অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

डिजिटल लकर डिजिटल भारत कार्यक्रम

भूमिका

डिजिटल लकर डिजिटल इन्डिया प्रोग्रामको महत्त्वपूर्ण हिस्सा हो। यो वेब सेवाको माध्यमले तपाईको जन्म प्रमाण पत्र, पासपोर्ट, शैक्षणिक प्रमाण पत्र जस्ता मुख्य कागजातहरूलाई अनलाइन स्टोर गर्न सक्नु हुन्छ। यो सुविधा पाउनकालागि मात्र तपाई सित आधार कार्ड हुनु पर्छ । आधार कार्ड नम्बर फिड गरेर तपाई डिजिटल लकर अकाउन्ट खोल्न सक्नु हुन्छ। यो सेवाको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाई कहीं पनि आफ्नो कागजातमा डिजिटल लिङ्क पेस्ट गरिदिनुहोस्, अब तपाईलाई बार-बार कागजहरूको प्रयोग गर्नु पर्दैन।

यो बनाउनका लागि तपाईले डिजिटल लकरमा लग-इन गर्नुपर्छ, त्यसपछि तपाईले आईडी बनाउनु पर्छ। त्यस पछाडि तपाईको आधार कार्ड त्यस पछि तपाईको आधार कार्ड नम्बर लग इन गरी दिनुहोस्। त्यसपछि तपाईसँग सम्बन्धित केही प्रश्न तपाईलाई सोधिने छ त्यसपछि तपाईको अकाउन्ट बन्छ र तयसपछि तपाई आफ्नो सम्पूर्ण कागजातलाई डाउनलोड गरिदिनुहोस्, जुन सधैँका लागि त्यसमा लोड हुन्छ। तपाईको लाग इन आईडी र पासवर्ड तपाईको आफ्नो हुनेछ जसलाई तपाईले जहाँ पनि खोल्न सक्नु हुन्छ। सबैभन्दा ठुलो फाइदा यस लकरको माध्यमबाट धोखाधडी हुन सक्दैन र न नक्कली दस्तावेजहरूको चक्कर हुन्छ, यो पूर्ण रूपमा नीट एंड क्लीन प्रोसेस हो।

डिजिलकर - अनलाइन दस्तावेज भन्डारण सुविधा

डिजिटल लकर डिजिटल भारत कार्यक्रमको अन्तर्गत प्रमुख पहलहरू मध्ये एक हो। यसको एक बिटा संस्करण इलेक्ट्रनिक्स र सूचना प्रौद्योगिकी विभाग (डीईआईटीवाई), भारत सरकार द्वारा जारी गरिएको छ। डिजिटल लकरको उद्देश्य भौतिक दस्तावेजहरूको उपयोगलाई कम गर्न र एजेन्सीहरूको बिचमा इ-दस्तावेजहरूको आदान-प्रदानलाई सक्षम गर्नु हो। यो पोर्टलको मदतले इ-दस्तावेजहरूको आदान-प्रदान पञ्जीकृत कोषको माध्यमले गरिन्छ, जसले अनलाइन दस्तावेजहरूको प्रामाणिकता सुनिश्चित हुन्छ। आवेदक आफ्नो इलेक्ट्रनिक दस्तावेजहरूलाई अपलोड गर्न सक्छ र डिजिटल इ-साइन सुविधाको उपयोग गरी त्यसमा हस्ताक्षर गर्न सक्छन्। यी डिजिटली हस्ताक्षरित दस्तावेजहरूलाई सरकारी सङ्गठनहरू या अन्य संस्थाहरूको साथ साझा गर्न सकिन्छ।

डिजिटल लकर प्रणालीको उद्देश्य

क्लाउडमा डिजिटल लकर प्रदान गर्नाले आवेदकको डिजिटल सशक्तिकरण हुन्छ

  • दस्तावेजहरूलाई इ-हस्ताक्षर सक्षम बनाएर तिनीहरूलाई इलेक्ट्रनिक एवम् अनलाइन उपलब्ध बनाउने जसले भौतिक दस्तावेजहरूको उपयोग कम भन्दा कम होस्

  • -दस्तावेजहरूको प्रामाणिकता सुनिश्चित गरेर फर्जी दस्तावेजहरूको उपयोगलाई खत्म गर्ने

  • वेब पोर्टल एवम् मोबाइल अनुप्रयोगको माध्यमबाट नागरिकहरूलाई सरकारद्वारा जारी गरिएको दस्तावेजहरूको सुरक्षित अभिगम प्रदान गर्ने।

  • सरकारी विभागहरू र एजेन्सीको प्रशासकीय उपरिव्ययलाई कम गर्ने एवम् नागरिकहरूका लागि सेवा प्राप्त गर्न सजिलो बनाउने।

  • नागरिकहरूका लागि दस्तावेजहरूको कहिले पनि – कहीं पनि पहुँच प्रदान गर्ने।

  • ओपन र इन्टरअपरेबल मानकहरूमा आधारित संरचना प्रदान गर्ने जसले राम्ररी संरचित मानक दस्तावेजको माध्यमले विभागहरू र एजेन्सीहरूको बिच दस्तावेजहरू लाई सजिलै साझा गर्न सकियोस्।

  • आवेदकको तथ्याङ्का लागि गोपनीयता र अधिकृत पहुँच सुनिश्चित गर्ने।

डिजिटल लकर प्रणालीको घटक

  • रिपोजिटरी इ
  • दस्तावेजहरूको संग्रह हो जो जारीकर्ताद्वारा एक मानक प्रारूपमा अपलोड गरिएको र मानक एपीआईद्वारा सुरक्षित तरिकाहरूले वास्तविक समयमा खोज र उपयोगका लागि उपलब्ध छ।

  • एक्सेस गेटवे
  • यो एउटा सुरक्षित अनलाइन तन्त्र हो जसले अनुरोधकर्ता वास्तविक समयमा युआरआई (युनिफर्म रिसोर्स सङ्केतक) उपयोग गरेर प्राप्त गर्न सक्छ। युआरआई एक कोषमा जारीकर्ता द्वारा अपलोड गरिएको इ-दस्तावेजका लागि एउटा कडी हो। युआरआईको आधारमा गेटवे कोषको ठेगाना निकाल्ने छ र त्यो कोषले इ-दस्तावेजलाई प्रस्तुत गर्नेछ।

डिजिटल लकर के हो

  • प्रत्येक आवेदकको आधारबाट जोडिएको 10MB को समर्पित व्यक्तिगत भंडारण स्पेस, जहाँ सुरक्षित रूपले इ-दस्तावेजहरू एवम् युआरआई लिङ्कलाई संग्रहित एवम् एक्सेस गर्न सकियोस्।
  • अनुरोधकर्ताहरूको साथ सुरक्षित इ-दस्तावेजहरूको साझेदारी।
  • वर्तमानमा वेब पोर्टलको माध्यमले सुलभ, भविष्यमा मोबाइल एप्लीकेसनको माध्यमले पनि सुलभ गराउन सकियोस्।
  • डिजिटल दस्तावेजहरूमा हस्ताक्षर गर्नका लागि इन्टीग्रेटेड इ-साइन सेवा।

डिजिटल लकर पोर्टल

  • आधार संख्याको उपयोग गरी डिजिटल लकरका लागि साइन अप गर्नका लागि digitallocker.gov.in - बाहिरी वेबसाइट जो एक नयाँ विन्मा खुल्छ अनि त्यहाँ जानुहोस्।
  • आवेदक डिजिटल लकर प्रणालीमा पञ्जीकृत जारीकर्ता र अनुरोधकर्ताहरूको सूची हेर्न सक्छन्।

डिजिटल लकरको उपयोग कसरी गर्ने

आवेदकको लिए

डिजिटल लकरका लागि साइन अप गर्नका लागि आवेदकसित आधार सङ्ख्या हुनु पर्छ। डिजिटल लकरका लागि साइन-अप गर्नुभन्दा पहिले के आवश्यक छ भने तपाईको मोबाइल नम्बर युआईडीएआई सिस्टममा तपाईको आधार सङ्ख्यासित जोडिएको होस्।

लगिन क्षेत्रम आफ्नो आधार सङ्ख्या दर्ता गर्ने। युआईडीएआईमा पञ्जीकृत मोबाइल नम्बरमा ओ टी पी पठाइन्छ। ओ टी पी दर्ता गरेपछि युआईडीएआईबाट इ-केवाईसीको प्रक्रिया पूरा गरिन्छ।

इ-केवाईसी सफल भएपछि, आवेदक विभिन्न जारीकर्ताद्वारा डिजिटल लकरमा अपलोड गरिएको दस्तावेजहरूको युआरआई हेर्न सक्छन्। आवेदक आफ्नो डिजिटल लकरमा इ-दस्तावेजहरूलाई अपलोड र यिनीहरूलाई इ-साइन पनि गर्न सक्छन्।

आवेदक अनुरोधकर्ताको इमेल ठेगानाहरूमा इ-दस्तावेज़का लागि लिङ्क साझा गरी निजी दस्तावेजहरूलाई साझा गर्न सक्छ।

जारीकर्ताहरूका लागि

आवेदकलाई आईडी प्राप्त गर्नका लागि डिजिटल लकर प्रणालीमा रजिस्टर गर्नु पर्छ। आवेदकलाई आईडी पाए पछि, जारीकर्ता रिपोजिटरी सेवा प्रदाता एपीआईको उपयोग गरी नामित कोषमा एक मानक एक्सएमएल फर्मेटमा दस्तावेजहरूलाई अपलोड गर्न सकिन्छ।

कोषमा अपलोड गरिएको प्रत्येक दस्तावेजका लागि आवेदक आईडी, दस्तावेजको प्रकार र युनिक दस्तावेज़ आई डी हुन्छ। दस्तावेज युआरआई सम्बन्धित निवासीको आधार सङ्ख्याको आधारमा तिनले डिजिटल लकरमा संधारित गरिन्छ।

अनुरोधकर्ताहरूको लागि

अनुरोधकर्तालाई डिजिटल लकर प्रणाली उपयोग गर्नका लागि पहिले एक्सेस गेटवेमा रजिस्टर गर्नु पर्छ। अनुरोधकर्ता दस्तावेज युआरआईको उपयोग कोषबाट एक्सेस गेटवेको माध्यमबाट दस्तावेजहरू लाई सुरक्षित रूपले प्राप्त गर्नका लागि गर्न सकिन्छ।

इ-साइन सेवा

इ-साइन सेवा उत्पादनको पहिलो चरणमा छ र यस कारण यसको प्रयोग परीक्षणको उद्देश्यका लागि नै गर्न सकिन्छ। इ-साइनको कानुनी वैधताको आश्वासन परीक्षण चरणको समय दिन सकिँदैन।

स्रोत : https://digitallocker.gov.in/

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate