आर्सेनिक, पारो, क्याडामियम, युरेनियम र सिसाजस्ता गह्रौं धाुतुहरूको थोरै मात्र पनि मानिसहरूका लागि हानिकारक हुन्छन् । खानी क्षेत्रमा थुप्रै धातुहरू एकसाथ पाइने हुनाले कुन धातुका कारण स्वास्थ्य समस्या भैरहेका छन् छुट्ट्याउन गाह्रो हुन्छ ।
यदि तपाईको ठाउँमा कुनकुन धातुहरू पाइन्छ र ती धातुहरूबाट पर्ने स्वास्थ्यमा असरबारे तपाईलाई थाहा छ भने यसले तपाईमा कुन धातुले असर गरिरहेको छ भनेर थाहा पाउन मद्दत गर्छ । केही खानी मजदुरहरूले, खानी सञ्चालकहरूसँग तिनी कुन गह्रौं धातुसँग सम्पर्क भैरहेका छन् भनेर परीक्षण गराउनुपर्ने तथा त्यसका हानी कम गराउन तालीम दिनुपर्ने कुरा माग गर्नुपर्दछः
महत्वपूर्णः यदि तपाई दिनदिनै गह्रौ धातुको सम्पर्कमा रहनुहुन्छ भने औषधीले विषाक्तपना कम गर्दैन । विषाक्तपना रोक्ने एकमात्र उपाय भनेको यसको सम्पर्कमा नबस्नु नै हो । यदि तपाईलाई गह्रौं धातुको विषाक्तता भएको छ भने तपाईको समुदायका अन्य व्यक्तिहरूलाई पनि विषाक्तता भएको हुनुपर्दछ ।
जब खानीका मजदुरहरूले कच्चा धातुबाट सुन वा चाँदी निकाल्छन्, उनीहरू कच्चा धातुलाई पारोसँग मिसाएर एउटा नरम वस्तु अमलगम बनाउँदछ । जब सुन संकलन गर्न पारो हालिन्छ, पारो ग्याँसमा परिणत हुन्छ र जो नजिकैको मानिसले श्वास लिन सक्छन् । पारोलाई खुल्ला भाँडामा राखिएमा ग्यास बनेर उड्न सक्छ । पारोको मिसिएको हावामा श्वास लिनु धेरै खतरनाक हुन्छ । पारो छालाको माध्यमबाट वा हातको सम्पर्कबाट खानामा गएमा पनि हानीकारक हुन सक्छ (पृष्ठ ३३८ हेर्नुहोस्) ।
पारोबाट विष लागेको र औलोको केही लक्षण एउटै हुने हुनाले झुक्किन सकिन्छ । यदि तपाई सुन खानी उत्खननको नजिक बस्नुहुन्छ र औलोको औषधिले काम नगरेमा, पारो विषाक्तताको बारेमा स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोस् ।
पारोले धेरै समयसम्म पानी र माटोमा बसेर वातावरणमा विष फैलाउन सक्छ । संयुक्त राज्य अमेरिकाको, क्यालिफोर्निया शहरका नदि र तालहरू सयौं वर्ष अघि सुन खानीबाट भएको पारो विषले अझै प्रदूषित छ (पानी र माछामा पारो विषको बारेमा अधिक जानकारीको लागि पृष्ठ ३३९) ।
सानो सानो सुन र चाँदी खानीका मजदुरहरूले पारो रिटोर्टको प्रयोग गरेर पारोको विष रोक्न सक्छन् । पारो रिटोर्टले पारो हावा मिसिनु अघि नै पारोलाई सोंस्दछ । यसले खानी मदजूरहरू र अरुलाई पारोको विषयुक्त हावामा श्वास लिनबाट बचाउँछ र पारो हावामा खेर पठाउनुको सट्टा पुनः प्रयोग गरेर खानी मजदुरहरूको पैसा पनि जोगाउँछ ।
खुल्ला हावामा वा हावा आवतजावत हुन सक्ने ठाउँमा मात्रै सुनबाट पारो छुट्ट्याउनु पर्छ । यसले खानी नजिकका मानिसहरूको शरीरमा जम्मा हुन सक्ने पारोको मात्रा कम गर्दछ । पारो छुनलाई बाक्लो पञ्जा लगाउनु पर्छ ।
केही सुन मजदुरहरूले साधारणतया सुन तताउने भाँडोमाथि पारो सोंस्न केराको पात राख्छन् । यसलाई जब तताइन्छ, पारो ग्याँसमा परिणत हुन्छ र पातामा पुनः तरल अवस्थामा परिणत हुन्छ । सुन तताउने भाँडो यतिकै खुल्ला छोड्नुभन्दा केराको पातले छोप्नु राम्रो हुन्छ । तर यसले पनि कामदार र वातावरणमा विषालु असर गर्छ र पारो पुनः पहिलेकै अवस्थामा आउँदैन । सबैभन्दा राम्रो उपाय भनेको बन्द रिटोर्ट प्रयोग गर्नु हो ।
पारो रिटोर्ट धेरै प्रकारका छन् । ती सबैलाई कडा ताप चाहिन्छ । हावा पठाउने वा हावा पाइपबाट फुक्नाले सबै सुनलाई सम्भव भएसम्म छिटो संकलन गर्न सकिन्छ ।
युरेनियम एउटा धातु हो जसले हानिकारक विकिरण फ्याँक्दछ । यसको विकिरणले क्यान्सर, छालाको रोग र अन्य खतरनाक स्वास्थ्य समस्या निम्त्याउँछ । प्रायः युरेनियम उत्खनन यसको प्रशोधन र युरेनियम खानी वा यसको फोहरको थुप्रो नजिक बस्नाले मानिसहरू युरेनियमको सम्पर्कमा आउँछन् ।
युरेनियम २ वटा चिज बनाउन प्रयोग गरिन्छ – आणविक हतियार र आणविक ऊर्जा । दुवै महंगो, खतरनाक र अनावश्यक छन् । कुनैपनि देशले धेरै मानिसहरूलाई मार्न बनाइएको आणविक सैनिक हतियार वा नेतालाई विश्वास गर्दैनन् । सबैले शान्ति नै चाहन्छन् ।
आणविक ऊर्जा पनि खतरनाक हुन्छन् । आणविक ऊर्जा भट्टीमा हुने दुर्घटनाले कयौं हजारौं मानिसको ज्यान जान सक्छ । आणविक ऊर्जाका फोहरहरू हजारौं वर्षसम्म हानिकारक भैरहन्छ र सुरक्षित तरीकाले विसर्जन गर्न सकिंदैनन् । विद्युत् सुरक्षित तरीकाले बनाउने सकिन्छ (अध्याय २३ हेर्नुहोस्) ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 10/23/2019