অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

चिरस्थायी प्रदूषक

एउटा रसायनको समूह चिरस्यायी प्रदूषक (पप्स)हरू एकदमै खतरनाक हुन्छ किनभने प्रत्येक रसायन हावा वा पानीबाट जनावर, माछा र मानिसमा जान्छ । पर्सिस्टेन्ट भन्नाले तिनीहरू लामो समयसम्म हाम्रो वातावरण र शरीरमा रहन्छ । अर्गानिक भन्नाले तिनीहरू सबै जैविक प्राणीमा छिरेर असर गर्न सक्छ । पोलुटेन्टस् भन्नाले वातावरणको लागि खतरनाक हुन्छ । बढिजसो पाइने पप्पस्मा डाइओक्सिन (उत्पादन र भष्मीकरणबाट निस्कने रासायनिक फोहर), पी.सी.बी. (इलेक्ट्रोनिक्स र घरायासी उत्पादनमा प्रयोग हुने रासायनिक झोल) र धेरै प्रकारका विषादीहरू (डी.डी.टी. आदि) पर्दछन्

पप्स् हावा, पानी र माटोको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा सर्छ । तिनीहरू लामो समयसम्म जैविक वस्तुहरूमा खानाको माध्यम भएर जान्छ र जम्मा भएर बस्छ । यही कारणले गर्दा पप्स् वातावरणको विभिन्न ठाउँमा पाउँछ, तिनीहरू उत्पादन हुने ठाउँभन्दा पनि धेरै टाढा पनि पाइन्छ । डाइअक्सिन केही हानीकारक पप्स् मध्ये एक हो । धेरैजसो डाइअक्सिन रासायनिक क्लोरीन भएको पी.भी.सी. प्लाष्टिक, ब्लिच पेपर, कोइला, डिजेल र अरु चिजहरू बाल्दा निष्कासन हुन्छ । त्यसैगरी डाइअक्सिन फलाम पगाल्ने, सिमेन्ट बनाउन, कागज बनाउने र केही विषादीबाट पनि उत्सर्जन हुन्छ । हावामा, पानीमा मिसिने डाइअक्सिन सजिलै हाम्रो खाना र पानीमा पनि मिसिन्छ जसले क्यान्सर रोग लाग्न सक्दछ ।

पी.भी.सी.प्लाष्टिकले साधारणतया पानीको लागि पाइप बनाइन्छ । त्यसैगरी पी.भी.सी. बच्चाको बोटल, खेलौना, खाना राख्ने भाँडा र दैनिक प्रयोग हुने सामानमा पाइन्छ । जब पी.भी.सी.प्लाष्टिक पुरानो र बिगँ्रदै जान्छ, त्यसले बिस्तारै विषाक्त रसायन फाल्दछ जसले गम्भीर बिरामी लगाउन सक्दछ । जब पी.भी.सी. बाल्छौं, हानीकारक पप्स् डाइअक्सिन र फ्यूरानको उत्सर्जन हुन्छ । पी.सी.बी. पनि एक प्रकारको पप्स् हो जुन विद्युतीय सामानमा प्रयोग गरिन्छ । जस्तोः ट्रान्सफर्मर, स्विच र त्यसैगरी उत्पादनहरू जस्तो कार्वन नभएको कागज र डाइज धेरै विषालु हुन्छन् । अहिले पी.सी.बी.लाई अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्ध गरेको छ र कहिलेकाहीं यसको सट्टा एद्यम्भ्क प्रयोग गरिन्छ । तर एद्यम्भ्क पनि शरीरमा लामो समयसम्म रहन्छ र गम्भीर स्वास्थ्य समस्या गर्दछ जस्तो दिमाग र नसाहरू बिगार्दछ ।

पप्स्बाट स्वास्थ्य समस्या

पप्स्सँगको सानो सम्पर्कले पनि बाँझोपना र जन्मसँग सम्बन्धित असर गर्छ । कुनै पप्स्ले अरु रसायनसँग पनि बढी सम्वेदनशील बनाउँछ । (पेज नं. ३३३ हेर्नुहोस्)

दीर्घाइ प्रदूषक

दीर्घाइ प्रदूषक हाम्रो दैनिक प्रयोग हुने विभिन्न उत्पादनहरू मध्ये घातक रसायनहरू हो । यसबाट बच्ने एउटै उपायमा यसबाट बन्ने उत्पादन नकिन्ने, प्रयोग नगर्ने र नबनाउने हो ।

  • पी.भी.सी.बाट बनेका उत्पादनहरू किन्न छोड्ने । पी.भी.सी. को उत्पादन घाममा नराम्ररी गन्ध आउँछ र यसको मुनि ूघू र ूख्ू आकारको संकेत लेखेको हुन्छ । यदि तपाईलाई प्लाष्टिक किन्नु छ भने २, ४, ५ र १ नम्बर लेखिएको सुरक्षित हुन्छ ।
  • कहिले पनि प्लाष्टिक झोला र ब्लिचड् पेपर प्रयोग नगर्नु होला यसको सट्टा कपडाको झोला र पुनः प्रयोग गर्न सकिने प्लेट र कप प्रयोग गर्ने ।
  • विशेष गरेर प्लाष्टिक फोहर बाल्न बन्द गर्ने ।
  • रासायनिक विषादीविनाको खाद्यान्न उत्पादन गर्ने र किन्ने पनि ।
  • किसानलाई दिगो कृषि प्रणालीको लागि सहायता गर्ने ।
  • तपाईको स्वास्थ्यकर्मीसँग सोध्नुस् कि पी.भी.सी. प्लाष्टिक प्रयोग नगरेको औषधि उत्पादन पाउन र प्रयोग गर्न सकिन्छ ।
  • फोहरलाई भष्मीकरण गर्न रोक्ने नियमलाई सहयोग गर्नुपर्छ ।
  • दीर्घाइ प्रदूषक लाई पूर्ण रूपमा हटाउने अभियान अगाडि सार्ने र सक्दो सहयोग गर्ने ।

विकिरण

विकिरण एउटा अदृश्य शक्ति हो । केही विकिरण जस्तोःघाम हाम्रो लागि राम्रो हुन्छ । तर गह्रौं धातुबाट हुने केही विकिरणहरू जस्तोः युरानियमको विकिरण विषाक्तता, क्यान्सर, छलाको रोग र जन्मसम्बन्धी असर गर्छ । विकिरण निकाल्ने वस्तुहरूले हाम्रो जमीन र पानी धेरै कालान्तरसम्म विषाक्त बनाउँछ । धरै विकिरण निकाल्ने वस्तुहरू सेनाबाट उत्पादन हुन्छ, जुन युद्धको दौरानमा प्रयोग गरिन्छ । बढीजसो हातहतियार बनाउने, परीक्षण गर्ने र प्रयोग गर्ने जस्तो सेनाहरूको क्याम्प र युद्धको क्षेत्रमा विकिरणको सम्पर्कमा आउँछ । कहिलेकाहीँ सेनाले प्रयोग गरेको विकिरण निकाल्ने वस्तु पुनः प्रयोग गरेर धातुको सामानहरू बनाउँछ जसले गर्दा थाहा नभइकन मानिसहरू यसको सम्पर्कमा आउँछ । विकिरण निकाल्ने सामानहरू अरु उत्पादनमा पनि प्रयोग गरिन्छ । जस्तैः विद्युतीय उपकरणहरू जसको सम्पर्कमा आएर कामदारलाई असर गर्छ । मानिसहरू जो आणविक भट्टीमा युरेनियमको खानी वा आणविक विसर्जनमा काम गर्छन् तिनीहरूलाई विकिरणको सम्पर्कमा आउनुबाट गम्भीर खतरा हुन्छ ।

विकिरणले बिरामी

विकिरणले गर्दा फोक्सो, थाइराइड र रगतको क्यान्सर, त्यसैगरी हड्डी, मांसपेशी, स्नायु प्रणाली, पेट र पाचनप्रणालीमा पनि असर गर्न सक्छ । धेरैजसो हानीकारक विकिरणको थोरै मात्रा तर लामो समयसम्मको लगातार सम्पर्कले स्वास्थ्यमा विस्तारै खराबी र बढी असर गर्दछ । उदाहरणको लागि यूरानियम खन्नेले लामो समय कुनै पनि बिरामीको लक्षणबिना काम गर्न सक्छ । केही वर्ष पछाडि विकिरण निकाल्ने वस्तुको कारण ती कामदारलाई फोक्सोको क्यान्सर वा अरु रोगले ग्रसित गर्दछ । युद्धमा विकिरणयुक्त टोपका खोल सम्हाल्ने सैनिक र युद्ध क्षेत्रमा छाडेका खाली खोलका कारण ती क्षेत्रमा बस्ने मानिसमा विकिरणबाट रोगको विकास हुन्छ । आणविक दुर्घटना वा विस्फोटनले केही हप्तामै मानिसको बाँच्ने अधिकार खोस्दछ । विस्फोटनबाट केही मानिसहरू ७ हप्तापछि निको हुनसक्छ तर केही वर्ष पछाडि गम्भीर रोगी हुनसक्छ । विकिरण आमाको दुधको माध्यमबाट पनि बच्चामा सर्न सक्छ । विकिरणबाट हुने विरामी एउटा मान्छेबाट अर्कोमा सर्दैन तर यसले विगार्ने काम भने अभिभावकबाट बच्चामा सर्दछ, जन्मसम्बन्धी असर, क्यान्सर र अरु स्वास्थ्य समस्याहरू हुन सक्छ

लक्षण

विकिरणबाट हुने विरामीको प्रारम्भिक लक्षणमा बान्ता हनुे, झाडापखाला, वाकवाकी लाग्ने र अल्छी हुने गर्दछ । अरु लक्षणहरूमा यिनीहरू छन् ः

  • कपाल झर्ने
  • शरीर जलेको अुनभव हुने
  • श्वास फेर्न गाह्रो हुने
  • ओठ र घाँटी सुनिने
  • दाँत र गिजासम्बन्धी समस्या आउने
  • सुख्खा खोकी लाग्ने
  • मुटु दुख्ने
  • मुटुको धड्कन बढ्ने
  • स्थायी रूपमा छाला कालो हुने
  • छालाको मुनि रगत जमेको जस्तो विन्दु हुनु
  • पहेंलो छाला, गिजा र औंलाको नङ (रक्त अल्पता)
  • मृत्यु ।

विषालु रसायनको उपचार

विषालु रसायन यति धेरै फैलिएको छ कि त्यसबाट छुट्कारा पाउन धेरै गाह्रो हुन्छ र त्यसबाट हुने बिरामीमा उपचार गर्न पनि निकै अप्ठ्यारो हुन्छ । तर पनि विश्वभरिका मानिसहरू विषालु रसायनको असरबाट बच्नको लागि विभिन्न नयाँ र पौराणिक उपचार विधि अपनाएर कोसिस गरिरहेका छन् ।

सम्भावना स्वास्थ्य केन्द्र

सन् १९८४ मा रासायनिक प्रदूषणका कारण भोपाल, भारतमा गम्भीर स्वास्थ्य समस्याका कारण हजारौं मानिसहरूको मृत्यु भएको थियो । जसमा श्वासप्रश्वासको समस्या, ज्वरो, प्रजनन प्रणालीको समस्या, आँखाको दृष्टिमा कमी, क्यान्सर र बच्चाहरूको एउटा पिंढीबाट अर्को पिंढीमा जन्मसम्बन्धी असर हुने गर्दछ । सायद भोपाल क्षतिबाट सिक्ने ठूलो पाठमा स्वास्थ्य र न्यायको लागि मानिसको अभियान हुन आउँदछ । सम्भावना स्वास्थ्य केन्द्र, प्रकोपबाट बाँच्न सफल मानिसहरू र स्वास्थ्य उपचार गर्ने स्वयम्सेवकहरूले खोलेका थिए । विषाक्त ग्याँस चुहावट गम्भीर स्वास्थ्य समस्याबाट बचावटको लागि स्वास्थ्यकर्मीले नयाँ औषधि उपचारहरू पत्ता लगाए, जसले राम्रो उपचार दिन सक्यो ।

स्वास्थ्य केन्द्र कसरी चल्दछ

सम्भावना स्वास्थ्य केन्द्रले १२,००० भन्दा मानिसहरूलाई निःशुल्क उपचार गर्दछ । स्वास्थ्य केन्द्रको आधाभन्दा बढी कर्मचारीहरू भोपाल प्रकोपबाट बचेका मानिसहरू हुने । स्वास्थ्य केन्द्रमा रसायनको दीर्घकालीन असरको बारेमा पनि जानकारी गराइन्छ । तिनीहरूको आफ्नै शब्दमा, सम्भावना स्वास्थ्य केन्द्रको बारेमा के बुझाइरहेको छः

क्लिनिक उपचार

सम्भावनाका स्वास्थ्यकर्मीहरूले विभिन्न किसिमका उपचारहरू प्रयोग गर्छन् । जस्तो जडिबुटी र योग, श्वासप्रश्वास र शरीर चलाउने अभ्यास । त्यसैगरी दिमाग र भित्रि आत्माको पनि । स्वास्थ्य केन्द्रमा आउने प्रत्येक व्यक्तिको रोजाइमा वा आफूलाई मनपर्ने उपचार विधि छानेर उपचार गराउन सकिन्छ । यसरी स्वास्थ्य केन्द्रले मानिसलाई स्वयम् उपचार

मा सहभागी हुनेको लागि प्रोत्साहन गर्छ र स्वास्थ्यकर्मीहरूले पनि विभिन्न उपचार विभिन्न व्यक्तिहरूको लागि उययुक्त हुन्छ भन्ने सिक्छन् । एउटा मानसिक स्वास्थ्यकर्ताले विभिन्न समस्याहरू जस्तो दुःखद पक्षघात, निन्द्रामा गडबढी, मानसिक तनाब, चिड्चिडाहट र स्मरण शक्तिमा असरको उपचार गर्छन् । केही स्वास्थ्यलाई असर गर्ने बाहेकका मनगनक औषधिहरू पनि दिइन्छन् । शरीरलाई विष मुक्त बनाउन विभिन्न जडिबुटी, मालिस, तातो पानीमा नुहाउने र औषधियुक्त तेलको प्रयोग गरिन्छ ।

योगले भित्री अंगहरूको उपचार र शक्ति प्रदान गर्छ, दुखाइ घटाउँछ र व्यक्तिको विरामीलाई नियन्त्रण गर्दछ । धेरैजसो बाँचेकाहरू विशेष गरेर मुस्लिम जो परम्परादेखि योग गर्दैनन् तिनीहरू सुरुमा आनाकानी गर्दछन् । लगातार विरामी हुने मानिसहरूको लागि योग एउटा एकदम राम्रो उपचार विधि हो । अन्तमा, स्वास्थ्य केन्द्रले विभिन्न औषधिहरू स्थानीय जडिबुटीहरू प्रयोग गरेर बनाउँछन् र वितरण पनि गर्दछन् । सबै औषधिहरू स्वास्थ्य केन्द्रले बिरामीलाई निःशुल्क वितरण गर्छन् र आफूले कुन औषधि प्रयोग गरिराखेको छ त्यसको बारेमा राम्रो जानकारी पनि दिन्छन् । स्वास्थ्य केन्द्र आफैं पनि विषालु पदार्थ बढी ननिस्कने गरी बनाइएको हुन्छ ।

एउटा मैनबत्ती अ“ध्यारोको विरुद्ध

शब्दलाई हिन्दी र संस्कृतिमा “सम्भावना” भन्ने बुझिन्छ । धेरै मानिसहरू जो रसायनबाट हुने वातावरणीय विनासले गर्दा प्रभावित छन्, जस्तो भोपाल, तिनीहरूको स्वास्थ्यमा सुधार आउने ज्यादै न्यून सम्भावना छन् । सम्भवनाका कर्मचारीहरूले आफ्नो सृजनशीलता, हेरविचार र इमान्दारिताका कारण मानिसहरूको निराशालाई आशामा परिणत गरिदिएका छन् ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate