होम / समाज कल्याण / सामाजिक सुरक्षा / सामुदायिक खाद्यान्न सुरक्षा
सेयर
Views
  • State: Open for Edit

सामुदायिक खाद्यान्न सुरक्षा

यस भागमा सामुदायिक खाद्यान्न सुरक्षा जानकारी दिइएको छ ।

स्वस्थ रहनको लागि मानिसलाई पौष्टिक खाना खान जरुरी छ । यदि हामीले आफू र आफ्नो परिवारलाई चाहिने अन्नबाली उमार्न सक्दैनौं, खरीद वा बिक्री गर्न सक्दैनौं भने हामीले भोक, कुपोषण र अरु धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । खाद्यान्न सुरक्षाको अर्थ हरेक मानिससँग सक्रिय र स्वस्थ जीवन बिताउनको लागि वर्षैभरी सुरक्षित र पौष्टिक खाना उपलब्ध हुनु हो । साथै खाद्यान्न सुरक्षा भन्नाले खाद्यान्नलाई यसरी उत्पादन र वितरण गर्नु हो जसले गर्दा स्वस्थ वातावरण र सामुदायिक आत्मनिर्भरताको प्रवद्र्धन होस् र हरेक मानिस र समुदायलाई चाहेजति खाना उपलब्ध होस्

ोकको धेरै कारण हुन्छन् । कुनै कारणहरू वातावरणसँग सम्बन्धित हुन्छन् जस्तैः नराम्रो माटो, जलवायु परिवर्तन र पानीको कमी । यस्ता कारणबाट उत्पन्न हुने भोकलाई दिगो कृषि प्रणाली (अध्याय १५ हेर्नुहोस्) र जमीन र पानीको उपयुक्त प्रयोगबाट समाधान गर्न सकिन्छ (अध्याय ६, ९ र ११ हेर्नुहोस्) । भोकको अरु कारण भनेको राजनीतिक पनि हुनसक्छ जस्तैः खाद्यान्नको अयोग्य मूल्य, खाद्यान्न उमार्नको लागि जमीन नहुुनु र बजार र खाद्यान्न प्रणालीमा व्यवसायीको नियन्त्रण हुनु । खाद्यान्न उत्पादनको लागि हामीलाई जमीन, पानी, सामान, बीउ र कसरी खेती गर्ने भन्ने कुराको जानकारी हुनुपर्छ । सबैसँग चाहेजति खाद्यान्न छ भनेर विश्वस्त हुन, हामीलाई निष्पक्ष वितरण, खाद्यान्नको भाउ आफ्नो क्षमताअनुसार स्थानीय बजार र खाद्यान्न सुरक्षाको जरुरत पर्छ । यो प्राप्त गर्न हामीले, दिगो विश्व बनाउने काम गर्नुपर्छ । के स्वस्थ वातावरण र सामाजिक न्यायको लागि मात्र काम गरेर सबैको लागि खाद्यान्न सुरक्षाको पनि प्रत्याभूति दिलाउन सकिन्छ ।

सामुदायिक खाद्यान्न सुरक्षा भनेको के हो ?

समुदायमा चाहेजति स्वस्थ खाना पाउन कस्तो समस्या छ भन्ने कुरा बुझ्नको लािग विभिन्न वस्तुहरू मिलेर खाद्यान्न सुरक्षा प्राप्त हुन्छ, त्यसलाई हेर्नुहोस् ।

कीटनाशक औषधि, विषाक्त रसायन र जीवाणुहरूबाट दूषित र वंशाणुगत उन्नत खाद्यान्न (अध्याय १३ हेर्नुहोस्) अन्नहरू उपलब्ध हुनसक्छन् तर यिनीहरूले सुरक्षित र स्वास्थ्य खाना प्रदान गर्दैनन् । साथै सुरक्षित पकाउने ठाउँ, समय र इन्धनको कमीको कारण मानिसहरू तयारी खाना खान्छन् जसले स्वास्थ्य समस्याहरू निम्त्याउँछ ।

पौष्टिकता र खाद्यान्न सुरक्षा

जब मानिसहरू बिरामी वा कुपोषणको शिकार हुन्छन् तब उनीहरू कम फूर्तिला र अन्न उत्पादन, पानी बोक्न, घरलाई सफा राख्न र स्वस्थ वातावरण बनाउन असक्षम हुन्छन् । तर जब स्वस्थ खाना सजिलै जुटाउन सकिन्छ, दिगो प्रणालीले उत्पादन गर्न सकिन्छ र स्थानीय बजारमा उपलब्ध हुन्छ भने मानिसहरूको धेरै र स्वस्थ खानाको पहुँछ हुन्छ । राम्रोसँग नखानाले शरीरलाई कमजोर बनाउँछ र विभिन्न रोगहरू लाग्न सक्छ ।

  • गम्भीर झाडापखाला, मुख्यतयाः बच्चाहरूमा ।
  • बच्चामा हुने दादुरा झन् खतरनाक हुनसक्छ ।
  • खतरनाक गर्भावस्था र सुत्केरी जसको फलस्वरूप बच्चा सानो जन्मिने वा अपाङ्ग जन्मिने जस्तैः बिस्तारै मानसिक विकास हुनु ।
  • रक्तअल्पता, मुख्यतयाः महिलाहरूमा ।
  • क्षयरोग अझै फैलिने र चाँडै बिग्रिने ।
  • मधुमेह, जब शरीरले चिनीको मात्रालाई राम्रोसँग प्रयोग गर्न सक्दैन, हुने बिमारी, यो पनि सबैमा हुन सक्छ ।
  • सानो समस्या जस्तैः रुघाखोकी चाँडो हुनसक्छ र कहिलेकाहीं गम्भिर निमोनिया र ब्रोन्काइटिसको रूप लिन सक्दछ ।
  • एच.आई.भी. एड्स भएका बिरामी झन् चाँडो बिरामी हुनसक्छन् र उनीहरूको औषधिले केही काम पनि गर्दैन ।
  • श्वासप्रश्वासको रोग, दम, गह्रौं धातुबाट लाग्ने विष र विषाक्त रसायनको सम्पर्कबाट हुने रोग (अध्याय १६ र २० हेर्नुहोस्) अझै फैलन र गम्भिर हुनसक्छ

कुपोषण भएका बच्चाहरू बिस्तारै बढ्छन् र विद्यालयमा बिस्तारै सिक्छन् अथवा उनीहरू विद्यालय जान निकै कमजोर हुन्छन् । कुपोषण मुख्यतयाः साना बच्चामा हुने समस्या हो र यसको तत्काल उपचार गर्नुपर्छ । यस्ता स्वास्थ्य समस्या र पौष्टिक आहारले कसरी बचाउँछ भनेर अझ बढी जान्न साधारण चिकित्सासम्बन्धी पुस्तक हेर्नुहोस् जस्तैः जहाँ डाक्टर नभएम

तयारी प्याकेजको खाना स्वस्थकर हु“दैन

जब मानिससँग अन्न उत्पादन गर्न जमीन हुँदैन, व्यस्त शहरमा बस्ने गर्छन्, स्वस्थ खाना बजारमा किन्न पाईदैन अथवा स्वस्थ खाना खान मद्दत गर्ने संस्कृति र परम्परालाई गुमाउँछन् त्यसबेला थोरै पौष्टिकता भएको तयारी खाना खाने गर्छन् । यस्ता खानाहरू पौष्टिकता जाने गरी शुद्धीकरण गरिएको हुन्छ । रसायनसँग मिसाएर बनाइएको हुन्छ, तेलमा तारिएको हुन्छ र धेरै मात्रामा चिनी र नुन मिसाइएको हुन्छ । थोरै मात्रा यस्ता खानेकुराले असर नपु¥याउन सक्छ । तर जब मानिसहरू यसलाई अरु पौष्टिक आहार भन्दा बढी दैनिक खाने गर्छन्, यसले हामीलाई चाहिने आहारबाट बञ्चित गर्छ । जब मानिसहरू धेरै तयारी खाना खान्छन् तब उनीहरूमा तौल बढ्ने र अरु स्वास्थ्यसम्बन्धी रोगहरू लाग्न सक्छन् जस्तैः उच्च रक्तचाप, मुटु रोग, मधुमेह, पत्थरी, बाथ र केही किसिमको क्यान्सर आदि । यसै कारणले मानिसमा अपर्याप्त पोषण र बढी तौल एकैचोटी हुने गर्छ ।

कृषिशैलीमा परिवर्तन भएपछि खानामा पनि परिवर्तन हुन्छ

संसारको सबै ठाउँमा कृषकहरूलाई उनीहरूको जमीनबाट हटाइदै छ । स्थानीय समुदायको लागि खाना उब्जाउने खेतमा अहिले बेच्नको लागि अन्न उब्जाइन्छ । जमीन, बीउ, बजार र खाद्यान्न वितरणको तरीकामा व्यवसायिक संगठनको बढ्दो नियन्त्रणले कृषकलाई मात्र होइन हामी सबैलाई पनि हानी पु¥याउँछ । स्वस्थकर खाना पाउन निकै गाह्रो हुँदैछ । धेरै शहरहरूमा तयारी खाना, रक्सी र अवैध औषधि आदि ताजा तरकारी र फलफूल भन्दा सजिलै पाइन्छ । यसले केही पुस्तामै हाम्रो खाने शैलीमा ठूलो परिवर्तन ल्याएको छ । हाम्रा हजुरबुवा–हजुरआमाले ताजा सामग्रीबाट बनेको खाना खान्थे अहिले मानिसहरू छानिएको र मिसावट भएको र पौष्टिक नभएको खाना खन्छन् जसमा खाना सड्नबाट जोगाउन रसायन, स्वादको लागि राखिएको रसायन, रङ्ग र ठूलो मात्रामा गुलियो बनाउने वस्तु (चिनी र मकैको झोल), नुन र चिल्लो पदार्थ आदि राखिएको हुन्छ । त्यसैले हामीमध्ये धेरैले पहिलेको भन्दा धेरै खाना खाए पनि हामीले खाने खाना पहिलेको भन्दा कम स्वस्थकर छ । हाम्रो हजुरबुवा–हजुरआमा हुँदा धेरै र राम्रो खाना हुन्थ्यो । उहाँहरू स्वर्गीय भएपछि हाम्रो परिवारमा खाना उब्जाउने कोही भएन । मलाई थाहा छ यो लज्जास्पद कुरा हो । तर यी तैरिएको खानाको स्वाद मीठो छैन र ?

स्थानीय खाद्यान्न सुरक्षामा सुधार

हरेक सरकारले कोही मानिस भोको नहोस् भनेर सक्दो प्रयास गर्नुपर्छ । राष्ट्रिय सरकारले नीतिहरू बनाउन सक्छ जसमा पारिवारिक खेतीको लागि जमीनको प्रयोगलाई बढावा दिन्छ, खेती योग्य जमीनलाई प्रदूषणबाट जोगाउँछ, कृषकहरूलाई उनीहरूको पहुँचभित्र कर्जा उपलब्ध गराउँछ र कृषकलाई समस्या समाधान गर्न मद्दत गर्छ ।

कुनै राष्ट्रिय सरकारले खाद्यान्न सुरक्षा सुधार गर्ने तरीकाको रूपमा सहयोग (कृषक, खाद्यान्न खरीदकर्ता वा दुवैको सहायताको लागि पैसा) उपलब्ध गराउँदछ । सहयोगका किसिम अन्र्तगत कृषकले उत्पादन गरेको खाद्यान्नको बजार मूल्य बढी राखी कृषकलाई मूल्य सहायतामा मद्दत गर्नु र महत्वपूर्ण खाद्यान्न, खाद्यान्न खरीदकर्ता (उपभोक्ता) को पहुँचमा हुने गरी मूल्य राख्नु आदि पर्छ ।

सरकारको सहायता अकसर निगमलाई दिएर दुरूपयोग गरिन्छ जसले ठूलो औद्योगिक खेती गर्छ र अस्वस्थ खाद्यान्न उत्पादन र वितरण गर्छ । जब सरकारद्वारा दिइएको सहायतामा ठूला निगमको दबाबको कारण भ्राटाचार हुन्छ, त्यसको फल अकसर भोकमरी र कुपोषण हुन्छ । तर सरकारको सहायता अथवा बिनासहायता स्थानीय खाद्यान्न सुरक्षा सुधार गर्ने धेरै उपायहरू छन् । सानो बारी बनाउनेदेखि लिएर कृषकहरूको लागि बजारको प्रबन्ध मिलाउने परिवर्तन जसले खाद्यान्न सुरक्षामा सुधार ल्याउन सक्छ र अक्सर छिटो नतिजा ल्याएर मानिसहरूलाई झन् प्रेरित गर्नसक्छ ।

सामुदायिक खाद्यान्न योजना

जब खाद्यान्नलाई स्थानीय रूपमा उत्पादन र वितरण गरिन्छ तब खाद्यान्न सुरक्षा बलियो हुन्छ । स्थानीय रूपमा उमारिएको खाना ताजा र अझ धेरै पौष्टिक तत्व हुन्छ । पैसा क्षेत्रको कृषक र व्यापारमा आदान–प्रदान भैरहने हुनाले यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ र यसले मानिसहरू बीचको सम्बन्ध बलियो बनाउँन, समुदायलाई स्वस्थ बनाउन र ठाउँलाई बस्नको लागि स्वस्थ बनाउन मद्दत गर्छ । किनकी गरिब समुदायसँग थोरै जमीन र केही खाद्यान्न उत्पादन हुने भएकोले मुख्यतयाः उनीहरूलाई खाद्यान्न उत्पादन र वितरणमा पुनः नियन्त्रण पाउन निकै जरुरी छ ।

स्थानीय स्तरमा अझ धेरै खाद्यान्न उत्पादन गर्ने तरीका

धेरैजसो योजना थोरै जमीन र पैसामा शुरु गर्न सकिन्छ र समुदायलाई अझ ताजा खाना प्राप्त गर्न मद्दत गर्न सकिन्छ ।

  • पारिवारिक उद्यानले परिवारको खानामा ताजा तरकारी र फलफूल थप्छ ।
  • विद्यालय उद्यानले बच्चाहरूलाई ताजा खाना उपलब्ध गराउँछ र विद्यालयका बच्चाहरूलाई पौष्टिक प्रदान गर्न मद्दत गर्छ । उनीहरू बच्चालाई अन्न उमार्न सिकाउँछन् ताकी यस्तो महत्वपूर्ण ज्ञान सँधै जीवित रहोस् ।
  • सामुदायिक उद्यानले मानिससँग जमीन नभएपनि खाना र सँगै बस्नको लागि ठाउँ उपलब्ध गराउँछ । सामुदायिक उद्यानले मानिसलाई अन्न उत्पादनबारे अझै बुझ्न सिक्न, सीप बढाउन र नयाँ व्यापार शुरु गर्न जस्तैः रेष्टुरेन्ट र बजार आदि मद्दत गर्छ । सानो बारीले पनि खाद्यान्न सुरक्षामा ठूलो फरक पार्न सक्छ ।
  • जब कृषकले खाद्यान्न सिधै उपभोक्तालाई बेच्छ, सामुदायिक स्तरबाट कृषिलाई टेवा हुन्छ । मानिसहरू कृषकलाई अन्न रोप्नु अगाडि नै पैसा दिने गर्छन् र अन्न भित्र्याउने मौसममा पुरै हप्ताको लागि ताजा फलफूल तरकारी र अरु खाद्यान्न प्राप्त गर्छन् । यस्तो लगानी गर्नाले उपभोक्ताले कृषकलाई जमीनको उपभोग गरिरहन र व्यापारमा मद्दत गरी पौष्टिक खाना वितरण गर्दछ ।
  • बीउ बचाउ कार्यक्रमले परम्परागत बीउ उपलब्ध गराउन मद्दत गर्छ । विभिन्न बीउका प्रकार दिगो कृषि र आत्मनिर्भर समुदायको विकासको आधार हुनसक्छ (अध्याय १५ हेर्नुहोस्) ।
स्वस्थकर खाना, सस्तो मूल्यमा उपलब्ध गराउनु

विश्वले अहिले मानिसलाई चाहिने भन्दा धेरै खाद्यान्न उत्पादन गर्छ तर अझै पनि मानिसहरू भोका छन् । यसको कारण खाद्यान्नको मूल्य मानिसको पहुँचभन्दा धेरै भएर हुनसक्छ र स्वस्थकर खाना अक्सर गरिब मानिसलाई अझ उपलब्ध नभएर हुनसक्छ । खाद्यान्नको मूल्य दुवै उपभोक्ता र बिक्रेताको लागि योग्य हुन सरकारको सहायता महत्वपूर्ण हुन्छ । कुनै तरीकामा स्वस्थ्कर खाना उचित मूल्यमा उपलब्ध हुनका लागि मानिसहरू स्थानीय तवरमा काम गर्छन् । जसअन्र्तगतः

  • कृषकहरूको बजारले यातायात खर्च कम गर्छ र बीचमा व्यापारीको जरुरत पनि पर्दैन, त्यसैले कृषकले धेरै पैसा कमाउँछन् र उपभोक्ताले थोरै पैसा तिर्छन् । कृषकको बजारले उपभोक्ताहरूलाई आफ्नो खाना उमार्ने मानिससँग भेट्ने र कुरा गर्ने मौका दिन्छ । यसले कृषकलाई उपभोक्तालाई के चाहिन्छ त्यो थाहा हुन्छ र उपभोक्तालाई कृषकले खाना उनीहरूसम्म ल्याउन के गर्नुपर्छ भन्ने कुरा पनि जान्न मद्दत गर्छ ।
  • खाद्यान्न सहकारी भनेको आंशिक वा पुरै रूपमा त्यहाँ काम गर्ने वा खाद्यान्न किन्ने व्यक्तिले चलाएका बजार हो । खाद्यान्न सहकारीका सदस्यहरूले आफ्नो खाद्यान्नको मूल्य त्यहाँ काम गरेर चुकाउँछन् । धेरैजसो खाद्यान्न सहकारीका सदस्यले स्थानीय तवरमा उमारेको खाद्यान्न किन्न वा बेच्ने कोशिस गर्छन् ।
  • कृषकको सहकारीले कृषकलाई उनीहरूले जे उमार्छन् त्यसको राम्रो मूल्य लिन मद्दत गर्छ तैपनि उपभोक्तालाई अझै राम्रो पैसाको प्रस्ताव राख्छ (पृष्ठ ३१३ हेर्नुहोस्)
सुरक्षित खाद्यान्न भण्डारण

जति खाद्यान्न उत्पादनको खुबी अथवा खाद्यान्नको पहुँच जरुरी छ त्यत्तिनै सुरक्षित खाद्यान्न भण्डारण गर्न पनि महत्वपूर्ण छ । सुख्खा हुने, बाढी, हुरी, कीरा वा विरामीले समुदाय र परिवारलाई खान र बेच्न केही नहुने बनाएर छाडिदिन्छ । सामुदायिक खाद्यान्न भण्डारणले यस्ता समस्याबाट बाहिर निस्कन मद्दत गर्छ । खाद्यान्न भण्डारण र कीराबाट यसलाई बचाउने जानकारीको लागि पृष्ठ ३०५ हेर्नुहोस् । घरमा खाद्यान्नलाई कुहिनबाट जोगाउने तरीकाको लागि पृष्ठ ३७५ हेर्नुहोस् ।

उदारहणको लागि टिमोटुको प्यासफिक टापुमा हुरीले बारम्बार अन्नबाली नष्ट गर्ने गर्छ । खाद्यान्न सुरक्षा सुधार्न, समुदायले ठूलो खाल्डो खनी त्यसमा तरुल नपाकेको फल , केरा र ब्रेडफ्रुट आदि भण्डार गरे । सबैले खाल्डो बनाउन र भर्न योगदान गरे । जब अन्न नाश हुन्थ्यो र मानिस भोका हुनेबेलामा यो भण्डार गरेको खाद्यान्न प्रयोग गर्थे

 

खाद्यान्न कोष यस्तो ठाउँ हो जहाँ खाद्यान्न जम्मा गरिन्छ र जरुरत भएकाहरूलाई दिइन्छ । खाद्यान्न कोषले भोकमरीको बेला मद्दत गर्छ । तर मानिसहरू यसैमा निर्भर हुनसक्ने हुनाले यो लामो समयसम्म खाद्यान्न सुरक्षाको राम्रो समाधान नहुनसक्छ । जब सम्पूर्ण क्षेत्रमा भोकमरी लागेको हुन्छ तब अन्र्तराष्ट्रिय संस्थाबाट आउने खाद्यान्न सहयोगले यस्तो संकटबाट निस्कन मद्दत गर्छ । खाद्यान्न सहयोगबाट थोरै समयको लागि खाद्यान्न सुरक्षाको समाधान हुनसक्छ । तर यसले दीर्घकालीन खाद्यान्न सुरक्षा को जरुरतलाई भने पूरा गर्दैन ।

शहरमा खाद्यान्न सुरक्षा

विश्वका धेरैजसो मानिस शहरमा वा शहरको वरीपरी बस्ने गर्छन् । यी मध्ये धेरै शरणार्थी शिविरमा अथवा समुदाय जसमा सरसफाई र घरको राम्रो व्यवस्था हुँदैन, उद्यमको लागि थोरै मौका, सफा पानी र स्वस्थकर खाना नभएको ठाउँमा बस्छन् । शहरमा मानिससँग अझ राम्रो खाद्यान्न सुरक्षा हुनसक्छ, जब उनीहरूसँग काम, पैसा, सुरक्षित र स्वस्थ गृहस्थी हुन्छ उनीहरूले राम्रो खाद्यान्न किन्न, खान, पकाउन, भण्डार गर्न र आफ्नो लागि खाना शहरी उद्यानमा उमार्न सक्छन् ।

शहरमा खाद्यान्न सुरक्षा बनाउन सरकारले मद्दत गर्नैपर्छ

मानिसहरूको तरकारी पसलको कथाले गरिब शहरी समुदायमा मानिसहरू आफ्नो खाद्यान्न सुरक्षाको समस्या समाधान गर्न कसरी काम गर्दछन् भनेर देखाउँछ । उनीहरूले बनाएको कार्यक्रमले धेरै मानिसको मद्दत ग¥यो तर यसले पूर्णरूपमा खाद्यान्न सुरक्षाको समस्याको समाधान चाँहि गरेन ।

  • पश्चिमी ओकल्याण्डका मानिससँग स्वस्थकर खाना किन थिएन ?
  • मानिसहरूको तरकारी पसल ले स्थानीय मानिसलाई स्वस्थकर खानातर्फ कसरी आकर्षित ग¥र्यो ।
  • स्थानीय सरकार कसरी यस्तो योजनालाई सहयोग गर्न समावेश हुनसक्छ ।
  • योजनालाई मद्दत गर्न अरु कस्तो समूह वा संस्थासँग “मानिसको तरकारी पसलले” काम गर्नसक्छ ?
  • आफ्नो समुदायमा खाद्यान्न सुरक्षालाई प्रोत्साहन गर्न तपाईं कसरी मद्दत गर्न सक्नुहुन्छ ?

शहरका लागि दिगो खाद्यान्न नीति

लामो समयको लागि खाद्यान्न सुरक्षा गर्नलाई शहरी जीवनको सबै अवस्था र विकासको बारेमा छलफल गर्नुपर्छ । यातायात, शिक्षा, उद्यम, नयाँ घर र बस्ती विकासको योजना बनाउने जिम्मेवारी भएका मानिसहरूले शहरमा स्वस्थकर खाना मानिसहरूले कहाँबाट पाउँछन् भन्ने कुरा पनि सोच्नुपर्छ । सामुदायिक उद्यानको लागि जमीन, बजारको लागि यातायात र खाद्यान्न सुरक्षा र पौष्टिकताको बारेमा विद्यालयमा पढाउनु आदि मानिसलाई मद्दत गर्ने सरकारको केही उपाय हुनसक्छ जसले भोलि अझ राम्रो खाद्यान्न सुरक्षा सुनिश्चित होस्

भोकको सामाजिक र राजनीतिक कारणहरू

भोकको कारण धेरै हुनसक्छ जस्तैः नराम्रो माटो जलवायु परिवर्तन, पानीको पहुँचमा कमी इत्यादी । तर धेरै समुदायमा भोकको कारण गरिबी पनि हुनसक्छ । जब कृषकसँग थोरै वा केही आम्दानी हुँदैन अथवा खाद्यान्न खरीद गर्न पैसा हुँदैन, मानिसहरू भोको हुन्छन् । एउटा समुदायमा गरिबी र भोकको जड वा कारण बुझ्नाले सबै समुदायमा खाद्यान्न सुरक्षाको असरको समस्यालाई हेर्न मद्दत गर्छ ।

खाद्यान्न सुरक्षामा संगठित नियन्त्रण

जब खाद्यान्नलाई मानिसको जरुरत र हकको कुरा नसम्झि, किन्ने र बेच्ने एउटा उत्पादनको रूपमा मात्र व्यवहार गरिन्छ, मानिसलाई खुवाउने भन्दा अन्न बेचेर आउने नाफा बढी महत्वपूर्ण हुन्छ र सामुदायिक स्वास्थ खराब भएर जान्छ । धेरै मानिसहरू अहिले ठूलो व्यापारीक संगठनले चलाएको पसलमा खाद्यान्न किन्ने गर्छन् । उनीहरू ठूलो व्यापारीक संगठनले बनाएको खाना किन्छन् जुन यी संगठनको जमीनमा बीउ, मल र विषादिको प्रयोग गरी उमारिएको हुन्छ ।

खाद्यान्न सुरक्षाको सबै भागमा संगठनको नियन्त्रणले गर्दा किसानलाई आफ्नो पेशा र जमीन छाड्न बाध्य गर्छ । संगठनले अन्न उब्जाएर क्षेत्र बाहिर बेच्न जमीन प्रयोग गर्छ, त्यस समुदायमा बस्ने र काम गर्ने मानिसले अरु नै ठाउँबाट ल्याइएको अन्न किन्न सक्नेले किनेर खानुपर्छ । संगठनले यस्तो खाद्यान्न “असुरक्षा” बाट नाफा लिन्छन् किनभने समुदाय र सिङ्गो देश खाद्यान्नको लागि विश्व बजारमा भरपर्ने गर्छ । जब बजारले मानिसको जरुरत पूरा गर्न सक्दैन, मानिसहरू भोको हुन्छन र संगठनले खाद्यान्न सहयोगको रूपमा वितरण गर्नको लागि सरकारलाई खाद्यान्न बेचेर नाफा लिन्छ । जबसम्म खाद्यान्न सुरक्षामा मानिसको नियन्त्रण हुँदैन, भोक संगठनको सबैभन्दा ठूलो उत्पादन हुनेछ जसले खाद्यान्नको उत्पादन र वितरण नियन्त्रण गर्छ ।

हरित क्रान्ति कृषिशैली

सन् १९६० को “हरित क्रान्ति” पछि व्यापारीक संगठन र अन्र्तराष्ट्रिय संस्थाहरूले कि उनीहरू उन्नत बीउ, रसायनिक मल र विषादिबाट विश्वलाई खुवाउन दावी गरे । जब उनीहरूले खेतीमा नियन्त्रण, बीउ वितरण, बजार र वितरण प्रणाली आदिमा सफलता पाउँदै गए, उनीहरूले विश्वको भोकमरी रोक्ने भने असफल भए र भोकमरी अझ बढेर गए ।

पानीको पहु“चमा कमी

अन्न बालीलाई पानीको जरुरत हुन्छ । ठूलो खेती हुनेले धेरै भन्दा धेरै पानीको प्रयोग गर्छन्, त्यसैले सानो खेती हुनेहरूले थोरैभन्दा थोरै पानी प्राप्त गर्छन् । जब पानी प्रदूषित वा निजी स्वामित्वमा हुन्छ, तब पानीको हक खतरामा हुन्छ (अध्याय ६ हेर्नुहोस्) । माटो र पानीलाई नियन्त्रण गरेर पानीको स्रोत संरक्षण गर्ने धेरै तरीका छन् (अध्याय ९ र १५ हेर्नुहोस्), तर यी तरीकाहरूलाई सरकारले र अन्तर्राष्ट्रिय समुदायलले पानीमा मानिसको हक संरक्षण र प्रवद्र्धन गर्नुपर्छ

जमीनको क्षति

जब धेरैजसो जमीन केही मानिस वा संगठनले स्वामित्वमा हुन्छन्, यसले खाद्यान्न समस्या ल्याउँछ । थोरै जमीन भएका धेरै किसानहरू आफ्नो जमीन छोड्न र शहरमा बसाई सर्न अथवा वृक्षारोपणमा काम गर्न वा कलकारखानामा काम गर्न बाध्य हुन्छन् । किनकि उनीहरूसँग आफ्नै अन्न उब्जाउन जमीन हुँदैन वा स्वस्थकर खाना किन्न पैसा हुँदैन । उनीहरू भोक र कुपोषणको शिकार हुन पुग्दछ ।

धेरैजसो ठूला किसान र व्यापारीक संगठनले एउटै मात्र बाली रोप्ने गर्छन्, थोरै कामदार राख्छन्, धेरै मेशिन प्रयोग गर्छन्, धेरै रसायनिक मल, विषादि प्रयोग गर्छन् र अक्सर अरु देश वा उत्पादन उब्जेको भन्दा टाढा लगेर बेच्ने गर्छन् । यसले थोरै किसिमका अन्न उपलब्ध हुन्छन्, पोषणमा कमी हुन्छ, खेतालाहरूको कमाई कम हुन्छ, वातावरणमा धेरै हानी हुन्छ र स्थानीय स्तरमा थोरै मात्र खाद्यान्न उपलब्ध हुन्छ । यसले स्थानीय संस्कृतिमा पनि हानी पु¥याउँछ किनभने मानिसहरू धेरै लामो समयसम्म परम्परागत तरीकाबाट अन्न उब्जाउने र जमीनको ध्यान राख्ने परम्परा निभाउन सक्दैनन् ।

ऋण र बजारको पहु“चमा कमी

कृषि, मौसम र बजार मूल्यमा भर पर्ने हुनाले अन्न नभित्र्याएसम्म वा बजार मूल्य नसुधारिएसम्म कहिलेकाहीं कृषकले ऋण लिन जरुरी पर्छ । बैंकले अक्सर थोरै जमीन भएको किसानलाई ऋण दिन मान्दैन तर ठूलो शक्ति र जमीन भएका कृषकलाई भने ऋण दिन्छ । थोरै जमीन भएका किसान, उनीहरूको परिवार र समुदाय भोको रहने यो पनि एउटा कारण हो । कतिपय बेला यसले कृषकलाई जमीन छाड्न बाध्य पनि बनाउँछ ।

बसाई सराई

जब मानिसहरूलाई आफ्नो जमीन छाड्न बाध्य गराइन्छ, उनीहरूले अन्न उत्पादनसम्बन्धी ज्ञान गुमाउन पनि सक्छन् । यदि युवाहरूले खेती सिक्नु अगाडि नै शहर गए भने उनीहरू आफ्नो सन्तानलाई खेती गर्न सिकाउन सक्दैनन् र परिवारले स्थायी रूपमा आफ्नो जमीन गुमाउँछन्

संक्रामक रोग

एच.आई.भी.÷एड्स, टि.भी., मलेरियाले संसारमा लाखौं मानिस मर्छन् जसले गर्दा भोकमरी र कुपोषण बढ्छ । परिवार र समुदायले सबै पुस्ताका मानिस गुमाइरहेका छन्, खासगरी मानिसहरू जो अन्न उत्पादनमा सक्रिय छन् । कृषकहरूको मृत्युसँगै अन्न उत्पादन घट्छ र उनीहरूको मृत्युसँग अन्न कसरी उत्पादन गर्ने भन्ने तरीकाको पनि सँगै मृत्यु हुन्छ । यस्ता रोगबाट बच्न र औषधि गर्नाले भोक र कुपोषणबाट मात्र बच्न हैनकी, सम्पूर्ण समुदायको खाद्यान्न सुरक्षाको लागि पनि महत्वपूर्ण हुन आउँछ

ज्ञानमा कमी

धेरै ठाउँमा मानिसहरूको अन्न उत्पादन गर्ने परम्परागत ज्ञान हराइसकेका छन् । चाँडै परिवर्तन हुने परिस्थिति जस्तैः धेरै बस्ती भएको समुदाय, कम उर्बरा शक्ति भएको जमीन र परिवर्तनशील मौसमका कारण पुरानो शैलीले अक्सर काम गर्दैन । जब मानिसलाई अन्न कसरी उब्जाउने भन्ने कुरा थाहा हुँदैन त्यसको फल भोक र खाद्यान्न सुरक्षाको कमी हुन्छ । यो समस्याको एउटा समाधान भनेको पहिला जस्तो थियो त्यस्तै बनाइराख्नु र किसान फिल्ड स्कूलबाट ज्ञान सुधार्नु, किसान किसानबीच शैक्षिक कार्यक्रम र कृषि बिस्तार सेवा (पृष्ठ ३१६ र स्रोत हेर्नुहोस्) हुन सक्दछ

खाद्यान्न आधिपत्य मानवअधिकार हो

सुरक्षित स्वस्थ र संस्कृतिले स्वीकार्य भएको खाना पाउनु सबै मानिसको अधिकार हो । खाद्यान्न आधिपत्य भनेको आफ्नो खाद्य प्रणाली आफै निश्चित गर्नु हो र सबै समुदायमा खाद्यान्न सुरक्षा छ भनेर सुनिश्चित गर्नु हो।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

3.0
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top