कीरा, रोग र झारहरू बालीको लागि अत्यन्त खतरा हुनसक्छन् । रासायनिक कम्पनीहरू कीटनाशक विषादी छर्ने एक मात्र समाधान हो भन्छन् । तर रसायनहरूले राम्रो भन्दा बढी नराम्रो गर्न सक्छ (अध्याय १४ हेर्नुहोस्) । दिगो कृषिले बाली, कीरा, रोग, झार र माटोको जीवन सन्तुलित गर्न प्रकृतिसँग काम गर्छ । यसैलाई नै प्राकृतिक कीरा व्यवस्थापन अथवा एकीकृत कीरा व्यवस्थापन भनिन्छ ।
प्राकृतिक कीरा व्यवस्थापनले कीरा र बिरुवाका रोगहरूबाट हुने समस्याबाट बचाउँछ र हाम्रो शरीर र वातावरणलाई हानिकारक रसायनहरूबाट पनि जोगाउँछ । यसले रसायनमा आश्रित हुनुपर्ने र कीरा मार्ने औषधि प्रतिरोध जस्ता समस्याबाट पनि बचाउँछ (पेज २७३ हेर्नुहोस्), (कीराहरूबाट हुने समस्याहरू तत्काल समाधान गर्ने प्रक्रियाको लागि पेज २९८ र २९९ हेर्नुहोस्) । तपाईले कीटनाशक रसायनहरू प्रयोग गर्न चाहनुहुन्छ भने पनि कीराले बाली नोक्सान गरेको छ छैन, कति नोक्सान गरेको छ र खेतमा अरु प्राणीहरूले कीराहरू नियन्त्रण गरेको छ वा छैन बुझ्न अझै पनि महत्वपूर्ण छ । अनि तपाईले कीटनाशक रसायनहरू प्रयोग गर्ने वा नगर्ने र कहिले गर्ने साथै कस्तो प्रयोग गर्ने निर्णय गर्न सक्नुहुन्छ ।
कीरा तथा रोगहरू नियन्त्रण गरी बिरुवालाई स्वस्थ राख्ने सबैभन्दा राम्रो उपायहरूः
बिरुवा खाने कीराहरू खेतीबालीको भाग हो । यिनीहरूले बिरुवालाई अलिकति हानि गर्छ साथै अरु कीराहरू (जसले हानिकारक कीरा खान्छ) लाई सन्तुलित बनाइराखेको हुन्छ । तपाईको खेतीबाली नियमित निरीक्षण गर्नुहोस् । यसले तपाईलाई मैत्री कीराहरूको आफ्नो काम कहिले गर्न दिनुपर्छ बुझ्न मद्दत गर्छ । तपाईलाई प्राकृतिक अथवा अरु कीरा मास्ने उपायहरू प्रयोग गर्न सहयोग पुयाउँछ । जब तपाई कीरा तथा रोगहरू हेर्नुहुन्छ, यस्ता प्रश्नहरू सोध्नुहोस् । जस्तैः
कहिलेकाहीं कीराहरूले हानिकारक कीराहरू खाएर बिरुवालाई बचाइरहेको सजिलैसँग देखिने हुन्छ । अथवा बिरुवा वृद्धिको यस्तो अवस्थामा ९कतबनभ० हुन्छ जहाँ यो कीराको केही हानि सहेर पनि स्वस्थ रहन सक्छ । कीराहरू स्वस्थ माटोको लागि महत्वपूर्ण हुन्छन् । मौरी, माकुराहरूलगायत अन्य धेरै कीराहरू र धेरै पानीमा बस्ने कीराहरू (जस्तो कि धान खेत) मैत्री हुन् र यसले हानिकारक कीराहरू नियन्त्रण गर्न मद्दत गर्छ । साथै सानो बारुला ९कmबिि धबकउ० वा झिंगाहरू ९ाष्भिक० जसको पछाडितिर लामो, मसिनो नली हुनेहरू पनि मैत्री हुनसक्छन् । मैत्री कीराहरूलाई त्यसै छोड्नु सबैभन्दा राम्रो हो किनकि तिनीहरूले तपाईको बालीलाई सहयोग गर्नसक्छ । कीराहरू हानिकारक, मैत्री वा हानिरहित थाहा पाउन तपाईको खेतमा तिनीहरूलाई हेर्नुहोस् । यदि कुनै कीरामा तपाई निश्चित हुनुभएन भने ती कीराहरू केही बिरुवाको भाग समेत आउने गरी संकलन गर्नुहोस् र केही दिनसम्म हेर्नुहोस् । यदि तपाईले कीराको अण्डाहरू देख्नुभयो भने त्यहाँबाट के कोरल्छ ९जबतअज० हेर्नुहोस् । यदि सानो कीरा अथवा लार्भाहरू निस्किने भने तिनीहरू हानिकारक कीराहरू हुनसक्छन् । यदि तिनीहरू उड्ने कीराहरू भएभने तिनीहरू पनि सहयोगी ९ाचष्भलमथि० हुन्छन् । हानिकारक कीराहरूले बाली बिगार्ने मुख्य तरीका भनेको बालीबाट रस चुस्नु र तिनीहरूलाई खानु हो ।
कीराहरूले बिरुवालाई कसरी हानि गर्छ भन्ने कुरा थाहा पाइसकेपछि यस किसिमका कीराहरूको लागि प्राकृतिक कीटनाशक विषादी प्रयोग गर्न सक्नुहुन्छ (अर्को पृष्ठमा हेर्नुहोस्) । एक पटक तपाईलाई कीराहरू कहिले देखापर्छ र यिनीहरू वातावरणसँग कसरी सम्बन्धित छन् भन्ने थाहा भएपछि कीरा नियन्त्रण गर्ने भौतिक पद्धति (हेर्नुहोस् २९९) प्रयोग गर्न सक्नुहुन्छ । कीरालाई कसरी नियन्त्रण गर्ने थाहा पाउनको लागि निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । के यो एउटा रूपमा आएर अर्कोमा परिवर्तन हुन्छ ? जस्तैः झुसिलकीरा पुतलीमा परिवर्तन हुन्छ । के यो चराहरू, अरु कीराहरू वा जीवको खाना हो ? यो कहाँबाट आउँछ ? यसले कहिले बाली नष्ट गर्छ
रासायनिक कीटनाशकले भन्दा प्राकृतिक कीटनाशकले मानिस र वातावरणलाई धेरै कम मात्र हानि गरी बालीलाई बिग्रनबाट जोगाउँछ । तिनीहरू बनाउन सजिलो हुनुका साथै रसायनहरूभन्दा सस्तो पर्छ । तर प्राकृतिक कीटनाशक विषादीहरू पनि होसियारीका साथ प्रयोग गर्नुपर्छ । कहिल्यै पनि चाहिनेभन्दा बढी प्रयोग गर्न‘ हुँदैन । तिनीहरूको प्रयोग गरिसकेपछि सधैं हात धुनुपर्छ । अन्नलाई बेच्नु र खानुभन्दा अगाडि पखाल्नुपर्छ । प्राकृतिक कीटनाशकले कुनै अवस्थामा राम्रो काम गर्न सक्छ तर अरु अवस्थामा नगर्न सक्छ । यदि एउटा किसिम काम लागेन भने अर्को तरीका प्रयास गर्नुहोस् ।
कडा गन्ध भएका बिरुवाहरू जस्तैः अदुवा, प्याज, खुर्सानीको धुलो र सयपत्री सिट्रोनेलाका पातहरूबाट बनेका विषादी बिरुवा खाने कीरा नियन्त्रण गर्ने राम्रो कीटनाशकहरू हुन् ।
बरुवाको रस चुस्ने कीराहरूलाई नरम साबुन वा तेलमा जमाएर तिनीहरूको श्वास नली बन्द गराई मारिन्छ । अथवा बनस्पति तेल मिसिएको पानी छर्दा यी कीरा मर्छन् । डिटरजेन्ट वा कडा साबुन प्रयोग गर्नु हुँदैन किनभने यसले बिरुवा, माटो र कीराहरूलाई बिगार्छ ।
पानीमा घुलाएको मूत्र ९गचष्लभ० बिरुवामा छर्दा कीराहरू मर्छन् । १० कप पानी मा १ कप मूत्र मिसाउनुहोस् । यसलाई १० दिनसम्म एउटा बन्द भाँडामा त्यसै छोड्नुहोस् र १० दिनपछि यो मिश्रणलाई बिरुवामा छर्नुहोस् । सूर्तिले धेरै कीराहरू मार्छ । ५ लिटर पानीमा १ कप सूर्तीको पात वा चुरोटको धुलो राखेर उमाल्नुहोस् । पात वा बोटको दाग हटाउने र थोरै साबुन हालेर स्प्रे गर्ने । यो गोलभंडा, आलु, मरिचको लागि हानिकारक हुनाको साथै त्यसमा लाग्ने धेरै कीराहरूलाई मार्दैन । महत्वपूर्णः सूर्तीको झोल विष हो । सूर्तीको झोल छाला वा कपडामा पर्नबाट बचाउनुहोस् । सूर्तीलाई उमाल्दा यसको वाफलाई सुँघ्नु हुन्न ।
हानिकारक कीराहरूको बासस्थान र जीवनचक्रको आधारमा तिनीहरूलाई नियन्त्रण गर्ने, शिकारी र परजीविहरूलाई प्रोत्साहन गर्ने जस्ता धेरै तरीकाहरू छन् । अरुले पनि यस्तो तरीका प्रयोग गरेका छन् कि भनेर अरुसँग सोध्नुहोस् ।
धेरै चमेरा, सर्प र कीराहरूले हानिकारक कीराहरू खान्छन् र परागसेचन गराउँछन् । चुच्चोको किसिम अनुसार चराले के खान्छ, तपाईको खेतमा उसले के गर्छ हेरेर तपाई भन्न सक्नुहुन्छ । अन्न खाने केही चराहरूलाई तर्साउन केही किसानहरू टल्कने चिजहरू जस्तैः चम्किलो कागज, पुरानो क्यासेटका टेपहरू र धातुका टुक्राहरू बालीसँग भुन्ड्याउँछन् । प्रायः चमेराहरू लामखुट्टे खान्छन् । तर कुनै चमेराहरू फलफूल खान्छन् । केही अरुले जनावरहरूलाई टोक्छन् । उनीहरूले खाइरहेको हेरेर वा उनीहरू राति सुत्ने ठाउँमा उनीहरूको खानेकुराका टुक्राहरू हेरेर, तपाई उनीहरूले तपाईको रुखको फलफूल खान्छन् कि तपाईलाई टोक्ने कीराहरू वा तपाईको अन्न खान्छन् भन्न सक्नुहुन्छ ।
फलफूलमा बस्ने झिंगालाई नियन्त्रण गर्न केही कुहेका फलफूललाई प्लाष्टिकको बोतलमा राखेर त्यसमा कीराको आकार बराबरको प्वालहरू बनाएर फल पाक्नुभन्दा ६ महिना अगाडि नै (जुन बेला झिंगाले फलमा अण्डा पार्न शुरु गर्छ) सम्बन्धित रुखमा झुन्ड्याउनुहोस् । कीराहरू भित्र जान सक्नेछन् तर त्यहाँबाट बाहिर आउन सक्ने छैनन् । स–साना झिंगाहरूले परागकणलाई धब्बा बोल्छ । बढिरहेको फूल फुल्ने बिरुवाहरूले धेरै मात्रामा परागकणहरू बनाउँदछ र यस्ता झिंगाहरूलाई आकर्षित गर्दछ र यसरी झिंगाहरूले बिरुवालाई कीराबाट जोगाउँदछ । अग्लो रुखहरूले गर्दा कीराहरू खेतको माथिबाट उड्छन् यी रुखहरूले उपयोगी कीराहरूलाई आश्रय पनि दिन्छन् । कमिलाहरू जोडदार शिकारी हुन् । यदि तपाईको बिरुवामा कीरा लागेको छ भने त्यसमा चिनी पानी छर्नुहोस् । कमिला चिनी पानी खान आउँछन् र कीराहरूलाई पनि खान्छन् । धेरै उड्ने कीराहरूले आफ्नो अण्डा बालीमा पार्छन् । त्यसपछि अण्डा कोरलेर बच्चाहरू अनि हानिकारक झुसिलकीरा बन्छन् । बाल्टिन वा पानी भरिएको भाँडोमाथि बत्ती बालेर भुण्ड्याउँदा कीराहरू आकर्षित हुन्छन् र पानीमा डुब्छन् । यसले अण्डा पार्नु वा कोरल्नुभन्दा अगाडि नै समस्या समाधान गर्छ ।
एउटै परिवारका बिरुवाहरूमा लाग्ने हानिकारक कीराहरू र रोगहरू समान हुनसक्छन् । उदाहरणको लागि यदि तपाईले एउटै खेतमा सधैं आलु रोप्नुभयो भने त्यो खेतमा आलुमा लाग्ने खपटे कीराहरू आएर बस्न र अण्डा पार्न सक्छन् । तर यदि प्रत्येक तीन वर्षमा त्यसले खान नसक्ने बाली लगाउनुभयो भने कीराहरूले खेत छाड्ने छन् वा मर्नेछन् । तेस्रो वर्षको बाली आलुसँग सम्बन्धित हुनुहुँदैन । यो पूरै फरक हुनुपर्छ जस्तैः मकै । यसलाई नै चक्रीय बाली ९ऋचयउ चयतबतष्यल० भनिन्छ । हानिकारक कीराहरू र रोगबाट बच्ने तरीकाहरू चक्रीय बाली र विभिन्न किसिमका बालीहरूसँगै लगाउनु हो ।
फेरेर लगाइएका बाली (कुनै खेतमा तपाईले लगाउनुभएको बाली परिवर्तन गर्ने) ले हानिकारक कीराहरू तथा रोगलाई खानाबाट बञ्चित गरेर नियन्त्रण गर्छ । यसले विभिन्न पोषणहरू थपेर माटोलाई उर्बर पनि बनाउँछ । उदाहरणको लागि एक मौसममा अन्नहरू लगाएर अर्का मौसममा सिमीहरू लगाउँदा माटोलाई राम्रो बनाउँछ । अन्नहरूले बढेर जैविक पदार्थ उपलब्ध गराउँछ र सिमीहरूले माटोमा नाइट्रोजन बढाउँछ ।
विभिन्न किसिमका बालीहरूले उपयोगी कीराहरूलाई बासस्थान उपलब्ध गराउँछ र हानिकारक कीराहरूलाई आफ्नो खाना खोज्न गह्रा बनाउँछ । धेरै प्रकारका बाली लगाउनाले खाद्य सुरक्षा पनि बढाउँछ । किनभने एउटा बाली बिग्रेपछि त्यहाँ प्रयोग गर्न अर्को बाली पनि हुन्छ । विभिन्न बालीहरू एकपछि अर्को रोप्दा हानिकारक कीराहरूबाट निम्न किसिमले बचाउँछः
बरुवाका रोगहरू, बिरुवालाई गर्ने असरहरूलाई हेरेर चिन्न सकिन्छ । जस्तैः पातको रङ परिवर्तन गर्नु, पातहरू ओइलाउनु अथवा बिरुवाको कुनै भाग असामान्य ढङ्गले वृद्धि हुने । ढुसी, व्याक्टेरिया वा भाइरसको कारण बिरुवामा रोग लागेको हुनसक्छ । यिनीहरू सबैलाई प्राकृतिक विधिबाट नियन्त्रण गर्न सकिन्छ । बिरुवालाई रोगबाट बचाउन माटोलाई स्वस्थ राख्न र दिगो कृषिका अरु सिद्धान्तहरू अनुसरण गर्नु सबैभन्दा राम्रो हुन्छ (पृष्ठ २८१) । जब तपाईलाई आफ्नो बालीमा रोग लागेको निश्चय हुन्छ, तपाई अरु बिरुवाहरूलाई रोग सर्नबाट बचाउन सक्नुहुन्छ ।
जब जमीन अभाव हुन्छ कोही किसानहरू बाली रोप्नको लागि रुख काट्छन् । तर रुख र बालीहरू सँगै रोप्दा जमीन बढी उत्पादनशील एवं विभिन्न किसिमका धेरै बालीहरू उपलब्ध गराउँछ । कृषि वन मा रुखहरू छान्ने र तिनीहरूलाई बढी प्रयोग हुने ठाउँमा रोप्ने कुरामा होशियारी चाहिन्छ । कोही किसानहरूले तलका निर्देशिका प्रयोग गर्छन् ।
प्रायः किसानहरूले कुनै बिरुवाहरूलाई राम्ररी छिप्पिन्न तिनीहरूबाट आफै बीउ संकलन गर्छन् । बीउलाई बचाउनाले तिनीहरू आफूले चाहेको गुणस्तरको बिरुवा विकास ९न्चयध० गर्न सक्छन् । स्थानीय बिरुवा उमार्ने र बीउको जर्गेना गरेर जैविक विविधता बचाउन र खाद्य सुरक्षा बढाउन महत्वपूर्ण हुन्छ (बिरुवा रोप्नेसम्बन्धी बिस्तृत जानकारीको लागि अध्याय १२ हेर्नुहोस्) ।
तपाईसँग राम्रो बीउ छ भन्ने कुरामा ढुक्क हुन तिनलाई निम्न ठाउँबाट संकलन गर्नुहोस् ।
कुनै पनि बीउ कति समयमा भण्डारण गर्न सकिन्छ भन्ने कुरा छान्न तिनीहरू हुर्कने ठाउँको अवस्थाबारे सोच्नुहोस् । उदाहरणको लागि चिसो अथवा सुख्खा मौसम हुने ठाउँको बीउलाई सामान्यतया महिनौं वा वर्षौं भण्डारण गर्न सकिन्छ किनभने तिनीहरूमा अंकुरण हुन सही अवस्था चाहिन्छ । तातो र वर्षा धेरै हुने ठाउँको बीउ राम्रोसँग भण्डारण हुँदैन किनभने तिनीहरू कुनै पनि बेला अंकुरण हुन सक्छन् । कडा खोल भएका बीउहरू सामान्यतया नरम खोल भएका बीउहरूभन्दा धेरै सजिलै लामो समयको लागि भण्डारण गर्न सकिन्छ ।
केही बीउहरू अंकुरण हुन विशेष हेरविचार चाहिन्छ (पेज २०७ हेर्नुहोस्) । तर सबै बीउलाई निम्न कुराहरू आवश्यक पर्छ ।
शुरुमा नर्सरीमा बिरुवा रोप्नु र जमीनमा सीधै रोप्नु बिरुवा रोप्ने दुईवटा सामान्य तरीकाहरू हुन् । कुन तरीका प्रयोग गर्ने भन्ने कुरा तपाईले कुन बाली लगाउने, रोप्ने बेलाको मौसमको अवस्था र तपाईसँग नर्सरीको लागि ठाउँ छ कि छैन ? भन्ने आदि कुरामा भर पर्छ (नर्सरी बनाउन पेज २०९ हेर्नुहोस्) ।
खाद्य उत्पादन गर्दा, धेरै खाद्यान्न मौसम, हानिकारक कीराहरू अथवा अरु कारणले बिग्रेर खेर जानु समुदायहरूको निम्ति दुःखको कुरा हो । खाद्यान्नको सुरक्षित भण्डारण गर्नु, खाद्यान्न उत्पादन गर्नु जस्तैः महत्वपूर्ण कुरा हो ।
काटिसकेपछि ९जबचखभकत० धेरै अन्नहरू मुसा लागेर ९च्यमभलतक०, कीरा लागेर वा कुहिएर खेर जान्छ । भण्डारमा खाद्यान्न बचाउन निम्न उपायहरू अवलम्बन गर्नुपर्दछः
पशुहरूले उत्पादन गर्ने खानेकुरा बाहेक खेतीपातीमा पनि धेरै फाइदा दिन्छन् । जसरी बोटबिरुवाहरू कृषि र किसानको लागि राम्रो हुन्छ । त्यसरी नै विभिन्न प्रजातिका जनावरहरू पनि खेती अनि किसानका लागि राम्रा हुन्छन् । माहुरीहरूले मह बनाउँदछ जुन हामीले खानको लागि प्रयोग गर्छौं । तिनीहरूले फूलहरूमा परागसेचन पनि गराउँदछ । कुखुरा र हाँसहरूले झारपात, त्यसका बीउहरू र हानिकारक कीराहरू खान्छन् र माटोलाई मलिलो बनाई राख्छ । यिनीहरूले खानेकुरा खोज्नलाई माटोलाई खोस्रेर ओल्टाई पल्टाई गर्छन् । कुखुराहरूलाई एक महिनासम्म एउटा पाटोमा दौडिन छोडिदिनुस् । त्यसपछि कुखुराहरूलाई अर्को पाटोमा सार्नुहोस् । पहिलो पाटोलाई खन्नुहोस् र केही रोप्नुहोस् । कुखुराहरू फेरि त्यही जाँदा नचाहिने झारपात उखेलेर खाइदिन्छ र माटोलाई पल्टाई दिन्छ । सुँगुरहरूले फैलँदो झारपातका गहिरो जराहरू उखेलेर खाँने क्रममा माटोलाई ओल्ट्याई पल्ट्याई दिन्छन् । कुखुराहरूलाई जस्तैः सुँगुरलाई पनि तपाईको बगैंचामा चराउनलाई सानो खोरहरू बनाउनुहोस् । बाख्रोहरूले बोटबिरुवा खाएर जमीन सफा पार्दछ । बाख्राहरूले सबथोक खाने भएकोले जुन बोट तपाई हटाउन चाहनुहुन्छ त्यो सँगै त्यसलाई बाँध्नुहोस् ।
एउटा सानो माछा पोखरीले थोरै ठाउँमा धेरै खाना उत्पादन गर्न सकिन्छ । सिँचाइको लागि पानी जम्मा गर्न सक्छ । पोखरीमा वा धान खेतीमा तपाईले निम्न कुराहरू उत्पादन गर्न सक्नुहुन्छ ।
धेरै भन्दा धेरै मानिसहरू आफूले खानको लागि, रोजगार सृजना गर्न र खेतमा काम गर्ने आफ्नो ज्ञान र परम्परालाई बचाइराख्न शहरमा खेती र बगैंचाहरू बनाइरहेका हुन्छन् । अन्नबाली र रुखहरू सहितको हरियो ठाउँ बनाउनाले शहरहरूको हावा राम्रो बनाउँछ र दम जस्तो वायु प्रदूषणले लाग्ने रोगहरू घटाउँछ । फोहर फाल्ने काम नलाग्ने र खाली ठाउँहरू खेत र बगैंचाहरू बनाउनाले शहरमा परिवर्तन गर्दा शहरलाई स्वस्थ र धेरै सुन्दर बनाउँछ ।
आफ्नो उत्पादन बेच्नको लागि कृषकहरूलाई बजारसम्म जाने राम्रो बाटो, सुलभ सवारी साधन र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक हुन्छ । सानातिना कृषकहरूलाई सहयोग गर्ने सरकारी नीति परिवर्तन गर्न धेरै समय लाग्छ । तर कृषकहरू उचित मूल्यको लागि विभिन्न तरीकारहरूबाट सरकारको सहयोग प्राप्त गर्न सक्छन् । स्थानीय बजार र अन्तर्राष्ट्रिय बजार साना कृषकहरूले धेरैजसो मध्यम वर्गीय खरिदकर्तालाई बेच्छन् र आफ्नो उत्पादनको लागि कम रकम पाउँछन् । सरकारले परम्परागत बाली जस्तैः धान र मकै उत्पादन उमार्न रोक लगाएर नगदेबाली जस्तैः उखु, कफी वा कोकाको उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउन सहयोग गर्न सक्छ । तर नगदेबालीबाट कमाउने सम्भावना अनिश्चित रहेको छ । यदि अन्तर्राष्ट्रिय मूल्यमा गिरावट भएमा तपाईसँग पैसाको साथै खानको लागि पनि केही नहुन सक्छ । त्यसैकारण धेरै किसानहरूको लागि खाद्य बालीको उत्पादनले स्थानीय र क्षत्रीय तहमा निरन्तर आम्दानीको बाटो बन्छ ।
अरु किसानहरूसँग सहकारी वा बजारीकरण बनाउनु त्यहाँ राम्रो मूल्य र खाद्य सुरक्षा छ भन्ने कुरा विश्वस्त गर्ने एउटा तरीका हो । जब किसानहरू सँगै आफ्नो उत्पादन बेच्छन् उनीहरूले आफ्नो बालीबाट पाउने मूल्यलाई राम्रोसँग नियन्त्रण गर्न सक्छन् र ढुवानी तथा बजारीकरणको लागत घटाउन सक्छन् । धेरैजसो देशहरूसँग सहकारी वा संगठित संस्था कसरी बनाउने भन्नेबारे नियम छ । सबै जनाले आ–आफ्नो जिम्मवारी राम्रोसँग बहन गरिरहेको छ भन्ने कुरामा विश्वस्त हुन तपाइले विश्वास गरेका मानिसहरूसँग काम गर्नु महत्वपूर्ण छ । सबैलाई निर्णयमा आफ्नो आवाज राख्ने र आम्दानीको राम्रो सामान बाँडफाँड गर्ने नियमहरूलाई पालना गर्नु पनि महत्वपूर्ण हुन्छ ।
खाना र कृषि उत्पादनलाई प्रशोधन गर्ने कम्पनीहरूले धेरै पैसा कमाउँछन् जुन किसानले पाउन सक्थ्यो । जब किसानहरूले अन्नहरूलाई बेच्ने उत्पादन (जस्तैः सुकाइएको फलफूल, सुख्खा र पोका पारिएका जडिबुटीहरू, जाम र जेली , मह, चिज , झोला , फर्निचरमा प्रशोधन गर्छन् त्यसलाई मूल्य जोडिएको उत्पादन भनिन्छ किनभने तपाईले आफूले उत्पादन गरेका अन्नमा मूल्य थप्नु भयो । खाना प्रशोधन गर्ने मेसिनहरू खरीद गर्न र मूल्य जोडिएका उत्पादनहरूको लागि बजार पाउन गाह्रो हुनसक्छ । सहकारीले यसलाई सजिलो बनाउन सक्छ ।
ठूलो कृषि सहकार्यले कम मूल्य राख्न सक्छ र पनि अझै नाफा गर्छन् । किनभने तिनीहरू धेरै उत्पादन गर्छन् र सरकारबाट पनि सहयोग पाउँछन् । तर सानो टुक्रा खेतमा उत्पादन गर्ने किसानहरूले पनि उत्पादन बढाउने कुनै खास तरीकाहरू प्रयोग गरी कार्यक्रमबाट नाफा पाउन सक्छन् ।
धेरै प्रमाणीकरण कार्यहरूले किसानहरूलाई आफ्नो उत्पादनको बढी मूल्य कमाउन सहयोग गर्छ । प्रमाणीकरणले ग्राहकहरूलाई बाली, बिना रसायन उत्पादन गरेको कुरा थाहा दिन्छ अथवा किसानहरूले उचित मूल्य पाउँछ । अन्तर्राष्ट्रिय बजारको लागि दुईवटा कार्यक्रमहरू जैविक प्रमाणीकरण र राम्रो व्यापार प्रमाणीकरण छन् । प्रमाणीकरण खोज्ने निर्णय गर्नुभन्दा अगाडि तपाईले आफ्नो खेत कसरी बन्दोबस्त भएको छ र के के परिवर्तन गर्नुपर्ने छ भन्ने कुरा बिचार पु¥याउनुहोस् । परिवर्तन गर्नको निम्ति कति समय र पैसा खर्च गर्नुपर्नेछ, तपाईको प्रमाणित उत्पादनको निम्ति त्यहाँ बजार छ कि छैन र तपाईको बाली प्रमाणित गरेर तपाईले के पाउनुहुन्छ भन्ने बारेमा सोच्नुहोस् ।
जैविक प्रमाणीकरण जैविक उत्पादनहरू दिगो पद्धति, बिना रसायन वा उन्नत जातको बीउहरू (हेर्नुहोस् अध्याय १३) को प्रयोग गरेर उत्पादन गरिएका हुन्छन् । बाली काटिसकेपछि पनि जैविक प्रमाणीकरण आवश्यक हुन्छ, उत्पादनहरूलाई रसायन प्रयोग गरेर उमारेको खाद्यान्नबाट छुट्ट्याएर राख्दछ । प्रत्येक देशहरूसँग प्रमाणीकरणका लागि विभिन्न नियमहरू छन् । किसानहरूले आफ्नो बालीहरू कसरी उमारेको छ भन्ने कुराको तथ्याङ्ग राख्न सबैभन्दा आवश्यक हुन्छ ।
राम्रो व्यापार प्रमाणीकरण राम्रो व्यापार प्रमाणीकरण कृषि सहकारीहरू अथवा संगठित कृषि मजदूरहरूलाई दिन्छ । राम्रो व्यापार प्रमाणीकरण हुनको लागि किसानहरूको समूहहरूले राम्रो मजदूरी अभ्यास, जर्बजस्ती मजदूरी र बाल मजदुरी नभएको तथा मजदुरलाई उचित ज्याला दिएको र राम्रो वातावरणीय अभ्यास बढाएको देखाउँछ । प्रमाणित रहिरहन समूहहरूले मजदुरी र वातावरणीय अवस्थालाई समयसँगै राम्रो गरिरहेको देखाउन आवश्यक हुन्छ । प्रमाणीकरणको लागि पैसा व्यहोर्न नसक्ने कृषक समूहहरूलाई छात्रवृत्ति पनि छ ।
हाललाई कफि, चिया, कोका, केरा साथै अरु ताजा फलफूल र अरु बालीहरू (जुन तपाईले यो पुस्तक पढ्दा पाउनुहुन्छ) का साना उत्पादकहरूलाई राम्रो व्यापार प्रमाणीकरण दिइएको छ । जैविक र राम्रो व्यापार प्रमाणीकरण कार्यक्रमबारे सिक्न स्रोतहरू हेर्नुहोस् ।
कसानको खेत पाठशाला भनेको सिकाउने कायक्रम हो जसले किसानहरूलाई साझा समस्याहरूको समाधान पत्ता लगाउन सहयोग गर्छ । प्रशिक्षित अभिमुखकर्ता हरूसँग किसानहरूले प्रश्नहरू सोध्छ, प्रयोग गरेर हेर्छ र आफूले सिकिरहेको कुराहरूबारे बोल्छ । किसानको खेत पाठशालाले किसानहरूलाई समस्या समाधान गर्न, संगठित हुने र नेतृत्वको दक्षता पनि विकास गर्न सहयोग गर्छ । जब कृषिलाई बढी दिगो बनाउन किसानहरू अझ सक्षम हुन्छन् तिनीहरूलाई आफ्नै ज्ञान र दक्षतालाई बढी मूल्यांकन गर्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 12/20/2019