অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

जलवायु सम्बन्धी जानकारी

जलवायु सम्बन्धी जानकारी

कृषि जलवायु क्षेत्र के हो?

"कृषि जलवायु क्षेत्र" प्रमुख जलवायुको सन्दर्भमा एउटा भूमिको एकाइ हो। जुन एक निश्चित् सीमाभित्र फसलहरूको प्रकार एवम् हलुवाहरूका लागि उपयुक्त हुन्छ। यसको उद्देश्य प्राकृतिक संसोधन र पर्यावरणको स्थितिलाई प्रभावित नगरीकनै भोजन, फाइबर, चारो र दाउराबाट प्राप्त हुने इन्धनको उपलब्धतालाई कायम राख्नु तथा यी क्षेत्रीय संसाधनहरूको वैज्ञानिक प्रबन्धन गर्नु हो। एउटा कृषि परिस्थतिको क्षेत्र जलवायु मुख्यत: जमिनको प्रकार, फसल उपजका लागि वर्षा तापमान र पानीको उपलब्धता वनस्पति बोटबिरुवालाई प्रभावित पार्ने कारकहरूलाई बुझिन्छ। (ए.एफ.ओ,१९८३) कृषि जलबायवीय योजनाको लक्ष्य प्राकृतिक र मानव निर्मित उपलब्ध दुवैलाई अधिक वैज्ञानिक तरिकाले उपयोग गर्नु पर्छ।

भारतको कृषि जलवायु क्षेत्रहरूको योजना

३२९ लाख हेक्टर भौगोलिक क्षेत्र लगायत देश कृषि जलवायु स्थितिको एउटा ठुलो संख्यालाई प्रस्तुत गर्दछ। देशमा कृषि जलवायुवीय जानकारी प्रस्तुतीकरणका लागि आज पर्याप्त आकडा उपलब्ध छन्। माटो, जलवायु, भौगोलिक र प्राकृतिक वनस्पतिको सम्बन्धमा वैज्ञानिक आधार माथि बृहत् स्तरीय योजना निर्माणका लागि प्रमुख कृषि परिस्थितिय क्षेत्रहरूलाई चित्रित गर्नका लागि धेरै प्रयास गरिएको छ। ती यस प्रकार छन:-

  1. योजना आयोगद्वारा निर्धारित कृषि जलवायु क्षेत्र
  2. राष्ट्रीय कृषि अनुसन्धान परियोजनाका अधिन जलवायु क्षेत्र(एन.ए.आर.पी)
  3. मृदु सर्वेक्षण एवम् भूमि उपयोग योजना राष्ट्रीय ब्युरोद्वारा निर्धारित कृषि परिस्थितिय क्षेत्र(एन.वी.एस.एस र एल. इउ.पी)

राष्ट्रीय कृषि अनुसन्धान परियोजना(पी.आर.ए.एन) राष्ट्रीय कृषि अनुसन्धान परियोजना(एन.ए.आर.पी) अर्न्तगत भारतको कृषि जलबायविक क्षेत्रहरूको चित्रण: वर्तमान स्थल विशिष्ट अनुसन्धान विकसित गर्ने तथा कृषि उत्पादन बढाउनका लागि नीतिहरूको विकासको उद्देश्यबाट कृषि जलबायवीय क्षेत्रहरूको पहिचानको उचित प्रेरणा प्राप्त भएको छ। अधिक र सही कृषि गतिविधिहरूको योजनाका उद्देश्यबाट प्रत्येक क्षेत्र (योजना आयोगद्वारा प्रस्तावित १५ संसाधन विकास क्षेत्र) को एन.ए.आर.पी योजना अर्न्तगत मृदु, जलवायु, वर्षा र अन्य उपक्षेत्रहरूको बन्टन गरिएको छ।

प्रत्येक राज्यको बृहत् अनुसन्धान समीक्षामाथि आधारित एन. ए. आर. पी. अन्तर्गत भारतमा लगभग १२७ कृषि जलमानवीय क्षेत्र पत्ता लगाइएको छ। क्षेत्रीय परिसीमाहरू चित्रित गरिएका समयमा प्रत्येक राज्य का भू-आकृतिका मण्डलहरू, तिनका वर्षा पद्धति, मृदुप्रकार, जल सिँचाइको उपलब्घता, वर्तमान शस्य-पद्धति तथा प्रशासनिक प्रकल्पहरूलाई कस्तो प्रकार विचार लिइएको छ भने क्षेत्रहरूमा अञ्चलहरूप्रति थोरै मात्र भिन्नता रहोस्।

एन.ए.आर.पी.को क्षेत्रीय परिसीमाको चित्रण घेरै मात्रामा जिल्लाहरू तथा केही विषयमा तालुक र तहसिल अथवा उपमण्डलहरूका रूपमा पनि विचारार्थ लिएको छ।

योजना आयोगद्वारा दिएको कृषि जलवायु क्षेत्र:

सातौं योजनाको नियुक्त्त लक्ष्यहरूको मध्यान्तर समीक्षाको एउटा परिणामको रूपमा योजना आयोगले प्राकृतिक भूगोल, माटो, भूवैज्ञानिक संरचना, सिँचाइको विकास र कृषिका लागि खनिज संशोधनहरूको योजना, जलवायु तरिका, भविष्यको रणनीतिको विकासका लागि फसलका आधारमा देशलाई पन्द्र व्यापक कृषि जलवायु क्षेत्रहरूमा विभाजित गरिएको छ। चौध क्षेत्रहरू मुख्य भूमिसँग सम्बन्धित र अन्तिम एउटा बङ्गालको खाडी र अरब सागरको द्वीपमा थिए।

यसको मुख्य उद्देश्य प्रविधिको कृषि जलवायुमाथि आधारित नीतिको विकास गरेर राज्य र राष्ट्रीय योजनाहरूको साथै कृषि जलवायु क्षेत्रलाई एकिकृत गर्नका लागि गरिएको हो। कृषि जलवायु क्षेत्रीय योजनामा अगाडि कृषि परिस्थितिय मापदण्डहरूको आधार यी क्षेत्रहरूको क्षेत्रीय विभाजन सम्भव भएको छ।

मृदु सर्वेक्षण एवम् भूमि उपयोग योजना राष्ट्रीय ब्युरोद्वारा निर्धारित कृषि परिस्थितीय क्षेत्रहरू (NBBS र LUP)

मृदु सर्वेक्षण एवम् भूमि उपयोग योजना राष्ट्रीय ब्युरोद्वारा निर्धारित कृषि परिस्थितीय क्षेत्रहरू (NBBS र LUP) प्रभावी वर्षा, माटो, जिल्लाका सीमाहरूलाई समायोजित गरेर क्षेत्रहरूको एउटा न्यूनतम् संख्या साथ चित्रित गरी २० कृषि जलवायु क्षेत्रहरू देखा परेका छन्। पछाडि सबै २० कृषि जलवायु इलाकाहरू ६० उपक्षेत्रहरूमा बाँडिएको छ।

  1. पश्चिमी हिमालय
  2. पश्चिमी मैदान, कच्छ र कठियावाड प्रायद्वीपको भाग
  3. डेक्कन पठाट
  4. उत्तरी मैदान र केन्द्रीय उच्य भूमि सहीत अरावली
  5. केन्द्रीय मालवा उच्यभूमि, गुजरातको मैदान र कठियावाड प्रायद्वीप
  6. डेक्कन पठाट, गर्मि अर्ड्क शुष्क इको क्षेत्र
  7. डेक्कन (तेलेङगना) पठाट र पूर्वी घाट
  8. पूर्वी घाट, तमिलनाडुको पणट डेक्कन (कर्णटक)
  9. उत्तरी सादा, गर्मि उप आर्द्र (सुक्खा) इकोक्षेत्र
  10. केन्द्रीय उच्यभूमि (मालवा, बुन्देलखण्ड र पूर्वी सतपुडा)
  11. पूर्वी पणट (छत्तीसगड), गर्मि उप आर्द्र (सुक्खा) ईकोक्षेत्र
  12. पूर्वी (छोटानागपुर) पठाट र पूर्वी घाट
  13. पूर्वी
  14. पश्चिमी हिमालय
  15. बङ्गाल र असमको मैदान
  16. पूर्वी हिमालय
  17. उत्तर पूर्वी- हिल्स (पूर्वाञ्चल)
  18. पूर्वी तटीय
  19. पश्चिमी घाट र तटीय मैदान
  20. अण्डामान निकोबर र लक्ष्यद्वीपका द्वीपहरू

स्त्रोत: कृषि मौसम विज्ञान विभाग, भारत सरकार



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate