অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

ग्याँस फ्लेयर

जब प्राकृतिक ग्याँस र तेलसँगै भेटिन्छ, तेल कम्पनीहरूले त्यसलाई बालेर छुट्याउछन् । यसरी बाल्दा ग्याँसले ठूलो आगोको मुस्लो निकाल्छ जसले पुरै आकाशलाई उज्यालो पार्छ र अचम्मको ठूलो आवाज पनि निकाल्छ । न्बक ँबिचष्लन खतरनाक र प्रदूषित हुन्छ । तेल कम्पनीहरूले ग्याँसलाई बाल्नुको सट्टा बेच्न सक्छन् । तर यो अझै महङ्गो हुन्छ किनभने दबाबमा भण्डारण गर्नुपर्छ जसले आगजनी र विष्फोटनको खतरा बढाउँछ । त्यसैले मानिस र वातावरणमा असर बढेपनि तेल कम्पनीहरूले ग्याँसलाई बाल्ने गर्छन् किनभने यो कम महङ्गो हुन्छ ।

ग्याँस फ्लेयरको आसपास स्वास्थ्य र सुरक्षा

सबै ग्याँस फ्लेयरहरूले वायु प्रदुषण गर्छन् र विभिन्न स्वास्थ्य समस्या ल्याउँछ । तर कुनै कुनै फ्लेयर अरुभन्दा झन् हानीकारक हुन्छन् । कहिलेकाहीँ ग्याँसहरूलाई सुरक्षाको हिसाबले विष्फोट हुनबाट बचउन जलाइन्छ जसलाई क्बाभतथ ँबिचभक अथवा हरेक दिन तेल निकाल्ने प्रक्रियाको एउटा भागको रूपमा , हरेक किसिमको फ्लेयरलाई भिन्दै प्रक्रियाको जरुरत पर्छ ।

ग्याँस फ्लेयर

जब पाइपमा ग्याँसको दबाब सँधेै हुन्छ, कारखानाहरूले क्बाभतथ ँबिचभक को प्रयोग गर्दछन् । यो हरेक समयमा नभए पनि हानीकारक हुन्छ । यदि तपाईको समुदायमा क्बाभतथ ँबिचभक छ भने कम्पनीलाई पूर्व सूच्ना दिन माग गर्नुहोस् । कम्पनीहरूले ँबिचष्लन गर्नुभन्दा २४ घण्टा पहिले समुदायलाई सूचना दिनुपर्छ । फ्लेयर भएको बेला सबैजना सकेसम्म टाढा बस्नु पर्छ । झ्याल र ढोका लगाएर भित्र बस्नु पर्छ (आपत्कालीन समयमा के गर्नुपर्छ भनेर जान्न पृष्ठ ४५७ हेर्नुहोस्) ।

रुटिन् फ्लेयर

कुनै ठाउँमा ग्याँस हरेक दिन बालिन्छ किनभने यो कम्पनीको लागि सस्तो पर्छ । हरेक दिन ग्याँस बालिने ठाउँको नजिक बस्ने मानिसहरूलाई सतर्कता अपनाउन कठिनाई हुन्छ । यसबाट सुरक्षित रहने एउटै तरीका यसमा रोक लगाउनु हो ।

फ्लेयरि·लाई रोक्न सकिन्छ

नाइजेरियाको नाइजेर डेल्टा भन्ने ठाउँमा धेरै वर्षसम्म संसारको सबैभन्दा खराब च्यगतष्लभ न्बक ँबिचष्लन भएको थियो । अन्तर्राष्ट्रिय तेल कम्पनीले नाइजेरियामा गरेको ग्याँस फ्लेयरिङ्गले धेरैको ज्यान लिएको थियो । अफ्रिकाको अरु भागबाट उत्पन्न हुने स्रोतले भन्दा नाइजेरियाको ग्याँस फ्लेयरले जलवायु परिवर्तन र विश्व उष्णिकरणमा ठूलो भूमिका खेल्यो । नाइजेरियाको रिभर स्टेटका कमरेड चे इवेगवारा ९ऋजभ क्ष्दभनधगचब० ले भने, “धेरै वर्षसम्म हामी लगातार ग्याँस फ्लेयरिङ्गमा बस्यौं । हाम्रो खेत प्रदूषित भयो । हामीले रोप्न धेरै मेहनत ग¥यौं तर उब्जनी कम भयो । हाम्रो छत भत्केको छ । हाम्रो वायु प्रदूषित छ । हाम्रा बच्चाहरू विरामी छन् । हामीले पिउने वर्षाको पानी पनि ग्याँस फ्लेयरबाट हुने कालो पदार्थले दूषित भएको छ । यस्ता समस्या हामी अब सहन सक्दैनौं ।”

सन् २००५ मा धेरै वर्षको प्रतिवाद र संघर्षपछि च्यगतष्लभ न्बक ँबिचष्लन नाइजर डेल्टामा अवैधानिक ठहर ग¥यो । न्यायाधीशले नाइजेरियामा भएका सबै तेल कम्पनीहरूले ग्याँस फ्लेयरिङ्ग बन्द गर्नुपर्ने कुरा जनाए । किनभने यसले विभिन्न स्वास्थ्य समस्या ल्याउनुको साथै स्वास्थसँग बाँच्न पाउनु पर्ने मानवअधिकारको उल्लंघन गरेको थियो ।

यदि तपाईको नजिक च्यगतष्लभ ँबिचष्लन हुन्छ भनेः

  • ग्याँस फ्लेयरिङ्गको असरको बारेमा छलफल गर्नुहोस् र कम्पनी र सरकारसँग सिकायत गर्न समिति बनाउनुहोस् ।
  • तपाईहरूको कार्यको रेकर्ड बनाउनुहोस् । मानिसहरूलाई फ्लेयर हुने समय, दिन र त्यसबाट भएको असरलाई चिन्ह लगाउन प्रोत्साहित गर्नुहोस् ।
  • यस्ता रेकर्डहरूलाई अरु समुदाय, पत्रकार र सरकारी प्रतिनिधिसामु राख्न भेलाको आयोजना गर्नुहोस् । उनीहरूसँग भएको कुराकानीको पनि रेकर्ड राख्नुहोस् । सरकारी प्रतिनिधिले भनेको कुरा लेख्नाले र भिडियो बनाउनाले तपाई गम्भीर भएको कुरा देखाउँछ । सबैभन्दा महत्वपूर्ण, जहिले पनि आफ्नो कार्य गर्न नछोड्नुहोस् ।

यस्तो कार्यले फ्लेयरिङ्गलाई सोही समयमा रोक्न सक्दैन । तर फ्लेयरिङ्ग रोक्ने सबैको एउटै उद्देश्यले समुदायलाई एकजुट बनाउँछ र लामो समयसम्म मानिसहरूको स्वास्थ्य सुरक्षा गर्न एउटा बलको सिर्जना गर्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 11/13/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate