অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

तत्काल धन हस्तान्तरण प्रणाली-युपीआइ

तत्काल धन हस्तान्तरण प्रणाली-युपीआइ

भूमिका

एकीकृत भुग्तान इन्टरफेस वायुपीआइ (युनिफाइड पेमेन्टस् इन्टरफेस – युपीआइ) एउटा यस्तो प्रणाली हो जुनचाहिँ विभिन्न ब्याङ्कहरूका खाताहरूको

सुविधा(कुनै पनि संलग्न भएका ब्याङ्क), विभिन्न ब्याङ्कहरूका विशेषताहरू, सजिलैसँग फण्ड दिलाउने वा बेपारीहरूलाई भुग्ता नगर्ने सुविधा, एउटै मोबाइल एप्लिकेसनद्वारा सजिलै उपलब्ध गराउँछI यस एपद्वारा ग्राहकले सजिलोसँगै लेन-देन गर्न सक्छ, यो नेशनेल पेमेन्टस् कर्पोरेसन अफ इन्डियाद्वारा विकसित गरिएको पहिलो केशलेस सिस्टम होI नेशनेल पेमेन्टस् कर्पोरेसन अफ इन्डिया(एन.पी.सी.आई)ले देशमा यसलाई सुरुमा पाइलट स्तरमा 21 वटा ब्याङ्कसँग मिलेर लागु गऱ्यो, जसको उद्घाटन 21 एप्रिल 2016 मा रिजर्व ब्याङ्क अफ् इऩ्डियाको गवर्नर श्री रघुरामजी राजनले  मुम्बईमा गर्नुभएको थियो।

युपीआइको विशेषता

यो कसरी भिन्दै हो?

  1. यसका सहयोगमा मोबाइल डिवाइसका माध्यमले चौबीसौँ घन्टा 24 X 7 र 365 दिन रुपियाँको तत्काल हस्तान्तरण गर्न सकिन्छ।
  2. एउटा मोबाइल एपका सहायताले विभिन्न ब्याङ्क खाताहरूसम्म पुग्न सकिन्छI
  3. वैधता प्रमाणीकरणका लागि एउटा क्लिकको सहयोगमा - नियामक दिशा निर्देशहरूका साथ गठबन्धनका कारण सिङ्गल क्लिक गरी सजिलै भुग्तान गर्ने सुविधालाई मजबुती प्रदान गर्दछ।
  4. भुग्तान गर्ने बेलामा तपाईँको इन्टरनेट ब्याङ्किङ्ग लग-इन गर्दा ओटीपी कोड जुटाउनु पर्दैनI यो एपले तपाईँसँग कुनै नम्बर माग्दैन र कुनै खालको कार्ड नम्बर, एकाउन्ट नम्बर, आई.एफ.एस.सी आदि यसमा दिनु पर्दैन I साथीहरूसँग बिल सेयर गर्न सकिन्छ।
  5. यो एप केश भुग्तान गर्दा हुने असुविधा, एटीएम गएर चाहिँदो राशि निकाल्दा हुने अप्ठ्यारो आदिको उत्तम समाधान हो। सिङ्गल एपद्वारा बेपारीहरूले एकैपल्टमा भुग्तान गर्न सक्छन्।
  6. विभिन्न प्रयोजनका लागि दुवैतिरका(पुश व पुल पेमेन्टस्) भुग्तान निर्धारण गर्न सम्भव हुन्छ।
  7. उपयोगिता प्रमाण पत्रमा आधारित भुग्तान, काउन्टर भुग्तान, बारकोड (स्केन र भुग्तान) आधारित भुग्तानरहने छन्।
  8. दान, सङ्ग्रह, वितरणलाई जोख्न सकिन्छ।
  9. एपको सहयोगमा प्रत्यक्ष रूपले आपत्ति गर्न सकिन्छ।

युपीआइको भागीदार को हुन्छ

  • पीएसपी भुग्तानकर्ता
  • पीएसपी भुगतेय
  • प्रेषक ब्याङ्क
  • लाभार्थी ब्याङ्क
  • नेसनल पेमेन्टस् कर्पोरेसन अफ इन्डिया(एनपीसीआई)
  • ब्याङ्क खाताधारक
  • बेपारी

पारिस्थितिको तन्त्र प्रतिभागीहरूलाई लाभ

ब्याङ्कहरूका लागि लाभ

  • सिङ्गल क्लिकमा दुई कारकहरूको प्रमाणीकरण गर्नु
  • लेनदेनका लागि सार्वभौमिक एप्लिकेसन
  • हालैको बुनियादी ढाँचाको प्रयोग
  • सुरक्षित, सुरक्षित र अभिनव(इनोभेटिब)
  • भुग्तानको आधार एकल/अन्य पहिचानकारी
  • सजिलै बेपारी लेनदेनका लागि सक्षम बनाउनु।

अन्त ग्राहकहरूका लागि लाभ

  • 24 घन्टाको उपलब्धता
  • सिङ्गल एप विभिन्न ब्याङ्कहरूका खातासम्म पुग्नका लागि
  • वास्तविक पहिचानको प्रयोग धेरै सुरक्षित हुन्छ, कागपत्रको प्रत्यक्ष रूपले शेयर हुँदैन
  • सिङ्गल क्लिक प्रमाणीकरण मोबाइल एप्लिकेसनद्वारा स्वयम्उजुरी गर्न सक्नुहुन्छ।

बेपारीहरूलाई लाभ

  • ग्राहकहरूसँग एकल पहिचानकर्ताद्वारा सजिलै निधि सङ्ग्रह गर्नु
  • कार्डको जस्तै ग्राहकको भर्चुएल ठेगाना सञ्चय गर्नका लागि क्रेडिट/डेबिट कार्ड नभएका ग्राहकहरूलाई पकडाउ गर्न कुनै खतरा हुँदैन।
  • इ-कम एन्ड एम-कम लेनदेनका लागि उपयुक्त कार्डसङ्ग्रहका समस्याको निराकरण गर्नु।
  • ग्राहकका लागि सिङ्गल क्लिक गर्ने सजिलो सुविधा इन-एप भुग्तान (आइ एपी)
  • युपीआइ एप्लिकेसनमा पञ्जीकरण गर्न सक्षम हुनुहुन्छ।

पञ्जीकरणको प्रक्रिया

  1. युजर युपीआइ एप्लिकेसन एप स्टोर/ब्याङ्कहरूको वेबसाइटबाट डाउनलोड गर्नुहोस्I
  2. युजर/उपयोगकर्ताले आफ्ना/आफ्नो प्रोफाइल विवरण जस्तै नाम, वास्तविक आइडी (भुग्तानठेगाना), पासवर्ड आदि दर्ता गर्न सक्नुहुन्छI
  3. युजर/उपयोगकर्ताले यो विकल्प “एड/लिङ्क/मेनेज ब्याङ्क एकाउन्ट” मा जानुहोस्र ब्याङ्क खाता संख्याका साथै र वास्तविक आइडी लिङ्क गर्नुहोस्I

एम पिन बनाउनु

उपयोगकर्ताले आफ्ना/आफ्नो लेनदेन आरम्भ गर्न चाहनुहुन्छ भने ब्याङ्क खाताहरूको चयन गर्नुहोस्।

उपयोगकर्ताले एउटा विकल्पमा क्लिक गर्नुहोस्।

  • अ. मोबाइल ब्याङ्किङ्ग रेजिस्ट्रेसन/ एम पिन बनाउनुहोस्।
  • ब. एम पिनफेर्नुहोस्

अ को स्थितिमा -

  1. युजर/ उपयोगकर्ताले जारीकर्ता ब्याङ्कबाट आफ्ना/ आफ्नो रेजिस्टर्ड मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्दछ।
  2. युजर/उपयोगकर्ताले अब 6 अङ्क भएको डेबिट कार्ड नम्बर र एक्सपायरी डेट हाल्नु पर्छ।
  3. युजर/उपयोगकर्ताले ओटीपी हाल्नुहोस्र आफ्ना/आफ्नो मनपर्दो सङ्खात्मक एम पिन (एमपिन जुनचाहिँ तपाईँ सेट गर्न चाहनुहुन्छ) र फेरि सबमिटमा क्लिक गर्नुहोस्।
  4. सबमिटमा क्लिक गरेपछि ग्राहकले अधिसूचना प्राप्त गर्दछ (सफल अथवा असफल)

ब को स्थितिमा -

  1. युजर/उपयोगकर्ताले आफ्नो पुरानो एम पिन र मनपर्दो नयाँ एम पिन हाल्नुहोस् (एमपिन जुनचाहिँ तपाईँ सेट गर्न चाहनु हुन्छ) र सबमिटमा क्लिक गर्नुहोस्,
  2. सबमिटमा क्लिक गरे पछि ग्राहकले अधिसूचना प्राप्त गर्दछ (सफल अथवा असफल)

युपीआइद्वारा लेन-देन गर्नु

अ – पुश- वास्तविक ठेगाना प्रयोग गरी धन पठाउनु

  • युजर/उपयोगकर्तालेयुपीआइ एप्लिकेसनमा लग गर्नु पर्छ।
  • सफल लग-इन भए पछि, युजरले धन पठाउनुहोस्/भुग्तान गर्ने विकल्प चयन गर्नु पर्छ।
  • युजर/उपयोगकर्ताले लाभार्थी/प्रदाताको वास्तविक आइडी, राशि र खाताको चयन जसद्वारा राशि डेबिट हुन्छ-लाई हाल्नु पर्छI
  • युजर/उपयोगकर्ताले भुग्तान विवरणको समीक्षा गर्न स्क्रिनमा पुष्टिकरण गर्नु पर्छ र पुष्टिका लागि कन्फर्ममा क्लिक गर्नुपर्छI
  • अब युजर/उपयोगकर्ताले एम पिन हाल्नु पर्छ।
  • युजर/उपयोगकर्तालाई सफल वा असफलको सन्देश प्राप्त हुन्छ।

ब- पुल – पैसाका लागि आवेदन

  • युजर/उपयोगकर्ताले आफ्नो ब्याङ्कको युपीआइ एपमा लग गर्नु पर्छ।
  • सफलापूर्वक लग-इन भए पछि, युजर/उपयोगकर्ताले कलेक्ट मनीको विकल्प चयन गर्छ (भुग्तानका लागि अनुरोध गर्दछ)।
  • युजर/उपयोगकर्ताले दाताको वास्तविक आइडी, राशि र खाता जसद्वारा क्रेडिट जे छ-त्यसको विवरण दिन्छI युजर/उपयोगकर्ताले भुग्तानको समीक्षाको पुष्टिकरण स्क्रिनमा गर्नका लागि कन्फर्ममा क्लिक गर्दछI प्रदातालाई पैसाका लागि अनुरोध गरेको अधिसूचना आफ्नो मोबाइलमा प्राप्त हुन्छ। भुग्तानकर्ताले अब अधिसूचनामा क्लिक गर्दछ र आफ्नो ब्याङ्कको युपीआइ एप खोल्दछ जहाँ उसले भुग्तान अनुरोधको समीक्षा गर्दछI
  • तब भुग्तानकर्ताले स्वीकार वा अस्वीकार गर्ने निर्णयमाथि क्लिक गर्दछI
  • भुग्तान स्वीकृत भएको स्थितिमा, प्रदाताले लेनदेनलाई प्राधिकृत गर्नका लागि एम पिन हाल्दछ।
  • लेनदेन पूर्ण भयो,  प्रदातालाई सफल वा असफल लेनदेन भएको अधिसूचना प्राप्त हुन्छ।
  • भुग्तान पाउने/निवेदकलाई ब्याङ्कबाट उसका ब्याङ्क खातामा क्रेडिटको विषयमा अधिसूचना र एसएमएस प्राप्त हुन्छI

स्रोत: नेसनल पेमेन्टस् कर्पोरेसन अफ इन्डिया(एनपीसीआई)

Last Modified : 3/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate