অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

फोहरलाई गाडेर व्यवस्थापन र सुरक्षित विसर्जन

फोहरलाई गाडेर व्यवस्थापन र सुरक्षित विसर्जन

खोप कार्यक्रम

संसारभरीका धरै मानिसहरूलाई आउँ, धनुष्टंकार र पोलियोबाट खास किसिमको खोप दिएर बचाउन सकिन्छ । यसलाई खोप कार्यक्रम पनि भनिन्छ । यस्तो खोप कार्यक्रम खासगरी अन्तर्राष्ट्रिय संघ संस्थाहरू जस्तैः विश्व स्वास्थ्य संगठन, यूनिसेफ, स्थानीय सरकार एवं खोप उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीसँग मिलेर सञ्चालन गरिरहेको हुन्छ । यस्ता कार्यक्रममा प्रायः गरेर यसबाट निस्कने फोहरको व्यवस्थापन पक्ष समावेश गरेको पाइदैन । धेरैजसो खोप दिइने ठाउँमा नै फोहर छोडेर समुदायलाई नै यसको व्यवस्थापनको जिम्मा लगाउने गरेको पाइन्छ । प्रायःजसो ठाउँमा फोहरलाई भष्मीकरण गरिन्छ वा खुल्ला ठाउँमा जलाइन्छ जसको कारण समुदायमा विभिन्न स्वास्थ्य तथा वातावरणीय समस्याहरूको सृजना हुन्छ

खोप कार्यक्रमले फोहरको व्यवस्थापनको जिम्मेवारी लिनु पर्दछ

पूर्व सावधानी तथा योजना तर्जुमा लगायत स्थानीयबासीको सहायताले खोप कार्यक्रमबाट निस्कने फोहरबाट निम्न सुरक्षित निम्न तरीकाले छुट्कारा पाउन सक्दछ ।

  • खोप बोकेर ल्याउने गाडिमै फोहर प्रशोधन तथा विसर्जन गर्ने ठाउँसम्म फिर्ता बोकेर ल्याउनु पर्दछ । क्षेत्रीय खोप कार्यक्रम भएमा केन्द्रीय स्तरको वाष्पीकरण वा प्रशोधन केन्द्र एवं सुरक्षित खाल्टो विधिबाट अन्तिम विसर्जन गरिनु पर्दछ ।
  • खोप कार्यक्रमपछि लामो समयसम्म रहन सक्ने फोहर व्यवस्थापन गर्न समुदायलाई फोहर विसर्जन पद्धतिको विकास गर्न मद्दत गर्नु पर्दछ ।
  • खोप कार्यक्रममा नयाँ नयाँ प्रविधिहरू जस्तै इमुनाइजेशन गन्सगलष्शबतष्यल न्गलक० को उपभोग गरी थोरै फोहर उत्सर्जन गर्न सकिन्छ किनभने यसबाट कुनै किसिमको धारिलो सियो वा सिरिञ्जको उत्सर्जन हुँदैन ।

स्वास्थ्य संस्थाजन्य फोहरलाई गाडेर व्यवस्थापन

खाल्टो प्रविधिबाट धारिलो औजारहरू, शरीरको अंगहरू र म्याद गुज्रिएको औषधिहरूको व्यवस्थापनको लागि उपयोगी हुन्छ भन्ने बुझिन्छ । कुहिएर मल बनाउन सक्ने फोहरलाई खाल्टोमा पुर्नु हुँदैन जस्तै खानेकुराहरू आदि) पुनः प्रयोग गर्न सक्ने सामग्री (काँच र प्लाष्टिकको वस्तुहरू), वा ल्यान्डफिल साइटमा निसंक्रमण पछि फाल्न सक्ने पदार्थहरू जस्तैः प्लाष्टिक, कपडा, व्याण्डेज आदि ।

यदि फोहर संकलन प्रविधि राम्ररी चलेको र नजिकै ल्याण्डफिल साइट रहेको छ भने संक्रमित फोहरलाई निसंक्रमण गरी ल्याण्डफिलमा सुरक्षित विसर्जन गर्नुपर्दछ । यदि फोहर संकलन पद्धति राम्रो छैन भने हरेक स्वास्थ्य केन्द्रहरूमा फोहर गाड्ने खाल्टो बनाई फोहरलाई सुरक्षित तरीकाले गाड्ने गर्नु पर्दछ । धारिलो सुई तथा औजारहरू सबैभन्दा खतरनाक हुने हुनाले यसलाई स्वास्थ्य केन्द्रमै खाल्टो खनी सुरक्षित तरीकाले पुर्नु पर्दछ । सबै सम्बन्धित व्यक्ति जसले फोहर व्यवस्थापनसँग सम्बन्ध राख्दछ यसको बारेमा थाहा पाउँदा खाल्टोमा पुर्ने प्रविधि सबैभन्दा सुरक्षित हुन्छ ।

सुरक्षित फोहर गाड्ने खाल्टो

फोहर गाड्ने खाल्टो सुरक्षित बनाउन, नजिकैको पानीको इनारभन्दा तल हुनु पर्दछ । भूमिगत पानीको स्रोत सतह नजिक हुनु हुँदैन र नदी, खोला, झरना, मूल र अन्य पानीको स्रोतबाट करिब ५० मिटर टाढा हुनु पर्दछ । खाल्टोको पिँध र पर्खालहरू सिमेन्ट अथवा चिम्टाइलो माटोले लिपेको हुनु पर्दछ । जसले गर्दा यसबाट तरल फोहरहरू माटोमा वा भूमिगत पानीमा जान पाउँदैन । फोहर गाड्ने खाल्टो राम्ररी सुरक्षित गरेको हुनुपर्दछ जसले गर्दा मानिस र जनावरलाई यसको सम्पर्कमा आउनबाट रोक्न सक्दछ ।

तरल फोहरलाई विसर्जन गर्ने तरीका

धेरैजसो स्वास्थ्य संस्थाहरूले क्लोरिन झोल, संक्रमित पानी वा अन्य तरल पदार्थ सिधै नालामा मिसाउँछन् । यो सबै गएर नदि वा खोला वा अन्य पानीको स्रोतमा नमिसिएसम्म सुरक्षित भए तापनि माटोलाई भने प्रदूषित गर्दछ । यस्तो तरल फोहरलाई अत्याधिक पानी मिसाएर फाल्नु पूर्व कम प्रदूषित पार्नुहोस् । पानीको स्रोतलाई बचाउन ब्लिच झोल र अन्य तरल फोहर सुरक्षित लिचपिटमा मिसाउनु होस् । रसायन जस्तै ग्लुटरअल्डिहाइड र फर्मलडिहाइडलाई फाल्नु पूर्व प्रशोधन गरेर मात्र फाल्नुहोस् ।

लिच पिट बनाउने तरीका

वर्षातको पानी जम्मा नहुने ठाउँमा र पोखरी, इनार, कल, धारा भन्दा परस्थानमा १÷२ मिटर देखि १ मिटर गहिरो खाडल खन्नुहोस् । खाल्टोको पिँधमा एक तह साना साना ढुङ्गा केही गहिराईसम्म राख्नुहोस् र त्यसपछि ठूल्ठूला ढुङ्गा माथि माथि राख्नुहोस् । खाल्टोको मुखमा वर्षातको पानी छिर्न नदिन ढकनीले छोप्नु पर्दछ ।

रसायनिक फोहरको सुरक्षित विसर्जन

प्रायःजसो सबै ठूला वा साना स्वास्थ्य केन्द्रहरूले रसायनिक फोहर उत्सर्जन गर्दछ । जसलाई सुरक्षित तरीकाले विसर्जन गर्नुपर्दछ । ठूल्ठूला स्वास्थ्य केन्द्रहरूमा भएको एक्सरे इकाइबाट केमोथेरापी र प्रयोगशाला आदिबाट रसायनिक फोहर उत्सर्जन हुन्छ । यी रसायनिक फोहरको विसर्जन अति जटिल हुने भएको प्रविधि यो पुस्तकमा समावेश गरिएको छैन । यसको लागि स्रोत सामग्रीहरू हेर्न सल्लाह दिइन्छ ।

सफा र निसंक्रमित गर्न रसायनको प्रयोग

क्लोरिन ब्लिचमा पानी मिसाएर पातलो गरी लिचिङ पिटमा (अघिल्लो पृष्ठ) मा फाल्न सकिन्छ । हाइड्रोजन पेरोक्साइडको झोललाई विना कुनै खास प्रशोधन पनि फाल्न सकिन्छ । यसलाई शौचालयको ढलमा सुरक्षित तरीकाले पठाउन सकिन्छ ।

ग्लुटरअल्डिहाइड र फर्मलडीहाइडले क्यान्सर लगाउने वा मृत्यु समेत गराउन सक्दछ । तर यदि तपाईको स्वास्थ्य केन्द्रमा यसको प्रयोग सफा वा निसंक्रमण गर्नका लागि भैरहेको छ भने यसबाट सुरक्षित तरीकाले छुट्कारा पाउने उपायहरू छन् । ग्लुटरअल्डिहाइड र फर्मलडीहाइडको विसर्जन पूर्व प्रशोधन गर्न यसमा कस्टीक सोडा (सोडियम हाइड्रोक्साइड) को झोल मिसाएर यसको अम्लियपना ९उज्० लाई परिवर्तन गर्नुपर्दछ । लिटमस पेपर वा उज् मिटरको प्रयोग गरी उज् नाप्नुहोस् झोनको उज् १२ बनाएर करिब ८ घण्टासम्म त्यसैमा राख्नुहोस् । आठ घण्टापछि उज् लाई ज्ऋी थपेर घटाएर शून्यमा ल्याउनु होस् । यदि तपाई सँग ग्लुटरअल्डिहाइड वा फर्मल्डिहाइडलाई सुरक्षित तरीकाले विसर्जन गर्ने उपाय छैन भने यसको प्रयोग सकेसम्म नगर्नुहोस् । किनभने यी रसायनहरू एकदमै खतरनाक हुन्छ । प्रशोधन पश्चात् यसलाई लिचिङ पिटमा सुरक्षित विसर्जन गर्नुहोस् ।

कार्बोलिक अम्लको प्रयोग तन्ना, बेडसिटलाई निर्मलीकरण गर्न गरिन्छ, यसले श्वास फेर्ने र छालासम्बन्धी समस्याहरू उत्पन्न गर्दछ । यसमा काम गर्ने मानिस हात मुख र आँखामा प्रोटेक्टिभ ग्लोभ, मास्क एवं ग्यासको प्रयोग गरेर मात्र उपयोग वा विसर्जन गर्नुपर्दछ । फोहर पानीमा सोडियम हाइड्रोअक्साइडको झोल मिसाउनु पर्दछ र त्यसपछि मात्र लिच पिटमा खन्याउनु पर्दछ ।

मर्करी

मर्करी सेतो चाँदीजस्तो थर्मोमिटरभित्र भएको तरल पदार्थ हो । यो अन्य स्वास्थ्य उपकरणहरूमा पनि पाइन्छ । जस्तै पुरानो रक्त चाम नाप्ने यन्त्रको कफमा, व्याट्रीहरू र ट्यूवलाइट चिमहरू लगायत र सी.एफ.एल.मा पनि मर्करी पाइन्छ । मर्करी एउटा निकै खतरनाक गहु्रङ्गो धातु हो । थोरै मात्रामा पनि छालाद्वारा मर्करी सोसिनु वा श्वास प्रश्वासबाट हाम्रो शरीरमा प्रवेश गरेपछि यसले स्नायु प्रणाली, मृगौला, फोक्सो, कलेजो, मस्तिष्क र प्रजजन् प्रणालीमा असर पु¥याउँछ । मर्करीलाई जलाएर नष्ट गर्न सकिंदैन । मर्करीलाई जलाएको खण्डमा बरु यो अर्को अत्यधिक खतरनाक ग्याँसको रूपमा परिवर्तन हुन्छ ।

मर्करीबाट बाँच्ने वा यसको हानि कम गर्नका लागि सबै भन्दा राम्रो उपाय चाहिं मर्करीयुक्त सामग्रीहरूको उपयोग सम्भव भएसम्म घटाउँदै लानु पर्दछ । सम्भव भएसम्म मर्करीयुक्त सामग्रीहरू धातुको भाँडोमा राख्नुहोस् जसले गर्दा यो फुटेको खण्डमा यो भुईमा वा काठको सतहमा सोस्न नपाओस् । मर्करीमुक्त डिजिटल थर्मामिटर यदि तपाईको ठाउँमा उपलब्ध छ भने यसको प्रयोग गर्नुहोस् ।

एन्टिवायोटिक्स र अन्य औषधिहरू

पुरानो औषधिहरू एउटा अर्को किसिमको रसायनिक फोहर हो जसको सुरक्षित व्यवस्थापन आवश्यक छ । यी एन्टिबायेटिक्स एवं अन्य औषधिहरूबाट मुक्ति पाउनको अर्थ यसलाई पानीको स्रोतहरू एवं जसले यसलाई प्रयोग एवं व्यवस्थापन गर्दछ, उनीहरूबाट टाढा राख्नु हो । दुर्भाग्यवस स्वास्थ्य केन्द्रहरू, औषधि पसलहरू औषधि कम्पनीहरू प्रायः गरेर असुरक्षित तरीकाले यसलाई खुल्ला तवरले फालेर, पानीको स्रोतमा मिसाएर वा ढलमा पठाएर मुक्ति पाउने गरेको छ । जब यी एन्टिबायोटिक्स वातावरणमा मिसाइन्छ, यसले मानव जाति, पशुपंक्षि एवं अन्य सम्पर्कमा आउने जीवाणुहरूमा यसप्रति प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यसको अर्थ के हो भने जब मानिसले संक्रमण रोक्न फेरि यी एन्टिबायोटिक्सको प्रयोग गर्दछन् । त्यसबेला यो त्यत्ति प्रभावकारी हुँदैन । किनकी यसले केही मात्र जीवाणुहरूलाई मार्न सक्षम हुन्छ ।

थोरै एन्टिबायोटिक्स किन्नुहोस र प्रयोग गर्नुहोस्

एन्टिबायोटिक्स स्वास्थ्य समस्या समाधान नगर्ने भएकोले यसको प्रयोग नगर्नु नै राम्रो हो । स्वास्थ्य केन्द्रहरूमा चाहिने जति मात्र एन्टिबायोटिक्स किन्नुहोस जसले गर्दा थोरै बाँकी रहेको पुरानो काम नलाग्ने मात्र व्यवस्थापन पर्ने हुन्छ ।

म्याद गुज्रेको औषधि उत्पादकलाई नै फिर्ता गर्नुहोस्

औषधि उत्पादक कम्पनीहरूसँग म्याद गुिज्रएको एन्टिबायोटिक्स र अन्य औषधिहरूको सुरक्षित व्यवस्थापन गर्ने उपकरणहरू हुने भएकोले यस्ता औषधिहरूको विसर्जन उत्पादक कम्पनीहरूले नै गर्नुपर्दछ । हामीले यी म्याद गुज्रीएका औषधिहरूको उत्पादक कम्पनीहरूलाई फिर्ता गर्न सकिंदैन भने निम्न तरीकाबाट यसको सुरक्षित व्यवस्थापन गर्न सकिन्छ ।

स्वास्थ्यजन्य फोहरको मूल्यांकन गर्नुहोस्

स्वास्थ्य केन्द्रमा फोहर उत्पादन हुने, यसलाई तह लगाने र अन्तिम विसर्जन गर्ने तरीका अनुगमन गरेमा सुरक्षित तरीकाले काम गर्न सक्दछ । फोहरको अध्ययनबाट यससम्बन्धी समस्याको पहिचान गर्न र यसको समाधान गर्न मद्दत पुग्दछ ।

सबै स्वास्थ्यकर्मीहरूस“ग भेटघाट गरी समस्याको बारेमा छलफल गर्ने ।स्वास्थ्य केन्द्रका सबै मानिसहरूले फोहरको अनुगमन अध्ययनमा सहयोग पु¥याउनु पर्दछ । चिकित्सक, नर्स, फोहर व्यवस्थापन समूह र सफा गर्ने समूहहरूमा फोहर कहाँबाट कस्तो किसिमको फोहर उत्सर्जन हुन्छ र यसबारे के के समस्याहरू छन् बारे जानकारी हुन्छ ।

स्टोरमा र औषधि सप्लाई गर्ने ठाउँमा के के छ, सूचिकृत गर्नुपर्दछ । स्वास्थ्य केन्द्रमा स्टोर र औषधि सप्लाई शाखाबाट अत्यधिक कुराहरू किन्ने भएको हुनाले यी ठाउँहरूमा भएको सामग्रीहरूको सूचि तयार पार्ने । यसै क्रममा यी शाखाहरूबाट कस्ता कस्ता र कति कति फोहर उत्सर्जन हुने कुरा रहेको पनि जानकारी लिनु पर्दछ ।

खेर फाल्नु पर्ने वस्तुहरूलाई खेर फाल्नु नपर्ने वस्तुहरूबाट विस्थापित गर्न सकिन्छ कि ? थोरै र सुरक्षित रसायनहरूको प्रयोग गर्न सक्दछ कि ? केन्द्रमा थोरै प्लाष्टिकको प्रयोग गर्न सकिन्छ कि ? मर्करीयुक्त सामग्रीहरूको प्रयोग घटाउन सकिन्छ कि ? वा अन्य कुनै उपायहरू अपनाएर घातक फोहरहरूको मात्रा घटाउन सकिन्छ कि भन्नेबारे मनन् गर्ने ?

स्वास्थ्य केन्द्रको नक्सा बनाउनुहोस् नक्सामा सबै कोठा, झ्याल, ढोका के–केको लागि प्रयोग गरिन्छ भन्ने कुरा टिप्नुहोस् र देखाउनुहोस् विभिन्न रंगको प्रयोग गरी फोहर उत्सर्जन गरी संकलन ढुवानी र अन्तिम भण्डारण गर्ने ठाउँ र विसर्जन गर्ने ठाउँ नक्सामा देखाउनुहोस् । यो नक्सा काम गर्दै जाँदा परिवर्तन भइरहन्छ । फोहरको मूल्यांकन सकेर अर्को नक्सा तयार पारी फरक भएको कुरा देखाउनुहोस् । फोहर संकलन गर्ने भाँडो राखेको ठाउँ अवश्य नक्सामा देखाउनुहोस् ।

स्वास्थ्य केन्द्रमा भ्रमण तथा अवलोकन गरी समस्याको पहिचान एवं सूचिकृत गर्ने ।फोहर उत्सर्जन हुने सबै ठाउँहरू भ्रमण गर्नुहोस् । फोहर फाल्ने भाँडो निरीक्षण गरी कस्ता किसिमको फोहर राखेको छ भन्ने हेर्नुहोस् । केही सातासम्म यस्ता निरीक्षण लगातर गर्नुहोस् र फरक फरक समयमा गर्नुहोस् । त्यसपछि विभिन्न अवस्थामा उत्सर्जन हुने फोहरको किसिम र मात्राको आंकलन तथा दिनभरी कसरी व्यवस्थापन भैरहेको छ भन्ने कुरा जानकारी हुन्छ । यस्ता अवलोकन भ्रमण विभिन्न कर्मचारीहरूसँग गर्नुहोस् । जस्तैः सफा गर्ने कुचिकारले समस्या फरक तरीकाले हेर्छ । चिक्सित्क, नर्सले फरक तरीकाले हेर्छ र सबैसँग केही न केही फरक महत्वपूर्ण समाधानका उपायहरू र विचारहरू हुन सक्दछ ।

फोहरलाई प्रशोधन तथा विसर्जन गर्ने विभिन्न तरीकाहरूबारे जानकारी लिनुहोस् । धेरै पटकको अवलोकन भ्रमण स्वास्थ्य केन्द्रमा गरिसकेपछि समूहगत रूप समस्या तथा समाधानका उपायहरूबारे छलफल गर्नुहोस् । समस्याको समाधान निकै खर्चिलो र प्राविधिक हिसाबले जटिल हुनुहुँदैन । धेरैजसो समस्या साधारण राम्रो व्यवस्थापनमा परिवर्तन गरेर, सहकार्य बढाएर र जवाफदेहिता बोध गरेर नै समाधान हुन्छ । सबैभन्दा खतरनाक फोहरलाई पहिले राम्रो व्यवस्थापन हुने गरी योजना बनाउनुपर्दछ । जस्तैः धारिलो फोहरको व्यवस्थापन, त्यसपछि रसायनहरू, रगत तथा अन्य शारीरिक तरल पदार्थहरू आदि । लक्ष्य चाहिं कुनै एउटा समस्यालाई सुधार्ने मात्र नभएर पुरै फोहर व्यवस्थापन प्रणालीमै सुधार ल्याउने बनाउनु पर्दछ ।

फोहर व्यवस्थापन तथा विसर्जन कसरी भैरहेको छ भन्ने कुरा पत्ता लगाउनु होस् । स्वास्थ्य केन्द्रमा फोहर कहाँ उत्पादन हुन्छ, कहाँ भण्डारण गरिन्छ र केन्द्रबाट बाहिर कहाँबाट जान्छ भन्ने कुराको जानकारी लिनुहोस् । के फोहर निरन्तर संकलन गरिरहेको छ ? कसरी संकलन भैरहेको छ ? फोहरमा काम गर्ने व्यक्तिले ग्लोभ, मास्क, जुत्ता वा अन्य बचावटका उपायहरू लगाइरहेको छ कि छैन ? के फोहर सुरक्षित भाँडोमा संकलन तथा ओसारपसार गरिरहेको छ कि छैन ? फोहर संकलन गर्नेले प्रायः जे जति बाहिरी कवाडीवाला मानिसलाई बेच्न सक्ने जति बेचेर पठाउँछन् यो प्रक्रिया सुरक्षित वा हानिकारक फोहरलाई छुट्याउने र निसंक्रमण गर्ने तरीकामा भर पर्दछ । के फोहर संकलन गर्ने व्यक्तिले फोहरबाट पुनः प्रयोग हुने वा पुनः प्रशोधन गर्न सक्ने फोहर सुरक्षित तरीकाले छुट्याइरहेको छ कि छैन ? के फोहरको संकलन तथा बिक्रीबाट जीविकोपाजर्न गरिरहेकाहरूको लागि अझै सुरक्षित तरीकाले अपनाउन सकिन्छ ? के फोहर विसर्जन गर्न डम्पिङ्ग साइट वा भष्मीकरण यन्त्रमा लगिरहको छ ? यदि सम्भव छ भने फोहर फालिने ठाउँको पनि अवलोकन गर्नुहोस् । के यो स्वास्थ्यजन्य फोहर छुट्टै फालिन्छ वा अन्य फोहरसँग मिसिन पुग्दछ ? के यसले नजिकैको समुदायमा कुनै स्वास्थ्यजन्य समस्या त निम्त्याएको छैन ? जस्तै फोहर फाल्ने ठाउँमा धारिलो वस्तुहरू फेला पर्नु आदि कुराहरूबारे जानकारी प्राप्त गर्नु आवश्यक पर्दछ ।

सुधारका कार्यक्रम लागू गर्नुहोस् स्वास्थ्य केन्द्रमा हुने हरेक गतिविधिबाट अन्तमा समुदायका सबैलाई आकृष्ट गर्छ वा प्रभावित गर्दछ । स्वास्थ्य केन्द्रमा लिइएको फोहर व्यवस्थापनको सुरक्षित कदम वा सानो पहलबाट समुदाय र वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न सक्दछ । स्वास्थ्य केन्द्रमा कुन सुधारका पहल अहिले तुरुन्तै लिन सकिन्छ भन्ने कुरा तुरुन्तै शुरु गर्नु पर्दछ । कसरी स्वास्थ्य केन्द्रहरूले फोहर ल्याण्डफिल साइटमा वा भष्मीकरण यन्त्रमा लगेपछि के के हुन्छ भन्ने कुराबारे अनुगमन तथा जानकारी राख्न सकिनु पर्छ ।

कर्मचारीहरूलाई निरन्तर शिक्षा तथा तालीम दिंदै जानुपर्नेस्वास्थ्यजन्य फोहर उत्सर्जन तथा व्यवस्थापनमा लागेका हरेकलाई निरन्तर शिक्षा तथा तालीम दिएर कुनै पनि सुरक्षित व्यवस्थापन योजनालाई साकार पार्न सकिन्छ । सबै सुरक्षाका उपायहरू अवलम्बन गरी हानिकारक फोहरबाट जोखिमहरू कम गरी सबैले यसबाट मुक्ति पाउन सकिन्छ । जब त्यहाँ कुनै किसिमको हानि नोक्सानी हुन बन्द हुन्छ । मानिसहरू लापरवाही हुन सजिलै पुग्दछन् । दोह¥याएर फोहर अनुगमन गरी व्यवस्थापनमा सुधार गर्ने लागेमा यसले सबै मानिसमा यसको महत्व बारे जानकारी एर्व सचेत हुने जिम्मेवारी बोध गराउँदछ ।

सामुदायिक समाधान

स्वास्थ्यजन्य फोहर संकलन, प्रशोधन, भण्डारण तथा ओसारपसार र अन्तिम विसर्जनका केही विधिहरू स्वास्थ्य केन्द्रहरूले तिर्नै नसक्ने हिसाबले महङ्गा हुन्छन् । तर एउटा क्षेत्रमा भएका सबै स्वास्थ्य केन्द्रहरूसँग भएका स्रोत साधानहरूसँग मिलेर साझेदारी ग¥यो भने एक्लैले गर्नुभन्दा सबै मिलि राम्रो र सुरक्षित फोहर व्यवस्थापन पद्धतिको थालनी गर्न सकिन्छ । साथै यदि सबै मिलेर सरसामान किनबेच गर्ने पद्धतिमा एक अर्कासँग संयोजन गरी खरिद गरेमा आपूर्तिकर्तालाई कम फोहर उत्सर्जन गर्ने तथा कम हानिकारक वस्तुहरू मात्र सप्लाई गर्न प्रेरित गर्न सक्दछ ।

यदि तपाईको स्वास्थ्य संस्थामा अटोक्लेभ वा सुरक्षित फोहर फाल्ने खाल्डो छैन भने फोहरलाई निसंक्रमित गर्न सकिन्छ, सुरक्षित भाँडोमा छुटउन सकिन्छ र यस्ता सुविधा भएका स्वास्थ्य संस्थाहरूमा अटोक्लेभिङ्ग वा सुरक्षित ल्याण्डफिलिङ्ग गर्नको लागि पठाउन सकिन्छ । एउटा क्षेत्रीय स्तरको धारिलो फोहर संकलन, ढुवानी र अन्तिम विसर्जन व्यवस्थापन पद्धतिको विकास गरी शहर वा ग्रामीण इलाकामा धेरै स्वास्थ्य केन्द्रहरूमा यसको व्यवस्थापन राम्रो गर्न सकिन्छ ।

यदि नगरपालिकाहरूसँग फोहर संकलन गर्ने व्यवस्था भएको ठाउँमा स्वास्थ्यजन्य सामान्य फोहरलाई निसंक्रमण गरी नगरपालिकालाई दिएर सुरक्षित तरीकाले ल्याण्डफिलिङ्ग गर्न सकिन्छ । र घातक फोहरहरू चाहिं घातक फोहर विसर्जन गर्ने ठाउँ भएमा त्यहाँ पठाउन सकिन्छ । यदि तपाईको ठाउँमा फोहर संक्लनको सुविधा छैन भने, उदाहरणको लागि सामुदायिक स्तरमा फोहर व्यवस्थापन गर्दा तपाईसँग भएको स्रोतको आधारमा उपयुक्त र राम्रो हुने प्रविधिले राम्रो काम गर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 7/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate