सजिलो र राम्रो हुन्छ । के गरेको भए त्यो परिवार रोगबाट जोगिने थियो ? यदि त्यस परिवारले तल लेखिएका सावधानीहरू अपनाएको भए रोग लाग्नबाट बच्न सक्दथ्यो : त्यो मानिस चर्षीमा दिसा बस्न गएको भए । सुँगुर वा अन्य जनावरलाई छाडा नछोडिएको भए । आमाले आफ्नै कपडाले बच्चाको हात नपुछिदिएको भए र त्यही हातले खाना नछोएको भए । आमाले बच्चाको हात सफा गरिदिएको भए र खाना पकाउनुअगि हात धोएको भए । समुदायमा सरसफाइ समुदायका सदस्यहरूले सरसफाइको अवस्थामा सुधार ल्याउन मिलेर काम गरेमा साधारण स्वास्थ्य समस्याहरूमध्ये धेरैजसो समुदाय भित्रै समाधान गर्न सकिन्छ । यसबाट सबैलाई फाइदा हुन्छ, जस्तै : पिउन र पकाउनका लागि सफा पानीको स्रोतको व्यवस्था गर्न मिलेर काम गर्नेः समुदायका सदस्यहरूले सजिलै पानी प्राप्त गर्न पानी पंधेरो नजिकै हुनुपर्छ । पिउने र पकाउने पानी सफा राख्न : गाईबस्तुलाई पानीको स्रोतनजिक जान नदिने । आवश्यक परे त्यस स्रोतवरिपरि बार लगाउनपर्छ पानीको स्रोतनजिकै नुहाउने, लुगा धुने, भाँडाकुँडा माभने काम गर्नु हुँदैन । सुरक्षित उपायले फोहोर मैलाको व्यवस्था गर्ने : सकिन्छ भने फोहोर मैलालाई पुर्नुहोस्, मलखाद बनाउनुहोस् वा डढाउनुहोस्। पुर्नुहुन्छ भने खाडल अलि गहिरो बनाउनुहोस् यसो गर्दा जनावरहरू र किरा-फटयाङ्ग्राहरू त्यो फोहोरसम्म पुग्न सक्तैनन्। यदि फोहोर जमिनमाथि नै थुपार्नुभएको छ भने त्यसलाई बारबेर गर्नुहोस् र झिंगाहरू नपसुन् भनी माटोले छोप्नुहोस् साथै खतरनाक विषादीहरू ठीक तरिकाले नष्ट गर्नुहोस्। जस्तै प्लास्टिकले बनेका सामानहरू घरनजिकै डढाउनुभएमा त्यसको धुवाँले विशेषगरी केटाकेटी, बुढाबुढी र विरामीहरूलाई नराम्रो असर गर्छ किनभने यो धुवाँ विषालु हुन्छ । जमेको पानीलाई बगाउने : लुगा र भाँडाकुँडा धुने ठाउँहरूमा खाल्टो, टायर र खुला भाँडाहरूमा जमेको पानी बगाइदिनुपर्छ । औलो र डेङ्गुजस्तो ज्वरो लामखुट्टेले फैलाउँछन्। लामखुट्टेले जमेको पानीमा नै फुल पार्छन् र संख्या बढाउँछन्। सकिन्छ भने झल लगाएर सुत्ने गर्नुहोस्। चपीं बनाउन आफ्नो समुदायका सदस्यहरूलाई सङ्गठित गर्ने : चपी कसरी बनाउने भनेर जान्नका लागि अर्को पन्ना हेर्नुहोस्। घरभित्रको सरसफाइ घरपरिवारका सदस्यहरू सँगै बस्नु पर्ने हुँदा रोगका किटाणुहरू सजिलै एक अर्कामा सर्ने गर्दछन्। कुनै पनि परिवारले तल लेखिएका काम गरेमा रोग फैलने सम्भावना धेरै कम भएर जानेछ । खाना खाइसकेपछि पकाउने भाँडाकुँडा साबुन अथवा सफा खरानीले माझनुहोस्। यदि सकिन्छ भने ती भाँडाकुँडालाई घाममा ओभाउन दिनुहोस्। घरभित्र (बस्ने ठाउँ) सधैं सफा गर्नुहोस्। भुइँ बढार्ने र पखाल्ने गर्नुहोस्। भित्ता, खाट र टेबलकुर्सीमुनि पनि सफा गर्नुहोस्। भित्ता र भुइँमा साङ्ला, उडुस र बिच्छीजस्ता किराहरू लुक्नसक्ने प्वालहरू छन् भने टाल्नुहोस् । उपियाँ, उडुस र अन्य परजीवीहरू मास्न बिच्छयौना र लत्ताकपडा घाममा सुकाउनु होस्। भुइँमा नथुक्नुहोस्। खोक्दा र हाच्छिउँ गर्दा आफ्नो नाक, मुख हात, कपडा वा रुमालले छोप्नुहोस् र त्यसपछि हात धुनुहोस्। चपीमा दिसा-पिसाब गर्नुहोस् । केटाकेटीलाई पनि चपी जान सिकाउनुहोस्। यति गर्न नसके कम्तीमा पनि उनीहरूलाई दिसा—पिसाब गर्नका लागि घर र खानेपानीको स्रोतबाट टाढा पठाउनुहोस्। व्यक्तिगत सरसफाइ सकिन्छ भने दिनहुँ साबुनपानीले नुहाउनु (धुनु) ज्यादै राम्रो हुन्छ । नसके हप्तामा दुई चोटी नुवाए पनि हुन्छ । साथै : खाना पकाउनुअगि, खाना खानुअगि, दिसा—पिसाब गरिसकेपछि र केटाकेटी तथा रोगीको सेवा गर्नुअगि र पछि आफ्ना हात धुनुहोस्। यौनाङ्गहरू दिनहुँ सफा पानी र साबुनपानीले धुनुहोस्। तर डुस (Douche) अथवा योनी भित्र पानी हालेर पखाल्ने कहिल्यै नगर्नुहोस्। महिलाको योनीबाट निस्केको तरल पदार्थले स्वतः यौनाङ्गलाई सफ राख्छ तर डुस गर्दा यो पखाल्दा तरल पदार्थ बग्ने हुँदा उनको योनीमा संक्रमण हुनसक्छ । यौन सम्पर्कपछि पिसाब फेर्ने गर्नुहोस् । यसो गर्नाले पिसाब नलीको संक्रमणलाई रोक्न सकिन्छ तर गर्भ भने रोकिँदैन । दिसा बसिसकेपछि राम्ररी पुछ्नुहोस् वा सफा पानीले पखाल्नु होस्। दिसा जहिले पनि अगाडिबाट पछाडितिर पुछ्नुपर्छ । पछाडिबाट अगाडि पुछ्दा किटाणु र परजीवीहरू पिसाब नली र योनीमा पुग्न सक्छन्। दाँतको सफाइ दाँतको राम्रो सफाइ गरेमा दाँत दुख्ने (दाँतको पालिस पखालिएर बनेका प्वालहरू र गिजा सुन्निने, दुख्ने समस्याहरू रोक्न सकिन्छ । दाँतबाट पिप बग्नु भनेको गम्भीर संक्रमण भएको कारणले हो । यो शरीरका अरू भागमा पनि फैलन सक्छ । जसले दाँतको राम्रो सफाइ गर्दैन, बुढेसकाल नहुँदै उसका दाँत झर्न सक्छन् । दनको दुईपटक राम्ररी सफा गर्नुपर्छ । यसरी सफा गर्ने गरेमा किरा लाग्नबाट बचाउन सकिन्छ । दाँतका बाहिरी भाग, भित्री भाग, माझमा र गिजामुन्तिर पनि राम्ररी सफा गर्नुहोस्। दाँत सफा गर्न बेरेर द त सफा गर्न सकिन्छ । टुथपेस्ट हुनु राम्रो हो तर अत्यावश्यक हाइन ।नुन र सफा पानीले सफाइ गर्दा पनि हुन्छ । सफा पानी सम्भव भएसम्म खाने पानी सबैभन्दा सफा स्रोतबाट लिनुपर्छ । यदि पानी धमिलो छ भने थिग्रन दिनुपर्छ र सफा किटाणुहरू तल भनिएको तरिकाले नष्ट गर्नुपर्छ । यस कामलाई पानीको शुद्वीकरण (Purification) भन्दछन् । शुद्ध पानीलाई सफा भाँडोमा छोपेर राख्नुहोस्। खानेतेल राखेको भाँडामा पानी राख्नु परे राख्नुअगि भाँडोलाई साबुन र तातो पानीले राम्ररी सफा गर्नुहोस् किटनाशक औषधिहरू, रसायन र मट्टितेलजस्ता सामान राखेको भाँडामा कहिल्यै पनि पिउने पानी राख्नुहुँदैन । र सफा पानीले सफा गर्नुहोस्। खाने कुराको सुरक्षा आन्द्रामा हुने धेरैजसो रोगहरू फोहर खानेकुराको कारणले लाग्ने गर्छन्। कुनै-कुनै बेला बाली काट्ने, अन्न थन्क्याउने मानिसहरूको हातबाट रोगका कटाणुहरू खानेकुरामा सर्दछन्। कहिलेकांही हावामा भएका किटाणुहरू खानेकुरामा फैलन्छन् र त्यो खाना बिग्रन्छ । खाना राम्ररी नपकाएमा, ) नथन्क्याएमा पुरानो भएमा पनि यसो हुनजान्छ । खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि : खाना पकाउनुअगि, खाना खानुअगाडि र केटाकेटीलाई खाना खुवाउनुअगि साबुनपानीले राम्ररी हात धुनुहोस्। हात राम्ररी धुनाले रोग फैलन काँचै खाने फलफूल र तरकारीको बोक्रा ताछेर वा राम्ररी धोएर मात्र रोकिन्छ / हात पुछ्न एउटा सफा खानुहोस्। टालो राख्ने गर्नुहोस्| खानेकुरामा थुकका छिटा पर्न नदिन खाना राखिएको ठाउँमा खोक्ने, थुक्ने, नियमित धोएर घाममा सूकाउने बुइगम र पानजस्ता चिजहरू चपाउने गर्नुहुँदैन । काँचै खाइने खानेकुरासँग काँचो मासु, माछा आदि राख्नुहुँदैन। मासु काटिसकेपछि हात, हतियार र अचानो राम्ररी पखाल्नुहोस् । खानेभाँडाहरू जनावरहरूलाई चाट्न नदिनुहोस्। भरसक जनावरहरूलाई भान्छाकोठामा पस्न नदिनुहोस्। बिग्रिएको खाने कुरा तुरुन्तै फाल्नुहोस । खाना बिग्रनुका केही लक्षणहरू तल दिइएका छन् : नमीठो गन्ध । खानाको रङ्ग परिवर्तन हुनु । (उदाहरणका लागि काँचो मासुको रङ्ग रातोबाट खैरोमा बदलिन्छ ।) नराम्रो गन्धसहित माथिल्लो तहमा धेरै फोका उठ्नु, जस्तै झोल भएका पुराना (बासी) तरकारीहरूमा देखिन्छ । मासु तथा पकाएको खानेकुराको माथिल्लो तहमा काइ लेउ) जम्नु । पकाएको खाना खाना पकाउँदा त्यसमा भएका किटाणुहरू मर्छन्। सबै प्रकारका माछा, मासुहरू राम्ररी पकाउनुपर्छ । कुनै भाग पनि काँचो हुनुहुँदैन । जब खाना सेलाउन थाल्छ, तब किटाणुहरूले आक्रमण गर्न सुरु गर्छन्। यदि पकाएको दुई घण्टाभित्र खाना खाइँदैन भने त्यसलाई फेरि राम्ररी तताउनुपर्छ । झोल पदार्थहरू उम्लिने गरी र भातजस्ता ठोस कुराहरू बाफ आउने गरी तताउनुपर्छ । खानेकुरा छनौट गर्दा ध्यान दिनुपर्ने केही कुराहरू ताजा (काँचो) खानेकुराहरू : ताजा र मौसमअनुरूप हुनुपर्छ । खानामा दाग र किरा लागेको हुनुहुँदैन । सफा हुनुपर्छ– फोहोर लागेको हुनुहुँदैन । ताजा र गन्धरहित हुनुपर्छ– विशेष गरी माछा, सिपी (shellfish) र मासुमा गन्ध हुनुहुँदैन । प्रशोधन गरिएका (पकाइएका वा पुरिया बन्द) खानेकुराहरू यसरी राखिनु (थन्काइनु) पर्छ : टिनहरू खिया नलागेका, नकुच्चिएका र नफुटेका हुनुपर्छ । सिसाहरू नचर्किएका हुनुपर्छ । परिँयाहरू नच्यातिएका हन्पर्छ । भाँडा छोप्ने घपनीहरू सफा हुनुपर्छ । सकेसम्म ताजा खाना खानुहोस्। खानेकुरा थन्क्याएर राख्नुपर्ने भए झिंगा, किरा र धुलोबाट जोगाउन छोपेर राख्नुपर्छ । चिसो ठाउँमा राख्न सके खानेकुरा सुरक्षित रहन्छ । तल व्याख्या गरिएका चिसो राख्ने तरिकाहरू, करण (पानीलाई वाफ बनाएर उडाउने प्रक्रियामा | हुनसक्छन् । उपी तरिकहरू एक आधारित छन्। राम्ररी चिस्याउनका लागि खानेकुरा कम गहिरो र फराकिलो भाँडामा राख्ने गर्नुहोस्। माटाका भाँडामा चिस्याउने तरिका : यो दुईवटा भाँडाहरू लिएर तयार गरिन्छ। ठूलो भाडाभित्र एउटा सानो भाँडा राखिन्छ र माझमा पानी भरिन्छ। भाँडामा बिर्का हुनुपर्छ र बाहिरी भाँडामा टल्कने जलप लगाइएको हुनुहुँदैन । यसरी जलप नलाएको भाँडामा पानी सजिलै वास्पीकरण हुनेछ । भित्र राखिने सानो भाँडाको भित्रपट्टि भने जलप लगाएको हुनुपर्छ । यसो भयो भने खानेकुरा थन्क्याएको सानो भाँडो। सफा गर्न सजिलो हुनुका साथै बाहिरबाट पानी रसाएर छिर्दैन । यसैगरी बाहिरी ताप पनि रोकिन्छ । काठको दराजमा चिस्याउने तरिका : काठको दराजलाई चिसो भूईमा पर्न नदिन इँट वा ढुङ्गामाथि अडेसा दिई राख्नुहोस्। दराजको सबैभन्दा माथिल्लो भागमा पानीले भरिएको भाँडो राख्नुहोस् । त्यस भाँडामाथिबाट एउटा खस्रो कपडाले दराजको दुवैतर्फबाट ढाक्नुहोस् । पानीको भाँडामाथि रहेको कपडाको भागलाई पानीमा डुबाउनुहोस्। यसो गर्दा पानी वस्तारै रसाएर सबै कपडा भिज्नेछ । खनेकुराहरू भाँडामा राखी दराजभित्र थन्क्याउनुहोस्। कपडामा भएको पानी वाफमा बदलिन्छ, यसो हुँदा पानीले वरि परिको तापलाई वाफ बनाई ख नेकुरालाई चिसो राखिराख्न सहयोग पुयाउँदछ । यदि त्यस कपडाल उपयोगी हुन्छ । महिला आवश्यकताहरू अाराम र व्यायाम अाराम महिलाहरू पकाउने, पानी भर्ने, दाउरा खोज्ने र परिवारजनको जीवनका निमित्त कडा मेहनत गर्छन्। यदि कुनै महिला घरबाहिर पनि काम गर्छिन् भने त उनको बोझ दोब्बर हुन्छ । उनी दिनभरि कारखाना, अफिस वा खेतबारीमा काम गर्छिन् र घर फर्किएर परिवारको देखभाल गर्ने आफ्नो दोस्रो जिम्मेवारी सुरु गर्छिन्। यी सबै कामको बोझले उनलाई थकाइ लाग्नसक्छ, कुपोषण हुनुका साथै रोग पनि लाग्नसक्छ किनभने उनलाई आराम गर्ने समयको कमी हुन्छ र त्यत्रो काम धान्नका लागि शक्ति दिने खानाको पनि कमी रहन्छ। महिलाहरूले बालसेवा सहकारीहरू बनाएका छन्। जसमा एउटी महिलाले साना केटाकेटीहरूको हेरविचार गर्छिन् र अरू महिलाहरू काममा जान्छन्। सबै महिलाले केटाकेटीको रेखदेख गर्ने महिलालाई केही न केही तिर्छन् वा उनीहरू पालैपालो केटाकेटीहरूको हेरविचार गर्छन् । यदि महिला गर्भवती छिन् भने त उनलाई अझ धेरै आरामको आवश्यकता पर्छ। ती महिलाले परिवारजनलाई आफ्ना आवश्यकताहरू बुझाई आफ्नो काममा थप सहयोग गर्न अनुरोध गर्न सक्छिन्। व्यायाम धेरै महिलाहरूले आफ्नो दैनिक काम गर्दा नै प्रशस्त व्यायाम गर्छन् तर यदि कुनै महिला काम गर्दा त्यति हिँडडुल गर्दैनन् वा दिनभरि कुनै कारखाना वा कार्यालयमा उभिइरहन्छन्। वा बसिरहन्छन् भने उनीहरूले यताउति चल्ने र हिँड्ने गर्नु आवश्यक हुन्छ । यस कार्यले मुटु, फोक्सो र हड्डीलाई बलियो बनाउँछ । नियमित स्वास्थ्य जनाँच सकिन्छ भने ३ -४वर्ष जस्तोमा वीचमा रोग नलागेका महिलाहरूले पनि तालिमप्राप्त स्वास्थ्य कार्यकर्तालाई आफ्नो प्रजनन् प्रणालीको जाँच गराउनुपर्छ । यस कममा नितम्ब (pelvic) पेज नं ४४ पनि हेर्नुहोस्। स्तन र रक्तअल्पता एवं यौन प्रसारित संक्रमणको परीक्षण गरिन्छ । यदि उनी जोखिममा परेकी छन् भने पेज नं २६३ हेर्नुहोला । जाँचका क्रममा प्याप (pap) परीक्षण (तल व्याख्या गरिएको) पाठेघरको क्यान्सरका परीक्षण पनि गर्नुपर्छ । यो - विषेशगरी ३५ वर्ष नाघेका महिलाहरूका लागि आवश्यक हुन्छ किनभने महिलाहरूको जति उमेर बढ्दै जान्छ उति नै पाठेघरको क्यान्सर हुने सम्भावना बढेर जान्छ । प्रजनन स्थल वा कोखको परीक्षण विधि यस्तो हुन्छ : स्वास्थ्य कार्यकर्ताले तपाईंको यौनाङ्गको बाहिरी भागमा सुन्निएको, गाँठा परेको, संक्रमण भएको वा रङ्ग फेरिएको लक्षण जाँच्दछन् । प्रायजसो स्वास्थ्य कार्यकर्ताले स्पेकुलम भन्ने औजार तपाईंको योनीभित्र राख्दछन्। यो प्लास्टिक वा धातुले बनेको औजार हो, जसले योनीको भित्री भाग खुला राख्न मद्दत पुयाउँछ । यसपछि ती कार्यकर्ताले योनीका भित्ताहरू र पाठेघरको मुख सुन्निएको, गाँठा परेको वा कुनै किसिमका स्रावहरूको लक्षणको जाँच गर्छन्। स्पेकुलम राख्दा केही दबाब र अप्ठेरो हुनसक्छ तर यसले दुखाउँदैन (दुखाउनु हुँदैन) । यदि मांसपेशी स्वस्थ छ र पिसाब थैली खाली छ भने यस परीक्षणले खास अप्ठयारो हुँदैन । यदि प्रयोगशालाको पनि व्यवस्था छ भने स्वास्थ्य कार्यकर्ताले शुरुवाती परिवर्तनको परीक्षण गर्न लगाउन सक्छन्। यो परीक्षण प्याप (pap) परीक्षण र पाठेघर को मुखको हेरेर गरिने जाँचबुझ वा पाठेघरको मुखको क्यान्सर गराउने जिवाणु एच पि भी को नया परीक्षण गर्न भन्न सक्छन्। यी परीक्षणहरु गर्दा दुख्दैन । त्यस ठाउँमा स्पेकुलम राखेर गरिन्छ । यदि क्यान्सर समयमै पत्ता लागेमा यसलाई निकोपार्न सकिन्छ। पेज नं ३७७ हेर्नुहोस्। स्पेकुलम बाहिर निकालिसकेपछि स्वास्थ्य कार्यकर्ताले आफ्नो हातमा प्लास्टिकको पन्जा लगाएर एउटा हातका दुई औंलाहरू योनीभित्र राखी उनको अर्को हातले पेटको तल्लो भागलाई हलुका थिच्दछन्। यसो गरेर उनले पाठेघरको नली, डिम्बाशयको आकारप्रकार कहाँ रहेको छ भनेर जाँच्छन्। यस किसिमको परीक्षण गर्दा दुखाइ हुँदैन । केही गडबडी छ भने मात्र दुख्छ त्यसैले दुख्यो भने उनलाई भन्नुहोस्। केही खास समस्याहरूका लागि उनीहरूले गुदद्वारा (rectal) परीक्षण गर्न सक्छन् । यस परीक्षणमा आफ्नो हातको एउटा औंलो योनीमा र अर्को औंलो गुदद्वारमा छिराउन सक्छन्। यसो गर्दा स्वास्थ्य कार्यकर्तालाई योनी, पाठेघरका नलीहरू र डिम्बाशयका सम्भावित समस्याहरूबारे अझ बढी पत्ता लगाउन सजिलो हुन्छ । सुरक्षितं यौन असुक्षित असुरक्षित यौन सम्पर्कले महिलाहरूलाई यौन प्रसारित संक्रमणहरू तथा एच.आई.भी. हुने खतरा हुन्छ। एचआइभी संक्रमण पछि एड्स भएर त्यसले ज्यान लिनसक्छ । यौन प्रसारित संक्रमणको उचित उपचार नगर्दा बाँझोपन, नलीमा गर्भ रहने र गर्भ तुहिने हुनसक्छ । धेरैजनासँगको यौन सम्पर्कले महिलालाई पेल्भिक संक्रमण (PID) र क्यान्सर हुन सक्छ । व्यवहारमा सुरक्षित यौन अपनाएर महिलाहरू यी सबै समस्याहरूबाट जोगिन सक्छन्। परिवार नियोजन विवाहित महिलाले आफ्नो शरीरको पूर्ण विकास नहुन्जेल गर्भ रहनबाट जोगिन परिवार नियोजन प्रयोग गर्नुपर्छ । पहिलो बच्चा भइसकेपछि कम्तिमा २ वर्षपछि मात्र गर्भवती हुनुपर्छ । यसले गर्भवती हुँदा कमजोर भएको शरीर तग्रिने समय पाउँछ । साथै उनले थप सन्तान जन्माउने वा नजन्माउने निधो गर्न सक्छिन्। धेरै महिलाहरूलाई गर्भवती अवस्थामा विरामी महसुस नहुने हुँदा उनीहरू सेवाको खोजी गर्दैनन् तर विरामी नहुनुको अर्थ उनीहरूमा कुनै समस्या नै छैन भन्ने होइन । उच्च रक्तचाप र पेटमा बच्चा उल्टो रहनेजस्ता गर्भावस्था र सुत्केरी हुँदा हुने धेरै समस्याका लक्षण पहिले नै देख्न सकिंदैन । हरेक गर्भवती महिलाले नियमित जाँच गराउनुपर्छ । यसो गर्दा उनलाई सेवा दिने स्वास्थ्य कार्यकर्तालाई गर्भ राम्ररी विकास भइरहेको छ/छैन थाहा हुन्छ। असल गर्भवती सेवा पाउन सकिने भने त्यसले गर्भावस्थाका जटिलताहरूबाट जोगाउँछ । परिवार योजना र गर्भवती तथा सुत्केरी हुँदा दिइने विशेष सेवाले निम्नलिखित समस्याहरूबाट जोगाउँछ : पाठेघर खस्ने वा आड भर्ने : लगातर गर्भवती भइरहने, लामो बेथा लाग्ने तथा बेथा लाग्दा धेरै बल गर्ने महिलाका पाठेघर थाम्ने मांशपेशी र तन्तुहरू कमजोर हुन सक्छन्। यसो हुँदा सिङ्गै पाठेघर वा त्यसको केही अंश झरेर योनीमा आइपुग्छ । यसलाई पाठेघर खस्नु वा आङ झर्नु भन्दछन्। चिह्न पिसाब चुहिनु पाठेघरको मुख योनीको मुखमै देखिन सक्छ । रोकथाम कम्तीमा २ वर्षको जन्मान्तरमा मात्र बच्चा जन्माउने । पाठेघरको मुख राम्ररी नखुली बल गर्नुहुँदैन । बच्चा चाँडै बाहिर निस्कियोस् भनी कसैलाई महिलाको पेट थिच्न लगाउनु हुदैन । योनीबाट पिसाब चुहिन्छ (Vagino - Vescicle - fistula) : बेथा लागेको बेला बच्चाको टाउकाले लामो समयसम्म योनीको भित्तामा दबाब दिँदा योनीको भित्तामा प्वाल परी योनीबाट पिसाब चुहिन्छ । थप जानकारीका लागि पेज ३७० हेर्नुहोस्। रोकथाम शरीर पूर्णरूपले विकसित नभई गर्भवती हुनु हुदैन । लामो बेथाबाट जोगिन स्वास्थ्य कर्मीको सहायता लिनुपर्छ । गर्भावस्थापछि कमजोर भएका मांसपेशीहरू फेरि बलिया बनुन् भन्नका लागि कम्तीमा २ वर्षको जन्मान्तर हुनुपर्छ । धनुष्टङ्कार विरुद्धको खोप धनुष्टङ्कार ज्यानै लिने रोग हो । मानिस र जनावरको दिसामा हुने किटाणु शरीरका कुनै घाउबाट शरीरभित्र गएमा धनुष्टङ्कार हुने सम्भावना हुन्छ । धनुष्टङ्कार सबैलाई हुन सक्ने भए पनि बच्चा जन्माउने अवस्थामा बच्चा र आमालाई यो रोग लाग्ने बढी सम्भावना हुन्छ । निर्मलीकृत वा संक्रमण नवारण नगरिएका औजारहरू पाठेघरमा छिराए वा फोहोर पत्ती वा कैचीले नाल काटेमा पनि महिलालाई धनुष्टङ्गर हुनसक्छ । नियमित स्तन परीक्षणा पनि महिनाको एकपटक नियमित स्तन परीक्षण गर्नुपर्छ ।धेरै महिलाहरूको स्तनमा स-स ना गठा (lumps) हुन्छन् । महिनावारी हुँदा तिनको आकारप्रकारमा परिवर्तन अउँछ । प्रायशः महिनावारी हुनु ठीक अगाडि तिनीहरू नरम हुन्छन्। स्तनमा भएका गाँठाहरू लामो समयसम्म रहिरहेमा त्यो स्तन क्यान्सरको लक्षण पनि हुनसक्छ । यदि स्तन कसरी जाँच्ने भनेर थाहा भयो। भने आफैले स्तनमा त्यस्ता गाँठा छन्/छैनन् भनेर जाँच्न सकिन्छ । नियमित रूपमा महिनाको एक पटक स्तन जाँच गरायो भने त्यसको कुनै महिला आफैले त्यो जाच गर्न | आकारप्रकार र अवस्थाबारे राम्रो ज्ञान हुन्छ र केही गडबडी भएमा तुरुन्तै थाहा सक्दिनन् भने आफूले विश्वास गर्ने | पाउन सक्छिन्। कसैलाई यो काम लगाउन सक्छिन् । परिवर्तनका लागि गर्न सकिने कामहरू स्वस्थ रहन त्याग्नुपर्ने कुराहरू चुरोट, रक्सी र अन्य मादक पदार्थहरूको प्रयोगले महिलाका स्वास्थ्यमा नराम्रो असर पर्छ । यसबारे बढी जान्न पेज नं. ४३५ हेर्नुहोस्। रोगबाट बच्न र रोगको उपचार गर्न गर्नुपर्ने परिवर्तनका लागि कामहरू समुदायमा कार्यरत स्वास्थ्यकर्मीहरू वा स्वास्थ्यमा काम गर्ने अन्य कुनै पनि गर्न सि कने व्यक्तिले विभिन्न रोग लाग्न नदिन महत्त्वपूर्ण योगदान गर्न सक्छन् तर कतिपय अवस्थामा महिलाहरूलाई रोग लागिसकेपछि उनीहरूलाई कसरी उपचार गर्न कामहरू सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ । त्यसबेला तुरुन्त उपचार गर्ने सोच बनाइ त्यसैले पार्नु भन्ने पनि हो । औषधि उपचार गर्दा गदै रोगबाट कसरी बच्ने सकिन्छ भन्ने कुराको ज्ञान पनि महिलालाई दिनुपर्छ । जस्तै– कुनै पनि महिला पिसाब नलीको संक्रमण भएर तपाईंकहाँ आइन् भने उनलाई तपाई औषधि दिएर उपचार मात्र गर्ने होइन पिसाबको संक्रमणबाट बच्न के गर्न सकिन्छ भनेर पनि बुझाउनुहोस्। तपाईकहाँ आएका महिलाको रोग निको पार्ने र भविष्यमा रोग हुन नदिन के गर्नुपर्छ भनेर बताउने काम पनि तपाईंको दायित्वभित्र पर्छ । यो बताउनका लागि तपाईंले ती महिला रोगका बारेमा, स्वास्थ्यका बारेमा के विचार गर्छिन् भनेर बुझनु पनि जरुरी हुन्छ । कुनै महिला यसबारेमा जति छलफल गर्छिन् उनी रोगबाट कसरी बच्ने भन्ने कुरा जान्न उति नै उत्सुक हुन्छिन्। महिलाले जानेपछि उनले आफ्नो स्वास्थ्यको हेरविचार आफै गर्नसक्ने हुन सक्छिन्। यसले गर्दा रोगबाट बच्न सक्छिन्। स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।