অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

फोहरबाट हुने स्वास्थ्य समस्या

फोहरबाट हुने स्वास्थ्य समस्या

स्वास्थ्यकर्मीले मानिसलाई स्वस्थ राख्न हरदम प्रयास गर्दछ । तर स्वास्थ्यजन्य फोहरमैलाको उचित तरीकाले व्यवस्था नभएको खण्डमा यसले स्वास्थ्यकर्मी एवं समुदायमा धेरै थरीका रोगहरू निम्त्याउँदछ । स्वास्थ्यजन्य फोहरमैलामा खासगरी क्लिनिक, अस्पतालन, प्रयोगशाला, ब्लड बैंक, दन्त क्लिनिक, मातृ शिशु केन्द्र र जनावरहरूको अस्पतालबाट निस्कने फोहरलाई जनाउँदछ ।

खोप कार्यक्रमबाट निस्कने फोहर, स्वास्थ्य क्याम्प र घरघरमा बिरामीलाई रेखदेख गर्दा निस्किने फोहरलाई पनि स्वास्थ्यजन्य फोहरभित्र पर्दछन् । स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रबाट निस्कने फोहर प्रायः साधारण फोहर जस्तैः कागज, कार्डबोर्ड र फालेको खानेकुरा आदि पर्दछ । तर केही स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा निस्किने फोहरहरू जस्तैः रगत, अन्य शारीरिक तरल पदार्थसँग संक्रमित भएको र यस्ता फोहर विभिन्न रोग फैलाउन सक्ने जीवाणु तथा कीटाणुहरूबाट संक्रमित भएको हुन्छ । प्रयोग गरिएका सुई र अन्य धारिलो औजारहरू जसले मानिसलाई हानि पु¥याउनुको साथै निकै गम्भीर रोगहरू फैलाउने गर्दछ ।

केही स्वास्थ्यजन्य फोहरहरू जस्तै प्लाष्टिक, विभिन्न विषाक्त रसायनहरू मिसिएको पाइन्छ । जब रोग सार्ने जीवाणुबाट, विषाक्त रसायनबाट संक्रमित फोहर अन्य साधारण फोहरमा मिसिन्छ । सम्पूर्ण फोहर संक्रमित भएर जान्छ र यसलाई व्यवथापन गर्ने मानिसको लागि खतरापूर्ण हुन सक्दछ । यसैकारणले फोहरलाई स्रोतमा नै छुट्याउनु पर्दछ । स्वास्थ्यजन्य फोहरमैलाको सुरक्षित व्यवस्थापन पनि साधारण ठोस फोहरमैलालाई व्यवस्थापन गरेजस्तै गरिनु पर्दछ (अध्याय १८) । तर जिवाणु वा किरा भएको शरीरको झोल पदार्थ मिसिएको संक्रमित फोहरलाई पहिले निसंक्रमित गरिनुपर्दछ र वातावरण र जनस्वास्थ्यलाई असर नपर्ने गरी व्यवस्थापन गरिनुपर्छ ।

स्वास्थ्य संस्थाजन्य फोहरबाट हुने स्वास्थ्य समस्या

जुनसुकै फोहरलाई राम्रोसँग विसर्जन सतर्कता साथ नगरेको खण्डमा स्वास्थ्य समस्या निम्त्याउँन सक्दछ । तर स्वास्थ्यजन्य फोहरले खास किसिमको गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछ । जस्तै,

  • हेपेटाइटिस बि र सी, धनुष्टंकार, एच.आई.भी. र एड्स र सियो वा अन्य धारिलो वस्तुहरूबाट छालामा हुने खतरनक संक्रमणहरू पर्दछ ।
  • एलर्जी, छालामा घाऊ, आँखा पोल्ने, स्वास प्रश्वास, दम र अन्य स्वास प्रश्वाससम्बन्धी समस्याहरू, विभिन्न निसंक्रमित गर्ने रसायन, लुगा धुने डिटरजेन्ट पाउडर, औषधि र प्रयोगशालामा उपभोग गरिने रसायनहरूको कारण श्वासप्रश्वाससम्बन्धी समस्याहरू हुन सक्दछ ।
  • औषधिविरुद्ध प्रतिरोधात्मक क्षमताको विकास जब कुनै मानिसले लगातार प्रायः एन्टिबायोटिक औषधिको सेवन गर्दछ उसमा यी एन्टिबायोटिक्सले विस्तारै काम गर्न छोड्दछ ।
  • केही फोहरहरू जलाउँदा वातारणमा उत्सर्जन हुने विषाक्त रसायन जस्तैः डाइअक्सिन जस्ता रसायनहरूले मानिसमा विभिन्न रोगहरू जस्तै क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या र अन्य रोगहरू निम्त्याउँछ ।

साङ्गुलाई कथा

साङ्गु इण्डियाको एउटा सानो गाउँमा जन्मिएको थिइन् । वर्षौंको लगातार खडेरी र बाली नोक्सानीले ऊ सानो भाई र आमासहित राम्रो र खुशी जीवनको खोजीमा शहरतर्फ बसाई सरे । उ आमाको परिवारसँग उकालो पहाडनिरको ल्याण्डफिल (फोहर थुपारेको) भागतिर बस्न थालिन् । त्यहाका अरु बच्चाहरूले साङ्गुलाई फोहर थुप्रोेबाट बेच्न मिल्ने सरसामानहरू संकलन गर्ने कुरा सिकाए । विहान हरेक दिन स्कुल जानुअगाडि उ फोहर फाल्ने ठाउँबाट टिन, काँचको टुक्रा, बोतल, प्लाष्टिकको झोला र अन्य सामग्रीहरू संकलन गर्थिन् ।

यसलाई बेचेर आएको पैसाले साङ्गु स्कुलबाट फर्कदा खानेकुरा र तातो चिया किन्ने गर्थिन् । शहरको जीवन निकै कठिन हुँदै गयो र साङ्गुको आमा दिनहुँ घरबाट बाहिर काम गर्न थालिन् । सधैँजसो साङ्गुले स्कुल जान छोडेर भाइको हेरचाह गर्न थालिन् । सधैँ उ धेरै लामो समयसम्म फोहरको थुप्रोमा भाईलाई पिठ्युँमा बोकेर घण्टौंसम्म फोहरको संकलन गर्न र छुट्ट्याएर ल्याउन थालिन् । कहिलेकाहीँ साङ्गुु फोहर केलाउँदा रगत सहितको ब्यान्डेजहरू, सुईहरू र अन्य स्वास्थ्य संस्थाजन्य फोहर मिसिएको फोहरको सम्पर्क आउन थालिन् । साङ्गुको पातलो चप्पलले उसलाई फोहरमा पाइने धारिलो वस्तुहरूबाट बचाउन सकेन ।

टुटेको काँचको टुक्रा, खिया लागेको फलामबाट कहिलेकाहीँ साङ्गुको खुट्टा र कुहिनोमा काट्थ्यो । एक दिन सिरिञ्जको सुईले साङ्गुुको चप्पल छेडेर उसको खुट्टामा सियोले घोच्यो । त्यसको लगत्तै साह्रै बिरामी भइन्, उसलाई ज्वरो, थकान लाग्ने र घाँटी सुनिनेजस्ता रोगहरूले ग्रसित तुल्यायो । केही सातापछि साङ्गु केही निको भइन् । तर केही महिनापछि फेरि बिरामी भइन् । उनी जतिखेर पनि थकावट महसुस गर्न थालिन्, ज्वरो तथा मुखमा खटिराहरू आउन थाल्यो । भोक लाग्न छाड्यो र निकै दुब्लाउँदै गईन् । उनको परिवार तथा आमा निकै चिन्ता गर्न थाले तर उनीहरूसँग अस्पतालमा डाक्टरकहाँ लाने पैसा थिएन । साङ्गुको आमाले छिमेकीकको नातेदारसँग केही पैसा सापटी लिएर साङ्गुुलाई स्वास्थ्य केन्द्रमा लगिन् । डाक्टरले साङ्गुको कथा सुने सबै परीक्षणहरू गरे र रगतका केही नमुना लिएर परीक्षणको लागि पठाए ।

अर्को दिन उनीहरू फेरि डाक्टरको क्लिनिकमा आउँदा साङ्गुुलाई एच.आई.भी. लागेको कुरा सुनाए । उसलाई औषधि चाहिएको रहेछ तर उसको परिवारसँग पैसा थिएन जसले गर्दा उसलाई चाहिने औषधि तथा आवश्यक हेरचाह पु¥याउन सकियोस् । यसरी साङ्गुको आमाले उसलाई धेरै दुःखको साथ घर फिर्ता ल्याइन् । साङ्गुलाई ओछ्यानमा आराम गर्न राखिन्, तर सबैलाई साङ्गु ठीक हुँदैन भन्ने कुरा पनि थाहा थियो । केही महिनापछि साङ्गुको मृत्यु हुन्छ ।

साङ्गुलाई मृत्यु किन भयो ?

साङ्गुलाई संक्रमित धारिलो सुइले घोचेर एचआइभी एड्स लागेर मृत्यु भयो । उसको बिरामी र मत्यु वातावरणीय समस्याको कारण स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा कमजोरीको कारण र गरिबी जस्तो सामाजिक कारणले मृत्यु भयो ।

के केले गर्दा साङ्गुलाई मृत्युबाट बचाउन सकिन्थ्यो ?

धेरैजसो सामाजिक समस्याले गरिबीमा बल पु¥याउँदछ । गरिबीलाई समाधान गर्न निकै कठिन पर्दछ । तलका केही प्रश्नहरूले उसको समस्याहरू बुझ्न मद्दत पु¥याउँदछ ।

  • साङ्गु स्कुलमा किन पढ्न गइनन् ?
  • साङ्गुलाई फोहर संकलन गरी पैसा किन जम्मा गर्नुपर्ने स्थिति आयो ?
  • साङ्गुसँग खुट्टालाई बचाउने पूरै ढाक्ने जुत्ता किन भएन ?
  • उनलाई किन आवश्यक स्वास्थ्य सेवा तथा औषधि उपचार उपलब्ध भएन ?

पातलो चप्पल, औषधि र स्वास्थ्य सेवाको लागि पैसाको कमी र पैसा आर्जन गर्नै पर्ने अति खाँचो यी सबै कारणहरू कुपषोण तथा अन्य स्वास्थ्य समस्या गरिबीको एउटा अभिन्न अंग हो तथा यसले माथिका केही प्रश्नहरूको जवाफ खोज्न मद्दत गर्दछ । यस्ता सामाजिक समस्याहरूको समाधान गर्न निकै लामो समय लाग्ने गर्दछ ।

वातावरणीय समस्या भन्न चाहिँ छोटो समयमा सजिलै समाधान गर्न सकिन्छ । यसका लागि हामीले यी प्रश्नहरूको उत्तर खोज्नु पर्दछ ।

  • पुनः प्रयोग गर्न सकिने वा पुनः प्रशोधन गर्न सकिने फोहरमा किन धेरै हानिकारक स्वास्थ्यजन्य फोहर मिसाइएको होला ?
  • किन यस्ता धेरै हानिकारक फोहर सुरक्षित विसर्जन नगरी खुल्ला ठाउँमा फालिएको होला ?

स्वास्थ्यजन्य फोहरमैलाको जिम्मेवारीपूर्ण व्यवस्थापन गर्दा यसले सबैको लागि बस्न सक्ने वातावरणमा सुधार ल्याउँदछ र खासगरी गरिबीका कारण फोहर संकलन गरी जीविकोपार्जन गर्ने बाध्य मानिसहरूको जीवनमा सुधार ल्याउन मद्दत गर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 3/4/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate