অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

एउटा स्वस्थ घर के छ

घरभित्रका स्वास्थ्य समस्याहरू

हाम्रा घरहरू वरिपरिका वातावरणबाट अलग हुँदैनन् । हाम्रा समुदायहरू र कार्य क्षेत्रहरूमा देखिने वातावरणीय स्वास्थ्य समस्याहरू जस्तैः समस्याहरू तिनीहरूमा पनि हुन सक्दछन् । एउटा नयाँ घरको परिकल्पना गर्दा वा तपाई बसेको घरमा सुधार गर्दा तपाई आफ्ना स्वास्थ्यको रक्षा, कसरी र कहाँ घरहरू बनाइन्छन् ? कसरी तिनीहरू सुसज्जित गरिन्छन् ? र घरमा के काम गरिन्छ ? तिनीहरूबाट उत्सर्जित समस्याहरूलाई विचार गरेर गन सक्नुहुन्छ ।

  • जाली बिनाका खुला बलेसी र झ्यालहरूले मलेरिया र डेंगु फैलाउने लामखुट्टेहरूलाई घरभित्र प्रवेश गराउँदछन् (अध्याय ८ हेर्नुहोस् ) ।
  • लिड पेन्टस्को तह यदि खाएमा वा श्वासबाट शरीरभित्र गएमा स्थानयुहरू र मस्तिष्कलाई हानी गर्दछ (हेर्नुहोस् पृष्ठ ३६८ देखि ३७०) ।
  • कार्पेटहरू र फर्निचरमा प्वाल टाल्ने सामग्री वा गम हुन सक्दछन् जुन छोइएमा वा श्वासप्रश्वासबाट शरीरभित्र प्रवेश गरेमा हानिकारक हुन्छन् । साथै तिनीहरू कीराहरूका लागि प्रजनन् क्षेत्र पनि प्रदान गर्न सक्दछन् ।
  • राम्रोसँग जडान नगरिएमा बिजुलीका तारहरूले आगो निम्त्याउन सक्दछन् ।
  • घरभित्रका जनावरहरूले एलर्जी र दम गराउन सक्छन् (पृष्ठ ३३१ र ३५७ हेर्नुहोस्) र तिनीहरूका फोहरमैलाहरूले जुकाका संक्रमणहरू र अन्य स्वास्थ्य समस्यहरू निम्त्याउँन सक्दछ (अध्याय ७ हेर्नुहोस्)
  • विशेषगरी सहरहरू औद्योगिक क्षेत्रहरू र जहाँ धेरै मात्रामा विषादीहरू प्रयोग गरिन्छन्, घर बाहिरको वायु प्रदूषणले दम र फोक्सो, नाक, घाँटी र आँखासम्बन्धी स्वास्थ्य समस्याहरू पनि गराउँदछ ।
  • मुसा, लामखुट्टेहरू र अन्य कीराहरू परालको छाना, भित्ता र चर्केको भित्ताका भागहरूमा बसेर प्रजनन् गर्नुको साथै अजबनबक जस्ता रोगहरू सर्न सक्दछन् (पृष्ठ ३६७ हेर्नुहोस्) ।
  • भित्ताहरूका चिराहरू र सील नगरिएका छाना र झ्यालहरूका कारण तापको क्षय र चिस्यान हुने गर्दछ । यसले भित्ता, बिछ्यौना र फर्निचरमा ढुसीको वृद्धि गराउँदछ । ढुसीले श्वासप्रश्वासमा समस्या, छालामा फोकाहरू र अन्य बिरामीहरू गराउँदछ (पृष्ठ ३५८ हेर्नुहोस्) ।
  • सफाइ सामग्रीहरू, विषादीहरू र अन्य रसायनहरूले छालामा फोकाहरू, श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याहरू र अन्य दीर्घकालीन रोगहरू निम्त्याउँदछन् (हेर्नुहोस् पृष्ठ ३७२)
  • लिड (सिसा) युक्त पानीका पाईपहरूले पिउने र खाना पकाउने पानी प्रदूषण गरी जन्मसम्बन्धी त्रुटी र अन्य गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न गर्छन् (पृष्ठ ३६८ देखि ३७० सम्म हेर्नुहोस्)
  • खानामा वा खाना बनाउने स्थानको सतहमा भएका कीटाणुहरूले झाडा पखाला र फुड प्वाइजनिङ्ग लाग्ने गराउँदछ (पृष्ठ ३७५ हेर्नुहोस्)
  • भेन्टिलेसन बिना कुनै इन्धन जलाउँदा कार्बन मानोक्साइड र अन्य हानिकारक ग्याँसहरू हावामा उत्सर्जित भई गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न गराउँदछ (हेर्नुहोस् ३५४) ।
  • खुल्ला आगोले हानिकारक धुवाँ बनाई नाक, घाँटी, आँखा र फोक्सोसम्बन्धी स्वास्थ्य समस्याका साथै जलन हुने र घरभित्र आगो लाग्ने समस्या समेत निम्त्याउँछ (हेर्नुहोस् पृष्ठ ३६५)

घरभित्रको वायु प्रदूषण

राम्रो भेन्टिलेसनबिना नै जब मानिसहरूले दाउरा, गुईठा, कोइला, अँगार अर्थात् गोल, ग्याँस र बोटविरुवाका भागहरूबाट घरभित्र नै खाना पकाउन, तताउनका लागि जलाउँदछन्, घरभरी धुवाँ फैलन्छ । यस धुवाँमा हानिकारक ग्याँसहरू र स–साना धूलोका कणहरू उबचतष्अगबितभक( हुन्छन् जसले स्वाशप्रश्वास सम्बन्धी र अन्य स्वास्थ्य समस्याहरू पैदा गर्दछन् । टाउको दुख्नु , रिङ्गटा र थकान पछि गम्भीर रोगहरू जस्तैः दम, निमोनिया, ब्रोन्काइटिस वा फोक्सोको क्यान्सर समेत हुन्छ । धुवाँयुक्त आगोबाट भएको घरभित्रको वायु प्रदूषण ले टिबी अर्थात् क्षयरोग हुने खतरालाई पनि बढाउँदछ (पृष्ठ ३५६ हेर्नृुहोस्) । खाना पकाउँदा निस्कने धुवाँको सम्पर्कमा धेरैजसो महिला र बालबालिकाहरू नै आउँदछन् । जब गर्भवती महिलाहरू प्रत्येक दिन धेरै धुवाँको सम्पर्कमा आउँछन्, त्यसले तिनीहरूका बच्चाहरू धेरै साना जन्मने, ढिलो बढ्ने र पछि गएर सिक्ने कुरामा गाह्रो हुने जस्ता समस्याहरू आउँछ । केही अवस्थाहरूमा यसले मृत बच्चा समेत जन्मन सक्दछ । घरभित्रको वायु प्रदूषण घटाउनका लागि तपाई निम्न उपायहरू अपनाउन सक्नुहुन्छ

  • भेन्टिलेसनको सुधार (पृष्ठ ३५२ देखि पृष्ठ ३५४ हेर्नुहोस्)
  • स्टोभहरूको सुधार (पृष्ठ ३५९ देखि ३६२ र स्रोतहरू हेर्नुहोस्)
  • स्वच्छ इन्धनको प्रयोग (पृष्ठ २६२ देखि २६४ र अध्याय २३ हेर्नुहोस्)
  • सुरक्षित सरसफाइ सामग्रीहरूको प्रयोग (पृष्ठ ३५८ र ३७२ देखि ३७४ हेर्नुहोस्)
  • घर बाहिरबाट हुने वायु प्रदूषणमा कमी (अध्याय २० हेर्नुहोस्)

नराम्रो भेन्टिलेसनले स्वास्थ्यलाई हानि पुयाउछ

भेन्टिलेसन कोठा वा भवनभित्र स्वच्छ हावा जाने र पुरानो, प्रदूषित हावा बाहिर जाने माध्यम हो । यदि घरमा भेन्टिलेसन राम्रो नभएमा धुवाँ र प्रदूषित हावाभित्र नै रहिरहन्छ । त्यस्ता भेन्टिलेसनले घरभित्र आद्र्रतालाई बढाइराखी चिस्यान गराएर ढुसी बढाउँदछ । घरभित्रको वायु प्रदूषण घटाउने सजिलो उपाय भनेको भेन्टिलेसनको सुधार हो । तपाईको घरमा नराम्रो भेन्टिलेसन छ भनी थाहा पाउन निम्न संकेतहरूलाई हेर्नुहोस्

  • धुवाँ घरभित्र नै रहन्छ वा भित्रका छानाहरू भान्साघरबाट निस्कने धुवाँले कालो भएको छन् ।
  • झ्यालहरू वा भित्ताहरूमा चिस्यान जम्मा हुन्छ ।
  • लुगाकपडा, बिछ्यौना वा भित्ताहरूमा ढुसी उम्रन्छ ।
  • शौचालय वा ढलहरूबाट अएको गन्ध घरभित्र नै रहिरहन्छ ।

यदि तपाई ग्याँसबाट खाना पकाउँदा समेत रिङ्गटा र अलमलबाट पीडित हुनुहुन्छ भने यो नराम्रो अवस्थाको भेन्टिलेसन वा ग्याँस चुहिएको संकेत हो

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 1/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate