অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

हानिकारक जीवहरूको नियन्त्रण

हानिकारक जीवहरूको नियन्त्रण

हानिकारक कीराहरू जस्तैः साङ्गला र मुसा जस्ता जीवहरू खानाका टुक्राहरू भएको स्थान र लुक्न मिल्ने स्थानहरूमा बस्दछन् । तिनीहरूले रोगहरू बोक्दछन् र तिनीहरू एलर्जी र दमको आक्रमणका सामान्य कारकहरू हुन् । दुर्भाग्यवस कीराहरू र मुसा जस्ता जीवहरूबाट छुट्कारा पाउन प्रयोग गरिने स्प्रेहरूले समेत दमको आक्रमण र अन्य स्वास्थ्य समस्याहरू उत्पन्न गर्दछन् ।

धेरै मानिसहरूले घरमा कीराहरू र विषादी नियन्त्रणका लागि रसायनिक विषादीहरूको प्रयोग गर्दछन् । विषादिहरू विष हुन् (अध्याय १४ हेर्नुहोस्) । यदि कुनै पनि हालतमा तिनीहरू प्रयोग गरिन्छन् भने तिनीहरूको प्रयोग ह््याण्डलिङ्ग र भण्डारण धेरै सावधानीपूर्वक गर्नुपर्दछ । घरभित्रका हानिकारक कीराहरूको नियन्त्रणको सर्वोत्तम उपाय भनेको तिनीहरूलाई आकर्षित गर्ने परिवेशहरूलाई हटाउनु हो ।

  • जीवहरू बस्न सक्ने खानाका साना टुक्राहरू र सामग्रीहरूलाई हटाउन नियमित रूपमा बढार्ने र सफाइ गर्ने गर्नुहोस् ।
  • पकाइसकेपछि र खाइसकेपछि खाना बनाइने स्थानमा सफाइ गर्नुहोस् र पुछ्नुहोस्, सुख्खा बनाउनुहोस्
  • खानालाई कसेर छोपिएको कन्टेनरहरूमा राख्नुहोस् ।
  • चुहिने पाइपहरूलाई टाल्नुहोस् र भाँडा माज्ने ठाउँहरूलाई सुख्खा राख्नुहोस् । साङ्गलाहरू र अन्य कीराहरूले पानी रुचाउँछन् ।
  • घरभित्रको फोहरलाई छोपिएको कन्टेनरहरूभित्र राख्नुहोस् र नियमित रूपमा हटाउनुहोस् ।
  • भित्ता, छाना र भूइँहरूमा भएका खाल्डा, खुल्डी र प्वालहरूलाई कीराहरू छिर्नबाट रोक्न बन्द गर्नुहोस् । साना प्वालहरू क्जभभत, धातु इत्यादी जस्ता सामग्रीहरूबाट बन्द गर्नुहोस् ।

रासायनिक विषादीहरूभन्दा कम हानिकारक र कम खर्चिला जैविक सामग्रीहरूको प्रयोगबाट धेरै कीराहरूलाई टाढा राख्न सकिन्छ ।

रसायनहरूबिना हानिकारक जीव नियन्त्रण

कहिलेकाहीं घरलाई सफा राखेर मात्र पर्याप्त हुँदैन र धेरै सक्रिय हानिकारक जीवहरूको नियन्त्रणको आवश्यकता पर्दछ । साङ्गलाहरूका निम्ति, चिनी र बोरिक अम्ल वा खाने सोडाको मिश्रण बनाउनुहोस् । साङ्गलाहरू हिंड्ने सतहहरूमा यसलाई छर्कनुहोस् । त्यसलाई खाएपछि मर्नेछन् अथवा बोरिक अम्ललाई पानीसँग मिसाएर बाक्लो माड बनाउनुहोस् । अनाजको पिठो मिसाउनुहोस् र साना डल्लाहरू बनाउनुहोस् । कोठा वरिपरि चारैतिर त्यसलाई राख्नुहोस् । तर केटाकेटीले त्यसलाई खान नहुने तर्फ ध्यान पु¥याउनुहोस् । कमिलाहरूका निम्ति रातो खुर्सानीको धूलो, सुकेको पुदिना , वा पिसेको दालचिनी तिनीहरू छिर्न ठाउँहरूमा छर्नुहोस् ।

कीराहरूका निम्ति पिँधिएको तुलसीका पातहरूलाई २४ घण्टासम्म पानीमा हाल्नुहोस् । छानेर हरूमा छर्कनुहोस् ।

धमिराहरूका निम्ति काठले बनेका सामग्रीहरू माटोको प्रत्यक्ष सम्पर्कमा आउँदैनन् भन्ने कुरामा सुनिश्चित हुनुहोस् ।

मुसाहरू मार्नका लागि पासो को प्रयोग गर्नुहोस् । विषहरूको प्रयोग तिनीहरूको प्रयोगमा प्रशिक्षित मानिसहरूद्वारा उच्च सावधानी र राम्रो सुरक्षा सामग्रीका साथ मात्र गर्नुपर्दछ । केही कीराहरू (जस्तैः ऋजष्चअजभक जसले मेक्सिको र मध्य र दक्षिणी अमेरिकामा ऋजबनबक रोग लगाउँदछ) विशेष गरी माटो, घाममा सुकाइएको इंट र परालको छानाले बनेका घरहरूका भूईहरू, भित्ताहरू र छानाहरूमा भएका प्वालहरूमा बस्दछन् । भित्ताका प्वालहरू प्लाष्टरले टाल्नु र भित्ताहरूमा पुरै प्लाष्टर गर्नु वा तल्लो केही मिटर उचाईसम्म प्लाष्टर गरेमा पनि कीराहरूको प्रजनन् रोक्न सहयोग पुग्नेछ । (माटोको प्लाष्टर बनाउनका लागि पृष्ठ ३८२ हेर्नुहोस् । परालको छानालाई टाइल, धातु वा सिमेन्टले विस्थापित गर्दा वा छानाको भित्रपट्टि छोप्दा समेत कीराहरूलाई बाहिर हटाउँछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/24/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate