होम / ऊर्जा / पर्यावरण / स्वच्छ ऊर्जा / विद्युत्को उत्पादन कसरी गरिन्छ ?
सेयर
Views
  • State: Open for Edit

विद्युत्को उत्पादन कसरी गरिन्छ ?

यस भागमा विद्युत्को उत्पादन कसरी गरिन्छ ? जानकारी दिइएको छ ।

हिजोआज धेरैजसो विद्युत् खनिज इन्धन जस्तैः तेल, कोइला र प्राकृतिक ग्याँसबाट उत्पादन गर्ने गरिन्छ । केही ऊर्जा आणविक शक्ति र ठूलो बाँधबाट पनि आउने गर्छ । हामीलाई स्वच्छ ऊर्जा किन चाहिन्छ भनेर बुझ्नको लागि ठुलो बाँधबाट आउने ऊर्जा आणविक शक्ति र खनिज इन्धनबाट उत्पादित ऊर्जाको व्यवस्थापन गर्नेबाट थाहा हुन्छ हामीलाई विद्युत् कसरी उत्पादन हुन्छ भनी बुझ्नको लागि मद्दत गर्नुको साथै यसले यदि यी ऊर्जा गैर नवीकरणीय शक्तिबाट उत्पादन भएको खण्डमा निम्त्याउने समस्याबाट पनि परिचित गराउँदछ ।

जुनसुकै स्रोतहरू जस्तैः कोइला तेल, प्राकृतिक ग्याँस वा आणविक शक्तिबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया करीब करीब एकै प्रकारको हुन्छ । पहिले शक्ति उत्पादनको स्रोतलाई तताइन्छ जसबाट तातो वाफ बनाइन्छ जसले विद्युत् उत्पादन गर्ने टर्वाइन घुमाउन मद्दत पु¥याउँदछ । ठूला जल विद्युत् उत्पादन केन्द्रमा टर्बाइनलाई घुमाउन वाफको उपयोग गरिनुको सट्टा पानीमाथिबाट पाइपको माध्यमबाट खसाली टर्बाइन घुमाएर विद्युत् उत्पादन गरिन्छ । तर यस्ता सबैखाले ऊर्जाको उत्पादनबाट विषाक्त प्रदूषण, समुदायको विनास, जलाधार क्षेत्रको विनाशलगायत संवेदनशील स्वास्थ्यजन्य समस्याहरू निम्त्याउँदछ । ठूलो मात्रामा उपयोग गरेको खण्डमा कुनै पनि स्वास्थ्य वा दिगो हुँदैन ।

खनिज तेलहरू दिनानुदिन कम हुँदै गएको छ र पत्ता लगाउन महङ्गो पनि भएको छ । खनिज पदार्थ, खनिज तेल गैर नविकरणीय वस्तु हो अर्थात् एक पटक यसको उपयोग भैसकेपछि त्यसमा आधारित ऊर्जा उत्पादन प्रणालीहरू बन्द भएको ठानिन्छ । यसका साथै विश्व उष्णीकरणको खतरा (पृष्ठ ३३ मा हेर्नुहोस्) एवं खनिज तेलको उपयोगबाट उत्सर्जित प्रदूषणले संसारको हरेक व्यक्ति हरेक ठाउँका लागि निकै गम्भीर वातावरणीय स्वास्थ्यमा समस्या निम्त्याएको छ ।

गैर नवीकरणीय ऊर्जाबाट स्वास्थ्य समस्याहरू

विद्युत् प्रायःजसो ठूल्ठूला ऊर्जा केन्द्रहरूमा, खनिज तेलको उपयोग गरी उत्पादन गर्ने गरिन्छ । तेलको उत्खनन् गर्दा एवं बाल्दा वायु प्रदूषण, माटो प्रदूषण, पानी प्रदूषण गर्ने भएकोले विभिन्न श्वासप्रश्वास र छालासम्बन्धी समस्या हने गरेको पाइन्छ । यसले अन्य विषाक्त रसायनहरू पनि उत्सर्जन गर्ने गरेकोले यसबाट क्यान्सर र अपाङ्ग बच्चाहरूको जन्म लिन्छ (अध्याय १६ र पृष्ठ ५०६ हेर्नुहोस्) । हामीले प्रयोग गर्ने खनिज तेलबाट विश्व उष्णीकरण र तेलको स्रोतमाथि स्वामित्व जमाउने खाले द्वन्द्व पनि तिम्त्याउँदछ ।

जलस्रोतको उपयोगबाट ठूलो बाँधको निर्माण गरी विद्युत् उत्पादन गर्दा धेरै मानिसहरूको घरबास छोडेर अन्यत्र जान बाध्य गराउँदछ । भोकमरी, कृषियोग्य जमिन गुमाउने, विभिन्न रोगहरू जस्तैः मलेरिया र क्अजष्कतय क्यmष्बकष्क (अध्याय ९ हेनुहोस्) निम्त्याउँदछ । सानो बाँधले कम समस्या निम्त्याउँदछ ।

आणविक ऊर्जा धेरै खतरनाक हुन्छ किनकी यसको उत्पादनमा विषाक्त पदार्थ उपयोग गरिन्छ (पृष्ठ ४९१ हेर्नुहोस्) । यसमा ठूलो दुर्घटना हुने सम्भावना हुन्छ र खतरनाक फाहोरको उत्सर्जनबाट पुस्तौं पुस्तासम्म स्वास्थ्य समस्याहरू निम्त्याउँदछ, आणविक ऊर्जा स्वच्छ ऊर्जा होइन ।

बढी भोल्टको ट्रान्मिसन तार (विद्युत् उत्पादन केन्द्रबाट उपभोग गरिने ठाउँसम्म पु¥याउने तार) ले पनि निकै ठूलो स्वास्थ्य समस्या जस्तैः रगतको क्यान्सर ९ीगपझष्ब० र अन्य क्यान्सर निम्त्याउँदछ । बढी भोल्टको ट्रान्मिसन तारको तलको नजिकै वा एकदमै तल घर बनाउनु हुँदैन ।

बढी भोल्टको ट्रान्मिसन तार स्वच्छ ऊर्जा वा खनिज तेलको उपभोग गरी उत्पादन गर्ने ऊर्जालाई वितरण गर्दाको दुवै अवस्थामा अति खतरनाक हुन्छ । स्थानीय स्तरमै स्वच्छ ऊर्जाको विकास गर्नाले बढी भोल्टेजको ट्रान्समिसन तारको आवश्यकतालाई कम पार्न सकिन्छ ।

स्वच्छ ऊर्जाको लागत तथा फाइदाहरू

स्वच्छ ऊर्जा निकै कम सामाजिक, आर्थिक, स्वास्थ्य तथा वातावरणीय नकारात्मक प्रभावबाट उत्पादन गर्न सकिन्छ । स्वच्छ ऊर्जालाई नवीकरणीय वा दिगो ऊर्जा पनि भनिन्छ । किनकी यो सकिने किसिमको स्रोतबाट उत्पादन गरिंदैन । जस्तै मानव स्वास्थ्य तथा वातावरणमा खनिज तेल पत्ता लगाउन र अन्य प्रदूषित, गैर नवीकरणीय ऊर्जाको प्रयोगबाट हुने नकारात्मक प्रभावलाई स्वच्छ ऊर्जाको प्रयोग गरी कम गर्न सकिन्छ । स्वच्छ ऊर्जाले गाउँमा ठूला सहरहरूमा र उद्योगहरूलाई चाहिने ऊर्जा कुनै किसिमको हानी नपु¥याई प्रदान गर्न सक्दछ ।

स्वच्छ ऊर्जा उत्पादन गर्न सक्ने हरेक प्रविधिको आ–आफ्नो फाइदा र बेफाइदा हुन्छ । प्रत्येक स्थानीय अवस्थाहरू जस्तैः कति हावा बग्ने गरेको छ ? कति सौर्य किरण पर्दछ? वा त्यस ठाउँमा कति पानी पर्दछ ? आदि । विद्युत्मा पानि, स्वच्छ विद्युत् अत्याधिक महङ्गो पर्न सक्दछ जसले गर्दा धेरै मानिसहरूलाई पैसा तिर्न गाह्रो हुन्छ । तर जति धेरैभन्दा धेरै मानिसहरूले स्वच्छ ऊर्जा उपयोग गर्दछ र यसको उत्पादन प्रक्रियामा सुधार आउँदछ । यो बिस्तारै सजिलो र कम खर्चिलो हुँदै जान्छ ।

सफा ऊर्जाको लागि लगानी

सौर्य ऊर्जा, वायु ऊर्जा र जल ऊर्जाबाट चल्ने घरमा उपभोग गरिने ऊर्जाको पद्धति जडान गर्न पैसा पर्दछ । तर एकपटक उक्त पद्धति स्थापना गरिसकेपछि त्यसलाई संचालन एवं मर्मत सम्भार गर्न थोरै पैसा भए पुग्छ । विद्युतीय मेसिनहरू जस्तैः कुट्ने पिस्ने मिल, पानी घट्ट र अबेर रातसम्म बिजुली पाएर काम गर्न सक्ने भएको आदिबाट यी पद्धति स्थापना गर्न प्रारम्भिक लगानी उठ्दछ ।

धेरैजसो मुलुकहरूमा हरेक व्यक्तिलाई सफा ऊर्जामा पहुँच पु¥याउन विभिन्न उपाय गरेको पाइन्छ । गाउँस्तरमा सहकारी गठन गरी सामूहिकरूपमा ऊर्जाको लगानी उठाउन सकिने एउटा उपाय हुन सक्दछ । लघु कर्जा कार्यक्रम यसको उपाय हुन सक्दछ (पृष्ठ ५३९ हेर्नुहोस्) । लघु कर्जा कार्यक्रमबाट परिवारलाई एकैपटक ठूलो रकम तिर्नुभन्दा पनि लामो समयसम्म थोरै थोरै तिर्न सकिन्छ । रिभोल्भिङ्ग लगानी कोषमा पैसा जम्मा गरेर धेरै मानिसलाई घरायसी ऊर्जाको स्थापनामा लाग्ने रकम तिर्न पैसा उपलब्ध गराएर मद्दत पु¥याउन सक्दछ ।

अहिले आएर गरिव देशहरूका गाउँले मानिसहरू पनि बिजुलीबाट बञ्चित हुनुपर्ने कुनै प्राविधिक कारणको विद्यमान स्थिति हुन सक्दैन । उनीहरूसँग विद्युत्मा पहुँच नहुनु भनेको सामाजिक न्यायको अभाव मात्र हो ।

ऊर्जाको भण्डारण

कुनै पनि स्वरूपको ऊर्जालाई चाहिको बेला र ठाउँमा उपोग गर्नका लागि भण्डारण गर्नुपर्ने हुन्छ । ग्याँस वा तेलबाट चल्ने सवारीका साधनहरूमा ऊर्जाको भण्डारण भनेको इन्धनलाई ट्याङ्कीमा राखेर बस वा कार चलाउँदाको बेला बाल्नु जस्तैः हो । विद्युत्को क्षेत्रमा ऊर्जाको भण्डारण भनेको ब्याट्रीको प्रयोग गर्न सकिन्छ । स्वच्छ स्रोतहरू जस्तैः हावा, पानी वा सौर्य किरणबाट ऊर्जा उत्पादन गरेपनि यसलाई ब्याट्रीमा सञ्चित गरिनुपर्दछ । स्वच्छ ऊर्जा पद्धतीको सम्पूर्ण भागहरूमा ब्याट्री नै सबभन्दा महङ्गो भाग हो । यसमा विषाक्त पदार्थहरूको उपभोग भएको हुन्छ जुन बेलाबेलामा फेरि रहनुपर्दछ । अहिलेसम्म ऊर्जा भण्डारण ब्याट्रीको राम्रो स्थापित गर्न सक्ने वैकल्पिक उपाय आएको छैन ।

ऊर्जा वितरण

ठूल्ठूला ऊर्जा केन्द्रहरू निजी उद्योग वा सरकारी स्वामित्वमा विद्युत् उत्पादन गर्दछ र बढी भोल्टेजको तारको माध्यमबाट विभिन्न क्षेत्रमा वितरण गरिन्छ । त्यसपछि विद्युत् ट्रान्सफर्मरबाट पास गर्दछ । ट्रान्सफर्मर एउटा मेसिन हो जसले बढी भोल्टेजको विद्युत्लाई कम भोल्टेजमा परिणत गरी घरघरमा वा उद्योगधन्दामा उपयोग गर्न सक्ने बनाउँदछ । कम भोल्टेजको तारले विद्युत् घरघर वा उद्योगधन्दाहरूमा मेसिन चलाउनको लागि ल्याइन्छ ।

आजभोलि विद्युत् उत्पादन गर्ने प्रदूषित तरीकाभन्दा पनि निकै ठूलो मात्रामा उत्पादन गरी टाढैसम्म पु¥याउनबाट पनि समस्याहरू आउने गर्दछ । यो एकदमै खर्चिलो हुन्छ । विद्युत्को प्रसारण एवं वितरण प्रणाली अत्याधिक महङ्गो हुने हुनाले विद्युत् आईहाले पनि बिजुली कदाचित स–साना समुदायहरूलाई पाउन निकै वर्ष लामो कुर्नुपर्ने हुन्छ । तसर्थ विद्युत् प्रायः ठुलठुला उपयोगकर्ता जस्तैः उद्योग एवं शहरहरूमा पहिले पुग्दछ ।

हावा, सौर्य किरण र पानीको उपयोग गरी थोरै मात्रामा सानो खर्चमा स्वच्छ ऊर्जा उत्पादन गर्न सकिन्छ । तसर्थ, स्वच्छ ऊर्जा जहाँ उत्पादन गरिन्छ नजिकैको ठाउँमा उपयोग गर्दा सजिलो हुन्छ । स्वच्छ ऊर्जा उपभोग गर्ने समुदायसँग आफ्नै ऊर्जा स्रोत माथि स्वामित्व हुन्छ । जब विद्युत् स्थानीय स्तरमा सौर्य ऊर्जा, पानी तथा बायोग्याँसको उपयोग गरेर उत्पादन गरिनाले खनिज तेल माथिको निर्भरता घटाउन मद्दत मिल्नुको साथै निकै महङ्गो, बढी भोल्टेजको प्रसारण लाइनमाथिको निर्भरता घटाउँदछ । यसले सरकारी निकाय तथा ठूला व्यापारीहरूलाई विद्युत्माथिको स्वामित्व एवं मूल्य निर्धारण गर्ने परिपाटीको पनि अन्त्य हुन्छ ।

विभिन्न ऊर्जाहरू उपयोग गरेको ठाउँमा स्वच्छ ऊर्जा राम्रो काम गर्दछ । कुनै कारणवस यदि एउटा स्रोत उपलब्ध नभएमा जस्तैः बादल लागेको दिन सौर्य ऊर्जा उपलब्ध नहुनु, सुख्खा मौसममा पानी नपर्नु आदिमा अन्य स्रोतबाट पनि ऊर्जा उत्पादन गरी उपयोगमा ल्याउन सकिन्छ । खनिज तेलमा आधारित विद्युतीय ऊर्जा वितरणबाट परिनिर्भरता एवं प्रदूषण बढाउँदछ भने स्वच्छ ऊर्जामा आधारित ऊर्जा वितरणले आत्मनिर्भरता एवं स्व–सम्पन्नता एवं दिगोपना प्रदान गर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

3.0625
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top