प्राथमिक शिक्षा यस्तो एउटा आधार हो जसमा देश तथा यसका प्रत्येक नागरिकको विकास निर्भर हुन्छ। भर्खरै भारतले प्राथमिक शिक्षामा नामाङ्कन, विद्यार्थीहरूको सङ्ख्या यथावत राख्न अनि उनीहरूको विद्यालयमा उपस्थिति दर नियमित गराउन एवम् साक्षरता प्रसारको सन्दर्भमा खास प्रगति गरेको छ, जहाँ भारतको उन्नत शिक्षा पद्धतिलाई भारत देशको आर्थिक विकासको मुख्य योगदानकर्ता तत्व मानिन्छ, तर भारतमा आधारभूत शिक्षाको गुणवत्ता हालमा एउटा चिन्ताको विषय बनेको छ।
भारतमा 14 वर्षको उमेरसम्मका सबै नानीहरूलाई निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्नु संवैधानिक प्रतिबद्धता रहेको छ। देशको संसदले सन् 2009 मा ‘शिक्षाको अधिकार अधिनियम' पारित गरेको थियो जसद्वारा 6 देखि 14 वर्षे नानीहरूका लागि शिक्षा एउटा मौलिक अधिकार भएको छ । तापनि देशमा अझै पनि आधारभूत शिक्षालाई सार्वभौम बनाउन सकिरहिइएको छैन। यसो हुनुको अर्थ के हो भने- नानीहरूलाई स्कुलमा सय प्रतिशत नामाङ्कन र स्कुलिङको सुविधा हरेक घरमा उनीहरूको सङ्ख्या कायम राख्नु। यिनै कमजोरीहरूलाई हटाउन सरकारले सन् 2001 मा ‘सर्व शिक्षा अभियान’ योजनाको सुरुवात गरेको हो, जुन चाहिं आफ्नै खाले दुनियामा सबैभन्दा ठुलो योजना रहेको छ।
सूचना प्रविधाले यस युगमा सूचना तथा सञ्चार प्रविधिद्वारा शिक्षाको क्षेत्रमा वञ्चित तथा सम्पन्न समुदायहरू, खास गरी ग्रामीण क्षेत्रबिचको दूरी हटाउने कार्य गरिरहेको छ। भारत विकास प्रवेशद्वारले प्राथमिक शिक्षाको क्षेत्रमा भारतमा मौलिक शिक्षाको सार्वभौमीकरणका लागि पर्याप्त सामग्रीलाई उपलब्ध गराएर छात्र-छात्रा तथा शिक्षकहरूको क्षमता बढाउने पहल गरेको छ।
बाल अधिकार आजको सबैभन्दा बढी जल्दोबल्दो खाँचो हो, जसका बारेमा मानिसमा जानकारीको अभाव देखिन्छ। यस भागमा यस्ता कैयौं बाल अधिकारहरूमाथि विशेष रूपले ध्यान केन्द्रित गर्नु पर्ने उद्देश्य के हो भने नानीहरूको बाल अधिकारहरूको हनन हुनुबाट जोगाउँदै उनीहरूको अधिकार सुरक्षित गर्नु हो।
6 देखि 14 वर्षसम्मका नानीहरूलाई मुफ्त र अनिवार्य शिक्षाको अधिकार छ । संविधानको 86 औ संशोधन अधिनियमको अनुच्छेद 21 ए जोडिएको छ अनि यसलाई कार्यान्वित गर्न सरकारद्वारा भइरहेका प्रयासहरूको जानकारी यस भागमा दिइएको छ ।
मल्टिमिडिया सामग्रीको विभिन्न भागले विज्ञान खण्ड आदिको रचनात्मक सोच र सिकाइ प्रक्रियामा नानीहरूबिच सक्रिय भागीदारीलाई प्रोत्साहित गर्छ। यसै गरी अन्य उदाहरणहरूलाई यस भागमा प्रस्तुत गरिएको छ।
शिक्षण र अधिगम प्रक्रियाको अनेक महत्त्वपूर्ण कुराहरू शिक्षार्थी जीवनमा यस प्रक्रियाद्वारा उपयोगिता सिद्ध गर्छ। विभिन्न कौशलका साथ शिक्षकहरूको विद्यार्थीप्रतिको व्यवहार र सिकाइका अनुभवका साथ समग्र विकासमा कस्तो भूमिका हुन्छ भन्ने कुरा संक्षिप्त जानकारी यस भागले दिन्छ।
यस भागले अनलाइन मूल्याङ्कन अन्तर्गत वेब संसाधन र स्त्रोतको सहायोगले गणित,विज्ञान,भूगोगको स्वमूल्याङ्कन प्रक्रियालाई दर्शाउँदै राज्य,उनीहरूको राजधानी र भारतका नदीहरूको नाम र उनीहरूको विशेषताका बारेमा जान्ने अवसर दिन्छ।
यस भागमा बहुप्रतिभा सिद्धान्तको व्याख्या गर्दै बुद्धिका विभिन्न प्रकार (शाब्दिक,तार्किक आदि) का बारेमा गार्नरको मनोवैज्ञानिक सिद्धान्तलाई प्रस्तुत गरिएको छ। यस भागले के भन्छ भने प्रत्येक व्यक्तिको सिक्ने शैली,शिक्षामा यसको उपयोगका साथ स्कुलमा बहु-प्रतिभा सिद्धान्त अप्नाउने कैयौं लाभ छन्।
केरियार(इलम)का लागि बेलैमा मार्गदर्शन हुन सक्दा भविष्यलाई राम्ररी आकार दिन सहयोग हुन्छ। यस भागले पाठकहरूलाई उपलब्ध विभिन्न अध्ययन र 10 औ कक्षा, स्नातकपछि पाइने रोजगारको अवसरहरूको जानकारीका साथ योसित जोडिएका अन्य महत्त्वपूर्ण जानकारीहरू पाउने सुविधा तथा मौका दिन्छ।
यस भागद्वारा विभिन्न विषयमाथि सूचना र प्रविधिको जानकारी बढाउँदै त्यसको माध्यमले क्षमता निर्माणमा तथा त्यसद्वारा हुने महत्त्वपूर्ण योगदानको जानकारी दिन्छ।
यस भागले शिक्षा क्षेत्रमा उपयोगी सरकारी,वैश्विक संसाधन,प्रशिक्षण एवम् आदान-प्रदान योग्य संसाधन,बाल अधिकार एवम् प्रचार संसाधन आदिको जानकारी दिँदै तथा शिक्षा समाचार स्त्रोतको उपयोगिता दर्शाउँदै यस क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रीय अभिकरणहरूलाई जान्ने मौका दिन्छ।
शिक्षाको चर्चा मञ्चले शिक्षासित जोडिएका विभिन्न विषयहरूमा तपाई आफ्नो विचारहरू प्रस्तुत गर्नुका साथ अरूसित आफ्नो विचार एवम् सूचनाहरू आदान-प्रदान गर्ने अवसर पनि दिन्छ।