অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

सबैको लागि प्राकृतिक स्रोतको संरक्षण

सबैको लागि प्राकृतिक स्रोतको संरक्षण

  1. वातावरणीय स्वास्थ्य समस्याका कारणहरू
  2. असंख्य मानिस, नगण्य स्रोत
  3. संस्थागत स्वामित्वता हाम्रो स्वास्थ्यको लागि खराब
  4. सामुदायिक संस्था बनाउने
  5. दिगो समुदाय तयार पार्ने
  6. जीवनचक्रलाई सम्मान गर्ने
  7. जीवनचक्रलाई हानी पुयाएमा नया किसिमको बिरामी निम्त्याउछ
  8. जडिबुटी जैविक विविधतामा निर्भर गर्दछ ।
  9. स्वस्थ भोजन जैविक विविधतामा निर्भर गर्दछ
  10. जैविक विविधताले बाली उत्पादन बढायो
  11. जैविक विविधताले पानीको स्रोत जोगाउदछ
  12. जैविक विविधताले समुदायलाई जोगाउदछ
  13. जीवनचक्रलाई पुनस्र्थापना
  14. प्रकृतिस“गै काम गर्ने
    1. हामीले प्राकृतिक चक्रलाई कसरी नक्कल गर्न सक्छौं
    2. उद्योगले कसरी प्राकृतिक चक्रलाई नक्कल गर्दछ
    3. प्रदूषणको असरबाट बचावट
  15. पूर्वसावधानीका सिद्धान्तहरू
  16. विश्व उष्णीकरण
  17. विश्व उष्णीकरणका प्रमुख कारणहरू

हाम्रो प्राकृतिक स्रोतको को उपभोगशैलीले हाम्रो स्वास्थ्य तथा हाम्रो समुदायको स्वास्थ्यलाई पार्दछ सबैले प्राकृतिक स्रोतको उपभोग गर्नुपर्दछ । तसर्थ सबैको दायित्व यसको संरक्षण, संवर्द्धन र आपसमा मिलिजुली न्यायोचित बाँडफाँड गर्नुपर्ने हुन्छ । दुर्भाग्यबस, प्राकृतिक स्रोतहरू सबैमा बराबरी बाँडफाँड भएको पाइदैन । धनी मानिसहरू बढी र गरिबहरू कम प्रयोग गर्ने गरेको पाइन्छ । शक्तिशाली व्यवसायी संस्था (Corporation) हरू सरकारहरू र सैनिक वर्गहरू अक्सर प्राकृतिक स्रोतको ठूलो हिस्सा उपभोग गरिरहेका हुन्छन् । एउटा सानो एकल समुदायमै पनि धनी मानिसहरूले गरिब भन्दा बढी प्राकृतिक स्रोतको उपभोग गरिरहेको हुन्छन् । अक्सर बाँकी रहेको थोरै स्रोतहरूमा धेरै गरिबहरूलाई आपसमा झगडा गर्न बाध्य पारेको हुन्छ । यस प्रकारको प्राकृतिक स्रोतको असन्तुलित बाँडफाँडको कारण गरिबहरूमा विभिन्न गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन्छ ।

हामीले दिनैभरी प्राकृतिक स्रोत संरक्षणबारे जति कुरा गरेपनि जबसम्म असमानता रहिरहन्छ तबसम्म वातावरणीय स्वास्थ्यको केही शक्तिशाली एवं धनी मानिसको लागि मात्र अधिकारको कुरा भएर बस्दछ । तर धेरै गरिबहरू जसलाई दैनिक जीवयनयापनको लागि उक्त प्राकृतिक स्रोतहरू चाहिन्छ । उनीहरूको त्यो अधिकार प्राप्त हुँदैन । जस्तोकी भारतीय नेता श्री महात्मा गान्धीको भनाइमा “सबैको लागि आवश्यक स्रोत यस पृथ्वीमा यथेष्ट छ तर सबैको लोभीपनको लागि भने यथेष्ट हुन सक्दैन ।"

वातावरणीय स्वास्थ्य समस्याका कारणहरू

वातावरणीय स्वास्थ्य समस्याबारे एक किसिमले यस प्रकार पनि सोंच्न सक्दछ ।

• अपर्याप्तताः हामीलाई स्वास्थ्य जीवनयापनका लागि चाहिने स्वच्छ हावा, शुद्ध खानेपानी, राम्रो सुरक्षित माटो र वनजंगल, सुरक्षित र आरोंमदायी बासस्थान र सुरक्षित काम गर्ने वातावरणको अपर्याप्तता वातावरणीय स्वास्थ्यको कारण हुन सक्दछ ।

• पर्याप्तताः हामीलाई नचाहिने हानीकारक वस्तुहरू जस्तैः फोहरमैला, हानीकारक रसायन, प्रदूषण र कॉम नलाग्ने बट्टाको खाने कुरा आदिको पर्याप्तताको कारण पनि मानिस अस्वस्थ्य हुन सक्दछ ।

यस पुस्तकमा उल्लेखित इक्वाडोरको कथा (अध्याय १), स्वास्थ्य समस्याको मूल कारणहरू चाहिं अति आवश्यक सामग्रीहरू जस्तै: सफा खानेपानी, शौचालय र रुख बिरुवाहरूको अपर्याप्ततालाई दर्शाएको छ । भारतको भोपालको कथा (अध्याय ४ मा हेर्नुहोस्, स्वास्थ्यको समस्याको मूल कारण चाहिं पर्याप्त मात्रामा हानीकारक रसायनको उपस्थितिले सृजना भएको थियो । दुवै अवस्थामा सबै कथाहरूमा दर्शाएझै वातावरणीय स्वास्थ्यमा ती समस्याको मूल कारणहरू जस्तै: जीवनको लागि आवश्यक वस्तुहरूको अपर्याप्तता र नचाहिने अनावश्यक प्रदूषणहरूको पर्याप्तता जस्तो स्थितिलाई हुनबाट रोक्नु माथि निर्भर गर्दछ ।

हामीले हाम्रो प्राकृतिक स्रोत र हाम्रो समुदायलाई संरक्षण गरेर हाम्रो सन्तती र आउँदा पुस्तालाई पनि संरक्षण गरिरहेका छौं ।

असंख्य मानिस, नगण्य स्रोत

एकातिर पृथ्वीमा पानी, वनजंगल, खनिज र अन्य प्राकृतिक स्रोतको मात्रा सीमित छ भने अर्कोतिर यसको उपभोग गर्ने जनसंख्या दूत गतिमा बढ्दैछ । तर मानिसको बढ्दो संख्या चाहिं वास्तविक मूल कारण चाहिँ होइन । खास समस्या चाहिं यी स्रोतहरूको वितरण र उपभोग कसरी भैरहेको छ भन्ने आउँदछ । जहिले पनि एक व्यक्ति वा समूह आफ्नो भागमा पर्ने भन्दा बढी स्रोतको उपभोग गरिरहेको हुन्छ वा अत्यधिक प्रदूषण सृजना गरिरहेको हुन्छ । यिनै असुन्तलनले अरुलाई वातावरणीय स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।

केही मानिसको धारणामा मानिसको संख्या नियन्त्रण वा घटाएर वातावरणमा पर्ने असरलाई रोक्न सकिन्छ । यस्ता सोचाईबाट प्रेरित समूह "जनसंख्या नियन्त्रण” कार्यक्रमहरूको शुरुवाततर्फ जान्छ । यस्तो कार्यक्रमहरू मानिसको जीवनस्तर सुधार गर्न कहिंपनि सक्षम हुन सकेको छैन । किनभने यसले वातावरणीय द्वास, गरिबी र विग्रदो स्वास्थ्यजन्य समस्याको मूल कारणलाई निर्देशित गर्न सकेको हुँदैन । स्रोत भएको व्यक्तिहरूले सम्मानजनक र स्वास्थ्य जीवनयापन गर्न रुचाउँदछन्। थोरै सन्तान मन पराउँदछन् । जबसम्म समुदायहरू, सरकार र विकास कार्यक्रम र योजनाहरूले बालबालिकाहरूको बाँच्ने सुनिश्चित गर्नुको साथै महिलाको सामाजिक, राजनैतिक र आर्थिक स्तर नउकासेसम्म तथाकथित "जनसंख्या समस्या" समाधान हुँदैन ।

तर संसारको जनसंख्या घटाउनाले स्रोतको असमान प्रयोगको हुनुपर्ने समस्यालाई समाधान गर्दैन । मानिसबाट वातावरणमा हुने असर कम गर्ने सबैभन्दा राम्रो तरीका भनेको धनीले कम स्रोत प्रयोग गर्ने र प्रयोग गर्दा भविष्यको लागि स्रोत संरक्षण गर्ने र प्रयोग गर्दा प्रदूषण नहुने गरी गरिनुपर्छ । पहिला सबैभन्दा धेरै प्रयोग गर्नेको बानीमा परिवर्तन गरेर सबैको स्वास्थ्य जीवनको लागि यथेष्ट स्रोत भएको विश्वस्त गर्न सक्छौं

संस्थागत स्वामित्वता हाम्रो स्वास्थ्यको लागि खराब

इक्वाडोरको स्वास्थ्य समस्या विकराल हुनुको प्रमुख कारण चाहिं त्यहाँ एउटा जापनीज कम्पनी (संस्था) आएर स्थानीय मानिसलाई रुख काट्नका लागि रकम उपलब्ध गरायो (अध्याय १) । माटोलाई सँधैभरी मलिलो राख्नेदेखि लिएर बाढी पहिरो, समुद्री आँधीबाट जोगाउनुको साथै स्थानीय मानिसको दैनिक जीवनयापनको लागि चाहिने खाना, दाउरा, औषधि, कपडा र अन्य अति आवश्यक स्रोतहरूको रूपमा रहेको रुख विरुवा पनि गुमायो । जब एउटा गुमेको वनजंगल जस्तो प्राकृतिक स्रोतलाई पुनः यथास्थितिमा ल्याउन सकिंदैन, यो हाम्रो प्रकृतिबाट, यसमा आश्रित समुदायबाट र हाम्रो भावी पुस्ताबाट चोरेको सरह नै हुन्छ ।

जब एउटा कम्पनीले कुनै स्रोतहरू जस्तैः काठ, तेल, पानी, बीउ, जनशक्तिमाथि आफ्नो स्वामित्व जनाउँछ उनीहरूले त्यसबाट फाइदा उठाउँदछन् त्यसमा निर्भर हुने मानिसहरूको जीवन सुधार्ने र निकै थोरै महत्व दिएको पाइन्छ । कम्पनीहरूले शुरुवातमा मानिसहरूलाई छोटो समयको लागि रोजगारी एवं फाइदा दिए पनि यदि उनीहरूको उद्देश्य चाहिं स्थानीय स्रोत निर्यात गर्ने गरेको छ भने उक्त स्रोत सकिएपछि कम्पनी आफैं पनि उठेर जान्छ र अन्तमा मानिसहरूलाई अझै बढी गरिबीको भूमरीमा पारेर जान्छ ।

सामुदायिक संस्था बनाउने

प्राकृतिक स्रोत माथिको न्यायोचित र समान नियन्त्रण भनेको सबै मानिसको आवाजलाई प्राकृतिक स्रोतको उपभोग र साझेदारीसम्बन्धी निर्णयमा उनीहरूको आवाज सुन्नु हो । न्यायोचित समान नियन्त्रणका धेरै रूपहरू हुन्छ । तर सबैको आधार चाहिं सँगै मिलेर परिवर्तनका लागिपर्ने मानिसहरूको शिक्षा र संस्थागत विकासमा भर पर्दछ । वातावरणीय स्वास्थ्य सदैव एउटा सामुदायिक मुद्दा हो । सबैले साझेदारी गर्ने स्रोतको संरक्षण सामुदायिक रूपमा मिलेर गर्नपर्दछ । लामो समयसम्म सँगै काम गर्ने मानिसहरूले एक किसिमको सामुदायिक समूह वा संस्थाको सुरुवात गर्दछन् ।

जब इक्वाडोरमा हैजाको महामारी फैलिएको बेला “सबैको लागि स्वास्थ्य” कार्यक्रमअन्तर्गत जनस्वास्थ्य समिति गठन गरी जनचेतना बढाउने र सबैलाई काम गर्न तयार गरे । हैजा जस्तो महामारीबाट जोगिनको लागि बिरामीलाई जनस्वास्थ्य समितिले ज्ञान (पर्णजलीय, पानी बनाउने तरीका) र सेवा (जस्तैः नयाँ खानेपानी र शौचालय बनाउने) प्रदान गरे । जनस्वास्थ्य समितिले समुदायलाई पुनः संस्थागत र बलियो बनाई स्वास्थ्य क्लिनिक सुधार गर्ने, स्वास्थ्य शिक्षा र स्कूल, उद्यान र घरघरमा मानिसलाई तालीम दिने कार्य गरे । यसले गर्दा अरु मानिसलाई पनि समूहगत रूपमा सङ्गठित भई वातावरणीय स्वास्थ्य प्रवद्र्धक र पुनः प्रशोधन कार्यक्रम जस्ता काम गर्न उत्प्रेरणा प्रदान

“सबैका लागि स्वास्थ्य” कार्यक्रमले समुदाय भन्दा बाहिरको संस्थाहरूसँग पनि काम गरेर पैसा, इन्जिनियरिङ्ग सीप, औषधि र अन्य स्रोतहरू जुटाउने काम गरे । उनीहरूले प्रदान गरेको स्रोतको उचित उपभोग र व्यवस्थापन गाउँले समुदायबाट नै हुनुपर्ने सुनिश्चित गरे । समुदायहरूलाई कार्यक्रम बनाउने योजना र निर्णय प्रक्रियामा पनि सहभागी बनाइयो । आफ्नो स्वस्थ्य भविष्यको लागि “सबैको लागि स्वास्थ्य” कार्यक्रममा गरेजस्तैः सरकारले मानिसहरूलाई अति आवश्यक सेवा प्रदान गर्न नसकेको बेला मानिसहरूले स्थानीय स्तरमै सङ्गठित भई आफैं काम गर्नुपर्दछ । प्रायः जब समुदाय सङ्गठित हुन्छ, सरकारले पनि जनताप्रतिको आफ्नो दायित्व पूरा गर्दछ । समूहगत रूपमा विभिन्न मानिसलाई जस्तैः महिला, पुरुष, कामदार, किसान, वन संरक्षण कर्मचारी , उद्योग, जग्गा विकास गर्ने योजनाकार र अन्यलाई विभिन्न प्रकारको स्रोतको आवश्यकता पर्ने भएकोले कहिलेकाहीं यसले समुदायमा र संस्थामा फुट ल्याउँदछ । कहिले काहीं अल्पकालीन फाइदा र दीर्घकालीन स्वास्थ्यको आवश्यकताबीच सन्तुलन मिलाउन निकै कठिन हुन्छ । यी सबै असमानता र फुटलाई मिलाएर पुनः समुदायलाई सङ्गठित तुल्याउन र बलियो सामुदायिक संस्था तयार पार्न अक्सर धेरै समय लाग्दछ । दीर्घकालीन स्वास्थ्यको लक्ष्य हाँसिल गर्न र सबैलाई यसको प्राप्तिको लागि समूहगत रूपमा मिलेर काम गर्न सकेको खण्डमा कठिन भन्दा कठिन द्वन्द्व वा फुटलाई समाधान गरी बलियो संगठन तयार गर्न सक्दछ र जसले सार्वजनिक स्रोतको संरक्षण गर्दछ ।

दिगो समुदाय तयार पार्ने

दिगोपना भन्नाले कुनै कुरा लामो समयसम्म रहिरहने क्षमतालाई बुझाउँदछ । चाहे जुनसुकै कुरा जस्तै: सामुदायिक संस्थामा स्वास्थ्य चौकी, पुनः प्रशोधन कार्यक्रम वा प्राकृतिक स्रोत जस्तैः वनजंगल, जमीन, पानीको मूल नै किन नहोस् जबसम्म यसलाई दिगो रूप विकास तथा उपभोग गरिँदैन यसले विभिन्न वातावरणीय स्वास्थ्य समस्याहरू निम्त्याउन सक्दछ ।

दिगोपना भनेको अहिलेको जनताको दैनिक मागलाई पूर्ति गर्ने सँगसँगै भावी पिढीलाई पनि आपूर्ति गर्ने योजना बनाउनुलाई पनि बुझनु पर्दछ । वातावरणलाई नोक्सान नगरी हामी सबैलाई बाँच्नका लागि चाहिने स्रोतहरू लगायत हाम्रो गाँस, बास र कपासका साथै चाहिने अरु तत्वहरू जस्तै: पानी, ऊर्जा औषधिको आपूर्ति गर्नु नै आजको चुनौती हो । हाम्रो वरिपरि भैरहेको विकास चाहिं दिगो होइन । यहाँ स्वस्थ खाना, सफा पानी र स्वच्छ हावा र सुरक्षित बासस्थानको बढ्दो खाँचो छ र यहाँ अत्यधिक प्रदूषण, वनजंगल फडानी र बिरामीहरू बढ्दो छ । अदिगो सामुदायिक विकासले आफूलाई र आफ्ना भावी सन्ततीलाई ठूलो समस्या निम्त्याउँछ । यस पुस्तकमा संकलित कथाहरूमा केही अति प्रारम्भिक दिगोपनाका सिद्धान्तहरूमा आधारित उदाहरणहरू प्रस्तुत गरिएको छ । अगाडिका पृष्ठहरूमा केही महत्वपूर्ण सिद्वान्तहरूलाई वर्णन गरिएको छ ।

जीवनचक्रलाई सम्मान गर्ने

प्राकृतिक संसार विभिन्न महत्वपूर्ण जीवित वस्तुहरूबाट बनेको हुन्छ । वैज्ञानिक शब्दमा जैविक विविधता भन्नाले धेरै संख्यामा विभिन्न जातका मानिस, रुख विरुवा, जनावरहरू र कीरा फट्याङ्ग्राहरूलाई जनाउँदछ । धेरै समय पहिले वैज्ञानिकहरूले यो नाउँ विभिन्न जीवजन्तलाई दिनुअघि धेरै मानिसहरूले आफ्नो बालबालिकालाई जीवनचक्रको बारेमा पढाउँदथे । माकुराले जालो बलियो बनाउन धेरै रेशाहरू जोड्नु पर्छ । जैविक विविधता सबै जीवित वस्तुहरूको जीवनचक्र माथि भर पर्दछ ।

उदाहरणको लागि मानिसले फलफूल खानको लागि जम्मा गर्दछन् । जसमा पाइने पोषण तत्वले मानिसहरूलाई स्वास्थ्य राख्दछ । यी फलफूलहरू रुख वा झाडीमा फल्ने गर्दछ र कीरा फट्याङ्ग्राबाट परागशेचन हुने गर्दछ । परागशेचनविना फल लाग्दैन । चराले कीरा फट्याङ्ग्राहरू खान्छन् र चरालाई फेरी फ्याउरोले शिकार गर्दछ । एउटा सन्तुलित जीवनचक्र भन्नाले धेरै फूलहरू, कीरा फट्याङ्ग्राहरू, चराहरू र फ्याउरोहरूसँग बस्ने ठाउँलाई बुझाउँदछ । चल्लाहरू खाएको निहुँमा धरै फ्याउरोलाई मारेको खण्डमा चराहरूको संख्या स्वभाविक रूपमा बढ्न गई धेरै भन्दा धेरै कीरा फट्याङ्ग्रालाई खान्छन् र चाहिने परागशेचन प्रक्रियामा द्वास अाउँदछ ।

फलस्वरूप यसरी धेरै संख्यामा फ्याउरो मार्नु भनेको मतलब हामीले थोरै फलफूल प्राप्त गर्नु हो । दुर्भाग्यवश विश्व स्तरमा जैविक विविधताको ठूलो ह्रास भैरहेको कारण धेरै रुख विरुवा र जनावर प्रत्येक वर्ष लोप भैरहेको छ । जैविक विविधता आफैमा अमूल्य हुनुको साथै मानव स्वास्थ्य संरक्षणको लागि धेरै किसिमले अमूल्य सहयोग पुयाइरहेको हुन्छ ।

जीवनचक्रलाई हानी पुयाएमा नया किसिमको बिरामी निम्त्याउछ

जैविक विविधताको द्वासको अर्थ थोरै प्रकारको रुख विरुवा र जनावरहरू पाइनु हो र रुख विरुवा, जनावर र मानिसबीचको प्राकृतिक सन्तुलनमा गडबडी आउनु हो । यसले नयाँ खालको समस्या निम्त्याउँछ । वन विनाशबाट हुने जैविक विविधताको द्वासले निम्त्याउने दुईवटा नयाँ विरामीको उदाहरणहरू यस प्रकार छन् ।

अफिकाको सदावहार जंगल काटेर जब खेती र बसोबासको थालनी गर्न त्यहाँ लिसम्यानिसिस् (Leishmanisis) पित्त ज्वरो र अनिदो जस्ता रोगहरू देखा पर्न थाले । यो रोगहरू पानी जमीनले नसोसी जम्मा भएको ठाउँमा बाँच्न सक्ने कीराबाट र वृन विनासको कारण कीरा खाने जनावरहरू आफ्नो बासस्थान गुमाएको कारण फैलिन सक्दछ ।

उत्तरी अमेरिकामा धेरै रुख विरुवा पटक काटिंदा खानेकुरा प्रशस्त बढेको कारण सेतो खुट्टा भएको मुसोको संख्या बढेर गयो तर त्यसलाई खाने जनावरको संख्या थोरै भयो । यो मुसाले लिम नामक रोग बोक्ने भएको कारण पछि गएर मानिसमा पनि यो रोग फेलियो ।

जडिबुटी जैविक विविधतामा निर्भर गर्दछ ।

प्रायःजसो औषधिहरू बोटविरुवाबाट बनेको हुन्छ । बोट विरुवाहरू काटिंदा, नदी र सिमसार क्षेत्रहरू सुक्दा, हामी यस्ता धेरै बोट विरुवाहरू गुमाउँदछौं । साथै हामी यी बोटविरुवाको प्रयोग गरी रोग नियन्त्रण गर्ने परम्परागत ज्ञान पनि गुमाउन पुग्दछौं । बोट विरुवा एवं जीवन चक्रको संरक्षण ग¥यो भने हाम्रो संस्कृतिलगायत परापूर्वगत रूपमा गर्दै आएको रोग निवारण पद्धतिको पनि संरक्षण हुन जान्छ ।

स्वस्थ भोजन जैविक विविधतामा निर्भर गर्दछ

राम्रो स्वास्थ्य विभिन्न प्रकारको भोजन जस्तैः फलफूल, सागसब्जी, गेडागुडी र जंगली भोजन जस्तैः बयर, माछा, मासु र शिकारमा निर्भर हुन्छ । जैविक विविधताको विनास हुँदा स्वस्थ्य भोजनका लागि चाहिने विभिन्न खाद्य वस्तुहरू पनि गुमाउन पुग्दछौं । फलस्वरूप सारा समुदायले कुपोषणको कारण विभिन्न स्वास्थ्यजन्य समस्याहरूको सामना गर्नुपर्दछ । “सबैको लागि स्वास्थ्य” कार्यक्रमको स्वास्थ्यकर्मी ग्लोरियालाई जीवनचक्रबारे पूरा जानकारी हासिल भयो । किनभने माहुरीलाई मह काढ्न फुलहरू चाहिन्छ र फुलफुल्ने विरुवालाई परागसेचन प्रक्रियाको लागि माहुरी चाहिने जसले गर्दा फल लाग्न सकोस् । वृक्षारोपण गरेर र माहुरीपालन गरेर समुदायलाई खाद्य वस्तु उत्पादनको साथै जीवनचक्रलाई पुनस्र्थापना गर्न मद्दत पुग्यो ।

जैविक विविधताले बाली उत्पादन बढायो

सबै बालीहरू जस्तैः धान, गहुँ, मकै, हजारौं वर्ष पूर्वदेखि जंगली विरुवाबाट प्रसारित गरिएको हो । यी विरुवाहरू राम्ररी हुर्कन अझैपनि अन्य कीरा फट्याङ्ग्रा तथा जनावरहरूमाथि भर पर्नुपर्दछ । औद्योगिकले कृषि, ठूलो कृषि औजार एवं खतरनाक रसायनहरूको प्रयोग गरी धेरै उत्पादन गर्ने बचन दिन्छ । तर यी रसायनहरूको उपयोगले रुख विरुवा एवं कीराहरू लगायत माटोलाई समेत नोक्सान गर्दछ । उत्पादन बढेको खण्डमा कुनै एक बाली वा सानो समयको लागि मात्र बढ्ने गर्दछ । केही वर्ष पश्चात राम्रो स्वास्थ्यको लागि चाहिने आवश्यक खाद्यान्नको मात्र एवं विविधतामा कमी भएर जान्छ । कृषकले दिगो तरीकाबाट धेरै अन्न उत्पादन गर्नुको साथै थोरै रोग व्याधिको प्रकोप सहनु पर्दछ । यस्ता किसिमको खेती प्रणालीले कीरा र जनावरको स्वस्थ्य जीवन जसले माटोलाई प्राकृतिक मलले मलिलो बनाउँदछ र बोट विरुवासहित जमीनलाई जोगाउँदछ (अध्याय १५) । धेरै थरिका बोट विरुवाले आवश्यक पोषक तत्वहरू प्रदान गर्दछ जसले गर्दा सबैको लागि राम्रो स्वास्थ्य सुनिश्चित हुन्छ ।

जैविक विविधताले पानीको स्रोत जोगाउदछ

न विनाश तथा औद्योगिक कृषि दुवैले माटोको चिसोपना गुमाउनुको साथै सुख्खा समयमा खोलानाला सुक्ने गर्दछ । रसायनिक मल र विषादी औद्योगिक कृषिबाट बगेर नदी र ताललाई प्रदूषित पार्दछ

जैविक विविधताले समुदायलाई जोगाउदछ

धेरै किसिमको जीवनशैली प्राकृतिक स्रोतहरू उपलब्धतामा भर पर्दछन् । जब यी प्राकृतिक स्रोतहरू नासिएर जान्छ गरिबी बढेर जान्छ । कृषि क्षेत्रमा, औद्योगिक खेती बढेर गएमा केही ऋणमा डुब्दछन् र धेरैजसोले आफ्नो जग्गा झन् गुमाउन पुग्दछन्

जीवनचक्रलाई पुनस्र्थापना

जीवनचक्रमा जब कुनै जीवजन्तुहरूको मृत्यु हुन्छ यसले मानिसलगायत धेरैलाई प्रभावित गर्दछ । अध्याय १ को कथामा म्याङ्गलाराल्टोको जनताहरू वन जंगल गुमाउनुको साथै उनीहरूको खाद्य स्रोत एवं आम्दानीको स्रोतहरू पनि गुमाए । जब समुद्री आँधी उनीहरूको गाउँमा ठोकियो घरहरू पनि बगाएर लग्यो । गाउँलेहरूले वृक्षारोपण गर्न शुरु गरे भूक्षयबाट जोगिने र मह उत्पादनको लागि मात्र नगरेको कुरा थाहा पाए । उनीहरूको जग्गा पुनस्र्थापना गर्ने कामले समुदायको स्वास्थ्यको लागि चाहिने बोटविरुवा र जनावरहरू पनि पुनः बास बस्न आए ।

प्रकृतिस“गै काम गर्ने

प्रकृतिमा कुनै पनि कुरा खेर जाँदैन किनभने सबैको केही न केही उपयोगिता तथा उद्देश्य हुन्छ । चक्रबद्ध तरीकाले स्रोतको विनासविनाको उपभोग गराई चाहिँ एक प्रकारको प्रकृतिसँगै काम गर्ने एउटा बाटो हो । दुर्भाग्यवश, प्राकृतिक चक्र मानिस र औद्योगिक सञ्चालनबाट विध्वंश भै सम्वेदनशील वातावरणीय स्वास्थ्य समस्याको सृजना भएको छ । विश्व उष्णीकरण एउटा प्राकृतिक चक्रलाई विध्वंश गरेबाट सृजित समस्याको उदाहरण हो (पृष्ठ ३३) ।

हामीले प्राकृतिक चक्रलाई कसरी नक्कल गर्न सक्छौं

फिलिपिन्सका वातावरणीय स्वास्थ्यकर्मीहरूको भनाइमा हामीले जे जति पृथ्वीबाट प्राप्त गर्छौ पृथ्वीमा नै पुनः फर्काउने गर्दा हाम्रो प्राकृतिक स्रोत तथा स्वास्थ्यलाई बचाउनको लागि प्राकृतिलाई नक्कल गरेको जस्तो हुन्छ । वातावरणीय स्वास्थ्यमा सुधार ल्याउने दिशातर्फ चालिने कदमको रूपमा हामीले हाम्रो घरमा, समुदायमा र उद्योगमा सृजना गरेको प्राकृतिक चक्रलाई लिन सकिन्छ । उदाहरणको लागि प्राङ्गारिक मल बनाउने र काँचको टुक्रा, टिनको बट्टाको पुनः प्रयोग एवं पुनः प्रशोधन गर्ने प्रक्रिया नै फोहर थुपार्ने सट्टा प्रकृतिलाई व्यवहारमा उतार्ने हुन सक्दछ ।

उद्योगले कसरी प्राकृतिक चक्रलाई नक्कल गर्दछ

फिलिपिन्सका वातावरणीय स्वास्थ्यकर्मीहरूको अर्को भनाईमा उद्योगहरूले बढीभन्दा बढी खतरनाक प्रदूषण उत्सर्जन गर्दछन् । तर उद्योगले पनि स्वच्छ उत्पादन प्रक्रियाबाट स्रोत र ऊर्र्जाको पुनः प्रयोग गरी प्राकृतिक चक्रबारे धेरै कुराहरू सिक्न सक्दछ । यसको लागि पहिले उद्योगहरूले आफूले उत्सर्जन गरेको सबैजसो फोहर फिर्ता लिनु पर्छ र पुनः प्रशोधन गर्न नमिल्ने खतरनाक फोहरलाई सुरक्षित तरीकाले विसर्जन गर्नुपर्दछ र विस्तारै घटाउँदै लगी अन्तमा पूर्ण रूपले रोक्नु पर्दछ । उद्योगहरूको दिगो भविष्य चाहिं रोकथाम, सावधानी र सबैको लागि स्वास्थ्यको प्रत्याभूति गर्नु हो नकि खतरनाक फोहर वातावरणमा थुपारी खतरा र रोग निम्त्याएर नाफा कमाउनु हो ।

प्रदूषणको असरबाट बचावट

प्रदूषण मानिस एवं वातावरणको लागि खतरनाक हुन्छ । जुन हाम्रो दैनिक कार्यशैली, खासगरी उद्योगधन्धाबाट, यातायात र कृषिबाट निस्कने फोहरले गर्दा हुने गर्दछ । यी खतरनाक प्रदूषण वातावरणमा हावा, पानी र जमीनमा फैलिने गर्दछ । प्रायःजसो प्रदूषण हाम्रो दैनिक जीवनमा उपयोग गरिने वस्तुहरूबाट निस्कने गर्दछ । मानिस प्रायःजसो निम्न तरीकाबाट खतरनाक प्रदूषणको सम्पर्कमा आउने गर्दछ

  • आगो बाल्दा निस्कने धुवा:- खासगरी जब हामी प्लाष्टिक जलाउँदछौं । हामी खतरनाक धुँवा सासको रूपमा लिन्छौं र खतरनाक खरानीले हाम्रो बालीनाली खेती तथा खानेपानीको स्रोतलाई प्रदूषित गर्दछ ।
  • उद्योगधन्धा:-मा, खानी उत्खनन्मा, तेल उत्पादन तथा प्रशोधनमा रसायनको उपयोग हुने गरेको र यसबाट उत्सर्जित फोहर पानीको स्रोतलाई प्रदूषित गर्नुको साथै हावा र जमीनलाई समेत प्रदूषित पार्दछ
  • विषादी:- को प्रयोग र खाद्यान्न, पानीको स्रोतको नजिकै र घरमा यसलाई व्यवस्थापन गर्दा प्रदूषण फैलिने गर्दछ । विषादी छर्किंदा यो हावाको माध्यमद्वारा टाढासम्म फैलिन गई निकै ठूलो हानी पु¥याउँदछ ।
  • याट्रीमा, रंगरोगनमा, रोगन र विभिन्न विद्युतीय उपकरणहरूमा प्रयोग हुने रसायनबाट पनि प्रदूषण फैलिने गर्दछ । ड्ड
  • यातायातबाट निस्कने प्रदूषणले पनि हावा, पानी तथा माटोलाई प्रदूषित गर्दछ । ड्ड
  • कारखानाबाट आउने धुवाले पनि हावा, पानी र माटो प्रदूषित गर्दछ ।

खतरनाक प्रदूषण मानिस, रुख विरुवा तथा जनावरहरूलाई नराम्ररी असर मात्र पु¥याउँदैन, उत्सर्जन हुने ठाउँभन्दा निकै परसम्म पनि हानी पु¥याउँदछ । यी खतरनाक प्रदूषणबाट पर्ने असरबाट आफूलाई बचाउनु दिगोपनाको एउटा महत्वपूर्ण अंग हो (पृष्ठ ४२, ३६८, ४१०, ४४० र अध्याय १४, १६ र २० देखि २३) ।

पूर्वसावधानीका सिद्धान्तहरू

व्यापारीक संस्थाहरूले नयाँ उत्पादन तथा अत्यधिक मुनाफाको खोजीमा प्रकृतिमा नपाइने हजारौं रसायनहरूको विकास गरिसकेको छ । यी रसायनहरू मध्ये कतिपय सुरक्षित छ, छैन भनेर कुनै परीक्षण पनि भएको छैन । तैपनि यी रसायनहरूको प्रत्येक दिन किनमेल र प्रयोग भैरहेको छ । मानिसले केही यस्ता रसायनहरू खतरनाक भएको थाहा पाउँदा पाउँदै र यसलाई खतरनाक हुन्छ भनी प्रमाणित गर्न नसकेकोेले बजारबाट यसको बिक्री वितरणमा रोक लगाउन वा हाम्रो शरीरको सम्पर्कमा आउनबाट टाढा राख्न सकेको छैन । केही सामुदायिक नेताहरू र वैज्ञानिकहरू यस्ता रसायनसम्बन्धी निर्णयहरूलाई निर्देशित गर्न “पूर्व सावधानीका सिद्धान्त” लाई अगाडि सार्दछन् । पूर्व सावधानीको सिद्धान्तले के भन्छ भने, “यदि हामीलाई कुनै निश्चित रूपले कुनै कुराले हानी गर्छ भन्ने एकीन नभए पनि यसले हानी गर्न सक्दछ भन्ने विश्वास भएमा सकेसम्म यसको उपयोग गरेर हानी निम्त्याउनुभन्दा उपयोग नगर्नु नै राम्रो हुन्छ ।” यो सिद्धान्त प्रायःजसो देशमा भएको व्यवस्थाभन्दा ठीक विपरीत छ । किनभने कुनै कुरालाई पूर्णतया बन्द गर्नपूर्व नै यो खतरनाक छ भनिकन प्रमाणित गर्नुपर्दछ । हामीले यसलाई “मरेको लासको सिद्धान्त” भन्दछौं ।

विश्व उष्णीकरण

संसारभरी नै जीवन चक्र टुक्राटुक्रा हुँदैछ । वन विनाश, बढ्दो जल, वायु प्रदूषण र जैविक विविधतामा हुने ह्रास केही देख्न सक्ने उदाहरणहरू मात्र हुन् । तर देख्न नसक्ने वातावरणीय समस्याहरू भनेको विश्वव्यापी रूपमा प्रदूषणको कारण बढ्दै गइरहेको तापक्रम हो । यो समस्यालाई विश्व उष्णीकरण ९न्यिदब ि ध्बचmष्लन० भनिन्छ । यसले विश्वका धेरै भागमा मौसम (कुनै निश्चित ठाउँको लामो समयसम्म भैरहने हावापानी) मा परिवर्तन ल्याइरहेको छ । तापक्रममा सानो बृद्धिले ठूलो परिवर्तन निम्त्याउँदछ । विश्वका केही भागमा अत्यधिक बाढी र खतरनाक आँधीबेहरी आइरहेको छ भने केही भागमा एकदमै न्यून वर्षा भै अत्यधिक खडेरी परिरहेको छ । विश्व उष्णीकरणले जलवायु परिवर्तन निम्त्याइरहेको छ जसले विश्वव्यापी रूपमा हाहाकार मच्चाइरहेको छ । हरेक वर्ष यसले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्त्याइरहेको छ ।

  • बाढी, अत्यधिक आँधीबेहरी, सुख्खा खडेरी इत्यादिले बालिनालीको नोक्सान, भोकमरी, धनजनको क्षति, निकैको संख्यामा बसाईँसराईँ, चोटपटक एवं मृत्यु ।
  • मौसम परिवर्तनका कारण धेरै कीराहरू र रोगहरू निम्त्याउने जनावरहरूको संख्यामा बृद्धि भई विभिन्न रोग व्याधीहरू लाग्ने र फैलने गर्दछ । यी कीरा र जनावरहरू एक ठाउँबाट अर्को ठाउँमा सर्ने पनि हुन्छ ।
  • अत्यधिक तापक्रमले कहिलेकाहिं बिरामी पार्दछ र अन्तमा मृत्य समेत गराउँदछ ।

विश्व उष्णीकरणका प्रमुख कारणहरू

वातावरणमा प्रदूषण शोषण गर्न सक्ने आफ्नै एक किसिमको प्राकृतिक गुण हुन्छ । तर अत्यधिक प्रदूषण वातावरणमा पठायो भने यसले सबै शोषण गर्न सक्दैन । विगतका सय वर्षमा जब मानिसहरूले अत्यधिक मात्रामा खनिज तेल तथा कोइला उत्खनन् गरी बाल्न शुरु गरे, वातावरणमा पहिलेको भन्दा अत्यधिक प्रदूषण दू्रत गतिमा उत्सर्जन गर्न थाले । यो विश्व उष्णीकरणको एउटा प्रमुख कारण हो । यसका साथै केही रसायनको आविष्कार गरी औद्योगिक स्तरमा उत्पादन गर्दा सोस्न नसक्ने गरी हावा प्रदूषण गरेको पाइन्छ । यसले पनि विश्व उष्णीकरणमा योगदान पु¥याएको छ । विश्व उष्णीकरणको अर्को प्रमुख कारणमा प्राकृतिक स्रोतको असमान, असंगत र अदिगो उपयोग हो । कुनै पनि राष्ट्रहरू जस्तैः संयुक्त राज्य अमेरिकाले स्रोतहरूको अत्यधिक उपयोग गरी आफ्नो आलिसान जीवनशैली र अत्यधिक फाइदाको लागि भएपनि विश्व उष्णीकरणमा ठूलो भूमिका निर्वाह गरेको छ । जब गरिब राष्ट्रहरूले पनि यस्तै अदिगो जीवनशैली तथा अदिगो विकासको बाटो अपनाउन थाले जसले गर्दा प्रदूषण पृथ्वीको सहन सीमाभन्दा अत्यधिक बढेर गयो । तसर्थ विश्व उष्णीकरणको प्रभावबाट बाँच्न दुवै धनी तथा गरिब विकसित र विकासशील राष्ट्रले स्रोतको दिगो प्रयोग गर्नुपर्दछ । हामीले खनिज तेल तथा ऊर्र्जामाथि निर्भर हुन छोड्नु पर्दछ र सफा ऊर्र्जाको स्रोत उपयोग गर्न शुरु गर्नुपर्दछ (अध्याय २३)

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।

Last Modified : 6/26/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate