অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

खानी उत्खनन र रोग

खानी उत्खनन र रोग

धुलोबाट बिरामी

चट्टान र खनिजको धुलोबाट हुने फोक्सो खराबी प्रमुख स्वास्थ्य समस्या हो । चाहे तपाइले भूमिगत वा सतहमाथि उत्खनन गर्नुहोस् । तपाईको फोक्सोमा खराबी आउन सक्छ, यदिः

  • धुलोले तपाईको लुगा, शरीर र तपाईले काम गर्ने सामान ढाकेको छ भने ।
  • तपाई धेरै खोक्नुहुन्छ र श्वास फेर्दा समस्या हुन्छ भने

एक पटक धुलोले फोक्सो बिगा¥यो भने यसलाई स्वस्थ बनाउने अरु कुनै उपाय हुँदैन । खानी मजदुर र खानी नजिकैका समुदाय दुवैलाई धुलो खतरा हो ।

कोइलाको धुलो सबैभन्दा हानिकारक धुलो हो जसबाट फोक्सो कालो हुने रोग लाग्दछ र सिलिकाको धुलोले सिलिकोसिस हुन्छ । एबेस्टस वा गह्रौं धातु भएका धुलो पनि हानिकारक हुन्छ ।

फोक्सो बिग्रनुका संकेतहरू

खानी खनन्बाट उत्पन्न धुलोले श्वास फेर्न गाह्रो बनाउँछ । धुलोको धेरै मात्राले फोक्सोमा तरल पदार्थ जाने र फुल्ने गर्दछ । धुलोबाट फोक्सो बिग्रनुका संकेतहरूः

  • छोटो श्वास लिनु, खोकी र श्वास फेर्दा कठिनाई हुनु ।
  • खोकीसँगै हरियो वा पहेंलो खकार आउने ।
  • स्वर सुक्ने ।
  • कान र ओठको छाला निलो हुने ।
  • ज्वरो आउने ।
  • छाती दुख्ने ।
  • भोक नलाग्ने ।
  • थकान हुने ।

फोक्सो कालो हुने, सिलिकोसिस र एक्बेस्टोसिस धेरै खतरनाक हुन्छन् जसको कुनै उपचार छैन । त्यसैले हानिकारक धुलोको सम्पर्कमा नआउनु नै उत्तम उपाय हो । यी रोगहरूले चाँडै नराम्रो असर पु¥याउँदछ । त्यसैले माथिका कुनै लक्षण देखिएमा वा यस्ता धुलोको सम्पर्कमा आएमा तुरुन्तै स्वास्थ्य कार्यकर्ताकासँग जचाउँन जाने । धूमपानले धुलोले फोक्सोको खराबी गर्ने खतरा झन् बढाउँछ त्यसैले खानी मजदुरहरूले सूर्तीजन्य धूमपान गर्नु हुँदैन ।

फोक्सो कालो हुने र सिलिकोसिस

फोक्सो कालो कोइलाको धुलोले फोक्सोलाई छोप्दा हुने गर्दछ जसबाट कष्टकर र स्थायी श्वासप्रश्वास समस्या हुने गर्दछ । भूमिगत कोइला खानी मजदुरहरू, बालबालिकाहरू र महिलाहरू जसले चट्टानबाट कोइला निकाल्ने काम गर्दछन्, तिनीहरूलाई कालो फोक्सो हुने खतरा बढी हुन्छ । सिलिकोसिस, सिलिकाको धुलोको सम्पर्कबाट हुने गर्दछ । सिलिका बालुवा र चट्टान उत्खननबाट निस्कने सामान्य खनिज हो जसबाट धेरै खानी मजदुरहरूलाई असर गर्दछ ।

उपचार

कालो फोक्सो र सिलिकोसिसको उपचार गर्न सकिन्न । तर यसको असरलाई केही कम गर्न सकिन्छ ।

  • फोक्सोबाट खकार सजिलै बाहिर ल्याउनका लागि प्रशस्त मात्रामा पानी पिउने ।
  • श्वासप्रश्वास प्रणालीलाई खुल्ला राख्ने । एउटा भाँडामा उमालेको पानी र कडा गन्ध आउने जडिबुटी जस्तै मसला, पुदिना वा ज्वानु राख्ने । त्यस भाँडामाथि आफ्नो टाउको राख्ने र टाउकोलाई रुमाल वा कपडाले छोप्ने र बाफ लिने । यसलाई एक पटकमा १५ मिनेटसम्म गर्ने र दिनमा धेरै पटक गर्ने ।
  • ब्रोन्कोडिलेटरस जस्ता औषधीले श्वासप्रश्वास नली खुल्ला बनाउन मद्दत गर्दछ ।
  • अस्पतालमा रोगीलाई श्वासप्रश्वास सजिलो गराउन अक्सिजन दिन सकिन्छ ।
  • खोकीका लागि घरमै बनाएको झोलले श्वास फेर्न सजिलो बनाउँछ । यसका लागि १ भाग मह + एक भाग कागतीको रस दैनिक २ वा ३ घण्टामा एक चिया चम्चा खाने ।
  • डेरीका खानेकुराहरू जस्तैः दूध, चीज र बटरले खकार बाक्लो बनाउनुका साथै खोक्न गाह्रो बनाउने कुरामा केही मानिसहरू विश्वास गर्छन् । यदि यी खानेकुराहरू खाँदा तपाईलाई खराब महसुस हुन्छ भने सकेसम्म अन्य पौष्टिक खानेकुरा भएसम्म यी खानेकुरा नखानुहोस् ।

महत्वपूर्णः मदिरापानले फोक्सोका धुलो पखाल्छ भन्ने कुरा सत्य होइन । मदिरापानले झन गम्भिर स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।

सम्बन्धित अन्य स्वास्थ्य समस्याहरू

फोक्सो कालो हुने वा सिलिकोसिसजस्ता रोगहरू भएका मानिसमा अन्य स्वास्थ्य समस्याहरू हुन सक्ने खतरा बढी हुन्छ । जस्तैः

  • क्षयरोग
  • मुटुको रोग
  • छातीको खराबी
  • निमोनिया
  • छालाको खटिरा
  • फोक्सोको क्यान्सर
  • दम
  • बाथ ज्वरो

धुलोबाट हुने हानीबाट जोगिने उपायहरू

श्वास लिंदा धुलोको मात्रालाई कम गरेर फोक्सोको समस्याबाट जोगिन सकिन्छः

खानी सञ्चालकहरूले खानीमा धुलो कम गर्नका लागि उपकरणको वितरण गर्नुपर्दछ ।

  • भूमिगतको खानीभित्र स्वच्छ हावा पम्प गर्ने अथवा खानीमा सतहसम्म निस्कने थुप्रै प्वालहरू हुनुपर्दछ । हावा पम्प र पंखाले स्वच्छ हावाभित्र ल्याउने र धुलो र फोहर हावालाई बाहिर फाल्ने गर्दछ ।
  • धुलो नउडाउन पानी छर्कने व्यवस्था गर्ने । माथि ट्याङ्कीमा पानी जम्मा गर्ने र पानीलाई पाइपको माध्यमबाट डण्डी र पाइपमा साना प्वालहरू वा फोहराबाट पानी झर्न दिने । पिउन नहुनु अमिलो पानी यस्तो ठाउँमा राम्रो काम आउँछ । तर खानी मजदुरहरूलाई प्रशस्त मात्रामा स्वच्छ पिउने पानीको आवश्यकता हुन्छ ।
  • काट्ने र टुक्र्याउने पानी छरेर धुलो जम्मा गर्नेखाले उपकरणहरू प्रदान गर्ने ।

खानी सञ्चालकहरूले धुलोयुक्त हावामा श्वास लिन जोगाउनका लागि सामग्रीहरू दिनुपर्छ ।

  • धुल्याइएको चुनढुङ्गा विष्फोटन क्षेत्र छोप्न पाल को व्यवस्था गर्ने ।
  • उपयुक्त मास्क दिने र तिनीहरू सफा र राम्रो अवस्थामा भएको कुरामा निश्चित रहने ।

मजदुरहरूलाई खानी क्षेत्र छोड्नु अघि फोहर लुगा फेर्नु र नुहाउनु आवश्यक हुन्छ र साथै लुगाहरू जम्मा गर्न सफा ठाउँको आवश्यकता हुन्छ । खानी सञ्चालकहरूले उत्खनन कार्यबाट उत्पन्न धुलोबाट वरपरका समुदायमा असर नुहुने उपायहरू पत्ता लगाउनु पर्ने जिम्मेवारी हुन्छ ।

महत्वपूर्णः धुलोले मान्छे मार्न सक्दछ । सम्भव भएसम्म धुलो कम गर्ने सबै सामग्रीहरूका साथै सुरक्षा गर्ने सामग्रीहरूको व्यवस्था उद्योगले गर्नुपर्ने माग गर्नु खानी मजदुरहरूको अधिकार हो । मास्क राम्ररी कसिएर बाध्नाले र समयसमयमा सफा गर्नाले मात्रै फोक्सोको खराबीबाट बच्न सकिन्छ । यदि तपाईले कागजको मास्क लगाउनु भएको छ भने चाँड्चाँडो परिवर्तन गर्नुहोस् । यदि तपाईले प्लाष्टिक वा कपडाको मास्क लगाउनु हुन्छ भने समयसमयमा यसलाई सफा गर्नुहोस् ।

खानी मजदुरले श्वास लिने हावामा धुलोको मात्रा कम गर्न सक्छन्:

  • धुलो उड्नबाट जोगिन काट्दा वा प्वाल पार्दा सतह भिजाउने ।
  • सिलिका र कोइलाको धुलो हावामा उड्नबाट रोक्न धुल्याइएको चुनढुङ्गा छर्ने ।
  • विष्फोटन र मसिनो पार्ने क्षेत्रहरूमा धुलो जम्मा गर्न भिजेको कम्बल वा त्बचउ ले छोप्ने ।
  • विष्फोटनपछि त्यस क्षेत्रमा प्रवेश गर्नुअघि धुलोहरू सबै थिग्रिन दिने ।
  • सुरक्षा गर्ने लुगा र सामानहरू लगाउनेः खानी मजदुरहरूका लागि सबैभन्दा उत्तम मास्क भनेको रबरको मास्क हो जुन राम्ररी कसिन्छ र काम गरेका सामग्रीहरूका लागि छान्ने जाली हुन्छ । मजदुरहरूले मास्क कसरी छान्ने, प्रयोग गर्ने र राम्ररी राख्ने भन्ने बारेमा तालीम लिनुपर्छ । यदि धुलोको लागि मास्क छैन भने नाक र मुख कपडाले छोप्ने र यसलाई सर्धै धुने । चश्मा वा ग्लासले तपाईको आँखाको सुरक्षा गर्दछ ।
  • खान, पिउन र धूमपान गर्नु अघि र काम गर्दा र काम गरिसकेपछि राम्ररी हात र मुख सफा गरी धुने ।
  • सुरक्षा सामानहरू बारम्बार धुनेः धुलो लागेको झोला नहल्लाउने । यसले धुलो हावामा छरिन्छ । त्यसको सट्टा झोला धुनुहोस् । यदि तपाईलाई झोला हल्लाउनु पर्छ भने हावाले धुलौलाई तपाईभन्दा पर लगेको कुरामा ढुक्क हुनुहोस् । कपडाको झोलाले धेरै मात्रामा धुलो समाउछ । त्यसैले सकिन्छ भने प्लाष्टिकको झोला प्रयोग गर्नुहोस् ।

क्षयरोग

खानी मजदुरहरू प्रायः हुलमुलमा बस्ने, पर्याप्त खानाबिना घण्टौंसम्म काम गर्ने र स्वास्थ्य उपचार र औषधीमा कम पहुँच हुने भएकाले उनीहरूमा क्षयरोग लाग्ने बढी खतरा हुन्छ । क्षयरोगको लक्षणहरूमा नराम्रोसँग खोकी लाग्ने, ज्वरो आउने, खकारमा रगत देखिने, कमजोर हुने, तौल घट्ने र राति पसिना निस्कने पर्दछ । राम्रो उपचार भएन भने क्षयरोग अरुलाई सर्ने तथा मृत्यु पनि हुन सक्छ ।

क्षयरोग सबैलाई मृत्युजनक हुन सक्दछ । तर भोक र एच.आई.भी.÷एड्स जस्ता रोगहरूबाट ग्रसित मानिसहरूलाई मुख्यतयाः झन बढी खतरनाक हुन्छ । धुलोबाट भएको फोक्सोको खराबीले क्षयरोग हुने सम्भावना बढाउँछ ।

राम्रो हावाको आवातजावतले क्षयरोग खानीको माध्यमबाट खानी मजदुरहरू सुत्न कोठासम्म वा घरहरूसम्म सर्ने सम्भावना कम गर्दछ । खानी मजदुर र अन्य कामदारहरूमा क्षयरोगबाट जोगिने उत्तम उपाय भनेको यी निम्न माध्यमहरूबाट स्वास्थ्यका लागि राम्रो वातावरण सिर्जना गर्नु हो ।

क्षयरोग फैलिनबाट रोक्न क्षयरोग ग्रसित सबैले राम्रो उपचार र औषधी पाएको कुरामा निश्चित हुनु आवश्यक हुन्छ । धेरैजसो सरकारले क्षयरोगको उपचार निशुल्क प्रदान गर्दछ । उपचारको लागि स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस् । (क्षयरोगको अधिक जानकारीको लागि पृष्ठ ३५६ वा साधारण स्वास्थ्य किताब “ह्वेर देयर इज नो डक्टर” हेर्नुहोस्)

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/10/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate