অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मदत

मदत

  1. प्रवेशद्वारको विभिन्न खण्ड
    1. कृषि
    2. स्वास्थ्य
    3. शिक्षा
    4. इ-शासन
    5. समाज कल्याण
    6. उर्जा
  2. अनलाइन सेवाहरू
    1. इ-व्यपार
    2. जान्नेलाई सोध्नू
    3. सामान्य ज्ञान प्रश्नोत्तरी
    4. रिकार्लर
    5. वीएलई-कर्नर
    6. इ-लर्निङ पाठ्यक्रम
    7. मोबाइल आधारित मातृ स्वास्थ्य जागरूकता-मदर
  3. अधिगम संशोधन
    1. नानीका लागि डिजिटल अधिगम संशोधन
    2. शिशु संरक्षक
    3. ज्ञान केन्द्र सञ्चालकका लागि सूचना र प्रविधि बुनियाद कुराहरूसँग जडित मेन्युअल
    4. बेसिक हार्डवेयर समस्या निवारण(ट्रबलसुटिङ)
  4. मल्टिमेडिया उत्पादन
    1. पोषाहार र स्वास्थ्य
    2. औषधीय, सुगन्धित र रञ्जक फसलको उत्पादन
    3. चामल उत्पादनको अन्तिम चरणमा खतरा कम गर्नका लागि दिशा-निर्देश
    4. सुस्थिर व्यवसाय
  5. खोज गर्ने सुविधाको उपयोग
    1. खोजी गर्ने कार्यक्षमता
      1. लाइभ खोज
    2. प्रवेशद्वारको उपयोग
      1. बेनामी उपयोगकर्ता
      2. पञ्जिकृत सदस्य
      3. विषयसामग्री योगदानकर्ता
      4. विषयसामग्री समीक्षक

प्रवेशद्वारको विभिन्न खण्ड

प्रवेशद्वार कृषि, स्वास्थ्य, शिक्षा, इ-शासन, समाज कल्याण र उर्जा जस्ता छवटा कार्यक्षेत्रसँग जडित जानकारीहरू प्रदान गर्दछ। प्रत्येक कार्यक्षेत्रको अन्तर्गत उपलब्ध जानकारीको सारंश तल दिएको छः

कृषि

कृषि भाग, कृषि ऋण, नीतिहरू र योजनाहरू, उत्पादान प्रविधिको पशुपालन र मत्स्य पालन, मौसम र बजारको जानकारी, सर्वोत्तम प्रथाहरू, खेत र खेतसँग जडित उद्यमको अरू जानकारीहरू सहित कृषि सङ्स्थानहरूको जानकारीको सङ्ग्रह प्रस्तुत गर्दछन्।

स्वास्थ्य

स्वास्थ्य खण्ड महिला एवम् बाल स्वास्थ्यमा ध्यान केन्द्रित गर्दै अन्य विषयहरू जस्तै स्वच्छता, साधारण बिमारीहरू, नीतिहरू र योजनाहरू, प्राथमिक चिकित्सा र मानसिक स्वास्थ्य जस्तै क्षेत्रसँग सम्बन्धित जानकारीको सङ्ग्रह प्रस्तुत गर्दछ।

शिक्षा

शिक्षा खण्ड नानी र शिक्षकका लागि अधिगम संसाधनहरू प्रस्तुत गर्दै बाल अधिकारहरू र गुणवत्तापूर्ण शिक्षाका बारेमा जानकारी सङ्ग्रह प्रस्तुत गर्दछ।

इ-शासन

इ-शासन खण्ड अनलाइन नागरिक सेवाहरू, राज्य विशेषसँग जडित इ-शासनको पहल, मोबाइल गवर्नेस, सूचनाको अधिकार आदिको उपयोगिता सहित तिनीहरूका बारेमा महत्त्वपूर्ण जानकारीको सङ्ग्रह प्रस्तुत गर्दछ ।

समाज कल्याण

समाज कल्याण अनुभाग महिला एवम् बाल विकाससँग सम्बन्धित जानकारी, अनुसूचित जाति र जनजातिहरू अल्पसङ्ख्याको, विकलाङ्ग र वरिष्ठ नागरिकको कल्याण सम्बन्धी उपयोगी सूचनाहरू सहित गरिबी उन्मूलन र आपदा प्रबन्धनसँग सम्बन्धित जानकारी सङ्ग्रह प्रस्तुत गर्दछ।

उर्जा

उर्जा खण्डको प्रविधि, सर्वोत्तम अभ्यास पद्धतिहरू, नीतिहरू र योजनाहरूको बारेमा जानकारीका साथ उर्जा संरक्षण, उर्जा क्षमतामा सुधार र अक्षय स्रोतसँग उर्जा उत्पादन बढाउनका लागि गरिएको प्रयाससँग सम्बन्धित जानकारीको सङ्ग्रह प्रस्तुत गर्दछन्।

अनलाइन सेवाहरू

इ-व्यपार

इ-व्यपार एउटा क्रेता-विक्रेता मञ्च हो जसले क्रेता र विक्रेतालाई एक अर्काको सूचनाहरूको आदान प्रदान गर्ने अवसर दिन्छ। यस प्रकार यो मञ्च समुदायहरूको आफ्नो उत्पादकको ठुलो श्रोता समुहका बिच किन्ने बेच्नेहरूको एउटा अनलाइन बजारको भूमिका निभाउँछ। उपयोगकर्ता उत्पादकहरूलाई किन्ने वा बेच्नका लागि निम्तो हुन्छ।

जान्नेलाई सोध्नू

जान्नेलाई सोध्नू (आक्स एन एक्सपर्ट) एप्लिकेसन विशेषज्ञहरू र उपयोगकर्ताहरूको प्रामाणीक, अझ राम्रो र समन्वित तरिकाले जोड्दछ। यसको विकास उपयोगकर्ताहरूको व्यक्तिगत सेवा जस्तो अनुभव गराएर आजीविकाको सुरक्षासँग जडित प्रश्नको समाधानको खोजी पुरा गरेर प्रामाणीक र त्वरित उत्तर उपलब्ध गराउने उद्देश्यले गरिएको छ। वर्तमानमा उपयोगकर्ता कृषि, शिक्षा र इ-शासनसँग सम्बन्धित प्रश्नलाई दर्ज गराउनका लागि आमन्त्रित छ।

सामान्य ज्ञान प्रश्नोत्तरी

यस अनलाइन प्रश्नोत्तरको विकास नानीलाई उनीहरूको सामान्य ज्ञानको स्तरको मूल्याङ्कन र त्यही अनुसार प्रदर्शन र आत्मविश्वासमा सुधार गर्नुका साथ प्रोत्साहित गर्ने उद्देश्यले गरिएको छ । कक्षा ३ बाट १०औ सम्म अध्ययन गर्ने नानीहरू यस प्रश्नोत्तरी कार्यक्रममा भाग लिन सक्छन्।

रिकार्लर

यस बेवमा आधारित सेवाहरूद्वारा उपयोगकर्ताहरूको वित्तीय गतिविधिहरूलाई एसएमएस र इ-मेलद्वारा सचेत गरेर र त्यसलाई लामो भुक्तान वित्तीय उत्पादनको परिपक्कताको जानकारी पठाउने सुविधा दिएर योजनावद्ध गरिन्छ।

वीएलई-कर्नर

यो मञ्च मुख्य रूपमा सम्पूर्ण भारतको वीएलईलाई एक अर्कासँग आफ्नो अनुभवलाई साझा गर्ने र सामान्य हितसँग जडित क्षेत्रमा चर्चा गर्ने अवसर उपलब्ध गराउँछ। यसको साथै वीएलईको लाभका लागि उपयोगी संसाधनको सङ्ग्रह पनि उपलब्ध गराउँछन्।

इ-लर्निङ पाठ्यक्रम

यस भागमा महिलाहरू, नानीहरू, युवाहरू र सहायताबाट वञ्चित समुदायमा ज्ञान र कौशलको निर्माण गर्नका लागि कृषि सूचनाको अधिकार र वित्तीय समावेशन आदि विषयसँग जडित विषयमा बहुभाषी पाठ्यक्रम पेशकश गर्नु उद्देश्य हो।

मोबाइल आधारित मातृ स्वास्थ्य जागरूकता-मदर

‘मदर’ मोबाइलमा आधारित एउटा सेवा हो जसको प्रयोग प्रसवको पूर्व, प्रसवको पछाडि र नानीहरू देखरेख गर्दा व्यक्तिगत सन्देशहरू (आवाजमा)को महत्त्वपूर्ण सङ्ग्रह सोझै गर्भवती र स्तनपान गराउने महिलाहरूको मोबाइल फोनमा पुर्‍याउन सकिन्छ।

अधिगम संशोधन

नानीका लागि डिजिटल अधिगम संशोधन

यस भागमा विज्ञान, गणित र भाषासँग जडित विषयहरूमा अनेक सङ्गठनहरूद्वारा विकसित अधिगम संसाधन उपयोगकर्ताहरूको लाभका लागि दिएको छ।

शिशु संरक्षक

शिशु संरक्षक युनिसेफद्वारा विकसित एउटा बहुभाषी मल्टिमेडिया प्रस्तुत छ। यो गर्भवती, स्तनपान गराउने महिला, नवजात र स्कुल जानुभन्दा पहिलाका नानीहरूको रेखदेखसँग सम्बन्धित जानकारी उपलब्ध गराउँछ।

ज्ञान केन्द्र सञ्चालकका लागि सूचना र प्रविधि बुनियाद कुराहरूसँग जडित मेन्युअल

कम्प्युटरको मूलभूत भागको जानकारी, इन्टरनेटको अवधारणा र इ-मेल, किबोर्ड सर्टकट, उपयोगी वेबसाइट निर्देशिका र स्थानीय भाषा कम्प्युटिङसँगै महत्त्वपूर्ण विषयहरूलाई यसमा शामिल गरियो। यो मेन्युअल हिन्दी, तेलेगु र अङ्ग्रेजी भाषामा उपलब्ध छ।

बेसिक हार्डवेयर समस्या निवारण(ट्रबलसुटिङ)

यो पुस्तिका हार्डवेयर समस्या निवारणको बारेमा जानकारी र उपयोगी सुझाव प्रदान गर्दछ। यो हिन्दी, तेलेगु र अङ्ग्रेजी भाषामा उपलब्ध छ।

मल्टिमेडिया उत्पादन

पोषाहार र स्वास्थ्य

यो बहुभाषी भर्‍याङ(सिढी) भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)को अन्तर्गत कार्यरत आगामी पोषाहार संस्थान, राष्ट्रीय पोषण सङ्स्थान (एनआईएन)को सहायताले विकसित गरिएको छ। भर्‍याङको सामग्री चारवटा प्रमुख शीर्षकमा राखिएको छ- आफ्नो भोजनलाई जान्नु, पोषण आहारको आवश्यकताहरू र त्यसको स्रोत, भोजन र बिमारीहरू एवम् खाद्य सुरक्षाबारे जानकारी हुनु हो। यो भर्‍याङ खाने भोजन र स्वस्थ्य जीवन प्रणाली बनाई राख्नमा तिनको भूमिकाको बारेमा जान्न चाहने सामुदायिक स्वास्थ्य कर्मीहरू, पेरा मेडिकेल कर्मीहरू र चिकित्सा पेशेवरहरू, छात्रहरू, गृहिणीहरू र ती सबैका लागि उपयोगी छन् । यो भर्‍याङ अङ्ग्रेजीको अतिरिक्त हिन्दी, तेलेगु, तमिल, मराठी, बाङ्गला र असमीया भाषाहरूमा पनि उपलब्ध छ।

औषधीय, सुगन्धित र रञ्जक फसलको उत्पादन

यो अन्तर संवादीय भर्‍याङ वाणिज्यिक रूपमा महत्त्वपूर्ण ५४ ओषधीयुक्त, सुगन्धित र रञ्जक फसलको बारेमा जानकारी दिन्छन्, जसमा राष्ट्रीय औषधीय पादप बोर्डद्वारा प्रथमिकताबद्ध फसल शामिल छ। यसमा उत्पादन, विपणनको समग्र जानकारी स्थानीय भाषामा दिएको छ। उपलब्ध भाषाहरू नेपाली, असमिया, बडो, मणिपुरी, हिन्दी-तेलेगु-अङ्ग्रेजी।

चामल उत्पादनको अन्तिम चरणमा खतरा कम गर्नका लागि दिशा-निर्देश

सीसीडी, मदुरे, तामिलनाडुको सहयोगले निर्मित मल्टिमेडिया भर्‍याङ आपदाको प्रभावलाई कम गर्ने मुख्य आवश्यकताको चारवटा सूत्र रणनीतिमा दृष्टिपात गर्दछ। यसले तामिलनाडुको कावेरी डेल्टा क्षेत्रको सुनामी प्रभावित किसानहरूको साथ चार वर्षसम्म गरिएको साझेदारी प्रयोगको पछि तयार गरिएको छ। भर्‍याङ-मा यी रणनीतिहरूको लागू गर्नमा मद्दत गर्ने तरिकाका सङ्क्षिप्त विवरण पनि दिएको छ। यस मल्टिमेडिया संसाधनको उपयोग स्व-शिक्षण उपकरण र खेतमा तैनाथ कर्मीहरू, शोधकर्ताहरू र प्रसार अधिकारीहरूको प्रशिक्षण संसाधनको रूपमा गर्न सकिन्छ। भर्‍याङ नेपाली,तामिल र अङ्ग्रेजी भाषामा उपलब्ध छ।

सुस्थिर व्यवसाय

यो उत्पादन थुप्रै रेखाचित्र र खेतको दिशाको बिडियोको माध्यमबाट स्वस्थिर फसल उत्पादनसँग सम्बन्धित छ। यो किसानहरू र गैरसरकारी स्वयमसेवा सङ्गठनका लागि उपयोगी सामग्री हो। सामग्रीको सुस्थिर कृषिकेन्द्र र एसईआरपी, हायदरावादको सहयोगले विकसित गरिएको छ।

खोज गर्ने सुविधाको उपयोग

खोजी गर्ने कार्यक्षमता

खोजी गर्ने सुविधा उपयोगकर्ताहरूलाई उनीहरूको आवश्यकता अनुकूल पाठ्यसामग्रीलाई शीघ्र रूपमा प्राप्त गर्न सहयोग गर्छन्। यो सुविधा प्रवेशद्वारको पाठ्य सामग्रीलाई खोज गर्नमा सहायक हुन्छन् साथै इन्टरनेटमा खोज्नुमा पनि।

यस सुविधाको उपयोग प्रवेशद्वारमा उपयोगकर्ताद्वारा निम्नलिखित रूपमा गरिन्छः

  • विशिष्ट अक्षर वा एक शब्द/वाक्यङ्शद्वारा
  • शब्द/वाक्यङ्शको बिच स्थानद्वारा
  • शब्दको निर्देशकहरूद्वारा
लाइभ खोज

लाइभ खोजको कार्यक्षमता प्रवेशद्वारमा खोज गर्नमा सजिलो पार्छ। खोज्ने बाक्समा शब्दहरूलाई टाइप गरे पछि खोज गर्ने सम्पूर्ण प्रक्रिया सजिलो हुन्छ र खोजी गर्ने मसिन सबै सम्भव सामग्रीहरू प्रस्तुत गर्दछन्। लाइभ फिडबेक पाठ्यसामग्रीको खोजी गर्नमा सहायक बहुत तेजीले र अत्याधिक प्रभावित रूपमा सहायक सिद्ध हुन्छन्।

प्रवेशद्वारको उपयोग

प्रवेशद्वार जुन पनि विषयसामग्री सम्भव रूपमा उपलब्ध छ त्यसलाई विषय विशेषज्ञता क्षेत्रसँग जोडिन र स्वेच्छापूर्वक लोकहरूद्वारा विभन्न सूचनाहरू, चित्रहरू, फाइल र अन्य डेटा(विषयसामग्री) को रूपमा सम्भव वनाइएको छ। प्रवेशद्वारमा ४ अलग अलग प्रकारका उपयोगकर्ताहरू यसबाट लाभान्वित हुनका लागि आमन्त्रित गर्दछः

  • बेनामी उपयोगकर्ता
  • पञ्जिकृत सदस्य
  • विषयसामग्री योगदानकर्ता
  • विषयसामग्री समीक्षक
निम्न भागमा उपयोगकर्ताका लागि उपलब्ध विशेषाधिकारको सङ्क्षिप्त विवरण विभिन्न प्रकारका यस प्रकार छन्-

बेनामी उपयोगकर्ता

एउटा बेनामी उपयोगकर्ताको रूपमा गर्न सकिन्छ-

  • सामग्रीलाई ब्राउज गर्नु
  • विषयसामग्रीलाई खोज्नु
  • इमेल/सोसियल मेडियाको माध्यमले विषयसामग्रीको आदान प्रदान गर्नु
  • पृष्ठ मूल्याङ्कन
    • स्क्रलद्वारा पृष्ठको तल आउनू।
    • पृष्ठमा दिएको पेज रेटिङ भागमा दिएको ‘स्टार’मा क्लिक गर्नू।
  • पृष्ठका लागि सुझाव/टिप्पणी दिनू
    • स्क्रलद्वारा पृष्ठमा तल आउनू
    • ‘आफ्नो सुझाव दिनू’ शीर्षक बक्समा दिएको भागमा आफ्नो नाम र सुझाव दर्ता गर्नू।
    • ‘सब्मिट’मा क्लिक गर्नू।
  • सर्वेक्षणका लागि भोट दिनू
    • मुख्य पृष्ठमा दिएको ‘ओपोनियन पोल’मा क्लिक गर्नू।
    • आफ्नो रोजाइलाई रोज्नु र ‘भोट’मा क्लिक गर्नू।
    • पछाडिको सर्वेक्षण हेर्नका लागि ‘पछाडिको पोल’ मा क्लिक गर्नू।
  • न्युजलेटरको सदस्यता
    • मुख्य पृष्ठमा दाहिने तर्फ दिएको ‘न्युजलेटरका लागि सदस्यता लिनू’ मा क्लिक गर्नू।
    • आफ्नो इमेल आइडी दर्ता गरेर ‘सब्मिट’ गर्नू।
  • प्रवेशद्वारबाट ‘प्रतिक्रिया’ दिनू
    • मुख्य पृष्ठमा दिएको ‘आफ्नो प्रतिक्रिया दिनू’ मा क्लिक गर्नू।
    • आफ्नो नाम, इमेल आइडी र प्रतिक्रिया प्रस्तुत गर्नू।
    • सब्मिटमा क्लिक गर्नू।
  • आरएसएस फिडको सदस्यता लिनू
    • स्क्रोलद्वारा पृष्ठमा तल आउनू।
    • दिएको आरएसएस आइकनमा क्लिक गर्नू।
    • प्रवेशद्वारसँग जडित अपडेट प्राप्त गर्नका लागि कुनै पनि डोमाइनको सदस्यता लिनू
  • सदस्य वा सामग्री योगदानकर्ता बन्नू
    • दाइने तर्फ शीर्षमा ‘पञ्जीकरण’मा क्लिक गर्नू
    • विकल्पको चुनाव गर्नू- सदस्य वा सामग्री योगदानकर्ता।
    • विवरण भर्नू
    • ‘दर्ता’मा क्लिक गर्नू

    पञ्जिकृत सदस्य

    एउटा पञ्जिकृत सदस्यको रूपमा तपाईंको बेनामी उपयोगकर्ताका रूपमा सबै विशेषाधिकार पाइन्छ। यस बाहेक तपाईं निम्न काम गर्न सक्नुहुन्छः

    • आफ्नो प्रोफाइललाई अपडेट गर्नू
      • दाइने र अन्तिममा प्रदर्शित आफ्नो उपयोगकर्ताको नाममा क्लिक गर्नू।
      • ड्रप डाउन सूचीमा ‘डेसबोर्ड’मा क्लिक गर्नू
      • तपाईंको प्रोफाईल प्रदर्शित हुन्छ र तपाईं जरूरी परिवर्तन गर्न सक्नुहुनेछ।
    • डेसबोर्डलाई आफ्नो रुचि अनुसार बदलनू
      • दाइने र अन्तिममा प्रदर्शित आफ्नो उपयोगकर्ताको नाममा क्लिक गर्नू
      • ड्राप डाउन सूचीमा ‘डेसबोर्ड’मा क्लिक गर्नू
      • डेसबोर्डको डिफल्ट व्यु प्रदर्शित हुन्छ।
      • डेसबोर्डलाई रुचि अनुसार बदल्नका लागि ‘सम्पादित गर्नू’ विकल्पमा क्लिक गर्नू
    • आफ्नो योगदान हेर्नू
      • शीर्षमा दाइनेतर्फ अन्त्यमा प्रदर्शित आफ्नो उपयोगकर्ता (आफ्नो नाम) को नाममा क्लिक गर्नू
      • ड्राप डाउन सूचीमा ‘मेरो योगदान’मा क्लिक गर्नू
      • तपाईंको सबै योगदान- प्रतिक्रिया, सुझाव, विचार–चर्चा अङ्कमा प्रदर्शित हुन्छ।
    • फोरममा चर्चाको विषय
      • डोमाइन वा क्षेत्रलाई मेनू सूचीमा दिएको चर्चा मञ्चमा क्लिक गर्नू
      • आफनो पसन्दको चर्चा मञ्च रोज्नू
      • मञ्चको अनुसार सूचीकरण विषय हेर्नू
      • चर्चा हेर्नू र आफ्नो विचार दिन ‘यसको जबाव’ विकल्पमा क्लिक गर्नू

विषयसामग्री योगदानकर्ता

एउटा सामग्री सामग्री योगदानकर्ताको रूपमा तपाईंमाथि दिएको विशेषाधिकारलाई प्राप्त हुन्छन्। यस बाहेक यसको उपयोग पनि गर्न सकिन्छः

  • Add content pages
    • सामग्री योगदानकर्ताका रूपमा स्वीकृत डोमाइनमा एउटा नयाँ पृष्ठलाई जोड्न सकिन्छ।
    • जुन मेनूको अन्तर्गत तपाईं कुनै नयाँ पृष्ठ जोडन चाहनुहुन्छ त्यसमा मेनू पृष्ठमा क्लिक गर्नू र त्यहाँ उपलब्ध ‘नयाँ जोडनू’ विकल्पमा क्लिक गर्नू
    • पृष्ठका लागि शीर्षक, सारंश, टाइप गर्नू र पहेँलो रङमा दिएको भागमा मुख्य सामग्री दिनू
    • ‘सेभ’ बटनमा क्लिक गर्नू
  • सामग्री पृष्ठलाई सम्पादित गर्नू
    • तपाईं स्वीकृत डोमाइनमा सामग्री योगदानकर्ताका रूपमा पृष्ठलाई सम्पादन गर्न सक्नुहुनेछ।
    • शीर्षमा ‘ग्रिन बेन्ड’मा दाइने तर्फ पृष्ठको वर्तमान स्थितिको जाँच गर्नू जहाँ ‘सम्पादन गर्ने अवस्था’ वा ‘समीक्षा प्रक्रिया’मा यी पृष्ठहरूलाई तपाईं सम्पादन गर्न सक्नु हुनेछ ।
    • ‘सम्पादित गर्नु’मा क्लिक गर्दा एउटा सम्पादनको विन्डो खुल्दछ जसमा दिएको सुविधाहरूको अनुसार तपाईंले जरूरी परिवर्तन गर्न सक्नु हुनेछ।
    • सम्पादन गरे पछि अन्त्यमा दिएको ‘सेभ’ बटन थिच्न नभुल्नू।

विषयसामग्री समीक्षक

एउटा सामग्री समीक्षकको रूपमा तपाईंको सामग्री योगदानकर्तालाई माथि दिएको विशेषाधिकार प्राप्त हुन्छ र यस बाहेक यसको उपयोग पनि गर्न सकिन्छ।

  • हालैमा गरिएको परिवर्तन हेर्नू
    • दिएको पृष्ठमा दाइनेतर्फ शीर्षंमा प्रदर्शित ‘निज उपयोगकर्ता’ नाममा क्लिक गर्नू।
    • ड्राप डाउन सूचीमा ‘हालैको आइटम(परिवर्तन)’ मा क्लिक गर्नू
    • सबै परिवर्तन गरिएको सूचीकरणका रूपमा उपलब्ध हुन्छन्।
  • हालैमा गरिएको परिवर्तन हेर्नू
    • दिएको पृष्ठमा दाइनेतर्फ शीर्षंमा प्रदर्शित ‘निज उपयोगकर्ता’ नाममा क्लिक गर्नू।
    • ड्राप डाउन सूचीमा ‘हालैको आइटम(परिवर्तन)’ मा क्लिक गर्नू
    • सबै परिवर्तन गरिएको सूचीकरणका रूपमा उपलब्ध हुन्छन्।
  • सामग्री पृष्ठको समीक्षा/सम्पादन
    • तपाईं स्वीकृत सामग्री समीक्षकका रूपमा रोजेको डोमाइन पृष्ठको समीक्षा गर्न सक्नु हुनेछ।
    • इतिहास (सम्पादन)मा क्लिक गरेर पृष्ठमा गरिएको परिवर्तन हेर्नू
    • परिवर्तन गरिएकाको समीक्षा गर्नू
    • समीक्षित तिथिमा क्लिक गर्नू
    • समीक्षा गर्ने मिति जोडनू
    • यदि सबै परिवर्तन समीक्षित भए भने स्थितिलाई परिवर्तन गरेर प्रकाशित गर्नू अथवा समीक्षा समाप्तीको स्थिति रोज्नु र सेभ गर्नू ।

Last Modified : 6/30/2016



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate