खानी खनन् कार्यमा धेरै मात्रामा पानी प्रयोग गरिन्छ र साथै फोहर पनि धेरै मात्रामा नै छोडिन्छ जसले पानीका मुहान पानीमा निर्भर धेरै मानिसलाई दूषित बनाउँदछ । सबै उत्खनन कार्यले पानी प्रदूषण गर्छ र ठूला कम्पनीहरूले प्रायः ठूला समस्याहरू ल्याउँदछ । उत्खनन क्षेत्रका सतह र सतहमुनिका पानी कयौं वर्षसम्म दूषित रहन्छ । खेर गएका पानीले खेत बाँझो बनाउने, खेती र वस्तुभाउका लागि अयोग्य हुन्छ । दूषित पानीको असर उत्खनन कार्यबाट हुने छोटो अवधिको आर्थिक फाइदाभन्दा दीर्घकालीन क्षति धेरै लामो समयसम्म रहन्छ ।
खानी खनन्को फोहरको पोखरी चुहावट हुनु नै उत्खननबाट हुने पानी प्रदूषणको मुख्य कारण हो । प्रदूषण हुन नदिन फोहर पोखरी :
खनन्बाट एकपटक पानी दूषित भएपछि यसलाई सफा बनाउन गाह्रो, महंगो हुनुको साथै र सधैँ सफल पनि हुँदैनन् ।
जब पानी र हावा सतहमुनिको सल्फरसँग मिसिएर गह्रौं धातुहरू र अन्य विषाक्त खानीका फोहर धुलाउन सक्ने एसिड बन्दछ, भूमिगत खानीबाट एसिड (अम्ल) निस्कन्छ । यस विषाक्त अम्लिय मिश्रणले चट्टान खियाउँछ र माटो, भूमिगत पानी, नदी र तालमा मिसिन्छ । शुरुमा यसका खतराका केही मात्रै संकेत देखा पर्नसक्छ तर बिस्तारै यी विषयुक्त पानीले मानिस, वनस्पति, माछा र जनावरलाई बिरामी बनाउँछ । खानीबाट हुने अम्ल निकासले सयौं वा हजारौं वर्षसम्म पनि तल्लो भेगका जीवनलाई असर गर्दछ । सबैजसो खानीले एसिड (अम्ल) निकाल्न सक्छ । यसलाई रोक्न नसकिने भएकाले उद्योगहरूले खानी सञ्चालनपूर्व त्यहाँबाट अम्ल ननिस्कने प्रमाणित गर्नुपर्दछ । खानीबाट अम्ल निष्कासनलाई रोक्ने, सफा गर्न वा यसको मात्रालाई कम गर्न धेरै महंगो हुने हुँदा यसविरुद्धको अभियानले उद्योग सञ्चालन हुनुपूर्व नै यसलाई रोक्न सक्छ ।
खानी उत्खनन र खनिज प्रशोधनमा प्रयोग गरिने रसायनले जमीन, पानी र हावालाई दूषित पार्दछ जसले कामदार र खानी नजिकका मानिसमा स्वास्थ्य समस्या उत्पन्न हुन्छ । उत्खननमा प्रयोग गरिने विषाक्त रसायनहरूमाः
साइनाइड, कच्चा धातुबाट सुन छुट्ट्याउन प्रयोग गरिन्छ । शुद्ध अवस्थामा साइनाइडको रंग हुँदैन र तीतो बदामको जस्तो गन्ध हुन्छ । जब साइनाइड अन्य रसायनहरूसँग मिसिन्छ यसको गन्ध हराउँछ । यो धुलो, तरल वा ग्याँसको रूपमा प्रयोग गर्न सकिन्छ । साइनाइड निल्यो भने मृत्युजनक हुन्छ । चामलको गेडा जति साइनाइडले मानिसको मृत्यु गराउनलाई पर्याप्त हुन्छ । लामो समयसम्म थोरै मात्रामा साइनाइडको संलग्नमा रह्यो भने घाँटीमा गलगाँठो ९न्यष्तभच० हुन सक्छ जुन कुपोषणबाट पनि हुन्छ ।
सुन उत्खननको क्रममा वा खानीका फोहरयु्क्त पोखरी फुट्दा वा पोखिंदा साइनाइड पानीको स्रोतमा मिसिन सक्छ । खानी उद्योगहरूले पानीमा साइनाइड मिसिएमा तुरुन्तै खतरामुक्त हुन्छन भन्छन् । तर यो तब मात्रै सत्य हुन्छ यदि त्यहाँ प्रशस्त मात्रामा सूर्यको किरण र अक्सिजन हुन्छ भने । यसो हुँदा पनि साइनाइड अरु हानिकारक रसायनहरूसँग बाँकी रहन्छ । यदि साइनाइड सतहमुनि चुहियो भने वा यदि मौसम बादल लागेको वा वर्षा भइरहेको भए साइनाइड धेरै समयसम्म हानिकारक हुन सक्छ जसले माछा र वनस्पतिलाई मार्नुको साथै पानी पिउन र नुहाउन अयोग्य बनाउँछ ।
सल्फुरिक एसिड तामा उत्खननमा प्रयोग गरिने विषाक्त रसायन हो । अन्य विभिन्न उत्खनन, पानी र गह्रौ धातुहरू मिसिएर अम्ल निष्कासन हुँदा सल्फुरिक एसिड पनि निस्कन सक्छ । सल्फुरिक एसिडको कुहेको अण्डाको जस्तै गन्ध हुन्छ । सल्फुरिक एसिडको सम्पर्कले जलन, अन्धोपन वा बहिरोपन हुन सक्छ ।
खानी क्षेत्रमा प्रयोग गरिने रसायनहरू छाला र लुगामा पोखिन सक्छ, आँखामा पर्न सक्छ र फ्यूम श्वास लिन सक्छ । यदि कसैलाई चोट लाग्यो भने सकेसम्म तुरुन्तै औषधि उपचार गर्ने (रसायन पोखिएमा वा रसायनको सम्पर्कबाट जलन भएमा सहयोगको लागि अनुसूची १ हेर्नुहोस्) ।
गह्रौं धातुहरू लगायत विषाक्त रसायनहरूको हानीबाट बचावको सबैभन्दा उत्तम उपाय भनेको यसलाई प्रयोग नगर्नु नै हो । यदि विषाक्त रसायनहरू प्रयोग गरिरहेको छ भने यसबाट जोगिने वा यसको हानी कम गर्ने उपायहरू पनि छन् :
धेरै रसायनहरूले आगलागी, विष्फोटन वा विषाक्त रसायनहरू छोड्न सक्छ । रसायनहरूको सुरक्षित भण्डारणले दुर्घटनाबाट जोगाउनुका साथै खानी क्षेत्रमा हानी कम गर्न समेत मद्दत गर्दछ ।
रसायनहरूको भण्डारणः
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 3/4/2020