होम / समाज कल्याण / वित्तीय समावेशन / करको जी.एस.टी. भुग्तान
सेयर
Views
  • State: Open for Edit

करको जी.एस.टी. भुग्तान

होम (घर) / समाज कल्याण / वित्तीय समावेशन / जी.एस.टी.बारे प्राय: सोधिने प्रश्न / करको जी.एस.टी. भुगतान

जी.एस.टी. व्यवस्थामा गरिने भुग्तान कस्तो हुन्छ?

जी.एस.टी. व्यवस्थामा, कुनै पनि राज्यान्तरिक (राज्य भिज्ञ) आपूर्तिका लागि गरिने करहरूको भुग्तान केंद्रीय जी.एस.टी.  (सी.जी.एस.टी. , केन्द्र सरकारका खातामा जमा हुन्छ) र राज्य/ केन्द्र शासित प्रदेश जी.एस.टी.  (एस.जी.एस.टी., सम्बन्धित राज्य सरकारका खातामा जमा हुन्छ)। कुनै पनि अन्तर-राज्य आपूर्तिका लागि गरिने कर भुग्तान एकीकृत जी.एस.टी. (आई.जी.एस.टी.) हो जसमा दुवै सी.जी.एस.टी. र एस.जी.एस.टी.का घटक सम्मिलित हुन्छन्। यसका अतिरिक्त, पञ्जीकृत व्यक्तिहरूका कतिपय श्रेणीहरूलाई कर स्रोतमा कटौती (टी.डी.एस.) र कर स्रोतमा एकत्रित (टी.सी.एस.) सरकारी खातामा भुग्तान गर्ने आवश्यकता हुन्छ। यसको भुग्तान गर्नु आवश्यक हुन्छ।

जी.एस.टी. भुग्तान गर्नका लागि को उत्तरदायी हुन्छ?

साधारणतः जी.एस.टी. भुग्तानको दायित्व वस्तुहरू वा सेवा आपूर्तिकर्ताको हो। तर कतिपय निर्दिष्ट मामिलाहरूमा जस्तै आयात र प्राप्तकर्तामाथि यो दायित्व अर्पन गर्न सकिन्छ। यसका अतिरिक्त अन्तर राज्य सेवाहरूको आपूर्तिका कतिपय अधिसूचित मामिलाहरूमा जी. एस.टी. भुग्तान गर्ने देयता इ-कमर्स आपरेटरहरूमाथि हाल्न सकिन्छ, जसले यस्ता सेवाहरू प्रदान गर्दछ। साथै सरकारका विभागहरूलाई जुन विक्रेतालाई एउटा विशिष्टि सीमाभन्दा धेर भुग्तान गर्दछ (एउटा कन्टेक्टमा 2.5 लाख धारा 51(1)डी अन्तर्गत) तिनमा टी.डी.एस. कटौती गर्ने आवश्यकता छ र इ-कमर्स आपरेटरहरूलाई उनीहरूद्वारा गरिएको आपूर्तिको शुद्ध मूल्य (अतः वस्तु र/यवा सेवाहरूको कर योग्य आपूर्तिको कुल मूल्य तर सेवाहरूका यस्ता मूल्यहरूलाई छोड़ेर जसमाथि अपरेटर जी.एस.टी. को भुग्तान सी.जी.एस.टी. अधिनियम 2017 को धारा 9 (5) अन्तर्गत गर्नका लागि उत्तरदायी हुन्छ) मा कर (टी.सी.एस.) एकत्रित गरे पछि सरकार समक्ष जमा गर्नु पर्नेछ।

जी.एस.टी.को भुग्तान गर्ने देयता कहिले हुन्छ ?

भुग्तानको दायित्व वस्तुको आपूर्तिका समयमा उत्पन्न हुन्छ-जस्तै कि धारा 12 मा स्पष्ट गरिएको छ र सेवाहरूको आपूर्तिको समयमा धारा 13को वर्णन गरिएको छ। समय साधारणतः यी तीनमध्ये सबैभन्दा पहिलेको समय हुन्छ, अर्थात् भुग्तान प्राप्ति, चालान/बिल जारी गर्ने वा आपूर्ति पूरा भए पछिको तिथि। उपरोक्त धाराहरूमा विभिन्न स्थितिहरूको परिकल्पना गरियो र भिन्ना-भिन्नै कर अङ्क स्पष्ट गरिएको छ।

जी.एस.टी. भुग्तान प्रक्रियाका मुख्य विशेषताहरू के हुन्?

प्रस्तावित जी.एस.टी. व्यवस्था अन्तर्गत भुग्तान प्रक्रियाहरूका निम्नलिखित विशेषताहरू हुन्छन्-

भुग्तानका सबै माध्यमहरूमा जी.एस.टी.एन. साधारण पोर्टलबाट इलेक्ट्रोनिक उत्पन्न चालान/बिल र मेन्युअल/हातले भरिएको चालानको उपयोग हुँदैन;

करदाताहरूलाई झन्झट मुक्त, कुनै पनि समय, कुनै पनि स्थानमा कर भुग्तानका सुविधाहरू प्रदान गर्नु;

सजिलोसँग अनलाइन भुग्तान गर्ने सुविधा;

इलेक्ट्रोनिक प्रारूपमा तर्कसङ्गत कर सङ्ग्रहको आँकड़ा/ डाटा;

सरकारी खातहरूमा कर राजस्वमा द्रुत प्रेषण;

गरिएको कागज लेनदेन;

तीव्र लेखाङ्कन र रिपोर्टिग;

सबै प्राप्तिहरूलाई इलेक्ट्रोनिक मिलान;

ब्याङ्कहरूका लागि सरलीकृत प्रक्रियाहरू;

डिजिटल चालानको भण्डारण भुग्तान कसरी गर्न सकिन्छ?

भुग्तान निम्न विधिहरूद्वारा गर्न सकिन्छ-

साधारण पोर्टलमा अनुरक्षित करदाताको ऋण खाता बहीमा नामका माध्यमले– केवल कर भुग्तान गर्न सकिन्छ। ऋण खाता बहीमा ब्याज, जुर्माना र शुल्क भुग्तान नामद्वारा गर्न सकिन्न।

करदाताहरूलाई (इनपुट ट्याक्स क्रेडिट) इनपुट/आदानहरूमा भुग्तानको क्रेडिट लिने र त्यसको उपयोग आउटपुट गरेर भुग्तान गर्नका लागि अनुमति दिइन्छ। तापनि, सीजी.एस.टी.का कारण इनपुट ट्याक्स क्रेडिटलाई एसजी.एस.टी.को भुग्तानका लागि उपयोग गरिने छैन र विलोमत: आईजी.एस.टी.को क्रेडिटलाई आईजी.एस.टी., सीजी.एस.टी. र एसजी.एस.टी. भुग्तान गर्नका लागि त्यस अनुक्रममा उपयोग गर्ने अनुमति दिइन्छ।

साधारण पोर्टलमा अनुरक्षित करदाताको नकद खाता बहीको नामद्वारा नकद रूपमा विभिन्न माध्यमहरूद्वारा नकद खाता बहीमा राशि जमा गर्न सकिन्छ, अर्थात, इ-भुग्तान (इन्टरनेट ब्याङ्किङ, क्रेडिट कार्ड, डेबिट कार्ड), पैसा पठाउने सबैभन्दा छिटो तरिका/रियल टाइम ग्रोस सेटलमेन्ट (आर.टी.जी.एस.)/ नेशनल इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (एन.ई.एफ.टी.), जी.एस.टी. जमा स्वीकार गर्नका लागि अधिकृत ब्याङ्कहरूका शाखा काउन्टर मा भुग्तान हुन्छ।

आपूर्तिकर्ताद्वारा करहरूको भुग्तान कहिले गर्नु पर्छ?

एकजना साधारण करदाताद्वारा करहरूको भुग्तान आउँदो महिनाको 20 तारिखसम्म मासिक आधारमा गर्नु पर्दछ। नकद भुग्तान सबैभन्दा पहिले नकदी खाता बहीमा जमा गरिन्छ र करदाताले मासिक रिटर्नको भुग्तान गर्ने बेलामा खाता बहीलाई डेबिट गर्दछ र आफ्नो रिटर्नमा प्रासङ्गिक डेबिट प्रविष्टि संख्या दर्ता गर्दछ जस्तै कि पहिले उल्लेख गरिएको छ कि, भुग्तान क्रेडिट खाता बहीबाट डेबिट गर्न सकिन्छ। मार्च महिनाका लागि करहरूको भुग्तान 20 एप्रिल सम्म गरिन्छ। संयोजन करदाताहरूले तिमाहिका आधारमा कर भुग्तान गर्नु आवश्यक हुन्छ।

के करको भुग्तानको समयसीमालाई बढाउन वा मासिक किश्तिहरूमा भुग्तान गर्न सकिन्छ?

होइन, स्वयं मूल्याङ्कनको दायित्व (सेल्फ-एस्सेसड लायबिलिटी)का मामिलामा यसको अनुमति छैन। अन्य मामिलाहरूमा सक्षम प्राधिकारीले समयावधि बढाउने वा किश्तिमा भुग्तान गर्ने अनुमति दिने अधिकारबाट सशक्त गरिएको छ। (सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 80)।

त्यस स्थितिमा के हुन्छ जब कराधीन व्यक्तिले रिटर्न त भर्दछ, तर करको रकम जमा गर्दैन?

यस्ता मामिलाहरूमा, रिटर्न एउटा वैध रिटर्नका रूपमा मानिने छैन। धारा 2(117)ले एउटा मान्य रिटर्नलाई परिभाषित गर्दछ जसको अर्थ हो धारा 39को उपधारा 1 अन्तर्गत प्रस्तुत रिटर्न जसमा स्वयं मूल्याङ्कन करको पूर्ण भुग्तान गरिएको छ। यो केवल एउटा वैध रिटर्न हो जुन प्राप्तकर्ताद्वारा इनपुट कर क्रेडिट (आई. टी.सी.)को अनुमतिका लागि प्रयोग गरिन्छ। अर्का शब्दमा, यदि आपूर्तिकर्ताले पूर्ण स्वयं मूल्याङ्कन कर भुग्तान गरेको छैन भने र आफ्नो रिटर्न दाखिल गरेको छैन भने तब प्राप्तकर्तालाई आई.टी.सी.को पुष्टि हुँदैन।

कुनचाहिँ तारिखलाई कर जमा गर्ने देय-तिथिका रूपमा मानिन्छ चेक प्रस्तुति वा देय तिथि वा सरकारी खातामा राशि जमा गर्ने तारिख?

यो सरकारका खातामा जमा गर्ने तारिख हो।

इ-बहीखाता के हो?

इलेकट्रोनिक बहीखाता वा इ-बहीखाता प्रत्येक पञ्जीकृत करदातासँग सम्बन्धित नकदी र इनपुट ट्याक्स क्रेडिटको विवरण हो। यसका अतिरिक्त, प्रत्येक करदातासँग एउटा इलेकट्रोनिक कर देयता रजिस्टर पनि हुन्छ। एकपल्ट जब एकजना करदाताले साधारण पोर्टल (जी.एस.टी.एन)मा पञ्जीकृत हुन्छ, 2 इ-खाता (नकद र इनपुट ट्याक्स क्रेडिट) र एउटा इलेकट्रोनिक कर देयता रजिस्टर स्वचालित रूपले खोलिन्छ र त्यसको आफ्नो डेशबोर्डमा प्रदर्शित हुन्छ।

कर देयता रजिस्टर के हो?

कर देयता रजिस्टर एउटा करदाताको कुनै विशेष महिनाको कुल कर देनदारी (शुद्ध गरे पछि) प्रतिविम्बित गर्दछ।

नकद खाता बही के हो?

नकद खाता बही करदाताको खातामा सबै जमा नकद र टी.डी.एस./टी.सी.एस. प्रतिविम्बित गर्दछ। वास्तविक समयका आधारमा जानकारी परिलक्षित हुन्छ। यो खाता बही जी.एस.टी. को खातामा हुने कुनै पनि भुग्तानका लागि प्रयोग गर्न सकिन्छ।

एउटा आई.टी.सी. खाता बही के हो?

आफैँ मूल्याङ्कन गरिएको मासिक रिटर्नका रूपमा इनपुट ट्याक्स क्रेडिट आई.टी.सी. खाता बहीमा दर्शाइने छ। यस खाता बहीमा क्रेडिट/जमालाई करको भुग्तानका लागि प्रयोग गर्न सकिन्छ ब्याज होइन, जुर्माना, फिस आदिका रूपमा अन्य कुनै राशि।

जी.एस.टी.एन. र अधिकृत ब्याङ्कहरूका बीच के सम्पर्क/कडी हो?

त्यहाँ जी.एस.टी. एन. र ब्याङ्कको कोर ब्याङ्किङ सोल्युशन (सी.बी.एस.) का बीच वास्तविक समय दुईतरफा कडी हुनेछ। सी.पी.आई.एन. इलेकट्रोनिक स्ट्रिगका माध्यमका साथ सत्यापन र भुग्तान प्राप्त गर्ने र चालान पहिचान संख्या (सी.आई.एन.) ब्याङ्कद्वारा साधारण पोर्टलमा स्वचालित रूपले भुग्तान प्राप्तिको पुष्टिका लागि पठाइने छ। यस प्रक्रियामा ब्याङ्कका केशियर वा टेलर वा करदाता सहित कसैद्वारा पनि कुनै मेनुएलको हस्तक्षेप शामिल गरिने छैन।

के करदाता धेरै बैठकहरूमा चालान उत्पन्न गर्न सक्छ?

हो, करदाता आंशिक रूपले चालानलाई भर्न सक्तछ र अस्थायी रूपमा चालानलाई पछि पूरा गर्नका लागि सुरक्षित  राख्न सक्छ। एउटा सुरक्षित चालानलाई अन्तिम रूप दिनुभन्दा पहिले एडिट गर्न सकिन्छ। करदाताद्वारा चालानलाई अन्तिम रूप दिए पछि, त्यो करहरूको भुग्तानका उपयोगका लागि, चालान उत्पन्न गर्न सक्छ। प्रेषकलाई आफ्नो रेकर्डका लागि चालान प्रिन्ट गर्ने विकल्प उपलब्ध हुन्छ।

एउटा अनलाइनद्वारा उत्पन्न गरिएको चालानलाई संशोधित गर्न सकिन्छ?

होइन। चालान उत्पन्न गर्नका लागि जी.एस.टी.एन. पोर्टलमा लगिन गरे पछि, करदाता वा त्यसको अधिकृत व्यक्तिद्वारा भुग्तानको विवरणलाई भर्नु पर्छ। त्यो भविष्यमा अद्यतन गर्नका लागि चालानलाई प्रकियाका बीच  सुरक्षित गर्न सक्छ।

तापनि एकपल्ट जब चालानलाई अन्तिम रूप दिइन्छ र सी.पी.आई.एन. उत्पन्न हुन्छ, करदाताद्वारा त्यसमा कुनै परिवर्तन गर्न सकिन्न।

के चालान वैधताको कुनै अवधि छ?

हो, चालान उत्पन्न भएका पन्ध्र दिनसम्मका लागि वैध हुन्छ र त्यस पछि त्यसलाई सिस्टमबाट हटाइन्छ। जबकि, करदाताले आफ्नो सुविधाका लागि एउटा अर्को चालान पनि उत्पन्न गर्न सक्छ।

सी.पी.आई.एन. के हो?

सी.पी.आई.एन.लाई एउटा साधारण पोर्टल पहिचान संख्या (सी.पी.आई.एन.)द्वारा जानिन्छ जसलाई चालान उत्पन्न गर्दा दिइन्छ। यो चालानलाई पहिचान गर्नका लागि 14 वटा अङ्क भएको एउटा अद्वितीय संख्या छ। जस्तो कि माथि भनिएको छ, सी.पी.आई.एन. 15 दिनसम्मको अवधिका लागि मान्य रहन्छ।

एउटा सी.आई.एन. के हो र यसको के औचित्य छ?

सी.आई.एन. चालानले पहिचान संख्या व्यक्त गर्दछ। यो एउटा 17 वटा अङ्कहरूको संख्या हो अर्थात् सी.पी.आई.एन.का 14 वटा अङ्क र ब्याङ्क कोडका 3-वटा अङ्क। सी.आई.एन. अधिकृत ब्याङ्कहरू/भारतीय रिजर्व ब्याङ्क (आर.बी.आई) द्वारा उत्पन्न गरिन्छ जब कथित ब्याङ्कहरू वा आर.बी.आई.द्वारा भुग्तान वास्तवमा प्राप्त हुन्छ उनीद्वारा आयोजित प्रासङ्गिक सरकारी खातामा जमा गरिन्छ। यो इङ्गित गर्दछ कि भुग्तान प्राप्त भइसकेको छ र उचित सरकारी खातामा जमा भइसक्यो। सी.आई.एन. अधिकृत ब्याङ्कहरूद्वारा उत्पन्न हुन्छ। सी.आई.एन. अधिकृत ब्याङ्कद्वारा करदाताका साथ-साथै जी.एस.टी. एन. पनि पठाइन्छ।

कर भुग्तान गर्ने क्रम के हुन्छ जहाँ करदाताको गएका महिनाहरूको देनदारिहरू पेश भएको छ?

धारा 49(8) भुग्तानको आदेशले निर्धारित गदर्दछ जहाँ करदाताको वर्तमान रिटर्नगर्ने अवधिका अतिरिक्त पनि कर भुग्तानको दायित्व बाकी छ। यस्ता स्थितिमा भुग्तानको आदेशलाई पालन गर्नु पर्दछ: सबैभन्दा पहिले गएको अवधिमा स्वयं गरिएको मूल्याङ्कनको कर र ब्याज, त्यस पछि वर्तमान अवधिका लागि आफैँ गरिएको मूल्याङ्कन गरिएको कर र ब्याज, र त्यस पछि कुनै पनि अन्य देय राशि जसमा धारा 73 वा 74 अन्तर्गत कुनै माँगको पुष्टि गरिएको छ।

उपरोक्त सन्दर्भमा अन्य देय राशि शब्दको अर्थ के हो?

शब्द अन्य देय राशिको अर्थ हो ब्याज, जुर्माना, फिस वा अधिनियम एवं यसका अन्तर्गत बनाइएका नियमअन्तर्गत देय कुनै पनि अन्य राशि।

इ-एफ.पी.बी. के हो?

इ-एफ.बी.पी. इलेकट्रोनिक फोकल पइन्टले शाखा व्यक्त गर्दछ। यी अधिकृत ब्याङ्कहरूका शाखाहरू हुन् जुनचाहिँ जी.एस.टी.को भुग्तान प्राप्त गर्नका लागि अधिकृत गरिएको छ। प्रत्येक अधिकृत ब्याङ्क अखिल भारतको लेनदेनका लागि आफ्नो केवल एउटा इ-एफ.पी.बी.का रूपमा एउटा शाखालाई नामाङ्कित गर्दछ। इ-एफ.पी.बी.लाई सबै सरकारहरूका लागि प्रत्येक प्रमुख मदका तल खाता खोल्नु पर्ने हुनेछ। कुल 38 वटा खाताहरू (सी.जी.एस.टी. , आई.जी.एस.टी. लाई लिएर एक-एक तथा प्रत्येक राज्य/केंद्र शासित प्रदेश सरकारका लागि एकएक एस.जी.एस.टी.) खोल्नु पर्छ। जी.एस.टी.का लागि  कथित इ-एफ.पी.बी.द्वारा प्राप्त गरिएका कुनै पनि राशि कथित इ-एफ.पी.बी.द्वारा आयोजित उचित खातामा जमा गरिदिइने छ।

एन.इ.एफ.टी./आर.टी.जी.एस. लेनदेनका लागि, भारतीय रिजर्व ब्याङ्कले इ-एफ.पी.बी.का रूपमा कार्य गर्नेछ।

टी.डी.एस.के हो?

टी.डी.एस.को अर्थ हो स्त्रोतमा करको कटौती गर्नु। धारा 51 का अनुसार यो प्रावधान सरकार र सरकारी उपक्रमहरू र अरू जहाँ वाचा अन्तर्गत आपूर्तिकर्ताको कुल आपूर्तिको 2.5 लाखभन्दा धेरै छ। जब यस्ता वाचाअन्तर्गत भुग्तान गरिन्छ तब सम्बन्धित सरकार वा प्राधिकरणले भुग्तान गरेको कुल राशिको 1 प्रतिशत कटौती गर्नेछ र निर्धारित जी.एस.टी.खातामा जमा गर्नेछ।

यस टी.डी.एस.का लागि आपूर्तिकर्ताले आफ्नो रिटर्न दाखिल गर्ने बेलामा कस्तो खाता राख्नेछ?

टी.डी.एस.का रूपमा देखाइएको कुनै पनि राशि सम्बन्धित आपूर्तिकर्ताका इलेकट्रोनिक नगदी लेजरमा देखिन्छ र त्यसले यस राशिको उपयोग कर, ब्याज, फिस र कुनै पनि अन्य राशि प्रति उसको देयताको निर्वाहन गर्नका लागि गर्न सक्छ।

यस्ता टी.डी.एस.का लागि टी.डी.एस.कटौती कर्ताले कस्तो खाता राख्छ?

टी.डी.एस. कटौतीकर्ताले यस्ता टी.डी.एस.का लागि निम्नप्रकारले खाता राख्नेछ।

यस खालका कटौतीकर्तालाई सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 24 अन्तर्गत अनिवार्य रूपले पञ्जीकृत हुनु आवश्यक छ।

उसले महिनाको 10 दिनदेखि एकत्रित भएको टी.डी.एस.लाई प्रेषित गर्नु आवश्यक हुन्छ। जसमा टी.डी.एस. एकत्रित गरिएको थियो र जी.एस.टी.र 7 मा रिपोर्ट गरिएको थियो।

टी.डी.एस.का रूपमा जमा गरिएको राशि आपूर्तिकर्ताको इलेकट्रोनिक नकदी लेजरमा देखिन्छ।

टी.डी.एस.मा कटौती गरेका पाँच दिन भित्र त्यस व्यक्तिले जसको टी.डी.एस. कटौती गरिएको छ उसलाई टी.डी.एस प्रमाण-पत्र जारी गर्नु आवश्यक हुन्छ, त्यसमा असफल भयो भने प्रतिदिन 100 रूपियाँ र अधिकतम् 5000 रूपियाँ यसखाले कटौतीकर्ताद्वारा देय हुन्छ।

स्रोतमा एकत्रित कर (टी.सी.एस.) के हो?

यो प्रावधान केवल सी.जी.एस.टी./ एस.जी.एस.टी. अधिनियमको धारा 52 अन्तर्गत इ-वाणिज्य अपरेटरका लागि लागू हुन्छ। प्रत्येक इ-वाणिज्य अपरेटर, जो एजेन्ट होइन, ले त्यस राशिको एक प्रतिशत रोकनु आवश्यक छ जुन आपूर्तिकर्ताले वास्तविक भुग्तान गर्ने बेलामा त्यसमा देय हुन्छ। यस्ता रोकिएका कथित राशि कथित इ-वाणिज्य अपरेटरद्वारा आउँदो महिनाको 10 तारिखसम्म उचित जी.एस.टी. खातामा जमा गरिदिइन्छ। टी.सी.एस.का रूपमा जमा राशि आपूर्तिकर्ताको इलेकट्रोनिक नकदी खाता बहीमा दर्शाउने छ।

कर योग्य आपूर्तिको शुद्ध मूल्यको यस अभिव्यक्तिसँग के अभिप्राय छ?

कर योग्य आपूर्तिको शुद्ध मूल्यको अभिप्राय कुल वस्तुहरू वा सेवाहरूको कर योग्य आपूर्तिको कुल मूल्यसँग छ, जुन धारा 9(5 व्यक्तिहरूद्वारा कुनै पनि महिनामा आपूर्ति गरिएको छ, जसमा उक्त महिनामा आपूर्तिकर्ताद्वारा फर्काइएको आपूर्ति कम गरिसकिएको छ।

जी.एस.टी. भुग्तानका लागि जी.एस.टी.एन. पोर्टलमा क्रेडिट कार्डलाई पूर्व पञ्जीकरण गर्नु आवश्यक छ?

हो। करदाता जुन क्रेडिट कार्डले कर भुग्तान गर्न चाहन्छ त्यसलाई जी.एस.टी.एन.मा अनुरक्षित साधारण पोर्टलसँग त्यसलाई पूर्व-पञ्जीकरण गर्नु आवश्यक हुन्छ। जी.एस.टी.एन. क्रेडिट कार्ड सेवा प्रदातासँग कार्डको सत्यापनको पुष्टि प्राप्त गर्नका लागि ब्याङ्कसँग समन्वय गर्न सक्छ। क्रेडिट कार्डको प्रयोगद्वारा व्यापारलाई सुविधाजनक बनाउनका लागि मौद्रिक सीमा बिना भुग्तान गर्ने अनुमति दिन सकिन्छ।

स्रोत: भारत सरकारको केंद्रीय उत्पाद वा सीमा शुल्क बोर्ड, राजस्व विभाग, वित्त मन्त्रालय

3.0
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top