दिगो कृषि भनेको लामो समयसम्म मानिस र जमीनको स्वास्थ्यको लागि गरिने कृषि हो । दिगो कृषि प्रणाली प्रयोग गर्ने कृषकहरूले पौष्टिक खानाको लागि परिवार र समुदायको जरुरत पूरा गर्नुको साथै पानी, माटो र भविष्यको लागि बीउको संरक्षण पनि गर्छन् । धेरैजसो खाना जमीनबाटै आउँछ । तर धेरै मानिसहरूसँग स्वस्थ खानाको जरुरत पूरा गर्न थोरै जमीन हुन्छ वा जमीन नै हुँदैन । दिगो कृषि, सहकारी खाद्यान्न बजार (पृष्ठ ३१३) र खाद्यन्नको बराबर बाँडफाँडले यी समस्याबाट छुट्कारा पाउन मद्दत गर्छ । कृषकहरू जमीनको हेरविचार गर्ने र उनीहरू आफूले गर्ने काममा पोख्त हुन्छन् । कृषिले दिगो कृषिको विधि विकास गर्छन् र समुदायको जरुरत पूरा गर्नको लागि र उनीहरूले काम गर्ने जमीनको अवस्था सुधार्न यी विधि अपनाउँछन् । दिगो कृषिले शहर, बजार वा पुर्खौंदेखि कृषि गरिरहेको ठाउँमा भोक, बसाईसराईं, राम्रो माटो विग्रिने, पानीको प्रदूषण आदि जस्ता समस्या समाधान गर्छ । दिगो कृषि प्रणाली कृषकहरूको लागि मात्र होइन । यो त घरमा मालीहरूलाई, स्वास्थ्य र विकासमा काम गर्ने र सामुदायिक बगैंचा सुरु गर्ने जो कोही वा पौष्टिकता सुधार्ने, खाद्यन्न सुरक्षा र सामुदायिक स्वास्थ्यका लागि शहरी कृषि गर्ने सबैको लागि महत्वपूर्ण हुन्छ ।
दगो खेतीको तरीकाले खाना मात्र प्रदान गर्दैनन् तिनीहरूले माटोलाई पनि उर्बर बनाउँछ, पानीको सुरक्षा गर्छ, मूल्यवान बीउहरू जोगाउँछ, जैविक विविधताको संरक्षण गर्छ र भावी पुस्ताको जीवन धान्नको लागि जमीन उपयुक्त हुने कुराको पनि सुनिश्चित गर्छ । खाना उब्जाउन दिगो तरीकाहरूको प्रयोगले किसान र मालीहरू रासायनिक विषादी र मलहरूको प्रयोगबिना नै थोरै जमीनमा धेरै उब्जाउन सक्छन् । बेच्न र खानको लागि धेरै राम्रो खाना, खाना उत्पादनको लागि कम कागज, हावा, पानी, जमीन र अरुको थोरै मात्र प्रदूषण गराउँदछ । दिगो खेतीले मानिसको स्वास्थ्यमा सुधार गर्छ किनभनेः
दिगो खेतीले जमीनलाई धेरै उत्पादनशील बनाउँछ । त्यसैले थोरै मानिसहरू मात्र बाध्य भई शहर जान्छन् । दिगो खेतीले माटोलाई राम्रो बनाएर, माटो संरक्षण र बीउहरू बचाएर खेती र खेती गर्ने समुदायलाई बचाउँछ ।
किसानहरूले स्थानीय स्थिति अनुसार काम गर्ने, सिक्ने र अरु किसानहरूलाई आफूले सिकेका कुरा बाँडे दिगो खेतीका कामहरू सबभन्दा राम्रो हुन्छ । दिगो खेतीका केही आधारभूत मार्गनिर्देशनहरूः
स्वस्थ बिरुवालाई स्वस्थ माटो चाहिन्छ । प्राकृतिक मल प्रयोग गरी माटोको गुणस्तर बढाउन पृष्ठ २८२ देखि २८८ सम्म हेर्नुहोस् । माटोलाई भूक्षयबाट बचाउन (अध्याय ११ र पृष्ठ २८९ र २९३ हेर्नुहोस्)
पानी जोगाऔं र पानीका स्रोतहरूको सुरक्षा गरौं । पानीको संरक्षण गर्ने तरीकाहरूको वर्णन पृष्ठ २९४ र २९५ मा दिइएको छ ।
प्रत्येक पटकको बीउ अर्को पटकको लागि बचाउनुहोस् । बीउ बचाउने जानकारीको निम्ति पृष्ठ ३०३ र २४६–२४७ हेर्नुहोस् ।
कीराहरू र रोगहरूलाई प्राकृतिक रूपमा नियन्त्रण गर्ने । प्राकृतिक रूपले कीरा तथा रोग नियन्त्रणबारे सिक्न पृष्ठ २९६–३०१ हेर्नुहोस् ।
विभिन्न किसिमका बालीहरू रोप्नुहोस् । विभिन्न बाली रोप्नुहोस् र हरेक वर्ष तिनीहरू रोपेको ठाउँ फरक पार्नुहोस् । यसले माटोमा पोषण बचाई राख्छ र विभिन्न किसिमका खाना उपलब्ध गराएर मानिसको स्वास्थ्य सुधार लगाउँछ । यसले कीरा र बिरुवामा लाग्ने रोगहरू पनि नियन्त्रण गर्छ (हेनुहोस् पृष्ठ ३००) ।
शुरुमा सानो परिवर्तन गर्नुहोस् । धेरैजसो बीउहरू सयौं र हजारौं वर्ष लगाएर विभिन्न नयाँ तरीकाहरू प्रयोग गरी सुधारिएको हुन्छ । तर सबै नयाँ उपायहरू सफल भएका छैनन् । नयाँ उपाय शुरुमा सानो खेत वा बगैंचामा प्रयोग गरौं । यदि त्यो सफल भएन भने पनि तपाईको बाँकी जमीनबाट खाना उपलब्ध हुनेछ ।
राम्रो बालीको निम्ति स्वस्थ माटो आवश्यक हुन्छ भन्ने कुरा किसानहरूलाई थाहा छ । धेरै किसानहरूले माटोलाई प्राकृतिक मलहरू जस्तैः जनावरहरूको मल, हरियो मल र कम्पोष्ट राखी राम्रो बनाउँछन् । प्राकृतिक मलहरू माटो, पानी, हावा र मानिसको लागि रासायनिक मलहरूभन्दा स्वस्थकर हुन्छ । यसले बिरुवालाई चाहिने सबै पोषण थोरै वा निःशुल्क उपलब्ध गराउँछ ।
माटो भनेको बालुवा, बलौटे, चिम्ट्याइलो र जैविक पदार्थ जस्तैः कीराहरू, जीवाणु, हरियो पातहरू, कुहिएका बिरुवाहरू र मलको मिश्रण हो । यी पदार्थहरूको परिमाण र जमीनमा तपाईको कामको तरीकाले माटोको बनोट (कति खस्रो र मसिनो छ भन्ने), उर्बरा (बालीहरू बढ्नको लागि कति उपयुक्त छ) र माटोको संरचना (माटोहरू कसरी आपसमा समेटेका छन्) मा असर गर्छ । माटोको राम्रो बनोट, संरचना र उर्बरा शक्तिले हावा, पानी, पोषण र बिरुवाको जरालाई यसले बाली वृद्धि गर्ने र भूक्षय रोक्न सक्षम बनाउँछ । यस बाहेक कुनै माटोहरू क्षारीय हुन्छन् भने कुनै अम्लीय हुन्छ । तपाई माटोलाई परीक्षण गरेर साधारणतया चाखेर यो अम्लीय छ कि क्षारीय छ थाहा पाउन सकिन्छ । बिरुवा त्यस्तो माटोमा राम्रोसँग हुर्कन्छ जुन माटो न त धेरै अम्लीय छ न त धेरै क्षारीय नै । विशेष पोषणहरू राखेर माटोलाई क्षारीय वा अम्लीय बनाउन सकिन्छ (पृष्ठ २८८ हेर्नुहोस्) । जैविक पदार्थले सबै प्रकारका माटोको सुधार गर्छ । जोत्न, खन्न, माटो उल्टाउन वा खाल्टो बनाउन गह्रौं साधनहरूको प्रयोगले माटो कसिलो (तलतिर धेरै कस्ने जसले गर्दा हावा र ठाउँ नरहने) बनाउँछ । कसिलो माटोमा पानी वा बिरुवाको जराभित्र छिर्न गाह्रो हुन्छ । कसिसकेपछि माटोबाट बिरुवालाई आवश्यक पर्ने पोषणहरू प्राप्त गर्न पनि कठिन हुन्छ । माटोलाई कस्सिनबाट जोगाउन माटो भिजेको लुगा जस्तो (नकि धेरै भिजेको वा सुख्खा) हुँदा पल्टाउनु पर्छ । धेरै किसानहरूले माटोलाई सकेसम्म कम पल्टाउँछ, जनावरको मल र बालीको नचाहिने चिजहरू राख्छन् । साथै माटो फुकिलो बनाउनको लागि जमीन प्रयोग गर्ने विधि जस्तैः खाडल खन्ने (पृष्ठ २९५) वा प्राकृतिक मल (पृष्ठ २८५) प्रयोग गर्ने पनि गर्छन् ।
रासायनिक मलले अहिले हाललाई सहयोग गर्छ पछि बिगार्न सक्छ । रासायनिक मल, किसान र खेत दुवैको लागि महङ्गो हुन्छ किनभने यसले माटो बिगार्छ, पानी प्रदूषित गर्छ र धेरै रसायनहरू चाहिने बनाइदिन्छ । यदि तपाईले पसलबाट ल्याएको मल हेर्नुभयो भने त्यसमा अक्षरहरू देख्नुहुन्छ । यी अक्षरहरू बिरुवालाई चाहिने मुख्य पोषण तत्वहरूलाई जनाउँछ (ल् भनेको नाइट्रोजन, ए भनेको फोस्फरस र प् भनेको पोटास अथवा पोटासियम हो) । रासायनिक मलमा यी रसायनहरू एकदमै (धेरै कडा) गाढा परिमाणमा हुन्छ । जब यी पोषणहरू खेतबाट जमीनमुनिको पानी र पानीको स्रोतहरूमा जान्छ यसले पानीलाई पिउन, लुगा धुन र नुहाउनको लागि अस्वस्थ बनाइदिन्छ । रासायनिक मल राखेर उमारेको बालीको सबभन्दा ठूलो समस्या भनेको किसानले यस्तो बालीमा जैविक पदार्थ जस्तैः जनावरको मल माटोमा थप्न बन्द गरिदिन्छ । यसले माटोको पोषण तत्व छिट्टै घटाउँदछ र माटो कस्सिएर जान्छ जसले कीराहरूको समस्या, कम उब्जनी, पानी सुक्ने र रासायनिक मलमा बढी निर्भर हुने गर्दछ । यदि तपाई रासायनिक मल प्रयोग गर्नुहुन्छ भने यससँगै प्राकृतिक मलहरू थप्नु आवश्यक छ ।
हरियो मलहरू माटोलाई उर्बर बनाउन सहयोग गर्ने बिरुवाहरू हुन् । यी बिरुवाले झारहरू आउन रोकिदिन्छ । धेरै बिरुवाहरूले यी दुवै कामहरू गर्ने भएकोले यसलाई हरियो मल वा छोप्ने बाली दुवै नामबाट चिनिन्छ । धेरै हरियो मलहरू कोसा आउने बिरुवा परिवार जस्तैः केराउ, चना र इमलीका रुखहरू छन् । कोसा आउने बिरुवा परिवारले माटोमा नाइट्रोजन बढाउँछ । यदि तपाईले चनाको बिरुवालाई तान्नुभयो वा केही रुखका जराहरू हेर्नुभयो भने तपाईले त्यसका जरामा सानो डल्लोहरू बनेको देख्नुहुनेछ । यी साना डल्लाहरूले हावाबाट नाइट्रोजन संकलन गरेर माटोमा राख्छ । यसले माटोलाई बढी उब्जाऊ बनाउँछ ।
माटोलाई सुधार गर्न बाहेक हरियो मलको अरु प्रयोगहरू पनि छन् । कुनैले खाना उपलब्ध गराउँछ जस्तैः जौ र सिमीहरू । अरुले बस्तुभाउको लागि घाँस उपलब्ध गराउँछ । जस्तैः बािबदिब र तीनपाते घाँस । घाँस र तोरी परिवारको बिरुवाले रोगहरू लाग्नबाट बचाउँछ । हरियो मलको रूपमा प्रयोग गरेका रुखहरूबाट दाउरा पनि उपलब्ध हुन्छ ।
विभिन्न बिरुवाहरूको मिश्रण सबभन्दा राम्रो छोप्ने बाली ९अचयउ अयखभच० हो । छिटो बढ्ने र अग्लो हुने अन्न बालीले माटोमा जैविक पदार्थ बढाउँछ साथै सिमी बालीले नाइट्रोजन बढाउँछ र जमीनलाई छोप्छ । माटोमा केले राम्रो काम गर्छ भनी थाहा पाउन तपाईको क्षेत्रका अरु किसानहरूसँग कुरा गर्नुहोस् ।
घाँसपात आउने बेलामा पनि माटोलाई छोपिराख्नु सबभन्दा राम्रो उपाय हो । घाँस, पात वा पराल माटो छोप्न प्रयोग गरिन्छ । यसैले पानी सोस्न सहयोग गर्छ । झारहरू नियन्त्रण गर्छ र भूक्षय रोक्छ । बिरुवाको नचाहिने भाग जस्तैः मकैको डाँढ, सिमीका लहरा, घाँसहरूले राम्ररी छोप्छ, किनभने तिनीहरूलाई खेतमा कुहिनको लागि छाड्न सकिन्छ र तिनीहरूले माटोलाई जैविक मल दिन्छ । झारहरूलाई पनि यस्तै किसिमले प्रयोग गर्न सक्छौं तर तिनीहरू फेरि उम्रन नदिन तिनीहरूमा बीउ लाग्नुभन्दा अगाडि काट्नुपर्छ । यस्ता घाँसपात ओछ्याउँदा १० से.मि.भन्दा बढी हुनु हुन्न । धेरै बाक्लो भएमा धेरै पानी सोसेर बिरुवामा रोग लगाउन सक्छ ।
बिरुवालाई आवश्यक पर्ने सबै खाले पोषणहरू जनावरको मलबाट उपलब्ध हुन्छ र केही समयपछि माटोको बनोट, संरचना र उर्बरा राम्रो बनाउँछ । अर्कोतिर रासायनिक मलहरूले माटोलाई २–३ वटा पोषणहरू मात्र दिन्छ र माटोमा सुधार पनि ल्याउँदैन ।
जनावरको प्रयोग गर्दा केही होशियारी अपनाउनुपर्छ । धेरै मलको प्रयोगले गर्दा माटोमा धेरै पोषणहरू बन्दछ र यसले पानीका स्रोतहरू प्रदूषित हुन सक्छ । ताजा मलले कीटाणुहरू पनि बोकेको हुन्छ जसले बिरामी बनाउन सक्छ । ताजा मल, ढल, खाडल अथवा पानीका स्रोत नजिकै नराखौं । मल चलाईसकेपछि तपाईको हात र लुगा राम्रोसँग सधैं धुनुहोस् ।
मानव मूत्र मलको रूपमा बदल्न सक्छ र राम्रोसँग प्रयोग गरेमा दिसाले माटोमा जैविक पदार्थ बढाउन सक्छ । तर मानव विकारले हानिकारक कीटाणुहरू बोकेका हुन्छन् र राम्रोसँग नचलाए बिरामी बनाउँछ (मानव विकारलाई कसरी सुरक्षित प्रयोग गरी माटो राम्रो बनाउनेबारे बुझ्न अध्याय ७ हेर्नुहोस्) ।
कम्पोष्ट भनेको खानाका टुक्रा, बालीका काम नलाग्ने फोहर, झारहरू र जनावरको मलबाट बनेको प्राकृतिक मल हो । माटोमा कम्पोष्ट राख्नु भनेको पृथ्वीलाई बालीमा भएका पोषण तत्वहरू फर्काउनु जस्तै हो । ठूलो खेतहरूको लागि प्रशस्त कम्पोष्ट बनाउन धेरै काम गर्नुपर्ने भएकाले यो प्रायः सानो खेतहरूमा प्रयोग गरिन्छ (कम्पोष्ट बनाउन पृष्ठ ४००–४०४ हेर्नुहोस्) ।
कम्पोष्टलाई बिरुवामा हाल्न र कीराहरू नियन्त्रणमा सहयोग पु¥याउन तरल बनाएर प्रयोग गर्न सकिन्छ । केही कम्पोष्टहरूलाई एउटा टुक्रा कपडामा बेर्नुहोस् र यसलाई बाँध्नुहोस् । यसलाई पानी भएको बाल्टिनमा ७–१४ दिनसम्म राख्नुस् । जब पानी खैरो हुन्छ, कपडाको पोका बाहिर निकाल्नुहोस् । बाँकी रहेको कम्पोष्टलाई खेतमा छर्नुहोस् र कम्पोष्ट चियालाई बिरुवाको पातमा हाल्नुहोस् । कम्पोष्ट चियाको काम सकिएपछि तपाईले हात धुन चाहिं नबिर्सनुहोस् ।
अरु वस्तुहरू थपेर माटोको अम्लिएपत्र (पृष्ठ २८२ हेर्नुहोस्) बदल्न सकिन्छ र पोषण थप्न सकिन्छ । चुन, काठको खरानी र जनावरको हाडको धुलो र र समुद्री जनावरको बाहिरी सेलको धुलो ले माटो कम अम्लीय बनाउँछ । जनावरको हाडको धुलाले फोस्फोरस पनि बढाउनका साथै काठको खरानीले पोटासियम बढाउँछ । सुकेका पातहरू र सल्लाका पातहरूले माटोलाई बढी अम्लीय बनाउँछ । कम्तीमा एक वर्ष कुहाएका रुख, बालीका फोहर मलमा गाडेको कफीका गुदीले माटोमा पोषणहरू बढाउँछ ।
माटोलाई सुरक्षित गरिएन भने हावा र पानीले माटोको माथिल्लो पातलो सतहलाई क्षय वा बिगार्न सक्छ र माटोमा पानी घटाउने कारण बन्छ । त्यसपछि बाँकी रहेको माटो कसिएको, पोषणहीन र बिरुवा बढ्नको निम्ति राम्रो हुँदैन । भूक्षयबाट बचाउन तथा माटो र पानीको संरक्षण गर्ने काम किसानहरूले गर्ने केही महत्वपूर्ण काम हो (भूक्षयबाट बचाउनेबारे सिक्नको लागि अध्याय ११ हेर्नुहोस्) ।
यदि तपाईले भिरालोमा तेर्सो बाटो बनाई एक टुप्पोबाट अर्को टुप्पो हिंड्न सक्नुहुन्छ भन्ने तपाई गह्रा पछ्याउँदै हुनुहुन्छ । पर्खालहरू घाँस वा झाडीका रेखाहरू अथवा खाल्डाहरूले बार बाँधेर हावा र पानीबाट हुने भूक्षय बचाउन सक्नुहुन्छ । यसले पानीलाई तल बग्न ढिलो गराउँछ साथै माटोमा पानी छिर्छ र यसलाई जमीनमुनि सोस्न मद्दत गर्दछ । भीरको तल र माथि गरेर जोत्नु भन्दा गह्रा गह्रामा जोत्दा जमीनमा पानीको बहाब ढिलो गराई बालीतिर पठाउँछ । ए. फ्रेम लेबल नामक उपकरणले गह्रामा छेकबार बनाउन गह्रा खोज्न मद्दत गर्छ ।
एकचोटी ए–फ्रेम लेबल बनेपछि, कति नजिक छेकबार बनाउने कुरा निर्णय गर्नुहोस् । तपाईको पहिलो छेकबार खेतको माथिल्लो भागमा हुनुपर्छ ताकि त्यो भन्दाबाट माथिल्लो खेतबाट आउने पानी त्यसले रोकोस् । अर्को बार कहाँ लगाउने भन्ने कुरा भीरअनुसार भर पर्छ । ज्यादै भिरालो भीरको लागि यिनीहरू १० मिटर दूरीमा हुनुपर्छ । ठीक्क भिरालो भएको ठाउँमा यो १५ मिटर दूरीमा हुनुपर्छ । थोरै भिरालो ठाउँमा यो २० मिटर दूरीमा हुनुपर्छ । यदि तपाईले ज्यादै भिरालोमा काम गर्नुपर्छ भने खनजोत गर्नुभन्दा छुट्टाछुट्टै रुखहरूलाई छुट्टाछुट्टै गह्रा बनाउन सक्नुहुन्छ वा हरेक बिरुवाको लागि भिन्दाभिन्दै रोप्ने खाल्डो वा स–साना गह्रा बनाउन सक्नुहुन्छ ।
सबै किसानहरूलाई पानी आवश्यक पर्छ । यदि तपाई सुख्खा ठाउँमा बस्नु हुन्छ भने पानी बचाउने सबैभन्दा राम्रो तरीका भनेको तपाईको आफ्नो ठाउँमा पाइने बिरुवा लगाउने वा वर्षात्मा मात्र पानी आवश्यक पर्ने बिरुवाहरू लगाउनुपर्छ । हरियो मल र माटो छोप्ने घाँसले माटोमा पानी धारन गर्न सहयोग गर्छ र गह्रा छेकबारहरूलाई बग्नबाट बचाउँछ । खेतमा पानी बचाउने अरु उपायहरू निम्न छन्ः
बरुवा रोपिएका खाल्डोहरूले वर्षात्को पानी संचय गरेर सुख्खा अवस्थामा बिरुवालाई बढ्न सहयोग गर्छ । एउटै खाल्डोमा धेरै प्रकारका बिरुवाहरू रोप्दा पानीको बढी सदुपयोग हुन्छ । धेरै पानी चाहिने बिरुवालाई भीरको मुनि रोप्नुपर्छ । थोरै पानीमा बाँच्न सक्ने बिरुवालाई भीरको माथिल्लो भागमा लगाउनुपर्छ । दोस्रो वर्षमा बिरुवाहरू त्यही खाल्डोमा वा पुरानो खाल्डोहरूको बीचमा नयाँ खाल्डो खनेर रोप्नुहोस् । वर्षौंसम्म नयाँनयाँ खाल्डोहरू खन्नुभयो भने सबै भाग उर्बर हुनेछ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 7/27/2020