सेयर

यो अनलाइन क्रेता-विक्रेता मञ्च आफ्नो वस्तु र सेवाका लागि बजार पाउने अवसर प्रदान गर्छ। तपाईं कृषि, पशु, हस्तशिल्प, मेसिनरी, इलेक्ट्रनिक सामान आदिसित सम्बन्धित कुनै पनि उत्पादहरूको जानकारी पोस्ट गर्न(पठाउन) सक्नुहुन्छ। यसको अतिरिक्त तपाईं भाषा तथा परामर्श सेवाका बारेमा विवरण पाउन वा लिन सक्नुहुन्छ।

यो अनलाइन मञ्च छानिएको विषयहरूमा विशेषज्ञहरूले समाधान दिने गर्छन्। प्रयोक्ताले आफ्नो भाषामा आफ्नो प्रश्न पोस्ट गरी इमेलद्वारा विशेषज्ञबाट सल्लाह(सुझाउ) लिन सक्छन्।

यो अनलाइन प्रश्नोत्तरी नानीहरूलाई उनीहरूको सामान्य ज्ञान जाँच्न र उनीहरूको प्रदर्शन र आत्मविश्वासमा सुधार ल्याउनका निम्ति प्रोत्साहित गर्ने उद्देश्य अगि राखी यो पोर्टलेट विकसित गरिएको हो। कक्षा 3 देखि 10 सम्म पढिरहेका नानीहरूले यसमा प्रश्नोत्तरीमा भाग लिन सक्छन् ।

यो वेब आधारित सेवा पञ्जीकृत उपयोगकर्तालाई एसएमएस वा इमेलद्वारा प्रमुख वित्तीय गतिविधि याद दिलाउन र गजब तरिकाले वित्तीय गतिविधिहरूको प्रबन्धन गराउन मानिसहरूलाई मदत गर्ने गर्छ।

यो मञ्चले भारतभरि नै सामान्य सेवा केन्द्रमा गाउँ-ठाउँमा उद्यमीहरू (भिलेज लेवल एन्टरप्रेनियर–भिएलइज) का लागि उपयोगी संसाधन सामग्री प्रदान गर्छ। यसका अतिरिक्त यो भि-एल-ईका लागि आफ्नो अनुभव बाँड्ने मौका दिन्छ।

ग्रामीण, शहरी र आदिवासी क्षेत्रोहरूमा महिला, बाल, युवा र अन्य आम तथा कमजोर समूहका लागि ज्ञान र कौशल निर्माण गराउन, सि-डेक( हायदराबाद)ले भारतीय भाषाहरूमा विशेष तरिकाले इ-लर्निङ मञ्च तयार गरेको छ।

यो अनलाइन उपकरण आवश्यकता अनुसार बनाइएको सन्देश पठाउँछ। मोबाइल फोनका माध्यमले सोझै गर्भवती र स्तनपान गराउने महिलाहरूलाई प्रसव पूर्व, प्रसवपछि अनि शिशुको हेरचाहका लागि भयस कलका रूपमा सूचना पठाउँछ।

अनलाइन सेवा

 
अनलाइन क्रेता-विक्रेता मञ्च
 
 
स्कुलका विद्यार्थीहरूका लागि अनलाइन प्रश्नोत्तरी
 
वित्तीय गतिविधिका लागि अनुस्मारक
 
 
सिएससी अपारेटरका लागि संसाधन मञ्च
 
 
 
मोबाइल आधारित मातृ स्वास्थ्य जागरूकता
 

यी उत्पादका बारेमा थप जानकारीका लागि, कृपया हामीसित सम्पर्क गर्नुहोस्

Back to top