অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

साग–सब्जीहरू र त्यसको औषधीय महत्त्व

साग–सब्जीहरू र त्यसको औषधीय महत्त्व

भूमिका

भिन्डीलाई त शायद कोही होला जो मन नपराउँदो होला। यो शरीरको खजाना हो। भिन्डीमा फेक्टोस हुनाले यो क्षारीय हुन्छ र जिलेटिनको कारणले एसिडिटी, अपचको शिकार मानिसहरूलाई ठण्डक पुर्याउँछ। जुन मानिसहरूलाई पिसाब सम्बन्धित समस्याहरू हुन्छ, उनीहरूलाई डाक्टर खास गरी भिन्डी खान सल्लाह दिन्छन्। भिन्डी स्वास्थ्य र पोषक दुवैमा उच्च छ। यो भिटामिन, फाइबर,एन्टीअक्सिडेन्ट एवम् खनिजको राम्रो स्रोत हो। भिन्डीमा केल्सियम,पोटेसियम, मेग्नेसियम,फास्फोरस, आयरन जस्तो मिनरल्स भरपूर मात्रामा पाइन्छ।

भिन्डीको फाइदाहरू

  1. भिन्डीमा भिटामिन ए,बी,सी धेरै नै प्रचुर मात्रामा पाइन्छ, यो प्रोटिन र खनिज लवणहरूको एउटा राम्रो स्रोत हो।
  2. भिन्डी गैस्टिक, अल्सरका लागि प्रभावी दवाई हो।
  3. मृदुकारी भिन्डी संवेदनशील ठुलो आन्द्राको सतहलाई रक्षा गर्छ। जसले ऐठन रोक्छ। यसको सेवनले आन्द्रामा जलन हुँदैन।
  4. भिन्डीको काढा खानाले सुजाक, मूत्रकृच्छ, र ल्युकोरियामा फाइदा हुन्छ ।
  5. बीजरहित ताजा दुइटा भिन्डी प्रतिदिन खानाले श्वेतप्रदर, नंपुसकता, धातु रोक्नमा सहायक हुन्छ।
  6. यसमा उपलब्ध भिटामिन बी,गर्भलाई बढाउनमा मदद गर्छ र जन्मजात विकृतीहरूलाई रोक्छ।
  7. मधुमेहमा यसको रेशाले ब्लड सुगरलाई नियन्त्रित गर्छ।
  8. यसको भिटामिनले सी श्वास रोगहरूबाट बचाउँछ।
  9. यसको सेवनले राम्रो देखिन्छ,भिन्डीलाई उमालेर, थिचेर यसलाई छालामा केही बेर लगाई राख्ने ।धोएपछि तपाई के पाउनु हुन्छ भने छाला धेरै मुलायम र नरम भएको हुन्छ।
  10. यसको सेवनले कोलोन केन्सरबाट बचाउँछ। यसको भिटामिन ए म्युकस मेम्ब्रेन बनाउनमा मदद गर्छ,जसने पाचन क्रिया राम्रो गर्छ।
  11. यसको नियमित सेवनले किडनीको शरीरमा सुधार हुन्छ।
  12. मोटापालाई दूर राख्छ, धेरैपल्ट शरीरमा भिटामिन्सको कमीले धेरै खाने मन हुन्छ। यसकारण भिन्डीमा उपलब्ध भिटामिन्स त्यसको कमीलाई दूर गरी अनावश्यक भोकलाई मेटाउँछ।
  13. यसको भिटामिनले हड्डीहरूलाई मजबुत बनाउँछ, यसले रगतको कमीलाई पनि दूर गर्छ।
  14. कोलेस्टेरोललाई कम गर्छ।
  15. यसको भिटामिन्सले आँखा, कपाल र इम्युन सिस्टमलाई दरो बनाउँछ।
  16. यसले गर्मीबाट बचाउँछ।

स्रोत: आयुर्वेद

Last Modified : 11/1/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate