होम / समाज कल्याण / महिला र बाल कल्याण / बालिका कल्याण / छोरी बचाऔँ छोरी पढाऔँ योजना
सेयर
Views
  • State: Open for Edit

छोरी बचाऔँ छोरी पढाऔँ योजना

यस भागमा छोरी बचाऔँ छोरी पढाऔँ योजनाको जानकारी दिइएको छ।

पृष्ठभूमि

0-6  वर्षमा 1000 केटाहरूको बिच परिभाषित बाल लिङग अनुपातमा हरेक केटीहरूको संख्यामा गिरावटको प्रवृत्ति, 1961 देखि लगातार देखिँदै छ। 1991 को 945 संख्याको 2001 मा 927 पुग्ने र 2011 मा यो संख्या 918 पुग्नाले यसलाई खतरा मान्दै यसलाई सुधारने  प्रयास सुरु गरिएको हो। लिङग अनुपातमा गिरावट सोझै तौर मा महिलाहरूको समाजमा स्थानको तर्फ इशारा गर्छ जो जन्म पूर्व लिङग भेदभाव र त्यसको चयनलाई लिएर गरिने पक्षपातको कुरा  गर्छ।

महिलाहरू एवम् बाल विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र परिवार कल्याण मन्त्रालय एवम् मानव संसाधन विकासको एक संयुक्त पहलको रूपमा समन्वित र अभिसरित प्रयासहरूको अन्तर्गत बालिकाहरूलाई संरक्षण र सशक्त गर्नकालागि, छोरी बचाऔँ छोरी पढाऔँ योजना (BBBP) को सुरुआत गरिएको छ र जसलाई निम्न लिङग अनुपातवाला 100 जिल्लाहरूमा प्रारम्भ गरिएको थियो

समग्र लक्ष्य

बालिकाको गुणगान गरौं र उनलाई शिक्षा ग्रहणका लागि सक्षम बनाऔँ।

जिल्लाहरूको पहिचान

सबै राज्यहरू / संघ शासित क्षेत्रलाई कभर 2011 को जनगणनाको अनुसार निम्न बाल लिङग अनुपातको आधारमा प्रत्येक राज्यमा अन्तत: एक जिल्लाको साथ 100 जिल्लाहरूलाई एक पायलट जिल्लोको रूपमा चयन गरिएको छ र जिल्लाहरूको चयनका लागि तीन मानदण्ड यस प्रकार छ: -

  • राष्ट्रीय औसत देखि तल जिल्ल (87 जिल्ला/23 राज्य)
  • राष्ट्रीय औसतको बराबर गिरावटको रुख (8 जिल्ला/8 राज्य)
  • राष्ट्रीय औसत बाट र लिङ्गानुपातको बढदो प्रवृत्ति वाला राज्यहरूको जिल्लाहरू
    (5 जिल्ला/5 राज्यहरूको चुनाव जसले अफ्नो लिङ्गानुपातको स्तर लाई बनाइ रख्यो र जसको अनुभवबाट सिकेर  अन्य स्थानहरूमा दोहराउन सकियोस्।

दस्रो चरण

महिला एवम् बाल विकास मन्त्रालयले, छोरी बचाऔँ छोरी पढाऔँ योजना लाई 61 वटा अतिरिक्त जिल्लाहरूमा (11 राज्य सामेल) विस्तारित गरेको छ।

उद्देश्य

  • पक्षपाती लिङ्ग चुनावको प्रक्रियाको उन्मूलन
  • बालिकाहरूको अस्तित्त्व र सुरक्षा सुनिश्चित गर्ने
  • बालिकाहरूको शिक्षा सुनिश्चित गर्ने

रणनीतिहरू

  • बालिका र शिक्षालाई बढावा दिनका लागि एक सामाजिक आन्दोलन र समान मूल्यलाई बढावा दिनका लागि जागरुकता अभियानको कार्यान्वय गर्ने ।
  • यस मुद्दालाई सार्वजनिक विमर्शको विषय बनाउने र त्यसलाई संशोधित गरी रहँदा सुशासनको परिणाम बन्नेछ।
    निम्न लिङ्गानुपात जिल्लाहरूको पहिचान गरी ध्यान दिँदै गहन र एकीकृत कार्रवाई गर्ने।
  • सामाजिक परिवर्तन ल्याउनका लागि महत्त्वपूर्ण स्त्रोतको रूपमा स्थानीय महिला संगठनहरू/युवाहरूको सहभागिता लिँदै पञ्चायती राज्य संस्थाहरू स्थानीय निकायहरू र जमिनी स्तरमा जोडिएका कार्यकर्ताहरूलाई प्रेरित एवम् प्रशिक्षित  गर्दै सामाजिक परिवर्तनको प्रेरकको भूमिकामा ढाल्ने।

संघटक

छोरी बचाऔँ छोरी पढाऔँमा जनसञ्चार अभियान

देशव्यापी अभियान, छोरी बचाऔँ छोरी पढाऔँ सुरु गर्ना साथ यो कार्यक्रम प्रारम्भ हुन्छ जसमा बालिकाको जन्मलाई पर्वको रूपमा मनाउनका साथै उनलाई  शिक्षा ग्रहण गर्न मा सक्षम बनाइनेछ। अभियानको उद्देश्य केटीहरूको जन्म, पोषण र शिक्षा बिना कुनै भेदभावको होस् र समान अधिकारहरूको साथ उनी  देशको सशक्त नागरिक बनून्।

राज्यहरू एवम् केन्द्रशासित प्रदेशहरूको निम्न लिङ्गानुपात वाला 100 सङ्कटग्रत जिल्लाहरू र अतिरिक्त 61 जिल्लाहरूमा बहुक्षेत्रीय सुरुआत

महिलाहरू एवम् बाल विकास मन्त्रालय र मानव संसाधन विकास मन्त्रालयको परामर्श बाट बहुक्षेत्रीय कार्यहरूलाई तैयार गरिएको छ। बहुक्षेत्रीय कार्यहरूको संज्ञान लिँदै सन्दर्भित क्षेत्रहरू,राज्यहरू एवम् जिल्लाहरूमा निम्न लिङ्गानुपातलाई सुधार गर्नका लागि परिणाम प्रेक्षित र संकेतहरूलाई एक साथ उपयोग मा ल्याइनेछ।

सोसियल मेडिया

बच्चहरूको गिर्दो लिङ्ग अनुपातको मुद्दामा प्रासङ्गिक भिडियोको साथ BBBP मा एक युट्यूब च्यानेल सुरु गरिएका छ। जागरूकता पैदा गर्नका लागि र सजिलो उपयोग र प्रसारका लागि लगातार भिडियो अपलोड गरिएको छ र यो मञ्चको माध्यमबाट त्यसलाई साझा पनि गरिँदै छ। यसको साथै राष्ट्रलाई , छोरी बचाऔँ छोरी पढाऔँ सित जोडनका लागि र व्यक्तिहरूको सहभागी , समर्थन प्राप्त गर्नका लागि MyGov पोर्टलसित व्यक्तिलाई यसमा जोड्न सकियोस्।

स्त्रोत: छोरी बचाऔँ छोरी पढाऔँ,महिला र बाल कल्याण मन्त्रालय,भारत सरकार।

2.93939393939
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top