सेयर
Views
  • State: Open for Edit

असुरक्षित पानीबाट स्वास्थ्य समस्याहरू

यो खंड असुरक्षित पानीबाट स्वास्थ्य समस्याहरू बारे जानकारी छ।

पानीविना कोही पनि बाँच्न सक्दैन । स्वस्थ रहनको लागि मानिसलाई स्वच्छ पानी चाहिन्छ । पानीमा मानिस वा जनावरको दिसा पिसाब, कीरा वा जीवाणु प्रवेश गरेपछि पानी असुरक्षित भएर जान्छ । यी जीवाणु वा कीराहरू पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । यसले विभिन्न सम्वेदनशील स्वास्थ्य समस्याहरू निम्त्याउँदछ र सम्पूर्ण समुदायलाई नै प्रभाव पार्दछ ।

कृषि, उद्योग, खनिज उत्खनन् र फोहरमैला बिजर्सनबाट विभिन्न रसायनहरू पानीमा मिसिन गई यसलाई असुरक्षित तुल्याउँदछ र विभिन्न रोगहरू जस्तैः छाला चिलाउने, क्यान्सर र अन्य यस्तै अति खतरनाक स्वास्थ्य समस्याहरू निम्त्याउँदछ ।

पिउन, खाना पकाउन र लुगा धुन पर्याप्त पानी नभएमा यसले विभिन्न प्रकारका रोगलाई निम्त्याउँदछ । खासगरी जब दिसा पिसाब गरिसकेपछि पानीको अभावमा हात धुन सकिंदैन, यसले एक देखि अर्को मानिसमा झाडापखाला जस्तो रोग चाँडै नै फैलाउँदछ । पानीको अभावले आँखा र छालाको रोगको संक्रमण गराउँदछ । पानीको कमीले गर्दा जल अल्पता ९म्भजथमचबतष्यल० (शरीरबाट धेरै पानीको ह्रास हुनु) गराउँदछ र मृत्यु समेत गराउँदछ । पानीको कमीले आँखाको र छालाको रोग समेत निम्त्याउँन सक्छ । खडेरी (लामो समयसम्म सुख्खा मौसम) को कारणले पानी महङ्गो भएकोले वा पानीको उचित संरक्षण नभएमा कारण पानीको अभाव हुन जान्छ ।

पानीको प्रदूषणले गर्दा पानीको अभावबाट सिर्जना भएको समस्यालाई झन् विकराल तुल्याए जस्तैः पानीको अभावको कारण पानीको प्रदूषण झन् बढेर जान्छ । पानीको स्रोतको संरक्षण र पानीलाई सवच्छ र सफा पार्नेसम्बन्धी विस्तृत जानकारीको लागि अध्याय ६ र सुरक्षित सरसफाइको लागि अध्याय ७ हेर्नुहोस् ।

पर्याप्त पानी सफा पानी जत्तिकै महत्वपूर्ण हुन्छ

धेरै मानिससँग आफ्नो दैनिक आवश्यकता आपूर्ति गर्न पर्याप्त पानी हुँदैन । पानीको अभावले गर्दा मानिसमा विभिन्न रोगहरू जस्तैः लुतो र आँखा पाक्ने रोग ९त्चबअजयmब० को संक्रमण हुन्छ ।

खानेपानी एवं लुगा धुने पानीको अभावमा खासगरी महिलामा आन्द्रा र मृगौलासम्बन्धी संक्रमण देखा पर्दछ । (यस रोगबारे बढी जानकारी चाहिएमा डाक्टर नभएमा र जब महिलासँग डाक्टर नभएमा वा अन्य कुनै साधारण स्वास्थ्य निर्देशिका हेर्नुहोला) अस्पताल वा अन्य कुनै स्वास्थ्य चौकीहरूमा पर्याप्त पानी नभएमा एक मानिसबाट अर्को मानिसमा संक्रमण हुन्छ । खासगरी बालबालिकाहरूलाई पानीको अभाव हुनु भनेको जल अल्पता हुनु र मृत्यु हुनु हो ।

महिलालाई बोझ

पानीको अभावका बेला, खासगरी महिला र बालबालिका जसले पानी संकलन तथा बोकेर जम्मा पार्ने काम गर्दछन्, टाढासम्म हिंड्नुको साथै निकै गह्रौं भारी बोकेर ल्याउनु पर्दछ । यसले गर्दा महिला एवं बालबालिकाहरू छाती, पिठ्यूँ, ढाड सम्बन्धी समस्याहरू उत्पन्न हुन जान्छ । पानी संकलन गर्ने कामको लागि यति धेरै समय र बल चाहिने भएकोले ऊ र उनीहरूको परिवारले थोरै पानी प्रयोग गर्न बाध्य हुन्छन् । जुन चाहिं पानी पर्याप्त भएको भए यस्तो बाध्यताको सामना गर्नुपर्ने थिएन । पानी खोज्न र संकलन गर्नमा महिलाको धेरैजसो समय लाग्ने भएकोले उनले गर्ने अन्य पारिवारको स्वास्थ्य सम्बन्धी काम, बच्चा हुर्काउने काम, खेतीपाती गोडमेल गर्ने काम इत्यादि गर्न सक्दैन ।

पानीले धेरै रोगको रोकथाम तथा निदान (निवारण) गर्न सकदछ

ज्वरो घटाउन, घाउ खटिरा र छालाको संक्रमण सफा गर्न पानीको प्रयोग हुन्छ । प्रशस्त पानी पिउनाले झाडा पखाला पिसाबको संक्रमण, रुघाखोकी र पेटको कब्जियत आदिको निवारण गर्न मद्दत पुयाउँदछ । दिसा पिसाब गरेपछि र खाना खानु अगाडि वा खाना बनाउन अगाडि साबुन पानीले हात धुने गर्नाले पनि धेरै रोगको रोकथाम गर्न सकिन्छ ।

के ले पानीलाई असुरक्षित बनाउदछ ?

पानीमा जीवाणु, कीरा वा अन्य विषालु रसायन मिसिएपछि असुरक्षित हुन जान्छ । (विषाक्त पदार्थको जानकारीको लागि अध्याय १६ र २० हेर्नुहोस्) जीवाणु (शुक्ष्म जीवित प्राणी, हेर्नमा धेरै सानो जसले धेरै प्रकारको रोग निम्त्याउँदछ) र कीरा जस्तैः धजष्उधयचm, जययपधयचm, बलम चयगलमधयचm ले विभिन्न संवेदनशील रोग निम्त्याउँदछ । जीवाणु तथा कीराहरू मानिस वा जनावरको फोहर (दिसा, पिसाब) मा बस्दछन् र यसले अति संवेदनशील दीर्घकालीन बिरामी बनाउँदछ । जुन निम्न लिखित अवस्थामा लाग्ने गर्दछः

  • मानिस वा जनावरको फोहरको सरसफाईको कमी भएमा ।
  • खानेपानी वितरण प्रणाली पूर्णरूपमा सुरक्षित एवं सफा नभएमा ।
  • धुन वा सरसफाई गर्न पर्याप्त पानीको अभाव भएमा ।

ेही रोग जस्तैः हैजा, छिट्टै फैलिन्छ र धेरै मानिसको ज्यान समेत लिन्छ । जीवाणु र कीराले निम्त्याउने अर्को स्वास्थ्य समस्या जस्तैः वर्षौसम्म बिरामी भएर अन्य रागको शिकार जस्तैः जल अल्पता, संक्रमण, रक्त अल्पता र भोकमरी आदि निम्त्याउँदछ । जीवाणु तथा कीराले प्रायःजसो लाग्ने रोग जलअल्पता हो र यसलाई कहिलेकाहीं झाडापखाला लागेको पनि भन्ने गरिन्छ ।

टिमोथीको कथा

नजोकी आफ्नो एक वर्षको छोरा टिमोथीसँग एउटा गाउँमा बस्थिन् । अरु गाउँलेहरू जस्तै उनी पनि धेरै वर्ष पहिले विकास समूहद्वारा निर्मित धाराबाट पानी संकलन गर्ने गर्थिन् । जब धारा बिग्रियो विकास कार्यकर्ताले नयाँ सामान बनाउनको लागि ल्यायो । विकास कार्यकर्ताहरूले गाउँ छाडेर गएपछि कसैलाई धारा कसरी बनाउने र सामान कहाँ पाउँछ भन्ने कुराबारे केही थाहा थिएन र साथै उनीहरूसँग सामान किन्ने पैसा पनि थिएन । धारा बिग्रिएपछि महिलाहरूलाई गाउँभन्दा बाहिर अवस्थित कुवाबाट पानी संकलन गर्न जानुपथ्र्यो । कुवा जनावरहरूले पनि उपयोग गरेको हुनाले जीवाणु तथा कीराबाट प्रदूषित भइसकेको थिएँ । कुवाको प्रदूषित पानी पिएकोले टिमोथी झाडापखालाबाट सिकिस्त बिरामी भयो । ऊ कमजोर हुँदै गयो । घण्टौं टाढाको अस्पतालमा लैजाने नजोकीसँग पैसा थिएन । केही दिनभित्रै टिमोथीको मृत्यु भयो ।

टमोथीको मृत्यु किन भयो भन्नेबारे बुझ्नको लागि

“तर किन ?” पृष्ठ ७ र १२ हेर्नुहोस् । यसले टिमोथीको बिरामी र मृत्युको विभिन्न कारण बुझ्न मद्दत गर्दछ ।

टिमोथीको मृत्युको कारण के थियो ?झाडा पखाला र जल अल्पता

“तर किन” उसलाई झाडापखाला लाग्यो?खानेपानीमा जीवाणु भएको कारणले

“तर किन” पानीमा जीवाणु पाइयो ?असुरक्षित पानीको कुवा भएकोले जीवाणु तथा कीराबाट प्रदूषित हुन गयो ।“तर किन” टिमोथीले असुरक्षित कुवाको पानी खायो ?

गाउँको खानेपानीको धारा बिग्रिएको कारणले ।

“तर किन” बिग्रिएको धारा मर्मत गर्न सकिएन ?

“तर किन” नजोकीले खानेपानीलाई सुरक्षित बनाउन सकिनन् ?

उनीहरूसँग पानी उमाल्नको लागि चाहिने दाउरा थिएन र साथै पानीलाई सुरक्षित बनाउन क्लोरिन झोलको लागि पनि पैसा थिएन । तर किन ? प्रश्न यसै क्रममा चलिरहन्छ जबसम्म मानिसले टिमोथीको मृत्युको कारण पत्ता लगाई राख्दछन् । मृत्युका कारणहरूको चेन कागजमा वा कालोपाटीमा कोरेर वा कुटको वा कपडाको टुक्रामा लेखेर कारणहरू कसरी एक अर्कामा सम्बन्धित छन् भनेर हेर्नुपर्दछ । दिएको हरेक कारणको लागि चेनमा एउटा लिङ्क (कडी) जोड्नु पर्दछ । यसरी मानिसलाई बिरामी हुनाको विभिन्न कारण र कसरी यस्ता कारणहरूलाई हुन दिनबाट रोक्न सकिन्छ भन्ने कुरा बुझ्न मद्दत गर्छ ।

जीवाणु र कीराले कसरी रोग फैलाउदछ

कहिलेकाहीं फोहर पदार्थ जस्तैः दिसा, कुहिएको खानेकुरा, फोहर चर्पी आदिमा जीवाणु र कीरा सजिलै पत्ता लगाउन सकिन्छ । तर कहिलेकाहीं सफा ठाउँमा जस्तैः सफा पानी वा हाम्रो हातमा पनि जीवाणु तथा कीराहरू हुन सक्दछ । जीवाणु तथा कीराले एक मानिसबाट अर्को मानिसमा सम्पर्कमा आउनाले, हावामा रहेको धुलोको माध्यमबाट मानिस खोक्दा वा हाछ्यूँ गर्दा सर्ने गर्दछ । यो खाना तथा पानीको माध्यमबाट पनि सर्ने गर्दछ वा झिंगाद्वारा अन्य कीराबाट र जनावरबाट सर्ने गर्दछ । यिनीहरू कम पाकेको खाना राम्ररी नपाकेको खानामा पनि बस्ने गर्दछ । केही जीवाणुहरू खानेपानीको माध्यमबाट वा फोहर पानीले सफा गर्नाले वा काँचो सिलमाछा वा बिरुवा खानाले पनि सर्दछ । झाडापखाला लगाउने जीवाणु तथा कीरा निम्न लिखित बाटो भएर एक ठाउँबाट अर्को ठाउँमा वा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न पुग्दछ ।

झाडा पखाला रोग कसरी फैलिन्छ ?

यो अभ्यासले कसरी झाडापखाला निम्त्याउँने जीवाणु र कसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ भन्नेबारे वर्णन गर्दछ ।

समयः १ देखि १.५ घण्टा

सामग्रीहरूः नक्सा बनाउने कागज (सानो र ठूलो), रङ्गिन कलमहरू, मार्कर, टाँस्ने टेप, नमूना नक्साहरू÷चित्रहरू

५ देखि ८ जनासम्मको समूह बनाउनुहोस् । प्रत्येक व्यक्तिले एक एकवटा झाडापखाला लाग्ने कारण झल्किने चित्र कोर्नुहोस् । प्रत्येक चित्रले झाडापखाला फैलिने कथाको एउटा भाग मात्र देखाउने हुनुपर्दछ । कुनै व्यक्तिलाई चित्र कोर्न गाह्रो हुन्छ भने शव्दमा पनि लेख्न सकिन्छ वा अर्काको मद्दतले चित्र कोर्न सक्दछ । समूह गत छलफल शुरुवातको लागि सक्दो साधारण चित्र कोर्नु उपयुक्त हुन्छ ।

हरेक व्यक्तिले आफ्नो सानो समूहमा आ–आफ्नो चित्र देखाउनुहोस् । समूहका अन्य व्यक्तिले चित्रमा के के देख्नुभयो भन्नुहोस् । जसले गर्दा समूहको हरेक व्यक्तिले चित्रमा उल्लेखित कुरा राम्ररी बुझ्न सकून् ।

प्रत्येक व्यक्तिले चित्रहरूलाई जीवाणु कसरी फैलिन्छ भन्ने कुरा क्रमबद्ध तरीकाले दर्साउने गरी मिलाएर राख्नुहोस् । समूहमा कसैले कथालाई राम्ररी बुझ्ने गरी कुनै चित्र छुटेको छ भन्ने थाहा भएमा नयाँ चित्र बनाएर उचित ठाउँमा राख्नुहोस् । सबै चित्रहरूलाई मिलाई सकेपछि टेपको सहायताले ठूलो चाट पेपरमा टाँस्नुहोस् । त्यसपछि संकेतको माध्यमले जीवाणु कसरी फैलिने गरेको कथा पुरा हुने गरी संकेतद्वारा प्रत्येक चित्रलाई जोड्नुहोस् ।

प्रत्येक समूहले आफ्नो चित्र अरु समूहलाई देखाउनुहोस् । यसरी समूहले एक व्यक्तिबाट अर्को व्यक्तिमा झाडापखाला कसरी सर्ने गर्दछ भन्ने कुराबारेको कथा सुनाउनुहोस् ।

पुरै समूहले यस अभ्यासकोबारे छलफल गर्नुहोस् । के सबै समूहको कथा एउटै हो ? कसरी सबै समूहको कथा फरक फरक रहेको छ ? र किन ? झाडापखाला सर्ने माध्यमहरूबारे कुरा छलफल गर्नुहोस् । कसरी आर्थिक एवं सामाजिक अवस्थाले मानिसलाई संकटमा पार्दछ ? कुनकुन गतिविधि, व्यवहार एवं सोचाई र विश्वासले मानिसलाई संकटमा पार्दछ ? रोग फैलाउने अन्य कारणहरू के के हुनसक्दछ ? जुन माथिको अभ्यासमा देखाइएको छैन ।

झाडा पखाला

अधिकांश झाडापखाला लाग्नुको कारणहरू पनिको कमीले गर्दा हुने, व्यक्तिगत सरसफाईमा कमी, फोहर र असुरक्षित चर्पी तथा प्रदूषित खाना र पानी हो ।

लक्षणहरू

झाडापखालाको लक्षण प्रायःजसो छिटो छिटो कष्टपूर्ण तथा पातलो दिसा जानु हो । अर्को लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, जाडो हुने, काम्ने, चिसो हुने, कमजोर हुने, पेट र आन्द्रा बटारिने, बान्ता हुने, पेट फुल्ने आदि हो । कुन उपचारको उपाय लगाउने कुरा झाडापखालाको प्रकृतिमा भर पर्दछ । निम्न लिखित लक्षणहरूले कुनै व्यक्तिमा के प्रकारका झाडापखाला लागेको छ भन्ने कुरा थाहा पाउन सहयोग गर्दछ ।

  • हैजाः चौलानीको झोल जस्तो दिसा हुने, आन्द्रा दुख्ने, काम्ने, वान्ता हुने ।
  • टाइफाइडः ज्वरो आउने, आन्द्रामा गम्भीर दुखाई, काम्ने, टाउको दुख्ने, कब्जियत हुने ।
  • जियार्डियाः चिप्लो दिसा हुने, नराम्रो गन्ध, आन्द्रामा दुखाई, हल्का ज्वरो, वान्ता हुने, पेटमा ग्याँस भरिने ।
  • आउ“ः दिनमा १० देखि २० पटकसम्म रगत भएको दिसा आउने, ज्वरो, काम्ने, आन्द्रामा अत्यधिक दुखाई हुने ।
  • आउ“ः दिनमा ४ देखि १० पटक झाडा हुने, ज्वरो आउने, काम्ने, आन्द्रामा दुखाइ, खानासाथ झाडा लाग्ने ।
  • राउण्डवर्मः पेट फुल्ने, कमजोरी, दिसासँग ठूलो सेतो वा रातो कीरा आउने अथवा मुख वा नाकबाट पनि आउन सक्छ ।
  • हुकवर्मः झाडा लाग्ने, कमजोरी, रक्त अल्पता, छाला पहेंलो हुने, यस्तो कीरा हुने बच्चाहरू फोहर पनि खान्छन् ।
  • ह्विपवर्मः झाडा लाग्ने, दिसामा पातलो खैरो र रातो कीरा देखिनु ।

डाक्टर नभएमा किताबको अध्याय १२ र १३ मा झाडापखालाको रोकथाम र कीराको संक्रमण गर्नेबारे विस्तृत जानकारीको लागि हुर्नुहोस् उपचार ।

 

झाडा पखाला रोगको उपचार

झाडापखालाको राम्रो उपचार अत्यधिक मात्रामा झोल पदार्थ र खानेकुरा दिएर गर्न सकिन्छ । धेरैजसो बेलामा तर सबै किसिमको झाडापखालाको लागि भने औषधिको प्रयोग गर्नुपर्छ भन्ने आवश्यक छैन । (बिस्तृत जानकारीको लागि स्वास्थ्यकर्मी वा स्वास्थ्यसम्बन्धी साधारण पुस्तक जस्तैः डाक्टर नभएमा हेर्नुहोस् ।

  • आउ“ परेकोः आउँ परेको बिरामीलाई औषधिद्वारा राम्ररी उपचार गर्न सकिन्छ ।
  • टाईफाइडः टाईफाइड भएको बिरामीलाई एन्टिबायोटिक ९ब्लतष्दष्यतष्अ० दिएर राम्ररी उपचार गर्नुपर्दछ किनकि यो हप्तौंसम्म लाग्छ र मृत्यु समेत निम्त्याउदछ ।
  • हैजा हैजालाई पुर्नजलीय झोल दिएर राम्ररी उपचार गर्न सकिन्छ । अत्यधिक मात्रामा झोल पदार्थ दिएर सजिलै पच्न सक्ने खाना खुवाएर पखाला र वान्ता भई क्षय भएको पौष्टिक तत्वको आपूर्ति गरिनुपर्दछ । हैजा फैलिनबाट बचाउन औषधिको प्रयोग गर्न सकिन्छ ।

यदि कसैलाई दिसामा रगत जाने पखाला लागेको छ ज्वरो वा अत्यधिक बिरामी भएकोमा तुरुन्त स्वास्थ्य संस्था जानु पर्दछ ।

झाडा पखाला र निर्जलीकरण

धेरै मानिसहरू खासगरी बालबालिकाहरू झाडापखालाबाट मर्ने गर्दछ । प्रायःजसो उनीहरूको मृत्यु निर्जलिकरणबाट हुने गर्दछ । हरेक उमेरका मानिसहरूमा निर्जलीकरण हुन सक्दछ तर स–साना बालबालिकाहरूमा निर्जलीकरण छिट्टै हुन्छ र उनीहरूको लागि यो धेरै खतरनाक पनि हुन्छ ।

नर्जलीकरणको रोकथाम तथा उपचार कसरी गन

बच्चालाई जब पानी जस्तो पातलो झाडापखाला लागेमा वा झाडापखाला एवं बान्ता आएमा निर्जलीकरणको लक्षण देखापर्दासम्म नपखर्नुहोस् र सकेसम्म चाँडो रोकथामतर्फ लाग्नुहोस् ।

  • बच्चालाई अत्यधिक झोल पदार्थ पिउन दिनुहोस् । जस्तैः दालको पातलो खिचडी, झोल, पानी वा पुर्नजलीय झोल दिनुहोस् ।
  • खानेकुरा पटक पटक दिनुहोस् । बिरामी बच्चाको खाना खान शुरु गरे लगत्तै इच्छा गरे बमोजिमको खानेकुरा पटक पटक दिनुहोस् । अरु खानेकुरा वा झोल पदार्थ खुवाउनुभन्दा पहिले बच्चालाई आमाको दूध पटक पटक खुवाउनुहोस् ।
  • पुर्नजलीय झोलः पुर्नजलीय झोलले निर्जलिकरणको उपचार गर्न मद्दत गर्दछ । यसले झाडापखालालाई रोक्दैन बरु यसले झाडा पखाला नरोकेसम्म बिरामीलाई मद्दत पु¥याउँदछ ।

कसरी पुनर्जलीय झोल बनाउने

यहाँ दुई किसिमले पुर्नजलीय झोल तयार गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ । दुवै किसिमले बनाउने झोलमा यदि आधा कप फलफूलको रस, नरिवलको पानी वा पाकेको केरा मिचेर राख्दा यसमा पाइने पोटासियम नामक खनिज पदार्थले बिरामीलाई बढी खाना खान र झोल पदार्थ पिउन मद्दत गर्दछ । बच्चाहरूलाई हरेक ५ मिनेटमा यो झोल पदार्थ दिनुपर्दछ । दिनरात, जबसम्म उसले सामान्य किसिमले पिसाब गर्दैन । ठूलो मानिसलाई दैनिक ३ लिटरभन्दा बढी पानी चाहिन्छ भने सानो बालबालिकालाई कमसेकम दैनिक १ लिटरसम्म आवश्यक पर्छ । हरेक पटक दिसा गरेपछि १ गिलास झोल पदार्थ चाहिन्छ । पटक पटक थोरै थोरै झोल पदार्थ खान दिनुहोस् । बान्ता गरिरहेपनि झोल पदार्थ दिंदै गर्नुहोस् । बान्ताबाट सबै झोल पदार्थ बाहिर आउँदैन । एक दिनपछि बनाएको झोल बाँकी छ भने त्यसलाई फ्याँकेर नयाँ झोल पुनः बनाउनुहोस् ।

झाडा पखालालाई फैलिनबाट रोक्नुहोस

यो अभ्यास कथाको माध्यमद्वारा दर्शाउन सकिन्छ । “झाडा पखाला कसरी फैलिन्छ?” भन्ने कथा (पृष्ठ ५०) बाट यसले फैलिनेबाट रोकथाम कसरी गर्न सकिन्छ ।

समयः ३० मिनेट देखि १ भण्टा सम्म

सामग्रीहरूः ठूलो ड्रइङ्ग चार्ट पेपर, सानो कागज, रङ्गिन सिसा कलम, टाँस्ने टेप, विभिन्न चित्रहरू (झाडापखाला कसरी सर्दछ भन्ने अभ्यास चित्रहरू) पहिलेकै अभ्यास गरेको समूहमा काम गर्नुहोस् “झाडापखाला कसरी फैलिन्छ ?” प्रत्येक समूहले झाडापखाला कसरी फैलिन्छ भन्ने चित्रहरू हेर्नुहोस् । त्यसपछि बिरामीलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा गर्नुहोस् । हात सफा गरेर चर्पीको उपयोग गरेर पानी र खानालाई सुरक्षित पारेर । यी सबै कुराहरू यो रोग फैलिनबाट छेकवारको काम गर्दछ ।

जब समूहका सबैजना यी छेकबारसम्बन्धी सहमत हुन्छन् जसले जीवाणुलाई फैलिनबाट रोक्छ । जीवाणु फैलिनेबाट रोकथामको लागि अन्य उपायहरूबारे कुरा गर्नुहोस् जसले झाडापखालालाई फैलिनबाट रोक्दछ ।

त्यसपछि समूहमा “झाडापखाला कसरी सर्दछ” को कथालाई झाडापखालालाई कसरी फैलिनबाट जोगाउने तर्फ कथालाई मोड्नुहोस् । अब माथिका चित्रहरू कहाँ मिल्न आउँदछ जसले गर्दा यो झाडापखाला सर्न नसक्ने कथा बनेर जान्छ नयाँ कथाका चित्रहरू पुरानो कथाको ठाउँमा टाँस्नुहोस् जसले गर्दा कथामा कसरी परिवर्तन आएको कुरा सजिलै दर्शाउन सकुन् ।

प्रत्येक समूहले आफ्नो नया कथाको चित्रहरू देखाउनुहोस् । ठूलो समूहमा छलफल गर्नुहोस् र अब छेकबारको उपयोग ग¥यों वा कुनको गरिएन भन्नेबारे कुरा गर्नुहोस् । के सबै छेकबारहरूले एकैपटक काम गर्छ ? किन यी अवरोधको उपायको उपयोग गर्न कठिन छ ? सबै गाउँलेहरू मिलेर कसरी काम गर्दा झाडापखालासम्बन्धी रोग फैलिंदैन होला भनी छलफल गर्नुहोस् ।

गुइनिया कीरा

गुइनियाको कीरा लामो र पातलो हुन्छ र छालाको भित्र बस्दछ । यसले शरीरमा अत्यधिक दुख्ने घाउ बनाउँदछ । यो सेतो धागो जस्तो देखिन्छ र १ मिटरभन्दा पनि बढेर जान सक्छ । गुइनियाको कीरा अफ्रिका, भारत तथा मध्यपूर्वी देशहरूको केही भागमा पाइन्छ ।

लक्षणहरू: अत्यधिक दुख्ने प्रायःजसो गोलीगाँठा वा खुट्टामा हुने सुजन भएपनि शरीरको अन्य भागमा पनि हुन सक्दछ । केही दिनमै वा सातापछि यो एउटा फोकाको रूप लिन्छ र चाँडै नै फुटेर घाउको रूपमा बाहिर देखा पर्दछ । यो प्रायःजसो पानीमा नुहाईरहेको वा उभिएको बेला फुट्ने गर्दछ । सेतो धागो जस्तो गुइनिया कीराको अन्तिम छोड घाउबाट बाहिर निस्केको देखिन्छ । कीरा अर्को सातातिर शरीरबाट बाहिर निस्कन्छ । यही घाउ फोहर वा संक्रमित भएमा वा सेतो धागो जस्तो कीरा तान्न खोज्दा बीचमा टुटेमा प्लाज्मा घाउ एवं सुजन अझ फैलिन गई हिँडडुल गर्न साहै्र कठिन हुन्छ ।

ब्लड फ्ल्यूक (सिस्टोसोमियासिस्, बिलहरिजिया, स्नेल फिभर)

यो संक्रमण एक प्रकारको कीरा फोहर पानीमा खेल्दा, नुहाउँदा, पौंिडंदा रगतमा फैलिनाले हुन्छ । यो बिरामीले फोक्सो र मृगौलालाई अत्यधिक नराम्ररी प्रभावित पार्दछ र केही महिना वा वर्ष पश्चात मानिसको मृत्यु समेत गराउँदछ । महिलाहरूलाई यस ब्लड फ्ल्यूक संक्रमणको ठूलो खतरा हुन्छ किनकी महिलाहरू पानीको सम्पर्कमा बढी आईरहने जस्तैः पानी ल्याउन, लुगा धुन, बच्चाहरूलाई नुहाउन आदिमा बढी समय बिताउँछन् । कहिलेकाहीं शुरुका अवस्थामा कुनै लक्षणहरू देखा पर्दैन । सामान्यतया कहिलेंकहीं दिसा पिसाबमा रगत देखिनु यसको मुख्य लक्षण हो । यसले महिलाहरूको गुप्ताङ्गमा घाउ गराउँदछ । यो रोग सामान्यतया पाइने ठाउँमा मानिसलाई साधारण लक्षण वा पेट दुखेमा परीक्षण गरिनु जरुरी हुन्छ ।

उपचार

ब्लड फ्ल्यूकको राम्रो उपचार औषधिद्वारा गर्न सकिन्छ । कुनै औषधिको उपभोग गर्नेबारे थाहा पाउन स्वास्थ्यकर्मी वा स्वास्थ्यसम्बन्धी पुस्तक जस्तैः “डाक्टर नभएमा” हेर्नुहोस् । गुप्ताङ्गको संक्रमण र पिसाबमा रगत आउनु संसर्गबाट सर्ने संक्रमणको लक्षण पनि हो । कतिपय महिलाहरूले यसको उपचार गराउन हिचकिचाउनुको कारण उनीहरूलाई संसर्गबाट संक्रमण भएको भनेर दोष नआओस् भने हो । समयमा उपचार नभएमा यसले अन्य नराम्रो संक्रमण गराउँदछ र अन्तमा महिलालाई बाँझोसम्म बनाइदिन्छ ।

रोकथाम

ब्लड फ्ल्यूक एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्ने रोग होइन । जीवनको केही समयको लागि भएपनि ब्लड फ्ल्यूक पानीमा पाइने शंखे कीराको सम्पर्कमा बस्नै पर्दछ । सामुदायिक अभियान चलाएर उक्त कीरालाई निर्मूल पार्नुपर्दछ र ब्लड फ्ल्यूकलाई रोकथाम गर्न सकिन्छ । पानीको स्रोत नजिकै दिसा पिसाब गर्नु हुँदैन भन्ने चेतनामूलक कार्यक्रम सञ्चालन गरी सफल पार्न एउटा खास कदम चाल्नुपर्दछ ।

कीटाणु र कीराहरूको रोकथाम

जब चारैतिर कीटाणु र कीराहरू भेटिन थाल्छ त्यसबेला प्रत्येक व्यक्तिले रोगलाई रोकथाम गर्न साधारण तरीका अपनाउन मद्दत गर्नुपर्दछ ।

पानीको स्रोतलाई बचाउनुपर्छ । पिउन, लुगा धुन, भाँडा माझ्न सफा पानीको प्रयोग गर्नुपर्छ (पृष्ठ ९२ देखि ९९ हेर्नुहोस्) ।

खाना खानुभन्दा पहिले र शौचालय गइसकेपछि सधैं हात धुनु पर्छ । सफा पानी र उपलब्ध भएसम्म साबुनको प्रयोग गर्ने । यदि साबुन नभएमा सफा बालुवा वा खरानीको प्रयोग गर्ने । औंलाको नङ्गहरू काट्नाले हात सफा राख्न सहयोग पुग्छ ।

शौचालयको प्रयोगः यसको प्रयोगले कीटाणु र कीराहरूलाई मान्छेको सम्पर्कभन्दा बाहिर राख्छ । यदि शौचालय नभएमा मान्छे र जनावरले छुन नसक्ने र पानीको स्रोतभन्दा धेरै टाढा भएको ठाउँमा दिसा पिसाब गर्नुपर्दछ । झिंगा नलागोस् भनेर दिसालाई माटो वा बालुवाले छोप्नुपर्दछ ।

खाना बनाउन र राख्न सफा र सुरक्षित तरीका प्रयोग गर्नुपर्छ । तरकारी र फलफूललाई सफा पानीले धुनुपर्छ वा खानुभन्दा अगाडि राम्ररी पकाउनुपर्छ । बाँकी भएको खानालाई जनावरलाई खुवाउने वा कम्पोष्ट मल बनाउने ठाउँमा राख्ने । बिग्रेको खानादेखि मुक्त हुन, मासु र समुद्री खानालाई अरु खानाभन्दा छुट्टै राख्नुपर्दछ र माछा मासु फूल खानुभन्दा पहिले राम्ररी पाकेको छ भन्ने सुनिश्चित गर्नुपर्छ । थाल, भाँडाकुँडा तथा अन्य सामग्रीहरू प्रयोग गरी तातो पानी र साबुनले धोई सम्भवतः घाममा सुकाउनु पर्दछ ।

जनावरलाई घर, खाना र सार्वजनिक पानीको स्रोतबाट टाढा राख्नुपर्दछ ।

खुट्टाको माध्यम भएर शरीरमा कीटाणु प्रवेश गर्नबाट रोक्न जुत्ता लगाउनुपर्छ ।

कीटाणु फैलिनबाट बचाउनको लागि खाना छोप्नुपर्छ र झिंगाको पासो थि त्चबउ० बनाउनुपर्छ ।

झिंगा नियन्त्रण र प्रजनन् रोक्ने खालको शौचालयबाट पनि कीरा र जीवाणुहरूलाई फैलिनबाट रोक्न मद्दत पु¥याउँदछ (अध्याय–७) ।

हात धुने

कीरा र जीवाणुबाट हुने स्वास्थ्य समस्याको रोकथाम गर्नको लागि साबुन पानीले हात धुने एउटा राम्रो उपाय हो । दिसा गरेपछि, बच्चाको दिसा धोएपछि र खाना खानु, बच्चालाई खुवाउनु, खाना पकाउनु अघि साबुन पानीले राम्ररी हात धुनु पर्छ । हात धुन सजिलोको लागि घर नजिकै पानीको स्रोत राख्ने । पानीले मात्र हात धुन प्रभावकारी हुँदैन । फोहर र जीवाणु हटाउनको लागि साबुन प्रयोग गर्नुपर्छ । यदि साबुन नभएमा बालुवा, माटो वा खरानी प्रयोग गर्नुपर्छ । साबुन लगाएर हात मोल्दा बगेको पानीमा हात धुने । बगेको पानी नभएमा वास बेसिन ९ध्बकज द्यबकष्ल० वा बाटाको प्रयोग गर्नुपर्छ । साबुन, बालुवा वा खरानी लगाएर हात मोल्दा ३० पटकसम्म गन्नु पर्छ । पानीले हात धोएर सफा कपडाले पुछ्नु पर्छ वा हावामा हात सुकाउनु पर्छ ।

बोतलको धारोबाट हात धुने साधारण उपकरण

बोतलको धारोबाट थोरै पानीले हात धुन सकिन्छ । यसले दुवै हात मिच्दै बगेको पानीमा हात धुन मिल्छ । बोतलको धारो जताततै पाउने सामग्रीले बनाउन सकिन्छ र हात धुन आवश्यक पर्ने सबै ठाउँमा राख्न सकिन्छ जस्तैः शौचालय, भान्सा कोठा र बजारमा ।

पानीमा विषाक्त प्रदूषण

कृषि, खानी उत्खनन्, तेल, उत्खनन् र धेरै अन्य उद्योगहरूले रसायनिक प्रदूषण पानीको स्रोतमा मिसाउँछ । यसले गर्दा पानी पिउन खाना पकाउन नुहाउन र सिचाई गर्न असुरक्षित हुन्छ । कुनै कुनै ठाउँमा पानी प्राकृतिमा पाईने रसायनिक जस्तैः आर्सेनिक (पृष्ठ ६८), फ्ल्युराईडबाट दाँतमा खैरो दाग हुन्छ र शरीरको हड्डी कमजोर हुन्छ । जमिन तल भएको पानी प्रयोग गरेकोले प्राकृतिक विषाक्तको खतरा बढ्छ । किनभने बाँकी रहेको पानीमा मात्र उक्त रसायन केन्द्रित हुन्छ । चाहे त्यो उद्योगबाट होस् वा पृथ्वीबाट विषाक्त रसायन प्रायः अदृश्य हुन्छ र पत्ता लगाउन गाह्रो हुन्छ । उद्योग एवं प्राकृतिक विषाक्त पत्ता लगाउन प्रयोगशालाले मद्दत पु¥याउँछ ।

विषाक्त प्रदूषण रोकथाम

वषाक्त रसायनबाट मुक्त पानीको लागि एउटा मात्र उपाय पानीको स्रोत नै प्रदूषित हुनबाट रोक्नु हो । पानी प्रदूषित भएको थाहा पाएमा पानीको नक्सांकन गर्न समुदायलाई संगठित गरी खानेपानीको समस्या पत्ता लगाई त्यसको रोकथाम गर्न पहल गर्नुपर्छ (पृष्ठ ६८—७०) । पानीमा कुन रसायन मिसिएको छ त्यसको पत्ता लगाउन एउटा मात्र उपाय प्रयोगशालाबाट परीक्षण गर्नु हो (पृष्ठ ७०) ।

महŒवपूर्णः कीरा र जीवाणुबाट सुरक्षित गरिएको पानी रसायनबाट सुरक्षित नभए जस्तै रसायनबाट सुरक्षित गरिएको पानी कीरा र जीवाणुबाट सुरक्षित हुँदैन । विषाक्त रसायन प्रदूषणबाट रोकथाम कार र ट्रकबाट निस्किने प्रदूषणलाई पानीको स्रोत भन्दा टाढा लैजान सडक र पुलसँग पानी बग्ने नहर बनाउनु पर्दछ । सडकको पेटीमा वृक्षारोपण गरेर पनि पानी प्रदूषित हुनबाट बचाउन सकिन्छ किनभने रुखले वायु प्रदूषणलाई रोक्छ । कम प्रदूषणजन्य उद्योगहरू हुनुपर्छ । उद्योगहरूले आफ्नो फोहरको प्रशोधन गर्न सक्छन् र ठूलो र सानो व्यवसायले स्वच्छ उत्पादनको विधिको प्रयोग गर्नुपर्छ (पृष्ठ ४५८ हेर्नुहोस्) । खानी उत्खनन् र तेल उत्खनन्ले पानी प्रदूषित हुने प्रबल सम्भावना भएको ठाउँमा गर्नु हुँदैन (पृष्ठ २१ र २२ हेर्नुहोस्) । किसानले सकेसम्म रसायनिक मल र विषादीको प्रयोग कम गर्न साथै बन्द गर्नाले पानीको मुहानमा यी रसायनहरू नमिसियोस् भनेर विश्वस्त पनि हुनुपर्छ । उनीहरूले रसायनलाई प्राकृतिक मल प्रयोग गरेर हटाउन सक्छन् । पानी प्रदूषण रोकथाम गर्नको लागि सरकारले कानून बनाएर लागू गर्न सक्नुपर्छ । यो बाहेक पानी बचाउन अन्तर्राष्ट्रिय कानून हेर्न अनुसूची २ हेर्नुहोस् । उद्योग, सरकार र समुदायहरूले पानीमा विषाक्त प्रदूषण रोकथाम गर्न कारवाही गर्नुपर्छ । विषाक्त रसायन रोकथाम गर्न र कम गर्नको लागि धेरै जानकारी चाहिएमा अध्याय २० हेर्नुहोस् ।

सुरक्षित पानीमा आर्सेनिक

करिब सय वर्ष पहिलेदेखि बंगलादेशको मानिसहरू ध्यानपूर्वक संरक्षण गरेको पोखरीको पानी खाने गर्थे । तर नुहाउन, लुगा धुन, भाँडा माझ्न, नदी, खाल्टो, कुवा र अरु असुरक्षित पानीको स्रोत प्रयोग गर्थे । त्यस्तो पानी कीरा र जीवाणुद्वारा प्रदूषित हुनाको कारण हैजा, हेपाटाइटिस र अरु धेरै स्वास्थ्य समस्याहरू हुन्थ्यो । त्यसैले सरकारले अन्तर्राष्ट्रिय संस्थासँग मिलेर देशमा सबैतिर कम गहिराइको ट्यूबवेल र ईनार बनाउन लगायो । जनस्वास्थ्य अभियानले मान्छेहरूलाई सतहको पानीको सट्टा ट्यूबवेल र ईनारको पानी प्रयोग गर्नको लागि प्रेरित ग¥यो । तर धेरै मानिसमा विषाक्त विषको प्रभावहरू सन् १९८३ तिर देखा पर्न थाल्यो । धेरै मानिसहरू छाला सुनिने, क्यान्सर र स्नायूमा गडबडी जस्तो रोगबाट ग्रसित हुन थाले । धेरै मानिसको मृत्यु समेत भयो । कसैलाई यी बिरामीहरूको खास कारणबारे जानकारी थिएन । सन् १९९३ तिर वैज्ञानिकहरूले रोगको कारण भूमिगत पानीमा पाइने आर्सेनिक नै हो भनी सहमत भए । भूमिगत पानीमा आर्सेनिक छ भनेर कसैले जाँच परीक्षण गराएको थिएन । आधिजति ट्युववेलमा आर्सेनिकको मात्रा अत्यधिक भएको पाइयो । पानीमा आर्सेनिक कसरी मिसियो ? प्राकृतिकरूपमा पाइने आर्सेनिक भूमिगत जलमा पाइनाले मानिसमा आर्सेनिकको मात्रा अत्यधिक भएर त्यत्तिका मानिस बिरामी भएको हुनुपर्दछ । गाउँमा सुरक्षित खानेपानी पु¥याइएकै प्रविधिको मद्दतले नै ठूल्ठूला कृषियोग्य जमिनमा सिंचाईको सुविधा पु¥याई व्यापारिक खेतीको विकास गरियो । सिँचाइको लागि अत्यधिक भूमिगत पानीको प्रयोगले गर्दा आर्सेनिकको मात्रा झन् बढेर गएको छ जुन खानेपानीको लागि प्रयोगमा आउने गर्दछ । आर्सेनिकयुक्त मलको उपयोग बढेको र विभिन्न खतरनाक विषादीको खेतमा प्रयोगको कारणले पानीमा प्रदूषणको मात्र अत्यधिक बढ्दै गएको पाइयो । बंगलादेशमा पानीमा विषाक्त प्रदूषण बढेर जानुको अर्को कारणमा छाला प्रशोधन र अन्य औद्योगिक उत्सर्जनहरूलाई नदीमा सिधै मिसाईएको कारणले हुने गरेको छ । बंगलादेशमा हाल करीब ४०,००० मानिस आर्सेनिक सम्बन्धी समस्याबाट ग्रसित छन् । खासगरी महिला, गरिब तथा घरेलु कामदारहरू यो रोगाबाट बढी प्रभावित रहेको पाइएको छ । आर्सेनिकसम्बन्धी स्वास्थ्य समस्या देखा पर्ने धेरै वर्ष लाग्ने हुनाले धरैभन्दा धेरै मानिसहरू यसबाट प्रभावित हुने सम्भावना छ । अत्यधिक आर्सेनिकबाट हुने स्वास्थ्य समस्याको एउटै राम्रो उपाय भनेको राम्रो पानी हो । आर्सेनिकबाट सिर्जित यो समस्या निकै समयदेखि चलिआएको र अध्ययन तथा उपचार बिनानै रहँदै आएको छ किनभने कारण प्रभावित व्यक्तिहरू विश्वकै गरिव जनताहरू मध्ये पर्दछन् । यदि राजधानी शहर ढाकाको पानीमै आर्सेनिक प्रदूषण पाइएको भए वा यस्तो घटना अन्य कुनै ठूलो धनी राष्ट्रमा घटेको भए यसको कारवाही पहिले नै भइसकेको हुन्थ्यो । बंगलादेशको आर्सेनिक प्रदूषणसम्बन्धी घटनाले सतही वा भूमिगत पानी प्रदूषित भएबाट हुने खतरालाई दर्साएको छ । यसले पानीको स्रोत उचित परीक्षण गरिनुको महत्व तथा यथाशीघ्र कारवाही गरिनुपर्ने कुरालाई उजागार गरेको छ । हाल नेपालको तराई भूभागका धेरै जिल्लाहरूमा पनि खानेपानीमा आर्सेनिक पाइएको छ ।

पर्याप्त स्वच्छ पानीसम्बन्धी अधिकार

संसारभरी मानिसहरू आफ्नो स्वास्थ्य सम्बन्धी समस्याहरू समाधान गर्न कार्यरत रहेको छ । जस अन्र्तगत राम्रो र सुरक्षित खानेपानी सम्बन्धी हक पनि पर्न आउँछ । निजी कम्पनीहरूले सरकारी सेवाभन्दा राम्रो सेवा प्रदान गरेर पनि नाफा कमाउने दाबी गर्दछन् । तर जब यी निजी कम्पनीहरूले पानी सेवा माथि आफ्नो नियन्त्रण कायम गर्दछन् (यसलाई निजीकरण पनि भनिन्छ ।) प्रायः पानीको महसुल बढेर जान्छ, मानिसलाई स्वस्थ रहन चाहिने आवश्यक पानी भन्दा कमसेकम पानी खपत गर्न बाध्य हुन्छन् ।

यस अवस्थामा मानिसहरूसँग अर्को उपाय हुँदैन र फलस्वरूप निशुल्क पाइने असुरक्षित जीवाणु, कीटाणु र विषाक्त रसायनहरू मिसिएको पानी उपयोग गर्न बाध्य हुन्छन् । जसले गर्दा मानिसहरू विभिन्न डरलाग्दो समस्याहरूबाट ग्रसित हुन पुग्दछन् ।

सरकार एवं समुदाय मिलेर काम गरेमा खानेपानी सेवामा सुधार एवं बिस्तार गरी अत्यधिक आवश्यक भएको परिवारलाई पर्याप्त सफा एवं स्वच्छ पानी पु¥याउन सक्छन् ।

बोतलमा पानी संकलन तथा बिक्री गर्ने पानीमाथिको अधिकार

धाराको पानी सुरक्षित छ भनी ढुक्क हुने अवस्था नभएसम्म किन्न सक्ने मानिसहरूले बोतलको पानी किनेर खाने गर्दछ । धाराको पानीमा जीवाणु पाइनुको कारण मानिसहरूले बिरामी हुनबाट बच्न बोतलको पानी पिउने गर्दछ । तर पानी बोतलमा भरी बेच्नाले नै

खानेपानी सेवा सुधारमा लागि सहकार्य

पश्चिमी अफ्रिकी मुलुक घानामा समुदायले खानेपानी वितरणमाथि नियन्त्रण राखेको छ । सेभलुगु भनिने सहरमा सरकारी स्वामित्वमा रहेको घाना पानी कम्पनीले खानेपानी वितरण गर्ने गर्छ र समुदायका सदस्यहरू मिलेर महसुल निर्धारण गर्न, वितरण गर्न र पानी वितरण प्रणालीलाई हेरचाह र मर्मत सम्भार गर्ने गर्दछन् । उनीहरूले यसलाई “सरकार–समुदाय साझेदारी” भन्दछ । समुदायले खानेपानी व्यवस्थापनको जिम्मा लिएकोले सबैजनाको सहमतीमा निर्णय गरी सफा स्वच्छ एवं पर्याप्त पानी सबैलाई उपलब्ध गराएको छ । पानीको पैसा तिर्न नसकेको अवस्थामा सक्षम नभएसम्म समुदायले नै महसुल तिर्ने गर्दछ । मानिसहरूको आवश्यकता पूरा उनीहरूसँग महसुल भएको कारणले मात्र हैन की उनीहरू समुदायको हिस्सा भएकोले गरिन्छ । घाना पानी कम्पनी जहिले पनि नाफामा संचालित हुन्छ किनकी समुदायले सधैंभरी पानीको महसुल बुझाउँदछ । सेभलुगु समुदायमा आधारित खानेपानी वितरण प्रणाली एउटा नमूनाको रूपमा घानाभरी प्रस्तुत गरिन्छ । सेभलुगुमा मानिसहरूले आफ्नो पानी वितरण प्रणाली व्यवस्थापन गरेकोबाट निजीकरण एउटा मात्र पानी वितरणको माध्यम हुन सक्दैन भन्ने कुरा सावित गरिदिएको छ । सरकार समुदायबीचको सहकार्य शुरु भए देखि कम मानिस बिरामी हुने गरेका छन् र हरेक व्यक्तिले पर्याप्त पानी प्राप्त गर्दछन् । उनीहरूको सफलताले सामुदायिक निर्णय प्रक्रिया एवं जवाफदेहिताले सबैको लागि पानी सुरक्षित गर्नमा सुधार ल्याउन सकिंदो रहेछ ।

पानी सुरक्षित रहेको कुरा पुष्टि हुँदैन । प्रायःजसो बोतलको पानी धाराबाट नै भरेर महङ्गो मूल्यमा बिक्री गरिन्छ । पानीको गुणस्तरमा सुधार ल्याउनु एवं विश्वसनीयता बढाउनु वातावरण तथा जनस्वास्थ्य दुवैलाई स्वास्थ्य बनाउन सक्ने राम्रो उपाय हो । बोतलको पानी बिक्री वितरण, भरिने, ढुवानी र अन्त्यमा बोतल फाल्नु आदिबाट हुने स्वास्थ्य समस्यालाई हेर्दा बोतलको पानीको मूल्य सबैलाई सुरक्षित पानी पु¥याउनुभन्दा निकै महङ्गो पर्न जान्छ ।

कम्पनीले बोतलको पानी बिक्री गरी यसबाट निकै मुनाफा कमाउँदछ । उनीहरूले आफ्नो बोतलको पानीको यस्तो गरी प्रचारप्रसार गर्दछ कि मानिसलाई धाराको पानी असुरक्षित रहेको जस्तो धारणाको विकास गराउँदछ ।

बहुराष्ट्रिय कम्पनीहरूले पानी बिक्री गर्दछ, जस्तैः कोकाकोलाले प्रायः स्थानीय पेय पदार्थ बनाउने उद्योगहरू उत्पादनलाई बजारबाट विस्थापित गरी स्थानीय आर्थिक स्थिति नोक्सानी गर्दछ । कहिलेकाहीं उनीहरूले अत्यधिक पानीको उपभोग गरेको कारण घरायसी उपयोग हुने पानीमा कमी, सिंचाईको लागि र अन्य प्रयोजनको लागि आवश्यक पानीको कमी ल्याइदिन्छ ।

सफा, स्वच्छ, धाराको पानी प्रणाली नै सबैको स्वास्थ्यमा सुधार ल्याउन सक्ने एक महत्वपूर्ण बाटो हो । यूरोप र उत्तरी अमेरिकामा स्वच्छ पानी वितरण नै जनस्वास्थ्यको मूल आधार हो । गरिव राष्ट्रहरूका मानिसहरूलाई पानीको अभावमा महङ्गो बोतलको पानी किन्न बाध्य पारिनुको पछाडि कुनै कारण भएको जस्तो लाग्दैन । स्वास्थ्य जीवनयापन गर्न चाहने पर्याप्त सफा पानी प्राप्त गर्न हरेक व्यक्तिको अधिकार हो । सरकारबाट वा समुदायबाट नियन्त्रित पानी वितरण प्रणालीको मानिसको पानीमाथिको अधिकार सुरक्षित एवं पूर्ति गर्न सकिन्छ । यसको सुनिश्चितता गर्न सरकारले राम्रो सेवा प्रदान गर्नुपर्छ । सामुदायिक सदस्यहरूले बढ्दो सहभागितामा पानी वितरणलाई व्यवस्थित गर्नुपर्दछ । यसले गर्दा मानिसको स्वास्थ्यलाई उच्च प्राथमिकताका साथ हेर्न मद्दत गर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.94444444444
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
नेविगतिओन
Back to top