অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

घरभित्रका भिन्न विषात्त नियन्त्रण र घर रसफाइका सामग्रीहरू

घरभित्रका भिन्न विषात्त नियन्त्रण र घर रसफाइका सामग्रीहरू

घरभित्रका विषाक्त रसायनहरू

निर्माण सामग्रीहरू, पेन्ट, फर्निचर, सरसफाइका सामग्रीहरू र घरमा प्रयोग गरिने अन्य चिजहरूमा हानिकारक रसायनहरू मिसिएको हुन सक्दछ । एस्वेस्टोस र लिड (सिसा) पेन्ट केही देशरुमा प्रतिबन्धित गरिए पनि अन्य विषाक्त रसायनहरू अझै प्रयोगमा नै छन् ।

सिसा (लिड) को विष लाग्नु

लिड एउटा विषाक्त गह्रौं धातु हो जुन साधारण उत्पादनहरू जस्तैः पेन्ट, पानीका पाइपहरू, केही सेरामिकका चम्काइएका भाँडाहरू, थालहरू र भूईंका टाइलहरू, टिनका बट्टाहरू पेट्रोल इन्जिनबाट निस्कने धुवाँमा पाइन्छ । लिडको थोरै मात्राले गम्भीर स्वास्थ्य समस्याहरू गराउँदछ । तर प्रायः लिडको विष थोरै लिडसँगको बारम्बारको सम्पर्कले थुप्रिदैं गएर हुन्छ । लिडको विषका स्पष्ट कुनै लक्षणहरू नहुन पनि सक्दछन् तर समय वित्दै गएपछि यसले गम्भीर स्वास्थ्य समस्याहरू गर्न सक्दछ । लिडको विष ठूला भन्दा बालबालिकाहरूलाई बढी हानिकारक छ किनकि यसले बालबालिकाहरूको विकासशील स्नायुहरू र दिमागलाई असर पु¥याउँछ । बच्चा जति किशोर छ त्यत्ति नै बढी लिड हानिकारक हुन सक्छ । समयसँगै थारै मात्राको लिडसँगको सम्पर्कले समेत बच्चाको मानिसक विकासलाई हानी पु¥याउन सक्दछ । विषाक्तताले कसरी बच्चाहरूलाई असर गर्छ भन्ने बारेमा थप जानकारीका लागि पृष्ठ ३२२ र अनुसूची ३ हेर्नुहोस्

अन्य विष जस्तैः शरीरभित्र लिड खाँदा, पिउँदा वा छालाबाट सोसिएर प्रवेश गर्दछ । लिडले मृगौला, रगत, स्नायुहरू र पाचन प्रणालीलाई नोक्सानी पु¥याउँदछ । रगतमा धेरै मात्राको लिडले बान्ता बोली लरबराउने मांसपेशीको कमजोरी , दिमागलाई असर पु¥याउने छारे रोग वा गहिरो र लामो समयावधिको बेहोसी अवस्था जस्ता समस्याहरू ल्याउन सक्छ । रगतमा लिडको मात्रा बढ्दा स्वास्थ्य समस्याहरू झ्न नराम्रो हुन्छन् ।

लक्षणहरू

यदि तपाईलाई कसैलाई लिडको विष भएको जस्तो लाग्छ भने उसको रगत स्वास्थ्य केन्द्र वा क्लिनिकमा जचाउँनुहोस् । लिडको विषको लक्षणहरूमा मानिसमा देखुन्जेलसम्म मानिसको रगतमा पहिले नै धेरै लिड भैसकेको हुन्छ । त्यसकारण लिड विषाक्तता हुनुभन्दा पहिले नै यसको रोकथाम गर्नु जरुरी छ । लिड विषाक्तताका लक्षणहरू हुन्ः

  • हरेक समय रिसाउनु
  • निन्द्रा नलाग्नु
  • भोक कम लाग्नु र शक्ति क्षिण
  • टाउको दुख्ने
  • किशोर बालबालिकाहरूले पहिले भएको दक्षता गुमाउन
  • रक्तअल्पता
  • कब्जियत
  • पेटमा दुख्ने र मांशपेसी कस्सिएर हुने आकस्मिक पीडा
  • (यो सामान्यतः बढी विषाक्त मात्राको लिड विषको प्रथम लक्षण हो )

रोकथाम

लिडसँगको सम्पर्कको रोकथाम नै यसको उत्तम उपचार हो ।

  • स्थानीय स्वास्थ्यकर्मीहरूले पानीमा लिड परीक्षण गर्दछन् भने त्यो पत्ता लगाउनु होस् । यदि तपाईको पानीमा लिडको मात्रा बढी छ भने पिउन र खाना पकाउन फरक पानीको स्रोतको प्रयोग गनुृहोस् ।
  • पानी पिउन वा त्यसबाट पकाउनु अघि धाराको पानीलाई एक मिनेटसम्म बग्न दिनुहोस् ।
  • खाना वा पकाउन लिडको चम्काइएका भाँडाकुँडाहरूको प्रयोग नगर्नुहोस् ।
  • क्यानहरूमा भएका खानाहरू प्रयोग नगर्नुहोस् । किनकि त्यो लिडले बन्द गरिएको हुन सक्छ ।
  • पेन्टसमा लिड भए नभएको तपाईलाई थाहा छैन भने पुराना पेन्ट गरिएका खेलौनाहरूलाई फ्याक्नुहोस् ।
  • तरल पदार्थहरूलाई हरूमा भण्डारण नगर्नुहोस् किनकि लिड तरल पदार्थमा मिसिन सक्छ ।
  • लिड भएको माटो, जमीनमा घरहरू बनाउने वा ईनारहरू खन्ने, अन्न उत्पादन गर्ने कामहरू गर्नुहुन्न । यदि तपाईले माटोमा जमीनमाथि वा गाडिएको अवस्थामा ब्याट्रीहरू, पेन्टका तहहरू , तेलका ड्रमहरू र अन्य औद्योगिक फोहरमैलाहरू पाएमा यो माटो दूषित भएको संकेत हो ।
  • विषेशगरी यदि तपाई काम गर्दै आउनु भएको छ वा बच्चाहरू घरबाहिर खेल्दै आएरहेका छन् भने खानु अघि हातहरू राम्ररी साबुन पानीले धुनुहोस्

पेन्टको लिडबाट लाग्ने विषको रोकथाम

जब पेन्ट पुरानो हुन्छ वा राम्रोसँग प्रयोग गरिंदैन, यो फुटेर जान्छ र अझै भित्ता, रेलिङ र फर्निचरहरूबाट तहतह वा कणहरू निस्कन्छन् । यी कणहरू सजिलै श्वासप्रश्वासबाट शरीरभित्र छिर्छन् वा साना बालबालिकाहरूले निल्छन् । यदि पेन्टमा लिड छ भने यो धेरै नै खतरनाक हुन्छ । पुरानो पेन्टबाट हुने लिड विषको राकथामको सर्वोत्तम उपाय भनेको यसलाई सतहहरूबाट हटाउनु र लिड रहित पेन्टबाट पुनः पेन्ट गर्नु हो । पुरानो पेन्टलाई हटाउँदाका बखतः

  • सँधै ग्लोभ, मास्क र सुरक्षा चश्मा लगाउनुहोस् ।
  • बच्चाहरूलाई काम गर्ने क्षेत्रहरू वा दूषित हुन सक्ने क्षेत्रहरूमा खेल्नबाट टाढै राख्नुहोस् ।
  • पेन्टका सबै धूलोका कणहरूलाई हावामा जान नदिन सफा र सम्म पारेर सतहहरूलाई चिसो पार्नुहोस् (पानीले भिजाउनुहोस्)
  • काम सकेको प्रत्येक समयपछि सावधानीपूर्वक सबै पेन्टको धूलोलाई सफा गर्नुहोस् । भिजेको कपडा प्रयोग गर्नुहोस् तर कुँच्चोको प्रयोग भन्ने गर्नुहुन्न ।
  • पेन्टका बोक्रा र धूलोलाई टिनको क्यान वा अन्य बलियो कन्टेनरमा जम्मा गर्नुहोस्, प्लाष्टिकको झोलामा बन्द गर्नुहोस् र सुरक्षित गाँड्ने खाल्डो मा गाड्नुहोस (पृष्ठ ४३८ हेर्नुहोस्

पानीका लिडयुक्त पाइपहरूबाट लाग्ने विषको रोकथाम

तपाईको पानी लिडबाट दूषित भएको हुन सक्ने केही लक्षणहरू भनेको खिया रङ्गको पानी र नहट्ने दाग लागेका थालहरू र कपडाहरू हुन् । लिड पाइपहरूको पानी कदापी बालबालिकाहरूका लागि दूध बनाउन प्रयोग गर्नुहुँदैन र सम्भव भएमा लिड पाइपहरूलाई फलाम, तामा वा प्लाष्टिकले बनेका पाइपहरूबाट विस्थापित गर्नुपर्दछ । पाइपहरूबाट लिड चिसो पानीभन्दा तातो पानी धेरै सजिलै धुल्ने हुन्दा पकाउन वा पिउनका लागि लिड पाइपहरूबाट तातो पानी प्रयोग नगर्नु नै वेश हुन्छ । पानीलाई प्रयोग गर्नु अघि सम्भाव भएसम्म चिसो नभएसम्म पानीलाई बग्न दिनुहोस् । केही पानीका फिल्टरहरूले लिडलाई पनि छान्छन् (श्रोतहरू हेर्नुहोस्) ।

महत्वपूर्णः उमालेको पानी लिडमुक्त हुँदैन, त्यसैले यसलाई झन् खराब बनाउँछ ।

बाहिरको वायु प्रदूषणबाट लिडको विष लाग्नबाट रोकथाम

बाहिरबाट लिड हुन सक्ने धूलो कणहरू संकलन गर्नका लागि झ्यालहरूमा र ढोकाहरूको मुन्तिर चिसो झुत्रो राख्नुहोस् । हावाबाट लिडको विष लाग्नबाट कम गर्न सरकार र उद्योगहरूले औद्योगिक उत्पादनहरूमा लिडको प्रयोगमा कमी ल्याउन सँगै मिलेर काम गर्नुपर्दछ र उद्योगहरूलाई उत्सर्जन गर्न अनुमति दिइएको वायु प्रदूषणको मात्रामा नियन्त्रण लगाउनु पर्दछ ।

एसवेस्टस

एसवेस्टस एउटा पदार्थ हो जुन पहिले भवनहरूमा ताप रोधक र अग्नि नियन्त्रण का लागि, पेन्ट र केही उपकरणहरू (विशेषगरी पुरानाहरू) जस्तैः टोस्टर, ओभन, बोइलर र रेफ्रिजेरेटरहरूमा सर्वत्र प्रयोग गरिन्थ्यो । एस्वेस्टस सूक्ष्म फाइवरहद्वारा बनेको हुन्छ, जुन हावामा जान्छ र सजिलै श्वासप्रश्वासबाट फोक्सोमा गई त्यहाँ फोक्सोका तन्तुहरूलाई काट्ने र दाग बसाएर फाइवरहरू श्वास प्रश्वासबाट भित्र गएको धेरै वर्षपछि स्थायी रूपमा हानी पु¥याउँदछन् । एसवेस्टस निकै नै हानिकारक भएका कारण धेरै सरकारहरूले नयाँ भवनहरू वा औद्योगिक उत्पादनहरूमा यसको प्रयोगमा अनुमति दिन छोडेका छन् । तर यो धेरै पुराना घरहरूमा रहिरहको छ । एस्बेस्टेस सँगको सम्पर्कले एस्बेस्टोसिस (एउटा रोग जसले फोक्सोमा दाग बसाउने र त्यसलाई हानी गर्दछ) र फोक्साको क्यान्सर गराउँदछ । यी रोगहरूका शुरुका लक्षणहरू खोकी लाग्नु, श्वासप्रश्वासमा तिव्रता, छाती दुख्ने, तौल घट्ने र कमजोरी हुने हो ।

मानिसहरू कसरी एसवेस्टसको सम्पर्कमा आउदछन् ?

जब एसवेस्टस पुरानो हुन्छ, यो टुक्रिन थाल्दछ । घर बनेकै बखतमा यदि एसवेस्टस लगाइन्छ, तर बन्द गरिएको छ र त्यसपछि छुने वा चलाउने गरिएको छैन भने यसले कुनै हानी गर्दैन । जब एसवेस्टस भएका सामानहरू वा उपकरणहरू टाढा लगिन्छन् वा सारिन्छन्, खतरनाक फाइवरहरू हावामा स्वतन्त्र रूपले मिसिन्छ । यसले तिनीहरूलाई श्वासप्रश्वास गर्ने जो कोहीलाई ठूलो हानी पु¥याउँदछ । एस्वेस्टसको उत्खनन् गर्ने मानिसहरू (हेर्नुहोस् अध्याय २१) समेत एस्बेस्टोसिसको ठूलो खतरामा हुन्छन्

रोकथाम

एस्वेस्टसलाई घरहरू र घरका सामग्रीहरूबाट हटाउन त सकिन्छ, तर अत्यधिक खर्च लाग्दछ । एस्बेस्टेस हटाउँदा त्यससँग सम्पर्क हुन सक्ने हुँदा यो कार्य उचित प्रशिक्षण पाएका मानिसहरूले सुरक्षा उपकरण र सामग्रीहरूको प्रयोग गरेर मात्र गर्नुपर्दछ ।

महत्वपूर्णः प्रशिक्षित मानिसहरूको सहयोग र उचित सुरक्षा सामग्रीविना एस्वेस्टसलाई हटाउने कोशिस गर्नुहुन्न ।

उपचार

एक पटक एस्बेस्टेस फोक्सोभित्र पसिसकेपछि यसलाई हटाउन सकिंदैन । एस्बेस्टोसिस र फोक्सोको क्यान्सरका लक्षणहरू देखिन वर्षौं लाग्न सक्छ र यी रोगहरू लागिसकेपछि पुरानै हालतमा फर्काउन सकिंदैन । उपचारले मानिसलाई कम दुख्ने बनाउन सक्दछ । तर तिनीहरूलाई निको चाहिँ पार्न सक्दैन ।

फर्निचर र रेशाहरूमा विषाक्त रसायनहरू

रेशाहरूले बनेका केही कार्पेटहरू, पर्दाहरू, लत्ता कपडाहरू र फर्निचरहरू विषाक्त रसायनहरूले बनेका हुन्छन् । द्यचयmष्लबतभम भनिने केही यस्ता रसायनहरूले रेशाहरूलाई आगो लाग्न वा चाँडै खिइन वा प्रयोगविहिन हुनबाट बचाउँछ । तर तिनीहरू हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छन् जब हाम्रो छाला तिनीहरूको संसर्गमा लामो समयसम्म आउँछ, तिनीहरूलाई बोकेका धूलोहरूमा हामी श्वासप्रश्वास लिन्छौं वा तिनीहरू जलेपछि हामी धुवाँमा श्वास लिन्छौं (यी रसायनहरू र तिनीहरूबाट हुने हानीलाई घटाउने उपायहरूबारे थप जानकारीको लागि अध्याय १६ र २० हेर्नुहोस्) ।

घर सरसफाइका सामग्रीहरू

धेरै सरसफाइ सामग्रीहरू विषाक्त रसायनहरूले बनेका हुन्छन्, जसले मानिसलाई बिरामी बनाउँछ । जब यी विषाक्त वस्तुहरू श्वासप्रश्वासबाट भित्र जान्छन् वा छालाबाट सोसिन्छन्, तिनीहरूले स्वास्थ्य समस्याहरू वा वर्षौंपछि देखिने क्याक्सर जस्ता रोगहरू निम्त्याउँछन् । धेरै सामानहरूमा भएका सूचकहरूले तिनीहरू विषाक्त छन् वा तपाईलाई कसरी जोगाउने भनेर भन्दैनन् । केही सूचकहरू ९ीबदभकि० ले कहिलेकाहीं “सावधान” वा “बच्चाहरूको पहु“चबाट टाढै राख्नुहोस्” भनेर भनेका हुन्छन् । यसले तपाईलाई अन्य फरक सामग्रीहरू परिवर्तन गर्न चाहन संकेत गर्दछ । तर लेबलमा सावधानी उल्लेख नहुनुको मतलव तपाईले सावधान हुनुपर्दैन भन्ने होइन । साधारणतया यदि कुनै उत्पादनमा कडा गन्ध आउँछ र त्यसले तपाईको आँखा रसाउँछ, तपाईको छाती दुख्छ वा तपाईको मुखमा नराम्रो स्वादको महसुस हुन्छ भने त्यो विषाक्त हो । घरमा प्रयोग भएका रसायनहरूबाट हुने स्वास्थ्य खतराहरूबाट मुक्त हुने सर्वोत्तम उपाय भनेको सुरक्षित तवरले रसायनहरूबाट टाढा हुनु (पृष्ठ ४१० हेर्नुहोस्) र सुरक्षित सफाइ सामग्रीहरूको प्रयोग गर्नु हो । साबुन र पानीले सफाइ गर्नु हानिकारक सामग्रीहरूको प्रयोग भन्दा पनि राम्रो, सुरक्षित र कम खर्चिलो हुन्छ

सुरक्षित सफाइ सामग्रीहरू

रसायनिक सफाइ सामग्रीहरू भन्दा फरक तरीकाले प्राकृतिक सफाइ सामग्रीहरू धेरै प्रभावकारी तवरले काम गर्दछन् । जब तपाईले तिनीहरूलाई घोटेर सफा गर्नुपूर्व भिज्न दिनुहुन्छ, ग्रिज र फिंज उठाउन क्अचगददभच र क्उबतगबि जस्ता सामानहरू प्रयोग गर्नुहुन्छ र सफाइ सामग्रीलाई एक भन्दा बढी पटक प्रयोग गर्नुपर्दछ । सर्फ भन्दा साबुन उत्तम हो किनकि यो पेट्रोलियमबाट बनेको हुँदैन र पानीमा विषहरू छोड्दैन । बोरोक्स र धुने सोडा हरू सतहहरू सफाइका लागि सुरक्षित छन् । ध्जष्तभ ख्भलभबनबच वा कागतिको रस भान्साको ग्रिज र टालिएको पाइप सफा गर्नका लागि प्रयोग गर्न सकिन्छ । यी सफाइ सामग्रीहरू धेरै सजिलै भण्डारण गर्न सकिन्छ किनकि तिनीहरू सुरक्षित छन्, खराब हुँदैनन् र चिसो राख्नुपर्दैन । तर पनि तिनीहरू बालबालिकाको पहुँचबाट टाढै राख्नुपर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/14/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate