অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मृगौलाको दीर्घरोगः कारणहरू

मृगौलाको दीर्घरोग एउटा डरलाग्दो रोग हो । यस रोगको पूर्णतया निका हुने उपचार छैन । मृगौलाको दीर्घरोग विश्वभरि नै डरलाग्दो रूपले बढी रहेको छ । प्रत्येक दशजना मध्ये एकजनामा कुनै न कुनै प्रकारका मृगौलाको दीर्घरोग हुन्छ । मधुमेह, उच्च रक्तचाप, ग्लोमेरुलोनेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग), मोटोपना, धूम्रपान तथा उच्च कोलेस्टेरोलको बढ्दो समस्या मृगौलाको दीर्घरोगको मुख्य कारणहरू हुन ।

मृगौलाको दीर्घरोग भनेको के हो ?

लामो समयसम्म मृगौलामा क्षति पुग्यो वा त्यसले आफ्नो काम राम्रासग गर्न सकेन भने त्यसलाई मृगौलाको दीर्घरोग भनिन्छ । उपचारबाट मृगौलाको कार्यक्षमता स्थिर हुन सक्छ, तर यसो भएन भने क्रमशः मृगौला झन् खराब हुदै जान्छ । रगतमा क्रिएटिनिनको मात्रा क्रमशः बढ्दै जान्छ । मृगौलाको दीर्घरोगलाई विभिन्न चरणमा छुट्याउन सकिन्छ । पिसाबमा एल्बुमिन वा प्रोटिन देखियो भने त्यसले मृगौलामा खराबी भएको संकेत गर्छ । मृगौलाको दीर्घरोगको प्रारम्भमा मृगौलाले राम्रै काम गरेको हुन्छ र पछिल्लो चरणमा मात्र मृगौलाले काम गर्न छोड्छ ।

अन्तिम चरणको मृग ौल ा रोग (मृग ौला विफल) भनेको के हो ?

अन्तिम चरणको मृगौला रोग (मृगौला विफल) भनेको मृगौलाको दीर्घरोग अत्यन्त गम्भीर अवस्थामा पुगेको चरण हो । यो अवस्थामा मृगौलाका कार्यक्षमता १० प्रतिशत भन्दा कम भई सकेको हुन्छ । क्रमश मृगौलाल पूर्णतया काम गर्न छाड्ने पनि हुन सक्छ । यस बिन्दुमा औषधी, खानपिन, जीवनशैलीमा परिवर्तन गरेर मात्र बाँच्न सकिँदैन, त्यसैले डायलाइसिस वा मृगौला प्रत्यारोपण जस्ता उपचार विधि अवलम्बन गर्नुपर्छ ।

मृगौलाको दीर्घरोगका कारणहरू के के हुन ?

दीर्घकालीन मृगौला रोगका धेरै कारणहरू हुन्छन । ती मध्ये तीनवटा मुख्य कारण मधु म ेह , उच्च रक्तचाप र पिसाबबाट प्रा ेटिनजाने रोग (ग्लोमरुलोनेफाइटिस) हुन् । मधुमह र उच्च रक्तचापले धेरै मानिसहरूका मृगौला बिग्रने गर्दछ ।

मृगौलाको दीर्घरोगका महत्वपूर्ण कारणहरु निम्न हुन् ः

  • मधुमेह – मृगौलाको दीर्घरोग लाग्ने सबै व्यक्तिहरू मध्ये ३५ देखि ४० प्रतिशत सम्म मधुमेहका बिरामी हुन्छन् । यसरी हेर्दा, मधुमेह भएका प्रत्येक तीनमध्ये एकजनालाई मृगौलाको दीर्घरोग लाग्ने जोखिम हुन्छ ।
  • उच्च रक्तचाप – उपचार नगरिएको वा राम्रोसँग उपचार नगरिएका उच्च रक्तचाप मृगौलाको दीर्घरोगको अर्को महत्वपूर्ण कारण हो । मृगौलाको दीर्घरोग लाग्ने ३० प्रतिशतलाई यसैका कारणले सो रोग लागेको हुन्छ । त्यस बाहेक पनि, जुनसुकै कारणले मृगौलाको दीर्घरोग भएको भए पनि उच्च रक्तचापले मृगौलालाई थप खराब बनाउँछ ।
  • ग्लोमेरुलोनेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग) – मृगौला बिगान यो समस्या मृगौलाको दीर्घरोगको तेस्रो महत्वपूर्ण कारणका रूपमा रहेको छ ।
  • पोलिसिस्टिक मृगौला रोग – दुवै मृगौलामा फोकाहरू हुन,े यो मृगौलाका वंशानुगत दीर्घरोग हुो ।
  • अन्य कारणहरू – बाथ रोग (जस्तै एस.एल.ई.) पत्थरी वा अन्य कुनै कारणले पिसाबको प्रवाह बन्द हुनु, बालबालिकामा मृगौला संक्रमण जस्ता अन्य समस्याले पनि मृगौलाको दीर्घ रोग हुन्छ ।

स्रोत : Kidney Education Foundation

Last Modified : 12/13/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate