অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

निसंक्रमण गर्ने तरीका

निसंक्रमण गर्ने तरीका

फोहरलाई निसंक्रमण गर्ने

नसंक्रमणको अर्थ खासगरी संक्रमण गर्ने जीवाणुहरूलाई मार्नु हो । सकेसम्म स्वास्थ्यजन्य फोहर उत्सर्जन भएकै ठाउँमा निसंक्रमण गरिनु पर्दछ । प्रायःजसो निसंक्रमण गर्न रसायनको प्रयोग गरिन्छ । जस्तैः क्लोरिन ब्लिच, हाइड्रोजन पेरोक्साइड वा अन्य रसायनहरू आदि वा तापक्रमको उपयोग गरी निसंक्रमण गरिन्छ । जस्तैः उमालेर, वाष्पीकरण गरेर, उच्च ताप एवं दबाबमा फोहर प्रशोधन गरेर, अटोक्लेभ गरेर वा माइक्रोवेभको प्रयोग गरेर फोहरलाई निसंक्रमण गरिन्छ । फोहरलाई निसंक्रमित गरेर सुरक्षित तरीकाले गाड्नु पर्दछ ।

कुन किसिमको फोहरलाई निसंक्रमित गरिनु पर्दछ

स्वास्थ्य चौकीमा भएको कुनै पनि वस्तु यदि रगत, शरीरबाट निस्कने झोल पदार्थ वा दिशा पिसाबबाट वा सरुवा रोगीको सम्पर्कमा आएका वस्तुहरूलाई निसंक्रमित गरी संक्रमण विमारी फैलिनबाट बचाउन सकिन्छ ।

रसायनको प्रयोगबाट निसंक्रमण गर्ने तरीका

निसंक्रमण गर्ने प्रयोग हुने सबै खाले रसायनहरू खतरनाक हुन सकदछ । तसर्थ यीनका प्रयोग निकै सावधानीपूर्वक गरिनु पर्दछ । साधारण तथा रसायनिक संक्रमणको लागि प्रयोग गरिने रसायनहरूमा हाइड्रोजन पेरोक्साइड (७%), क्लोरिन ब्लिच, इथानोल (७०%) र आइसोप्रोपाइल अल्कोहल (७० देखि ९० प्रतिशतको झोल) उपभोग गर्ने गरिन्छ । निसंक्रमित गर्ने र सफाई गर्ने धेरैजसो रसायनहरूमा चाहिँ ग्लुटारअल्डिहाइड वा फर्मलडिहाइडको उपभोग गरिन्छ । यी रसायहरूको सम्पर्कमा सधैँभरि आइरह्यो भने मानिसमा क्यान्सर तथा मृत्यु समेत निम्त्याउने गर्दछ । यी रसायनहरूको उपयोग गरिनु हुन्न । अगाडिको पृष्ठ संख्याहरूमा रसायनको उपयोग गरी सुरक्षित तरीकाले निसंक्रमण गर्न सकिने बारे उल्लेख गरिएको छ । धेरै स्वास्थ्य संस्थाहरूले निम्नलिखित निर्देशिका रसायनका प्रयोगबाट निसंक्रमण गर्दा उपभोग गरेको पाइन्छ ।

  • रसायनको प्रयोग गरी निसंक्रमण गर्दा बाहिरी भागमा गर्नुहोस् वा राम्रोखाले हावा ओहरदोहर गर्ने कोठामा मात्र रसायनको प्रयोग गर्नुपर्दछ ।
  • सकेसम्म आवश्यक मात्रामा चाहिने मात्र रसायनको उपभोग गर्नुपर्दछ ।
  • रसायनको उपभोग गर्दा ग्लोब, सेफ्टी ग्लोब, मास्क र सुरक्षा प्रदान गर्ने लुगा (एप्रोन) लगाएर आँखा, छाला र श्वासप्रश्वास प्रक्रियालाई प्रभावित हुनबाट बचाउनु पर्दछ ।
  • रसायनिक निसंक्रमण गर्ने पदार्थलाई उचित भाँडोमा राख्नु पर्दछ र बट्टालाई राम्ररी प्रष्ट सूचित गर्नुपर्दछ ।
  • खान र पिउनको लागि प्रयोग गर्न सक्ने भाँडोमा कहिल्यै पनि निसंक्रमण गर्ने, प्रयोग गरिने झोल पदार्थ राख्नु हुँदैन ।
  • रसायन राखिने भाँडो जहिले पनि बन्द गरी सिधा पारेर राख्नु पर्दछ । बेलाबेलामा चुहिने गरेको वा फुटेको छ, छैन भन्ने कुरा निगरानी गरिनृु पर्दछ ।

रसायनबाट निसंक्रमण गर्न नपर्ने फोहर

रसायन तथा मानव तन्तुहरूलाई रसायनबाट निसंक्रमण सोंच रहेको छ । तर खासगरी सालनाललाई सजिलै चर्पीको खाल्टोमा वा जमिनमा गहिरो खाडल खनी गाडेर विसर्जन गर्न सकिन्छ । धेरैजसो समुदायमा जन्मिएपछि जमिनमुिन सालनाल गाड्नै पर्ने चलन रहेको छ । यसरी जमिनमुनि राम्ररी गाडेर समुदायलाई जीवाणुको सम्पर्कमा आउनबाट बचाउने राम्रो उपाय हो । अगाडिको पृष्ठहरूमा फोहरलाई सुरक्षित तरीकाले विसर्जन गर्नेबारे वर्णन गरिएको छ ।

सुरक्षित रसायनबाट निसंक्रमण

केही स्वास्थ्य संस्थाले निसंक्रमण र सफाई गर्न हानिकारक रसायन जस्तै ग्लुटरअल्डिहाइडको प्रयोग गर्छन् (पृष्ठ ४४०) । तर स्वास्थ्य संस्थाको भुई कम हानिकारक र सस्तो उपायबाट पनि कीटाणुरहित बनाउन सकिन्छ । सधैँजसो भुई, भित्ता र फर्निचर सफा गर्न तातो पानी र साबुन पनि प्रभावकारी हुनसक्छ । संक्रमण खाले रोग लागेको मानिस कुनै वा जाँच गर्ने ठाउँलाई कडा निसंक्रमण गर्ने खाले रसायनको आवश्यकता पर्दछ जसले गर्दा संक्रमण धेरै फैलिनबाट रोक्न सक्दछ । हाइड्रोजन पेरोअक्साइड जसमा सुन्तला रंगको तेललगायत अन्य प्राकृतिक तेलहरू मिसिएको हुन्छ, भुई, सतह तथा भित्ताहरूलाई निसंक्रमण गर्न निकै प्रभावकारी हुन्छ । यसले कुनै किसिमको स्वास्थ्य समस्या निम्त्याउँदैन र अन्तिम विसर्जर्नको लागि पनि कुनै किसिमको प्रशोधन अपनाउनु पर्दैन । एउटा सुरक्षित निसंक्रमण गर्ने झोल चाहिँ भिनेगर र हाइड्रोजन पेरोक्साइडको प्रयोग गरेर बनाउन सकिन्छ ।

ब्लिचिंग झोलद्वारा निसंक्रमण गर्ने

्रायःजसो धेरै स्वास्थ्य केन्द्रहरूले ब्लिचिंग झोलको प्रयोग गरेर भुई सतह एवं भित्ता र टेबुललाई निसंक्रमित गर्ने गर्दछ । तर यसको प्रयोगबाट निसंक्रमित गर्ने गरेमा सावधानी चाहिं अपनाउनुपर्ने देखिन्छ । किनभने यसले आँखा र छालामा पोखिएर असर पु¥याउँदछ र श्वासप्रश्वासको माध्यमबाट पनि हाम्रो शरीरभित्र प्रवेश गरी खराब असर पु¥याउँदछ । ब्लिचिंग झोलको उपयोगसँगै सेतो भिनेगर मिसाएमा झन् बढी प्रभावकारी ढंगबाट निसंक्रमण गर्न सक्दछ ।

ब्लिच बकेटको प्रयोग

संक्रमित फोहरजस्तै प्रयोग गरिएको ब्याण्डेज, कपास, ग्लोब, पञ्जा र रगतको थैलाहरू उत्सर्जन हुने ठाउँहरूमा ब्लिच झोल भएको बकेट उपयोग गर्नु पर्दछ । प्रत्येक दिनको प्रयोगको लागि ब्लिच बकेट तयार गर्नुहोस् वा धेरै फोहर उत्सर्जन हुने ठाँमा चाहिं हरेक सिफ्टपछि यो झोल बनाउनुपर्दछ । फाल्ने फोहरहरूलाई निसंक्रमण गर्न एउटा ब्लिच बकेटको आवश्यकता पर्दछ भने अर्को पुनः प्रयोग गर्ने उपकरणहरूलाई निसंक्रमण गर्न चाहिं छुट्टै ब्लिच बकेट चाहिन्छ । पुनः प्रयोग गर्न नहुने पञ्जा, सिरिञ्ज, बोतल, ट्यूब र अन्य पदार्थलाई काटेर स–सानो टुक्रा पार्नु पर्दछ र ब्लिच बकेटमा राख्नुपर्दछ । बकेटमा सधैँभरी चाहिने आवश्यक मात्रामा क्लोरिन ब्लिचको झोल हुनु पर्दछ, जसले गर्दा त्यसमा राखिएको फोहर वा उपकरणहरू पूर्णतया डुबेको अवस्थामा रहिरहोस् । यस्तो निसंक्रमणको लागि राखिएको वस्तुहरू कम्तिमा ब्लिच झोलमा १० मिनेटसम्म राख्नु पर्दछ । ब्लिच बकेटमा राम्रो कसिने खालको बिर्को राख्नुपर्दछ जसले गर्दा झोल पोखिन पाउँदैन र झोल पनि आवश्यकताअनुसार कडा बनाउनुपर्दछ जसले निसंक्रमित गर्न सक्दछ । नछोपिएको बकेटबाट क्लोरिन उडेर जान सक्छ ।

महत्वपूर्ण ध्यानदिनु पर्ने कुराः क्लोरिन झोललाई कहिले पनि अन्य रसायनसँग मिसाउनु हुँदैन र खासगरी अमोनियासँग बिल्कुलै मिसाउनु हुँदैन । किनभने क्लोरिन र अमोनियालाई मिसाउँदा निकै विषालु ग्याँस उत्पन्न हुन्छ जसले ज्यानै समेत लिने गर्दछ र साथै अत्याधिक गर्मी उत्पन्न भई विस्फोट पनि हुन सक्दछ । ब्लिचको प्रयोग गरिसकेपछि राम्ररी ध्यानपूर्वक हातखुट्टा धुनु पर्दछ ।

फोहर लुगाको सरसफाई (लाउन्ड्री)

पहिले पहिले धेरै स्वास्थ्य केन्द्रहरू कार्वोलिक अम्लको उपयोग गरीे बेडसिटलाई निसंक्रमित गरिने गर्दथे । यो चाहिं केवल जलेको व्यक्ति÷बिरामीलाई उपचार गर्दा गर्नपर्ने देखिन्छ तर बेड कभर, लुगा आदिलाई ब्लिच बकेटमा डुबाएर १० मिनेटसम्म तातो पानी र सावुनले धुनुभन्दा पूर्व डुवाउनु पर्दछ । पञ्जाको प्रयोग गरेर मात्र त्यस्ता सामग्रीहरूलाई ब्लिच झोलबाट निकाल्नु पर्दछ ।

तापबाट निसंक्रमण गर्ने तरीका

धेरै स्वास्थ्य केन्द्रहरूले सिरिञ्ज र अन्य स्वास्थ्य उपकरणहरू र केही प्रकारका फोहरहरू अटो क्लेभिङ्ग तथा माइक्रोवेभको उपयोग गरी निसंक्रमण गर्ने गरेको पाईन्छ । यदि हामीसँग अटोक्लेभ र माइक्रोवेभ नभएमा उमालेर, तातो वाफ वा वाफ र दवाव दिएर कुनै वस्तुलाई २० मिनेटसम्म तताएर निसंक्रमण गर्न सकिन्छ । फाल्ने फोहर र पुनः प्रयोग गरिने वस्तुलाई सँगै राखेर निसंक्रमित गरिनु हुन्न किनभने पुनः प्रयोग गरिने वस्तुहरू छुट्याएर सफा राख्नु गाह्रो पर्दछ । पञ्जा, मास्कको प्रयोग गरेर मात्र प्लाष्टिक आइटम जस्तैः क्याथेटर, क्ष्ख् व्याग, ट्युव, ठूलो व्याण्डेजहरूलाई स–सानो टुक्रामा काट्नु पर्दछ ।

उमाल्ने प्रक्रिया

रबर, धातु, प्लाष्टिक वा लुगा आदि वस्तुहरूलाई उमालेर पनि निसंक्रमण गर्न सकिन्छ । यी उपकरणहरूलाई धोएर, पुछेर भाँडोमा राख्नु पर्दछ र राखिसकेपछि उपकरणहरू डुब्ने गरी पानी खन्याउनु पर्दछ र छोपेर करिब २० मिनेटसम्म उमाल्नु पर्दछ ।

वाष्पीकरण

प्लाष्टिक, धातुले बनेका उपकरणहरूलाई वाष्पीकरणको माध्यमबाट निसंक्रमण गर्न सकिन्छ । यस विधिमा पानीले सबै वस्तुलाई छोप्नु पर्दैन । तर पानीको मात्र चाहिं पर्याप्त हुनु पर्दछ जसले गर्दा २० मिनेटसम्म वाष्पको उत्सर्जन हुन पाओस् । भाँडोको ढक्कन चाहिं पूर्ण रूपले कसिएको हुनु पर्दछ ।

दबाबी वाष्पीकरण

दबाबी वाष्पीकरणको माध्यमबाट पनि रबर, धातु वा प्लाष्टिकबाट बनेका पदार्थ र कपडाहरूलाई निसंक्रमण गर्न सकिन्छ । निसंक्रमण गर्नुपर्ने पदार्थहरूलाई धोएर, पुछेर प्रेसर कुकरमा राख्नु पर्दछ र त्यसमा पानी पनि हाल्नु पर्दछ । ढक्कन बन्द गरी चुल्होमा तताउनु पर्दछ । यसरी यो १५ देखि २० पाउण्डको दबाबमा २० मिनेटसम्म उमाल्नु पर्दछ ।

अटो क्लेभ

अटो क्लेभ एउटा सानो मेशिन हो जसमा फोहर वा स्वास्थ्य उपकरणहरूलाई वाष्पीकरणको माध्यमबाट ताप एवं चाप सृजना गरी निसंक्रमित गरिन्छ । अटोक्लेभ चाहिं धेरै वर्षदेखि स्वास्थ्य उपकरणहरूलाई निसंक्रमित पार्न प्रयोग हुँदै आइरहेको छ । यसको प्रयोग बढीभन्दा बढी फोहर निसंक्रमित गर्नेतर्फ प्रयोग पनि भैरहेको छ ।

दुईवटा छुट्टाछुट्टै मेसिनको प्रयोग गरिनु सुरक्षित हुन्छ । एउटा चाहिं पुनः प्रयोग गरिने उपकरणहरूको लागि र अर्को चाहिं फोहरलाई निसंक्रमण गर्नको लागि । स–साना स्वास्थ्य केन्द्रहरूको लागि थोरै मात्रामा उत्सर्जित फोहरको निसंक्रमण गर्न एउटा दबाबी वाष्पीकरण प्रविधि निकै कम खर्चिलो हुन्छ जुनचाहिं अटोक्लेभ जस्तो काम गर्दछ । विद्युत् उपलब्ध नभएको ठाउँमा चाहिं ग्याँसबाट चल्ने, मट्टितेलबाट चल्ने वा सौर्य शक्तिबाट चल्ने अटोक्लेभ बनाउन सकिन्छ ।

माइक्रोवेभ ओभन

माइक्रोवेव ओभनले यसभित्र राखिएका फोहरमा भएको नभी (पानी)लाई तताउँदछ । यसरी उत्पन्न तापले र जतिसमयसम्म फोहरलाई यसभित्र राखिन्छ, मिलेर फोहरलाई निसंक्रमित तुल्याउँदछ । माइक्रोवेभ ओभनमा पावर फरक फरक भएकोले यसको प्रयोगबाट निसंक्रमण गर्न चाहिं एकदमै सतर्कता अपनाउनु पर्दछ । यस प्रविधिको प्रयोगबाट निकै उच्च स्तरको निसंक्रमण पु¥याउन वा प्राप्त गर्न निम्न कुरामा ध्यान दिनु पर्दछ ।

  1. फोहरलाई गैर धातुको भाँडोमा आवश्यक पर्याप्त पानीमा भिज्ने गरी राख्नु पर्दछ ।
  2. भाँडोको मुखमा लुज फिटिङ्ग हुने गरी विर्को लगाएर भाँडोबाट पानी सुक्न नदिने गर्नुपर्दछ ।
  3. २० मिनेटसम्म फोहरलाई माइक्रोवेभ गर्ने ।
  4. माइक्रोवेभलाई खोल्नु भन्दा पहिले सेलाउन दिनु पर्दछ । जम्मा भएको माइक्रोवेभको तरल पदार्थलाई लिचिङ् पिटमा खन्याउनु होस् वा यसलाई सुरक्षित तरीकाले ढलमा मिसाउनु होस् ।

महत्वपूर्ण कुराः धातुजन्य पदार्थ माइक्रोवेभमा राख्नु हुँदैन किनभने यसले मेसिनलाई बिगार्दछ ।

निसंक्रमण पछि

फोहरलाई जुनसुकै प्रविधि (रसायनिक वा ताप) ले निसंक्रमण गरे तापनि, निसंक्रमित फोहरलाई सुरक्षित तबरले झोलामा वा तुरुन्तै विसर्जन गरिनु पर्दछ । फोहरलाई बिरामी भन्दा टाढा राखिनु पर्दछ र संक्रमित फोहर चाहिं निसंक्रमित फोहरमा नमिसिने कुराको सुनिश्चिता गर्नु पर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate