অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

घरमा सुरक्षित खाना बनाउनेमा सावधानी

सुरक्षित खाना बनाउने

घरायसी जीवनको महत्वपूर्ण पाटो भनेको परिवारको खाना बनाउनु हो । तर खाना र खाना बनाइने सतहहरूले धेरै किसिमका कीटाणुहरूलाई बोकेको हुन सक्दछन् । कीटाणुहरूबाट दूषित खाना वा पेय पदार्थ खाँदा खानाको विष लाग्ने, पेट दुख्ने, शरीरको कुनै अंगमा मांशपेशीहरू कस्सिएर हुने दुखाइ, झाडापखाला, पेट सुन्निन, परजीवीको आक्रमण, ज्वरो, हेपाटाइटिस, टाइफाइड, कमजोरी र जलअल्पता कब्जियत र अन्य समस्याहरू हुन सक्दछन् ।

घरमा खानाजन्य बिमारी घटाउनः

  • बिग्रेको खानाः खराब गन्ध आउने वा ढुसी भएको वा अनौठो बनौट भएको खानालाई फ्याल्नुहोस् । छिद्रहरू भएको वा खुलेको क्यानहरूको खाना नखानुहोस् । किनकि क्यानभित्र पहिले नै भएका कीटाणुहरूले खानालाई बिगारिसकेका हुन्छन् ।
  • खानाको हेरचाहः खाना बनाउनुभन्दा पहिले र पछि हात धुनुहोस् ।
  • खानाको सतहहरूः खाना बनाउनु र खानु अघि र पछि तातो पानी र साबुनले थालहरू भाँडाहरू र खाना बनाइने भागहरू सफा गर्नुहोस् । भान्साका सतहहरू सफा गर्ने प्रयोग गरिने साबुनले धोएर घाममा सुकाउनुहोस् वा आइरन लगाउनुहोस् ।
  • फलफूल र तरकारीहरूः खानु अघि सबै फलफूल र तरकारीहरूलाई धुनुहोस् वा तास्नुहोस् ।
  • पकाउनेः तापले कीटाणुहरू मार्दछ । खाना सुरक्षित छ भनेर सुनिश्चित हुन यो राम्ररी पाकेको पक्का हुनुहोस् र पाकिसकेपछि चाँडै नै खानुहोस् । मासुहरू रगतमय वा रातो रङ्गको नहोउन्जेलसम्मा पकाउनुहोस् । अण्डाहरू पहेंलो भाग र सेतो भाग साह्रो नहोउन्जेलसम्म पकाउनुहोस् । काँटाले सजिलै साना साना टुक्रा नहुन्जेल माछालाई पकाउनुहोस् ।
  • मासुको हेरचाह र भण्डारणः नपकाइएको मासु, कुखुरा र माछाहरूबाट कीटाणुहरू सजिलै अन्य खानाहरूमा फैलने हुँदा मासुलाई छुट्टै भण्डार गर्नुहोस् वा पोको पार्नुहोस् ताकि त्यसबाट निस्कने झोल अन्य खानामा नजाओस् । मासु बनाउनका लागि छुट्टै चक्कु र काट्ने भाँडाको प्रयोग गर्नुहोस् र ती अन्य सामग्रीहरूलाई अरु खाद्य चिजहरू काट्नु अघि साबुन र तातो पानीले राम्रोसँग पखाल्नुहोस् । काँचो मासु राखिएको प्लेट वा सतहमा पाकेको खाना राख्नलाई सुरक्षित मान्न सकिंदैन ।
  • सुरक्षित खाद्य भण्डारणः बचेको खानालाई सुरक्षित कन्टेनरहरूमा चिसो र सुख्खा स्थानमा राम्रोसँग भण्डारण गर्नुहोस् र फोहरलाई तुरन्तै विसर्जन गर्नुहोस् (खाना र अन्नबाली सुरक्षित तवरले भण्डारण गर्नका लागि अध्याय १२ र अध्याय १५ हेर्नुहोस्) ।

कामजन्य खतरा घरमा ननिम्त्याउ

खेतको काम, खानी उत्खनन, स्वास्थ्य सेवा र कलकारखानाको काममा विषाक्त पदार्थहरू प्रयोग गर्ने मानिसहरूले तिनीहरूका लुगाहरू र शरीरहरूमा विषाक्त पदार्थलाई घरमा ल्याउँछन् । यसले कामदारहरू र तिनीहरूका घरका जो कोहीलाई पनि हानी गर्न सक्दछ । (यस्ता खतराबाट बच्न, अध्याय १४, २० र २१ हेर्नुहोस्) धेरैजसो स्वास्थ्य समस्याहरू विषाक्त पदार्थहरू र खतरनाक उपकरणहरूको काम (जस्तैः विद्युतकणीय वा त्भहतष्भि हरू वा ब्याट्री वा कम्प्युटरहरू) एकत्रित गर्ने घरमा हुन्छन् (हेर्नुहोस् पृष्ठ ४६०) । घरमा यस्तो किसिमको काम गर्नु खतरनाक छ किनकि कम्पनीहरूले घरमा काम गर्ने मानिसहरूलाई प्रायःजसोे सुरक्षित उपकरण उपलब्ध गराउँदैनन् । सबै कामदारहरूले पाउनुपर्ने अधिकारहरू राम्रो ज्याला समेत तिनीहरूले दिंदैनन् । यस्तो खतरनाक कामले परिवारका अन्य सदस्यहरू विशेषगरी बालबालिकाहरूलाई समेत विषाक्त पदार्थहरूसँग सम्पर्क गराउँछ । घरमा खतरनाक चिजहरूसँग काम गर्दा सावधानी लिनुहोस्

  • तपाईले कुन रसायनहरू प्रयोग गरिरहनुभएको छ र कसरी तिनीहरूलाई सुरक्षित रूपले प्रयोग गर्ने भनेर जान्नुहोस् ।
  • त्यहाँ उचित भेन्टिलेसन छ भनेर सुनिश्चित हुनुहोस् (पृष्ठ ३५२ देखि ३५४ हेर्नुहोस् ) ।
  • उपलब्ध भएसम्म सुरक्षा सामग्री÷उपकरणको प्रयोग गर्नुहोस् (अनुसूची १ हेर्नुहोस्) ।
  • काम गर्ने क्षेत्रहरू र सामानहरूबाट बच्चाहरूलाई टाढै राख्नुहोस् ।
  • तपाइले थकान गराउने गरी र तपाईको कामलाई खतरनाक बनाउने गरी लामो समयसम्म काम गर्न कोशिस गर्नुहुन्न ।
  • उस्तै काम गर्ने अन्य मानिसहरूसँग कुराकानी गर्नुहोस् र तपाईका स्वास्थ्य र सुरक्षाका अधिकारको मागका लागि संगठित हुनुहोस्

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 1/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate