टपेपछि गोलभेंडा चाँडै विग्रिदैनन्... गहुँ, भटमास र मकै जसले ठूलो मात्रामा रासायनिक विषादी प्रतिरोध गर्न सक्छ... भुईंमा कीरा मार्न सक्ने बीउहरू, यी मध्ये कुनै पनि प्राकृतिक होइनन् । तर पनि यी बाँच्छन् ।
यस्ता नयाँ जातका बिरुवाहरूलाई उन्नत जातका खाद्यान्न भ्लनष्लभभचभम भनिन्छ । यी खाद्यान्नहरू स्वास्थ्यवद्र्धक छन् भन्ने कुरामा सबैजना सहमत छैनन् । यस्ता अन्न उत्पादन गर्ने कम्पनीहरू यसबाट खाद्यान्न सुरक्षा ल्याउने, विश्वलाई अन्न पु¥याउने र जैविक इन्धनबाट प्राकृतिक तेलमा हुने निर्भरता घटाउने कुरा गर्दछन् । बाँकी अरु मानिसहरू यस्ता खाद्यान्न मानिस र वातावरणको लागि हानिकारक हुने बताउँछन् । जसले जे विश्वास गरे पनि, वर्तमान र भविष्यको कृषि र सबै जनाको खाद्यान्न सुरक्षा भने यी नयाँ उन्नत जातका अन्नहरूले परिवर्तन गरिसकेका छन् ।
धेरैजसो उन्नत जातका बिरुवाहरूले उनीहरूको पत्ता लगाउनेहरूले दावा गरे जस्तै राम्रो पौष्टिक र स्वास्थ्यलाभ प्रदान गर्दैन । अहिलेसम्म यस्ता बिरुवाले गरिब र भोकमरीको समस्या समाधान गर्न पनि मद्दत गरेको छैन । कम्पनीहरूले अधिकतम उन्नत जातका बालीहरू त्यसै कम्पनीबाट उत्पादन गरिएको रासायनिक मल, बीउ र विषादी बिक्रीको लागि सिर्जना गरिएको पाइन्छ ।
उन्नत जातका खाद्यान्नहरूले प्राविधिक समाधान प्रदान गर्दछन्– मानिसबाट बनाइएको महङ्गो बीउ– सामाजिक समस्याको लागि भोक । तर यदि कृषकहरू यस्तो बीउ किन्न निर्भर भएमा रासायनिक मल र विषादी किन्न जरुरी हुन्छ उत्पादनको लागि, यसले भोकलाई घटाउन भन्दा बढाउँछ । त्यसपछि त्यहाँ खाद्यान्न आधिपत्य कम गराउँछ ।
हरेक जीवित बस्तुको जिन्स (वंशाणु) नामक सानो भाग हुन्छ । यसले बिरुवा, जनावर अथवा मानिसहरू के बन्छन् र कसरी हुर्कन्छन् भन्ने कुरा निर्धारण गर्छः जस्तै बीउबाट बिरुवा, अण्डाबाट चल्ला, बच्चाबाट वयष्क आदि ।
जब यी वंशाणुहरू विभिन्न अवस्थामा जस्तैः तातो, चिसो, हावा, माटाको गुण आदिसँग घुलमिल हुन्छ तब मात्र यसले बिरुवा कसरी हुर्कन्छ भन्ने कुरा निर्धारण गर्छ । बिरुवाका विभिन्न गुणहरू जस्तैः रंग, आकृति, हुर्कने समय, फूल र फल दिने समय वा के पौष्टिकता रहेको छ त्यो सबै बिरुवाको वंषाणुले निर्धारण गर्दछ ।
जब कृषकले रोप्नको लागि मकैका ठूला बीउहरू छानेर जोगाउँदछन् तब त्यस ठूला बीउको वंशाणु गुण वर्षौसम्म रहिरहन्छ तर सानो बीउको वंशाणु गुण भने हराउँछ । यसरी नै बिरुवा उत्पादनको काम हुन्छ । यो कृषकले चाहेअनुसारको बिरुवा उत्पादन गर्ने र छान्ने एउटा ढिलो प्रक्रिया हो ।
जेनेटिक इन्जिनियरिङ्ग अरु बिरुवा उत्पादनभन्दा फरक छ । यसमा वैज्ञानिकहरूले प्रयोगशालाको माध्यमबाट बिरुवा र जनावरहरूको वंशाणु गुण परिवर्तन गर्छन् । उनीहरूले चाहेअनुरूपको गुण भएको बिरुवा उत्पादन गर्न दुईवटा एकदमै भिन्दै बिरुवाको वंशाणु गुण मिसाउन सक्छन् (जस्तैः चामल र मकै) । उनीहरूले बिरुवाको जिन्सलाई जनावरको वंशाणु गुणसँग पनि मिसाउन सक्छन् । यसै कारणले यसलाई “जेनेटिक इन्जिनियरिङ्ग” भनिन्छ । इन्जिनियर जस्तै बिरुवाका वैज्ञानिकले प्राकृतिक रूपमा विकास नहुने नयाँ किसिमका बिरुवा र जनावर बनाउँछन् ।
उन्नत जातका बिरुवाहरू केवल नयाँ थरीका र राम्रो गुण भएका बिरुवामात्र होइनन् । यिनीहरू यस्तो बिरुवाहरू हुने जुन पहिलो कहिले पनि थिएनन् । कम्पनीहरू वर्षेनी अरबौं रूपैयाँ नयाँ जातको बिरुवा उत्पादन गर्न खर्च गर्छन् । जस्तैः चाँडै उम्रने र कागज बनाउनको लागि नरम काठ भएको रुख, धेरै समयसम्म राख्दा पनि ताजै रहने गोलभेंडा, ठूलोमात्रामा रसायनको प्रयोगमा बाँच्न सक्ने भटमास, गहुँ, कपास र सामान्य भन्दा ठूलो हुने माछा र सँुगुर आदि ।
दिगो तरीकाले उन्नत जातको बाली उत्पादन गर्नु परम्परागत बाली उत्पादन गर्नुभन्दा महङ्गो पर्छ । अर्को वर्षको लागि पहिलेको वर्षको बीउ राख्नुभन्दा कृषकहरू धेरैजसो उन्नत जातको बीउ महङ्गो रासायनिक मल र विषादीसहित हरेक वर्ष किन्ने गर्छन् । उन्नत जातका बालीको अरु पनि लुकेको खर्चहरू छन् । पौष्टिकताको आधारमा यी बाली न्यून हुन्छ साथै यसले वातावरणलाई पनि हानि पु¥याउँछ (पृष्ठ २४३) । उन्नत जातका बिरुवा लगाउनु भन्दा पहिले यी अरु लुकेका खर्चहरू हेर्न जरुरी हुन्छ ।
उन्नत जातका अन्नका केही स्वास्थ्य असरहरू थाहा भइसकेका छन् किनभने मानिसहरू यो खाएपछि विरामी परेका छन् । अरु स्वास्थ्य असरहरू शंका गरिएको छ तर अझै सावित भएको छैन ।
उन्नत जातका अन्न उत्पादन गर्ने अमेरिका र अरु देशका सरकारी कार्यालयले यसको स्वास्थ्य असरको बारेमा जाँच गर्न अस्वीकार गरेका छन् । यस्ता अन्न उत्पादन गर्ने कम्पनीहरूले आफ्नो अन्नको जाँच नहोस् भनी हरसम्भव प्रयास गर्छन् । उनीहरूले उत्पादन गर्ने उन्नत जातका अन्न अरु सामान्य अन्न र खाद्यान्नसँग लेबल नगरी मिसाउने गर्छन् । यस्ता कुराहरूले उन्नत जातका अन्न खतरनाक छन् भनेर थाहा पाउन बाधा पु¥याउँछ ।
उन्नत जातका अन्नबाट स्वास्थ्यमा के असर पुग्छ भनेर जान्न धेरै वर्षको अध्ययन जरुरी छ । वैज्ञानिकहरूले उन्नत जातका अन्नको केही सम्भाव्य स्वास्थ्य खतराको बारेमा अध्ययन गरिसकेका छन् ।
उन्नत जातकाअन्नबाट बनेका खानाहरूमा पहिला कहिले नखाएको पदार्थहरू हुन्छन् । यसले गर्दा मानिसको शरीरले यस्तो खानासँग नकारात्मक प्रतिक्रिया जनाउँदछ । पहिले नै उन्नत जातका अन्नको कुन चाहिँ वस्तुले एलर्जी गर्छ भन्ने कुरा थाहा नभएर धेरै मानिसहरूमा खानाको माध्यमबाट यसको असर देखापर्छ ।
धेरैजसो उन्नत जातका अन्नहरू ठूलो मात्रामा रसायनको प्रयोग पछि राम्ररी हुर्कन्छन् । केही उन्नत जातका बीउहरू बनाउँदा नै यसमा हुने गरी बनाइन्छ । ठिक्क सीमित मात्रामा केही रसायनको प्रयोगले कृषकलाई फाइदा हुन्छ । तर यसको अत्याधिक प्रयोगले दुवै मानिस र वातावरणलाई हानि पु¥याउँछ (अध्याय १४ हेर्नुहोस्) ।
उन्नत जातका आलु र गोलभेंडा खाने जनावरहरूको पेटमा परिवर्तन आउँछ । जसले गर्दा क्यान्सर, मृर्गौला र अन्य अंगको खराबी र मष्तिष्कको राम्रो विकाशमा अवरोध असर पुग्छ । तर जब उन्नत जातका अन्न जाँच गरिंदैन र लेबल गरिंदैन, चिकित्सकहरूलाई मानिसमा क्यान्सर र अन्य अंगका खराबी उन्नत जातका अन्नबाट भएको हो अन्न भन्न सम्भव हुँदैन ।
जेनेटिक इन्जिनियरिङ्गको फलस्वरूप केही उन्नत जातका अन्नहरूमा एन्टिबायोटिक्ससँग वंशाणु गुण हुन्छ । केही वैज्ञानिकहरू मानिसले यस्तो खाना खाएमा पेटमा भएका कीराहरूमा एन्टीबायोटिक्ससँग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने कुरामा विश्वास गर्छन् । त्यसपछि यदि समस्याको समाधान गर्न एन्टिबायोटिक्स लिन परेमा मानिसहरूमा त्यसले काम गर्दैन ।
सुनौलो धान सामाजिक समस्या र गरिबी अनि कुपोषणका कारण हुने समस्याको एउटा प्राविधिक उपायको उदाहरण मात्र हो । तर यो बाहेक पनि अर्को उपायहरू छन् । ताजा फलफूल, हरियो सागपात र अरु खानामा धेरै मात्रामा भिटामिन ए हुन्छ (यसको लागि सामान्य स्वास्थ्य पुस्तक जस्तैः जहाँ डाक्टर नभएमा अधिक जानकारी पाउन सकिन्छ) । बढ्दो रसायनको प्रयोगल हरियो तरकारीहरूलाई झारपात नियन्त्रण गर्ने विषादीको प्रयोग गर्नुभन्दा पहिले यी हरिया सागपात धानको खेत वा कृषकको बारीमा त्यत्तिकै उम्रन्थे ।
बंगलादेश जस्तो देशहरूमा, आफ्नो बच्चाहरूले उचित पौष्टिक आहार प्राप्त गरून् भनेर मानिसहरू घरमा नै करेसाबारी लगाउँछन् । हेलेन केलर इन्टरनेशनल नामक संस्थाको सहयोगमा कुपोषणका कारण हुने अन्धोपन र स्वास्थ्य समस्याबाट बँच्न मानिसहरूले ६ लाख करेसाबारी लगाए । कुनै महङ्गो प्राविधिक समाधान जस्तैः उन्नत जातको बालीतर्फ नगई पोषण र खाद्यान्न सुरक्षा सुधार्ने एउटा सजिलो उपाय हुन सक्छ, करेसाबारी ।
ठूला कम्पनीहरूले केही प्रकारका मात्र बीउ उत्पादन गर्ने र बेचविखन गरेमा र संसारभरका कृषकलाई त्यहीं मात्र प्रयोग गर्न राजी गरेको खण्डमा अन्य विभिन्न बिरुवा हराएर जानेछन् र खाद्यान्न सुरक्षामा कमी आउनेछ । तर उन्नत जातकोबालीको वातावरणमा सबैभन्दा ठूलो नोक्सान भनेको जैविक विविधताको नाश हो (पृष्ठ २७) जुन स्वास्थ्य वातावरणको अति आवश्यक छ ।
प्राकृतिक कीरा नियन्त्रक गुमाउनुः केही उन्नत जातका बालीहरूभित्र विषादी राखेर बनाइन्छ । यदि विषादीहरू ध्यान नदिई नियन्त्रित प्रयोग गरेको खण्डमा कीरा मार्नको सट्टा त्यसमा झन् प्रतिरोधात्मक क्षमता बढ्छ (पृष्ठ २७३) ।
जंगली जनावर र माटोको नोक्सानीः उन्नत जातकोबालीमा भएको विषादीले माटोमा बस्ने उपयोगी कीरा र जीवाणुलाई मार्छ । यसले चरा, चमेरो र अन्य जनावर जसले बिरुवामा परागसेचन गराउन र कीरा इत्यादि नियन्त्रण गराउन मद्दत गर्छ, त्यसलाई मार्न सक्छ ।
नजिकैका बिरुवामा क्षतिः उन्नत जातकोबालीमा भएको पराग हावाले उडाएर त्यस्तै अरु बिरुवामा लान्छ । उन्नत जातकोबिरुवा नयाँ भएकोले यसको दीर्घकालीन असर के हुन्छ भन्नबारे कसैलाई थाहा हुँदैन ।
अफ्रिकन भनाइअनुसार, “यदि तपाईंलाई नदिको गहिराई नाप्नु छ भने पहिले एउटा खुट्टा पानीमा हाल्नुस्, यसो गर्नाले तपाईलाई बगाउने खतरा हुँदैन” । यसलाई अर्को भाषामा पूर्वसावधानी भएको काम गर्न र पूर्वसाधानीयुक्त नियम पालना गर्नु बुद्धिमानी हो भन्न सकिन्छ (पृष्ठ ३२) । कुनै नयाँ आविष्कार वा सामान प्रयोग गर्नुअघि त्यो सामान सुरक्षित छ भनेर थाहा पाउनु राम्रो हो जसले गर्दा अनावश्यक किसिमको खतराबाट जोगिन सकिन्छ । तर कम्पनी र सरकारहरू दिनदिनै उन्नत जातका बालीहरू परीक्षण गरिरहेका छन् जसले गर्दा के असर पुग्छ भन्ने कुरा थाहा नभई उनीहरूले हामीलाई नदिको गहिराई एउटा खुट्टाको सट्टा दुईवटै खुट्टाले नाप्न बाध्य बनाइरहेका छन् ।
धेरैजसो उन्नत जातका बीउहरू देख्दा, छुँदा, खाँदा र सुँघ्दा साधारण बीउ जस्तै देखिन्छन् । त्यसैले कृषकहरू यो के कस्तो हो भनेर थाहा नपाई रोप्ने गर्छन् । सबैभन्दा धेरै उन्नत जातको बाली उत्पादन गर्ने मोन्सान्टो कम्पनीले उन्नत जातको बाली नामकरण गर्न लेवल गर्दै खाने मानिस यो उन्नत जातकोअन्न हो भनेर थाहा नपाओस् भन्ने प्रयास हुन्छ । वंशाणुको आकृति परीक्षण गर्नु नै उन्नत जातकोअन्न हो भनेर थाहा पाउने एउटै उपाय हो । अमेरिका र युरोपमा परीक्षण सामग्री उपलब्ध छ तर महङ्गो पनि छ ।
धेरै देशहरू उन्नत जातको अन्न उतपादन गर्न र आफ्नो देशमा भित्र्याउन निषेध गर्छन् । तर यी देशहरूमा पनि उन्नत जातको अन्नले खाद्यान्न आपूर्तिमा आफ्नो बाटो बनाउँछन् । गरिब देशहरूमा उन्नत जातको अन्न बजारमा र खेतमा आउने एउटा तरीका हो खाद्यान्न सहयोग ।
जब देश अधिक भोकमरीबाट गुज्रिन्छ तब सहयोगको रूपमा उनीहरूले धान आदि संयुक्त राष्ट्रसंघ अथवा अन्य देशहरूबाट प्राप्त गछ्र्रन् । जुन देशमा उन्नत जातकोधान उत्पादन हुन्छ प्रायः त्यो देशले खाद्यान्न सहयोगको रूपमा वितरण गर्छ । यसले कृषक, भोको मानिस र सरकारलाई उन्नत जातको अन्न र भोक मध्ये एउटालाई छान्न बाध्य गर्छ ।
तर कुनै बेला संकटको घडीमा पनि सरकारले आफ्नो निर्णय लिन सक्छ । उदाहरणको लागि जाम्बिया र जिम्बाब्वेलाई २००२ को जाडोमा भएको भोकमरीको बेला उन्नत जातकोमकै खाद्यान्न सहयोगको रूपमा प्रस्ताव गरिएको थियो । जाम्बियाले उन्नत जातकोखाद्यान्न अस्विकार गरेको थियो । यस्तो निर्णयपछि अन्तर्राष्ट्रिय दाताहरूले जाम्बियालाई अरु अफ्रिकन देशबाट जहाँ अन्न बढी उत्पादन गरिएको थियो, त्यहाँबाट किन्न पैसा अनुदान दियो । केही यूरोपियन देश जहाँ उन्नत जातको अन्न गैरकानुनी छ, त्यसले यस्तो अन्नलाई खाद्यान्न सहयोगको रूपमा प्रस्ताव गरे ।
जम्बाब्वेको सरकारले भोका मानिसबाट आउने दबाब महसुस ग¥यो । मकैलाई पिसेर रोप्न नमिल्ने र भविष्यमा हुने समस्या उत्पन्न हुन नदिने सर्तमा जिम्बाब्वेले उन्नत जातकोखाद्यान्न सहयोग स्विकार गयो ।
संसारभरिका समुदाय उन्नत जातकोअन्नबाट हुने असरको बारेमा सजग हुन थालेका छन् । केही मानिसहरू सरकारले उन्नत खाद्यान्नमा लेबल लगाइनु पर्छ भनेर माग राखिरहेका छन् ताकी उनीहरू त्यस्ता खाना खान र किन्न बञ्चित रहुन् । अरु मानिसहरूले उन्नत जातका बाली लगाउन अस्विकार गरे । धेरै समुदायहरू पहिलाकै परम्परागत बीउ जोगाउने शैलीमा र सामुदायिक बीउ प्रबन्धमा फर्किसकेका छन् । जब समुदायले विभिन्न प्रजातिको बीउ भविष्यमा रोप्नको लागि जोगाउँछन् र त्यसको ध्यानपूर्वक तथ्याङ्क ९च्भअयचम० राख्छन्, सामुदायिक बीउ प्रबन्ध मानिन्छ । यसरी समुदायले महत्वपूर्ण बीउको स्रोतलाई जोगाउँछन् र जैविक विविधताको संरक्षण गर्छन् । साथै उनीहरूले बाहिरका मानिसहरूले आफ्नो परम्परागत बीउमा हकदावी गर्न पनि रोक लगाउँछन् ।
धेरै थरीको अन्न रहोस् भन्नको लागि र थुप्रै प्रजातिको बिरुवाहरू लोप नहोस् भनेर विश्वस्त गर्नको लागि सरकारले राष्ट्रिय बीउ भण्डार बनाउन सक्छ र बनाउनु पनि पर्छ । खाद्यान्न सुरक्षाको लागि बीउ वितरणमा नियन्त्रण हुनु जरुरी हुन्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 8/2/2020