जीवनाशक विषादीको विषाक्तपनका विभिन्न लक्षणहरू हुन्छन् र तिनीहरू फ्लूको लक्षण, औलो, एलर्जीको प्रक्रिया अथवा फोक्सोको रोगहरूसँग सजिलै अल्मलिन सक्दछ । सधैाँरणतया एक पटकमा एउटा लक्षण मात्र देखिन्छ । धेरैजस्तो सबै लक्षण भनेको एकैचोटी देखिन्छ । विषादीको असर परेको हो भनेर तपाईलाई थाहा नहुन सक्दछ किनभने लक्षणहरू र बिस्तारै मात्रै देखिन्छ ।
कहिलेकाहीं त्यस्तै बिरामी भएका वा जीवनाशक विषादीहरूसँग काम गर्ने व्यक्तिहरूसँग कुरा गरेर पनि जीवनाशक विषादीबाट बिरामी भएको हो होइन भनेर थाहा पाउन सकिन्छ । जब मानिसहरूले विषादीका संकेतहरूकाबारेमा कुराकानी गर्छन् र जीवनाशक विषादीहरू नजिकै प्रयोग गरिन्छ भने त्यहाँ बिरामी हुनुको कारण जीवनाशक विषादी नै हुन सक्दछ ।
यदि तपाई जीवनाशक विषादीको सम्पर्कमा कार्य गर्नु हुन्छ भने सावधानीका उपाय अपनाउनुहोस् । आफ्नो तथा अरुको स्वास्थ्य र वातावरणको बारेमा ध्यान दिई सुरक्षित उपाय अपनाउनुहोस् । आफू र आफ्नो वरीपरीका मानिसहरूलाई बचाउँनको लागिः
सुरक्षित पोशाक लगाउन सजिलो बनाउन, जीवनाशक विषादी बिहान सबेरै वा साँझपख छर्ने जब धेरै गर्मी हुँदैन । समयसमयमा छहारीमा आराम गर्ने र धेरै पानी पिउने गर्दा गर्मीले हुने बिरामीबाट बच्न सकिन्छ । सुरक्षा पोशाक र उपकरणकोबारेमा अधिक जानकारीका लागि अनुसूची १ हेर्नुहोला । गर्मी रोगहरूबाट जोगिन र उपचार गर्न “जहाँ डाक्टर नभएमा” वा अन्य उपचारमूलक किताब हेर्नुहोला ।
तपाईले प्रयोग गर्ने उपकरणहरू राम्ररी काम गर्छन् गर्दैनन् जा“च गर्नुहोस् । जीवनाशक विषादी छर्ने उपकरणले राम्ररी काम गर्छ गर्दैन जाँच गर्नुहोस् र चुहावट हुन नदीनुहोस् । प्वाल परेको पञ्जा नलगाउनुहोस । श्वास लिने मेसिन छ भने प्रयोग गर्नुहोस् र त्यसको जाली हरेक दिन फेर्नुहोस् । यस्तो उपकरणविना जीवनाशक विषादी सुँघ्नु स्वास्थ्यको लागि हानीकारक हुनसक्छ ।
यदि कृषि कामदारहरूलाई जीवनाशक विषादी प्रयोग गर्छन् भने कामदारहरूलाई हातमुख धुने, नुहाउने, लगाएको लुगा धुन आवश्यक मात्रामा पानी र साबुनको व्यवस्था गरिदिनु मालिकको दायित्व हुन्छ ।
जीवनाशक विषादीसँग काम गरिरहेको अवस्थामा केही काम गर्नु अगाडि जस्तैः चुरोट पिउन, पानी पिउन, खाना खान, आँखा, नाक, मुख छुन, दिसापिसाब गर्न जानु अगाडि राम्ररी साबुन पानीले हात धुनुपर्छ । काम सकेपश्चात् सर्वप्रथम आफ्नो हात तथा खुट्टाको नङलाई राम्ररी सफा गर्नुहोस् । त्यसपछि पूरा शरीर साबुन पानीले पखाल्नुहोस् ।
जीवनाशक विषादीको विषाक्तपनबाट जोगिन आफ्नो कपडा धुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । जब कपडा नधोइकन त्यत्तिकै राखिन्छ, छालामा असर पर्दछ । हरेक दिनको कार्य पश्चात आफूले लगाएको पोशाक फेर्नुहोस् र प्लाष्टिक झोलामा राखेर धुनको लागि दिनुहोस् । ताकि धुने मान्छे पनि सुरक्षित होस् (तपाई आफै भएपनि) । आफै धुँदै हुनुहुन्छ भने पनि पञ्जा लगाएर सफा साबुन पानीले धुनुहोस् । जीवनाशक विषादी लागेको कपडा कहिले पनि खोलामा धुनु हुँदैन । खानेपानीको स्रोत वा नहरमा कहिल्यै लुगा धुने वा नुहाउने नगर्नुहोस् । पञ्जाबिना कपडालाई छुने प्रयोग नगर्नुहोस् र पछि हात धुनुहोस् । पखालेको फोहर पानी खेतमा नै खन्याउनुहोस् । एक पटकमा थोरै मात्रै कपडा धुनुहोस् र जीवनाशक विषादी रहेसम्म र त्यसको गन्ध नगएसम्म पखाल्नुहोस् । साथै बुटहरू, पञ्जा र टोपी पनि साबुन पानीले धुनुहोस् । धोएको लुगा सुकाउँदा जीवनाशक विषादी छरिएको ठाउँभन्दा टाढा सुकाउने । जीवनाशक विषादी नजिकै छरिएको बेला वा हवाइजहाजले छरेको समयमा कपडा नसुकाउनुहोस् । अरु कपडा धुनु अघि कपडा धुने भाँडा राम्ररी सफा पानी र सोडाले पखाल्ने । काम गर्ने पोशाक अरु पोशाकहरूभन्दा बेग्लै राख्ने ।
जीवनाशक विषादी नसुकुन्जेल वा धुलो स्थिर नहुन्जेल खेतमा छिर्न हुँदैन । जीवनाशक विषादी प्रयोग गरेको खेतमा पस्नु अगाडि कुन विषादी प्रयोग गरेको हो पत्ता लगाउने र सुरक्षित नभएसम्म खेतमा नजाने । त्यसलाई प्रयोग गरिएको कति समय पश्चात खेतमा जान सुरक्षित हुन्छ थाहा पाउनुहोस् र सोही अनुसार गर्नुहोस् (पृष्ठ २७६)
जीवनाशक विषादीलाई कुनै सुरक्षित तथा सुख्खा ठाउँमा भण्डार गर्नुपर्छ । प्रायः जीवनाशक विषादीलाई लामो समयसम्म भण्डारमा राखिन्छ जहाँ भाँडाहरू खिएर वा प्वाल परेर चुहावट हुने गर्दछ । जीवनाशक विषादीको भण्डार गरेको ठाउँ वरपरि बिरामी, चरा वा अन्य जनावरहरू मरेको पाइएमा त्यहाँ जीवनाशक विषादी चुहावट भई माटो वा पानीमा मिसिएको हुन सक्छ ।
जीवनाशक विषादीहरूलाई पानीको बोतल, अन्य भाँडाकुँडा, जनावरको खाद्य भाँडा मा राख्ने गर्नु हुँदैन । तिनीहरूलाई राखिएको भाँडा पूर्णरूपमा कसिएको र उठेको हुनुपर्दछ । समयसमयमा तिनीहरूबाट चुहावट भए नभएको, चुहावट हुने सम्भावित ठाउँहरूमा पहिले नै सुरक्षाका उपाय अपनाउनु पर्छ
यदि तपाई सानो परिमाणमा जीवनाशक विषादी खरीद गर्नुहुन्छ भने भण्डार गर्दा भाँडामा राम्ररी जीवनाशक विषादीको नाम र खतराको चिन्ह बनाईराख्नुहोस् । यी भाँडाहरूलाई अन्य प्रयोजनमा प्रयोग नगर्नुहोस् । बच्चाहरूले भेट्टाउने ठाउँमा नराख्नुहोस् र खाद्य सामग्री भण्डारबाट टाढै राख्नुहोस् ।
जीवनाशक विषादी ओसारपसार गर्दा वा एक ठाउँबाट अर्को ठाउँमा लग्दा यातायातको सधैँनमा पछाडि राम्ररी बाँधेर नचल्ने किसिमले लानुहोस् । खाद्य सामग्री राख्ने झोलामा राख्ने नगर्नुहोस् र टाउकोमा राखेर नओसार्नुहोस् । बच्चाहरलाई कहिल्यै जीवनाशक विषादी किन्न वा ओसार्न, बोक्न नलगाउनुहोस् ।
जीवनाशक विषादी राखिएका भाँडाहरूलाई खानेपानी राख्ने, लुगा धुन, खाद्य सामग्री राख्न वा अन्य प्रयोजनका लागि प्रयोग नगर्नुहोस् । जीवनाशक विषादीका प्लाष्टिकका खोललाई वर्षादी बनाउन वा अन्य प्रयोगका लागि प्रयोग नगर्नुहास् । सबैभन्दा राम्रो उपाय भनेको यस्ता खाली भाँडाहरू प्वाल पारिदिनु हो । ताकि अरु कसैले प्रयोगमा नल्याउन् वा कुनै सुरक्षित ठाउँ गाड्नुहोस् ।
जीवनाशक विषादी मिसाउँदा र छर्ने उपकरणमा सार्दा सुरक्षाका लागि आवश्यक रूपमा आँखालाई सुरक्षा प्रदान गर्ने चश्मा, रबर, पञ्जा र एप्रोन साथै अन्य सुरक्षित पोशाकहरू लगाउनुहोस् ।
जीवनाशक विषादीका भाँडा खोल्न छुट्टै चक्कु वा कैंचीको प्रयोग गर्ने ताकि खोल्दा नपोखिउन् । त्यो चक्कु वा कैंची राम्ररी पखाल्नुहोस् र चिन्ह लगाई सोही प्रयोजनका लागि मात्रै प्रयोग गर्नुहोस् । यदि तपाईले जीवनाशक विषादीमा पानी मिसाउनुहुन्छ भने धाराको पाइपलाई सिधै जीवनाशक विषादीमा नडुबाउनुहोस् । अरु व्यक्तिहरूले यसलाई पानी पिउन वा लुगा धुन प्रयोग गर्ने भएकोले धाराको पाइप सफा राख्ने । पानीको मात्राको लागि प्रयोग गर्ने विधि अनुसार गर्नुहोस् । पानीको स्रोत नजिकै जीवनाशक विषादी मिसाउने, सार्ने, उपकरण सफा गर्ने नगर्नुहोस् ।
जीवनाशक विषादी सार्न प्रयोग गरिने पाइप थुनिएमा मुखबाट नफुकी प्लाष्टिकको मसिनो पाइपको प्रयोग गर्नुहोस् र जुन भागबाट जीवनाशक विषादी निस्कन्छ त्यहाँ चिन्ह लगाउनुहोस् ताकि अरु कसैले कुनै बेला त्यस भागबाट मुखले फुक्ने कार्य नगरुन् । जीवनाशक विषादी छर्ने उपकरणबाट विषादी तान्न, अन्त कतै खन्याउन वा अन्य केही कार्यमा पनि कहिल्यै सिधै मुखले नतान्नुहोस् । जीवनाशक विषादीको कार्य गर्दा कहिल्यै सिधै श्वास नफेर्नुहोस्, कुनै मास्क वा भए श्वास लिने उपकरणको प्रयोग गर्नुहोस् । जीवनाशक विषादी वा त्यसको सम्पर्कमा आएको बिऊ नचाख्नुहोस् । खेतबाट उम्रेको केही चिज खानुअघि राम्ररी पखाल्नुहोस् । जीवनाशक विषादी मिसाउँदा वा छर्दा धूमपान नगर्नुृहोस् । साथै केही नखानुहोस् र पानी नपिउनुहोस् । खाना, चुरोट खैनी, खानेपानी आदिलाई राम्ररी कसिने भाँडामा राखी जीवनाशक विषादी प्रयोग नगरिएको ठाउँमा राख्नुहोस् । खैनी, खाना आदिले जीवनाशक विषादी सोस्न सक्छ, त्यसैले काम गर्दा खाद्य सामग्री नबोक्नुहोस् ।
पोखिएको जीवनाशक विषादी सफा गर्नुभन्दा पहिला आफू वरपरिका साथै पानीका स्रोतहरूमा पर्नबाट बचाउनुहोस् । यदि अरु कोही यस विषयमा तालीम लिएका छन् भने उनीहरूलाई सम्पर्क राख्नुहोस् । आफैंले सफा गर्नुपरेमा आवश्यक सावधानी अपनाउनुहोस् जस्तैः सुरक्षित पोशाक लगाउनु (जीवनाशक विषादी वा रसायन सफा गर्ने अधिक जानकारीको लागि अनुसूची १ हेर्नुहोस्) ।
जीवनाशक विषादीको प्रयोग गरी उमारिएका फलफूल तथा तरकारीमा त्यसको केही अंश रहिरहन्छ । यदि पशुपंक्षीलाई खुवाउने आहार जस्तैः घाँसपात, अन्न, दाना आदिमा जीवनाशक विषादीको अंश रहेमा, तिनीहरूबाट उत्पादित मासु, अण्डा, दूधमा पनि जीवनाशक विषादीको अंश पुग्दछ । जब मानिसहरूले यसरी जीवनाशक विषादी रहेका खाद्य पदार्थ खाँदै जान्छन् । यी विषादीहरू उनीहरूका शरीरमा जम्मा हुँदै जान्छन् जसले पछि गएर स्वास्थ्य समस्या निम्त्याउँछ । फलफूल तथा तरकारी पखाले मात्र पनि धेरै जीवनाशक विषादी पखालिन्छन् । यसका लागि यी तरकारी तथा फलफूललाई साबुन पानी वा नुन पानी (१ लिटर पानीमा ५ चम्चा नुन) वा सोडा पानीमा (१ लिटर पानीमा २ चम्चा खाने सोडा) मिसाई पखाल्ने र पछि सफा पानीले पखाल्नुपर्छ । त्यसकारण स्वास्थ्यको दृष्टिकोणले जीवनाशक विषादी प्रयोग नगरिकन उमारिएको खानेकुरा खान र उमार्न दुबै तर्फबाट स्वस्थकर हुन्छ । तर दुर्भाग्यवश यसरी खाद्य सामग्री उत्पादन गर्न बढी खर्च लाग्ने गर्दछ (विषाक्त रसायनबिना खाद्यान्न उत्पादन गर्न अधिक जानकारीको लागि अध्याय १५ हेर्नुहोस्) ।
हानिकारक जीवहरू जस्तैः लामखुट्टे, कमिला, झिंगा, उपियाँ, मुसा आदिलाई मार्नका लागि संसारभर मानिसहरूले आ–आफ्ना घरमा थुप्रै किसिमका विषहरूको प्रयोग गरिरहेका हुन्छन् । तर यस्ता कार्यका लागि प्रयोग गरिएका विषहरू मानिसका लागि हानिकारक हुन्छन् । प्रायः कृषि कामदारहरूले घरभित्रका यस्ता हानिकारक जीवहरू मार्नका लागि खेतमा प्रयोग गरिने जीवनाशक विषादीहरू प्रयोग गर्दछन् । तर जीवनाशक विषादी घरभित्रका साना बन्द कोठाहरूमा प्रयोग गर्दा झन् बढी हानिकारक सावित हुन सक्छन् । त्यसैले खेतमा प्रयोग गरिने जीवनाशक विषादीलाई खेतमै मात्र सीमित राख्नुहोस् र घरभित्रको प्रयोजनको लागि अन्य उपायहरू अपनाउनु नै लाभदायक होला । रसायनको प्रयोगबिना नै हानिकारक जीवहरूलाई नियन्त्रण गर्ने अन्य थुप्रै तरीकाहरू छन् । यी तरीकाहरू वास्तवमा सुरक्षित र कम खर्चिलो हुनुका साथै त्यत्तिकै लाभदायक छन् (रसायनलाई घरबाट टाढा राख्ने अरु उपायको लागि अध्याय १७ हेर्नुहोस्) ।
जीवनाशक विषादीले मानिस र हानिकारक जीवहरूलाई मात्रै हानी गर्दैन । यसले त वातावरणमा पनि नकारात्मक प्रभाव पार्दछ । जीवनाशक विषादीले जनावरहरूलाई पनि विष लाग्न सक्छ । जब जीवनाशक विषादीहरूद्वारा दूषित खाना खान्छन्, पानी पिउँछन् वा हावामा सास फेर्छन् ।
जीवनाशक विषादीहरूले माटोलाई पनि विषाक्त बनाइदिन्छ । बालीमा प्रयोग गरिएका जीवनाशक विषादीको धेरै अंश माटोमै रहन्छ जहाँ यसले लाभदायक जीवहरू जस्तैः धेरै किसिमका सूक्ष्म जीवाणुहरू जसले माटोमा पोषण तत्वको सञ्चार ९ऋथअष्लिन० गरिरहेका हुन्छन् । तिनीहरू पनि मारिदिन्छन् जसले गर्दा माटोले आफ्नो प्राकृतिक उत्पादकत्व गुमाउँछ । जीवनाशक विषादीले पानी पनि विषालु बनाइदिन्छ । जब तिनीहरू खोलानालामा बहन्छ । तिनीहरूले माछालाई मार्दछ र जनावर र मानिसहरू जसले पानी पिउँदछ, तिनीहरूलाई पनि नोक्सानी पु¥याउँदछ । जीवनाशक विषादीले हावालाई असर गर्दछ जब तिनीहरू हावामा उड्दछ । जीवनाशक विषादीहरू छरिएको ठाउँभन्दा धेरै टाढासम्म जान सक्दछ ।
जीवनाशक विषादी छर्दा केही हानिकारण जीवहरू यस्ता हुन्छन् जो मर्दैनन् किनकि उनीहरू बलिया छन् वा उनीहरूमा त्यो रसायन पचाउन सक्ने क्षमता छ । ती बाँचेका जीवहरूले यसरी प्रजनन् गर्छन् कि ती जीवहरू त्यत्तिकै बलिया हुन्छन् र जीवनाशक विषादीबाट असर नगर्ने किसिमका हुन्छन् । यसलाई जीवनाशक विषादी प्रतिको प्रतिरोधात्मक क्षमता भनिन्छ । धेरैभन्दा धेरै प्रतिरोधात्मक क्षमता भएको किराको जनसंख्या बढ्छ जसले गर्दा धेरै वर्षको अन्तरालमा त्यो जीवनाशक विषादीबाट कुनै पनि किरा नमर्ने हुन सक्छ । त्यसपश्चात जीवनाशक विषादी उत्पादकहरूले अझ कडा नयाँ जीवनाशक विषादी बनाउँदछन् जसले ती किराहरूलाई मार्न सक्छन् । कृषकहरूले यी कडा जीवनाशक विषादी खरिद गर्छन् जसले गर्दा हरेक पल्ट धेरै पैसा खर्च हुन्छ । प्रत्येक वर्ष यो विषादीले वातावरण दूषित पार्दछ, जीवहरू झन् बलिया हुँदै जान्छन् र उत्पादकहरूले धेरै नाफा कमाउँछन् । जीवनाशक विषादीको प्रयोगले हानिकारक जीवहरूबाट उत्पादनका नोक्सानी कम गर्ने हुन्छ, यसको दीर्घकालीन प्रयोगले मानिस, जनावरहरू, जमीन र पानीमा विषको असर पर्दछ । दीर्घकालीन नाफा गर्ने भनेको उत्पादन कम्पनीहरू मात्रै हुन् जसले जीवनाशक विषादी उत्पादन गर्छ र तिनीहरूलाई बेच्छन् ।
जीवनाशक विषादीले सहयोगी कीराहरूलाई मार्छ । सबै कीरा फट्याङ्ग्राहरू हानिकारक हुँदैनन् । धेरैले त कृषकहरूलाई फाइदा नै पु¥याइरहेका हुन्छन् । माहुरीले वनस्पतिमा परागसेचन गराउँछ र मह बनाउँछ । लेडी बग ९ीबमथ दगन० ले बिरुवालाई हानी पु¥याउने जीवहरूलाई खान्छ । वास्तवमा भन्ने हो भने खेतबारीमा हानिकारक भन्दा लाभदायक कीरा फट्याङ्ग्राहरू बढी हुन्छन् । तर जीवनाशक विषादी प्रयोग गर्दा हानिकारकका साथै लाभदायक जीवहरू पनि मारिन्छन् । उदाहरणका लागि जब खेतमा एफिड मार्नका लागि जीवनाशक विषादी छरिन्छ, एफिडलाई आहार बनाउने माकुरा र लेडी बगहरू पनि मारिन्छन् । जब एफिडका प्राकृतिक सिकारी माकुरा र लेडी बगको जनसंख्या घट्छ, तब तिनीहरूको एफिड संख्या बढ्न जान्छ र बालीनालीमा झन् बढी हानी पु¥याउँदछ ।
यदि भोलि गएर सबैले जीवनाशक विषादीको विषाक्तताबाट मुक्त हुन सक्छौं र माटो, पानी र हावालाई पुनः स्वच्छ बनाउन सक्छौं । यस्तो गर्नका लागि हामीले सर्वप्रथम हाम्रो समुदायमा जीवनाशक विषादीको हानिकारण असरकाबारेमा जनचेतना फैलाउने र जीवनाशक विषादीको प्रयोगबिना नै कसरी अन्न उब्जाउन सकिन्छ भन्नेबारे पनि ज्ञान दिनुपर्छ । सोको लागि पहिले आफ्नो गाउँ, सहर, छरछिमेकका मानिसहरूलाई जम्मा गर्नुहोस् र जीवनाशक विषादी प्रयोगका अनुभवहरूकाबारेमा छलफल गर्नुहोस् । यसरी मानिसहरू जम्मा भए पश्चात तपाई समुदायका लागि सबभन्दा बढी महत्वपूर्ण कुरा के हो ? त्यो पत्ता लगाउनुहोस् । व्यक्तिगत स्वास्थ्य हो कि ? जीवनाशक विषादीबाट हुने पानी प्रदूषण हो कि ? के त्यो जीवनाशक विषादीको मूल्यको कुरो हो कि ? जब यी समस्याहरू सबैले बुझ्छन् तब हामीले अब के गर्न सकिन्छ वा गरिनु पर्छ भन्ने विषयमा छलफल गर्न सक्छौं । हुनसक्छ तपाईहरू मिलेर जीवनाशक विषादीबाट सुरक्षित हुन सञ्चालन गरी वा जीवनाशक विषादी प्रयोग नगरी खेती गर्न सकिने हुन्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 10/29/2019