অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

हाम्रा बारेमा

हाम्रा बारेमा

विकासपेडिया सामाजिक विकासको क्षेत्रमा देशका विशिष्ट आवश्यकताहरूलाई लक्षित गर्नका लागि एउटा सूचना प्रवेशद्वार(पोर्टल) हो। यस बहुभाषी प्रवेशद्वारको विकास विशेष गरेर वञ्चित रहेको भारतका गरिब समुदायसम्म सूचना, सूचना एवम् प्रविधि उत्पादन र सेवाहरू पुर्‍याउने विशिष्ट उदेश्यका लागि एउटा एकल खिडकीको रूपमा गरिएको छ। यो ज्ञानलाई साझा गर्न वा विकास समान भई रहनका लागि सूचना एवम् प्रविधि उत्पादनलाई बढोत्तरी दिन्छ।

विकासपेडिया सरकार, नागरिक समाज समूह, गैरसरकारी सङ्गठन र निजी संस्थाहरूको गरिबी र विकासका बिचमा रहेको अन्तरको जानकारी उपलब्ध गराएर त्यस अन्तरलाई कम गर्नका लागि प्रयास गरिरहेको छ। एउटा सर्वश्रेष्ट लक्ष्यका रूपमा राष्ट्रीय स्तरको सहयोगले सेवा गर्नु, मानिसको अनुकूल र विकासनुरूप सूचना एवम् प्रविधि समुदायहरूको सेवा प्रदान गर्नेहरूका रूप विकसित गर्नु हो। भारतको ग्रामीण परिदृश्य विभिन्न संस्थाहरूद्वारा उपलब्ध भएका उत्कृष्ट सूचना एवम् प्रविधि सेवाहरू, विशेष गरेर साझा सेवा केन्द्रको माध्यमले उपलब्ध सेवाहरूको लाभ लिनका लागि तयार छन्। यस क्रममा विकासपेडिया स्थानीय भाषाहरूमा आवश्यक सामग्री र सेवाहरू प्रदर्शन गर्दछ जसले गर्दा मानिसको जीवनमा परिवर्तन आउँछ।

यस प्रवेशद्वारको विकास भारत विकास प्रवेशद्वार एउटा राष्ट्रीय पहलको एक भागको रूपमा सामाजिक विकासको कार्यक्षेत्रको सूचनाहरू/जानकारीहरू र सूचना एवम् प्रविधिमा आधारित उत्पादन वा सेवाहरू दिनका लागि गरिएको हो। भारत विकास प्रवेशद्वार, भारत सरकारको लागि इलेक्ट्रनिकी र सूचना प्रविधि मन्त्रालय(एमईआईटी),एउटा पहल र प्रगत संगणन विकास केन्द्र(सि-डेक), , हायदरावाद द्वारा कार्यान्वित छ।

प्रगत संगणन विकास केन्द्र(सि-डेक) भारत सरकारद्वारा सञ्चार र सूचना प्रविधि मन्त्रालयको एउटा वैज्ञानिक संस्था (पूर्वमा बिजुली सम्बन्धी विभाग)को रूपमा मार्च १९८८ मा स्थापना गरिएको थियो। सिडेक मुख्य रूपमा एक अनुसन्धान एवम् विकास केन्द्रको रूपमा ढाचा र विकास, बिजुली सम्बन्धीको विस्तार र उन्नत सूचना प्रविधि (आईटी)को उत्पादन र समाधानसँगै सुपर कम्प्युटर-परम श्रृङ्खलालाई निर्माण गर्ने संस्था हो।

सिडेक, हायदरावाद, इ-सुरक्षा, इ-लर्निङिग, आपूर्ति श्रृङ्खला प्रबन्धन, ओपन सोर्स साफ्टवेयर, वीएलएसआई र एम्बेडेड सिस्टम ढाँचाको डोमेइनमा अनुसन्धानरत छ।

Last Modified : 7/26/2016



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate