অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

प्रधानमन्त्री जीवन ज्योति बीमा योजना

योजना को विवरण

यस बीमा योजनामा हरेक वर्ष नवीनीकरणीय एक वर्षको कभर तथा कुनै पनि कारणले मृत्यु भएमा जीवन बीमा कभरलाई सामेल गरिएको छ । यो योजना भारतीय जीवन बीमा निगम  (एलआईसी) को माध्यमले पेस/प्रशासित गरिनेछ तथा अन्य जीवन बीमा कम्पनीहरू आवश्यक मञ्जुरीको पछि बेङ्कहरूलाई संलग्न गरी यसतै शर्तहरूमा उत्पाद प्रदान गर्न सक्छ। सहभागी बेङ्क यस प्रकारको अन्य कुनै पनि जीवन बीमा कंपनीलाई संलग्न गरी अफ्नो ग्राहकहरूकालागि  यो योजना लागू गर्न सक्छ ।

कवरेजको दायराहरू

सहभागी बेङ्कहरूको 18 देखि 50 वर्षको आयुको सबै बचत बेङ्क खाता धारक सामेल हुने हकदार हुनेछन् । कुनै पनि व्यक्तिको एक या विभिन्न बेङ्कहरूमा धेरै बचत खाता भए यस्तो विषयहरूमा त्यो व्यक्ति केवल एक बचत खाताको माध्यमले यो योजनामा सामेल हुने पात्र हुन्छ । बेङ्क खाताका लागि आधार कार्ड प्राथमिक  के.वाई.सी. हुनेछ।

नामाङ्कनको अवधि

प्रारम्भमा, 1 जुन 2015 देखि 31 मे 2016 सम्मको कभर अवधिका लागि, ग्राहकहरूलाई 31 मे, 2015 सम्म योजना मा नामनिवेश गर्नुपर्छ तथा स्वत: नामको सहमति दिनु पर्छ। सम्भावित कभरका लागि ढिलो नामाङ्कन 31 अगस्त, 2015 सम्म सम्भव हुनेछ जसको अवधि भारत सरकारद्वारा र तीन महिनौँसम्म अर्थात्, 30 नभेम्बर, 2015 सम्म बढाइयो। जोपछि सामेल हुन चाहन्छन्। तिनीहरू पूर्ण वार्षिक प्रिमियमका साथ निर्धारित  परफोर्मामा राम्रो स्वास्थ्यको स्व-प्रमाणपत्र प्रस्तुत गरी सम्भावित  कभर प्राप्त गर्न सक्छन्।

नामनिवेश साधन

कभर 1 जुनदेखि 31 मेसम्म  एक वर्षका लागि हुनेछ जसमा सामेल हुनका लागि बचत बेङ्क खाताबाट स्वत: नामद्वारा नामाङ्कन/भुगतान गर्नका लागि निर्धारित प्रपत्रहरूमा हरेक वर्ष 31 मे सम्म,प्रारम्भिक वर्षका लागि उक्त रूपमा अपवादको साथ,विकल्प  प्रस्तुत गर्न आवश्यक हुनेछ। सम्भावित कभरका लागि विलम्बित नामाङ्कन पूर्ण वार्षिक प्रिमियम  भुगतानको साथ राम्रो स्वास्थ्यको स्व-प्रमाण पत्र प्रस्तुत गरेमा सम्भव हुन सक्छ ।

-यो योजना बाट बाहिर निस्कने वाला व्यक्ति कुनैपनि समय, भविष्यको वर्षहरूमा, निर्धारित  परर्फोर्मामा राम्रो स्वास्थ्यको घोषणा  प्रस्तुत गरी यो योजनामा फेरी पनि सामेल हुन सक्छन्।

लाभ

कुनै पनि कारणवश सदस्यको मृत्यु भएमा २रु लाख देय हुनेछ ।

प्रिमियम

330/-रूपैयाँ हरेक सदस्य हरेक वर्ष। यो योजनाको तहत, दिइएको विकल्पको अनुसार,प्रिमियम एउटा किश्तमा‘स्वत:नामे’ सुविधाको माध्यमले खाता धारकको बचत खाता सित प्रत्येक वार्षिक कवरेज अवधिको 31 मे या त्यसको पूर्व काटिनेछ। 31 मेको पश्चात, सम्भावित कभरका लागि विलम्बित नामाङ्कन पूर्ण वार्षिक प्रिमियम भुगतानको साथ राम्रो स्वास्थ्यको स्व-प्रमाण पत्र प्रस्तुत गरेमा सम्भव हुन सक्छ ।

पात्रताको शर्तेहरू

(क)सहभागी बेङ्कहरूको बचत बेङ्क खाता धारक, जसको उमेर 18 वर्ष (पूर्ण) देखि 50 वर्ष (जन्मदिनको निकटतम आयु)को बिच छ तथा जो उक्त साधनको रूपमा योजनामा सामेल हुनका लागि ह/स्वत:नामका लागि सहमति दिने, उनीहरूलाई यस योजनामा सामेल गर्न सकिन्छ ।

(ख)जो व्यक्ति प्रारम्भिक नामाङ्कन अवधिको पछि, 31 अगस्त 2015 या 30 नभेम्बर 2015 सम्मको विस्तारित अवधि सम्म,जस्तो पनि विषय होस्, योजनामा सामेल हुँदै छ, उनले एक आत्म-प्रमाणीकरण दिन आवश्यक छ ताकि उनको स्वास्थ्य राम्रो छ भन्ने थाहा लागोस्,र ऊ कुनै पनि ‘गम्भीर बिमारीहरू’ जस्तो छैन भन्ने कुरा नामाङ्कनको समय सहमति सह-घोषणापत्रमा  उल्लेख गरिएको छ हुनुपर्छ। साथै कुनै रोगबाट पनि ग्रस्त छैन भन्ने हुनुपर्छ।

मुख्य कुराहरू

प्रधानमन्त्री जीवन ज्योति बीमा योजनाको मुख्य कुराहरू

1

प्रिमियम राशि

330 रूपैयाँ हरेक वर्ष

2

कवरेज नियम

मृत्यु कवरेज (एक्सिडेन्टल/ सामान्य )

3

आयु सीमा

18 वर्षदेखि 50 वर्ष

4

कवरेज अवधि

50 वर्षसम्म

मास्टर पोलिसी धारक

सहभागी बेङ्क मास्टर पोलिसी धारक हुनेछ। सहभागी बेङ्कका साथ परामर्शको पश्चात्, जीवन बीमा निगम /अन्य बीमा कम्पनीद्वारा एक सरल र ग्राहक अनुकूल प्रशासन र दावा सुल्झाउने प्रकियालाई अन्तिम रूप दिइनेछ ।

आश्वासनको समाप्ति

सदस्यको जीवनमा आश्वासन निम्नलिखित घटनाहरूसित कुनै पनि एक घटना घटेमा समाप्त हुनेछ तथा त्यस स्थितिमा कुनै पनि लाभ देय हुने छैन:

क) 55 सालको उमेर (जन्म दिनको निकटतम् आयु) भएमा ससर्त के हो भने त्यो तिथि (प्रवेश ,उता 50 वर्षको आयु पछि सम्भव  हुनेछैन) सम्म वार्षिक नवीनीकरण होस् ।

ख) बेङ्कको साथ खाता बन्द भएमा या बीमा कभर चालू राख्नका लागि पर्याप्त राशि नभएमा ।

ग) यदि सदस्य एलआईसी/अन्य कम्पनाक साथै एकभन्दा अधिक खाताको माध्यमले कभर  गरिएको छ र एलआईसी/ अन्य कम्पनीद्वारा अनजानमा प्रिमियम प्राप्त हुन्छ भने त्यस स्थितिमा बीमा कभर रु-2 लाखका लागि बन्ध हुनेछ तथा प्रिमियम  जब्त हुनका लागि उत्तरदायी हुनेछ ।

घ) यदि बीमा कभर देय तिथिमा कुनै प्राविधिक कारणले(जस्तो पर्याप्त राशि नहुनु या कुनै प्रशासनिक मुद्दाहरूको कारणले) बन्द हुन्छ भने त्यो, पूर्ण वार्षिक प्रिमियम र  राम्रो स्वास्थ्यको एक संतोषजनक बयानको प्राप्तपछि फेरि बहाल गर्न सकिन्छ ।

ङ) सहभागी बेङ्क नियमित नामाङ्कनको विषयहरूमा हरेकवर्ष 30 जुन या यसको पूर्व, तथा अन्य विषयहरूमा प्राप्तको महिनामा, प्रिमियम प्रेवर्त गर्नेछ ।

प्रिमियमको विनियोग

एलआईसी/ बीमा कम्पनीको बीमा प्रिमियम : रु 289/-हरेक वर्ष हरेक सदस्य

बीसी/माइक्रो/निगमित/अभिकर्ताहरूको व्ययको हरेक पूर्ति: रु- 30/-हरेक वर्ष हरेक सदस्य

सहभागी बेङ्कहरूको प्रशासनिक व्ययको हरेक पूर्ति : रु 11/-हरेक वर्ष हरेक सदस्य

यस योजनाको प्रस्तावत प्रारम्भ तिथि 01 जुन 2015 थियो। उत्तरवती वार्षिक नवीनीकरण तिथि हरेक अनुक्रमिक वर्षको पहिलो जुन हुनेछ ।

यदि स्थिति यसतो हुन्छ भने, यस योजनालाई अर्को नवीनीकरण तिथि प्रारम्भ हुनुभन्दा पूर्व बन्द गर्न सकिन्छ।

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate