অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

प्रधानमन्त्री कौशल विकास योजना (पीएमकेवीवाई)

परिचय

प्रधानमन्त्री कौशल विकास योजना (पीएमकेवीवाई) युवाहरूको कौशल प्रशिक्षणको निम्ति एक प्रमुख योजना हो। यसको तहत पाठ्यक्रमहरूमा सुधार, राम्रो शिक्षण अनि प्रशिक्षित शिक्षकहरूमाथि विशेष जोड दिईएको छ। प्रशिक्षणमा अन्य पक्षहरूसितको व्यवहार कुशलता अनि व्यवहारमा परिवर्तन पनि शामिल छ।

यसको अन्तर्गत देशका २४ लाख युवाहरूलाई विभिन्न उद्योगहरूसित सम्बन्धित स्किल ट्रेनिङ् पाउने अवसर मिल्दछ।यस योजना अन्तर्गत स्किल प्रशिक्षण प्राप्त गर्ने युवाहरूलाई सरकारको तर्फबाट आर्थिक इनाम पनि मिल्नेछ। ट्रेनिङ सकिएपछी यी युवाहरूलाई सरकारको तर्फबाट एक प्रमाणपत्र दिईनेछ, जसले उनीहरूलाई रोजगार पाउन अनि आफ्नो भविष्य सजाउनमा मदद गर्नेछ।

राष्ट्रीय कौशल विकास निगम (एनएसडीसी)

नवगठित कौशल विकास अनि उद्यम मन्त्रालय राष्ट्रीय कौशल विकास निगम (एनएसडीसी)-को माध्यमबाट यस कार्यक्रमलाई क्रियान्वयन गरिँदैछ। यसको तहत २४ लाख युवाहरूलाई प्रशिक्षणको सिमाभित्र ल्याईनेछ। कौशल प्रशिक्षण नेशनल स्किल क्वालिफिकेसन फ्रेमवर्क (एनएसक्युएफ) अनि उद्योगद्वारा तय गरिएको मानदण्डहरूमाथि आधारित हुनेछ। कार्यक्रममा तृतीय पक्ष आँकलन, संस्थाहरूद्वारा मुल्याङ्कन अनि प्रमाण पत्रको आधारमा प्रशिक्षणार्थीहरूलाई नगद पारितोषिक दिईनेछ। नकद पारितोषिक औसतन ८०००/- रुपिया प्रति प्रशिक्षणार्थी हुनेछ।

यस योजनाको उद्देश्य निम्नलिखित छन्-

  • २४ लाख युवकहरूलाई यस कौशल विकास योजनामा लक्षित, प्रशिक्षित एवं मौद्रिक समर्थनमा सम्मिलित गर्नु।
  • अधिकृत संस्थाको माध्यमबाट कौशल प्रशिक्षणको चरणबाट गुज्रिएर प्रमाणित भएका उम्मेद्वारको निम्ति मौद्रिक इनाम। औसत मौद्रिक इनाम प्रति-उम्मेदवार रु. ८००० निर्धारित।
  • मुल्याङ्कन अनि प्रामाणीकारणको प्रक्रियामा मानकीकरण (Standardization)-लाई प्रोत्साहित गर्नु।

अन्य प्रमुख बिन्दु

  • प्रधानमन्त्री कौशल विकास योजनाको तहत मुख्य रूपमा श्रम बजारमा पहिलोचोटी प्रवेश गरिरहेका मानिसहरूमाथि जोड दिईनेछ अनि विशेष गरेर कक्षा १० वा १२ पड्दापढ्दै स्कुल छोडेका विद्यार्थीहरूमाथि ध्यान केन्द्रित गरिनेछ।
  • योजनाको क्रियान्वयन एनएसडीसीको प्रशिक्षण साझेदारहरू द्वारा गरिनेछ। वर्तमानमा लगभग २,३०० केन्द्रहरूका एनएसडीसीको १८७ प्रशिक्षण साझेदार छन्।
  • यसको अतिरिक्त केन्द्र अनि राज्य सरकारहरू सम्बन्धित प्रशिक्षण प्रदाता संस्थाहरूलाई पनि यस योजना अन्तर्गत प्रशिक्षणको निम्ति जोडीनेछ।
  • सबै प्रशिक्षण प्रदाताहरूलाई यस योजनाको निम्ति योग्य हुनका लागि एक जाँच प्रक्रियाबाट गुज्रिनु पर्नेछ। पीएमकेवीवाई अन्तर्गत सेक्टर कौशल परिषद या राज्य सरकारहरू पनि कौशल प्रशिक्षण कार्यक्रमहरूलाई निगरानी गर्नेछ।
  • योजना अनुरूप एक कौशल विकास प्रबन्धन प्रणाली पनि तैयार (एसडीएमएस) गरिनेछ जसले सबै प्रशिक्षण केन्द्रहरूको विवरणहरू अनि प्रशिक्षण या पाठ्यक्रमको गुणवत्तालाई जाँच गर्नेछ अनि त्यसलाई दर्ता पनि गर्नेछ।
  • जहाँ सम्म सम्भव हुन्छ प्रशिक्षण प्रक्रियामा बायोमेट्रिक सिस्टम या भिडियो रेकर्डिङ पनि शामिल गरिनेछ जसलाई पीएमकेवीआईबाट जानकारी लिईनेछ जो पीएमकेवीवाईको प्रभावशीलताको मुल्याङ्कनको मुख्य आधार हुनेछ। गुनासोहरूलाई सुल्झाउनको निम्ति एक प्रभावी गुनासो-निवारण तन्त्र पनि शुरु गरिनेछ।
  • यसको अतिरिक्त कार्यक्रमको प्रचार-प्रसारको निम्ति एक अनलाइन नागरिक पोर्टल पनि शुरु गरिनेछ।
  • युवाहरूलाई कौशल मेलहरूको माध्यमले जुटाईनेछ अनि यसको निम्ति स्थानीय स्तरमा राज्य सरकार, स्थानीय निकायहरू, पञ्चायती राज संस्थाहरू अनि समुदाय आधारित संस्थाहरूको सहयोग लिईनेछ।

पीएमकेवीआईको प्रक्रिया

एक प्रशिक्षण केन्द्र खोज्नुहोस्

  • पीएमकेवीवाई द्वारा मान्यता प्राप्त एक प्रशिक्षण केन्द्र खोज्नुहोस्, जो तपाइँको मनपर्दो कौशल विकास पाठ्यक्रम प्रदान गर्ने होस्।
  • यस वेबसाइटलाई प्रयोग गर्नुहोस्, कल गर्नुहोस् ०८८००-५५५५५ या आफ्नो निर्वाचन क्षेत्रमा आयोजित हुने कौशल विकास शिविरमा भाग लिनुहोस्।
  • मानिसहरूलाई अनाधिकृत गैरमान्यता प्राप्त प्रशिक्षण केन्द्रहरूबाट सावधान रहने चेतावनी दिईन्छ। यदि यस योजनाको कुनै प्रकार उल्लङ्घन हुन्छ भने, कृपया गुनासो समाधान गर्ने पोर्टलको माध्यमद्वारा अनलाइन गुनासो दर्ता गर्नुहोस्।

कौशल सिक्नुहोस्

  • आफ्नो मनपर्दो अनि त्यस पाठ्यक्रममा प्रवेस पाउनुहोस् जसको निम्ति तपाइँ योग्य हुनुहुन्छ।
  • उम्मेदवारहरूले प्रशिक्षण तथा मुल्याङ्कन शुल्क बुझाउनु पर्नेछ।
  • भर्नाको समय तपाइँले आफ्नो आधार कार्ड तथा ब्याङ्क खाताको विवरण बुझाउनु पर्नेछ।
  • के तपाइँसित आधार कार्ड, ब्याङ्क खाता छैन, अथवा तपाइँ प्रशिक्षण शुल्क तिर्नका निम्ति सक्षम हुनुहुन्न? धेर जानकारीको निम्ति एकक्यू क्लिक गर्नुहोस्।

प्रवेस पाउनुहोस्

  • तपाइँ पीएमकेवीवाई द्वारा मान्यताप्राप्त प्रशिक्षण केन्द्रहरूमा जुन प्रशिक्षण प्राप्त गर्नुहुनेछ, त्यो राष्ट्रीय आजीविका मानकहरू (NOS) तथा क्वालिफिकेशन प्याक्स (QPs)-को अनुरूप हुनेछ, जसलाई हरेक रोजगार भूमिकाको निम्ति सेक्टर स्किल काउन्सिल (८८०४) मा तैयार गरिन्छ।
  • कुनै ssc चिन्हमा क्लिक गर्नुहोस् अनि अझ धेर जानकारी लिनुहोस्।

मुल्याङ्कन एवं प्रमाणित गर्नुहोस्

  • आफ्नो पाठ्यक्रम पुरा भएपछी तपाइँको ssc द्वारा स्वीकृत मुल्याङ्कन एजेन्सी द्वारा मुल्याङ्कन गरिनेछ।
  • यदि तपाइँ मुल्याङ्कन उत्तीर्ण गर्नु हुन्छ अनि तपाइँकोमा वैध आधार कार्ड छ, तब तपाइँलाई सरकारी प्रमाणपत्र तथा स्किल कार्ड प्राप्त हुनेछ।
  • उम्मेदवारले धेरै चोटी आफ्नो मुल्याङ्कन गर्न सक्नुहुनेछ, तर त्यसको निम्ति प्रत्येक चोटी मुल्याङ्कन शुल्क बुझाउनु पर्नेछ।

पुरस्कार प्राप्त गर्नुहोस्

  • तपाइँलाई प्रमाणित गरिए पछी एक मौद्रिक पुरस्कार दिईनेछ।
  • यो पुरस्कार सिधै तपाइँको ब्याङ्क खातामा जमा गरिनेछ।
  • उम्मेदवारले केवल तब यो पुरस्कार पाउने हकदार हुनसक्छन्, यदि
  1. उसकोमा एक वैध ब्याङ्क खाता छ अनि प्रमाणित गरिएको छ।
  2. यसभन्दा अघि उसले मौद्रिक पुरस्कार पाएको छैन भने।
  • मौद्रिक पुरस्कार सेक्टरको आधारमा तथा रोजगारको भूमिकाको स्तरको आधारमा भिन्न हुनेछ।

श्रोत: प्रधानमन्त्री कौशल विकास योजना, भारत सरकार अनि पत्र सूचना कार्यालय।

Last Modified : 6/15/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate