অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

स्रोतमा नै फोहरलाई छुट्याउने

खाद्यजन्य फोहरलाई कागज वा सिसा आदिसँग छुट्याउनाले पुनः प्रयोग गर्ने, पुनः प्रशोधन गर्ने र सामानहरूबाट छुट्कारा पाउन सजिलो हुन्छ । साथै यसले मिश्रित फोहरबाट हुने समस्याबाट पनि जोगाउँछ (पृष्ठ ३९०) । फोहरलाई स्रोतमै छुट्याउनु राम्रो फोहर व्यवस्थापनको पहिलो चरण हो, तर यसले समस्याको समाधान त्यत्तिखेर मात्र गर्छ जब फोहर छुट्याएपछि त्यसको व्यवस्थापन गर्ने राम्रो तरीका अपनाइन्छ । फोहर स्रोतमा छुट्याउनु एउटा सम्पूर्ण व्यवस्थापन पद्धतिको भाग मात्र हो, जसमा पुनः प्रयोग, मल बनाउने, सँधैभरी संकलन गर्ने, पुनःप्रशोधन गर्ने र सुरक्षित व्यवस्थापन गर्ने समावेश हुन्छ ।

फोहर छुट्याउने तरीका

शहर र गाउँ दुवै क्षेत्रमा उत्पादन हुने फोहरको सबैभन्दा ठूलो भाग कुहिने फोहर वा चिसो फोहर को हुन्छ (बाँकी खाना र बगैंचाबाट निस्कने फोहर जस्तै सुकेको विरुवा र पात) । यस्ता फोहरलाई घाम र पानीले विखण्डित गर्दछ वा जीवहरूले (कीरा, जीवाणु, खाने गर्छन् र मलमा परिणत हुन्छ (पृष्ठ ४०० हेर्नुहोस्) । फोहरमा धेरैजसो कागज, सिसा, फलाम र प्लाष्टिक हुने गर्छन् । यो फोहरको ठूलो भाग सामान प्याक गरेर आएका वस्तुहरू हुन् । घरेलु फोहरमा विषाक्त वस्तु पनि समावेश हुन सक्छन् । जस्तैः रंग, ब्याट्री, प्लाष्टिकका डाइपर, गाडीको तेल, पुरानो विषादी र सफा गर्ने सामानका भाँडाहरू ।

फोहर छुट्याउन को जिम्मेवार छ ?

फोहर घर वा व्यवसाय जसले उत्पादन गर्छ वा जसले संकलन गर्छ उसले छुट्याउन सक्छ । तपाईको समुदायले पुनः प्रयोग, पुनः प्रशोधन र व्यवस्थापन गर्नको लागि फोहर संकलन र छुट्याउने जस्तो प्रणाली प्रयोग गरेपनि यस्तो काम गर्ने मानिसलाई उचित सम्मान र आफूले गरेको कामको उचित ज्याला दिन अत्यन्त जरुरी हुन्छ । संकलकहरूले फोहर छुट्याएर र महत्वपूर्ण सामान बेचेर र बाँकीको सामान पुनः प्रशोधन केन्द्रमा ल्याएर पैसा कमाउन सक्छन् । कुनै संक्लकहरूले घरमा फोहर छुट्याउनेलाई केही पैसा बढी दिने वा नछुट्याइएको फोहरको लागि कम पैसा दिन सक्छन् । यदि फाहेर घरमा छुटयाइन्छ भने सुख्खा सामानहरू घरभित्र एउटा भाँडोमा राख्नुपर्छ । कुहिने फोहर राखेको भाँडा चाहिँ घर बाहिर राख्न सकिन्छ र घरमै मल बनाउन सकिन्छ अथवा छिमेकमा रहेको मल बनाउने योजना भएको ठाउँमा संकलन गर्न सकिन्छ (पृष्ठ ४०० देखि ४०३ मा हेर्नुहोस्) ।

प्राङ्गारिक मल बनाउने

कुहिने फोहर नै फोहरको मुख्य भाग भएकोले यस्तो फोहरलाई छुट्याएर मल बनाउनाले फोहर हदैसम्म कम हुन्छ । माटोमा प्राङ्गारिक मल थप्नु, अन्नबालीको लागि चाहिने पौष्टिक तत्व जमिनमा नै पुनः थप्ने एउटा तरीका हो । प्राङ्गारिक मल बनाउने सबैभन्दा उत्तम तरीका उपलब्ध ठाउँमा भर पर्छ । सानो मात्रा मल भाँडामा राखेर घरमा वा व्यावसायिक कार्यालयमा नै बनाउन सकिन्छ । ठूलो मात्रामा मल चाहिँ शहर वा नगर र खेत जहाँ फोहर जम्मा गर्न धेरै ठाउँ छ, त्यहीँ बनाउन सकिन्छ (मल प्रयोग गर्न, पृष्ठ २८७) ।

कसरी गड्यौंलाको मद्दतबाट मल बनाउने

गड्यौंलाहरू मल बनाउने प्राकृतिक उत्तम प्राणी हो । सानो बाकसमा भएको गड्यौंलाले घरयासी खाद्यजन्य फोहरलाई तपाईको बगैंचाको लागि हुने राम्रो माटोमा परिणत गर्छ । तपाईसँग मल बनाउनको लागि ठूलो ठाउँ नभएको बेला गड्यौंला भएको बाकसले मल बनाउने एउटा तरीका प्रदान गर्छ । काठ वा प्लाष्टिकको बाकसको तल्लो भागमा हावा छिर्न र पानी र माटो बाहिर निस्कन प्वाल बनाउनुहोस्

अर्को बाकस अथवा थाल प्वाल पारिएको बाकसको तल राख्नुहोस् जसमा गड्यौंलाले बनाएको माटा जम्मा हुन्छ । माथिल्लो बाकसलाई कागजको टुक्रा, पराल र खानाको साना साना टुक्राले भर्नुहोस् । त्यसमा एक झोला राम्रो गड्यौंला, बगैंचा केन्द्र वा कृषककोबाट ल्याएर हाल्नुहोस् । खानाको टुक्रा बेलाबेलामा हाली रहनुहोस् र बाकसलाई ओसिलो राख्नुहोस् तर चिसो नबनाउनुहोस् । गड्यौंलालाई घामबाट बचाउनको लागि माथिल्ला भागलाई छोप्नुहोस् । तपाईंले हालेको फोहर कुरा गड्यौंलाले खाएपछि त्यसले माटो बनाउँछ र गड्यौंलाको संख्या पनि बढ्छ । कुनै गड्यौंला तलको भाँडामा खस्न सक्छन् त्यसलाई फेरि माथि राख्नुहोस् वा त्यसलाई आफ्नो बगैंचाको नयाँ माटोमा राख्नुहोस् ।

सामुदायिक मल र पुनः प्रशोधन

बेनिन को राजधानी पोरटो नोभोमा कुनै समय चार तल्ला घरजतिको फोहरको थुप्रो सडकमा थियो । तपाई सोंच्न सक्नुहुन्छ यसले धेरै स्वास्थ्य समस्या ल्यायो र यसबाट आउने कडा गन्धले ठाउँलाई बस्न अनुपयुक्त बनाए । केही मानिसहरूले मल केन्द्र खोलेर फोहरलाई प्रयोग गर्न मिल्ने मल बनाउने निधो गरे । समाज सेवा संस्थाबाट आएको पैसाले उनीहरूले पुनः प्रशोधन गर्न र मल बनाउन ठूलो ठाउँ खोजे । फ्रेन्च संस्थाले पोरटो नोभो समूहलाई एउटा ट्रयाक्टर र २ वटा ट्रेलर प्रदान ग¥यो । उनीहरूले ट्रेलरलाई रेलको स्टेशन र फुटबल खेल्ने ठाउँ नजिक लगेर राखे र मानिसहरूलाई फोहर त्यसैमा राख्न प्रोत्साहन गरे । अब, हरेक साँझ, ट्रयाक्टरले ट्रेलरलाई मल बनाउने ठाउँसम्म लान्थ्यो र त्यहाँ युवाहरूले फोहर छुट्याउने गर्थे ।

कुहिने फोहरलाई खाल्डोमा राखिन्थ्यो र तारको पातले ले छोपेर मल बनाइन्थ्यो । मल बनाउने मानिसले उष्णता , हावाको बहाब र ताप जाँच गथ्र्यो ताकी मल चाँडै बनोस् । दुई महिनापछि मल प्रायेगको लागि तयार हुन्छ । योजनाका केही युवाहरूले मलको प्रयोग बजार बगैंचाको लागि गर्न थाले । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट आएको पैसाले उनीहरूले बीउ र अन्न रोप्नको लागि जमिन किने । बेनिन को यो क्षेत्रमा माटो कहिले राम्रो भएको थिएन तर लगातार प्रयोगका कारण बिग्रिएको भने थियो । तर माटो राम्रो बनाउने मलका कारण युवा मालीहरू पौष्टिक र ताजा तरकारी उमार्न सक्षम भए । गाउँलेहरूले पनि आफ्नो बगैंचाका लागि मल किन्न थाले । तरकारी र मल बेचेर आएको पैसाले उनीहरूले नयाँ उपकरण किन्न र बेरोजगारहरूलाई फोहर छुट्याउने र बजार बगैंचाको काममा लगाउन थाले । यसरी योजनाले आफैंलाई सहायता गर्न र लगातार विस्तार हुन थाले ।

कसरी विस्तारै मल बनाउने

  • यो प्रक्रियाले ६ महिनामा मल बन्छ र थोरै ठाउँ र थोरै काम मात्र गर्नुपर्छ ।
  • जमीनमा १ मिटर गहिरो र ६० से.मी. फराकिलो खाल्डो खन्नुहोस्् ।
  • भिजेको कुहिने फोहर र नभिजेको फोहरको मिश्रण त्यसमा हाल्नुहोस् ।
  • हरेक २० से.मी. कुहिने फोहरलाई ३ से.मी. माटोले छोप्नुहोस् र ओसिलो बनाउनको लगि पानी थप्नुहोस् ।
  • (पानीले पूरै नभिजाउनु होला) पानी परेको बेला खाल्डोलाई छोप्नुहोस् । एक हप्तापछि मल विखण्डन हुन थाल्छ ।
  • फोहरको थुप्रो तातो हुन्छ र विखण्डनपछि घट्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/9/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate