बदलिँदो सेवा वितरण प्रणाली
भारतमा इ-शासन 'उत्तम शासन' को पर्यायवाची बनिँदै छ। केन्द्र सरकार र राज्य सरकारका विभिन्न विभाग नागरिक, व्यापारी र सरकारी सङ्गठनलाई मात्र होइन बरू समाजको हरेक वर्गलाई सूचना र प्रविधिको सहयोगले विभिन्न सेवा प्रदान गरिरहेको छ। यसै क्रममा 2006 मा सुरू गरिएको राष्ट्रीय इ-शासन योजना (एनइजिपी) को माहतहमा भारत भरि साझा सेवा केन्द्र (सिएससी) स्थापित गरिएको छ। यी साझा सेवा केन्द्रले सर्वसाधारणलाई सोझै लाभान्वित गरी सहज,सुलभ र उनीहरूको दैलामा सरकारी सेवाहरू उपलब्ध गराउने प्रयास गरिरहिएको छ । 31मार्च 2014 को स्थितिअनुसार 1,33,847(सिएससी वेबसाइट) देशभरि साझा सेवा केन्द्र अलग-अलग ब्रेन्ड नामका साथ परिचालित गरिरहिएको छ।
विकासपेडिया इ-शासन भागका मुख्य ध्यान नागरिकका लागि उपलब्ध अनलाइन सेवा, राज्यका इ-शासनको पहल, अनलाइन विधिक सेवाहरू, मोबाइल शासन, सूचनाको अधिकारमा जानकारी उपलब्ध गराएर, देशभरि चलिरहेको इ-शासन अभियानमा सहायता प्रदान गर्नु हो। ग्रामीण उद्यमी (भिएलई) सशक्तीकरणको महत्त्वलाई ध्यानमा राखी भारतीय विकास प्रवेशद्वारले “भिएलई कर्नर" निर्माण गरी केवल एउटा मञ्चमा आउने अवसर दिएको मात्र होइन बरू तिनीहरूको ज्ञान-भण्डारलाई विभिन्न अध्ययन संसाधनसित समृद्ध गर्न प्रयासरत छ। भारतको ग्रामीण भाग विभिन्न संस्था र उर्लिँदो आइसिटी पहलको लाभ उठाउन तयार छ र भारत विकास प्रवेशद्वार बहुभाषाहरूमा उपलब्ध आवश्यक सामग्री र सेवाबाट लाभान्वित हुन आह्वान गर्छ।
भारतमा इ-शासन भाग राष्ट्रीय इ-शासन योजना,राज्यहरूको इ-शासन सेवाहरू र इ-शासन संसाधनका बारेमा जानकारी दिने गर्छ।
सूचनाको अधिकार भागअन्तर्गत अधिकारको अर्थ, तिनीहरूको उपयोगको प्रक्रिया,अपिलको विभिन्न चरण,उपयोगी सम्पर्कको जानकारी र प्राय सोधिने प्रश्नको बेहोरा दिइन्छ।
यस भागले साझा सेवा कार्यक्रम,अनलाइन प्रदत्त गरिरहिएको सेवा,भारत विकास प्रवेशद्वारको विभिन्न उत्पाद एवम् सेवासहित कम्प्युटरमा भारतीय भाषा पढदाका समस्याहरूको समाधानको उपयोगी जानकारी दिने गर्छ।
यस भागले इ-शासन अनलाइन सेवाहरूको संक्षिप्त परिचयका साथ तिनीहरूसित सम्बन्धित विभिन्न उपयोगी लिङ्क जानकारीका बारेमा जानकारी दिने गर्छ।
यस भागले विधिक सेवाहरूमा इ-शासनको सुरुवात, राष्ट्रीय विधि स्कुल र विधि क्षेत्रसित जोडिएको महत्त्वपूर्ण लिङ्क संसाधनको जानकारी दिने गर्छ।
यस अनुभागमा भारतमा उर्लिँदो मोबाइल शासन र एउटा संक्षिप्त परिचयका साथ विभिन्न सम्बन्धित उपयोगी लिङ्क जानकारीका बारेमा जानकारी दिने गर्छ।
Last Modified : 12/4/2020